नेपाल बैंकको नाफा ह्वात्तै बढ्यो, गतवर्ष भन्दा ७२ करोड बढी
काठमाडौं । नेपालको जेठो बैंक नेपाल बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा एक अर्ब १६ करोड खुद नाफा गरेको रिपोर्ट सार्वजनिक भएको छ । अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ४३ लाख रुपैयाँ नाफा गरेको थियो । गत आर्थिक वर्षमा बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर वेचेर एक अर्व १८ करोड रुपैयाँ गैर सञ्चालन आमनी गरेको थियो सोही कारण पनि बैंकको खुद आम्दानी बढ्न गएको हो । बैंकको छ अर्ब ४९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । बैंकको प्रति सेयर नेटवर्थ १२३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ७ दशमलव २९ मात्र रहेको छ । त्यसैगरी बैंकले यस आर्थिक वर्षको पहिलो त्रैमासमा ८६ अर्व २२ करोड रुपैयाँ निषैप संकलन गरेको छ भने ६६ अर्व रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकको निष्कृय कर्जा ३ दशमलव १० प्रतिशत रहेको छ ।
हिमालयन बैंकको खुद नाफा ४३ करोड ८१ लाख
काठमाडौं, ३० कात्तिक । हिमालयन बैंकले पहिलो त्रैमासमा ४३ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३२ करोड २७ लाख रुपैयाँ नाफा आर्जक गरेको थियो । यो गत वर्षको तुलनामा १० करोड रुपैयाँले बढी हो । बैंकको सन्चालन मुनाफा र व्याज आम्दानीमा भएको बृद्धिका कारण सो नाफा कमाउन सफल भएको हो । बैंकले पहिलो तीन महिनामा ९३ अर्व निक्षेप संकलन गरेको छ भने ७२ अर्व कर्जा प्रबाह गरेको छ । बैंकले एक अर्व ३३ करोड व्याज आम्दानी गरेको छ भने ५० करोड रुपैयाँ व्याज खर्च गरेको छ । बैंकले ४ दशमलव ४० स्प्रेडदर कायम गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ९८ पैसा भने प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ ३३ पैसा रहेको छ । बैंकको चुक्तापुँजी ४ अर्व ९६ करोड रहेको छ । गत वर्षको सोही अवधिमा चुक्ता पुँजी ३ अर्व ३३ करोड रहेको थियो । २ अर्ब ६९ करोड चुक्ता पुँजी रहेको कुमारी बैंकको जगेडा कोषमा एक अर्ब ५० करोड रुपैंयाँ रहेको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंकले कमायो ३५ करोड नाफा
काठमाडौं, ३० कात्तिक । स्ट्याण्डर्ड चाटर्ड बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ३४ करोड ९४ लाख नाफा कमाएको छ । यो नाफा बैंकले गत आवको सोही अवधीमा कमाएको भन्दा जम्मा ४२ लाखले मात्रै बढि हो । गत आवको पहिलो त्रैमासिकमा बैंकले ३४ करोड ५२ लाख नाफा कमाउन सफल भएको थियो । स्ट्याण्र्ड चाटर्ड बैंकले पहिलो तीन महिनामा ५७ अर्ब ४१ करोड निक्षेप संकलन गरेर ३२ अर्ब ३९ करोड कर्जा प्रवाह गरेको देखिन्छ । बैैंकले ६३ करोड ब्याज आम्दानी गरेर १३ करोड ब्याज खर्च गरेको छ । बैंकको प्रति सेयर आम्दानी ४९ रुपैंयाँ ७० पैसा छ भने प्रति सेयर नेटवर्थ २८१ रुपैंयाँ ७१ पैसा रहेको छ ।
कुलेखानी नचलाई उपत्यका लोडसेडिङमुक्त भएको प्राधिकरणको भनाइ, भएको विद्युत् व्यवस्थित गरिएको दाबी
काठमाडौं ३०, कात्तिक । नेपाल विद्युत् प्राधिकरणले कुलेखानी विद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालन नगरीकन तिहारपछि काठमाडौं उपत्यकामा लोडसेडिङ हटाएको छ । लक्ष्मीपूजाको दिन कुलेखानीका दुवै आयोजना पूर्ण क्षमतामा सञ्चालन गरिए पनि त्यसपछिका कुनै पनि दिन कुलेखानी पूर्ण क्षमतामा नचलाइएको विद्युत् प्राधिकरणको तथ्यांक छ । गत वर्षको तुलनामा कुलेखानी क्षेत्रमा यस वर्ष कम पानी परेकाले पानीको सतहचाहिँ कम रहेको प्राधिकरणले जनाएको छ । सञ्चित अवस्थामा रहेको कुलेखानीको पानी रित्याएर ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी चलाई प्राधिकरणले लोडसेडिङ हटाएको आरोप कतिपयले लगाउने गरेका छन् । नयाँ पत्रिका दैनिकबाट ।
बढेरै बन्द भयो नेप्से, एभरेष्ट बैंकको सेयरमा नै खनिए लगानीकर्ता
