क्यासिनोबाट पहिलोपटक आकस्मिक लाभकर, तीन क्यासिनोले तिरे ५५ लाखको आकस्मिक लाभकर

काठमाडौं ४, मंसिर । नेपालमा संचालनमा रहेको क्यासिनो सरकारी नियमावली अनुसार संचालनमा नै समस्या देखिएको भएपनि पछिल्लो समय संचालनमा आएका तीन क्यासिनोले भने आकस्मिक लाभकरसमेत तिरेका छन् । सरकारले क्यासिनो नियमावली २०७० ल्याएपछि यसको पालना गर्न नसकिने र व्यवहारिक नभएको भन्दै सबै क्यासिनोले विरोध स्वरूप संचलानमा रहेको व्यापार व्यवसाय नै बन्द गरे । सरकारले नियमावलीको अनिवार्य कार्यान्वयन गर्न बाध्य बनाएपछि एकपछि अर्को गर्दै क्यानिसो नयाँ व्यवस्थापन खोज्दै संचलान हुन थाले । क्यासिनो नियमावली संचालमा आएका यी क्यासिनोले पहिलोपटक आकस्मिक लाभकरसमेत तिरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तरगत पर्यटन विभागका प्रवक्ता दुर्गादत्त ढकालले बताए । क्यासिनो नियमावली पालन गरेर क्यासिनो संचालन हुन थालेपछि सोल्टी होटलमा रहेको क्यासिनो माजोङ, सांग्रीला होटको क्यासिनो मिलेनियर्स क्लव र तारागाँउ रिजेन्सी होटलको क्यासिनो प्राइडले गरी ५५ लाख रुपैयाँ आकस्मिक लाभकर तिरेको जानकारी पर्यटन विभागलाई प्राप्त भएको उनको भनाइ छ । विभागका अनुसार क्यासिनो मिलेनियर्स क्लबले २० लाख, क्यासिनो माजोङले २५ लाख र क्यासिनो प्राइडले १५ लाख रुपैयाँ गरी करीब ५५ लाख रुपैयाँको आकस्मिक लाभकर आएको छ । आन्तरिक राजस्व विभागले संकलन गरेको यो रकमको जानकारी सम्बन्धित क्यासिनोले क्यासिनोको नवीकरण गर्दा पर्यटन विभागमा जानकारी गराएको प्रवक्ता ढकालले बताए । उनका अनुसार क्यासिनो नियमावली पूर्व सरकारलाई कुनै पनि शुल्क नतिर्ने क्यासिनोबाट इजाजत शुल्क, नवीकरण शुल्क, आकस्मिक लाभकर, जरीवानासहितका शीर्षकमा सरकारी ढुकुटीमा रकम आउन थालेको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा क्यासिनो नवीकरण, पर्वतीय पयटनको अनुमति, ट्राभल टे«किङको शुल्क गरेर २४ करोड ७ लाख ७४ हजार रुपैयाँ संकलन भएको पनि ढकालले बताए । यो रकममा सबैभन्दा ठूलो हिस्सा चार वटा क्यासिनोबाट १५ करोड रुपैयाँ रहेको छ । यस मध्ये क्यासिनो र्याडले पुरानो तीन करोडको वक्यौता तिरेको हो भने माजोङ, प्राइड र मिलेनियर्स क्लवले चालू आवको लागि नवीकरण शुल्क ३/३ करोड रुपैयाँ चुक्ता गरेका हुन । विभागका अनुसार पछिल्लो समय नेपालमा क्यासिनो सरकारी नियमावली अनुसार संचालन हुन थालेका र सरकारी राजस्व पनि तिर्न थालेका छन् । सरकारी मापदण्डको विरोध गरेका अन्य क्यासिनोले पनि एकपछि अर्को गर्दै संचलनको तयारी गरिरहेका छन् । क्यासिनो भेनस पुनः बन्द सरकारले क्यासिनो नियमावली २०७० ल्याएपछि यसको पालना नगरेर बन्द भएको मल्ल होटलमा रहेको क्यासिनो भेनस पुनः तीन महिना अगाडि मात्रै अदालतको अन्तरिम आदेशले खुला भएको थियो । क्यासिनो संचलानको तयारी भइरहेको समयमा होटल र क्यासिनो व्यवस्थापनबीच विवाद देखियो । त्यसपछि अदालत पुगेको यो मुद्दामा सरकारी नियम पालन गरेर र राजस्व तिरेरै मात्र संचालन गर्न निर्देशन दिएपछि पुनः बन्द भएको ढकालले बताए । उनका अनुसार अब यो क्यासिनो सरकारी नियमावली अनुसार नै संचालन हुन पाउँछ, अन्यथा बन्द नै गर्नुुपर्ने ढकालले बताए ।

बैंकर्स संघद्धारा नविल बैंकका अध्यक्ष पौडेल सम्मानित

काठमाडौं , ३ मंसिर । नविल बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेललाई नेपाल बैंकर्स संघले सम्मान गरेको छ । पौडेललाई लामो समय बैकिङ क्षेत्रमा काम गरी मुलुकको बैंकिङ तथा वित्तीय क्षेत्रको प्रवद्र्धनमा योगदान पुरयाएको भन्दै संघले सम्मान गरेको हो । उनलाई बैंकका अध्यक्ष अनिशकेशरी शाह र पूर्व अध्यक्ष उपेन्द्र पौडेलले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

मूल्यवृद्धि दर घट्यो, विदेशी बस्तु सस्तिदा स्वदेशी बस्तु महँगियो, कर्मचारीकाे तलव १४ प्रतिशतले वृद्धि

