‘वाईवाई ग्लोकल टिन हिरो’को चौथो संस्करणका लागि आवेदन खुला, २० वर्षमुनिकाले भर्न पाउने

काठमाडौं । ‘वाईवाई ग्लोकल टिन हिरो’को चौथो संस्करणका लागि आवेदनको आह्वान गरिएकाे छ । किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउन यस कार्यक्रमकाे अायाेजना गरिएकाे हाे । यस मन्चमार्फत किशोर-किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर-किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्नेछ। समर्पित र रचनात्मक किशोर-किशोरीहरुको पहिचान गरी सुरुवातको लागि हौसला प्रदान गर्ने देशको पहिलो कार्यक्रमको यो चौथो वर्ष हो। यस वर्ष देशको विभिन्न ठाउँबाट किशोर किशोरीहरुलाई यस कार्यक्रममा सहभागी गराउने उद्येश्यले काठमाडौं उपत्यका लगायत धनगडी, महेन्द्रनगर, नेपालगञ्ज, बाग्लुंग, बुटवल, भैरहवा, जनकपुर, झापा, बिराटनगर, लहान र पोखरा गरी विभिन्न २८ सहरहरुमा ग्लोकल समूह लगाएत गत वर्षका टिन हिरो २० अन्डर २० सदस्यहरु जाने भएको छ । ‘हामी नेपालको ४०० वटा स्कूलहरुमा पुग्ने छौ र ८ देखि १२ कक्षाका ५०००० विद्यार्थीहरुसंग कार्यक्रमको छलफल गर्नेछौ साथ-साथै सुरुंगा, बिराटनगर, जनकपुर, बुटवल, नेपालगञ्ज, धनगडी र पोखरामा कार्यक्रमको बिस्तृत गतिबिधिहरुको छलफल गर्ने निर्णय गरेका छौ।’ ग्लोकल प्रा.ली.कीपि.आर.म्यानेजर र वाईवाई ग्लोकल टिन हिरोकी संयोजक काजोल झाले बताए । पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेज समिक्क्षाको आधारमा ग्लोकल २०अन्डर २०को घोषणा गरिनेछ। त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्कृष्ट ६को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०१८को बिजेता घोषणा गरिनेछ। वाईवाई ग्लोकल टिन हिरोका सहभागीहरुको निर्णायको लागि ५ जुरी सदस्यको समूह हुनेछ जसमा, अम्बुजसिंह, कन्ट्री डिरेक्टर, कोकाकोला नेपाल, युएनडीपी निर्देशक रेनौ डमेएर, वैद्य उद्योग संगठनका अध्यक्ष्य सुरज वैद्य, सोल्टी क्रावने प्लाजाका महाप्रबन्धक, उपलमजुमदार, स्याकर ट्रडिंगकी मुख्य ब्राडिंग अधिकारी जनाज्योति र प्रिस्माका मुख्य कार्यकारी अधिकारी रंजित आचार्य रहनेछन्। ‘ ग्लोकल टिन हिरोको बिगत तिन वर्षमा हामीले राम्रो सोच र क्षमता भएका सहभागीहरु पाएका थियौ । किशोर-किशोरीहरुसँग पनि विभिन्न क्षमता छ। उनीहरु समाज र राष्ट्रको विकासका लागि प्रभाव पार्ने विभिन्न कार्यक्रमहरु गर्दै आएका छन्, तर उनीहरुको क्षमता प्रदर्शन गर्न कुनै मन्चन भएको कारण उनीहरुलाई आफ्नो र देशको विकास गर्न एक मौका र मन्च प्रदान गर्ने उदेश्यले यस कार्यक्रम सन्चालन गर्दै आएको हो ।’ ग्लोकल प्रा.ली.का कार्यकारी निर्देशक आशिष ठाकुरले बताए । ग्लोकल टिन हिरो २०१८को पुरस्कार समारोह सेप्तेम्बेर१,२०१८मा राजनीतिज्ञ, फिल्म कलाकार, उद्यमशील व्यक्तित्व, युवा नेताहरु गरी नेपालका २५०ं प्रख्यात व्यक्तित्वहरुको उपस्थितिमा हुन लागेको हो। यस वर्ष ग्लोकल टिन हिरोको आवेदन ५मे,२०१८बाट खुल्ने छ र अनलाइन आवेदन www.nepal.glocalteenhero.com मार्फत निशुल्क भर्न सकिन्छ। वाईवाईद्धारा प्रस्तुत ग्लोकल अन्तराष्ट्रिय टिन सम्मेलन २०१८को दोश्रो संस्करण त्यसैगरी, सेप्तेम्बेर१,२०१८मा वाईवाईद्वारा प्रस्तुत ग्लोकल अन्तराष्ट्रिय  टिन सम्मेलन२०१८को दोश्रो संस्करण सम्मेलन आयोजना गर्न लागेको हो। यो सम्मेलन किशोरकिशोरीहरुको आफ्नो हितको प्रमाणित मुद्दा, राष्ट्रिय विकासका बाधा र जनेरेस्नल बाधाहरु बुझ्न अधिकारिक रुपमा छलफल गर्न अवसर हो। यस सम्मेलनले विभिन्न राष्ट्र जस्तै भारत, बंगलादेश, नेपाल, जमैका, मलावी, भिएतनाम, घानाआदिका किशोर किशोरीहरुको विचार, अनुभव, भोगाईहरुलाई प्यानल छलफलमार्फत प्रदर्शन गरिनेछ। सम्मेलनमा मुख्य प्यानलको रुपमा उद्यमशीलता, शशक्तिकरण र सामाजिक परिप्रेक्ष्यमा आधार भई छलफल गरिनेछ जसमा किशोर किशोरीले आफ्नो प्रस्तुतीकरण गर्ने मौका पनि पाउनेछन्। यस सम्मेलनको मुख्य उदेश्य भन्नुपर्दा जस्तो पनि गाह्रो परिस्थिति भएका देशहरुमा काम गर्ने किशोरकिशोरीहरुको उदाहरण कायम गर्न र प्रयास गरे सबै सम्भव छ भन्ने सकारात्मक विचार फैलाउने रहेको छ। विभिन्न देशका साथीहरुसंग सहभागी कर अन्तरक्रियात्मक कार्यक्रमद्वारा ज्ञान र अनुभव सिक्ने मंच प्रदान गर्नेछ जसबाट उनीहरुले नेतृत्व, शशक्तिकरण, सामाजिक परिप्रेक्ष्यको बारे ज्ञान लिन सक्नेछन्। यस सम्मेलन पश्चात वाईवाई ग्लोकल टिन हिरो २०१८ को बिजेता घोषणा गरिनेछ।  

बजेटमा लगानीकर्ताका मागः १५ खर्बको सेयर बजार २७ किलोमिटर भित्र, ब्रोकरको सिण्डीकेट कहिलेसम्म ?

काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले १५ खर्ब रुपैयाँको सेयर बजारलाई २७ किलोमिटर भित्र नखुम्च्याउन माग गरेको छ । फोरमले अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाउन तयार पारेको ज्ञापन पत्रमा सेयर बजार विस्तार सम्बन्धी आफ्ना धारणा अघि सारेको छ । फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले अर्थमन्त्रीलाई भेटेर सेयर बजारको विस्तार र विकासका लागि नयाँ बजेटमा आफ्ना सुझाव दिने तयारी भैरहेको बताए ।फोरमले १५ खर्ब रुपैयाँको सेयर बजारलाई २७ किलोमिटरको रिङरोडभित्र कैद नगर्न, सेयर बजारमा ब्रोकरको सिण्डीकेट तोड्न माग गरेका छन् । फोरमले यी बिषय समेटेर अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदैछ बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया तत्काल कार्यान्वयन गर्ने बाटो खोलियोस् । ब्रोकर लाइसेन्स मर्चेण्ट बैंकरलाई दिए पनि हुन्छ । बैंक वा मर्चेण्ट बैंकरलाई ब्रोकर लाइसेन्स दिएर ७७ वटै जिल्लामा सेयर बजारलाई विस्तार गरियोस् । ५० वटा ब्रोकर कम्पनीबाट सेयर बजारलाई मुक्त गरियोस् । यातायात क्षेत्रको सिण्डीकेट अन्त्य भयो अब पुँजी बजारको सिण्डीकेट कहिले हट्छ ? उपत्यका भित्र ५० वटा र बाहिर ५० वटा गरि १०० ब्रोकरलाई लाइसेन्स दिनुपर्छ । ब्रोकर कमिसन घटाउनु पर्यो । ब्रोकर कमसिन नै पुँजी बजारको बाधक हो । यसलाई घटाएर बजार बढाउन सहयोग गर्नुपर्छ । एनआरएनलाई पनि सेयर बजारमा लगानीको वातावरण बनाउनु पर्छ । एनआरएनलाई लगानी गर्न झ्याल खुलेको छ अब ढोका खुलाउनु पर्छ । उनीहरुलाई सहि बाटोबाट लगानी गर्न दिने र त्यस्तो लगानीबाट आएको मुनाफा फिर्ता लैजाने वातावरण बनाइदिनु पर्छ । अनलाईन कारोबारलाई तोकिएकै समयमा ल्याउनु पर्छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई मार्केट डिलरको लाइसेन्स दिनुपर्छ । म्युचुअल फण्डलाई उचित नियमन गरिनु पर्छ । पुँजी बजारमा भ्याट लगाउनै हुन्न् । भ्याट भनेको अन्तिम उपभोक्ताले तिर्ने हो । सेयर बजारका लगानी कर्ता अन्तिम उपभोक्ता होइनन् । पुँजी बजार भनेको चल सम्पति हो । चल सम्पतिमा भ्याट लगाउने नियम संसारमै छैन् । नेपालमा पनि भ्याट लगाउने कुराले पुँजी बजारको विस्तार हुनै सक्दैन् ।

नक्कली प्रमाणपत्र पेस गरी जागिर खाने ६ जना सरकारी कर्मचारीलाई अख्तियारले समात्यो

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागीर खाने ६ जना कर्मचारी विरुद्ध अख्तियारले कारबाहि प्रक्रिया अघि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग‚ टङ्गालमा शैक्षिक योग्यता सम्बन्धी परेको उजुरीमा अनुसन्धान हुँदा विभिन्न सरकारी कार्यालय‚ संस्थान र शैक्षिक निकायमा कार्यरत कर्मचारीहरुले नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको हो । भारतका विभिन्न बोर्डबाट जारी नै नभएका शैक्षिक योग्यताको प्रमाणपत्रहरु झुठा बनाइ अनुचित लाभ लिने उद्देश्यले नियुक्ति र बढुवाको लागि पेश गरेको तथ्य प्रमाणित हुन आएपछि ६ जना विरुद्ध कारबाहि प्रक्रिया अघि बढेको हो । ६ जना विरुद्ध नै विशेष अदालत‚ काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । यस्ताे छ नक्कली शैक्षिक प्रमाणपत्र बुझाउने कर्मचारीको विवरण

मेगा बैंक र टुरिजम डेभलपमेन्ट बैंकले बैंशाख ३० गतेदेखि एकिकृत कारोबार गर्दे, चुक्तापुँजी ९४७ करोड

काठमाडौं । मेगा बैंक र टुरिजम डेभलमेन्ट बैंकले बैंशाख ३० गतेदेखि एकिकृत बैंकिङ कारोबार गर्ने भएका छन् । दुबै बैंक एकआपसमा गाभिएर मेगा बैंक नेपाल लिमिटेडको नामबाट बैशाख ३० गते आइतबारदेखि एकिृकत कारोबार गर्ने भएका हुन् । दुबै बैंकको साधारणसभाले गत पुसमा एकआपसमा गाभिने प्रस्ताव पारित गरेपछि मेगा बैंकको नामबाट एकिकृत कारोबार सुरु हुन लागेको हो । मेगा बैैंकको प्रतिशेयर मुल्य १०० रुपैँया बराबर टुरिजम बैंकको प्रतिशेयर मुल्य ९५ कायम भएको छ भने टुरिजमको १ कित्ता शेयर हुने शेयरधनीले ०.९५ कित्ताको अनुपातमा शेयर पाउनेछन् । टुरिजमसँगको मर्जर प्रक्रियापछि मेगा बैंकको बढी पुँजी भएको बैंकहरुमध्येमा पर्ने छ । मर्ज भएपछि चुक्ता पुँजी बढेर ९ अर्ब ४७ करोड रुपैयाँ पुग्ने छ ।

गण्डकी विकास बैंकको साधारणसभा जेठ २५ मा, ४४ करोड ५० लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने

काठमाडौं । गण्डकी विकास बैंकको १० औं वार्षिक साधारणसभा जेठ २५ गते पोखरामा हुने भएको छ । बैंकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १९.३१ प्रतिशत अर्थात ४४ करोड ५० लाख ९२ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरणको पारित गर्ने छ । बोनस सेयर वितरण भएपछि बैंकको चुक्तापुँजी बढेर २ अर्ब ७५ करोड पुग्ने छ । पुँजी वृद्धिको प्रस्ताव पनि सभाले पारित गर्ने भएको छ । अन्य बैंक तथा वित्तीय संस्थासंग गाभ्ने र प्राप्ति गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ । संस्थापक र सर्वसाधारणतर्फ प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकको चयन र सञ्चालकको भक्ता र सुविधा वृद्धि गर्ने प्रस्ताव पारित हुने बैंकले जनाएको छ ।

