सकियो राष्ट्रिय आर्थिक गणना, ९ लाख व्यवसायीक प्रतिष्ठान करकाे दायरामा

<p>काठमाडौं । राष्ट्रिय आर्थिक गणना सम्पन्न भएको छ । तथ्यांक विभागले जेठ १ गतेदेखि आरम्भ गरेको गणना बिहिबार सम्पन्न भएको हो । ४ हजार ५०० गणकहरुले ७७ वटै जिल्लाहरुमा पुगेर व्यवसायीक प्रतिष्ठानहरुको गणना गरेका थिए । तथ्यांक विभागका निर्देशक अनिल शर्माका अनुसार आगामी १५ दिनभित्र कति व्यवसायीक प्रतिष्ठानहरुको गणना भयो भन्ने प्रारम्भिक आँकडा आउनेछ । [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय आर्थिक गणना सम्पन्न भएको छ । तथ्यांक विभागले जेठ १ गतेदेखि आरम्भ गरेको गणना बिहिबार सम्पन्न भएको हो । ४ हजार ५०० गणकहरुले ७७ वटै जिल्लाहरुमा पुगेर व्यवसायीक प्रतिष्ठानहरुको गणना गरेका थिए ।
तथ्यांक विभागका निर्देशक अनिल शर्माका अनुसार आगामी १५ दिनभित्र कति व्यवसायीक प्रतिष्ठानहरुको गणना भयो भन्ने प्रारम्भिक आँकडा आउनेछ । विभागले करिब ९ लाख व्यवसायीक प्रतिष्ठानहरु गणना भएको पूर्वानुमान गरेको छ । निर्देशक शर्माले साउन महिनाको पहिलो हप्ता प्रारम्भिक आँकडा आउने बताए । ‘१५ दिनभित्र फारमहरुको संकलन सकिन्छ, त्यसपछि तथ्यांक दर्ता सुरुहुन्छ, साउन पहिलो हप्ता प्रारम्भिक प्रतिवेदन तयार पार्ने योजना छ’, निर्देशक शर्माले भने ।

प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ का लागि सररकाले ४० करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो । सोमध्ये करिब ३८ करोड रूपैयाँ खर्च हुने पुर्वानुमान गरिएको पनि शर्माले जानकारी दिए । गणनाका लागि जापान सहयोग नियोग(जाईका)ले प्राबिधिक सहयोग उपलब्ध गराएको हो ।
आर्थिक गणनाले नेपालको अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउने छ भने अनौपचारिक अर्थतन्त्रलाई प्रणालीभित्र ल्याउन सहयोग गर्नेछ । ‘अनौपचारिक अर्थतन्त्रको आकार पत्ता लाग्छ, त्यसलाई कसरी प्रणाली भित्र ल्याउने भन्ने योजना बनाउन सरकारलाई सहयोग पुग्छ’, शर्माले भने ।

उनले जीडीपीको वास्तविक आकार पत्ता लगाउन पनि यसको भूमिका रहने बताए । सरकारले पहिलो पटक सबै खाले व्यवसायीक प्रतिष्ठानहरुको गणना गरेको हो । जसबाट नेपालमा कति वटा व्यवसायीक प्रतिष्ठान सञ्चालनमा छन् ? अर्थतन्त्रको आकार कत्रो छ ? कति व्यवसायीक प्रतिष्ठानहरु सरकारी निकायमा दर्ता भएका छन् ? कतिले नियमित कर तिरिरहेका छन् ? कति नागरिकले रोजगारी पाएका छन् ? कस्ता प्रतिष्ठानले कति आम्दानी गरेका छन र कर्मचारीलाई कति तलब दिईरहेका छन् ? कति रोजगारी सृजना गरेका छन् ? स्वदेशी कामदार र विदेशी कामदार कति छन् ? लगायतका प्रश्नहरुको जवाफ उपलब्ध गराउनेछ ।

Share News