निक्षेप संकलन नगरी कर्जा लगानी नगर्न निर्देशन दिइसकेको छु- गर्भनर
काठमाडौं । नेपाल राष्ट्र बैंकका डा. गर्भनर चिरञ्जीवी नेपालले निक्षेप संकलन नगरी कर्जा लगानी नगर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइसकेको बताए । चालु आर्थिक वर्षको २०७४/७५को बजेटको अर्धवार्षिक समीक्षामा बोल्दै डा. गर्भनर नेपालले सो कुरा बताएका हुन् । उनले उच्च आर्थिक वृद्धिदरको लक्ष्यका कारण बजारमा तरलताको अभाव देखिएको बताएका छन् । नेपाल राष्ट्र बैंकमा रहेको २८५ अर्ब रुपैयाँ बजारमा गएपछि लगानी योग्य पुँजीको समस्या समाधान हुने उनले बताए । कार्यक्रममा डा. गर्भनरले हाल वित्त प्रणालीमा सीआरआर बाहेक १९ अर्ब रुपैयाँ तरलता रहेको जानकारी दिएका छन् । एक सय ५१ अर्ब बैदेशिक लगानी स्वीकृतिको चरणमा रहेको जानकारी दिँदै उनले भने, ‘ठूलो मात्रामा वैदेशिक लगानी आउँदै छ । पुँजीगत खर्च पनि बढेपछि लगानीयोग्य पुँजीको समाधान हुनेछ ।’
दैलेखको पेट्रोलियम पदार्थ उत्खनन् कर्णालीको समृद्धि हो – मन्त्री भण्डारी
दैलेख । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशको विकास र शान्ति बहालीमा कुनै सम्झौता नहुने बताए। उनले जिल्ला प्रहरी कार्यालयमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । दिगो विकासका लागि जुनसुकै नागरिकले दिएका राम्रा सुझाव र सल्लाह सहजै ग्रहण गरेर अगाडि बढ्ने पनि उनको भनाइ छ । कर्णाली प्रदेशको समृद्धिका लागि पहिलो काम दैलेखको पेट्रोलियम पदार्थ उत्खनन् भएको उनले उल्लेख गरेका छन् । शपथ ग्रहण गरेको चौथो दिनमै शान्ति सुरक्षाको खाका तयार पारेर यो अभियान प्रदेशभर लैजाने सिलसिलामा पहिलो कार्यक्रम दैलेखमा गरिएको भण्डारीले स्पष्ट पारे । उनले भने – ‘कर्णाली प्रदेशमा लगानीमैत्री वातावरण तयार गर्छौं । ठूला आयोजनाको जिम्मा लिएकाहरुले ढिलाइ गरे कालोसूचीमा राख्छौं ।’रासस
अन्तःशुल्कको नक्कली स्टिकर बोक्ने तीनजना जरिवाना तिरेर रिहा
लहान । अन्तःशुल्कको नक्कली स्टिकरसहित प्रहरीले पक्राउ गरेका तीनजनालाई आन्तरिक राजश्व कार्यालय लहान सिरहाले आज बिगो बमोजिमको जरिवाना तिराएर रिहा गरेको छ । नक्कली स्टिकरसहित पक्राउ परेका लहान नगरपालिका–८ निवासी सुमितचन्द्र देव, लहान नगरपालिका–५ निवासी आनन्द साह र लहान नगरपालिका–३ निवासी सत्यनारायणलाई स्टिकरवापतको बिगो कायम गरी सो बमोजिमको जरिवाना तिराएर रिहा गरेको आन्तरिक राजश्व कार्यालय लहान सिरहाका प्रमुख गोविन्दप्रसाद अधिकारीले जानकारी दिए । अन्तःशुल्क ऐन, २०५८ अनुसार तीनैजनामाथि मुद्दा चलाइएको र सोही ऐनअन्तर्गत बरामद भएको स्टिकरको बिगो कायम गरी जरिवाना तिराएर तत्कालका लागि रिहा गरिने निर्णय लिइएको प्रमुख अधिकारीले बताए । सिरहाको लक्ष्मीपुर पतारीस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले अन्तःशुल्कको नक्कली स्टिकरसहित सुमितचन्द्र देव र लहान–५ का आनन्द साहलाई पक्राउ गरेको थियो । पक्राउ परेका दुवैजनाको बयानका आधारमा प्रहरीले लहान नगरपालिका–३ निवासी सत्यनारायण साहलाई पनि सोही दिन पक्राउ गरेको थियो । सिरहाको बरियारपट्टि गाउँपालिका–१ कचनारीको बडहरीगाउँ हुँदै स७प ५५५ नंको मोटरसाइकलमा आउँदै गरेका दुवैजनालाई रोकेर झोलाको तलाशी लिँदा अन्तःशुल्कको नक्कली स्टिकर पाइएको इलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीका प्रहरी निरीक्षक रविभूषण यादवले बताए । कर्मचारी अभावका कारण राजश्वको कर्मचारी अनुपस्थित हुने भएपछि सक्कलीमै मिसाएर नक्कली स्टिकर टाँस्न तस्करमार्फत नक्कली स्टिकर नेपाल भित्र्याइएको हुनसक्ने प्रहरीको आशंका छ । पक्राउ परेका तीनैजनाले नक्कली स्टिकर सीमावर्ती भारतीय बजार पिप्राहीबाट झोलामा हालेर ल्याएको बयान दिएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।-रासस
८० प्रतिशत सरकारी खर्चको जोहो राजश्वबाट, कति थपिन्छन् करदाता, कति बढ्छ दर ?