वैदेशिक रोजगार व्यवसायी सम्पति सुद्धिकरणमा, राजश्व सचिव भन्छन्-‘कुरा ओपन सेक्रेट छ’

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरु सम्पति सुद्धिकरणमा पर्ने भएका छन् । सरकारले अनधिकृत रुपमा सम्पति आर्जन गरेको आरोपमा वैदेशिक रोजगार व्यवसायीहरुको सम्पति सुद्धिकरण गर्न लागेको हो । नेपाल उद्योग बाणिज्य महासंघले बिहिबार आयोजना गरेको पुर्व बजेट छलफलमा राजश्व सचिव शिशिर ढुंगानाले सो कुराको रहस्योद्घाटन गरेका हुन् । छलफलमा वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले १० हजार रुपैंयाँ असुलेर कामदार विदेश पठाउन नसकिने धारणा राखेका थिए । त्यसको जवाफमा राजश्व सचिव ढुंगानाले भने–‘वैदेशिक रोजगार व्यवसायीले उठाएको रकमका बारेमा आन्तरिक राजश्व विभागले अध्ययन गरिरहेको छ, उनीहरुलाई सम्पति सुद्धिकरणको मुद्धा लाग्छ ।’ वैदेशिक रोजगार व्यवसायीहरुले १० हजारको विल दिएर लाखौं रकम अण्डर टेबल असुली गरिरहेको बताउँदै उनले भने–१० हजार पैसामा कुन व्यवसायीले विदेश मान्छे पठाएका छन् ? त्यो ओपन सेक्रेट छ ।’ उनले अण्डर टेबल पैसा असुलेर सोझा नागरिक ठग्ने र राज्यलाई कर नतिर्ने वैदेशिक रोजगार व्यवसायीलाई सम्पति सुद्धिकरणको मुद्धा लाग्ने स्पष्ट पारे । ‘रोहन जीले भनेको कुरा यहाँ धेरै गर्नु भएन्, बबरमहलको सम्पति सुद्धिकरणसँग जोडिन्छ, त्यहाँ धेरै इन्स्यु छन्, उहाँले आफैं भनिरहनु भएको छ की, १० हजारको बिल काट्छौं, ७० हजार खर्च छ, ६० हजार घाटा भयो, यहिँबाट कुरा क्लियर भैहाल्छ ।’, ढुंगानाले भने । उनले आन्तरिक राजश्व विभागले वैदेशिक रोजगार व्यवसायीहरुको कर विवरण अनुसन्धान गरिरहेको पनि बताए । उनले १० हजार तिरेर कोहि पनि नेपाली विदेश नगएको बताउँदै अण्डर टेबल असुलीलाई सम्पति सुद्धिकरणले हेर्ने स्पष्ट पारेका हुन् । १० हजार रुपैंयाँ सर्भिस चार्ज मात्रै लिएर नेपाली कामदारलाई वैदेशिक रोजगारमा पठाउनुपर्ने व्यवस्था कार्यान्वयनमा आएपछि व्यवसायीहरुको अनधिकृत असुलीले प्रोत्साहन पाउँदै आएको छ । उनीहरुले १० हजार रुपैंयाँको बिल दिएर लाखौं असुलिरहेका छन् । जुन रकमबाट राज्यकोषमा कर समेत दाखिला भैरहेको छैन् ।

‘जलविद्युत आयोजनाको जोखिम न्यूनीकरणका लागि बीमा आवश्यक’

काठमाडौं । इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले जलविद्युत आयोजना जोखिमपूर्ण रहेको र अब राष्ट्र विकासको मेरुदण्डको रुपमा रहेको जलविद्युत आयोजनाको जोखिम न्यूनीकरणका लागि बीमा अति आवश्यक रहेको बताएका छन् । हिमालयन जेनेरल इन्स्युरेन्स कम्पनीद्धारा आयोजित ‘हिमालयन जेनेरल इन्स्युरेन्स समिट अन हाईड्रोपावर २०१८’ कार्यक्रममा गुरागाईंले सो कुरा बताएका हुन् । कार्यक्रममा अध्यक्ष गुरागाईंले जलविद्युत आयोजना जोखिमपूर्ण रहेको बताएका छन् । यस इन्स्युरेन्सले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल र मार्सको सहआयोजनामा उक्त समीट सम्पन्न गरेको हो । साथै, इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत सुशील बज्राचार्यले ऊर्जा प्रवर्धकका लागि अति आवश्यक बीमाका पक्षहरु समेटी प्रवर्धकहरुलाई एक परिपक्व बीमा पोलिसी खरीद गर्न टेवा पुर्याउने बताएका छन् । कार्यक्रममा मार्सका तर्पmबाट स्कट पिचीले अन्तराष्ट्रिय बीमा बजारको बारेमा जानकारी गराएका छन् ।

जेविल्स फाइनान्सले पायो हकप्रद निष्कासनको अनुमति, २३ करोड ११ लाखको सेयर आउदै

काठमाडौं । जेविल्स फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न अनुमति पाएको छ ।  धितोपत्र बोर्डले जेविल्सलाई चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । जेविल्सले २३ करोड ११ लाख ६५ हजार रुपैयाँ बराबरको २३ लाख ११ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । फाइनान्सको सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

बजारमा सामान्य वृद्धिसँगै ७६ करोडको कारोबार, सबैभन्दा बढी नेपाल बैंकको

काठमाडौं । बिहीबारको कारोबारमा सामान्य सुधार भएको छ । बजार समान्य अंकले बढ्दा ७६ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा ३८ करोड रुपैयाँ बढी हो । बुधबारको बजारमा ३८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । कूल १६९ कम्पनीको कारोबार भएको बिहीबारको बजारमा सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भएको छ । यस कम्पनीको कारोबार रकमका साथै सबैभन्दा बढी सेयर किनबेच भएको छ । यस कम्पनीको एकैदिन एक लाख ६० हजार ६३६ कित्ता सेयर ५ करोड ७३ लाख ४९ हजार ६८८ रुपैयाँमा कारोबार भएको छ । यस कम्पनीको नाफा र सेयर मूल्य सस्तो भएकाले लगानीकर्ताहरु यस कम्पनीमा आकर्षित भएका सेयर बजारका विश्लेशकहरु बताउँछन् । नेपाल बैंकले चालु आर्थिक वर्षको ९ महिनामा २ अर्ब ५६ करोड रुपैयाँ बराबर नाफा कमाएको छ । साथै, बिहीबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५६ रुपैयाँ रहेको छ । बजारमा सबैभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । एकैदिन यस कम्पनीको सेयर मूल्य ९.५२ प्रतिशतले बढेको छ । बिहीबार होटल र अन्य बाहेक बाँकी समूहको सूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूह ७५ अंकले उकालो लागेको छ । हाइड्रोपावर, माइक्रोफाइनान्स र उत्पादनमूलक समूह दोहोरो अंकले उकालो लागेका छन् । समग्रमा नेप्से परिसूचक ५.७७ अंकले बढेर १३६६ अंकमा पुगेको छ । सो दिन नेप्सेमा ०.४२ प्रतिशत वृद्धि भएको छ ।

९ तालको २१७ हेक्टर अतिक्रमित जग्गा फिर्ता गर्ने हानगरकाे ब्रम्हास्त्र, भत्किएला कर्ण शाक्यको घर ?

