अर्थमन्त्री भन्छन् : सेयर बजार र नाडा अटो शोले अर्थतन्त्र चलायमान गर्छ
काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मौद्रिक नीतिले बजारमा सकारात्मक प्रभाव पारेपनि सोचेअनुरुप काम हुन नसकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उनले नेपाल राष्ट्र बैंकले सबैले चाहेअनुसारको मौद्रिक नीति सार्वजनिक गरेपनि त्यसले अपेक्षाकृत बजार चलायमान बनाउन नसकेको बताएका हुन् । उनले मौद्रिक नीतिमा यस्तो स्वागत बिरलै हुने गरेको पनि धारणा राखे । ‘सबैले चाहेको जस्तो मौद्रिक नीति आयो, यसले बजारमा एक किसिमको सकारात्मक प्रभाव पनि पारेको छ । तर, हामीले अझैं धेरै गर्न बाँकी छ, अझैं पनि बैंकले कर्जा लगानी गर्न सकेका छैनन्, अहिलेका हाम्रा नीति प्रयाप्त भएनन् कि भन्ने हाम्रो बुझाइ छ, वर्तमान शिथिलता चिर्न सरकारले कदम चाल्नुपर्ने देखिएको छ,’ उनले भने । उनले नाडा जारी नाडा अटो शो र सेयर बजारको चहल पहलले बजार थप चलायमान भइरहेको धारणा राखे । यस्तै, कार्यक्रममा नेपाल राष्ट्र बैंकका बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले ब्याजदर घटिरहेकोले यसले आर्थिक गतिविधि बढाउन सहयोग नै गर्ने धारणा राखे । उनले पछिल्लो समय अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको पनि धारणा राखे । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) जस्ताको त्यस्तै पारित हुन नहुने बताए । यसले उद्योगी व्यवसायीलाई लगानीका लागि निरुत्साहन गर्ने उनको भनाइ छ ।
नाडा अटो शोको ५ दिनमा स्काइवेलका ९९ गाडी बुुकिङ, केक काटेर ‘सेलिब्रेट’
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शोको ५औं दिनसम्म स्काइवेलका ९९ वटा विद्युतीय एसयूभी गाडी बुकिङ भएका छन् । ५औं दिनसम्मको अवधिमा जि मोटर्स प्रालिले ९९ वटा गाडी बुकिङ गरेको जानकारी गराएको हो । मंगलबारदेखि सुरू भएको नाडा अटो शोमा स्काइवेलले ९९ प्रिमियम विद्युतीय एसयूभी बुकिङ गर्न सफल भएको कम्पनीका कार्यकारी निर्देशक पारशमणी गेलालले जानकारी दिए । स्काइवेलको एकमात्र आधिकारिक बिक्रेता जी मोटर्स प्रालिले ९९ वट स्काइवेल ईटी फाइभ, बीई११ मोडेलका ६२० किमि, ५२० किमि र ४२० किमि रेन्ज दिने गाडीको बुकिङ लिएको गेलालले जानकारी दिए । हाल नेपालमा ४० वटाभन्दा बढी स्काइवेलका ईटी फाइभ प्रिमियम विधुतीय एसयूभी बिक्री भइसकेका छन् भने जी मोटर्सले नाडामा बुकिङ गर्ने ग्राहकका लागि विशेष छुटसहित सस्तो मूल्यमा कार उपलब्ध गराएको छ । कम्पनीले ९९ वटा बुकिङ भएको अवसरमा केक काटेर सेलिब्रेट गरेको छ । जि मोटर्सले नाडामा बुकिङ्ग गर्ने ग्राहकका लागी स्पेशल मुल्य ४१० किमी, बिई ११ को ७५.९० लाख, बिई ११ ५२० किमीको मूल्य ८५.९० लाख एबम ईटी ५ को मूल्य १.१० करोड रुपैयाँ कायम गरेको छ । स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो । नाडा शो पश्चात् सबै मोडेलमा ५ लाखले मूल्य बृद्दी हुने कम्पनीले जनाएको छ ।
नाडा अटो शोमा ट्राइम्फका १५० बढी मोटरसाइकल बुकिङ, हंसराज हुलासचन्द एण्ड कम्पनीलाई सफलता
काठमाडौं । यस वर्षको नाडा अटो शो २०२४ मा ट्राइम्फ मोटरसाइकलले उल्लेखनीय उपलब्धि हासिल गरेको छ । १५० भन्दा बढी संख्यामा भएको मोटरसाइकल बुकिङले ट्राइम्फकोे नेपाली बजारमा रहेको आफ्नो उपस्थितिलाई झल्काएको छ । नेपालमा ट्राइम्फ मोटरसाइकलको आयात नेपाली अटोमोटिभ क्षेत्रको अग्रणी नाम हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि ले गरिरहेको छ । कम्पनीको ट्राइम्फसँगको साझेदारीले नेपाली ग्राहकहरूलाई ट्राइम्फका मोटरसाइकलहरूमा पहुँच सुनिश्चित गरेको छ । ट्राइम्फ ब्राण्ड विशिष्ट डिजाइन, इन्जिनियरिङ उत्कृष्टता र बेजोड पर्फर्मेन्स लागि परिचित छ । यस नाडा अटो शोमा ट्राइम्फका नयाँ स्क्रेम्बलर ४०० एक्स र स्पीड ४०० सार्वजनिक गरिएको छ । मोटरसाइकल प्रेमीहरूको उत्साहजनक प्रतिक्रिया र अत्यधिक बुकिङ संख्याले नै ट्राइम्फको लोकप्रियताले ग्राहकवर्गको विभिन्न आवश्यकताहरू पूरा गर्ने तथा उच्च स्तरका मोटरसाइकलहरू प्रदान गर्ने ब्रान्डको प्रतिबद्धतालाई प्रस्ट बनाएको कम्पनीले जनाएको छ । ‘यस उपलब्धिले हामीलाई निकै गर्वित बनाएको छ । नाडा अटो शोमा पाएको अतुलनीय प्रतिक्रिया र १५० युनिट बुकिङ पुग्नुले मोटरसाइकल उत्साहीहरूको ट्राइम्फ ब्रान्ड प्रतिको विश्वासलाई झल्काएको छ,’ गोल्छा ग्रुपका डाइरेक्टर, अभिमन्यु गोल्छाले भने, ‘यो सफलताले हामीलाई हाम्रा ग्राहकहरूलाई झनै असाधारण उत्पादन र सेवाहरू प्रदान गर्न उत्प्रेरित गरेको छ । ट्राइम्फको मोटरसाइकलको आक्रमक बुकिङले बाइकिङ समुदायको ध्यान खिच्न सफल भएको छ । नेपालमा उत्कृष्ट मोटरसाइकल उपलब्ध गराउन तथा आफ्ना ग्राहकहरुका लागि असाधारण सवारी अनुभव प्रदान गर्न कम्पनी समर्पित रहेको छ ।
बैंकबाट कर्जा लिएर नाडा अटो शोमा गाडी किन्न १५ सयभन्दा बढीले दर्ता गराए नाम
काठमाडौं । यस वर्षको ‘नाडा अटो शो २०२४’ मा ७ वटा बैंकले सहभागिता जनाएका छन् । भदौ ११ गतेदेखि भृकुटीमण्डपमा चलिरहेको नाडा अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक र महालक्ष्मी विकास बैंकले सहभागिता जनाएका छन् । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो शोको आज भदौ १४ गते चौंथो दिन हो । अटो शोमा सवारी साधन खरिद गर्न १५ सयभन्दा बढी ग्राहकहरूले बैंकमा कर्जाका लागि नाम दर्ता गराएका छन् । शुक्रबार ५ बजेसम्म १ हजार ५ सयभन्दा बढीले सवारी कर्जा लिन विभिन्न बैंकमा नाम टिपाएका छन् । अटो शोको अन्तिम दिनसम्म यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । हिमालयन बैंकका प्रतिनिधि युवराज गुरागाईं नाडा अटो शोमा अधिकतम मार्केटिङ गर्नेभन्दा पनि इच्छुक ग्राहकहरूका लागि विशेष अफर ल्याएको बताउँछन् । सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन बैंकहरूबीच ब्यापक प्रतिस्पर्धा भइरहँदा हिमालयनले विद्युतीय सवारी खरिद गर्ने ग्राहकलाई आधार दरमा ०.५० प्रतिशत प्रिमियम दर तोक्नेछ । साथै अन्य सवारी खरिदका लागि भने बैंकले आधार दरमा ०.