काठमाडौं, ३ मंसिर । उपभोक्ताको लागि खुशीको खवर छ । खाद्यन्य बस्तुको मूल्यवृद्धि दर पहिला भन्दा घटेको छ । तर नेपाली उत्पादन महँगिएका छन् । विदेशबाट आयातित बस्तुहरु सस्तो भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत असोज महिनामा उपभोक्ता मुद्रास्फीतिदर ६.७ प्रतिशतमा ओर्लेको छ । २०७३ आसार महिनामा यस्तो मुद्रास्फीति १०.४ प्रतिशत थियो । २०७२ असोज महिनामा ८.२ प्रतिशत रहेको थियो । २०७३ असार महिनादेखि घट्दो क्रममा रहेको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २०७३ भदौ महिनामा ७.९ प्रतिशत थियो । सरकारले वार्षिक मुद्रास्फीति ७ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ । गत वर्षको तुलनामा समीक्षा अवधिमा खाद्य मुद्रास्फीतिमा सुधार आएकोले समग्र उपभोक्ता मुद्रास्फीति घट्न गएको केन्द्रीय बैंकले जनाएको छ । असोजमा खाद्य मुद्रास्फीति ५.७ प्रतिशत रहेको छ । यस समूह अन्तर्गतको दलहन तथा गेडागुडी, घ्यू तथा तेल, दुग्धजन्य पदार्थ तथा अण्डा, मासु तथा माछा लगायतका वस्तुहरुको मूल्य वृद्धिदर गत वर्षको तुलनामा न्यून रहेकोले खाद्य मुद्रास्फीति कम रहन गएको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा चिनी तथा चिनीजन्य पदार्थको मूल्य १७.८ प्रतिशत र मदिराजन्य पेय पदार्थको मूल्य १३.४ प्रतिशतले वृद्धि भएको छ । गैर–खाद्य तथा सेवा समूह समीक्षा अवधिमा गैर–खाद्य मुद्रास्फीति ७.६ प्रतिशत पुगेको छ । उपभोक्ता मुद्रास्फीति पहाडमा ८.९ प्रतिशत, हिमालमा ६.३ प्रतिशत, तराईमा ६.२ प्रतिशत र काठमाडौं उपत्यकामा ५.७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ तलव १४ प्रतिशतले वृद्धि समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क १४.४ प्रतिशतले वृद्धि भएको छ । सरकारले निजामती कर्मचारीको तलब वृद्धि गरेकोले ज्यालादर सूचकाङ्क भन्दा तलब सूचकाङ्कमा उच्च वृद्धि भएको हो । तलब अन्तर्गत निजामती सेवा, सैनिक तथा प्रहरी बल र सार्वजनिक संस्थान उप– समूहहरूको तलब सूचकाङ्क क्रमशः २४.२ प्रतिशत, २३.६ प्रतिशत र २०.८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, ज्यालादर अन्तर्गत निर्माण मजदुर, कृषि मजदुर र औद्योगिक मजदुरको ज्यालादर सूचकाङ्क क्रमशः १५.७ प्रतिशत, १३.५ प्रतिशत र १२.३ प्रतिशतले वृद्धि भएको छ ।

सैँतिस अर्ब राजस्व सङ्कलन, लक्ष्य भन्दा दुई अर्व ६१ करोड बढी

पर्सा, ३ मङ्सिर । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा वीरगन्ज भन्सार कार्यालयले ३६ अर्ब ९७ करोड ८५ लाख ९१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यसअवधिको लागि भन्सार विभागले ३४ अर्ब ३७ करोड २२ लाख रुपैयाँको लक्ष्य राखेको थियो । कार्यालयका प्रमूम भन्सार अधिकृत सेवन्तक पोखरेलका अनुसार भन्सार राजस्वतर्फ १३ अर्ब ७१ करोड ९३ लाख ५७ हजार, मूल्य अभिवृद्धी करतर्फ रु १३ अर्ब १३ करोड ३८ लाख २४ हजार, अन्तः शुल्कतर्फ रु आठ अर्ब नौ करोड ६३ लाख २८ हजार तथा अन्यतर्फ रु ६१ करोड ४९ लाख १३ हजार राजस्व सङ्कलन भएको थियो । आवको पहिलो चौमासिकका लागि विभागले दिएको लक्ष्यको तुलनमा ७ दशमलव ५८ प्रतिशत अर्थात् दुई अर्ब ६१ करोड ६३ लाख ५३ हजार बढी राजस्व सङ्कलन गरेको छ । रासस