काठमाडौं । पोखरामा रहेका ९ तालको २१७ हेक्टर जमिन व्यक्तिले अतिक्रमण गरेका छन् । फेवाताल ताल सहित पोखराको ९ तालका २१७ हेक्टर जमिन अतिक्रमणमा परेको हो । अतिक्रमण हुनेमा सबैभन्दा धेरै फेवातालको रहेको छ । फेवातालको झन्डै १ हजार ६९२ रोपनी जमिन ६७३ जनाको नाममा अनियमितता गरी दर्ता भएको छ । अतिक्रमण भएपछि विश्वप्रकाश लामिछानेको संयोजकत्वमा प्रतिवेदन तयार गरी विसं २०६९ साल जेठ ३ गते बुझाएको प्रतिवेदनलाई मुद्दा परेको ६ वर्षपछि सर्वोच्च अदालतले प्रतिवेदन कार्यान्वयन गर्न सुनुवाई गरेको छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले अब जग्गा फिर्ता अभियान छिट्टै सुरु हुने बताए । “महानगर मिचिएको तालको जग्गा फिर्ता लिन सक्षम रहेको सर्वोच्चको आदेशले झनै यो अभियानमा उर्जा थपेको छ, अतिक्रमित जग्गामा बनाइएका सबै भौतिक संरचना भत्काएर ताल संरक्षणको लागि महानगर तयार रहेको छ,” जिसीले विकासन्युजसँग भने । हाल अतिक्रमित जमिनमा घर तथा टहरा लगायतका संरचनाहरु निर्माण भएका छन् । यसैगरी अतिक्रमण भैरहेमा ७५ देखि १०० वर्षमा ताल लोप हने प्रतिवेदनमा उल्लेख गरेको छ । महानगरका प्रशासकिय अधिकृत दीर्घनारायण पौडेलका अनुसार अब महानगरले यस विषयमा छिट्टै कार्यपालिकाकाे बैठक बसी निर्णय लिनेछ । “सर्वोच्चको सुनुवाइमा अतिक्रमित जमिनमा बनेको हाेटल व्यवसायी कर्ण शाक्यको घर लगायत संरचनालाई समितीको निर्णय अनुसार भत्काउने काम अघि बढ्ने उल्लेख गरिएको छ,” पौडेलले भने महानगरलार्इ  प्राप्त सबै अधिकार  प्रयाेग गरी ९ वटै ताल संरक्षणको लागि महानगरले सबै अस्त्र प्रयोग गर्नेछ । सर्वोच्चको पुर्ण पाठमा के कुरा समावेस भएको छ भन्ने कुरा आउन बाँकी रहेको छ । सर्वोच्चको सुनुवाइमा मालपोत, नापी र वातावरण विभागमा गई जाँचबुझ गरी सरकारलाई प्रतिवेदन बुझाउन भनेको छ । फेवातालको विसं २०१९ मा निर्मित पार्दी बाँध २०३१ पौष १७ मा फुटी तालका ५० प्रतिशत पानी बगेर गएपछि जमिन बन्न गएको थियो । नक्साको अध्ययन गर्दा जग्गाको कित्ताहरु ६५० मिटरभन्दा लामो रहेको कतिपय कित्ताहरु हाल पनि पानीमुनी रहेको, सामान्य जग्गाको भन्दा नक्शा अप्राकृतिक देखिन गएपछि छानमिन समितीले सर्वोच्चमा मुद्दा दायार गरेको थियो । फेवातालसँगै बेगनास ताल, रुपा ताल, मैदी, खास्टे, लगायत अन्य तालहरुको पनि जमिन अतिक्रमण भएको महालेखा परिक्षणले जनाएको छ । पोखरामा रहेका सबै तालहरुको कुल क्षेत्रफल १२७३ हेक्टर रहेको सो मध्ये ९८५ हेक्टर पानीले ओगटेको छ भने ७०.४७ हेक्टर पुरिएको छ । २०० रोपनी सार्वजनिक जग्गा फिर्ता महानगरको विभिन्न स्थानमा रहेको झन्डै २ सय रोपनीभन्दा बढी सार्वजनिक जग्गा महानगरले फिर्ता गरेको छ । यसअघि विभीन्न घरटहरा भवन रहेको जग्गा खाली गराई महानगरले पार्क, हरियाली क्षेत्र, बालबालिका, जेष्ठ नागरिक मैत्री स्थानको लागि विकास गर्न लागिएको महानगरले जनाएको छ ।  

प्रभु लाइफ इन्स्योरेन्सकाे साधारणसभा जेठ १० मा, ४० करोड आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।कम्पनीले आउदो जेठ १० गते हुने प्रथम साधारणसभामा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । २ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको प्रभु लाइफमा संस्थापक शेयरधनीले १ अर्ब ४० करोड रुपैयाँ लगानी गरेका छन् । ४० करोड रुपैयाँ आईपीओ निष्कासन गरेर उठाउने तयारी कम्पनीको छ । कारोबार सञ्चालमा आएको १ वर्षको वित्तीय विवरण पारित गरेपछि मात्र प्रभुले आईपीओ निष्कासन गर्न पाउने छ । सभाले नयाँ सञ्चालक समितिको चयन गर्नेछ । कम्पनीले मंसिर २८ गतेदेखि जीवन बीमा कारोबार सुरु गरेको हो । नेपालको इमर्जिङ समूह प्रभु समूह, प्रभु बैंक,सांग्रिला विकास बैंक र मुलुकका अन्य प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको छ ।