६५ प्रतिशत प्रिमियम दर तोक्ने उनले बताए । उनका अनुसार बैंकले ८ वर्ष अवधिका लागि ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउनेछ । दैनिक ४०÷५० जनाले सवारी कर्जा लिन नाम टिपाइरहेको उनले जानकारी दिए । नबिल बैंकका विजनेश डेभलपमेन्ट अफिसर विबेक केसी नाडा अटो शोमा विशेष अफर ल्याएको बताउँछन् । बैंकले ५ वर्ष अवधिका लागि ८.२५ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने उनले बताए । साथै ७ वर्ष अवधिका लागि भने ८.४९ प्रतिशत स्थिर ब्याजदर तोकेको उनको भनाइ छ । विद्युतीय सवारीमा ८० प्रतिशत फाइनान्सिङ छ भने इन्धन सवारीमा ५० प्रतिशत मात्रै फाइनान्सिङ रहेको उनले बताए । उनका अनुसार सबै डकुमेन्ट उपलब्ध भएको तीन दिनभित्र कर्जा उपलब्ध गराउने बैंकको प्रतिवद्धता छ । हालसम्म १२० जनाभन्दा बढीले कर्जा लिन नाम नाम दर्ता गराएका छन् । सानिमा बैंकका प्रतिनिधि प्रतिक नेपाल ईभीमा ८० प्रतिशतसम्म फाइनान्सिङ गर्ने गरी कर्जा उपलब्ध गराउने बताउँछन् । बैंकले सवारी कर्जामा १० वर्ष अवधिका लागि ८.४९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । उनका अनुसार ईभी कर्जा लिने ग्राहकलाई ७ वर्ष अवधि तोकेको छ भने अन्य सवारीमा १० वर्ष अवधि कायम राखेको छ । ७ वर्षपछि भने आधार दरमा २ प्रतिशत प्रिमियम दर थप गर्ने उनले बताए । बैंकले सेवा शुल्कमा ०.२५ प्रतिशत छुट गरेर ०.५ प्रतिशत मात्रै लिने उनको भनाइ छ । साथै यो अफर दशैं तिहारसम्म चल्नेछ । हालसम्म कर्जा लिन्छु भनेर डेढ सय भन्दा बढीले नाम टिपाएका छन् भने अधिकांशले गाडी पनि बुक गरेका छन् । लक्ष्मी सनराइज बैंकका प्रतिनिधि धु्रव भण्डारीका अनुसार ईभीमा ७ वर्ष अवधिका लागि ८.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । साथै ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा रहेको उनले बताए । नाडा अटो शोमा बुक भएका सवारी र नाम टिपाएका ग्राहकलाई तीन दिन भित्र कर्जा उपलब्ध गराउने उनको दाबी छ । साथै नाडा अटो शोमा बुक गरेका ग्राहकलाई एक वर्षसम्म भिजा कार्ड, एटीएम कार्ड, इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङ निशुल्क हुने उनले जानकारी दिए । हालसम्म १ सय भन्दा बढी ग्राहकले बैंकबाट कर्जा लिन नाम टिपाएका छन् । जसमध्ये अधिकांश ईभी सवारी खरिदका लागि कर्जा लिने छन् । ग्लोबल आइएमई बैंककी प्रतिनिधि नोना आचार्यका अनुसार नाडा अटो शोमा २ किसिमको सवारीका लागि अफर राखिएको छ । बैंकले ईभी कर्जामा ५ वर्ष अवधिका लागि ७.९९ प्रतिशत र ७ वर्ष अवधिका लागि ८.४९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । इन्धनतर्फ भने बैंकले ५ वर्ष अवधिका लागि ८.४९ प्रतिशत र ५ वर्षमाथि अवधिका लागि ९.४९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । हालसम्म नाडा अटो शोमा कर्जा लिन २२५ जनाभन्दा बढीले नाम टिपाइसकेको उनले जानकारी दिइन् । साथै बैंकले घरकर्जाका लागि पनि अफर राखेको छ । ग्रिन होम लोन योजनामा ५ वर्ष अवधिका लागि ७.९९ प्रतिशत ब्याजदर र सोभन्दा माथिको अवधिका लागि आधार दरमा १.७५ प्रतिशत प्रिमियम दर तोकिनेछ । यस्तै निश्चिन्त आवास योजनामा १० वर्ष अवधिका लागि ७.९९ प्रतिशत र सोभन्दा माथिको ८.४९ प्रतिशत ब्याजदर तोकिएको छ । १५ वर्ष भन्दा माथिको लागि ८.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अनुसार हालसम्म ३ सय बढीले सवारी कर्जा लिन नाम दर्ता गराएका छन् । बैंकले ईभी कर्जामा आधार दर ७.६४ प्रतिशतमा १ प्रतिशत प्रिमियम तोकेर कर्जा उपलब्ध गराउनेछ । जसमा ८० प्रतिशत फाइनान्सिङको सुविधा रहेको बैंकले जनाएको छ । पेट्रोल तथा डिजेल सवारी कर्जा लिँदा भने ८० प्रतिशतभन्दा कम फाइनन्सिङ रहेको छ । कृषि विकास बैंकका प्रतिनिधि उपेन्द्र महतका अनुसार सवारी कर्जाका लागि ब्याजदरमा भारी छुट अफर रहेको छ । बैंकले फ्लटिङ दरमा ७.९९ प्रतिशत र स्थिर ब्याजदरमा ८.९९ प्रतिशत तोकेको छ । साथै कर्जा प्रक्रिया शुल्कमा ०.३३ प्रतिशत छुट दिएको उनले जानकारी दिए । कर्जा भुक्तानी अवधि ५ वर्षदेखि ७ वर्ष रहेको छ । व्यावसायिक सवारी कर्जामा फलटिङ दरमा ८.४९ प्रतिशत र स्थिरमा ९.४९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत नाममा सवारी कर्जा लिँदा ५० प्रतिशत र कम्पनीको नाममा लिँदा ८० पतिशत फाइनान्सिङ सुविधा रहेको उनले बताए । उनका अनुसार हालसम्म कर्जाका लिनका लागि १६० भन्दा बढीले नाम टिपाएका छन् । तर, स्टल भिजिट गर्ने धेरै छन् । नाम टिपाएका अधिकांश कर्जा लिने मनसायमा रहेको उनको भनाइ छ । माछापुच्छ्रे बैंकका अनुसार हालसम्म बैंकले आधार दरमा १ प्रतिशत प्रिमियम दर तोकेर ब्याजदर निर्धारण गर्नेछ । इन्धन सवारीमा ५० प्रतिशत र ईभीमा ८० प्रतिशतसम्म फाइनान्सिङ सुविधा रहेको बैंकले जनाएको छ । बैंकले कर्जा चुक्ता गर्न ईभीमा ६ वर्ष र इन्धनमा ८ वर्ष अवधि दिएको छ । हालसम्म सवारी खरिद गर्न बैंकबाट कर्जा लिन २५० भन्दा बढीले नाम दर्ता गराएको बैंकले जनाएको छ । महालक्ष्मी विकास बैंकका प्रतिनिधि निरज विष्ट नाडा अटो शोमा ९.९९ प्रतिशत अफरसहित सवारी कर्जा उपलब्ध गराउने बताउँछन् । ईभीमा ८० प्रतिशत फाइनान्सिङ सुविधा छ भने १० वर्ष अवधिका कर्जा दिइनेछ । बैंकले इन्धन सवारीमा ८ वर्ष अवधिका लागि ९.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ । साथै तीन दिनभित्र कर्जा भुक्तानी गर्ने उनको भनाइ छ ।
नाडा अटो शो तताइरहेका ५ महँगा मोटरसाइकल, युवाको रोजाइमा, मूल्य २५ लाखसम्म
