एनएमबि माइक्रोफाइनान्सको एकदिने अभिमुखीकरण तालिम सम्पन्न, लघुवित्तका नयाँ परीक्षार्थीलाई उपयोगी

<p>काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले एकदिने फिल्ड अवधारणा सम्बन्धी अभिमूखिकरण कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । संस्थाले फिल्डमा काम गर्ने नयाँ परीक्षार्थीहरुको लघुवित्त र त्यसका आधारभूत पक्षको बारेमा ज्ञान दिलाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो । उक्त कार्यक्रमको उद्घाटन बुधबार एक कार्यक्रमको बीच वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) फनिलाल चौधरीले गरेका हुन् [&hellip;]</p>

काठमाडौं । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले एकदिने फिल्ड अवधारणा सम्बन्धी अभिमूखिकरण कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । संस्थाले फिल्डमा काम गर्ने नयाँ परीक्षार्थीहरुको लघुवित्त र त्यसका आधारभूत पक्षको बारेमा ज्ञान दिलाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रमको उद्घाटन बुधबार एक कार्यक्रमको बीच वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) फनिलाल चौधरीले गरेका हुन् ।  कार्यक्रममा सीईओ चौधरीले लघुवित्तले विपन्न, गरीव तथा पछाडि परेका वर्ग, समुदायका लागि काम गर्ने भएको हुँदा लघुवित्त क्षेत्रले आर्थिक विकासको अतिरिक्त सामुदयिक विकासका लागि पनि कार्य गर्नुपर्ने बताएका छन् । लघुवित्तले आफ्ना ग्राहक सदस्यको घरदैलोमा नै सेवा प्रदान गर्ने भएकोले कर्मचारीहरुले आत्मैदेखि प्रतिवद्ध भएर लाग्नु पर्ने उनले बताए ।

एकदिने उक्त अभिमुखीकण कार्यक्रममा लघुवित्तको परिचय, नेपालमा लघुवित्तको वर्तमान अवस्था, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको परिचय, संस्थाको उद्देश्य लगायत कार्यक्षेत्र तथा लघुवित्त कार्यक्रमको काम गर्ने तरीका बारेमा जानकारी दिइएको थियो ।

कार्यक्रममा १३५ जना सहभागीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको सञ्चालन विभागीय प्रमुख विष्णुप्रसाद शर्माले गरेका हुन् ।

संस्थाले हाल ७५ वटा शाखा कार्यालयको स्थापना गरिसकेको छ । साथै, संस्थाले करीव ८० हजार भन्दा वढी विपन्न घरपरिवारलाई लघुवित्त सेवा उपलब्ध गराउन सफल भएको जानकारी गराए ।

Share News