स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १ अर्ब ३७ करोड रुपैयाँ, खराब कर्जा १.८८ प्रतिशत

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १६.२९ प्रतिशत घटेर १ अर्ब ३७ करोड ३३ लाख २४ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब ६४ करोड ६ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ९.१३ प्रतिशत घटेर १ अर्ब ९७ करोड ४२ लाख १६ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले २ अर्ब १७ करोड २४ लाख ६९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ११.५४ प्रतिशत बढेर ७७ करोड ५७ लाख २४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी २.८५ प्रतिशत घटेर ३ अर्ब १२ करोड ७० लाख ८२ हजार रुपैयाँ, सञ्चालन नाफा १६.२१ प्रतिशत घटेर १ अर्ब ९६ करोड ६४ लाख ३४ हजार रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ९१ करोड २५ लाख ४७ हजार रुपैयाँ रहेको छ । १० अर्ब ४ करोड २३ लाख ६८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब २३ करोड १३ लाख ५४ हजार रुपैयाँ रहेको छ ।  पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन ९.६४ प्रतिशत बढेर १ खर्ब ३७ अर्ब ४२ करोड ७३ लाख ४८ हजार रुपैयाँ र कर्जा प्रवाह ५.९७ प्रतिशत घटेर ६८ अर्ब ५४ करोड २३ लाख २८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले १ खर्ब २५ अर्ब ३३ करोड ८८ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्ब ८९ करोड ३० लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ५९.९९ प्रतिशत छ । यस्तै, बैंकको आधार दर ४.७६ प्रतिशत छ ।  बैंकको प्रतिसेयर आम्दानी ५.३२ रुपैयाँ घटेर २७.३५ रुपैयाँमा झरेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २३.१० गुणा छ ।  गत वर्षको पुसमा १.७१ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुसमा बढेर १.८८ प्रतिशत पुगेको छ । 

लक्ष्मी सनराइजको ब्याज आम्दानी ५ अर्ब २४ करोड, कर्जा ४.७१ प्रतिशत बढ्यो

काठमाडौं । लक्ष्मी सनराइज बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा २७ करोड ३६ लाख १५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले १ अर्ब १६ करोड २० लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १.१४ प्रतिशत बढेर ५ अर्ब २४ करोड ९० लाख ३७ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ५ अर्ब १९ करोड १ लाख १६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १८.१५ प्रतिशत बढेर १ अर्ब १८ करोड ३ लाख ७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ९.४४ प्रतिशत बढेर ७ अर्ब ३४ करोड ३९ लाख ८८ हजार रुपैयाँ, सञ्चालन नाफा १५ करोड ९८ लाख ८ हजार रुपैयाँ ऋणात्मक छ ।  समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ८४ करोड २७ लाख १३ हजार रुपैयाँ ऋणात्मक छ । २६ अर्ब ७८ करोड ११ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १८ अर्ब ५८ करोड ९ लाख ४८ हजार रुपैयाँ रहेको छ ।  पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन ४.६८ प्रतिशत बढेर ३ खर्ब ८४ अर्ब २३ करोड ८ लाख ५४ हजार रुपैयाँ र कर्जा प्रवाह ४.७१ प्रतिशत बढेर २ खर्ब ८७ अर्ब ९० करोड ३१ लाख ५४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ३ खर्ब ६७ अर्ब ५ करोड ३७ लाख ६ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७४ अर्ब ९६ करोड ३६ लाख ६७ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७७.४४ प्रतिशत छ । यस्तै, बैंकको आधार दर ५.४७ प्रतिशत छ ।  बैंकको प्रतिसेयर आम्दानी २.०४ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १६६.२३ रुपैयाँ छ । गत वर्षको पुसमा ५.५६ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुसमा घटेर ५.५० प्रतिशतमा झरेको छ । 