काठमाडौंको भृकुटी मण्डपमा नाडा अटो शो जारी छ । हजारौं अवलोकनकर्ताहरू नाडा अटो शो अवलोकन गर्न आइरहेका छन् । नयाँ-नयाँ मोडलका सवारी साधनले उपभोक्तालाई आकर्षित गरिरहेको छ । सस्ता महँगा सवारी साधनले ग्राहकको मन जितिरहेका छन् । नयाँ-नयाँ गाडी तथा मोटरसाइकलहरू हेर्न आउनेको संख्या दिनप्रतिदिन बढ्दो छ । आज हामी नाडा अटो शोमा प्रदर्शन गरिएका महँगा पाँच वटा मोटरसाइकलको विषयमा जानकारी दिँदैछौं । युवा लक्षित ती मोटरसाइकल नाडा अटो शोकै महँगो मूल्य पर्छ । जुमाभको एस ८ २५० नाडा अटो शोमा आकर्षणका रुपमा रहेको यो डट मोटरसाइकल हो । ९४० मिलिमिटर उचाई रहेको यस मोटरसाइकलको ८ लिटरको इन्जन ट्याङ्की तथा ३२० मिलिमिटर ग्राउण्ड क्लियरेन्स रहेको छ । जसको मूल्य ७ लाख ९९ हजार रुपैयाँ पर्छ । नाडा अटो शोमा अधिकांशले सो मोटरसाइकललाई रुचाएका छन् । यामाहा डब्लुआर १५५ आर यामाहाको डब्लुआर १५५ आर डट पनि डट मोटरसाइकल हो । जसको मूल्य ७ लाख ४९ हजार ९ सय रुपैयाँ पर्छ । १५५ सीसी क्षमता रहेको यस मोटरसाइकलमा ८.१ लिटर क्षमताको ईन्धन ट्याङ्की रहेको छ । २ हजार १४५ मिलिमिटर लम्बाई रहेको यस मोटरसाइकलको सिट उचाई भने ८८० मिलिमिटर रहेको छ । मोटरसाइकलको ग्राउण्ड क्लियरेन्स २४५ मिलिमिटर छ । उक्त मोटर साइकलको तौल १३४ केजीको रहेको छ । कम्पनीका अनुसार एमटी-१५ भर्सन २ मा सुधारिएको स्थिरताको लागि अपसाइड डाउन फ्रन्ट फोर्कहरू, हल्का एल्युमिनियम स्विङ आर्महरू र फरक आरपीएममा उत्कृष्ट शक्ति वितरणको लागि भेरिएबल भल्भ एक्टुएशन समावेश छन् । भि-स्ट्रोम एसअर सुजुकीको इन्ट्री लेभल एड्भेन्चर मोटरसाइकल भि–स्ट्रोम एसअर २५० सीसी इन्जिन भएको सो मोटर साइकलको मूल्य ७ लाख रुपैयाँ पर्छ । नाडा अटो शोमा प्रदर्शनीमा राखिएका मोटरसाइकलमध्ये यो पनि एक महँगो मोटरसाइकल हो । यस मोटरसाइकलमा १२ लिटर इन्धन ट्याङ्की रहेको छ । २०५ मिलिमिटर ग्राउण्ड क्लियरेन्स, ८३५ मिलिमिटर उचाईको सिट भएको सो मोटरसाईकलको तौल १६७ केजी रहेको छ । यो मोटरसाइकलमा सुजुकी कनेक्ट फिचर, डबल च्यानल एबीएस जस्ता फिचर रहेको कम्पनीले बताएको छ । सुजुकी भि स्ट्रोम सिरिज ग्लोबल मार्केटमा लोकप्रिय एड्भेन्चर मोटरसाइकल हो । बेनेली ७५२ एस इटालियन ब्रान्ड बेनेली ७५२ एस मोटरसाइकल जारी नाडा अटो शोको सबैभन्दा महँगो मोटरसाईकल हो । जसको मूल्य २५ लाख १५ हजार रुपैयाँ पर्छ । बेनेली ७५२ एसमा चारवटा स्ट्रोकको ७५० सीसी लिक्विड कुल्ड ट्वीन सिलिण्डरको इन्जिन, ७६ एचपीमा ८५०० आरपीएम र ६७ एनएममा ६५०० आरपीएम पावर एन्ड म्याक्सिमम टर्क जडान गरिएको छ । प्रत्येक सिलिण्डरमा ४वटा भल्भ भएको र इलेक्ट्रिक फ्युल इन्जेक्सनसँग डबल थ्रटल बडी रहेको छ । इटालियन ब्रान्ड बेनेलीको लागि नेपालको एकमात्र आधिकारीक बिक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङले ७५२ एस मोटरसाइकल नयाँ मोडलका साथ नेपाली बजारमा भित्र्याएको छ । केटीएमले सन् २०१६ देखि नै नेपाली बजारमा विभिन्न बेनेली मोडेलका मोटरसाइकलको मागलाई सम्बोधन गर्दै बिक्री गरिरहेको छ । केटीएमले बेनेलीको पार्टपुर्जाहरुको पनि बिक्री गर्दै आइरहेको छ । त्यसैगरी, नेपालमा पहिलो पटक बेनेलीको नयाँ मोडल ७५२ एस उत्कृष्ट डिजाइनका साथ आएको कम्पनीले जनाएको छ । कम्पनीले ७५२ एसको खरिदमा पहिलो ३ जना ग्राहकलाई १ लाख १० हजारको छुट दिने जनाएको छ । बेनेली ७५२ एसमा चारवटा स्ट्रोकको ७५० सीसी लिक्विड कुल्ड ट्वीन सिलिण्डरको इन्जिन, ७६ एचपीमा ८५००आरपीएम र ६७एनएममा ६५०० आरपीएम पावर एन्ड म्याक्सिमम टर्क जडान गरिएको छ । प्रत्येक सिलिण्डरमा ४वटा भल्भ भएको र इलेक्ट्रिक फ्युल इन्जेक्सनसँग डबल थ्रटल बडी रहेको छ । यसैगरी, हाइड्रोलिक ब्रेक, ब्रेम्बो ब्रेकिङ्ग सिस्टम, सेमी फ्लटिङ डेस्क, अगाडी फोर पिस्टन क्यालिपर तथा पछाडीतिर डबल पिस्टन फ्लटीङ क्यालिपर, १७ इन्च आल्मुनियम अले रिम, १४।५ लिटर क्षमताका ट्याङकी रहेको छ । यो मोटरसाइकल सेतो, रातो, कालो तथा हरियो रङहरुमा उपलब्ध छ । एनएस ४०० जेड पस्लरको एनएस ४०० जेड मोटरसाईकल जारी नाडा अटो शोको आकर्षकको रुपमा रहेको छ । यो एनएस सिरिजको प्रिमियम मोटरसाइकल हो । जसको मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ रहेको छ । सो मोटरसाईकलमा ३७३ सीसीको सिंगल सिलिण्डर लिक्विड कुल्ड इन्जिन छ । कम्पनीका अनुसार सो इन्जनले ४० बीएच पावर तथा ३५ एनएम टर्क उत्पादन गर्छ । १२ लिटर क्षमताको पेट्रोल ट्यांक र ८०७ मिलिमिटरको सीटको उचाइ रहेकोले पल्सर एनएस ४०० जेड सिटी राइड र लामो दूरीको यात्रा दुवैका लागि उपर्युक्त छ ।
अटो बजारमा तहल्का पिटिरहेका दुई महँगा कार : किया ईभी-९ भर्सेज सिट्रोन सी-५
काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा जारी नाडा अटो शोमा यतिखेर विद्युतीय गाडीहरूले तहल्का पिटिरहेका छन् । विगतका वर्षहहरूमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको बाहुल्यता हुने नाडा अटो शोमा यस वर्ष भने विद्युतीय गाडीको संख्या बढी छ । नाडाका अनुसार अटो शोमा ८० प्रतिशत विद्युतीय गाडीहरू प्रदर्शनीमा राखिएको छ । हामीले यस वर्षको नाडा अटो शोमा राखिएका दुई महँगा गाडीको विषयमा बुझ्ने प्रयास गरेका छौं । जसमा एउटा गाडी विद्युतीय छ भने अर्को गाडी इन्टर्नल कम्बस्टन इन्जिन (आईसीई) रहेको छ । अहिले सिट्रोन सी ५ एयरक्रस र किया ईभी ९ गाडी अटो शोको आकर्षणका रुपमा रहेका छन् । साँग्रिला मोटर्सले सिट्रोन सी-५ एयरक्रसको बिक्री गरिरहेको छ भने किया ईभी-९ को बिक्री कन्टिनेन्टल ट्रेडिङले गरिरहेको छ । मूल्य फ्रेन्च अटोमोबाइल कम्पनी पीएसए ग्रुप अन्तर्गतको सिट्रोन ब्राण्डले आफ्नो प्रिमियम कार सिट्रोन सी ५ एयरक्रसको नेपाली मूल्य १ करोड ३५ लाख रुपैयाँ निर्धारण गरेको छ । यसैगरी, किया ईभी ९ को मूल्य १ करोड ७९ लाख रुपैयाँ रहेको छ । यी दुई गाडी नाडा अटो शोमा राखिएका आकर्षक र बढी मूल्य पर्ने गाडी हुन् । इन्जिन सिट्रोन सी ५ एयरक्रस आईसीई अन्तर्गत पेट्रोलियम गाडी हो, जसको फ्युल ट्यांक ५३ लिटर क्षमताको रहेको छ । यस गाडीले १८.६ किलोमिटर माइलेज दिन्छ । किया ईभी ९ विद्युतिय गाडी हो । जसको फुल चार्ज हुन १०.५ घण्टा लाग्छ । फास्ट चार्जरबाट २२ मिनेटमा ८० प्रतिशत चार्ज हुने कम्पनीको भनाइ छ । कियामा यसमा ७६.१ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ । कियाको अत्याधुनिक ८०० भोल्ट आर्किटेक्चरमा बनेको ईभी–९ले ३५० किलोवाटसम्मको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । यसले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । ग्राउण्ड क्लियरेन्स सिट्रोन सी ५ एयरक्रसको ग्राउण्ड क्लियरेन्स २३० मिलिमिटर रहेको छ । किया ईभी ९ को ग्राउण्ड क्लियरेन्स १९९ मिलिमिटर रहेको छ । सिट क्षमता सिट्रोन सी ५ एयरक्रसमा ५ वटा सिट संख्या रहेको छ भने किया ईभी ९ को सिट संख्या ६ वटा रहेको छ । टायर यी दुवै कारको टायर ट्युवबलेस हो । ईभी–९ एउटा फुल साइज एसयूभी हो । यसको लम्बाई ५०१० एमएम, चौडाई १९८० एमएम र उचाई १७५५ एमएम छ । यसमा ३१०० एमएम लामो ह्वील वेस रहेको छ । सुरक्षा प्रणाली सिट्रोन सी ५ एयरक्रसमा एबीए, ईबीडी, ईएसी र एचएसी सिस्टम रहेको छ । किया ईभी ९ मोबिस आईईबी, एबीएस, ईएससी, एचएसी र एमसीबी सिस्टम रहेको छ । उच्च गति सिट्रोन सी ५ एयरक्रसको उच्च गति १९५ किलोमिटर प्रतिघण्टा रहेको छ । किया ईभी ९ को गति २०० किलोमटिर प्रतिघण्टा रहेको छ ।