काठमाडौं । ‘अब सिधै मुहान नै सफा गर्ने हो । मुहान सफा नगरि तल मात्रै फोेहर टिपेर केहि हुन्न । भन्सार विन्दुमै कडाई गरेपछि राजश्वसँग सम्बन्धित सबै समस्याको हल हुन्छ ।’, बधाई दिन आएका नेपाल उद्योग बाणिज्य महासंघको टोलीलाई अर्थमन्त्री डा. युवराज खतिवडाले भनेको वाक्यांश थियो यो । नभन्दै उनले भन्सार बिन्दुमा कडाई गरेर राजश्व प्रशासन सुधारको सन्देश दिईसकेका छन् । भन्सार मूल्यांकनमा सन्दर्भ पुस्तिका अघि सारेपछि उद्यमी व्यवसायीले खतिवडाको आलोचना पनि सुरु गरेका छन् । तर डा. खतिवडा भने टसमस हुने अवस्थामा छैनन् । डा. खतिवडा आफैं कडा नियमनका पक्षपाती हुन् । त्यतिमात्रै होइन यी तिनै खतिवडा हुन जसले बामपन्थी घोषणा पत्रमा कुल सरकारी खर्चको ८० प्रतिशत राजश्व श्रोतबाट जुटाउने लेखेका छन् । बामपन्थी घोषणा पत्रमा लेखिएको छ–‘नागरिकहरुलाई कर तिर्ने बानी बसाल्न व्यापक प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ । कर नतिर्ने, कर छल्ने तथा व्यापार अधिविजकीकरण र न्युनविजकीकरण गर्ने माथी कडा कानुनी कारवाही गरिनेछ । आन्तरिक राजश्वबाट सरकारी खर्चको ८० प्रतिशत भन्दा बढि व्यहोर्न सक्ने गरि कर दायरा र प्रशासन सुदृढ गरिनेछ ।’ यस्तो छ बजेट र राजश्व संकलन वृद्धिदरको इतिहास चालु आर्थिक बर्षको बजेट १२७८ अर्बको छ । सरकारले राजश्व संकलन लक्ष्य ७३० अर्ब रुपैंयाँ तय गरेको छ । जुन कुल बजेटको ५७.१२ प्रतिशत हुन आउँछ । सरकारले प्रत्येक नयाँ आर्थिक बर्षमा बजेटको आकारसँगै राजश्व संकलनको लक्ष्य पनि बढाउने गरेको छ । आर्थिक बर्ष २०७३/७४ मा सरकारले १०४८ अर्बको बजेट ल्याएको थियो । सो आवमा राजश्व संकलन लक्ष्य ५६५ अर्ब थियो । सो आवमा सरकारले बजेटको ५३.९१ प्रतिशत राजश्वबाट व्यहोरेको थियो । सरकारले आव २०७३।७४ को तुलनामा आव २०७४।७५ मा बजेटको आधार २३० अर्ब अर्थात २१.९४ प्रतिशतले बढाएको थियो । उता राजश्व संकलन लक्ष्य भने १६५ अर्ब अर्थात २९.२० प्रतिशतले बढाएको थियो । आर्थिक बर्ष २०७२।७३ मा भने सरकारले ८१९ अर्बको बजेट बनाउँदा ४७५ अर्बको राजश्व संकलन लक्ष्य निर्धारण गरेको थियो । जुन कुल बजेटको ५७.९९ प्रतिशत नै थियो । सो २०७२।७३ को तुलनामा २०७३।७४ मा बजेटको आकार २२९ अर्ब अर्थात २७.९६ प्रतिशतले बढेको थियो । राजश्व संकलनको लक्ष्य भने ९० अर्ब अर्थात जम्मा १८.९४ प्रतिशतले मात्रै बढि थियो । यसको सिधा अर्थ भनेको सरकारले प्रत्येक बर्ष बजेटको आकार र राजश्व संकलनको लक्ष्य बढाउँदै आएको छ । राजश्व सचिव शिषिर ढुंगानाले सरकारी खर्चको ८० प्रतिशत श्रोत राजश्वबाट जुटाउने लक्ष्य खासै महत्वकांक्षी नभएको बताए । ‘हामीले अहिले ६० प्रतिशतको जति खर्च राजश्वबाट धानिरहेका छौं, त्यसलाई बढाएर ८० प्रतिशत पुर्याउन सकिने ठाउँ छ ।’ उनले ४० प्रतिशत अनौपचारिक अर्थतन्त्रलाई प्रणालीमा समेटेर बजेटको ८० प्रतिशत श्रोत जुटाउन सकिने बताए । ‘उपयोग निरुत्साहित गर्ने बस्तुमा बाहेक अन्यमा करको दर बढाउन सकिन्न तर हामीसँग दायरा बढाउने प्रशस्तै ठाउँ छ’, राजश्व सचिव ढुंगानाले भने । राष्ट्रिय योजना आयोगका पुर्व सदस्य तथा बरिष्ठ अर्थविद डा. चन्द्रमणि अधिकारीले भने आगामी ३ बर्षभित्र कुल बजेटको ८० प्रतिशत राजश्वबाट जुटाउन सकिने बताए ।‘हामी ३५ प्रतिशत राजश्व आगामी आर्थिक बर्षमा बढाउन सक्ने अवस्थामा छौं, पुर्वाधार विकास र उत्पादन मुलक क्षेत्रमा लगानी बढाउन सकियो भने आगामी ३ बर्षपछि बजेटको ८० प्रतिशत श्रोत राजश्वले धान्छ’, अर्थविद डा. अधिकारीले भने । उनले नागरिकको कर तिर्ने क्षमता र राज्यको कर असुल्ने क्षमता दुबैमा सुधार हुनुपर्नेमा पनि जोड दिए । करदाताको संख्या १६ लाख ६८ हजार ६ सय ७ रहेको छ ।
जिल्ला समन्वय समितिले महानगरलाई बुझायो १२ करोड २१ लाख रुपैंया
