इरानी पुरुषको उचाइ विश्वमै सबैभन्दा धेरै बढ्यो, महिलामा दक्षिण कोरियाको रेकर्ड
काठमाडौं । पछिल्लो शताब्दीमा इरानी पुरुषको औसत उचाइ विश्वमै सबैभन्दा धेरै बढेको देखिएको छ । सन् १८९६ देखि १९९६ सम्मको १०० वर्षको अवधिमा इरानी पुरुषको औसत उचाइ करिब १६.५ सेन्टिमिटर बढेको थियो । यो वृद्धि केही सीमित व्यक्तिमा मात्र नभई करिब सम्पूर्ण जनसंख्यामा देखिएको हो । सोही अवधिमा बेलायती पुरुषको उचाइ ११ सेन्टिमिटर र अमेरिकी पुरुषको उचाइ ६ सेन्टिमिटर बढेको थियो । यस आधारमा इरान सबैभन्दा अगाडि रहेको छ । महिलातर्फ भने दक्षिण कोरियाली महिलाको उचाइ सबैभन्दा धेरै बढेको पाइएको छ । स्पेस डेलीका अनुसार पुरुषको उचाइसम्बन्धी यो तथ्य सन् २०१६ मा प्रकाशित एउटा अध्ययनबाट लिइएको हो । ‘वयस्क मानिसको उचाइमा एक शताब्दीको प्रवृत्ति’ शीर्षकको यो अध्ययन एनसीडी रिस्क फ्याक्टर कोलाबोरेसनले इलाइफ जर्नलमा प्रकाशित गरेको थियो । अध्ययनको नेतृत्व इम्पेरियल कलेज लन्डनका अनुसन्धानकर्ताले गरेका थिए। उनीहरूले विश्व स्वास्थ्य संगठनसँग सहकार्य गरेका थिए । अनुसन्धान टोलीले १ करोड ८६ लाखभन्दा बढी मानिसमा गरिएको १ हजार ४७२ वटा जनसंख्यामा आधारित अध्ययनको विभिन्न चरणमा विश्लेषण गरेको थियो । त्यसका आधारमा २०० देशमा सन् १८९६ देखि १९९६ सम्म जन्मिएका मानिसको औसत वयस्क उचाइको अनुमान गरिएको थियो । यस क्रममा इरानी पुरुषको औसत उचाइमा सबैभन्दा धेरै वृद्धि देखियो । २०औं शताब्दीमा इरानी पुरुषको उचाइ १६.५ सेन्टिमिटर बढेको थियो । यसको ९५ प्रतिशत विश्वसनीय अन्तराल १३.३ देखि १९.७ सेन्टिमिटरसम्म रहेको थियो । महिलातर्फ भने दक्षिण कोरियाली महिला सबैभन्दा अगाडि रहे। उनीहरूको औसत उचाइ २०.२ सेन्टिमिटर बढेको अध्ययनले देखाएको छ । अध्ययनले उचाइमा भएको परिवर्तन देखाए पनि यसको ठ्याक्कै कारण भने निर्धारण गरेको छैन । तर अनुसन्धानकर्ताहरूले राम्रो पोषण र स्वस्थ वातावरणलाई यसको सम्भावित कारणका रूपमा औंल्याएका छन् । बाल्यकालमा पर्याप्त पोषण पाउने र राम्रो वातावरणमा हुर्किने बालबालिका तुलनात्मक रूपमा अग्लो हुने गर्छन् । गर्भावस्थामा आमाको स्वास्थ्यले पनि बच्चाको शारीरिक विकासमा प्रभाव पार्न सक्छ । तर उचाइलाई स्वास्थ्यको निश्चित मापदण्ड भने मान्न नसकिने अनुसन्धानकर्ताहरू बताउँछन् । इम्पेरियल कलेजका प्रोफेसर माजिद इजातीले यसलाई एक प्रकारको ‘स्वास्थ्यको तस्वीर’ का रूपमा व्याख्या गरेका छन् । उनका अनुसार यो अध्ययनले पछिल्लो शताब्दीमा विभिन्न देशका मानिसको स्वास्थ्य अवस्थाको समग्र तस्वीर बुझ्न