अटो शोको हटकेक ‘स्काईवेल’, नेपालमै उच्च रेञ्ज, ४ लाख बढी छुट
काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शोमा अहिले धेरैको आकर्षणको केन्द्र बनेको छ ‘स्काईवेल बी ११’ । नेपालमा विद्युतीय गाडीमध्ये उच्च रेञ्ज दिने यस गाडी उपभोक्ताको रोजाइमा परिरहेको छ । गाडीको बिक्री जी मोटर्सले गरिरहेको छ । यो गाडी उपभोक्ताको हटकेक बनिरहेको छ । कम्पनीका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालका अनुसार स्काई वेल बी ११ गाडीले हालसम्मकै उच्चतम रेञ्ज दिन्छ । एक पटक फुल चार्ज गरेपछि ६२० किलोमिटरसम्मको दुरी सवार गर्न सकिने उनको भनाइ छ । कम्पनीले सो गाडीको बिक्री गत वैशाखदेखि सुरु गरेको थियो । असार मसान्तसम्म आइपुग्दा ४० वटा गाडी कम्पनीले बिक्री गरिसकेको गेलालले बताएका छन् । प्रबन्ध निर्देशक गेलालले सो गाडीलाई आफूले पनि नेपालका विभिन्न ठाउँ पुगेर १० हजार किलोमिटर कुदाएकोले अनुभवका आधारमा गाडी आकर्षक रहेको सुनाए । यसरी आफंैले सो गाडी चलाएपछि नेपाली ग्राहकलाई बेच्न सकिने आत्मबल लिएरसो गाडी बिक्री सुरु गरेको बताए । मूल्य र छुट नाडा अटो शोमा आएर बुकिङ गर्ने ग्राहकलाई कम्पनीले आकर्षक छुट पनि दिइरहेको छ । कम्पनीले ४ लाख १० हजार रुपैयाँसम्म छुट दिएको उनले जानकारी दिए । उनका अनुसार ४१० किलोमिटर रेन्ज दिने ८० लाख रुपैयाँ मूल्य पर्ने सो गाडीको मूल्य नाडामा बुकिङ गर्दा ७५ लाख ९० हजार पर्नेछ । त्यस्तै, ५२० किमी रेन्ज दिने ९० लाख रुपैयाँ पर्ने गाडीको मूल्य ८५ लाख ९० हजार रुपैयाँमा बुक गर्न सकिनेछ । नाडा अटो शो सकिकएपछि उक्त गाडीहरुमा यसरी छुट नरहने उनले स्पष्ट पारे । बुकिङ गरेपछि पनि टेस्ट ड्राईभ गरेर मात्र गाडी खरिद गर्न उनले ग्राहकलाई सुझाव दिए । गाडीको बारेमा राम्रोसँग बुझेर नै खरिद गर्नुपर्ने धारणा उनको छ । स्काई वेलका विशेषता जी मोटर्सले एउटै ब्राण्डको गाडीहरू मात्र बिक्री गर्ने भएकाले ग्राहकलाई कन्फ्युजन नहुने उनको धारण छ । यस्तै, जी मोटर्सले पार्टपुर्जा र सर्भिसको पनि सेवा दिइरहेको छ । विश्वका ६५ देशहरूमा स्काई वेलका गाडी लोकप्रिय भइरहेको उनले सुनाए । यस गाडीको कम रेन्जमा ५८ किलोवाट आवर र माथिल्लो रेन्जमा ७१ किलोवाट आवरको ब्याट्री छ । उनका अनुसार गाडीमा ५१.९२ किलोवाट आवर र ७१.९८ किलोवाट आवर ब्याट्री क्षमता छ । केहीले सेवालाई भन्दा बिक्री र नाफालाई बढी ध्यान दिएका हुन्छन् । तर, जी मोटर्स ग्राहकको सेवामा ध्यान दिन्छ,’ उनले भने । स्काई वेल ईयू सर्टिफिकेसन लिने पहिलो चाईनीज गाडी हो । सन् २०१७ सम्म अन्य कुनै पनि चाईनिज गाडीले ईयू सर्टिफिकेसन लिन नसकेको अवस्थामा स्काई वेलले सोही समयमा सो सर्टिफिकेट लिएको उनले उल्लेख गरे । ईयू सर्टिफिकेसन लिनु एक ठूलो सफलता भएको उनले बताए । रेन्ज, लक्जरी, कम्फर्ट, ड्राईभिङ्ग इन्जोएमेन्टका कुरामा ग्राहकहरु सन्तुष्ट रहेको उनको भनाइ छ ।
नाडा अटो शोमा यामाहा डब्लुआर १५५ आर र एमटी-१५ भर्सन २ को अनावरण
काठमाडौं । यामाहाले नाडा अटो शो २०२४ मा आफ्नो नयाँ एडभेन्चर बाइक यामाहा डब्लुआर १५५ आर र एमटी-१५ भर्सन २ अनावरण गरेको छ । प्रदर्शनीमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको हातबाट ती बाइकहरु अनवरण गरिएको हो । यामाहा डब्लुआर १५५ आर अफ-रोड एडभेन्चर सेगमेन्टमा गेम चेन्जर बाइक हो । १५५ सीसी लिक्विड कूल्ड इन्जिन रहेको यसले प्रभावशाली १६.५ बीएचपी र १४.३ एनएम टर्क प्रदान गर्छ जसले जुनसुकै भूभागमा यात्रा गर्नका लागि एजिलिटीसँग शक्तिको संयोजन गर्छ। यामाहाको डब्लूआरसी बाइकहरूबाट प्रेरणा लिएको डब्लूआर १५५ आरमा हल्का तौलको फ्रेम, एडजस्टेबल सस्पेन्सन, डुअल–च्यानल एबीएस र आधुनिक डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छ जसले यसलाई शहरी राइडरहरू र अफ–रोड एडभेन्चर दुवैका लागि उपयुक्त बनाउने कम्पनीकाे भनाइ छ । कम्पनीका अनुसार एमटी–१५ भर्सन २ मा सुधारिएको स्थिरताको लागि अपसाइड डाउन फ्रन्ट फोर्कहरू, उच्च चपलताका लागि हल्का एल्युमिनियम स्विङ आर्महरू, र फरक आरपीएममा उत्कृष्ट शक्ति वितरणको लागि भेरिएबल भल्भ एक्टुएशन समावेश छन् । यसमा राम्रो नियन्त्रणका लागि ट्र्याक्सन कन्ट्रोल सिस्टम, सुरक्षित ब्रेकिङका लागि डुअल च्यानल एबिएस र वाई(कनेक्ट फिचर समावेश गर्दछ, जसले सवारहरूलाई स्मार्टफोनमार्फत उनीहरूको बाइकसँग जडानमा राख्न सक्षम बनाउँछ । कार्यक्रममा बुकिङ गर्ने आगन्तुकहरूलाई ६ हजार रुपैयाँ विशेष छुटका साथै चाँदीको सिक्का र विशेष यामाहा मर्चेन्डाइजबाट पुरस्कृत गरिएको छ । यामाहाको स्टल नम्बर एमएम १५ मा एरोक्स, यामाहा एफजेड एस डिलक्स पनि प्रदर्शनमा राखिएको छ । नाडा अटो शो २०२४ यही भाद्र १६ गतेसम्म जारी रहनेछ ।
नाडा अटो शोमा ‘पल्सर एनएस ४०० जेड’ सार्वजनिक
काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि एक मात्र आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड को प्रालिले नाडा अटो शोमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एनएस ४०० जेड सार्वजनिक गरेको छ । नयाँ पल्सर एनएस ४०० जेडले पावर, प्रविधि र डिजाइनको संयोजन मार्फत बजाज प्रेमी नेपालीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त रहेको छ। लामो समयदेखि प्रतिक्षित बजाज पल्सर एनएस ४०० जेड मा ३७३ सिसीको सिंगल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिन समावेश रहेको छ जसले ३९.४ ब्रेक हर्स पावर र ३५ एनएमको टर्क दिन्छ । ६ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको छ । साथै, पल्सर एनएस ४०० जेडमा राइड–बाई–वाईर प्रविधि पनि समावेश छ जसले राम्रो थ्रोटल रेस्पोन्स दिनुका साथै पेट्रोलको खपत पनि कम गर्दछ । विशेषताहरूको कुरा गर्नुपर्दा बजाज पल्सर एनएस ४०० जेड अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट रहेको कम्पनीको दाबी छ । यसमा रोड, रेन, स्पोर्ट, र अफ–रोड गरी चारवटा राइडिङ मोडहरू समावेश रहेका छन् । साथै, स्विच गर्न सकिने ट्रयाक्सन कन्ट्रोल र डुअल–च्यानल एबिएस पनि यसमा उपलब्ध छ जसले सबै अवस्थाको रोडमा उत्कृष्ट सुरक्षा सुनिश्चित गर्दछ । यो बाइकमा ब्लुटुथ कनेक्सन सहितको नयाँ फुल–कलर एलसिडी स्क्रिन पनि समावेश रहेको छ जसले टर्न–बाई–टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल र अन्य आवश्यक राइड डेटा पनि प्रदान गर्दछ । मस्कुलर र एरोडाइनामिक प्रोफाइलको साथ डिजाइन गरिएको पल्सर एनएस ४०० जेडमा उत्कृष्ट डिजाइनको फुएल ट्यांक, आरामदायी स्प्लिट–सीट र स्टाइलिश १७–इन्च एलोय ह्वील दिइएको छ । १२ लिटर क्षमताको पेट्रोल ट्यांक र ८०७ मिलिमिटरको सीटको उचाइ रहेकोले पल्सर एनएस ४०० जेड सिटी राइड र लामो दुरीको यात्रा दुवैका लागि उपयुक्त छ । भदौ ११ गतेदेखि भदौ १६ गतेसम्म भृकुटीमण्डपमा भइरहेको नाडा अटो शोमा बुकिङ गर्ने ग्राहकहरूले ५ लाख ५९ हजार नौ सय रूपैयाँमा पल्सर एनएस ४०० जेड खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । नाडा अटो शोमा बजाजले ‘एक्सप्रेस योर सेल्फ’ नामको अन्तर्क्रियात्मक थिम पनि सञ्चालन गरिरहेको छ। यस अन्तर्गत शोमा आउने अतिथिहरूलाई आफ्नो सिर्जनशीलता र व्यक्तिगत पहिचान प्रस्तुत गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ। यसका लागि बजाजको स्टल एम १२ मा छुट्टै स्पेसको व्यवस्था गरिएको छ जहाँ सहभागीहरूले स्प्रे पेन्ट प्रयोग गरेर खाली क्यानभासमा वा मोटरसाइकलमा नै आफ्नो कलात्मक प्रतिभा देखाउन सक्नेछन् ।
सीएफमोटोको एड्भेन्चर टुरिङ मोटरसाइकल ४५० एमटी नाडा अटो शोमा
काठमाडौं । विश्वभर प्रसिद्ध मोटरसाइकल निर्माता सीएफमोटोले अत्यन्त प्रतिक्षित ४५० एमटिलाई नाडा अटो शो २०२४ मा लन्च गरेको छ । ऋषि ट्रेड सेन्टरले विशेष रुपमा वितरण गरेको ४५० एमटीले देशभरका मोटरसाइकल प्रेमीहरूका लागि एडभेन्चर टुरिङ अनुभवलाई पुनः परिभाषित गर्ने कम्पनीले जनाएको छ । यसका अत्याधुनिक डिजाइन, शक्तिशाली पर्रफर्मेन्स र उत्कृष्ट सुविधाले यो मोटरसाइकललाई रोड तथा अफ रोडमा रोमाञ्चक यात्रा खोज्नेहरूको लागि एक योग्य साथी बनाउने विश्वास कम्पनीले लिएको छ । मोटरसाइकलको उद्घाटन अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरी देङ, एओलिन बीयू– मार्केटिङ म्यानेजर एण्ड सेल्स म्यानेजर सिएफमोटो चाइना, रोहिन अग्रवाल प्रोप्राइटर ऋषि ट्रेड सेन्टर, उज्वल जोशी जनरल म्यानेजर ऋषि ट्रेड सेन्टर, नाडाले संयुक्त रूपमा गरेका हुन् । यो मोटरसाइकलको मूल्य १२ लाख ४९ हजार ९०० रहेको छ । अत्याधुनिक पावर र पर्फर्मेन्स ४४९.५ सीसीको बलियो, लिक्विड कुल्ड, प्यारलल–ट्विन अथवा डुअल सिलिन्डर इन्जिन यो मोटरसाइकलको मुटु रहेको छ, जसले ९५०० आरपीएममा ४४ एचपी पावर र ७६०० आरपीएममा ४४ एनएम टर्क जेनेरेट गर्छ । शहरमा क्रुज गर्दा होस् या कुनै उबडखाबड भूभाग, ४५० एमटीले स्मुथ र पावरफुल राइड दिनेछ, र यो दुई विकल्प लो फेन्डर र हाई फेन्डरमा उपलब्ध छ । स्लिम र आक्रामक डिजाइन ४५० एमटीमा आकर्षक डिजाइन र कार्यक्षमताको उत्कृष्ट संयोजन रहेको छ । यसको तिक्ष्ण, एरोडायनामिक रेखाहरू, आक्रामक फ्रन्ट डिजाइन र मस्कुलर पर्सनालिटीले जहाँसुकै यसको उपस्थिति लाई स्ट्यान्ड आउट बनाउँछ । पूर्ण रूपमा एलईडी लाइटले सुसज्जित ४५० एमटीले रातको समयमा भिजिबिलिटी उत्कृष्ट बनाउने मात्र नभएर, डिजाइनलाई आधुनिक लुक पनि दिन्छ । यो बाइक सेग्मेन्टकै सबैभन्दा हल्का एड्भेन्चर टुरिङ बाइक हो जसको तौल जम्मा १७५ किलोग्राम रहेको छ । साथै, बाइक बोस एबीएस र टीसीएसले पनि सुसज्जित छ। अत्याधुनिक प्रविधि र सुविधा सीएफमोटोले ४५० एमटीलाई सुरक्षा र सुविधाका उत्कृष्ट सुविधाहरूले सुसज्जित गरेको छ । बाइकमा पूर्ण रूपमा डिजिटल ६ इन्च फराकिलो टीएफटी डिस्प्ले रहेको छ जसमा बाइकको स्पिड, फ्युल लेभल, ट्रिप इन्फो लगायतका विभिन्न जानकारी डिस्प्लेमा हुनेछन् । डिस्प्लेको दृश्यहरू राइडरले आफ्नो चाहना अनुसार बदल्न सक्नेछन्, ताकि विभिन्न ड्राइभिङ मोड अनुसार परिवर्तन गर्न सकियोस् । सुरक्षा प्रमुख प्राथमिकता हो र ४५० एमटी यही सोचबाट बनेको छ। बाइकमा डुअल च्यानल एबीएस रहेको छ जसले हरेक अवस्थामा स्थिर ब्रेकिङ सुनिश्चित गर्छ, साथै यो स्विच अन र अफ पनि गर्न मिल्छ । शहरको ट्राफिक होस् वा अफरोडको गतिमा, एबीएसले राइडिङलाई अझ बढी आत्मविश्वास र नियन्त्रण सुनिश्चित गर्छ । अरू उत्कृष्ट सुविधाहरू मध्ये यसमा बोस ट्र्याक्सन कन्ट्रोल सिस्टम, फोल्डेबल रियर–भ्यू मिरर्स, एडजस्ट गर्न मिल्ने विन्डशिल्ड र केवाईबी सस्पेन्सन रहेको छ । आरामदायी र भर्सटाइल टुरिङ एडभेन्चर सोचमा राखी डिजाइन गरिएको ४५० एमटीले अद्भुत आरामदायिता प्रदान गर्छ । बाइकमा एर्गोनोमिकली डिजाइन गरिएको सिट छ जसले राम्रो सपोर्टको साथ लामो यात्रा पनि सजिलै कटाउन मद्दत गर्छ । बाइकको विन्डस्क्रिनले हावाको प्रतिरोध घटाएर लामो यात्रामा थकान निकै नै कम गर्छ। १७ लिटरको ठूलो फ्युल ट्यांकले रिफ्युलिङ बिना नै लामो दूरी यात्रा गर्न सम्भव बनाउँछ । बाइकको २२० एमएम ग्राउन्ड क्लियरेन्सका साथै फ्रन्ट टायरको टेलिस्कोपिक फोर्क र पछाडिको टायरको मोनोशकले जस्तोसुकै भूभागमा पनि आरामदायी यात्रा सुनिश्चित गर्छ ।
नाडा अटो शो लक्षित नबिल बैंकको विशेष अटो लोन योजना