एनआईडीसीलाई गाभेपछि राष्ट्रिय वाणिज्य बैंकको नाफा ३ अर्ब १२ करोड पुग्यो

काठमाडौं । सबैभन्दा बढी नाफा गर्नेमा सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक भएको छ ।  एनआईडीसी डेभलपमेन्ट बैंकलाई गाभेपछि राष्ट्रिय वाणिज्यको नाफा बढेर ३ अर्ब १२ करोड ६४ लाख ७९ हजार रुपैयाँ पुगेको छ । एनआईडीसीलाइ नगाभ्दा पनि राष्ट्रिय वाणिज्यको नाफा ३ अर्ब ८ करोड रुपैयाँ थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले एनआईडीसीलाई गाभेपछि शाखा संख्या बढेर १९१ वटा पुगको जानकारी दिए । उनकाअनुसार चुक्तापूँंजी बढेर ९ अर्ब ४७ लाख रुपैयाँ पुगेको छ । जगेडा तथा कोषको आकार पनि बढेर ८ अर्व ३० करोड ५६ लाख रुपैयाँ भएको छ । बैंकको निक्षेप परिचालन बढेर १ खर्ब ५४ अर्व १७ करोड ६३ लाख कर्जा तथा सापट १ खर्ब, १५ अर्व ७३ करोड ९ लाख रुपैयाँ पुगेको श्रेष्ठले जानकारी दिए । सबैभन्दा बढी निक्षेप संकलन र कर्जा प्रवाह गर्नेमा राष्ट्रिय वाणिज्य भएको छ । दुबै संस्था एक आपसमा गाभिएपछि बैंक तथा वित्तीय संस्थाको संख्यामा कमी आई गुणात्मक बृद्धि हुने, बैंकको पूंजीकोष बृद्धि हुन गई बैंकले देशको वित्तीय क्षेत्र तथा समग्र अर्थतन्त्रलाई थप सकारात्मक योगदान पुग्ने उनको भनाई छ ।

२ वर्षदेखि आधा दर्जन कम्पनीको १ करोड ७४ लाख कित्ता आईपीओ रोकियो, हेर्नुस कसको कति ?

काठमाडौं । आवेदन दिएको २ वर्ष बितिसक्दा पनि आधा दजर्न कम्पनीले साधारण सेयर (आईपीओ) र एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएका छैनन् । लामो समयदेखि आईपीओ निष्कासन गर्न अनुमति नपाउनेमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड, गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेड, लाफिङ बुद्ध पावर नेपाल लिमिटेड, युनिक हाइडेल लिमिटेड, एनएमबी बैंक र सीईडीबी हाइड्रो फण्ड लिमिटेड रहेका छन् । यी कम्पनीको १ करोड ७४ लाख ३२ हजार ४६३ कित्ता आईपीओ रहेको छ । यसमध्ये एनएमबीको १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ र बाँकी आईपीओ रहेको छ । एनएमबीले प्रिमियम दरमा एफपीओ निष्कासन गर्न लागेकाले उसको मूल्य तय भएको छैन । तर अन्य कम्पनीले अंकित मूल्य १०० रुपैयाँ रहेको छ । ६ मध्ये ५ वटा जलविद्युत कम्पनी रहेका छन् । आँखुखोलाले ०७३ जेठ ३१ गते सर्वसाधारणलाई २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको थियो । आवेदन दिएको २ वर्षसम्म उसको आईपीओको आवेदन प्रारम्भीक अध्ययनको क्रममा रहेको बोर्डले जनाएको छ । यस्तै लफिङबुद्ध हाइड्रोपावरले गत जेठ ३१ गते ९ करोड ७८ लाख रुपैयाँ बराबरको ९ लाख ७८ हजार कित्ता आईपीओ निष्कासन गर्न बोडमा निवेदन दिएको थियो । उसको पनि प्रारम्भीक अध्ययनको चरणमा रहेको बोर्डले जनाएको छ । गज्र्याङ उपत्यका हाइड्रोपावर लिमिटेडले पनि ०७३ असोज १४ गते २ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको थियो । युनिक हाइडेल लिमिटेडले गत वर्ष जेठ २१ गते निवेदन दिएको थियो । सीईडीबी हाइड्रो फण्ड लिमिटेडले पनि २२ करोड ८९लाख ३० हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न गत असार २७ गते निवेदन दिएको थियो । एनएमबी बैंकले चुक्तापुँजी बढाउन गत जेठ २७ गते १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको थियो ।  

१४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न, १५ करोडको कारोबार

काठमाडौं । राजधानीमा आयोजित १४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ । उक्त व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०७५ मा प्रत्यक्ष अप्रत्यक्ष १४ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ । मेलामा एक लाख ९० हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा शुक्रबारदेखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा चलेको मेलाको समापन गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले आयआर्जन र उद्यमशीलताको विकासबाट मात्रै अर्थतन्त्र सुदृढ हुने बताए । अहिले सबैभन्दा शक्तिशाली सरकारका रुपमा रहेको स्थानीय निकाय मार्फत लघु, घरेलु तथा साना उद्योगको विकास र विस्तारमा बजेट परिचालन गर्नुपर्नेमा जोड दिएका छन् । स्वाधीन र समृद्ध अर्थतन्त्र निर्माणको अभियान सञ्चालन गर्ने उद्घोषका साथ हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन र यस पश्चात गठन हुने केन्द्र र प्रदेश सरकारको मुख्य कार्य मुलुकको समृद्धितर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै तीन लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताए । नेपाल जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रुपमा रहेका भएतापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेको हुँदा आकर्षक प्रतिफल दिन नसकिरहेको भन्दै उनले परिणामतः यस्ता उद्योगहरूमा पुस्ता हस्तान्तरण हुन मुख्य प्राथमिकतामा पर्नुपर्नेमा जोड दिएका छन् । यस्तै पक्षलाई सम्बोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था महासंघले धेरै अगाडि देखि नै नियमित रुपमा राष्ट्रिय तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दै आएको छ र यसरी १३ वटा राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना भइसकेका छन् । गतवर्ष देखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न शुरु गरेको हो । तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिएको प्रदर्शनीले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि-आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणका रुपमा रहेको मेला संयोजक मोहन कटवालले बताए । मुलुकको तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने प्रदर्शनीले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई पनि समावेश गरिएको महासंघले जनाएको छ । नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहेको प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था रहेको थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजित मेलाको सह-आयोजकको रुपमा नेपाल सरकार, उद्योग मन्त्रालय-लघु, घरेलु तथा साना उद्योग विकास कोष, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, अन्तराष्ट्रिय श्रम संगठन आइएलओ रहेका थिए । त्यसैगरी, अन्य सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाहरु यसका प्रवद्र्धक र सहयोगी रहेका थिए ।