एनएमबि बैंकको निक्षेप र कर्जा दुवै बढ्यो, नाफा १ अर्ब ६४ करोड रुपैयाँ

काठमाडौं । एनएमबि बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १७.७१ प्रतिशत घटेर १ अर्ब ६४ करोड ८६ लाख १३ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले २ अर्ब ३५ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १२.१८ प्रतिशत बढेर ४ अर्ब ७७ करोड १४ लाख ७६ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब २५ करोड ३२ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २१.१७ प्रतिशत बढेर १ अर्ब ३४ करोड २९ लाख ८१ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.२१ प्रतिशत बढेर ६ अर्ब ५४ करोड ९२ लाख १२ हजार रुपैयाँ, सञ्चालन नाफा १५.२९ प्रतिशत घटेर २ अर्ब ५० करोड ९९ लाख ६८ हजार रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ५६ करोड ४३ लाख १३ हजार रुपैयाँ रहेको छ । १९ अर्ब २८ करोड ५० लाख ४१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ८१ करोड २५ लाख ४० हजार रुपैयाँ रहेको छ ।  पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन ३.७४ प्रतिशत बढेर २ खर्ब ९१ अर्ब ४४ करोड १० लाख ४२ हजार रुपैयाँ र कर्जा प्रवाह ४.८२ प्रतिशत बढेर २ खर्ब ३९ अर्ब ४७ करोड ६ लाख ४९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले २ खर्ब ८० अर्ब ९२ करोड ६४ लाख ६८ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २८ अर्ब ४५ करोड ६३ लाख ४ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५.०९ प्रतिशत छ । यस्तै, बैंकको आधार दर ५.४८ प्रतिशत छ ।  बैंकको प्रतिसेयर आम्दानी ३.६८ रुपैयाँ घटेर १७.१० रुपैयाँमा झरेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १६८.७५ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.९८ गुणा छ ।  गत वर्षको पुसमा ३.९७ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुसमा बढेर ४.५६ प्रतिशत पुगेको छ ।  

नाफामा नम्बर वान बन्यो नबिल बैंक, वितरणयोग्य नाफा ३ अर्ब २७ करोड रुपैयाँ

काठमाडौं । नबिल बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ४६.७१ प्रतिशत बढेर ४ अर्ब ७५ करोड ९६ लाख ४१ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले ३ अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यससँगै चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंक बनेको छ । चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी २.४२ प्रतिशत बढेर ८ अर्ब ८ करोड ७२ लाख ८८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ८९ करोड ५९ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ६.६१ प्रतिशत बढेर १ अर्ब ६१ करोड १३ लाख २७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ५.५८ प्रतिशत बढेर १० अर्ब ६३ करोड १७ लाख २९ हजार रुपैयाँ, सञ्चालन नाफा २६.९५ प्रतिशत बढेर ६ अर्ब ५७ करोड २६ लाख ९८ हजार रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब २७ करोड ३० लाख ३२ हजार रुपैयाँ रहेको छ । ३२ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३३ अर्ब ४२ करोड ८० लाख ५६ हजार रुपैयाँ रहेको छ ।  पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन ७.९० प्रतिशत बढेर ५ खर्ब ६६ अर्ब ५ करोड ९४ लाख १४ हजार रुपैयाँ र कर्जा प्रवाह ५.७८ प्रतिशत बढेर ४ खर्ब ३४ अर्ब ७३ करोड ८४ लाख ४५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ५ खर्ब २४ अर्ब ६२ करोड ५९ लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १० अर्ब ९९ करोड २० लाख ४१ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.१२ प्रतिशत छ । यस्तै, बैंकको आधार दर ५.०४ प्रतिशत छ । गत वर्षको पुसमा ४.९३ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुसमा ४.२५ प्रतिशतमा झरेको छ । बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ११.०६ रुपैयाँ बढेर ३५.०४ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ २३५.६४ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.९१ गुणा छ ।

ग्लोबल आइएमई बैंकको नाफा ३ अर्ब २५ करोड रुपैयाँ, निक्षेप संकलन ६ खर्ब नाघ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ६.५० प्रतिशत बढेर ३ अर्ब २५ करोड २१ लाख १७ हजार रुपैयाँ गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा बैंकले ३ अर्ब ५ करोड ३४ लाख ८९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ३.३३ प्रतिशत घटेर ८ अर्ब २ करोड २३ लाख १७ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ८ अर्ब २९ करोड ८५ लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  चालु आवको पुस मसान्तसम्ममा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ९.७४ प्रतिशत बढेर १ अर्ब ७५ करोड ६२ लाख ५५ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.६९ प्रतिशत बढेर १० अर्ब ८७ करोड ९ लाख ३२ हजार रुपैयाँ, सञ्चालन नाफा १.७२ प्रतिशत बढेर ४ अर्ब २७ करोड ६३ लाख २७ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ४२ करोड ६६ लाख ७५ हजार रुपैयाँ रहेको छ ।  ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २६ अर्ब २७ करोड ८ लाख ४८ हजार रुपैयाँ रहेको छ ।  पुस मसान्तसम्ममा बैंकको निक्षेप संकलन १०.०३ प्रतिशत बढेर ६ खर्ब ५ अर्ब ८८ करोड २ लाख ७८ हजार रुपैयाँ र कर्जा प्रवाह ५.५७ प्रतिशत बढेर ४ खर्ब ३२ अर्ब ९६ करोड ७२ लाख ५६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ५ खर्ब ५० अर्ब ६२ करोड ८५ लाख ८८ हजार रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १० अर्ब ११ करोड ३९ लाख ३३ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७१.५५ प्रतिशत छ । यस्तै, बैंकको आधार दर ५.१६ प्रतिशत छ ।  बैंकको नाफा बढेसँगै प्रतिसेयर आम्दानी १.०४ रुपैयाँ बढेर १७.०६ रुपैयाँ पुगेको छ । यस्तै, बैंकको प्रतिसेयर नेटवर्थ १७५.२९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.२४ गुणा छ ।  गत वर्षको पुसमा ४.८६ प्रतिशत रहेको खराब कर्जा चालु आवको पुसमा ४.९१ प्रतिशत रहेको छ ।  