काठमाडाैं । नबिल बैंक लिमिटेडले नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । भदौ ११ गतेदेखि काठमाण्डौको भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको कुम्भ मेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर बैंकले यो योजना ल्याएको हो । यस योजनाअन्तर्गत, नबिल बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरको आकर्षक प्रस्ताव ल्याएको छ । यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकहरूलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मद्दत पुर्याउने विश्वास बैंकले गरेको छ । ग्राहकहरूको सुविधाका लागि नबिल बैंकले नाडा शोका क्रममा स्टल नम्बर ई१९ छुट्टै सेवा केन्द्र राखेको छ । शोमा सहभागी हुने ग्राहकहरूले गाडी छनोट गरी कर्जाको लागि अफर लेटर तुरुन्तै उपलब्ध गराइनेछ । यसका अतिरिक्त, नबिल बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षित गर्न अन्य विभिन्न अफरहरू पनि प्रस्तुत गरेको छ । चाडपर्वको माहोललाई ध्यानमा राख्दै नबिल बैंकले वित्तीय सहजता प्रदान गर्न र अटो मोबाइल खरिदको प्रक्रियालाई सरल बनाउन यो विशेष योजना सार्वजनिक गरेको जनाएको छ । नबिल बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
नाडा अटो शोमा महालक्ष्मी विकास बैंकको सहभागिता
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शोमा महालक्ष्मी विकास बैंकले समेत सहभागिता जनाएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरूमा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ । जसअनुसार गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ । हाल विकास बैंकहरूमा सबैभन्दा सस्तो ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको महालक्ष्मीले ९.९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्दै आएको जनाएको छ । महालक्ष्मी विकास बैंकमार्फत सवारी कर्जा लिन चाहाने ग्राहकहरूले स्टल नम्बर ई३३ मा गई सम्पर्क गर्न सक्ने जनाइएको छ ।
नाडा अटो शोमा सार्वजनिक भयाे जोइलोङ्ग तथा एसआरएमका ८ मोडल, मूल्य ३६ देखि ७६ लाखसम्म
काठमाडौं । भीजी मोटर्स कम्पनीले नाडा अटो शोलाई मध्यनजर गरी प्रख्यात चिनियाँ विद्युतीय गाडी उत्पादन कम्पनी जोइलोङ्ग तथा एसआरएमका ८ वटा नयाँ मोडलहरूलाई नेपाली बजारमा प्रवेश गराएको छ । काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यी ८ वटा मोडलहरूले नेपाली उपभोक्तालाई आवश्यक कमर्सियल गाडीहरूका माग पूरा गर्नेमा कम्पनी विश्वस्त रहेको जनाएको छ । जोइलोङ्ग तथा एसआरएम चीनको सबैभन्दा ठूला कमर्सियल गाडी उत्पादन गर्ने कम्पनीका रूपमा चिनिन्छ । हाल नेपाली बजारमा बिक्री वितरण हुँदै आएको एकाध ब्राण्ड बाहेक सबै एसेम्ब्लर उद्योगबाट उत्पादन भएका हुँदा कालान्तरमा उपभोक्ताले बिक्री पश्चातको सर्भिस तथा पार्ट पुर्जा उपलब्धतामा दुःख पाउने सम्भावना अत्यधिक रहेको र यस सम्भावनालाई मध्यनजर गरी भिजी मोटर्सले चीनको अत्याधुनिक उद्योगमा विश्वस्तरीय गुणस्तरमा आफैले गाडी उत्पादन गर्ने कम्पनी जोइलोङ्ग तथा एसआरएमका गाडी नेपालमा भित्रयाएको कम्पनीले जनाएको छ । यसले कमर्सियल गाडी खरिद गरेपछि आगामी १५/२० वर्ष सम्म यी कम्पनीहरूले राम्रो सर्भिस तथा पार्ट्सको उपलब्धता सुनिश्चित गर्न सक्ने कम्पनीको भनाइ छ । जोइलोङ्ग कम्पनीका ठूला १५/१७/२० सिटर माइक्रो बस अनावरण गर्दै महाप्रबन्धक श्री ज्याङ्गले भने, ‘जोइलोङ्गका ठूला माइक्रोबसहरू वर्षौंदेखि अध्ययन र अनुसन्धान तथा परिक्षण गरि डिजाइन गरिएको हुन्छ ।’ जस्तोसुकै बाटोमा चलाउन सकिने गरि यी गाडीहरू डिजाइन गरिएको कम्पनीको भनाइ छ । हाल जोइलोङ्गका गाडीहरू विकसित मुलुकहरू अस्ट्रेलिया, सिंगापुर, मलेसियाजस्ता देशमा अत्याधिक रूचाइएका हुन् । बजारमा उपलब्ध अन्य गाडीहरूभन्दा जोइलोङ्गका गाडीमा जडान गरिएको पावरफुल मोटर र ठूलो ब्याट्रीले अत्याधिक रेन्ज दिने गरेको महाप्रबन्धक ज्याङ्गले बताए । उक्त पत्रकार सम्मेलनमा भीजी मोटर्सले चीनको प्रख्यात कम्पनी एसआरएमबाट उत्पादित नेपाली बजारको मागलाई मध्यनजर गरी ५ वटा विभिन्न प्रकारका गाडीहरू पनि अनावरण गरेको छ । यी ५ वटा मोडलहरूमा टी–३ पिक अप र २ सिटर कार्गोले सामान ढुवानी गर्ने भ्यान तथा ५ सिटर र ११ सिटर भ्यान रहेको छ । हाल नेपाली बजारमा प्रयोग भइरहेका प्रदुषण गर्ने डिजेल गाडीहरूलाई यी इलेक्ट्रिक गाडीले विस्थापित गर्ने कम्पनीको दाबी छ । कार्यक्रममा बोल्दै एसआरएम कम्पनीका महाप्रबन्धक लि ग्वाले भने, ‘साना कमर्सियल र विद्युतीय कमर्सियल गाडीहरू सबै बाहिरबाट हेर्दा उस्तै देखिए पनि एसआरएम कम्पनी बाट उत्पादन गरिने गाडीहरू सबैभन्दा सुरक्षित, टिकाउ तथा बलियो बडीका साथ बनाइन्छ । नेपाल सरकारले एयर ब्याग अनिवार्य नगरेता पनि राजमार्गमा चल्ने सबै एसआरएम गाडीमा एयर ब्याग तथा एबिएसजस्ता सुरक्षाका उपकरणहरू जडान गरेर पठाउने गरेको छ ।’ भीजी मोटर्सका सीइओ विवेक बिजुक्छेले भने, ‘कमर्सियल इलेक्ट्रिक गाडीहरूको बजारको कुरा गर्ने हो भने हाल नेपालले विश्वका सबै देशहरूलाई पछाडि पारेको छ । यो ट्रेन्डलाई अगाडी बढाउन सहयोग गर्ने सम्पूर्ण ग्राहक तथा सरकारलाई धन्यवाद दिनुपर्ने हुन्छ । अब सरकारले थप केही यो क्षेत्रमा गर्ला भनेर आशा गरेर कुर्नु भन्दा निजि क्षेत्रले आफैले चार्जिंङ स्टेसनको स्थापना गर्ने गरिरहेको यो परिस्थितिमा भीजी मोटर्सले पनि यस आर्थिक वर्षमा ११० वटा चार्जिंङ स्टेसन र नेपालभरि १८ वटा इलेक्ट्रिक गाडीहरूको सर्विस स्टेसन स्थापना गर्ने लक्ष्य राखेको छ ।’ उनले सम्पूर्ण ग्राहक महानुभावलाई ढुक्क भएर जोइलोङ्गका ठूला माइक्रोबस र एसआरएमका साना माइक्रोबस किन्नको लागि अनुरोध गरेका छन् । कार्यक्रममा विक्री सुरुवात गरिएको ओइलोङ्ग मोडलका विवरण निम्न प्रकारका छन् । जोइलोङ्ग इए ४, १५ सिटर (रु ६४ लाख, ८६ kwh) जोइलोङ्ग इए ५. १७ सिटर (रु ६० लाख, ६० kwh) जोइलीङ्ग इए ६, २० सिटर (रु ७६ लाख, ८६ kwh) त्यसै गरी एसआरएमका मोडलका विवरण निम्न प्रकारका छन् । एसआरएम टी-३ पिकअप (रु ३६ लाख, ४२ kwh) एसआरएम २ सिटर कार्गो (रु ३८ लाख, ४२ kwh) एसआरएम ५ सिटर कार्गो (रु ४० लाख, ४२ kwh) एसआरएम ३२ म्याजिक (रु ३५ लाख, ३२ kwh) एसआरएम ४२ रेगुलर (रु ४५ लाख ५० हजार, ४२ kwh)
अटो व्यवसायीसँग अर्थमन्त्रीको प्रश्न : काम गरौं कि भाषण ?
