लाभकर सम्बन्धित नयाँ व्यवस्थाबाट सरकार पछि हट्यो, अाजै सेयर काराेबार हुने

<p>काठमाडौं । सरकारले बोनस सेयर र हकप्रद सेयरको आधार मूल्यमा लगाएको लाभकर सम्बन्धी नयाँ व्यवस्था फिर्ता लिएको छ । अर्थ मन्त्रालयका अधिकारी र लगानीकर्ताबीच भएको वार्तामा तत्काल लाभकर नलगाउने सहमति भएको हो । सरकारले लाभकर सम्बन्धित नयाँ व्यवस्था फिर्ता लिन सहमत भएको नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले बताए । अर्थमन्त्रालयले आइतबारदेखि लगाएको नयाँ लाभकर [&hellip;]</p>

काठमाडौं । सरकारले बोनस सेयर र हकप्रद सेयरको आधार मूल्यमा लगाएको लाभकर सम्बन्धी नयाँ व्यवस्था फिर्ता लिएको छ ।

अर्थ मन्त्रालयका अधिकारी र लगानीकर्ताबीच भएको वार्तामा तत्काल लाभकर नलगाउने सहमति भएको हो । सरकारले लाभकर सम्बन्धित नयाँ व्यवस्था फिर्ता लिन सहमत भएको नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले बताए ।

अर्थमन्त्रालयले आइतबारदेखि लगाएको नयाँ लाभकर फिर्ता लिनका लागि आन्तरिक राजश्व कार्यलयलाई पत्राचार गरिसकेको छ ।

अर्थले मंगलबार सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन आएपछि नयाँ व्यवस्था गर्ने सहमति भएको हो । अहिले बोनस र हकप्रदमा लागेको लाभकर फिर्ता गर्न अर्थ सहमत भएको उनले जानकारी दिए । मन्त्रालयबाट औपचारिक रुपमा पत्राचार भएपछि कारोबार खुल्ने रौनियारले बताए । उनकाअनुसार बजार आजै खुल्ने संभावना रहेको छ ।

Share News