काठमाडौं, २९ कात्तिक । आइतबार झिनो अंकले सुधार भएको नेप्से सोमबार ६ दशमलव २८ अंकले बढेको छ । कारोबारमा पनि केही सुधार देखिएको छ । यसदिन दिनभर १३१ कम्पनीका ७८ करोड बराबरको कारोबार भएको छ । विकास बैंक, जलविद्युत र अन्य बाहेक बाँकी उपसुचकहरु पनि यसदिन बढेको छ । बैकिङ ८ दशमलव ९४ अंकले, होटल ७ दशमवल शुन्य ९ अंकले, फाइनान्स ७ दशमलव ६२ अंकले, विमा ४३ दशमलव २५ अंकले र उत्पादनमूलक १२ दशमलव ५५ अंकले बढेको छ । त्यस्तै विकास बैंक ५ दशमलव २८, जलविद्युत ३ दशमलव ५६ र अन्य १ दशमलव ४५ अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । यसदिन सवैभन्दा धेरै कारोबार हुने कम्पनीमा एभरेष्ट बैंक लिमिटेड रहेको छ । बैंकको दिनभरमा १२ करोड ३५ लाख रुपैयाँ कारोबार भएको छ । त्यस्तै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको ६ करोड ७५ लाख, शिखर इन्सुरेन्स कम्पनी ६ करोड र बैंक अफ काठमाडौं लुम्वीनी लिमिटेले चार करोडको कारोबार गरेका छन् । गरिमा विकास बैंक र अरुण फाइनान्सले करिव १० प्रतिशतको हाराहारीमा कमाएका छन् । त्यस्तै नागवेली लघुवित्त विकास बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक र प्रभु इन्सुरेन्स लिमिटेडका लगानीकर्ताले धेरै कमाएका छन् । त्यस्तै गुमाउनेहरुमा साझा विकास बैंक,बेष्टर्न डेभलपमेन्ट बैंक,मुक्तिनाथ विकास बैंक र रुलर माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टरका लगानीकर्ताहरु रहेका छन् ।
राष्ट्र बैंकले सिंगापुरबाट एक करोड डलर भित्र्यायाे, २३ लाख रूपैयाँ खर्च
कात्तिक, २९ काठमाडौं । नेपाल राष्ट्र बैंकले सिंगापुरबाट एक करोड डलर भित्र्याएकाे छ । सोमबार सिंगापुरको सिल्क एयरबाट साे रकम काठमाडाैं भित्र्याएकाे राष्ट्र बैंकले जनाएकाे छ । सिल्क एयरको बोइङ वि ७३८ जहाज मार्फत बैंकले एक करोड अमेरीकी डलर नेपाल भित्र्याएको हो । डलर बोकेको जहाज सोमबार मध्याह्न १२ बजेर १३ मिनेट जादा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । बजारमा डलरको अभाव देखिएपछि राष्ट्र बैंकले दशैअघि नै सिंगापुरबाट डलर ल्याउने निर्णय गरेको थियो । सिंगापुरको सिआइएम बैंकमा राष्ट्र बैंकको आफ्नै खाता रहेको छ । सोही खाताबाट एक करोड डलर ल्याउन लागिएको राष्ट्र बैंकका सहप्रबक्ता राजेन्द्र पण्डितले विकासन्युजलाई जानकारी दिए । पण्डितका अनुसार डलर ल्याउँदा करिव २३ लाख रुपैयाँ बराबर खर्च भएकाे छ । पण्डितका अनुसार हाल विभिन्न २५ वटा देशका बैकहरूमा रहेका राष्ट्र बैंककाे खातामा करिब १० अर्ब ३५ करोड रुपैयाँको हाराहारीमा डलर मौज्दात छ । उक्त रकम अावश्यकता अनुसार राष्ट्र बैंकले नेपाल ल्याउन सक्ने उनले बताए । “नेपालकाे बजारमा डलर भएपनि लुकाउने प्रबृत्तिका कारण अहिले डलर अभाव देखिएको हो” पण्डितले बताए । नेपालकाे वैदेशिक व्यापार घाटा बढ्दै गएकाे, रेमिट्यान्स भित्र्तने क्रममा गिरावट देखिएका, पर्यटक अागमन कम भएकाेले पनि राज्यकाे ढुकुटीमा विदेशी मुद्रा कम हुँदै गएकाे छ । राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले एटिएमबाट नेपालीकाे खातामा रहेकाे पैसा चाेरी हुने र त्याे रकम बैंक तथा मनि एक्स्चेनञ्ज काउन्टरमा सटही गरी डलर चाेरी हुने गरेकाे र हुण्डीकाे प्रयाेग बढेकाेले डलर अभावकाे समस्या बढेकाे बताएका छन् ।
गोर्खाज फाइनान्सको सुनचादी कर्जा योजना सार्वजनिक
कात्तिक ,२९ काठमाडौं । गोर्खाज फाइनान्सले न्युरोड शाखाबाट सुनचादी कर्जा योजना सार्वजनिक गरेको हो । संस्थाले २३ औ बार्षिकोत्सवको अवसर पारेर सुन चादी कर्जा योजना सार्वजनिक गरेको हो । त्यस्तैगरी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तपुरको श्री सिद्धि सालिग्राम जेष्ठ नागरीक आश्रमलाई दुई थान टेलिभिजन प्रदान गरेको छ भने भक्तपुर क्यान्सर अस्पताललाई पाँच थान ह्वील चेयर प्रदान गरेको छ । सोही अवसरमा वर्षका उत्कृष्ट कर्मचारी विष्णुप्रसाद खतिवडालाई सम्मानित गरेको छ । संस्थाले २०७२ असार मसान्त सम्ममा एक अर्व २४ करोड निक्षेप र एक अर्व दुई करोड कर्जा प्रबाह गरेको जनाएको छ । यस संस्थाले मोबाईल बैकिङ मार्फत ग्राहकहरुले बिभिन्न सेवा उपभोग गर्न सक्नेछन् । गा्रहकहरुले मोबाईल टपअप, रिचार्ज, फण्ड ट्रान्सफर, युटिलिटि पेमेन्ट, तथा सोधपुछ अनुरोध गर्न सक्नेछन् । डेबिट कार्ड सेवा मार्फत एससीटी नेटवर्क भएका सवै एटीएमबाट ग्राहकहरुले सेवा लिन सक्नेछन् ।