विजय र भगवतीको टक्करमा रास्वपाको फरक रणनीति, यस्तो छ सुनसरी-३ को चुनावी विश्लेषण

काठमाडौं । विजय गच्छदारको सुनसरी-३ मा प्रतिनिधि सभाको निर्वाचनमा टिकट अनिश्चितजस्तै थियो । किनभने नेपाली कांग्रेसमा शक्तिको सत्ता फेरिएको थियो । गच्छदार राजनीतिमा निर्वतमान सभापति शेरबहादुर पक्षधर थिए । उनी पूर्वउपसभापति समेत थिए ।  कांग्रेसको विशेष महाधिवेशनले नेतृत्व फेरिसकेको छ । गगन थापा सभापति बनेर टिकट बाँडेका छन् । टिकट पाइसकेर धेरै उम्मेदवार चुनावी मैदानमा पुगिसकेका छन् । विजय गच्छदारले सुनसरी–३ बाट उम्मेदवारी दिँदै आएका थिए । आफ्नो गढ मानिएको ठाउँमा उनलाई जान सधैं हतारो हुन्थ्यो । यसपालि पनि त्यस्तै भयो जहाँ उनलाई उम्मेदवारी दर्ता गर्नु थियो ।  यसपटक भने गच्छदार अलमलमा परेका थिए, टिकट पाउने हुँ कि नपाउने भनेर । किनभने उनलाई पार्टीभित्र शक्तिक्षीण भएको महसुस भएको थियो । उनी सधैं राज्य र पार्टीको शक्तिमा थिए । पार्टीले पनि सुनसरी ३ नम्बर क्षेत्रमा दुई जनाको नाममा टिकट वितरण गर्‍यो ।  विजयकुमार गच्छदार र नगर सभापति वेदनारायण गच्छदारले टिकट पाए । दुवै जना टिकट लिएर निर्वाचन क्षेत्र पुगे । निर्वाचन आयोगमा केही समय उम्मेदवारी दर्ता हुन सकेन । वेदनारायण गच्छदार दुहबी नगरपालिकाका मेयरसमेत हुन् । गच्छदारले अन्तिम पटक भएको भन्दै सबैलाई सहयोग गर्न आग्रह गरे । उनको आग्रहपछि विजयकुमार मनोनयन दर्ता गराउन निर्वाचन कार्यालय पुगे । विजय गच्छदार गत प्रतिनिधि सभाको निर्वाचनमा एमालेकी उम्मेदवार भगवती चौधरीसँग पराजित बनेका थिए । उनले ३५ हजार ६०० मत पाएका थिए । गत निर्वाचनमा उनले चुनावी इतिहासमा पहिलोपटक हार बेहोरेका थिए । छैठौं पटक जित हासिल गरेपछि गच्छदारले सातौं पटकमा निर्वाचनको परिणाममा फेल खाएका हुन् ।  यसपटक भने उनै गच्छदार एमालेकी उम्मेदवारसँग बदला लिने तयारीमा छन् । जसले गर्दा राज्य शक्तिबाट च्युत भए पनि पार्टीबाट शक्ति गुमाएनन् । कुनै समय सुनसरीमा कांग्रेस भन्नु नै गच्छदार थिए । गच्छदारले आफ्नो शक्ति र मत चिन्न नसक्दा जनताको पराजित बन्न पुगेका थिए । अन्तिम पटकको चुनावी लडाइँमा लागेका उनी आफ्नो पक्ष मत ल्याउने छन् । उनी इतिहास दोहोर्‍याउने दाउमा छन् । गच्छदारको सत्ता तोड्ने चौधरी नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी यसपटक पुनः जित हासिल गर्न कस्सिएकी छन् । गत निर्वाचनमा उनी ४० हजार ७८८ मत प्राप्त गरी विजयी भएकी थिइन् । उनले गच्छदारलाई निर्वाचनमा हराइनन् मात्र उनको सुनसरीमा देखिने सत्ताको शक्तिलाई समेत हराएकी थिइन् ।  ३ नम्बर क्षेत्रमा चौधरी समुदायको बाहुल्यता रहेको छ । चौधरीलाई आदिवासी समुदायको सूचीमा राखिएको छ । सोही ठाउँबाट उनले साहसी महिलाको रूपमा विजयी झण्डा फहराउँदै र हात हल्लाउँदै संसदमा छिरिन् ।  