२६ बाणिज्य बैंकले बढाए ३ अर्ब नाफा, तीन महिनामा कमाए ९ अर्ब २९ करोड

काठमाडौं, ३ मंसिर । चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा २६ वटा बाणिज्य बैंकहरुले ९ अर्ब २९ करोड ६७ लाख नाफा कमाएका छन् । यो नाफा गत आर्थिक बर्षको सोही अवधीमा तिनै बैंकहरुले कमाएको नाफा भन्दा ३ अर्ब एक करोड ८५ लाख रुपैंयाँले बढि हो । गत आवको पहिलो त्रैमासिकमा २६ बाणिज्य बैंकहरुले जम्मा ६ अर्ब २७ करोड ८२ लाख नाफा कमाएका थिए । नेपाल बंगलादेश बैंक र सेञ्चुरी कमर्सियल बैंक बाहेक सबै बाणिज्य बैंकहरुले पहिलो तीन महिनाको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । यसरी वित्तिय विवरण सार्वजनिक गर्ने अधिकांश बैंकका नाफा वृद्धि भएको छ । तर राष्ट्रिय बाणिज्य बैंक र सिभिल बैंकको नाफा भने घटेको छ । गत आवको पहिलो त्रैमासिकमा ६० करोड ३९ लाख नाफा कमाउन सफल भएको राष्ट्रिय बाणिज्य बैंक यसपाली खुम्चेर ५० करोडमा झरेको छ भने ५ करोड ५८ लाख कमाएको सिभिल पनि यसपाली खुम्चेर एक करोड ४५ लाखमा सिमित भएको छ । पहिलो तीन महिनामा सबै भन्दा धेरै नाफा कमाउने बैंकका रुपमा नेपाल बैंक लिमिटेड स्थापित भएको छ । गत आवको पहिलो तीन महिनामा ४४ करोड ४३ लाख नाफा कमाएको नेपाल बैंकले चालु आवको सोही अवधीमा भने एक अर्ब ६६ करोड नाफा कमाउन सफल भएको छ । त्यस बाहेक सिटिजन्स बैंकले १४ करोेडबाट बढाएर ३४ करोड नाफा कमाउन सफल भएको छ भने कुमारी बैंकले पनि गत बर्षको ४ करोड नाफालाई बढाएर १३ करोड पुर्याएको छ । ग्लोबल आइएमई बैंकले ३१ करोड नाफालाई बढाएर ४१ करोड ६७ लाख पुर्याएको छ । त्यस्तै, एनएमबी बैंक पनि धेरै नाफा वृद्धि गर्ने बैंकको सूचिमा अग्रस्थानमै देखिन्छ । गत आवको पहिलो तीन महिनामा जम्मा १४ करोड २८ लाख नाफा कमाएको एनएमबीले चालु आवको सोही अवधीमा ३८ करोड ६१ लाख नाफा पुर्याएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ४२ करोड ३८ लाखबाट बढेर ७७ करोडमा पुगेको छ । एनआइसी एसिया बैंकले पनि १७ करोडबाट बढाएर २६ करोड १० लाख नाफा कमाउन सफल भएको छ । गत आवको पहिलो त्रैमासिकमा १७ करोड ३१ लाख नाफा कमाएको माछापुछ्रे बैंकले यसपाली २४ करोड ६९ लाख नाफा आर्जन गरेको देखिन्छ । यस बाहेक सानिमा बैंक, मेगा बैंक, नेपाल एसबिआई बैंक, प्रभु, लक्ष्मी, सनराइज, स्ट्याण्डर्ड चाटर्ड, सिद्धार्थ, एभरेष्ट, बैंक अफ कमाठाडौं लुम्बिनी, नबिल, कृषि विकास बैंक, प्राइम, एनसीसी लगायतका बैंकले नाफा बढाएका छन् ।

पाँच वर्षसम्म सेयरधनी लाभांस लिन नआए उनीहरुले पाउने रकम लगानीकर्ता संरक्षण कोषमा जाने

काठमाडौँ । कुनै पनि कम्पनीमा पाँच वर्षसम्म लाभांस लिन सेयरधनी लगानीकर्ता नआए उनीहरुको पाउने रकम कम्पनी रजिष्टार्डको कार्यालय अन्तर्गत लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएको छ । कम्पनी राजिष्टारको कार्यालयले विहिबार सर्वाजनिक सुचना प्रकाशित गरी नेप्सेमा सुचिकृत कम्पनीहरुलाई सो व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको छ । लगानीकर्ता संरक्षण कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधी २०७३ पारित भइ उक्त कोष स्थापना भएको हो । यसअघि पाँचवर्ष सम्म सेयरधनीले लाभांस नलिएमा कम्पनीले राख्ने गरेको थियो । अव भने कम्पनी रजिष्ट्रारको कार्यालय अन्तर्गत लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने छ । नेप्सेमा सूचिकृत सबै कम्पनीले कुनै लगानीकर्ताले पाँच बर्षभन्दा बढि समयदेखि लाभांश नलिएको भए एक महिनाभित्र कोषमा जम्मा गर्नुपर्नेछ । कोहि लगानीकर्ताले कम्पनीको सेयर हाल्दा फिर्ता भएको रकम समेत पाँच बर्षसम्म लिन नआएको भए कोषमा जम्मा गर्नुपर्ने जनाइएको छ ।