एभरेष्ट बैंकले तीन महिनामै कमायो ५१ करोड
काठमाडौं, २९ कात्तिक । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो तीन महिनामै ५१ करोड ३४ लाख नाफा कमाएको छ । यो नाफा बैंकले अघिल्लो आर्थिक बर्षको पहिलो तीन महिनामा कमाएको भन्दा १४ करोड ९७ लाखले बढि हो । बैंकले गत आवको पहिलो त्रैमासिकमा जम्मा ३६ करोड ३७ लाख नाफा कमाएको थियो । एभरेष्ट बैंकले पहिलो त्रैमासिकमा ८९ अर्ब निक्षेप संकलन गरेको छ भने ६९ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको प्रति सेयर आम्दानी ७७ रुपैंयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ ३३९ रुपैंयाँ ७३ पैसा रहेको छ । बैंकको सेयर ३६६६ रुपैँयामा कारोबार भैरहेको छ ।
मेगा बैंकले तीन महिनामा कमायो १४ करोड, गत वर्षको तुलनामा ७४ प्रतिशतले नाफा बढ्यो
काठमाडौं २९, कात्तिक । मेगा बैंक लिमिटेडले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १४ करोड ६९ लाख रुपैयाँ खुँद मुनाफा कमाएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ७४ प्रतिशतले बढेको छ । गत वर्षको पहिलो तीन महिनामा यो बैंकको यस्तो नाफा ८ करोड ४३ लाख रुपैयाँ मात्रै थियो । यो बैंकले कर र बोनस अगाडिको नाफा भने २३ करोड रुपैयाँ रहेको थियो । बैंकले ३६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३१ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको चुत्ता पूँजी ३ अर्ब २४ करोड रुपैयाँ रहेको छ । संचित कोषमा १ अर्ब ११ करोड रुपैयाँ राखेको छ । मेगा बैंकको खराब कर्जाको अनुपात १ दशमलव ०८ प्रतिशत रहेको छ । यो खराब कर्जाको अनुपान गत वर्ष १ दशमलव ६० प्रतिशत रहेको थियो । बैंको कर्जा निक्षेप अनुपात ७९ दशमलव १४ प्रतिशत रहेको छ । यो अनुपात गत वर्ष ७४ दशमलव ६३ प्रतिशत रहेको थियो । यो बैंकको प्रतिशेयर आम्दानी चालू आवको प्रथम त्रैमाससम्को ४ रुपैयाँ ५३ पैसा रहेको छ भने एक वर्षको प्रति सेयर आम्दानी भने १७ रुपैयाँ ८० पैसा रहेको छ । मोगाको प्रतिशेयर बजारमा ४ सय ९९ रुपैयाँमा कारोबार भइरहेको छ ।
एनसीसी बैंकको नाफा १२ करोड ९० लाख, गत वर्षको तुलामा एक प्रतिशत मात्रै नाफा
काठमाडौं २९, कात्तिक । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा १२ करोड ९० लाख रुपैयाँ खुँद मुनाफा गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने जम्मा एक दशमलव ४९ प्रतिशतले मात्रै बढी हो । यो बैंकले कर र बोनस अगाडि २० करोड रुपैयाँ नाफा गरेको भएपनि गत वर्षको तुलनामा खुद नाफा भने जम्मा १२ करोड ७१ लाखबाट १२ करोड ९० लाख मात्रै हुन सकेको छ । बैंकको निक्षेत्र ३० अर्ब ६३ करोड रुपैयाँ रहेको छ । यसले २५ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंको चुत्ता पूँजी २ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । यो बैंकको संचित कोषमा १ अर्ब ५३ करोड रुपैयाँ रहेको छ । खराब कर्जाको अनुपात शून्य दशमलव ९६ प्रतिशत रहेको छ । यो खराव कर्जाको अनुपान गत वर्ष १ दशमलव ८१ प्रतिशतच रहेको थियो । बैंको कर्जा निक्षेप अनुपात ७५ दशमलव ८१ प्रतिशत रहेको छ । यो बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९६ पैसा रहेको छ । एनसीसीको प्रतिशेयर बजारमा ३ सय ६३ रुपैयाँमा कारोबार भइरहेको छ ।
बैंकिङ प्रणाली बाहिरबाटै भित्रियो करोडौं भारु, ५ सय र हजारको भारु नभित्र्याएको राष्ट्र बैंककाे दाबी