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले व्यवसायीले आफूहरुलाई विभिन्न कार्यक्रममा अतिथिका लागि बोलाएर काम गर्न अवरोध गरेको संकेत देखाएका छन् । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा सुरु भएको नाडा अटो शोमा प्रमुख अतिथिको रुपमा बोल्दै उनले आफू भाषण गर्दै हिड्ने कि काम गर्ने भन्ने प्रश्ने गरे । ‘पछिल्लो समय कार्यक्रममै गएर बितिरहेको छ, तपाईंहरू भन्नुहोस्, म काम गरौं कि भाषण ?’ यस्तै, उनले सरकार स्थिर नीतिमा अगाडि बढिरहेको बताए । अटो व्यवसायीले अटो क्षेत्रका लागि स्थिर नीतिका माग गरेपछि उनले उनले अटो क्षेत्रमा मात्रै होइन वर्तमान सरकार सबै क्षेत्रमा स्थिरता खोजिरहेको धारणा राखे । ‘यो स्थिर सरकार हो, यो सरकार सबै नेपालीको हो । अटो व्यवसायीका समस्या पनि समाधान गर्छ, आत्मविश्वास लिएर काम गर्नुस्, गाडी नेपालमै उत्पादनका लागि सरकार सहयोग गर्न तयार छ, विद्युतीय गाडीमा मात्रै होइन सबैमा स्थिर नीति अगाडि सार्छौं,’ उनले भने । यस्तै उनले भनेजस्तो नभए पनि सरकारले थुप्रै काम गरेको बताए । अर्थतन्त्र चलायमान बनाउनका लागि काम भइरहेको उनको भनाइ छ । ‘हामी आयोजना सुरु गर्छौं । तर, समयमै सकिँदैन, लागत बढ्छ, अब सबै काम समयमै सक्ने मोडालिटीम जानुपर्छ, राजस्वमा धेरै योगदान दिएको अटो क्षेत्रलाई सरकारले प्राथमिकतामा नै राखेको छ, तपाईंहरु इमानदार भएर काम गर्नुस्,’ उनले भने ।
नाडा अटो शो सुरु, सरकारले सहयोग नगरेको अध्यक्ष चौधरीको गुनासो
काठमाडौं । नाडा अटो शो भृकुटी मण्डपमा सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा ६ दिनसम्म सञ्चालन हुने नाडा अटो शोको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गरेका हुन् । कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य राख्दै नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो अटो व्यवसायीहरुको दशैं भएको बताए । उनले १ खर्ब बढी लगानी रहेको अटो क्षेत्रलाई सरकारले सहयोग नगरेको गुनासो गरे । उनले अटो क्षेत्रका लागि स्थिर नीति ल्याएर सहयोग गर्न सरकार समक्ष आग्रह पनि गरे । प्रदर्शनीमा २४ चार पाङ्ग्रे ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ । नाडामा १३० स्टलहरू रहेका छन् । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ६ दिनको अवधिमा ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको जनाएको छ ।
नाडा अटो शोमा बीवाइडीका यी मोडल हुनेछन् प्रदर्शन
काठमाडौं । चिनियाँ गाडी उत्पादक कम्पनी बीवाईडीले नाडा अटो शोमा एट्टो थ्री र डल्फिन गाडी राख्ने भएको छ । अटो शोलाई लक्षित गर्दै शुक्रबार बीवाईडीका लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकले एट्टो थ्रीको अपडेटेड भर्सन सार्वजनिक गरेकाे हाे । यो अपडेटेड भर्सनसँगै डल्फिन पनि नाडा अटो शोमा राखिने कम्पनीका व्यवस्थापकले बताएका छन् । नाडा अटो शोका लागि विशेष अफरको विषयमा भने शोमा मात्रै थाहा दिइने कम्पनीले जनाएको छ । नेपालमा बीवाईडी एट्टो थ्री माघ २०७९ मा सार्वजनिक भएको थियो । आजका मितिसम्म यो गाडी नेपालमा २५ सय युनिटभन्दा बढी बिक्री भइसकेको कम्पनीको दाबी छ । सोही गाडीको अपडेटेड भर्सन अर्थात् बीवाईडी एट्टो थ्री २०२४ भर्सन ल्याएको हो । कम्पनीका अनुसार यो गाडी एड्भान्स र सुपेरियर गरी दुई ओटा भेरियन्टमा उपलब्ध छ । बीवाईडी एट्टो थ्री २०२४ को एड्भान्स भर्सनको मूल्य ५६ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ । त्यस्तै, यसैको सुपेरियर भर्सनको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ । पहिले नेपाल आएको एट्टो थ्रीमा १२.८ इन्चको स्क्रिन थियो भने नयाँ भेरियन्टमा १५.१६ इन्चको स्क्रिन छ । यो गाडी सर्फ ब्लु, कस्मस ब्ल्याक, बोउल्डर ग्रे र स्कि ह्वाइट गरी चार ओटा कलर भेरियन्टमा खरिद गर्न सकिने कम्पनीले बताएको छ । यसको सुपरेरियर भर्सनमा ६०.४८ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । त्यस्तै १०० किलोवाट क्षमताको ब्याट्री भएको यस गाडीले उच्चतम ३१० न्युटन मिटर टर्क उत्पादन गर्ने कम्पनीको भनाइ छ । एक पटकको चार्जमा यस भर्सनले ४२० किलोमिटर (डब्लूएलटीसी) रेन्ज दिने कम्पनीको दाबी छ । त्यस्तै, नयाँ भर्सनको टेल ब्याज पनि अपडेट गरिएको छ । अहिलेको भर्सनको टेल ब्याजमा बीवाईडी लेखेको देखिन्छ । यसको इन्टेरियरमा डार्क ब्लु र ब्ल्याकको मिश्रण पाउन सकिन्छ । कम्पनीका अनुसार यसलाई मोबाइल एपबाटै कन्ट्रोल गर्न सकिन्छ । यस गाडीको एड्भान्स भर्सनमा ४९.९२ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । यसमा पनि सुपेरियर भर्सन जस्तै १०० किलोवाट क्षमताको मोटर राखिएको छ । यसले पनि उच्चतम ३१० न्युटन मिटर टर्क उत्पादन गर्न सक्छ । रेन्जको सन्दर्भमा भने यसले एक पटकको चार्जमा ३४५ किलोमिटर रेन्ज दिने जनाइएको छ । त्यस्तै, कम्पनीले बीवाईडी डल्फिनलाई यसवर्ष पनि अटो शोमा राख्ने भएको छ । बीवाईडी डल्फिन ब्राजिलमा २०२३ मा सबैभन्दा धेरै पुरस्कृत हुने विद्युतीय कार बनेको थियो । नाडा अटो शो, २०२३ को पूर्वसन्ध्यामा कम्पनीले बीवाईडी डल्फिन सार्वजनिक गरेको थियो । यस गाडीमा ४४.९ किलोवाट ब्याट्री क्षमता र ७० किलोवाट क्षमताको मोटर राखिएको कम्पनीले बताएको छ । लिथियम-आयन ब्याट्री जडान भएको यस गाडीको ब्याट्रीले एक पटकको फुल चार्जमा ३४० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । नेपाली सडक सुहाउँदो ईभी भनिएको बीवाईडी डल्फिनमा १८५ एमएमको ग्राउन्ड क्लियरेन्स प्रदान गरिएको छ । नवीन टेक्नोलोजीसहित सेफ्टी फिचरलाई विशेष ध्यान दिएर उत्पादन गरिएको बीवाईडी डल्फिन ३९ लाख ८० हजार रुपैयाँमा सार्वजनिक गरिएको थियो । हाल यसको मूल्य ४१ लाख १५ हजार रुपैयाँमा उपलब्ध रहेको कम्पनीको आधिकारिक साइटमा उल्लेख छ । गाडीमा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोमेटिक भेइकल होल्डजस्ता सुविधाहरू रहेका छन् । त्यस्तै, १६ इन्चको अलोय ह्विलमा २ हजार ७ सय एमएमको ह्विलबेस रहेको डल्फिन विभिन्न चार कलरमा उपलब्ध छ ।
यस्ताे छ नाडा अटो शोको तयारी (फोटो फिचर)
काठमाडौं । भदौ ११ गतेदेखि १६ गतेसम्म भृकुटीमण्डपमा हुने नाडा अटो शोका लागि आयोजक टिमले तीव्र रूपमा तयारी सुरु गरेको छ । नाडा अटोमोबाइल्स एसोसिएसनले प्रदर्शनीस्थलमा स्टल बनाउने काम ७० प्रतिशतभन्दा बढी सकिएको बताएको छ । भोलिसम्म अटो शोका लागि सम्पूर्ण तयारी पूरा भइसक्ने आयोजकले जनाएको छ । यस पटकको अटो शोमा चारपांग्रे २४, दुईपांग्रे १९ र हल्का व्यावसायिक सवारी साधनका १२ गरी ५५ ब्रान्डका गाडी प्रदर्शनीमा राखिनेछन् । गाडी विक्रेता बाहेक लुब्रिकेन्ट, टायर, ब्याट्री र ग्यारेज उपकरणका स्टल पनि राखिनेछन् । अटो शोमा ७ वटा बैंक तथा वित्तीय संस्थाले पनि सहभागिता जनाउने नाडाले जनाएको छ । तस्बिरहरू ः साैगात पुडासैनी
नाडा अटो शोमा एमएडब्ल्यू वृद्धिले नयाँ मोडल पनि सार्वजनिक गर्ने, नाम गोप्य