काठमाडौं । काठमाडौं जिल्ला समन्वय समितिले काठमाडौं महानगरपालिकालाई १२ करोड २१ लाख ६८ हजार ४ सय ९४ रुपैंया बुझाएको छ । समितिले रजिष्ट्रेशन र मालपोतको शुल्क बापतको रकम महानगरलाई बुझाएको हो । जिससले आर्थिक वर्ष २०६७/०६८ देखि आर्थिक वर्ष २०७३/0७४ सम्मको बक्यौता रकम बुझाएको हो । राजधानीमा आयोजित एक कार्यक्रममा जिससका प्रमुख शिवसुन्दर वैधले महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई चेक हस्तान्तरण गरेका हुन् । जिससले मालपोत र रजिष्ट्रेशन वापत दिनुपर्ने रकम १४ करोड, ९ हजार २० रुपैंया हो तर यस रकममा मालपोत करको २५ प्रतिशत रकम समायोजन गरिएको छ । यसअघि साविकको जिल्ला विकास समितीले २०७२ असार २९ गते १ करोड ५० लाख बुझाएको थियो । जिसस र महानगरबिच गत फागन १३ गते बसेको बैठकले मालपोत र रजिष्ट्रेशन रकम महानगरलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।महानगर र जिससबिचको सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने सहमति समेत भएको छ ।
बजार ओरालो लागि रहँदा नेपालगञ्जका लगानीकर्तालाई सेयर तालिम
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालगञ्जका लगानीकर्तालाई प्रशिक्षण दिएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघसँग मिलेर बोर्डले सो क्षेत्रका लगानीकर्तालाई सेयर बजार लगानीका बारेमा प्रशिक्षण दिएको हो । संघका अध्यक्ष नन्दलाल बैश्यको उपस्थितीमा आयोजना गरिएको लगानीकर्ता प्रशिक्षणमा सो क्षेत्रका २२५ जना भन्दा बढि लगानीकर्ताहरुको सहभागीता रहेको थियो । बोर्डका निरञ्जय घिमिरे, नेप्सेका मुराहरी पराजुली, सिडिएस एण्ड क्लियरिङ्ग लि.(सिडिएसि) का देवराज रिजाल, ईम्पेरियल सेक्यूरिटिज् प्रालिका भक्तिराम घिमिरेले प्रशिक्षण दिएका थिए । कार्यक्रममा लगानी कर्ताहरुले सेयरमा भ्याट लगाउन नहुने, अनुत्पादक क्षेत्रको आरोप लगाउन नहुने, वास्तविक क्षेत्रका कम्पनीहरुलाई आकर्षित गर्नुपर्ने, अनलाईन कारोबार यथासिघ्र आरम्भ गर्नुपर्ने लगायतका माग राखेका थिए । सूचिकरण खारेज भएका कम्पनीहरुको यथार्थ स्थीति बाहिर ल्याइनुपर्ने, बजार निर्माता तथा धितोपत्र व्यापारीको व्यवस्था हुनु पर्ने, निजी क्षेत्रमा अर्को स्टक एक्सचेञ्ज खोल्न अनुमति दिनुपर्ने लगायतका माग पनि अघि सारेका थिए ।
कालिका माइक्रोक्रेडिट बैंकको २१.२१ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी १० करोड नाघ्यो
काठमाडौं । कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंकको २१.२१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । बैंकको हालै सम्पन्न आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई सो मात्राको लाभांश दिने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो । बैंकले सेयरधनीलाई हालको चुक्ता पुँजीमा सो मात्राको बोनस सेयर दिने भएको छ । हाल बैंकको चुक्ता पुँजी ८ करोड २५ लाख रुपैयाँ रहेको छ । उक्त पुँजीमा २१.२१२१ प्रतिशत अर्थात १ करोड ७५ लाख रुपैंया बोनस पश्चात बैंकको पुँजी १० करोड रुपैयाँ पुगेको बैंकका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहोराले बताएका छन् । साथै, सभाले बोनस सेयरको कर बापतको ९ लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांश वितरणको लागि स्वीकृती दिएको छ । सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको प्रतिनिधित्वको लागि निर्वाचनबाट सञ्चालकहरुमा विश्वराज नेपाल र करुणा पोखरेल निर्वाचित भएका छन् । बैंकले बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ अनुसार संस्थाको नाम कालिका लघुवित्त वित्तिय संस्था लिमिटेड रहने गरि संशोधन गरेको छ । बोनस सेयर पश्चात जारी पुँजी तथा चुक्ता पुँजीमा बृद्धि भएर संस्थाको कार्य क्षेत्र विस्तार गरि राष्ट्रिय स्तरको लघुवित्त वित्तिय संस्था बनाउनको लागि प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।
सेयर बजार ओरालो लाग्ने क्रम जारी, नेप्से १६ अंकले घट्दा ३९ करोडको कारोबार
काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रम जारी रहेको छ । आइतबार उच्च अंकले ओरालो लागेको नेप्से सोमबार पनि दोहोरो अंकले ओरालो लागेको छ । सोमबार बजार खुलेको आधा घण्टासम्म परिसूचक उकालो लागेर १३१९ अंकमा पुगेको थियो । तर त्यसपछिको बजार भने निरन्तर ओरालो लागेको छ । अन्ततः नेप्से परिसूचक १६ दशमलब ६९ अंकले घटेर १२८७ दशमलब ७४ अंकमा झरेको छ । दोहोरो अंकले घटेको बजारमा ३९ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५३ कम्पनीका ९ लाख ७७ हजार कित्ता सेयर किनबेच भएको छ । सो मध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार ट्रेडिङ र होटल समूह बाहेक बाँकी समूह राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह ११९ अंकले ओरालो लागेको छ । उत्पादमूलक, जलविद्युत र माइक्रोफाइनान्स समूह क्रमशः ४६,४५ र ४३ अंकले घटेका छन् । ट्रेडिङ र होटल समूह क्रमशः ६ र २ अंकले बढेको छ ।
सीजीका विभिन्न आकर्षक फ्रिज नेपाली बजारमा, ५ वर्षको वारेण्टी
काठमाडौं । सीजीले हालै नयाँ मोडलका आकर्षक एवंम गुणस्तरयुक्त फ्रिजहरु नेपाली बजारमा ल्याएको छ । उक्त फ्रिजहरुमा खरिदमा ग्राहकले ५ वर्ष सम्मको वारेण्टी पाउन सक्नेछन् । कम्पनीका अनुसार उक्त फ्रिजहरु विभिन्न आकर्षक रंगहरुमा १८१ लिटर र १८५ लिटर सिंगल डोरमा र २३० लिटर र २६० लिटर डवल डोरमा उपलब्ध छन् । उक्त फ्रिजहरुले बत्ति गएको १२ घण्टासम्म खानालाई चिसो बनाई स्वच्छ र ताजा बनाई राख्दछ । फ्रिजहरु विभिन्न आकर्षक रंगहरु जस्तै खैरो, निलो, रातोमा फुल बुट्टामा बजारमा उपलब्ध छन् ।
रानीपोखरी पुननिर्माणमा संलग्न कर्मचारी र ठेकेदार विरुद्ध मुद्धा
काठमाडौं । सम्पदा बचाउ अभियानमा लागेका व्यक्तिहरुको एक समूहले नियम विपरीत रानीपोखरीको पुनःनिर्माण गर्न खोजिएको आरोपसहित फौज्दारी मुद्दा दर्ता गरेका छन् । महानगरीय प्रहरी कार्यालय टेकुमा दर्ता गरिएको नं ३७१ को उजुरीमा भनिएको छ -“कानून विपरीत काम गर्नेहरुमाथि अनुसन्धान गरी कारबाही होस् ।” सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा ३ (१) बमोजिम पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरे, काठमाडौं महानगरपालिकाको भौतिक पूर्वाधार विकास विभागका निर्देशक उत्तरकुमार रेग्मी, रानीपोखरी पुनःनिर्माणको जिम्मा पाएका वल्र्डवाइड कँडेल जेभीका ठेकेदार अर्जुन कँडेललाई विपक्ष बनाएर मुद्दा दर्ता गरिएको हो । रानीपोखरीको धार्मिक तथा सांस्कृतिक महत्वलाई ध्यान नदिई जथाभावी पुनःनिर्माण गर्न खोजिएकाले संविधानको धारा ३२ ले दिएको अधिकार प्रयोग गरी फौज्दारी मुद्दा दर्ता गरिएको सम्पदाप्रेमी मोनालिसा महर्जनले बताए। विसं २०७२ को भूकम्पले क्षति पुर्याएको झण्डै ४०० वर्ष लामो इतिहास बोकेको रानीपोखरीको पुनःनिर्माण हाल विवादका कारण स्थगित छ ।पुरातत्व विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरले भने रानीपोखरीको पुननिर्माणका लागि विभागले स्वीकृति नदिएको बताए । उनले आफुमाथी लागेको आरोप झुटो भएको दावी समेत गरे । रासस
लगातार बढेको पेट्रोलको मूल्य घट्यो, निगमलाई १५ करोड नाफा हुने
काठमाडौं । पछिल्लो समय लगातार बढेको पेट्रोलको मूल्य १ रुपैयाँ घट्ने भएको छ । भारतबाट मूल्य घटेर आएकोले स्वचालित मूल्य प्रणाली अनुसार नेपाल आयल निगमले मूल्य घटाएको हो । प्रतिलिटर १०४ रुपैयाँ रहेको पेट्रोलको मूल्य घटेर अब १०३ रुपैयाँमा पाइने भएको छ । बाँकी पेट्रोलियम पदार्थको मूल्य यथावत रहेको निगमका प्रवक्ता वीरेन्द्र गोईतले बताए । उनको अनुसार घटेको मूल्य आइतबार राति १२ बजेदेखि लागु हुनेछ । उनले उपत्यका ‘बेस’ अनुसार मूल्य जानकारी दिए । त्यस्तै निगमको अनुसार आगामी पाक्षिक(१५ दिनको अबधि)मा १५ करोड रुपैयाँ नाफा हुने भएको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य केही घटेर आएकोले पछिल्लो समय लगातार घाटामा गएको निगमलाई नाफा हुने भएको उनको भनाइ छ । गएको पाक्षिक मात्रै निगमलाई ७ करोड १५ लाख रुपैयाँ निगमलाई घाटा भएको थियो ।
सेयर बजारमा गिरावट आएपछि लगानीकर्ताको यस्ता छन् प्रतिक्रिया