साताको अन्तिम दिन नेप्से ह्वात्तै ओरालो, एभरेष्ट बैंकको ५१ करोडको कारोबार

काठमाडौं । साताको अन्तिदिन ठूला लगानीकर्ताहरुले सेयर बेच्न थालेपछि बजार राताम्मे बनेको छ । एभरेष्ट बैंक र नेशनल लाईफ इन्सुरेन्सले घोषणा गरेको आकर्षक बोनस तथा हकप्रद सेयरका कारण लगानीकर्ताहरु ति कम्पनीहरुतर्फ ओइरिएको मौका छोपी ठूला लगानीकर्ताहरुले आफूसँग भएको सेयर बेच्दा बजार ह्वात्तै ओरालो लागेको बजार विश्लेषकहरु बताउछन्  । विहिबार नेप्से परिसुचक ४० दशमलव ८२ अंकले घटेको छ भने सवै उपसुचकहरु पनि घटेका छन् । बैकिङ ४० दशमलव ९६ अंकले, होटल ५३ दशमलव ४४ अंकले, विकास बैंक ४१ दशमलव ६ जलविद्युत ६० २६ अंकले, फाइनान्स १२ दशमलव ५९ अंकले, विमा २४१ दशमलव ९५ र अन्य १० दशमलव ७ अंकले ओरालो लागेको छ । यसदिन पनि सवैभन्दा बढी एभरेष्ट बैंककै कारोबार भएको छ ।   विहिबार एभरेष्ट बैंंकको ५१ करोड ७० लाख बराबरको सेयर किनवेच भएको छ । बोनस र हकप्रद सेयरको हल्लाले आइतबार देखिनै कारोबार बढेको एभरेष्ट बैंकको सेयर मूल्य समेत प्रतिशत सेयर १६६ रुपैयाँले घटेर तीन हजार ६२९ रुपैयाँ पुगेको छ। त्यस्तै नेसनल लाइफ इन्सुरेन्सको १२ लकरोड ५० लाख र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ७ करोड बराबरको सेयर किनवेच भएको छ । यसदिन कमाउनेहरुमा रिडि हाइड्रो पावर डेभलपमेन्ट कम्पनी, सिद्धार्थ डेभलपमेन्ट बैंक, नमस्ते वित्तिइ संस्था लगायतका रहेका छन् भने गुमाउनेहरुमा महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्था, सिभिल बैंक लिमिटेड, नेपाल ग्रामिण विकास बैंक लिमिटेका लगानीकर्ताहरु रहेका छन् ।  दिनभर १३५ कम्पनीका एक अर्व ५० करोड बरबरको सेयर विक्रि भएको नेप्सेले जनाएको छ । कारोबार रकमका हिसाबाले तेस्रो दिन पनि यी दुई कम्पनी नै अग्रस्थानमा छन् ।

चलचित्र जात्राले बुधबारसम्ममा एक करोड ५ लाख कमायो

काठमाडौं । चलचित्र जात्रा करोड क्लबमा प्रवेश गरेको छ । प्रर्दशनमा आएको एक साता नपुग्दै जात्रा करोड क्लबमा प्रवेश गरेको हो । चर्चा र लोकप्रियता कमाईरहेको जात्राले बुधबार बेलुकासम्म १ करोड ५ सय रुपैँया ग्रस कलेक्सन गरेको फिल्म वितरक माधव वाग्लेले जानकारी दिएका छन् ।  मल्टिप्लेक्स हलहरुमा जात्राको शो थपिएको पनि उनले बताएका छन् । थपिएका शोहरुमा पनि दर्शकको गतिलो उपस्थिति रहेको निर्माता एवं कलाकार रविन्द्र सिंह बानीयाँको भनाई छ । दोश्रो सातामा प्रवेश गर्न लागेको बेलामा शोहरु थपीनुका साथै दर्शकको उपस्थिति बाक्लीँदै गरेकाले फिल्म निर्माण टोली उत्सहित रहेको उनले बताएका छन् । समिक्षकहरुबाट समेत गतिलो प्रशंसा बटुलेको जात्रालाई मह सञ्चारमा लामो समय काम गरेका निर्देशक प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानीयाँ, रविन्द्र झा, प्रेक्षा बज्राचार्यलगायतको अभिनय रहेको फिल्म विहिबारदेखि दोश्रो सातामा प्रवेश गर्दैछ ।

सिभिल बैंकको नाफा एक करोड ४५ लाख, खराव कर्जा ४ प्रतिशत भन्दा माथि

काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ४५ लाख खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले ऋणको व्याज र किस्ताको लागि ३२ करोड ६४ लाख रुपैयाँ छुट्याएको छ । बैंकले कर्जा विस्तार गरेर मात्र २२ करोड ९७ लाख रुपैयाँ कमाएको छ । बैंकको खराव कर्जा ४ दशमलव १३ प्रतिशत पुगेको छ । गत वर्ष यहीअवधिमा बैंकको खराव कर्जा २ दशमलव ५४ प्रतिशत रहेको थियो । आइएलएफसीओ फाइनान्सलाई मर्ज गरेपछि बैंकको चुक्तापुँजी भने ३ अर्व ८ करोड रुपैयाँ पुगेको छ । बैकको प्रतिसेयर आम्दानी साढे एक रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११७ दशमलव ४५ रहेको छ । बैंकले गत वर्षमा ३३ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

यती डेभलपमेन्ट बैंकले लघु बित्त कर्जा लिनेकाे बीमा गर्ने, नेशनल लाईफ इन्स्योरेन्ससँग सम्झौता

काठमाडौं, २ मंसिर । यती डेभलपमेण्ट बैंकले बैंकबाट लघु बित्त कर्जा उपभोग गर्ने आफ्ना ऋणीहरुलाई “लघु अमृत जीवन बीमा” गरीदिन नेशनल लाईफ इन्स्योरेससँग सहकार्य गर्ने सम्झोतो गरेको छ । उक्त योजना अन्तर्गत ऋणीहरुलाई ५ हजार देखि ७ लाख रुपैयाँ सम्मको जोखिम बहन गर्नकोे लागि बीमा सेवा उपलब्ध गराईने छ । यदी कथंकदाचीत ऋणीको मृत्यु भएमा पुरा बिमाङ्क रकम ऋणीको हकवालाले प्राप्त गर्न सक्ने छन् । साथै मृतकको दाह संस्कार बापत बीमाङ्क रकमको १० प्रतिशत वा रु २५ हजार मध्ये जुन कम हुन्छ सो रकम बीमीतलाई भुक्तानी गरिने छ । दुर्घटनाको कारण स्थायी रुपमा पूर्ण अपाङ्गता भएमा अवस्था हेरी ५० प्रतिशत् देखि शत्प्रतिशतसम्म क्षति पुर्ति रकम बीमितलाई भुक्तान गरीने छ । बैंकबाट लघु बित्त कर्जा उपभोग गर्ने ऋणीहरु प्रत्यक्ष रुपमा “लघु अमृत जीवन बीमा” योजनाबाट लाभान्वित हुने बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरु मध्ये सबैभन्दा बढी कर तिरे बापत नविल बैंक सम्मानित