स्वीकृति नलिइ विद्युतीय भुक्तानी उपकरण सञ्चालनमा ल्याए कार्वाही : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले केही संस्थाले अनुमति नलिइ विद्युतीय भुक्तानी सम्बन्धित उपकरण सञ्चालनमा ल्याएको भन्दै कार्वाही गर्ने चेतावनी दिएको छ । केन्द्रीय बैंकले स्वीकृति वेगरनै क्यासब्याक अफर, स्मार्ट कार्ड र भाइवर बैंकिङलगायत अन्य विद्युतीय भुक्तानी उपकरण सञ्चालनमा ल्याएको भन्दै यसलाई रोक्न भनेको छ । अनुमति नलिई कुनै प्रकारका विद्युतीय भुक्तानी सम्बन्धी उपकरणहरु सञ्चालन गरेको भए ३५ दिन भित्र नियमित गराउन केन्द्रीय बैंकले भनेको छ । इजाजतपत्रप्राप्त बंैक तथा वित्तीय संस्था अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायक संस्था÷संयन्त्रले यस बंैकबाट अनुमति नलिई सोही प्रकृतिका अन्य भुक्तानीका उपकरणहरु सञ्चालन गरिरहेको भन्ने जानकारी हुन आएका केन्द्रीय बैंकको भनाई छ ।  

साहरा विकास बैंकको १८ करोड २४ लाख ८७ हजारकाे हकप्रद सेयर जेठ ६ गतेदेखि बिक्री खुला

काठमाडौं । सहारा विकास बैंकले जेठ ६ गतेदखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले चुक्तापुँजी बढाउन १८ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको १८ लाख २४ हजार ८७० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बन्द असार ९ गते हुने बैंकले जनाएको छ । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । बैशाख ९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका साविकका सेयरधनीले हकप्रदका लागि आवेदन दिन सक्ने एनआईबीएल क्यापिटलले जनाएको छ । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी २५ करोड ५४ लाख ८१ हजार रुपैयाँ पुग्ने छ ।

रेमिट्यान्सको आकर्षक गन्तव्य दक्षिण कोरिया, ५० प्रतिशत बजार जीएमईको

दिवाकर पौडेल, जीएमई रेमिट कम्पनी, प्रमुख कार्यकारी अधिकृत काठमाडौं । पछिल्लो समय नेपालको लागि रेमिट्यान्सको आकर्षक बजार बनेको छ दक्षिण कोरिया । कानुनी रुपमा करिव ३५ हजार नेपाली दक्षिण कोरियामा कार्यरत छन् । लुकीछिपी कोरिया रहने नेपालीको संख्या पनि निकै रहेको अनुमान छ । नेपालीहरुले बढी आम्दानी गर्ने देशहरु मध्ये दक्षिण कोरिया पनि एक हो, जहाँ कामदारले प्रतिव्यक्ति मासिक २ लाखदेखि ४ लाख रुपैयाँसम्म कमाउने गर्छन् । कोरियामा न्यूनतम पारिश्रमिक मासिक १८०० अमेरिकी डलर बराबर छ । नेपाल राष्ट्र बैंकका अनुसार कोरियामा कानुनी रुपमा कार्यरत नेपालीहरुको वार्षिक आम्दानी ८० अर्ब रुपैयाँभन्दा बढी हुुन्छ । उनीहरुले वार्षिक रुपमा करिब ६० अर्ब रुपैयाँसम्म नेपाल पठाउन सक्छन् । करिव ६० अर्ब रुपैयाँको रेमिट्यान्स बजार यतिबेला रेमिट कम्पनीहरुको आकर्षक गन्तव्य बनेको छ । सन् २०१७ जुलाईमा कोरियाले पहिलो पटक रेमिट्यान्स कम्पनीहरुले सेवा सञ्चालन गर्न सक्ने नीति लियो । रेमिट्यान्स कम्पनीहरुको लागि बजार खुला भएपछि गत अक्टोबरबाट जीएमई रेमिट कम्पनीले पहिलो पटक सेवा शुरु गर्यो । हालसम्म हानपास, एसवीआई, क्यूएस, क्यू स्क्वाइर, जी मनि ट्रान्सले कोइरियाबाट सेवा शुरु गरिसकेका छन् भने अन्य आधा दर्जन कम्पनीहरु सेवा सञ्चालनको अन्तिम तयारीमा जुटिरहेका छन् । सञ्चालनमा आएको रेमिट्यान्स कम्पनीहरुसँगको साझेदारीमा रेमिट कारोबार गर्न बैंकहरु पनि कोरियामा केन्द्रीत भएका छन् । हालसम्म ग्लोबल आईएमई, हिमालयन, इन्भेष्टमेन्ट, नविल, जनता, कुमारी, एनएमबी, सानिमा, एभरेष्ट बैंकले रेमिट्यान्स कम्पनीसँग साझेदारीमा रेमिट कारोबार सेवा दिईरहेका छन् । जीएमई अगाडी बजारमा जो पहिला आउँछ, हमेसा उसैले बजारमा अगुवाई गर्छ र नेतृत्व पनि लिन्छ । दक्षिण कोरियाको रेमिट्यान्स कारोबारमा पनि यहि नियम लागू भएको छ । सन् २०१७ जुलाईमा कोरियामा रेमिट्यान्स कम्पनीलाई बजार खुला गरिएपछि जीएमई रेमिट कम्पनीले पहिलो पटक सेवा शुरु गर्यो । त्यसैको प्रतिफल स्वरुप कम्पनीले करिव ५० प्रतिशत बजार हिस्सा लिन सफल भएको छ । ‘कोरियामा कानुनी प्रक्रिया पुरा गरेर काम गर्ने नेपालीको संख्या करिव ३५ हजार छन् । त्यसमध्ये ५० प्रतिशत जीएमईको ग्राहक भएर कारोबार थालेका छन्’ जीएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले भने । कानुनी प्रक्रिया पुरा नगरी कोरियामा काम गरिरहेका नेपालीले रेमिट्यान्स वा बैंकिङ प्रणालीबाट पैसा पठाउन नसक्ने उनले बताए । रेमिट्यान्स सेवा मोवाइलबाट प्रविधिको प्रयोगसँगै रेमिट्यान्स पठाउन बैंक वा रेमिट्यान्स कम्पनीको कार्यालय जानु पर्दैन । ‘पहिलो पटक खाता खोल्दा ग्राहक आफै उपस्थिति भई पूर्ण विवरण बुझाउनु पर्छ । त्यसपछि कम्पनीले ग्राहक परिचय नम्बर दिन्छ । त्यसको आधारमा ग्राहकले मोवाईल एप प्रयोग गरि घरबाटै वा मोवाईलबाटै आफन्तलाई पैसा पठाउन सकिन्छ’ पौडेलले भने-‘जीएमई एप प्रयोग गरेर ग्राहकले आफन्तलाई पैसा पठाउन सक्छन्, बैंक वा पैसा पठाउन रेमिट काउन्टरमा जानु पर्दैन’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले भने- ‘ग्राहक बन्न एक पटक हाम्रो अफिसमा आउने हो, ग्राहक परिचय नम्बर लिएपछि आफ्नो बैंक खातामा भएको पैसा सोझै पठाउन सकिन्छ ।’ कोरियामा सबैको बैंक खाता हुने र पारिश्रमिक पनि बैंक खातामा आउने भएकोले नगद कारोबार ज्यादै कम हुने उनले बताए । पैसा पठाउँदा कारोबार नम्बर सिर्जना हुन्छ । पैसा पठाउनेले त्यो नम्बर आफन्तलाई एसएमएस गरेर जानकारी दिएपछि यताबाट पैसा झिक्न कुनै समस्या हुँदैन । ‘अधिकांश नेपालीसँग स्मार्ट फोन छ, एसएमएसको सुविधा नभएकोलाई फोन गरेर कारोबार नम्बर टिपाउन सकिन्छ’ पौडेलले भने । यसरी पैसा पठाउँदा पाउनेले पाए नपाएको, कुन ठाउँबाट लिएको सबै जानकारी पठाउनेले तत्काल पाउने छ । ‘डलरको विनियमय दर पनि थाहा हुन्छ । कति डलर उताबाट पठाएको हो र यहाँ पाउनेले कति रुपैयाँ लिएको हो, पठाउनेलाई सबै जानकारी हुन्छ । नेपालीले एक पटकमा ३ हजार डलर पठाउन सक्छन् भने वर्षमा २० हजार डलर पठाउन सक्छन् । ‘औसतमा नेपालीहरुले मासिक १५/१६ सय डलर पठाउने गरेका छन्’ पौडेलले भने । नेपालीले विगतमा हुण्डीबाट पठाउने गरेका थिए । हुण्डीबाट पठाउँदा जोखिम बढी थियो । विगतमा बैंकबाट पैसा पठाउँदा टीटी शुल्क प्रतिव्यक्ति २५ बैंकले लिने गरेको थियो । हजार जनाले पैसा एकै पटक पठाए पनि प्रतिव्यक्ति २५ डलर तिर्नै पर्दथ्यो । अहिले जीएमईले प्रति कारोबार ५ डलर शुल्क लिएर पैसा पठाउने गरेको उनले बताए ।  