काठमाडौं २९, कात्तिक । नेपालभित्र चलनचल्तीमा रहेका पाँच सय र हजार दरका भारतीय नोट बैंकिङ च्यानलबाट नभएर कामदार तथा अन्य स्रोतबाट भित्रिएको राष्ट्रबैंकले बताएको छ । राष्ट्रबैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले राष्ट्रबैंकले एक सय दरका नोट मात्रै ल्याउने गरेको जानकारी दिए । राष्ट्रबैंकले उक्त दरका नोट नभित्र्याए पनि करोडौं भारु नेपाली बजारमा चलनचल्तीमा छन् ।नेपाल–भारत खुला सीमा व्यापार र कामदारमार्फत पहिलेदेखि नेपालमा भारतीय रुपैयाँ चल्ने गरेको ढुंगानाले बताए । दुई वर्षअघि भएको नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणपछि नेपाली बजारमा पाँच सय र हजार भारुले चलनचल्तीका लागि वैधता पाएका थिए । ठूला दरको नोट फुकुवा भएसँगै एकजनाले २५ हजार रुपैयाँसम्म भारु बोक्न तथा घरमा राख्न पाउने व्यवस्था गरियो । भारु बैंक तथा वित्तीय संस्थामा साट्न पाउने व्यवस्था भयो । नेपालीसँग एक अर्बभन्दा बढी पाँच सय र हजार दरका भारु नोट रहेको अनुमान नेपाल उद्योग वाणिज्य महासंघको छ । विशेष गरी मारवाडी समुदायसँग यी दरका नोट रहेको र उनीहरू वैध तरिकाबाट भारु कसरी साट्न सकिन्छ भनी खोजिरहेका छन् । भारतले २०६७ सालमा पाँच सय दरको भारु निकालेपछि नेपालले त्यो नोट प्रयोग नगर्ने निर्णय गरेको हो । ०५७ सालतिर असीमित भारु नेपाल भित्रन थालेपछि सरकारले पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएको थियो । भारतको अधिकांश स्थानमा नगदै चल्ने र निरन्तर भारत जानेसँग थुप्रै उक्त दरका भारतीय नोटहरू नेपाली व्यवसायीसँग भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए । भारत सरकारले नोटमा प्रतिबन्ध लगाएपछि भारतलगायत यस देशसँग सिमाना जोडिएका नेपाल, भुटानलगायतका देशमा यसको प्रभाव अझ बढी देखिएको छ । भारतले भारतीय रुपैयाँ आयात र निर्यात गर्ने विषयमा सूचना जारी गरेअनुसार नेपाल र भारतबाहेक अन्य ठाउँमा ल्याउन र लान पाइँदैन भनेको छ । त्यसैले पनि कानुनअनुसार नै नेपाल र भुटानका लागि भारतले दिएको सीमाअनुसार पैसाको कारोबार भइरहेको छ । २५ हजारसम्मको भारु राष्ट्रकै सम्पत्ति भएकाले यी रकमलाई साट्ने व्यवस्था राज्यले जसरी भए पनि मिलाउनुपर्छ,ु ढुंगानाले भने, सोभन्दा बढी रकम बोक्न र घरमा राख्नै पाइँदैन । त्यो पैसा जतिखेर पनि जफत गर्न सकिन्छ । कानुनी रूपमा आर्जन गरेको सम्पत्ति साट्न राष्ट्रबैंकले कूटनीतिक पहल गरिरहेको छु, उनी भन्छन्, ुत्यसैले सो रकमको क्षतिपूर्ति जसरी पनि नेपालले पाउनुपर्छ । अन्नपूर्ण पोस्टबाट ।
पाँच करोड भन्दा बढी रकम अपचलन गरेको आरोपमा पश्चिमाञ्चल फाइनान्सको शाखा प्रबन्धक पक्राउ
काठमाडौं । पाँच करोड ३३ लाख ९१ हजार रुपैयाँ अपचलन गरेको आरोपमा पश्चिमाञ्चल फाइनान्सका तत्कालिन बेनी शाखा प्रबन्धक गणेश प्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको छ । पौडेलले आफ्नो पदको दुरुपयोग गरी संस्थालाई नोक्सानी पुर्याएको भन्दै नेपाल प्रहरी अन्तर्गतको केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी) ले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पौडेलले गरिमा विकाम बैंकमा रहेको फाइनान्सको एक करोड ३८ लाख ५० हजार रुपैयाँको चेक साटेर आफैले भोगचलन गरेका थिए । त्यस्तै पौडेलले संस्थाको खाता रहेको अर्कौ बैंक ग्रीन डेभलपमेण्ट बैंकमा जम्मा गर्न भनी संस्थाको भल्टबाट पटक—पटक गरी दुई करोड ५३ लाख झिकेका थिए । तर सो रकम पनि ग्रीन डेभलपमेन्ट बैंकमा जम्मा नगरी आफैले प्रयोग गरेका थिए । त्यस्तैगरी उनले संस्थामा रहेका विभिन्न ग्राहकका मुद्दती खाताहरुबाट कीर्ते दस्तखत गरी एक करोड पाँच लाख रुपैयाँ कर्जा प्रवाह गरेको देखाई स्वयंले रकम उपभोग गरेको पत्ता लागेको प्रहरीले जनाएको छ । त्यस्तै उनले शाखा प्रमुखको हैसियतमा संस्थाबाट विभिन्न ७ जना ऋणीहरुलाई लगानी गरेको ३७ लाख ४१ हजार ऋण चुक्ता हुनुअगावै धितो फुकुवा गरेर संस्थालाई जोखिममा पारेको पनि प्रहरीले बताएको छ । प्रहरीका अनुसार पौडेलमाथि बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भैरहेको छ ।
हकप्रद र बोनसको हल्लाले एभरेष्टमा तानिए लगानीकर्ता, नेप्सेमा सामान्य सुधार
