अर्थमन्त्री भन्छन् : सेयर बजार र नाडा अटो शोले अर्थतन्त्र चलायमान गर्छ

<p>काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मौद्रिक नीतिले बजारमा सकारात्मक प्रभाव पारेपनि सोचेअनुरुप काम हुन नसकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उनले नेपाल राष्ट्र बैंकले सबैले चाहेअनुसारको मौद्रिक नीति सार्वजनिक गरेपनि त्यसले अपेक्षाकृत बजार चलायमान बनाउन नसकेको बताएका हुन् । उनले मौद्रिक नीतिमा यस्तो स्वागत बिरलै हुने गरेको पनि धारणा [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मौद्रिक नीतिले बजारमा सकारात्मक प्रभाव पारेपनि सोचेअनुरुप काम हुन नसकेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उनले नेपाल राष्ट्र बैंकले सबैले चाहेअनुसारको मौद्रिक नीति सार्वजनिक गरेपनि त्यसले अपेक्षाकृत बजार चलायमान बनाउन नसकेको बताएका हुन् ।

उनले मौद्रिक नीतिमा यस्तो स्वागत बिरलै हुने गरेको पनि धारणा राखे । ‘सबैले चाहेको जस्तो मौद्रिक नीति आयो, यसले बजारमा एक किसिमको सकारात्मक प्रभाव पनि पारेको छ । तर, हामीले अझैं धेरै गर्न बाँकी छ, अझैं पनि बैंकले कर्जा लगानी गर्न सकेका छैनन्, अहिलेका हाम्रा नीति प्रयाप्त भएनन् कि भन्ने हाम्रो बुझाइ छ, वर्तमान शिथिलता चिर्न सरकारले कदम चाल्नुपर्ने देखिएको छ,’ उनले भने ।
उनले नाडा जारी नाडा अटो शो र सेयर बजारको चहल पहलले बजार थप चलायमान भइरहेको धारणा राखे ।

यस्तै, कार्यक्रममा नेपाल राष्ट्र बैंकका बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले ब्याजदर घटिरहेकोले यसले आर्थिक गतिविधि बढाउन सहयोग नै गर्ने धारणा राखे । उनले पछिल्लो समय अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको पनि धारणा राखे ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) जस्ताको त्यस्तै पारित हुन नहुने बताए । यसले उद्योगी व्यवसायीलाई लगानीका लागि निरुत्साहन गर्ने उनको भनाइ छ ।

Share News