काठमाडौं, १ मंसिर । आर्थिक वर्ष  २०७१/७२ मा बैंक तथा वित्तीय संस्थामध्ये सबै भन्दा बढी कर दाखिला गरे बापत नबिल बैंक आन्तरिक राजस्व विभागबाट सम्मानित भएको छ । उप प्रधानमन्त्री तथा अर्थ मन्त्री कृष्णबहादुर महराले पाँचौ राष्ट्रिय कर दिवस २०७३ को उपलक्ष्यमा आन्तरिक राजस्व विभाग द्वारा आयोजित भव्य कार्यक्रमका मा विभिन्न क्षेत्रबाट बढी कर राजस्व योगदान गर्ने करदातालाई सम्मान प्रदान गरेक थिए । सो कार्यक्रममा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अनिल कुमार खनालले उक्त सम्मानपत्र ग्रहण गरेका थिए । बैंक तथा वित्तीय संस्थामध्ये सबै भन्दा बढी कर दाखिला गरेर राष्ट्र निर्माणको लागी योगदान पुयाउन पाउ“दा बैंक परिवार निकै गौरवान्वित बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । नबिल बैंंकले यो भन्दा अगाडि पनि यस्तो सम्मान पाउदै आएको छ । बैंकले गरेका ब्यवसायिक कामका अतिरिक्त अन्य कार्यबाट, ब्यवसाय प्रसारणमा बृद्धि, रोजगारी सृजना तथा सरकारी राजस्वमा योगदान जस्ता राष्ट्र निर्माणमा अहम भुमिका रहने तथा समुन्नत एवं सुरक्षित समाज निर्माणका निम्ति भैरहेको देशको प्रयासमा केही मात्रामा भए पनि योगदान गर्न सकेकोमा आफूले गर्वको अनुभुति गरेको बैंकले जनाएको छ ।

सहकारीतर्फ सबैभन्दा बढी कर तिरेकोमा राष्ट्रिय सहकारी बैंक सम्मानित

काठमाडौं, १ मंसिर । आन्तरिक राजश्व बिभागले पांचौं राष्ट्रिय कर दिवसको अबसरमा राष्ट्रिय सहकारी बैंक लिमिटेडलाई सबैभन्दा बढी आयकर दाखिला गरे बापत कदर स्वरुप सम्मानपत्र र दोसल्लाका साथ सम्मान गरेको छ । पाँचौ राष्ट्रिय कर दिवसको अवसरमा बैंकले यस सम्मानआर्थिक बर्ष २०७१/२०७२ मा“सहकारी संस्था (क्षेत्र) तर्फ’’ सबैभन्दा बढी आयकर दाखिला गरे बापत प्राप्त गर्न सफल भएको हो, सो सम्मान उपस्थित विशिष्ट अथिति तथा पदाधिकारीका बीच अर्थमन्त्री कृष्णबहादुर महराले बैंकका प्रवन्ध संचालक के.वि. उप्रेतीलाई प्रदान गरेका छन् । राष्ट्रको तिनखम्वे अर्थनीति मध्येको एक सहकारी क्षेत्र भएकोभन्दै उप्रेतिले भने–बैंकले प्राप्त गरेको यो सम्मान देशका सम्पूर्ण सहकारी संघ÷संस्थाको पनि भएकोले सम्पूर्ण सेयर सदस्यहरु तथा सम्पूर्ण सहकारी क्षेत्रलाई बधाई ज्ञापन गर्दछु ।’

नेपाल बैंक ८० औ वर्षमा, तीन महिनाकाे नाफा १ अर्ब १६ कराेड

काठमाडौं , १ मंसिर । नेपाल बैंक लिमिटेड ८० औ वर्षमा प्रबेश गरेको छ । बैंकले आफ्ना ग्राहकलाई विगतमा झै आगामी दिनहरुमा पनि गुणस्तरीय एवं सरल बैंकिङ्ग सेवा तथा सुविधाहरु उपलब्ध गराउदै जाने प्रतिवद्धता व्यक्त गरेको छ । हाल यस बैंकको सेयर पूँजी संरचनामा सरकारको ६२ दशमलव २१ प्रतिशत तथा सर्वसाधारण एवं कर्मचारीहरुको ३७ दशमलव ७९ प्रतिशत कायम भै जम्मा चुक्ता पूँजी शेयर ६ अर्व ४९ करोड रहेको छ । ०७३ आश्विन मसान्तसम्ममा पुँजीकोष अनुपात १२ दशमलव १२ प्रतिशत पुगेको छ । यसरी बैंकको पूँजीकोषमा उल्लेखनीय सुधार भै बैंक प्रगति पथमा अगाडि बढ्न सफल भएको छ । यस आर्थिक वर्षको प्रथम त्रैमासमा बैंकले अपेक्षित उपलब्धी हासिल गरेकोे छ । ०७३ आश्विन मसान्तमा बैंकले १ अर्ब १६ करोड खुद मुनाफा (अपरिष्कृत) गरेको छ । बैंकमा ८६ अर्ब २२ करोड निक्षेप रहेको छ । कर्जा तथा सापटी तर्फ ६६ अरब ३ करोड कर्जा प्रवाह भएको छ । बैकको निष्कृय कर्जाको अनुपात ३ दशमलब १ प्रतिशत रहेको छ । ले १ अर्ब १६ करोड खुद मुनाफा (अपरिष्कृत) गरेको छ । बैंकमा ८६ अर्ब २२ करोड निक्षेप रहेको छ । कर्जा तथा सापटी तर्फ ६६ अरब ३ करोड कर्जा प्रवाह भएको छ । बैकको निष्कृय कर्जाको अनुपात ३ दशमलब १ प्रतिशत रहेको छ ।