काठमाडौं, २८ कात्तिक । बजार आइतबार झिनो अंकले उकालो लागेको छ । यससँगै ओरालो लागेपछि निरास बनेका लगानीकर्तामा केही आशा पलाएको छ । यसदिन जलविद्युत र होटल बाहेक सवै उपसुचकहरु केही अंकले बढेको छ । होटल शुन्य दशमलव ५९ अंक, जलविद्युत शुन्य दशमलव २३ अंकले घटेको छ भने बैंकिङ शुन्य दशमलव १७ अंक, विकास बैंक, शुन्य दशमलव ०६ अंक, फाइनान्स शुन्य दशमलव ४२ अंक, विमा शुन्य दशमलव ४४ अंक र अन्य शुन्य दशमलव ८ अंकले बढेको छ । दिभर ७३ करोड बराबरको ८ लाख ६२ हजार बराबरको सेयर खरिद विक्रि भएको छ । दिनभर कुल १३७ कम्पनीको सेयर कारोबार भएको थियो । यसदिन एभरेष्ट बैंकको सवैभन्दा बढी सेयर कारोबार भएको छ । बैंकले राम्रो लाभांस र हकप्रद सेयर जारी गर्ने हल्लाका कारण सवैभन्दा बढी कारोबार भएको हो । लगानीकर्ता तथा ब्रोकरहरुका अनुसार बैंकले ७० प्रतिशत हकप्रद र ३५ प्रतिशत वोनस सेयरको हल्लाले बजारमा बैकको सेयर कारोबार निक्कै बढेको हो । केही दिनयता निरन्तर घटीरहेको बैंकको सेयर कारोबार आइतबार एकाएक बढेको हो । यसदिन बैंकको २० करोडको कारोबार भएको छ । त्यसैगरी बढी कारोबार हुनेमा सिभिल बैंक लिमिटेड चार करोड, शिखर इन्सुरेन्स तीन करोड र स्ट्यान्डर्ड चार्टड बैंकको २ करोड ९२ लाख रुपैयाँ रहेको छ । आइतबार सवैभन्दा बढी कमाउनेहरुमा एनवी इन्सुरेन्स कम्पनी लिमिटेड रहेको छ । देवः विकास बैंक, नेपाल बैंक लिमिटेड,साझा विकास बैंक र एभरेष्ट बैंक लिमिटेड रहेका छन् । त्यस्तै गुमाउनेहरुमा राष्ट्रिय विमा कम्पनी लिमिटेड प्रमोटर सेयर, राष्ट्रिय विमा कम्पनीका लगानीकर्ता, रिलायवल माइक्रो फाइनान्स वित्तिय संस्था, सेवा विकास बैंक रहेका छन् ।
सानिमा बैंकले दियो सामुदायिक केन्द्रलाई घाँस काट्ने उपकरण
काठमाडौं, २८ कात्तिक । सानिमा बैंक लिमिटेडले नक्साल स्थित नन्दीकेशर बगैँचा(नारायणचौर)को सुन्दरता कायम राख्न सामुदायिक केन्द्र नक्साललाई घाँस काट्ने उपकरण प्रदान गरेको छ । ११ औ महानगरीय प्रहरी दिवसका दिन आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले सामुदायिक केन्द्रका अध्यक्ष नरेन्द्र बहादुर श्रेष्ठलाई घाँस काट्ने उपकरण हस्तान्तरण गरेका हुन् । सामाजिक उत्तरदायित्व अन्र्तगत सानिमा बैकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । आफ्नै केन्द्रिय कार्यालय अगाडी रहेको बगैँचाको सौन्दर्यता जोगाउनका लागि घासँ काट्ने मेसिन सहयोग गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए ।
५ वर्षमा पेन्सनमा १ खर्ब ५९ अर्ब ४८ करोड खर्च, ८८६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने पैसा पेन्सनमा
काठमाडौ २८, कात्तिक । सेवानिवृत्त कर्मचारी तथा उनीहरूमा आश्रित परिवारका लागि प्रत्येक वर्ष ठूलो धनराशी खर्च हुँदै आएको छ । ५ वर्षमा सरकारले पेन्सनका लागि १ खर्ब ५९ अर्ब ४८ करोड खर्च गरेको छ । बर्सेनी बढ्दै जाने यस्तो पेन्सनले राज्यको ढुकुटीमा उल्लेख्य भार थप्दै आएको र केही वर्षपछि राज्यले सो भार थाम्नै नसक्ने देखिएको छ । सरकारले एक दशक अघिनै पेन्सन कोष स्थापना गर्ने भनिएपनि हालसम्म भएको छैन । सो कारण राज्य पेन्सन भारले थिचिन लागेको छ । सरकारले ९ वर्ष अघिनै सहभागितामा आधारित पेन्सन प्रणाली लागू गर्ने तयारी गरेपनि अस्थिर र ठोष निर्णय लिन नसक्ने सरकारको फाइदा उठाउँदै कर्मचारीहरुले केही राजनीतिक उच्च अधिकारीको आडमा सो व्यवस्थालाई लागू नहुँदाको अवस्थामा नै लत्याएका कारण आज राज्यले ठूलो भार खेपीरहनु परेको हो । विकास निर्माणमा खर्चिनु पर्ने रकम अनुत्पादक क्षेत्रका लागि छुट्याउनु पर्ने भएको छ । सरकारले हरेक वर्ष पेन्सनका लागि छुट्याउँदै आएको रकमबाट ठूूला विद्युत् आयोजना तथा पूर्वाधार निर्माण गर्न सकिन्छ । ५ वर्षमा पेन्सन भएको तथा हुन लागेको खर्चबाट प्रतिमेगावाट रू. १८ करोडका दरले ८ सय ८६ मेगावाट विद्युत् उत्पादन गर्न सकिन्थ्यो । चालू आवमा पेन्सनका लागि विनियोजित बजेटबाट पनि करिब २ सय ३४ मेगावाटको विद्युत् उत्पादन हुन सक्छ । सरकारले विगत लामो समयदेखि योगदानमा आधारित पेन्सन प्रणालीे लागू गर्ने भन्दै आएको र अघिल्ला केही वर्षदेखि सरकारको नीति तथा कार्यक्रम एवम् बजेटमा राम्रै स्थान पाए पनि हालसम्म लागू गर्न सकेको छैन । पेन्सनको असीमित दायित्व राज्यले धान्न नसक्ने, सङघीयतामा अझ बढी कर्मचारीको आवश्यकता