सहयोग गर्छ । कतिपय देशमा मानिसको औसत उचाइ घटिरहेको देखिन्छ भने कतिपय देशमा मानिस झन् अग्ला हुँदै गएका छन् । उचाइ बढेका देशलाई ‘विजेता’ र उचाइ घटेका देशलाई खराब अवस्थाको संकेतका रूपमा हेर्न सजिलो हुन्छ । तर अध्ययनको मुख्य विषय उचाइ आफै भने होइन । उचाइलाई बाल्यकालमा मानिसले पाएको पोषण, स्वास्थ्य सेवा र जीवनयापनको अवस्थाको अप्रत्यक्ष संकेत का रूपमा बुझ्न सकिन्छ । यस्ता पक्षलाई १०० वर्षको लामो अवधिमा प्रत्यक्ष रूपमा मापन गर्न कठिन हुने भएकाले उचाइ एउटा उपयोगी संकेत बन्न सक्छ । पछि एनसीडी–आरआइएससीको अर्को अध्ययनले यो विषयलाई थप स्पष्ट पारेको थियो । अध्ययनमा धेरै देशमा पाँच वर्ष उमेरका बालबालिकाको उचाइ र तौल सामान्य देखिए पनि विद्यालय जाने उमेरमा उनीहरू विकासको हिसाबले पछि परेको पाइएको थियो । यसले विद्यालय जाने उमेरमा समेत पोषण, स्वास्थ्य र जीवनयापनको वातावरणले बालबालिकाको शारीरिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने देखाउँछ ।
निजी सुरुङदेखि अन्डरवाटर म्युजिक सिस्टमसम्म, यस्ता छन् बिल गेट्सको घरका रोचक तथ्य
काठमाडौं । अमेरिकी धनाढ्य बिल गेट्सले सन् १९७५ मा पल एलेनसँग मिलेर माइक्रोसफ्ट नामक सफ्टवेयर कम्पनी स्थापना गरेका थिए । बिल गेट्सको विश्वास गर्छन्– यदि तपाईं गरिब भएर जन्मिनुभयो भने त्यो तपाईंको गल्ती होइन, तर यदि तपाईं गरिबीमा मर्नुभयो भने त्यो तपाईंको गल्ती हो । बिल गेट्ससँग यति धेरै सम्पत्ति छ कि हरेक दिन दुबै हातले खर्च गरे पनि त्यो समाप्त हुँदैन । तर, के तपाईंलाई थाहा छ अर्बपति बिल गेट्सको बंगलामा धेरै सुविधाहरू छन्, जुन वासिङ्टनमा अवस्थित छ। वासिङ्टन ताल नजिकै रहेको उनको बंगलाको नाम शानाडु हो । करिब १.५ एकड (६६,००० स्क्वायर फिट) मा फैलिएको यो बंगलामा ७ सयनकक्ष, २४ बाथरुम, ६ वटा किचन, स्विमिङ पुल, २ हजार ३०० स्क्वायर फिटको रिसेप्शन हल र २ हजार ५०० स्क्वायर फिट व्यायामका लागि व्यवस्था गरिएको छ । सुन्दर इन्टेरियर भएको यो बंगला आधुनिक इलेक्ट्रोनिक प्रणालीले सुसज्जित छ। बिल गेट्सको बंगलामा यस्तो सुविधा छ जुन मुकेश अम्बानीको एन्टिलियामा पनि छैन । मुकेश अम्बानीको घर एन्टिलिया ४ लाख स्क्वायर फिटमा फैलिएको छ । एन्टिलियाको मूल्य करिब १५ हजार करोड रुपैयाँ छ । यदि बिल गेट्सको बंगलाको कुरा गर्ने हो भने यसको मूल्य करिब १०६६ करोड भारु हो । बिल गेट्सको यो बंगलामा अन्डरवाटर म्युजिक सिस्टमदेखि राजमार्ग जोड्ने सुरुङसम्मका सुविधाहरू छन् । शानाडु एक हवेली हो जुन लेक वासिङ्टनको किनारमा निर्मित छ। हाइटेक