काठमाडौं । भारी अंकले ओरालो लागेको आइतबारको सेयर बजारप्रति लगानीकर्ताको विभिन्न प्रतिक्रिया आएको छ । सेयर बजारका लगानीकर्ताले विभिन्न फेसबुक वालमा दिएका प्रतिक्रिया यस्ता छन् । आशिष कोइराला लेख्छन्: नाङ्लो ठटाको देखेर हात्ती तर्सिदैन, जति सुकै घटोस बजार घाटामा सेयर बेचिदैन आर पि खनालः एमालेलाई भोट दिएर ठुलो गल्ती भयो भन्ने दिन आयो जस्तो छ । केपी ओलिजी लाखौं साना लगानी गर्ने जनताहरु मारमा पर्दैछन एउटा मन्त्री बहुलाएर सिङ्गो पार्टी बिग्रेको हेर्न चाहानु हुन्छ जस्तो लाग्दैन । चुनाब फेरि पनि आउन्छ पार्टीको समर्थक हुँदा हुदै पनि एमाले पता साफ भएको हेर्न नपरोस । नरेन्द्र सिजापति :“अनुत्पादक ” शब्दको चार घन्टामा निर्धारण भएको मुल्य ४७ अर्ब । विनोद आले: घट्ने र बढ्ने क्रम हुने नै गर्छ बजारमा भन्ने थाहा हुँदाहुँदै किन रुवाबासी । राम कुमारः जब जब डा. खतिवडा साहेबको आगमन हुन्छ, मार्केटमा सयौँ अंकको गिरावट हुन्छ । उहाँको आगमनले यसपटक पनि मार्केट १०० अंकको हाराहरी घटी सक्यो, अब रोकिन्छ कि ? मुकुन्द रञ्जितः धेरै घटेपछि हामी जस्ता गरीब जनताहरुले सेयर किन्ने मौका पाउँछ होला, अहिले सबै सेयरधनी जनताहरुको हातमा छ । गाबिन्द अर्यालः सेयरका दलाल र जग्गाका दलालहरु चिच्याउँदै छन् । अनिल श्रेत्रीः काला बजारी र दलालहरुका दिन गए । हाम्रो भोट पक्कै खेर जाँदैन जस्तो छ । दलाल र माफियाहरुको केही विकल्प खोजी गरे हुन्छ । नबिन कार्कीः सधै नाफा हुन्छ भन्ने छैन, जे मा नी रिक्स छ जसले रिक्स लिन्छ उसले कमाउँछ जो डराउँछ उसले घाटा खान्छ । सेयर मार्केटबाट सधै नाफा भनेर सोच्नु ठिक हैन । योगराज लामिछानेः नेप्से भोली ९०० मा आउँछ भन्छन् भने पनि बेचिदैन। योग श्रेष्ठः खतिवडाको नाम भजाएर गिद्दले सिनो लुछे झै लुछे आज । श्रेष्ठको स्ट्याटसमा प्रतिक्रिया दिँदै एचपी खकुरेल भन्छन्ः गिद्दको अगाडि सिनो राखिदिए पछि खाइहाल्छ नि यो कुनै नौलो कुरा नै हैन, यो उसको धर्म नै हो । रङ्गनाथ श्रेष्ठः साँडे सुत्यो … साना लागनीकर्ताको मुटु काम्यो अबको केहिदिनमा किने र होल्ड गर्नेको दिन फेरिने होकि ? खगेन्द्र आत्रेयः यो अर्थमन्त्री हुन्जेल पञ्च बर्श शेयरमा लगानी गर्नु आभिसाप हुन्छ होला हौ । दिपेन्द्र बर्जाचार्यः नेपालमा कम्युनिस्टहरुको सोच आफु धनी बन्ने जनतालाई एउटै लेभलमा राख्ने हो त्यसैले शेयर किनेर मालामाल भएकालाई सडकमा सुताउन खोज्दै छ….. । अतित आचार्यः येस्तै स्पीढमा माक्रेट घट्दै गयो भने के आइपीओ, एफपीओ भर्नु सिधै जानि सेकेन्डरी किन्नी । रमेश राउत : अर्थमन्त्रीको भनाइ र बैंकको ब्याजदर ८% भन्दा नबढनुलाइ भोलिको सेयरबजारमा लगानीकर्ताहरुले कसरी लिन्छ्न होला र नेप्से बढला कि घटला ? शम्भुलाल मल्ल : म संग १५००० कित्ता आइ पि ओ को शेयर छ । लौ अब यस सम्बन्धि बिज्ञ ज्यु हरूले बताइदिनु परो म घाटामा छु कि नाफामा ? माधव दुवाडी : घटनुको पनि सिमा हुन्छ नि हावा मा आतिएर लगानीकर्तालाई आफ्नो शेहर नबेचन मेरो आग्रह । लगतै पछुताउनु पर्नेछ । ज्ञानबहादुर पुडासैनीः अहिले पतझडको केहि समय बाकी छ । त्यसपछि पालुवा आइ हरियाली नै हरियाली हुन्छ । हेरौ पर्खौ । -साभार फेसबुक
वैशाखदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा पाइने
काठमाडौं । तपाईसंग व्यवसाय गर्ने योजना छ, तर पैसा नभएर अघि बढाउन सक्नु भएको छैन ? अब चिन्ता नगर्नुस तपाईसंग स्नातकोत्तर तहसम्मको प्रमाणपत्र धितोमा राखेर कर्जा पाइने छ । तर त्यसका लागि आफनो व्यवसायीक योजना पेश गर्नुपर्ने छ । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा आउदो बैशाखदेखि उद्यम गर्न ऋण दिने भएको छ । नेपाल युवा तथा खेलकुद मन्त्रालय, नेपाल युवा परिषदले शैक्षिक प्रमाण पत्रको आधारमा उद्यम खोल्नलाई ऋण दिने अन्तिम तयारी गरेका छन् । स्वदेशमै स्थानीय स्रोत तथा साधनको प्रयोग गरी विदेशिनबाट युवाहरुलाई रोक्न विगतनै सरकारले शैक्षिक प्रमाणपत्रको आधारमा उद्योग खोल्न ऋण दिने घोषणा गरेको थियो । त्यसलाई मूर्तरुप दिन लागेको परिषदले बताएको छ । परिषदको प्रशासकीय प्रमुख मुक्तिसिंह ठकुरीले फागुनभित्रै उक्त कार्यक्रमको लागि कार्यविधि तयार हुने बताए । उनका अनुसार वैशाखदेखि कार्यक्रम सुरु गरिनेछ । यसवर्ष ‘पाईलट प्रोगाम’को रुपमा कार्यक्रम सञ्चालन गरिनेछ । ‘वैशाखमै उद्यम खोल्न प्रस्तावनाको लागि ३५ दिने सूचाना निकाल्ने तयारी गरिहेका छौं’, उनले भने ‘त्यसपछि आएको प्रस्तावलाई छनौट गरि ३५ जनालाई ऋण उपलब्ध गराउनेछौं ।’ विशेषज्ञहरुको सिफारिस र राष्ट्रिय कार्यकारी समिति रहेको छनौट समितिले मुलुकभरबाट आएको प्रस्ताव, शैक्षिक प्रमाण पत्र, सम्भावना लगायतको मूल्याङ्कन गरेर उद्योगको छनौट गर्ने उनको भनाइ छ । स्थानिय स्रोत साधान उपयोग गरिएको उद्योगहरुलाई प्राथमिकतामा राखिनेछ । ‘छनौटमा परेका युवालाई उद्योग सञ्चालनको लागि १ देखि ३ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइनेछ,’ उनले भने ‘ऋणमा ब्याज लाग्दैन । किस्तामार्फत क्रण तिर्नु पर्ने व्यवस्था छ ।’ सुरु हुन लागेको कार्यक्रमको आधारमा आगामी वर्षहरुमा उक्त कार्यक्रमलाई विस्तार गर्दै लैजाने सरकारको योजना रहेको उनले जानकारी दिए । परिषदको अनुसार सञ्चालन गर्न लागिएको यस कार्यक्रमको लागि चालु आर्थिक वर्ष ७५ लाख रुपैयाँ बजेट छुट्याइएको छ । प्रदान गरिएको ऋणबाट युवाहरुले कृषि तथा पशुपन्छी, वन तथा जडिबुटी, पर्यटन, निर्माण, कला संस्किृति लागायतका उद्योगहरु सञ्चालनमा आउने विश्वास गरिएको छ ।
सिटिजन्स म्युचअल फण्डको आइतबार बाँडफाँड, १७ हजार आवेदकले ८२ करोड पाए
काठमाडौं । सिटिजन्स बैंकले ल्याएको सिटिजन्स म्युचअल फण्ड १ को आइतबार बाँडफाँड भएको छ ।१७ हजार आवेदकलाई ८२ करोड रुपैयाँको सिटिजन्स फण्ड बाँडफाँड भएको हो । प्रति एकाई १० रुपैयाँ दरको १ अर्ब रुपैयाँको १० करोड कित्ता फण्ड निष्कासन भएको थियो । निष्कासन भएको मध्ये १८ करोडको बिक्री नभएको सीबीआईएलले जनाएको छ । लगानीकर्तालाई वार्षिक २२ प्रतिशत भन्दा बढी लाभांश दिने सीबीआईएलले जनाएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रवर्धन र सीबीआइएल आयोजना व्यवस्थापक रहेको म्युचअल फण्डले आउदो ७ वर्षमा औसत २२.३ प्रतिशत लाभांश दिने भएको हो । म्युचअल फण्डले पहिलो वर्ष ७.४, दोसो वर्ष १७, तेस्रो वर्ष १५.१८, चौथो वर्ष २०, पाँचौ वर्ष १९.८५, छैठौ वर्ष ३८.५ र सातौ वर्ष ३८.२ प्रतिशत प्रतिफल दिने छ । म्युचअल फण्डले पहिलो वर्ष २ करोड ३७ लाख २६ हजार रुपैयाँ नगद लाभांश दिने छ । त्यसपछि दोस्रो वर्ष २ करोड ९८ लाख, तेस्रो वर्ष ४ करोड ९ लाख, चौथो वर्ष ९ करोड १ लाख पाँचौ वर्ष ४ करोड २१ लाख, छैठौ वर्ष १८ करोड ९९ लाख र सातौ वर्ष बढेर २५करोड ३७ लाख रुपैयाँ लाभांश दिने सीबीआईएलले जनाएको छ ।
लुम्बिनी केबलकारले ३ करोड ७५ लाखको सेयर बेच्दै
काठमाडौं । लुम्बिनी केबलकार प्राइभेट लिमिटेडले सेयर बिक्री गर्ने भएको छ । कम्पनीले ३ करोड ७५ लाख रुपैयाँ बराबरका सेयर बिक्री गर्न लागेको हो । कम्पनीले १०० रुपैंया प्रतिकित्ताका दरले ३ लाख ७५ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । सेयर खरिद गर्नका लागि आफ्नो भागमा पर्ने बराबरको फारम भरी सम्बन्धित बैंकमा बुझाउनु कम्पनीले सेयरधनीलाई अनुरोध गरेको छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंकको सस्तो आवास कर्जा योजना, ८.८ प्रतिशत ब्याजमा पाइने
काठमाडौं । तपाइ सस्तो आवास कर्जा खोजिरहनु भएको छ ? कर्जा महंगो भएर नयाँ आवास खरिद वा निर्माण गर्न पाउनु भएको छैन ? अब चिन्ता नगर्नुस स्ट्याण्डर्ड चाटडै बैंकले सस्तो ब्याजदरमा आवास कर्जा योजना ल्याएको छ । बैंकहरुको कर्जाको ब्याजदर महंगो भएको बेला स्ट्याण्डर्ड चाटर्डले ८.८ प्रतिशतमा आवास कर्जा योजना ल्याएको छ । मासिक किस्ताको भार कम गराउन नयाँ आवास कर्जा योजना ल्याएको बैंकले जनाएको छ । आवास कर्जा लिदा सेवा शुल्क १.२५ प्रतिशत लाग्ने बैंकले जनाएको छ । पुर्ण आवास कर्जा लिनेलाई बैंकले निःशुल्क धितोको मूल्याँकन, निःशुल्क कर्जा सुचना शुुल्क, निःशुल्क क्रेडिट कार्ड र अनलाइन बैंकिङ सेवा प्रदान गर्ने जानकारी दिएको छ । कर्जाको आधार दर बमोजिम मात्र परिवर्तंन हुने बैंकले जनाएको छ । गत पुृससम्म बैंकको आधार ब्याजदर ५.८ प्रतिशत छ । अधिकाँश बैंकको आधार दर १० प्रतिशत भन्दा बढी रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको आकर्षक बोनसले लोभ्यायो, गतसाता सबैभन्दा बढी कारोबार