पर्ने र जसको कारण पेन्सनभार अझ थपिने भएकाले पनि सरकार जतिसक्दो चाँडो योगदानमा आधारित निवृत्तिभरण प्रणालीमा जानुपर्ने अर्र्थिवज्ञ डा. शंकर शर्मा बताउँछन् । ‘नयाँ व्यवस्थामा सरकारले कोषको व्यवस्था गर्ने भएकाले एकैपटक रकम छुट्ट्याए पुग्ने र त्यसको ब्याजबाट पनि कोष सञ्चालन गर्न सहयोग पुग्ने उनले बताए । के हो योगदानमा आधारित पेन्सन प्रणाली ? सेवानिवृत्त कर्मचारीका लागि हाल सरकारले मात्रै बेहोर्दै आएको पेन्सन दायित्व(निश्चित लाभ प्रणाली)लाई हटाएर योगदानमा आधारित पेन्सनको व्यवस्था गर्न लागेको हो । विद्यमान निश्चित लाभ प्रणालीमा हरेक कर्मचारीले पाउने निवृत्तभरण भत्ता उनीहरूको स्तरअनुसार निश्चित हुन्छ, जुन समयअनुसार बढ्दै जान्छ र यसको सम्पूर्ण दायित्व सरकारले वहन गर्छ । यस्तो प्रणालीले राज्य कोषमा विशेष भार थपेको र यो वर्र्षैिपच्छे बढ्दै जाने भएकाले सरकारले कर्मचारी र सरकार दुवैले बेहोर्ने योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्न लागेको हो । यस्तो व्यवस्थामा कर्मचारीको तलबबाट निश्चित रकम काटिन्छ भने सरकारले पनि केही रकमको व्यवस्था गर्छ । निवृत्तीभरण व्यवस्थापन कार्यालयका प्रमुख शिवनाथ पौडेलका अनुसार हरेक आवमा जस्तै चालू आवमा ९ हजार सेवानिवृत्त कर्मचारी थपिने छन् । चालू आवसम्ममा यस्तो सुविधा पाउनेहरूको संख्या २ लाख २१ हजार पुगेको छ । पेन्सनर बढेसँगै सरकारको दायित्व बढ्न गई बढी रकम विनियोजन गर्नुपर्ने वाध्यता सरकारलाई छ । बढ्दो पेन्सनको भार राज्यले थेग्न नसक्ने अर्का अर्र्थिवज्ञ डा.चन्द्रमणि अधिकारी बताउँछन् । अन्य मुलुकले अपनाएका मोडेल हेरेर भएपनि जतिसक्दो छिटो नयाँ पेन्सन प्रणाली लागू गर्नुपर्ने उनको भनाइ छ । बेलायत तथा ग्रीसले पनि आर्थिक भार धान्न नसकेपछि पेन्सन व्यवस्था कटौती गरेका थिए । पेन्सनको उचित व्यवस्थापन हुनुपर्छ नत्र, प्रान्तीय ढाँचामा जाँदा धेरै कर्मचारी आवश्यक पर्ने र दायित्व अझ बढ्ने उनको भनाइ छ । ‘पेन्सन पाउने उमेरको पनि अब समय सीमा तोकिनुपर्छ । नेपाल प्रहरी तथा सेनामा कार्यरत कर्मचारी चाँडै सेवानिवृत्त भएर लामो समयसम्म पेन्सन पाउने गरेका छन् उनीहरूका लागि पनि राज्यले छुट्टै व्यवस्था गर्नुपर्छ,’ उनले भने । विगत ५ वर्षको तथ्याङ्क हेर्ने हो भने विकास निर्माणमा खर्चिनुपर्ने ठूलो रकम सेवानिवृत्त कर्मचारीको लागि खर्च भइरहेको छ । आर्थिक वर्ष २०६८/६९ मा सेवानिवृत्त कर्मचारीका लागि रू. ११ अर्ब ५४ करोड विनियोजन गरिएकोमा चालू आवमा सो रकम बढेर रू.४१ अर्ब ६ करोड पुगेको छ । सरकारले कर्मचारीहरूको तलब २५ प्रतिशतले बढाएकाले यो भार अझ थपिएको छ । सरकारले बजेटमार्फत सेवानिवृत्त कर्मचारीका लागि योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गर्ने भन्दै रू. ४२ अर्ब १० करोड बजेट विनियोजन गरेको छ । सो रकममध्ये रू.३५ अर्ब सेवानिवृत्त निजामती कर्मचारी, सेना, प्रहरीको लागि हो भने रू. ७ अर्ब १० करोड शिक्षकका लागि भएको निवृत्तभरण व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । यसले के स्पष्ट पार्छ भने राज्यलाई जतिसुकै भार परे पनि यस वर्ष पनि नयाँ पेन्सन प्रणाली लागू हुने देखिदैन । पेन्सन भार (रू. करोडमा) आव रकम २०७३/७४ ४२, १० २०७२/७३ ४१,०६ २०७१/७२ ३३,७५ २०७०/७१ २४,३८ २०६९/७० १८,१९ स्रोतः निवृत्तभरण व्यवस्थापन विभाग कार्यालय
कर्मचारीको आठ करोड बक्यौता तिर्न क्यासिनो माजोङलाई सर्बोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले सोल्टी होटलस्थित क्यासिनो माजोङले पूर्ववर्ती क्यासिनोको दायित्व वहन गरी कर्मचारीहरुको आठ करोड रुपैयाँ वक्यौता तिर्नुपिर्ने फैसला गरेको छ । यस फैसलाबाट मुकुन्दराज खरेलसमेतका ४९ जना कर्मचारीहरुको बक्यौता रहेको तलव भक्ता उठ्ने छ । सोल्टी होटलको नियन्त्रणमा रहेको क्यासिनोमा विगत तीस वर्षभन्दा बढी अवधि काम गरेका मुुकुन्दराज खरेलसहितका ४९ जना कामदार कर्मचारीहरुले नयाँ व्यवस्थापनबाटै बक्यौता पारिश्रमिक, भत्ता लगायत सुविधा पाउने निश्चत भएको