सिस्टम बिल गेट्सको घर निकै हाइटेक छ । घरभित्र स्क्वास कोर्ट र ट्राम्पोलिन कोठा छ । घरको सबै कुरा फोनबाट नियन्त्रित हुन्छ । शानाडुलाई राजमार्गसँग जोड्ने निजी सुरुङ छ । यस बंगलाको सबैभन्दा ठूलो विशेषता भनेको घरमा जुनसुकै बेला जो हिँडे पनि उनीहरूको पाइलाको दबाबका आधारमा परिवारका सदस्य वा सुरक्षाकर्मीले घरमा को–को छ भनी पत्ता लगाउन सक्छन् । घरमा बत्तीहरू स्वचालित रूपमा आउँछ र बन्द हुन्छ । घरमा जडान गरिएका स्पिकरहरूमा बज्ने संगीतले घरमा उपस्थित व्यक्तिलाई एक कोठाबाट अर्को कोठामा पछ्याउँछ । टिभी सेटदेखि एसी र बत्तीसम्म सबै पोर्टेबल टच प्याडबाट नियन्त्रण गरिन्छ । घर हेर्न आउने मानिसलाई घरभित्र पस्नुअघि निरीक्षणका लागि माइक्रोचिप दिइन्छ । एजेन्सी
फेसबुक सम्बन्धी १२ रोचक तथ्यहरु
काठमाडाैं । सोशल मिडियाको सबैभन्दा ठूलो नेटवर्क भनेको फेसबुक नै हो । आज धेरै कमको स्मार्टफोनमा मात्र फेसबुकको एप भेटिँदैन होला । सन् २००४ बाट शुरुभएको यो सोसियल साइट छोटो समयमानै निक्कै चर्चित बन्न सफल भइसकेको थियो । आज फेसबुक तपाईं हाम्रो जीवनको एउटा हिस्सा बनिसकेको छ । हामीले फेसबुकमा धेरै रोचक कुराहरु हेर्ने र पढ्ने गरेका छौं । तर यो सोशियल साइटकै वारेका रोचक कुराहरु भने तपाईंलाई थाहा नहुन सक्छ । यस्ता छन् फेसबुकका १२ रोचक तथ्यहरुः १. फेसबुकको शुरुवात ४ फेब्रुअरी, २००४ मा भएको थियो । २. १९ फेब्रुअरी २०१४ मा फेसबुकले ह्वाट्सएप लाई किनेको थियो । ३. फेसबुकका फाउण्डर मार्क जुकरबर्ग स्यालरीको रुपमा हरेक वर्ष १ डलर मात्र लिने गर्दछन् । ४. फेसबुकमा हरेक दिन ३५ करोड भन्दा पनि बढि फोटोहरु अपलोड हुने गरेको छ । ५. फेसबुकमा हरेक मिनेट १८ लाख भन्दा बढि लाइक आउने गरेको छ । ६. फेसबुकमा ३ करोड भन्दा पनि बढि एकाउन्ट यस्ता छन् जसका सञ्चालकहरुको मृत्यु भइसकेको छ । ७. फेसबुकमा हरेक दिन कम्तीमा पनि ६ लाख ह्याक अट्याक हुने गरेको छ । ८. अमेरिकामा गरिएको एउटा सर्भेका अनुसार सन् २०११ मा अमेरिकामा ५ बिवाहमध्ये एउटा डिभोर्सको घटनामा फेसबुकनै कारणको रुपमा रहेको थियो । ९. फेसबुकमा तपाईं जोसुकैलाई पनि ब्लक गर्न सक्नुहुन्छ तर फेसबुकका मालिक मार्क जुकरबर्गलाई कहिल्यै पनि ब्लक गर्न सक्नुहुन्न । १०. फेसबुकले पनि गुगलले जस्तै तपाईंको हरेक गतिविधि माथि नजर राख्ने गर्दछ । ११. फेसबुकको सवैभन्दा बढि युजरहरु इण्डियामा रहेका छन् । १२. चीनले सन् २००९ मा आफ्नो देशमा फेसबुकमाथि प्रतिवन्ध लगाएको थियो । जसका कारण एकै दिनमा फेसबुकले ९ करोड भन्दा बढि युजरहरु गुमाउनु परेको थियो ।