नेपाल बैंककाे एफपीओ २८० मा निष्कासन हुने, पुराना लगानीकर्तालार्इ बाेनस खुवाउन सर्वसाधारणाबाट ३१८ कराेड उठाउँदै

<p>काठमाडौं । नेपाल बैंकले प्रतिकित्ता २८० रुपैयाँमा थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । बैंक सञ्चालक समितिले प्रस्तावित मूल्यलाई पारित गरेपछि एफपीओ निष्कासनको प्रक्रिया अघि बढाउन बाटो खुला भएको हो । बैंकको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर एफपीओ निष्कासन हुनेछ । धितोपत्र बोर्डमा स्वीकृतिका लागि जाने बाटो खुला भएको छ । [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकले प्रतिकित्ता २८० रुपैयाँमा थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । बैंक सञ्चालक समितिले प्रस्तावित मूल्यलाई पारित गरेपछि एफपीओ निष्कासनको प्रक्रिया अघि बढाउन बाटो खुला भएको हो । बैंकको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर एफपीओ निष्कासन हुनेछ । धितोपत्र बोर्डमा स्वीकृतिका लागि जाने बाटो खुला भएको छ ।

हाल बैंकको रेटिङको काम भइरहेको नायव प्रमुख कार्यकारी अधिकृत दुर्गाराज रेग्मीले बताए । मूल्य तय भइसकेको र रेटिङको काम सकिएपछि बैंक एफपीओ निष्कासनका लागि बोर्डमा जाने उनले जानकारी दिए ।

यसअघि प्रतिकित्ता ३१० रुपैयाँमा एफपीओ निष्कासनका लागि बैंकले तयारी गरेको थियो । तर मर्चेन्ट बैंकरले मूल्य घटाउन दवाव दिएपछि २८० दर कायम हुन पुगेको हो । १० वटा मर्चेन्टले बैंकको एफपीओको प्रत्याभूति (अण्डरराइटिङ) गर्ने सहमति जनाएका छन् । बैंकको एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

धितोपत्र बोर्डले निर्धारण गरेकोे बैंकको पुँजीकृत भएको आम्दानी, प्रति सेयर खुद सम्पत्तिको बजार मूल्य, १८० दिनको औसत बजार मूल्य र भविष्यमा प्राप्त हुने नगद प्रवाहको वर्तमान मूल्य समेतलाई आधार मान्दा बैंकको एफपीओको मूल्य प्रतिकित्ता ३१० निर्धारण गरिएको थियो । बैंकले गत चैतसम्म २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

बैंकले पुँजीगत आधार अझ मजवुत बनाउन बैंकले प्रिमियम मूल्यमा बैंकले १ करोड करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । एफपीओबाट ४ अर्ब ९५ करोड १७ लाख रुपैयाँ प्राप्त हुने छ । १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँ चुक्तापुँजीमा र बाँकी संचित कोषमा जम्मा हुनेछ । संचित कोषबाट लगानीकर्ताले वर्षेनी लाभांश पाउने छन् ।

बैंकको चुक्तापुँजी ८ अर्ब ४ करोड रुपैयाँ छ । बैंकमा सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत स्वामित्व छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारी स्वामित्व ६२.२१ बाट घटेर ५१ प्रतिशत कायम हुने छ । यस्तै सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहने छ । यसमध्ये एफपीओबाट प्रवेश गर्नेको स्वामित्व १७ प्रतिशत हुनेछ ।

खराब कर्जा बढेर वित्तीय अवस्था ऋणात्मक भएपछि नेपाल राष्ट्र बैंकले वित्तीय सुधार कार्यक्रम ल्याई नेपाल बैंकलाई सुधार गरेको हो । वित्तीय सुधारका लागि विश्व बैंकले सहयोग गरेको थियो । बैंक सही बाटोमा आएपछि विदेशी परामर्शदाताले बैंक व्यवस्थापन नेपालीलाई नै जिम्मा लगाएको थियो ।

 

Share News