काठमाडौं । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्ल्यू वृद्धि अटोकर्पले नाडा अटो शोमा नयाँ मोडेलको ईभी सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले नाडा अटो शोमा प्रिमियम इलेक्ट्रिक एसयूभी दिपल एस०७ सँगै नयाँ मोडेलको ईभी पनि सार्वजनिक गर्ने तयारी गरेको हो । यद्यपि, शोमा सार्वजनिक गरिने नयाँ ईभीको नामबारे भने कम्पनीले केही खुलाएको छैन । त्यस्तै, फिचर मूल्य र यसका फिचरसमेत शोमा नै सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । ‘यसले ड्राइभिङ एउटा आवश्यकता मात्र होइन पूर्ण रूपको अनुभव पनि हो भन्ने कुरालाई बुझाउँछ,’ कम्पनी स्राेत भन्छ, ‘अत्याधुनिक प्रविधि र नवीनतम सुविधाले भरिएको यो नयाँ ईभीले भविष्यको भावनालाई झल्काउछ ।’ यो मोडल नाडा अटो शोको पहिलो दिन सार्वजनिक गरिने कम्पनीले जनाएको छ । त्यस्तै, नाडामा दिइने अफरबारे पनि शोमा मात्रै थाहा हुने कम्पनीकाे भनाइ छ । कम्पनीले दिपल एल०७ प्रिमियम ईभी सेडान पनि अटो शोमा राख्ने जनाएको छ । नेपालमा छोटो समयमै लोभलाग्दो सफलता हासिल गरेको दिपल एस०७ प्रिमियम ईभीपछि चाँगन नेपालले सेडान दिपल एल०७ साउन ३१ गते सार्वजनिक गरेको हो । सार्वजनिक भएको चार महिनामै दिपल एस०७ लाई फ्युचरिस्टिक डिजाइन र इनोभेटिभ फिचरका कारण नेपाली ग्राहकले मन पराएको कम्पनीले जनाएको छ । अब एल०७ ले एस०७लाई स्थापित गरेको अटोमोबाइल प्रविधिको मापदण्डको सीमालाई अघि फैलाउने विश्वास चाँगानको औपचारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले लिएको छ । डिजाइनका हिसाबले एल०७ सेडानलाई एल०७ जस्तै मास्टरपिस मान्न सकिने कम्पनीको दाबी छ । कम्पनीका अनुसार फ्रेमलेस डोर र इलेक्ट्रिक हिडन डोर ह्यान्डल सिस्टमसहितको स्लिक एरोडाइनामिक प्रोफाइललाई यो मोडलमा अझ अब्बल बनाएको छ । पानोरामिक ग्लास रुफले सुन्दरतालाई मात्र बढाएको छैन ओपन र लक्जरियस अनुभव दिलाउने कम्पनीको भनाइ छ । दिपल एल०७ मा ईभी डेडिकेटेड ‘ईपीए१ प्ल्याटफर्म’ छ जसमा ९९ किलोवाट क्षमताको एल०७ मा ६६.८ किलोवाट आवरको ब्याट्री रहनेछ जसले सिंगल चार्जमा आकर्षक ५३० किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लामो यात्राका लागि यो सेडान लक्जरियस र क्यापेबल दुवै हुनेछ । यसका साथै यसमा रियर ह्विल ड्राइम रहनेछ जसले सन्तुलित पर्फमेन्स दिनेछ । यसको प्रयोग भएको एड्भान्स डिजिटल ब्याट्री म्यानेजमेन्ट सिस्टमले इनर्जी इफिसेन्सीलाई सबल बनाउनेछ । यस्तै, क्याबिनको बीचमा १५.६ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको छ जुन टचस्क्रिनलाई ‘इन्टर्याक्ट’ गर्ने यात्रुतिर आफैं फर्कन्छ । दिपलमा ‘वेलकमिङ सिट’ पनि रहेको छ जसले ड्राइभरलाई गाडीभित्र छिर्न सहज बनाउनुका साथै उसको उचाइ अनुसार सिटको पोजिसनलाई आफैं मिलाइदिन्छ । यस्ता थुप्रै फिचरहरू दिपलमा दिएको कम्पनीले जनाएकाे छ ।
नाडा अटो शोमा ‘केई’ का तीन मोडेल सार्वजनिक गरिँदै
काठमाडौं । आगामी ११ भदौदेखि सुरु हुने ‘नाडा अटो शो’ मा लक्ष्मी ई मोबिलिटीले ‘केई’ का तीन वटा नयाँ मोडेलका गाडी सार्वजनिक गर्ने भएको छ । नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोमा ती गाडीहरू सार्वजनिक गर्ने भएको हो । नाडामा सार्वजनिक हुने ती तीन वटा गाडीका मोडेलको सही नाम बताउने व्यक्तिलाई पुरस्कार दिने घोषणा कम्पनीले गरेको छ । जसका लागि कम्पनीले केई नेपालको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमार्फत क्याम्पेन सुरु गरेको छ । कम्पनीको पेजमा सोधिएका प्रश्नको उत्तर सहभागीहरूले दिन सक्ने छन् । सहभागी मध्यबाट सबै तीन मोडेलका गाडको सही पहिचान गरी उत्तरदिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोसको मिक्सर ग्राइन्डर प्राप्त गर्नेछन् । यो क्याम्पन ४ भदौदेखि सुरु भएर १० भदौमा सकिने छ । कम्पनीका अनुसार नाडा अटो शोको स्टल नम्बर एच-१६ मा केई ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिने र जहाँबाट गाडीका बारेमा सहभागीहरूले जानकारी लिन सक्ने छन् ।
अटो शोमा दुईपांग्रेको सहभागिता घट्यो, युवा विदेशिनु मुख्य कारण
काठमाडौं । नाडा अटो शोमा दुईपांग्रे सवारी ब्राण्डको सहभागीता घट्दो क्रममा रहेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना गर्दै आएको अटो शोमा दुईपांग्रे ब्राण्डको सहभागीता क्रमशः घट्दै गएको तथ्यांकले देखाएको छ । चारपांग्रेको तुलनामा दुईपांग्रेको सहभागिता घट्दै गएको हो । विगत ७ पटकको नाडा अटो शोको तथ्यांकलाई केलाउँदा चारपांग्रेको तुलनामा दुई पांग्रेको सहभागिता घट्दै गएको देखिन्छ । अटो शो २०१५ मा १४ वटा चारपांग्रे र १६ वटा दुईपांग्रे ब्राण्डको सहभागिता थियो । यस्तै, २०१६ मा १७ वटा चारपांग्रे ब्राण्ड सहभागी हुँदा १५ वटा दुईपांग्रे ब्राण्डको सहभागिता थियो । २०१७ मा फेरि दुईपांग्रेको सहभागिता बढ्यो । जहाँ चारपांग्रे ब्राण्ड १६ र दुईपांग्रे ब्राण्ड १९ वटाले भाग लिए । यसैगरी २०१८ मा १९ वटा चारपांग्रे र २० वटा दुईपांग्रेले भाग लिएका थिए । २०१९ को अटो शोमा फेरि चारपांग्रेले उछिन्यो । २०२३ मा फेरि दुईपांग्रेको सहभागिता बढ्यो । २०२३ मा १६ वटा चारपांग्रे र २२ वटा दुईपांग्रेको सहभागिता थियो । २०२४ मा आइपुग्दा चारपांग्रेको सहभागिता ह्वात्तै बढ्दा दुईपांग्रेको सहभागिता ह्वात्तै घटेको छ । यस वर्ष २४ वटा चारपांग्रे र १९ वटा दुईपांग्रेको सहभागिता हुने भएको छ । यो वर्ष चार पांग्रेको सहभागिता गत वर्षको तुलनामा ५० प्रतिशतले वृद्धि भएको छ । यता, दुईपांग्रेको भने करिब १४ प्रतिशतले खुम्चिएको देखिन्छ । नाडाका अध्यक्ष करण चौधरीले दुई पांग्रे सवारीसाधन चढने युवाहरू विदेश पलायन भएको बताएका छन् । नाडा अटो शोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले युवाहरू विदेश पलायन हुँदा दुईपांग्रे सवारीको माग घटेको बताए । यस्तै, उनले नेपालमा बस्ने युवा पनि दुईपांग्रेबाट चारपांग्रेमा अपग्रेट हुँदा दुईपांग्रेको माग घटेको बताए । उनले अटो शोमा चारपांग्रे ब्राण्डको सहभागिता वृद्धि भएको प्रसंगलाई जोड्दै यस्तो बताएका थिए । यी हुन् २०२४ मा सहभागी हुने गाडीका २४ ब्राण्ड आगामी भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौं भृकुटीमण्डपमा हुन गइरहेको नाडा अटो शोमा २४ ब्राण्डका चारपांग्रे सवारीसाधनहरू देख्न पाइने भएको छ । जसमा हुण्डाई, बीवाईडी, टाटा, सुजुकी, महिन्द्र, एमजी, बीएमब्लु, दिपल, ओमोडा, केया लगायत नेपालमा चलेका ठूला ब्राण्ड देख्न पाइने छ । यसैगरी बजारमा रहेका एक दर्जन ब्राण्डहरू पनि नाडा नाडा अटो शोमा सहभागी हुने नाडाले जनाएको छ । यी हुन् २०२४ मा सहभागी हुने मोटरसाइकलका १९ ब्राण्ड उक्त शोमा १९ वटा मोटरसाइकल ब्राण्डको सहभागीता हुने भएको छ । जसमा एथर, रोयल इनफील्ड, ट्राइम्फ, ईवान, बेनेली, जोङसेन, ग्याराे, बजाज, सुजुकी, यामाहा, गोगोरो, बीएमडब्लु, टीभीएस, याडिया, हीरो, सीएफ मोटर, जीहो, अप्रिला, एनआईयू रहेका छन् ।