रेमिट्यान्सतर्फ आईएमईले पायो उत्कृष्ट करदाता सम्मान, लगातार तीन पटक सम्मानित

काठमाडौं, १ मंसिर । रेमिटेन्स सेवाको प्रदान गर्दै आएको नेपालको अग्रणी कम्पनी आईएमईले उत्कृष्ट करदाता सम्मान प्राप्त गरेको छ । आन्तरिक राजश्व विभागले प्रज्ञा भवन कमलादीमा बुधबार आयोजना गरेको पाँचौं कर दिवसको अवसरमा आईएमईले उक्त सम्मान पाएको हो । रेमिटेन्स कम्पनीहरु मध्ये गएको आर्थिक वर्ष २०७१/७२ मा सबैभन्दा बढी कर तिरे वापत नेपाल सरकारका अर्थमन्त्री कृष्णबहादुर महराले आईएमई लिमिटेडका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गर्नुभएको हो । आईएमईले यो सम्मान विगत तीन वर्षदेखि निरन्तर पाउदै आएको छ । आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यो कम्पनीले सेवा शुभारम्भको १६ औ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ५२०० भन्दा बढी शाखा/सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको कम्पनीले जनाएको छ ।

७० प्रतिशत बोनस प्रस्ताव गरेसँगै एभरेष्ट बैंकमा ओइरिए लगानीकर्ता,बुधबार मात्र झण्डै ३९ करोडको कारोबार

काठमाडौं, १ मंसिर । लगानीकर्ताहरु यतिवेला एभरेष्ट बैंकमा तानिएका छन् । बुधबार मात्र बैंकको झण्डै ३९ करोड रुपैयाँ बराबरको सेयर किनेवेच भएको छ । यो बुधबार कारोबार भएको कुल रकमको ३३ प्रतिशत हो । बैंकको बुधबार बसेको सञ्चालक समितिको २४७ औ बैंठकले ७० प्रतिशत बोनस सेयर दिने प्रस्ताव पेस गरेको सुचना सार्वजनिक भएपछि एभरेष्ट बैंकको सेयर कारोबार ह्वात्तै बढेको हो । बुधबार मात्रै एभरेष्ट बैंकको १ लाख १ हजार ८ सय ७९ कित्ता शेयर कारोबार भएको छ । यसदिन नेशनल लाइफ इन्सुरेन्सको पनि २२ करोड ७५४ लाख बराबरको सेयर किनवेच भएको छ । बुधबार समग्र नेप्से परिसुचक भने ३ दशमलव ०१ अंकले ओरालो लागेको छ । बैकिङ ५ दशमलव ६१ अंकले, विकास बैंक १३ दशमलव ६९ अंकले र जलविद्युत २३ दशमलव ९४ अंकले ओरालो लागेको छ । त्यस्तै होटल ४२ दशमलव ६८ अंकले, फाइनान्स १.३१ अंकले, विमा ६२.५८ अंकले र अन्य उपसुचक १ दशमलव १६ अंकले बढेको छ । यसदिन सवैभन्दा धेरै १० प्रतिशतको हाराहारीमा सिर्जना फाइनान्सका लगानीकर्ताहरु कमाएका छन् । त्यस्तै अरुण फाइनान्स, नेसनल लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले पनि कमाए ।  गुमाउनेहरुमा आइएलफसिओ माइक्रोफाइनान्स संस्था,महिला सहयात्रा माइक्रोफाइनान्स वित्तिय संस्था, रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ताहरु रहेका छन् । दिनभर एक सय ३४ कम्पनीको एक करोड १९ लाख बराबरको १० लाख कित्ता सेयर विक्रि भएको छ ।  

उत्कृष्ट करदाताहरु सम्मानित, सबैभन्दा बढी आय कर बुझाउने व्यक्ति सिद्धार्थ शम्शेर जबरा

