काठमाडौं । भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड( विपिसिएल) ले प्रमुख ब्राण्ड म्याक लुब्रिकेन्ट्सको पूर्ण नयाँ प्याकेजिङ रेन्जको नेपाली बजारमा शुभारम्भ गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता विपिसिएलका अध्यक्ष तथा म्यानेजिङ डाईरेक्टर डि. राजकुमार र सिप्रदी ट्रेडिङ्ग प्रालिका कार्यकारी निर्देशक सिद्धार्थ शम्सेर जबराले गरेका छन् ।

सिप्रदी ट्रेडिङ्ग प्रा. लि. म्याक लुब्रिकेन्ट्सको लागि नेपालको आधिकारिक विक्रेता हो । म्याक लुब्रिकेन्ट्सले सारै आकर्षक र नयाँ डिजाईनमा पूर्णरुपमा नयाँ रेन्जको प्याकेजिङको सुरुवात गरेको छ । नयाँ प्रविधि र वस्तुको कार्यगत क्षमताबाट उत्प्रेरित भएर आएको नयाँ प्याकमा भविष्यवादी जेन–एक्स प्रोफाईल भएकोले यसले बजारमा आफ्नो स्थान ओगट्ने कम्पनीको दाबी छ ।
नयाँ प्याकमा भएका मुख्य विशेषताहरु:
ट्याम्पर ईभिडेन्ट क्याप – ग्राहकहरुको विश्वास जित्न र भरपर्दो प्रोडक्ट डेलिभरीको लागि ।
दुईवटा ह्याण्डल ग्रिप – सजिलै बोक्नको लागि टप ह्याण्डल र खन्याउन सजिलोको लागि साईड बटम ह्याण्डल ।
ह्याण्डलको ग्रिपमा यूनिक टेक्चर – नवीन प्रविधिबाट प्याक डिजाईन भएको प्रकटीकरण ।
गतिलो ग्रिपिङको लागि अगाडि पट्टि घुमाईएको प्रोफाईल – खन्याउने बेलामा सहज र सुरक्षित ग्रिपिङ सुनिश्चित गर्न ।
कम आवाज आउने गरी बनाईएको नेक – खन्याउदा एकनाश र राम्रो सँग फ्लो हुने र आवाज पनि कम आउने गरी बनाईएको नेक ।
नयाँ प्याकहरु विभिन्न चारवटा कलरहरुमा वर्गीकृत गरिएको छ ।
रातो – पेट्रोल ईन्जिन सेग्मेन्टको लागि
गोल्ड – प्रिमियम सेग्मेन्टको लागि (पेट्रोल/डिजेल)
नीलो ग्रे – डिजेलको लागि, गियर आयलको लागि, संरक्षित/विशेष सेग्मेन्टको लागि
ग्रिन – कृषि सामग्री तथा पर्यावरण अनुकुल सेग्मेन्टको लागि
ईन्जिनको पार्ट वरिपरि उर्जा भरिएको र प्रविधिको संयोजन भएको देखाउने गरी लेबलको डिजाईन गरिएको छ जसले प्रोडक्ट र यसका विशेषताहरुलाई पनि उर्जागर गर्ने गरी बनाईएको नयाँ प्याक यसको प्रस्तुति र ओभरअल लुकमा अद्वितीय छ ।
विपिसिएलको कार्यकारी निर्देशक (ल्यूब) भी आनन्दले भने, “हाम्रो नयाँ प्याकले विपिसिएलको नयाँ परिवर्तन वा नवीनताको मान्यता, ध्यान र विश्वसनीयतालाई दर्शाउँछ । आफ्ना सरोकारवालाहरुलाई सबैभन्दा राम्रो प्रोडक्ट दिने प्रतिबद्धता र नवीनतम प्रोडक्टर सेवाहरु ग्राहकहरुमा लैजाने हाम्रो लक्ष्य रहेकाे छ ।”