छ । क्यासिनो माजोङका प्रबन्ध निर्देशक विनोद श्रेष्ठले कम्पनीका तर्फबाट श्रम अदालत, श्रम कार्यालय र मुकुन्दराज खरेलसमेतका ४९ जना कर्मचारीहरुको विरुद्द दायर गरेको रिट निवेदनमा रिट खारेज हुने ठहर गरी सर्वोच्चले अन्तिम फैसला गरेको हो । यो सँगै क्यासिनो माजोङको चार वर्ष लामो कानुनी संघर्ष टुङिगएको छ । न्यायाधीश द्धय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासमा भएको अन्तिम आदेशमा नामको लागि मात्र नयाँ कम्पनी खडा गरी पूरानो कम्पनीको सम्पत्ति र श्रोतमा संचालन भएको कम्पनीलाई छुट्टै नयाँ अस्तित्व वा हैसियतको कम्पनी भनी मान्न नमिल्न ठहर गरिएको छ । सोल्टी होटलले पहिले क्यासिनो नेपाल चलाएको थियो । तर सो क्यासिनोको नाममा धेरै रकम बक्यौता रहेपछि सो कम्पनीलाई नयाँ नाम दिएर क्यासिनो माजोङ बनाइएको थियो । सो रिट खारेज भएपछि कर्मचारीहरुले यसै साता मात्रै अदालतबाट फैसलाको पूर्णपाठ प्राप्त गरी निर्णय कार्यान्वयन प्रक्रिया अघि बढाएका छन् । सर्वोच्चको बीस पृष्ठ लामो फैसलाको अन्तिम आदेश खण्डमा “क्यासिनो माजोङ र सोल्टी होटलबीच भएको मिति २०६९ कात्तिक २४ को सम्झौतामा पूर्र्व क्यासिनो सञ्चालन हुँदा बाँकी रहेको बक्यौता कर र अन्य दायित्व क्यासिनो माजोङको हुने भनी उल्लेख गरेको देखिँदा क्यासिनो माजोङ नयाँ कम्पनीको रुपमा खडा भएपनि पूर्ववर्ती कम्पनीको दायित्व व्यहोर्न नपर्ने गरी स्वतन्त्र रहेको भनी मान्न सकिएन” भनी उल्लेख गरिएको छ । यस्तै क्यासिनो माजोङले क्यासिनो नेपालसँग कुनै सम्बन्ध नरहेको दावी गरेपनि सोही क्यासिनो संचालन रहेको स्थान, जुवा खेलाउने साधन र केही पूरानै कर्मचारीसमेत प्रयोग गरेको देखिँदा क्यासिनो माजोङ पूर्ण स्वायत्त नयाँ कम्पनी भन्ने दावी तथ्ययुक्त नदेखिएको सर्वोच्चको ठहर छ । श्रम कार्यालयले विभिन्न मितिमा गरेका निर्णयहरु बमोजिम क्यासिनो माजोङले ४९ जना कर्मचारीहरुलाई तिर्नुपर्ने दायित्व रकम आठ करोड आठ लाख अन्ठाउन्न हजार आठ सय पन्ध्र रुपैयाँ पुगेको छ ।
ओम डेभलपमेन्ट बैंकको नाफा ६१ प्रतिशतले बढ्यो, तीन महिनामा ३ करोड २१ लाख खुँद नाफा
काठमाडौं २८, कात्तिक । ओम डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको सोही अवधिको तुलनामा ६१ प्रतिशतले नाफा बढाएको छ । यो बैंकले चालू आवको पहिलो तीन महिनामा ३ करोड ३२ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यस्तो नाफा अघिल्लो वर्षको सोही अवधिमा २ करोड रुपैयाँ मात्रै नाफा गरेको उल्लेख छ । बैंकको जगेडा कोषमा ६० करोड रुपैयाँ रहेको छ । बैंकले गत असोज मसान्तसम्ममा कुल १२ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेर १० अर्ब ७८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यो बैंकको निक्षेप अघिल्लो वर्षको सोही अवधिमा ५ अर्ब १९ करोड रुपैयाँ मात्रै रहेको थियो । अघिल्लो वर्ष यो बैंकको कर्जापनि ४ अर्ब ३६ करोड रुपैयाँ मात्रै थियो । यो सस्था सिटी डेपलपमेन्ट बैंक र ओम फाइनान्स एक आपसमा गाभिएर ओम डेपलपमेन्ट बैंक बनेको हो । बैंकको खराब कर्जा १ दशमलव ९६ प्रतिशत रहेको छ । यस्तो कर्जा अघिल्लो वर्षको असोज मसान्तमा १ दशमलवल ११ प्रतिशत मात्रै रहेको थियो । बैंकको निक्षेप र कर्जाको अनुपात (सीडी रेसियो) ७७ दशमलव ०८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यो सीडि रेसियो ७४ दशमलव ८६ प्रतिशत रहेको थियो । बैैंकको प्रति सेयर आम्दानी १२ रुपैयाँ रहेको छ । यो बैंकको प्रति सेयर बजारमा ६ सय २९ रुपैयाँमा कारोबार भइरहेको छ ।
तीन महिनमा माछापुच्छ्रे बैंकको नाफा २४ करोड, गत वर्षको तुलनामा ४२ प्रतिशतले बढी