सिद्धार्थ शम्शेर जबरा काठमाडौं, १ मंसिर । सरकारले पाँचौं राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट करदाताहरुलाई समान गरेको छ । त्यसक्रममा व्यक्तिगत रुपमा सबैभन्दा बढी आयकर तिर्ने सिद्धार्थ शम्शेर जबरा सम्मानित भएका छन् । उनी सिप्रदी ट्रेडिङ ग्रुप, भोटेकोशी जलविद्युत आयोजना, तारागाउँ इन्भेन्टमेन्ट लगायत कम्पनीका कार्यकारी अध्यक्ष हुन् । यसअघि पनि उनी उत्कृष्ट करदाताको रुपमा सम्पमानित भएका थिए । उनको कम्पनी सिप्रदी ट्रेडिङ पनि उत्कृष्ट करदाताबाट समानित भएको छ । व्यापारीक कम्पनीहरु मध्ये सिप्रदीले सबैभन्दा बढी कर तिरेको राजश्व विभागले जनाएको छ । त्यस्तै, प्राइभेट कम्पनीतर्फ सबैभन्दा बढी आयकर तिरेर सूर्य नेपाल प्रालि सम्मानित भएको छ । सबैभन्दा बढी कर तिर्ने निर्यात कर्ता डाबर नेपाल र सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रुपमा युनिलिभर प्रालि समानित भएका छन् । त्यस्तै कृषि तथा पशुपंक्षीतर्फ सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रुपमा ओम फिड इन्ट्रष्ट्रिज पनि उत्कृष्ट करदाताबाट समानित भएको छ । यसैगरी सहकारीतर्फ राष्ट्रिय सहकारी बैंक, लघुवित्ततर्फ छिमेक लघुवित्त विकास बैंक र बैंकतर्फ नबिल बैंक पनि उत्कृष्ट करदाताको रुपमा सम्मानित भएका छन् । यसैगरी बीमातर्फ लाइफ इन्सुरेन्स कर्पोरेशन, रेमिटेन्सतर्फ आइएमइ र पर्यटन तर्फ तारागाउँ होटल लिमिडेट समानित भएका छन् । सेवातर्फ सबैभन्दा बढी कर तिर्ने नेपाल टेलिकम पनि सम्मानित भएको छ । ५ करोडसम्मका साना करदातामा साङ्ग्रिला इनर्जी लिमिटेड र ५ करोडदेखि ४० करोडसम्म मझौला करदाताको रुपमा शिवेक हस्पिटल समानित भएका छन् । आन्तरिक राजस्व विभागले बुधबार राजधानीमा गरेको एक कार्यक्रममा अर्थमन्त्री कृष्णबहादुर महराले उत्कृष्ट करदाताहरुलाई समान गरेका छन् ।

निलम्बित सांसद ल्यारक्याल लामाले पाए अदालतबाट सफाइ, लामाको ३० करोड आम्दानी बैधानिक

ल्यारक्याल लामा काठमाडौँ, ३० कात्तिक । विशेष अदालतले नेकपा (माओवादी केन्द्र)का निलम्बित सांसद ल्यारक्याल लामालाई सार्वजनिक पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति आर्जन गरेको आरोपको मुद्दामा सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई सदस्यहरु प्रभा बस्नेत र महेश पुडासैनीको इजलासले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाबी गरेअनुसार अवैध स्रोतबाट सम्पत्ति आर्जन गरेको हो भन्ने आधार नदेखिएकाले निजलाई सफाइ हुने फैसला गरेको हो । लामाले सार्वजनिक पदको दुरुपयोग गर्दै अकुत सम्पत्ति जोडेको आरोपमा गत वैशाख ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले लामाको करिब रु ३० करोड सम्पत्तिमा रु २० करोडको मात्रै स्रोत खुलेको बाँकी सम्पत्ति अवैध भएको दाबी गरेर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । रासस

नेप्से ओरालो लाग्यो, साताको तेस्रोदिन पनि एभरेष्ट बैंककै पछि लगानीकर्ता

काठमाडौं, ३० कात्तिक । साताकोे सुरुका दुई दिन बजार उकालो लागेपनि मंगलबार भने ओरालो लागेको छ । यसदिन बजार ४दशमलव ३७ अंकले ओरालो लागेको हो । विकास बैंक, उत्पादनमूलक र अन्य बाहेक सवै उपसमुह पनि ओरालो लागेको छ । नेपाल टेलिकमको वित्तिय विवरण सार्वजनिक भएपछि यस कम्पनीको सेयर मुल्य ९ रुपैयाँले बढेर ६८५ मा कारोबार भएको छ । नेपाल टेलिकमको मुल्य बढ्दा अन्य समूहको सुचक पनि केही बढेको हो । यसदिन बैकिङ ६ दशमलव ८९ अंक, होटल ३३ दशमलव २ अंक, जलविद्युत ३० दशमलव ५४ अंक, विमा २३ दशमलव ६ अंक र फाइनान्स १ दशमलव २ अंकले घटेको छ भने विकास बैंक १ दशमलव ९१ अंक, उत्पादनमूलक ४ र अन्य ९ अंकले बढेको छ । मंगलबार पनि लगानीकर्ताहरु एभरेष्ट बैंकको नै पछि लागेका छन् । आइतबार २० करोडको कारोबार भएको सो बैंकको सोमबार १२ करोडको हाराहारीमा कारोबार भएको थियो । मंगलबार एभरेष्ट बैंकको १७ करोडको कारोबार भएको छ । यसदिन एभरेष्ट बैंकसँगै वढी कारोबार हुनेमा बैंक अफ काठमाडौ लुम्विनी, नेशनल लाइफ इन्सुरेन्स कम्पनी र कुमारी बैंक रहेका छन् । बढी कमाउनेहरुमा गरिमा विकास बैंक,किसान माइक्रो फाइनान्स वित्तिय संस्था, नागवेली लघुवित्त विकास बैंक र एनवी इन्सुरेन्स कम्पनी रहेका छन् । त्यस्तै सवैभन्दा बढी गुमाउनेहरुमा महिला सहयात्रा माइक्रो फाइनान्स वित्तिय संस्था, बोटलर्स नेपाल ,बुटवल पावर कम्पनी लगायतका रहेका छन् । मंगलबार दिनभर एकसय ३९ कम्पनीको ८० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