काठमाडौ । धितोपत्र बजारमा यससाता १ अर्ब ९६ करोड ३८ लाख ७१ हजार रुपैयाँ बराबरका ४५ लाख २६ हजार ५५० कित्ता सेयर खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जकाअनुसार कारोबार रकम गत साताको भन्दा १५ प्रतिशत बढी हो । गत साता १७६ कम्पनीको कारोबार भएको थियो । गत साता १ अर्ब ७० करोड ७० लाख ६८ हजार बराबरका ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २. ७४ अंकले घटेर अन्तिम दिन १ हजार ३४५.९९ अंकमा पुगेको छ । स्टककाअनुसार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५.२० अंकले घटेर २८५.३८ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको २२ करोड ६२ लाख २० हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएका थिए । नेपाल लाइफले ७० प्रतिशत लाभांश घोषणा गरेको छ । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको आठ लाख १२ हजार कित्ताको शेयर कारोबार भएको हो ।स्टककाअनुसार यससाता उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाको ५५ लाख कित्ता साधारण शेयर सूचीकृत भएको छ । रासस
बिक्नै छाडे १ सय रुपैयाँका हकप्रद सेयर, किन पत्याएनन् लगानीकर्ताले ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको हकप्रद सेयर बिक्री हुन छाडेको छ । चालु आर्थिक वर्ष शुरु भएयता धितोपत्र बोर्डले ३४ कम्पनीलाई १९ अर्ब २२ करोड ५३ लाख रुपैयाँ बराबरको १९ करोड २२ लाख ५३ हजार कित्ता हकप्रद निष्कासन अनुमति दिएको छ । यी मध्ये अधिकांश कम्पनीको हकप्रद सेयर बिक्री नभएपछि लिलामी गरिएको छ । सूचना नपाएर साधारण हकप्रद बिक्री नभएपनि संस्थापक हकप्रद सेयर पनि बिक्री हुन छाडेको छ । देशभरबाट हकप्रद सेयर भर्न पाउने व्यवस्था नहुनु, पर्याप्त सूचना नपुग्नु र विदेशमा रहनाले पनि हकप्रद सेयर लिलामीसम्म पुगेको लगानीकर्ताका भनाई छ । चुक्तापुँजी बढाउन बैंक तथा वित्तीय संस्थाले हकप्रद सेयर निष्कासन गरेकोमा अधिकांशको बिक्री नभएपछि लिलामी गरिएको छ । पछिल्लो समयमा सिभिल बैंकको ४२ करोड ३८ लाख रुपैयाँ बराबरको ४२ लाख ३८ हजार कित्ता हकप्रद सेयर बिक्री नभएपछि लिलामी गर्न लागेको छ । सर्वसाधारणका अतिरिक्त संस्थापकले समेत हकप्रद सेयर किन्न छाडेका छन् । बैंकबाट कर्जा नपाएपछि यसको असर हकप्रद सेयरमा परेको सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेल बताउँछन् । “संस्थापक लगानीकर्ताले आफ्नो खल्तिबाट लाखौ रुपैयाँ कसैले लगानी गर्दैन” उनले भने “बैंकले लगानीयोग्य पुँजी नभएको भन्दै कर्जा नदिएपछि यसको असर परेको हो ।” हकप्रद सेयर खरिदमा कम्पनीको प्रतिफल पनि मूल कारण रहेको उनको भनाई छ । “राम्रो प्रतिफल दिइरहेको कम्पनीको हकप्रद खरिद भइरहेकै छ । तर कम दिनको नभएको हो” उनले भने । सेयर मूल्य सस्तिएर राम्रो प्रतिफल नपाउने देखिएपछि संस्थापक र सर्वसधारणले हकप्रद सेयर खरिद गर्न छाडेका एक ब्रोेकर बताउँछन् । अहिले बजारमा लगानीयोग्य पुँजीको अभाव भएपछि यसको असर हकप्रद सेयरमा परेको उनको तर्क छ । संस्थापकले नै खरिद गर्न छाडेपछि अब आउने कुनै पनि हकप्रद सेयर बिक्री नहुने देखिएको उनको भनाई छ । राम्रा भनिएका बैंकहरुको हकप्रद सेयर पनि नबिकेर लिलामी गरिएको छ । माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक र नेपाल एसबिआई बैंकको हकप्रद सेयर बिक्री नभएपछि लिलामी गरिएको थियो । मेगा बैंकको पनि हकप्रद सबै बिक्री नभएपछि १८ लाख ४० हजार कित्ता लिलामी गरिएको थियो । माछापुच्छ्रे बैंकले १ लाख ६० हजार ७४२, एभरेष्ट बैंकले ३५ हजार ८४१, सिद्धार्थ बैंकको २ लाख ५३ हजार ९२२ र नेपाल एसबिआई बैंक ४ लाख ६९ हजार ५२ कित्ता सेयर लिलामी गरेका छन । यस्तै, ओम डेभलपमेन्ट बैंकको २ लाख ५२ हजार कित्ता, सानिमामाई हाइड्रोपावर कम्पनी लिमिटेडको १ लाख ४६ हजार कित्ता हकप्रद