काठमाडौं, २८ कात्तिक । माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम तीन महिनमा २४ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशतले बढी हो । बैंकको बिजनेश पनि उच्च दरमा बढेको छ । २०७२ असोज मसान्तमा ४४ अर्ब निक्षेप रहेकोमा २०७३ असोज मसान्तसम्ममा ५८ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको छ । एक वर्षअघि कर्जा प्रवाह ३६ अर्ब रहेकोमा अहिले ४९ अर्ब ८७ करोड रुपैयाँ बनाएको छ । त्यस्तै बैंकको लगानी ६ अर्ब रुपैयाँ रहेको छ । बैंकका मुख्य परिसूचकहरु सन्तुलित छन् । क्यापिटल एडेक्वसी ११ दशमलव २० प्रतिशत छ । कर्जा निक्षेप अनुपात ७६ प्रतिशत छ । निस्क्रिय कर्जा शुन्य दशमलव ५४ प्रतिशत रहेको छ । ४ अर्ब ६६ करोड रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकको संचित कोषमा ९२ करोड रुपैयाँ छ । गत वर्षको नाफाबाट बैंकले बोनस सेयर दिदै छ र भने पुँजी वृद्धि गर्न हकप्रद सेयर निष्काशनको तयारी गरिरहेको छ । प्रति सेयर आम्दानी २१ रुपैयाँ १७ पैसा रहेको छ । पछिल्लो समय यस बैंकको सेयर मूल्य प्रतिकित्ता ५४३ रुपैयाँमा कारोकार भएको छ ।
फेसबुकद्वारा आफ्नै मालिक जुकर्बर्गलाई मृत घोषणा, मार्कसँगै अरु २० लाख प्रयोगकर्तालाई मृत घोषणा
काठमाडौं: फेसबुकले आफ्नै मालिक मार्क जुकर्बर्गलाई मृत घोषित गरिदिएको छ। यस सामाजिक सञ्जालमा जुकर्बर्गसँगै करिब २० लाख मानिसको मृत्यु भएको म्यासेज पठाइयो । शुक्रवार देखिएको यो म्यासेजले फेसबुक प्रयोगकर्ता हैरान भएका छन् । तर, यो म्यासेज गल्तीले गएको भन्दै फेसबुकले केही समयपछि सच्यायो । फेसबुकले यसलाई ठूलो गल्ती भन्दै प्राविधिक गड्बडीले केही प्रयोगकर्ताको एकाउन्टमा श्रद्धाञ्जली दिइएको म्यासेज जान पुगेको स्पष्टिकरण फेसबुकले दिएको छ । केही प्रयोगकर्ताले आफ्नो फेसकुबक एकाउन्ट खोल्दा त्यहाँ मार्क जुकर्बर्गको मृत्यु भएको म्यासेज आइरहेको थियो । जुकर्बर्गकै फेसबुक पेजमा पनि उनलाई मृत घोषित गरिएको थियो । जुकर्बर्गको होमपेजमा जुकर्बर्गलाई सम्झिरहेको म्यासेज आइरहेको थियो । फेसबुकका कयौं प्रयोगकर्ताहरुले आफ्नो होमपेजको म्यासेजलाई स्क्रीनसर्ट हानेर सामाजिक सञ्जालमा सेयर पनि गरे । यस मामिलामा सर्च इन्जिन ल्यान्डका सम्पादक ड्यानी सुलिवानले ट्विट गर्दै एक सन्देश पनि लेखे । ‘उफ! फेसबुकमा आफैँलाई जीवित देखाउनका लागि मैले फेसबुकलाइको प्रयोग गर्नुपर्यो ।’ समाचार अनुसार केही बेरमै यो गल्तीलाई फेसबुकले सुधारेको थियो । एउटा अनलाइन त्रुटिका कारण फेसबुकले सबै प्रयोगकर्तालाई मृत घोषित गरेको थियो । समाचार अनुसार फेसबुकले करिब २० लाख प्रयोगकर्ताहरुलाई मृत घोषित गरिदिएको थियो । यसका कारण मानिसबीच कयौं किसिमका भ्रम पनि फैलियो ।
स्वास्थ्यका कर्मचारीको विदेश भ्रमण, एक वर्षमा पाँच सय २० पटक विदेश भ्रमण
काठमाडौं २७, कात्तिक । स्वास्थ्य मन्त्रालय र मातहतका कर्मचारीले तालिम अवलोकन भ्रमण तथा गोष्ठीका नाममा एक वर्षमा पाँच सय २० पटक विदेश भ्रमण गरेका छन् । विभिन्न देश र दातृ निकायले आयोजना गरेका कार्यक्रममा स्वास्थ्यमन्त्रीदेखि विभिन्न तहका कर्मचारी विदेश भ्रमणमा गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। केपी ओली नेतृत्वको अघिल्लो सरकारका स्वास्थ्यमन्त्री रामजनम चौधरी नौ महिनाको अवधिमा तीनपटक विदेश भ्रमणमा गएका छन् । उनी दुईपटक विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा सम्मेलन र मिटिङमा भाग लिन गएको मन्त्रालयको रेकर्डमा छ भने एकपटक हैदराबाद गएको मन्त्रालयले जनाएको छ । त्यसैगरी, तत्कालीन स्वास्थ्यसचिव एक वर्षमा सातपटक विदेश भ्रमणमा गएको पाइएको छ । उनी जेनेभा, टिमोर, इन्डोनेसिया, बैंकक, नयाँदिल्लीलगायत ठाउँ गएका हुन् । एकैपटक १८ जना भ्रमणमा विनाशकारी भूकम्पपछि पुनर्निर्माणको अनुभवका लागि भन्दै विश्व स्वास्थ्य संगठनले गत फेब्रुअरी १५ देखि १९ सम्म भारतको गुजरातमा १८ जनालाई अवलोकन भ्रमण गराएको थियो । त्यसैगरी, स्वास्थ्य बीमाको कार्यक्रमका लागि तत्कालीन स्वास्थ्यसचिव शान्तबहादुर श्रेष्ठको नेतृत्वमा सातजना जर्मनी गएको थियो । त्यसको दुई महिना पनि नपुग्दै स्वास्थ्य बीमाको अवलोकन भ्रमण गर्न भन्दै हालका सचिव (तत्कालीन प्रमुख विशेषज्ञ) डा. सेनेन्द्रराज उप्रेतीको नेतृत्वमा नौजनाको अर्को टोली गुजरात नै गएको थियो । त्यसैगरी एक महिनाको बीचमा १७ जना कर्मचारी चीन भ्रमणमा गएका थिए । नयाँ पत्रिका दैनिकबाट ।