१४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा १० करोडको कारोबार

काठमाडौं । राजधानीमा चलिरहेको नेपाल १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०७५ मा सोमबारसम्म प्रत्यक्ष अप्रत्यक्ष झण्डै दश करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।सोमबारसम्म मेलामा एक लाख ४० हजार अवलोकनकर्ताले अवलोकन गरेका छन् । मेलामा एकैदिन तीन करोड रुपैयाँको कारोबार भएको छ भने ४० हजारले अवलोकन गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा शुक्रबारदेखि राजधानीको प्रदर्शनीमागीस्थित भृकुटीमण्डप परिसरमा शुरु भएको मेलामा शुक्रबार २० हजारले अवलोकन तथा ५० लाखको कारोबार भएको थियो भने शनिबार ५० हजारले अवलोकन तथा चार करोड रुपैयाँको कारोबार भएको थियो । यसैगरी, आइतबार ३० हजारले अवलोकन तथा सवा दुई करोड रुपैयाँको कारोबार भएको थियो । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी मङ्गलबारसम्म चल्ने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने रहेको छ । स्वाधीन र समृद्ध अर्थतन्त्र निर्माणको अभियान सञ्चालन गर्ने उद्घोषका साथ हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन र यस पश्चात गठन हुने केन्द्र र प्रदेश सरकारको मुख्य कार्य मुलुकको समृद्धितर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै तीन लाख लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रदर्शनीमार्फत प्रतिबिम्बित गरिएको महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले बताए । नेपाल जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रुपमा रहेका भएतापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेको हुँदा आकर्षक प्रतिफल दिन नसकिरहेको भन्दै उनले परिणामतः यस्ता उद्योगहरूमा पुस्ता हस्तान्तरण हुन मुख्य प्राथमिकतामा पर्नुपर्नेमा जोड दिएका छन् । यस्तै पक्षलाई सम्बोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था महासंघले धेरै अगाडि देखि नै नियमित रुपमा राष्ट्रिय तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दै आएको छ र यसरी १३ वटा राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना भइसकेका छन् । गतवर्ष देखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न शुरु गरेको हो । तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने प्रदर्शनीले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि-आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षणका रुपमा रहेको मेला संयोजक मोहन कटवालले बताए । मुलुकको तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने प्रदर्शनीले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, रोजगारी मेला लगायतका विविध कार्यक्रमहरु प्रदर्शनीका महत्वपूर्ण कार्यक्रमहरु हुने महासंघले जनाएको छ । प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहेको छ । २५० वटा स्टलको व्यवस्था रहेको सो प्रदर्शनीमा दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने र सात करोड भन्दा बढीको प्रत्यक्ष र १० करोड बराबरको अप्रत्यक्ष कारोबार हुने प्रक्षेपण महासंघले गरेको थियो । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने मेलाको सह-आयोजकको रुपमा नेपाल सरकार, उद्योग मन्त्रालय-लघु, घरेलु तथा साना उद्योग विकास कोष, वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, अन्तराष्ट्रिय श्रम संगठन आइएलओ रहेका छन् । त्यसैगरी, अन्य सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाहरु यसका प्रवद्र्धक र सहयोगी रहेका छन् ।

लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध: अाेली

रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । पच्चीस सय ६२औँ बुद्ध जयन्तीको अवसरमा साेमबार लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यो ठाउँ हेर्दा पनि पवित्र, सुन्दा पनि पवित्र र सुगन्ध पनि पवित्र हुने ठाउँका रुपमा स्थापित गर्ने बताए । प्रधानमन्त्री ओलीले लुम्बिनी वनलाई सुन्दर र बास्नादार ज्ञानले भरिपूर्ण प्राकृतिक सौन्दर्ययुक्त ‘मौरीको आहारा पाउने’ थलोका रुपमा विकास गर्ने उल्लेख गरेका छन्। कमजोरी, खराबी र विकृति हटाउने विषयलाई बुद्धले कहिल्यै स्वीकार नगरेको बताउँदै उनले भने, “अहिले पनि बुद्धका विचार सान्दर्भिक, महत्वपूर्ण र कालजयी छन् ।” बुद्ध लुम्बिनीमा जन्मेको विषयमा बहस गर्न नपर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बुद्धसँग सम्बन्धित देवदह, तिलौराकोट र रामग्राम क्षेत्रको विकास गर्न सरकार कटिबद्ध रहेको बताए । प्रधानमन्त्री ओलीले भने, “लुम्बिनी तीर्थस्थल, पर्यटकीयस्थल र अध्ययनस्थल मात्रै होइन, ज्ञानभूमि, तपोभूमि, देवभूमि पनि हो ।” प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीलाई स्थानीय जनतासँग जोड्न नसकेको तथ्य स्वीकार गर्दै बुद्धले मानव जातिको विकासका लागि नयाँ दर्शन प्रतिपादन गरेको बताएका छन् । बुद्धसँग सम्बन्धित क्षेत्र तिलौराकोट, देवदह, रामग्रामको एकीकृत विकासमा जोड दिँदै उनले बुद्ध जयन्तीलाई प्रदेशको राष्ट्रिय पर्वको रुपमा मनाउन चाहने बताएका छन्। सो अवसरमा प्रधानमन्त्री ओलीले लुम्बिनी विकास कोषका चार उत्कृष्ट कर्मचारी, दुई अति उत्कृष्ट कर्मचारी र एक सर्वोत्कृष्ट कर्मचारीलाई सम्मान गरेका छन् । उत्कृष्ट कर्मचारीलाई १० हजार, अति उत्कृष्ट कर्मचारीलाई २० हजार र सर्वोत्कृष्ट कर्मचारीलाई ३० हजार नगद प्रदान गरिएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा भएको उक्त समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

९ महिनामा खराब कर्जाः सबैभन्दा कम एसबीआई र बढी एनसीसी बैंक

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा सबैभन्दा कम खराब कर्जा (एनपीएल) नेपाल एसबीआई बैंकको रहेको छ । सबैभन्दा बढी खराब कर्जा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको छ । गत चैतसम्म एसबीआईको खराब कर्जा ०.१३ प्रतिशत मात्र छ । साउनयता एसबीआईको खराब कर्जा ०.१३ प्रतिशतमा स्थिर रहेको छ । एनसीसी बैंकले खराब कर्जा ४ प्रतिशतबाट घटाएर ३.९७ प्रतिशतमा झारे पनि सबैभन्दा बढी भएको कम्पनीद्धारा सार्वजनिक वित्तीय विवरणले देखाएको छ । गत पुसमा सानिमा बैंकको एनपीएल ०.०३ प्रतिशत रहेकोमा ९ महिनामा आएर बढी ०.१७ प्रतिशत पुगेको छ । सिभिल बैंकको ४.६९ प्रतिशतबाट घटेर ३.७४ प्रतिशतमा सीमिति भएको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको खराब कर्जा बढेर ०.२१ प्रतिशत पुगेको छ । पुसमा बैंकको ०.१७ प्रतिशत थियो । यस्तै, एभरेष्ट बैंकको खराब कर्जा घटेर ०.२३ प्रतिशतमा झरेको छ । गत पुसमा ०.२५ प्रतिशत थियो । एनआईसी एसिया बैंकले खराब कर्जा घटाएर ०.२२ प्रतिशतमा सीमिति गरेको छ । गत पुसमा बैंकको ०.२६ थियो । माछापुच्छ्रे बैंकको खराब कर्जा सामान्य वृद्धि भई ०.३५ प्रतिशत पुगेको छ । गत पुसमा ०.३३ प्रतिशत थियो । यस्तै सेन्चुरी कमर्शियल बैंकको पनि घटेर ०.७६ प्रतिशतमा सीमित भएको छ । गत पुसमा ०.९९ प्रतिशत थियो । १ प्रतिशत भन्दा तल खराब कर्जा हुनेमा मेगा बैंक रहेको छ । मेगाको खराब कर्जा ९८ प्रतिशत छ । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंकको ०.७६ प्रतिशत छ । यस्तै, प्रभु बैंकको खराब कर्जा घटेर ३.९० प्रतिशतमा झरेको छ । गत पुसमा प्रभुको खराब कर्जा ४.१२ प्रतिशत थियो । कृषि विकास बैंकको घटेर ३.४९ प्रतिशत भएको छ । गत पुसमा ३.९५ प्रतिशत थियो । नेपाल बैंकको खराब कर्जा घटेर २.९१ प्रतिशतमा झरेको छ । गत पुसमा ३.२३ प्रतिशत थियो । यस्तै राष्ट्रिय वाणिज्य बैंकको २.९० प्रतिशत छ । कुन बैंकको कति ? (प्रतिशतमा)  बैंक                                     ९ महिना                                          ६ महिना एनसीसी बैंक                           ३.९७                                                   ४.०४ प्रभु बैंक                                   ३.९०                                                   ४.१२ सिभिल बैंक                             ३.७४                                                   ४.५२ कृषि विकास बैंकको                 ३.४९                                                   ३.९५ नेपाल बैंक                               २.९१                                                   ३.२३ राष्ट्रिय वाणिज्य बैंक               २.९०                                                   २.११ जनता बैंक                               १.९५                                                   २.६५ बैंक अफ काठमाण्डु                  १.३२                                                   १.८६ सनराईज बैंक                          १.४५                                                    १.६५ ग्लोबल आईएमई बैंक              १.२९                                                     १.६१ कुमारी बैंक                              १.२४                                                     १.६१ सिद्धार्थ बैंक                             १.३१                                                     १.५० प्राइम कमर्शियल बैंक              १.०६                                                     १.४३ नेपाल बंगलादेश बैंक               १.७७                                                     १.४७ सिटिजन्स बैंक                        १.४६                                                     १.२५ हिमालयन बैंक                        १.१९                                                     १.३२ लक्ष्मी बैंक                               १.१६                                                     १.२९ एनएमबी बैंक                           १.१५                                                     १.२० नविल बैंक                                १                                                          १.१३ नेपाल इन्भेष्टमेन्ट बैंक           ०.७६                                                      १.१२ सेन्चुरी कमर्शियल बैंक            ०.७६                                                       ०.९९ मेगा बैंक                                  ०.९८                                                       ०.९६ माछापुच्छ्रे बैंक                        ०.३५                                                       ०.३३ एनआईसी एसिया                    ०.२२                                                       ०.२६ एभरेष्ट बैंक                             ०.२३                                                       ०.२५ स्ट्याण्डर्ड चार्टर्ड बैंक                ०.२१                                                       ०.१७ सानिमा बैंक                             ०.१७                                                       ०.०३ नेपाल एसबीआई बैंक               ०.१३                                                        ०.१३