भेटी र दानबाट आठ करोड बराबरको विभिन्न पूर्वाधार निर्माण

बेनी, ३० कात्तिक । भेटी र दानबाट सङ्कलित रकमको सही व्यवस्थापन र पारदर्शिता अपनाउन सकियो भने करोडौका पूर्वाधार निर्माण गर्न सहज हुने गतिलो उदाहरण म्याग्दीको गलेश्वरमा देखिएको छ । मुक्तिनाथ प्रवेशद्वारको रुपमा परिचित म्याग्दीको प्रशिद्ध धार्मिकस्थल गलेश्वरधाममा २०६७ साल पछि भक्तजनले चढाएको भेटी, महायज्ञबाट सङ्कलन भएको रकम र तीर्थयात्रीले दिएको दानबाट सङ्कलित रु आठ करोडको लागतमा विभिन्न भवनका साथै बाटो निर्माणमा टेवा पुगेको छ । सो रकमबाट गलेश्वरमा धर्मशाला, बाटिका, यज्ञशाला, पाठशाला, कालीगण्डकीसम्म पुग्ने मार्गलगायतका काम सम्पन्न भएको गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए ।  छ वर्ष अगाडिसम्म गलेश्वर मन्दिरमा वार्षिक करिव रु ८० हजार भेटी सार्वजनिक हुन्थ्यो । मन्दिर प्रवेश गरेका भक्तजनले मूल मन्दिर, आसपासका क्षेत्रमा रहेका शालीग्राम, कुण्डलगायतका क्षेत्रमा चढाएको सुनचाँदी, तामा, नगदसहित जिन्सी साम्रगीको कुनै लेखाजोखा थिएन । विसं०५७ देखि ६७ सम्म मन्दिर व्यवस्थापन समितिको खातामा मन्दिरको आम्दानी भेटी रु ३१ लाख बराबर थियो । विसं। २०६७ मा समाजसेवी रुद्रबहादुर कार्कीको अध्यक्षतामा बनेको नयाँ समितिले भेटी व्यवस्थापनका लागि योजनाबद्ध तरिकाले काम अगाडि बढाएको ६ वर्षको अन्तरालमा मन्दिरमा करोडौंका पूर्वाधार थपिएको हो ।  ‘अस्तव्यस्त अवस्थामा मैले जिम्मेबारी सम्हालेको थिएँ । भेटी व्यवस्थापन गर्न केहीवर्ष धेरै मेहनत गर्नुप¥यो’ कार्कीले भन्नुभयो । भेटी व्यवस्थित गर्दा दानवीरले समेत खुलेर सहयोग गर्न थालेका छन् । मन्दिरका तीन पुजारीमध्ये मुख्य पुजारीलाई रु १५ हजार, सहायकलाई रु १० हजार र सहयोगीलाई रु चार हजार तलबसहित खाने–बस्ने व्यवस्था गरिएको छ । मन्दिर स्थापनादेखि ०६७ सालसम्म मूल मन्दिरमा भक्तजनले चढाएको सुनदेखि नगदसम्म पुजारीको पहुँच, मन्दिर बाहिर रहेका साना मन्दिर, जलवराह कुण्ड, कालिगण्डकी स्नान गर्न जाने मार्गमा रहेको जडभरतको गुफा, आसपासका क्षेत्रमा रहेका शालिग्रामसहित हिन्दू धर्मालम्बीले पूजाआजा गर्ने ठाउँमा चढाइएको भेटीमा पुजारीदेखी सर्वसाधारणले समेत दुरुपयोग गर्ने गरेका थिए । अहिलेसम्म भेटी, महायज्ञ र चन्दाबाट रु ८ करोडको पूर्वाधार थपिएको छ । गत साउन महिनामा मात्रै रु १३ लाख भेटी सङ्कलन भएको थियो । साउने सोमबार र शिवरात्रिका बेला लाखौँ भेटी सङ्कलन हुने गरेको छ । मन्दिरमा भेटी हिनामिना हुने सम्भावनालाई मध्यनजर गर्दै कोषले मूल मन्दिरसहित वरपरका क्षेत्रमा सिसी क्यामेरा समेत जडान गरेको छ । कृष्णगण्डकीदेखि नौ रोपनी क्षेत्रफल चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशीलाको उत्तरपूर्वी कोणमा निर्मित मन्दिरभित्र विराजमान भएकाज्योतिर्लिङ्गेश्वर महादेव उत्पत्ति भएको धार्मिक विश्वास छ । यसैबीच गलेश्वरलाई नेपालमा एकपटक घुम्नैपर्ने पर्यटकीय तथा धार्मिकस्थलका रूपमा प्रचारप्रसारको तयारी समेत भइरहेको छ । रासस

नेपाल बैकर्स संघकाे अध्यक्षमा अनिल शाह निर्विराेध, अाैपचारिक घाेषणा भाेली

काठमाडौं, ३० कात्तिक । नेपाल बैंकर्स संघकाे अध्यक्ष पदमा अनिल केशरी शाह निर्विरोध चयन भएका छन् । बुधबार हुन लागेकाे ३० अाै साधारणासभामा अध्यक्ष र उपाध्यक्ष चयनकाे अजेन्डा छ । मंगलबार मनाेनयन कार्यक्रम रहेकाेमा अध्यक्ष पदमा शाहकाे मात्र उम्मेदवारी परेकाे छ । संघकाे वरिष्ठ उपाध्यक्ष शाह मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् । शाह अध्यक्ष भएपछि रिक्त रहेको उपाध्यक्ष पदमा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना चयन भएका छन्। संघको विधान अनुसार कार्यसमितिको कार्यकाल दुई बर्षको हुन्छ। पहिलो बर्ष अध्यक्षको निर्वाचन भएपछि अर्को बर्ष बाँकी कार्यसमितिको चुनाव हुन्छ। हाल एनएमबी  बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल संघकाे अध्यक्ष हुन्।