बिक्री नभएपछि लिलामी गरिएको थियो । चालु आवमा कावेली विकास बैंक, अल्पाइन डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स लिमिटेड, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड जेविल्स फाइनान्स लिमिटेड, माउन्ट मकालु डेभलपमेन्ट बैंकको हकप्रद सेयर लिलामी गरिएका छन् । मञ्जुश्री फाइनान्स लिमिटेडको ६५ प्रतिशत संस्थापक हकप्रद बिक्री नभएपछि लिलामी गरिएको थियो । चालु आवमा सिन्धु विकास बैंक, एनआईसी एसिया बैंक, भागर्व विकास बैंक, कुमारी बैंक, हाम्रो विकास बैंक, कामना सेवा विकास बैंक, ज्योति विकास बैंक, सिटिजन्स बैंक, कञ्चन डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट फाइनान्स लिमिटेड, एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर लिलाम गरिएको थियो । यस्तै हाल प्रभु बैंकको पनि ४० प्रतिशत हकप्रद सेयर निष्कासन भइरहेको छ । बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत अर्थात २ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बराबरको २ करोड ३५ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न गरेके हो । निर्धारित समयमा सेयर बिक्री नभएपछि बैंकले हकप्रद बिक्रीको समय थपेर फागुन २३ गतेसम्म पुर्याएको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि हकप्रद सेयर निष्कासन गरेको छ । अझै बैंक तथा वित्त, जलविद्युत र सुगर मिल्ससमेत गरी १६ कम्पनीले १० अर्ब ५८ करोड १० लाख रुपैयाँ बराबरको १० करोड ५८ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएका छन् । यीनले बोर्डबाट स्वीकृति पाउन बाँकी छ । यी बैंकहरुको एक सय रुपैंयामा खरिद गर्न पाइने हकप्रद सेयरमा समेत लगानीकर्ताको आकर्षण देखिएन । सेयर बजार कानुनका जानकारी ज्योति दाहाल लगानीकर्तासंग पैसा नभएर हकप्रद बिक्री नभएको बताउछन् ।
वचतको ब्याजदर नबढाउन बैंकर्सको कार्टेलिङ, ८ प्रतिशत बढी नदिने आन्तरिक सहमति
काठमाडौं । बैंकहरुले वचतको ब्याजदर नबढाउने आन्तरिक सहमति गरेका छन् । नेपाल बैंकर्स एसोसियसनको शुक्रबारको बैठकले मुद्दति र वचतबीचको ब्याजदर अन्तर १ प्रतिशत मात्र रहेको भन्दै यसलाई घटाउन आन्तरिक सहमति गरेका हुन् । केही महिनाअघि मुद्दति निक्षेपमा ११ प्रतिशत बढी ब्याज नदिने आन्तरिक सहमति गरेका बैंकर्सले वचतको ब्याजदर पनि ८ प्रतिशतमा सीमिति राख्ने सहमति गरेका हुन् । मुद्दति र वचतको ब्याजदर अन्तर धेरै कम भएपछि यसलाई स्थिर राख्ने सहमति भएको एसोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुङानाले बताए । निक्षेप बढाउन बैंकहरुले वचतमा १० प्रतिशतसम्म ब्याज दिन थालेपछि बैंकर्स एसोसियसनले बैठक गरेर घटाउने निर्णय गरेको हो । आधिकांश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्मिलित बैठकले केही समयका लागि वचतको ब्याजदर ८ प्रतिशत नबढाउने र बढेको भएपनि घटाउने सहमति भएको ढुङानाले जानकारी दिए । लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकले धमाधम वचतको ब्याजदर बढाउन थालेका हुन् । अधिकाँश बैंकको पुँजी, कर्जा र निक्षेप अनुपात ७८ प्रतिशत हारहारीमा रहेको छ । निक्षेप उठाउन नसक्दा केही बैंकले कर्जा लगानी बन्द समेत गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा १३ अर्ब रुपैयाँ हारहारीमा तरलता रहेको छ । तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले शुक्रबार ५ अर्ब रुपैयाँ बजारमा पठाएको छ ।
अधिकृत राजेन्द्र लालकर्ण २ लाख घुस सहित रगेंहात पक्राउ
काठमाडौं । घरेलु तथा साना उद्योग कार्यालय लहान, सिरहाका उद्योग अधिकृत राजेन्द्रकुमार लालकर्ण २ लाख रूपैंया घुष सहित पक्राउ परेका छन् । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमको स्वीकृत रकम निकासा गर्न सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा कर्ण पक्राउ परेका हुन् । कर्णलाई गोप्य सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो । कर्णमाथी थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।