चौधरीले संसदमा मात्र पाइला राखिनन् । पहिलोपटक बालुवाटारमा मन्त्रीको हैसियतले आफ्नो उपस्थिति जनाइन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत भइन् । आफ्नो कार्यकालमा सामाजिक न्याय, समावेशीकरण र संरक्षणका क्षेत्रमा उल्लेखनीय नीतिगत पहल गरेको चौधरीको भनाइ छ । उनले महिला उद्यमशीलता, सामाजिक न्याय र सुशासनका सवालमा छोटो कार्यकालमा सार्वजनिक स्थानमा राम्रो काम गरेको दाबी गर्दै आएकी छन् । एमालेकी उम्मेदवार भगवती चौधरी ।  चौधरी अर्थतन्त्र, सामाजिक विकास र अन्तर्राष्ट्रिय समन्वयमा अनुभव हासिल गरेकी उनी युवाहरू तथा महिलाहरूको स्वरोजगार र आत्मनिर्भरताको सवालमा निरन्तर क्रियाशील रहँदै आएकी छन् । राजनीतिलाई पेसा–व्यवसायभन्दा पनि समाजसेवा र नीति निर्माणमा काम गर्ने थलो बनाइनु पर्ने नेतृ चौधरी बेला–बेलामा बताउने गर्छिन् । असफल नेताहरूको मत तान्ने रणनीतिमा रास्वपा सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अशोककुमार चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यसपटक उनी सोही क्षेत्रमा विगतमा विजयी भएकाहरू असफल भएको भन्दै आएका छन् । उक्त क्षेत्रलाई सबैभन्दा बढी रोचक मानिएको छ ।  जेनजी आन्दोलनपछि नेपालको राजनीति परिदृश्य बदलिएको छ । नयाँ–नयाँ राजनीतिक दलको उदय भएकाले आफ्नो स्थान बलियो बनाउन खोजेका छन् । गत निर्वाचनमा ठूला दलले गठबन्धन गरेका थिए । यसपटक सबै दलले आफ्नो उम्मेदवार उठाएका छन् । गठबन्धन नगरेका कारण पनि आगामी निर्वाचनमा आफ्नो पक्षमा परिणाम हासिल गर्ने गरेर हौसिएका छन् । सुनसरी ३ का मतदातासँग मत माग्दै रास्वपाका उम्मेदवार अशोककुमार चौधरी ।  चुनावी एजेण्डामा नयाँ-नयाँ मुद्दा र अनुहार देखिएका छन् । निर्वाचनमा युवा उम्मेदवारको संख्या बढी छ । पछिल्लो समय मुलुकमा रास्वपाको माहोल राम्रो बन्दै गएको देखिन्छ । राम्रो माहोल बनिरहेका बेला रास्वपाका उम्मेदवार अशोककुमार आफ्नो पक्षमा मत परिणाम ल्याउन खोजिरहेका छन् । गत निर्वाचनमा रास्वपाका उम्मेदवारले ६ हजार चार सय ५३ मत प्राप्त गरेका थिए । चौधरी असन्तुष्ट मतदाताहरूको मत आफूतिर तान्ने पक्षमा छन् । गच्छदार र चौधरीसँग रुष्ट बनेका मतदाताहरूलाई घण्टीमा मत हाल्न लगाएर चौधरी विजयीको पथमा लम्किने दाउमा छन् । कस्तो छ पार्टीको माहोल ? नेपाली कांग्रेस दुहबी नगर कार्य समितिका सभापति वेदनारायण गच्छदारले यसपटक नेपाली कांग्रेसको उम्मेदवारले सहजै विजयी हासिल गर्ने दाबी गरेका छन् । ०४८ सालदेखि निर्वाचित भएको उम्मेदवार यस क्षेत्रमा उम्मेदवार रहेकाले विजयी हुनेमा कांग्रेस ढुक्क रहेको उनी बताउँछन् । एमालेको मत पनि धेरै बिग्रेकाले कांग्रेसले मत बढाउन सक्ने गच्छदारले विश्वास व्यक्त गरे । गत निर्वाचनमा विजयी भएको उम्मेदवारले यस क्षेत्रमा केही नगरेकाले मतदाताहरू सचेत भइसकेको उनले बताए । उनी भन्छन्, ‘यसपालि रास्वपाले मत बढाउँछ । तर, हामीलाई असर पर्दैन । दुवै ठूला–ठूला दलको मत काट्ने छ ।’ नेपाली कांग्रेस रूपान्तरित भएर निर्वाचनमा गएकाले जित सुनिश्चित रहेको उनको बुझाइ छ । विकासप्रेमी र अनुभवी राजनीतिज्ञ रहेकाले यस क्षेत्रका लागि योग्य उम्मेदवार पार्टीले उठाएको उनको ठहर छ ।  ३ नम्बर क्षेत्रका मतदाता कपिल घिमिरे यस क्षेत्रमा निर्वाचन कडा प्रतिस्पर्धा हुने देखिएको बताउँछन् । एमालेकी उम्मेदवार भगवती चौधरीलाई हेभीवेटको रूपमा लिएको उनले बताए । ‘उनले राम्रो काम गरेकाले पनि एमालेकी उम्मेदवारको विजयी हुने सम्भावना रहेको छ,’ घिमिरेले भने, ‘नेपाली कांग्रेसका विजय गच्छदार अर्का उम्मेदवार भए पनि सर्वसाधारणप्रति राम्रो धारणा बनेको छैन ।’ घिमिरेले काम र कार्यक्रमको आधारमा भगवती चौधरी क्षमतावान भएको उनको विश्लेषण छ । रास्वपाले एमालेको मत नकाट्ने उनले विश्वास व्यक्त गरे । रास्वपाले कांग्रेसको मत काट्ने उनको तर्क छ ।  रास्वपा समर्थित स्थानीय हीरामणि घिमिरेले पार्टीको संगठन विस्तार गरिरहेको बताए । ‘गत निर्वाचनमा उम्मेदवारीको मनोनयन गर्दा ५ जना थिए अहिले सयौंको भीड छ,’ उनले भने । रास्वपाप्रति स्थानीय मतदाता सकारात्मक रहेको घिमिरेले बताए । यस क्षेत्रको मतदाताले परिवर्तन खोजेको उनले उल्लेख गरे । रास्वपाकै ठूल्ठूला राजनीति दलका उम्मेदवारलाई मतदाता प्रश्न गर्न सक्ने भइसकेको उनको भनाइ छ । ३ नम्बर क्षेत्रमा चौधरी समुदायको बाहुल्यता रहेकाले ठूला दलका उम्मेदवारले प्रभावमा पार्न नसकेमा रास्वपाकै उम्मेदवारले सहजै जित हासिल गर्न सक्ने घिमिरेले बताए ।  सुनसरी ३ नम्बर क्षेत्रमा २३ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाल कम्युनिष्ट पार्टीबाट दुर्गेश कुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट घनश्याम गुरुङ्, जनता समाजवादी पार्टी नेपालबाट बद्रीप्रसाद यादव, जनमत पार्टी राम नारायण थारु, नेपाल मजदुर किसान पार्टीबाट प्रकृति बासी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रमोद पौड्याल, मंगोल नेशनल अर्गनाइजेशनबाट दिप बहादुर तामाङ्ग, समावेशी समाजवादी पार्टी नेपाल किशोर कुमार विश्वास, श्रम संस्कृति पार्टीबाट रामप्रसाद सदा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट आसुतोष ढुङ्गेल चुनावी मैदानमा छन् ।  यस्तै, सार्वभौम नागरिक पार्टीबाट कृष्ण कुमार चौधरी,  उज्यालो नेपाल पार्टीबाट जागेश्वर यादव,  नागरिक उन्मुक्ति पार्टीबाट बासुदेव साहु तेली, आम जनता पार्टीबाट रोहन कुमार शाह, स्वतन्त्र उम्मेदवार कासनी थरुनी,  स्वतन्त्र उम्मेदवार कुमारी उराव, स्वतन्त्र उम्मेदवार चीतनारायण चौधरी, स्वतन्त्र उम्मेदवार राजन कुमार गौतम, स्वतन्त्र उम्मेदवार श्याम कुमार मुडियारी र स्वतन्त्र उम्मेदवार सुमन कुमार चौधरी रहेका छन् । जिल्ला निर्वाचन आयोग सुनसरीका अनुसार ३ नम्बर क्षेत्रमा कुल १ लाख ३४ हजार ३०२ मतदाता रहेका छन् । सोही क्षेत्रमा ४४ मतदान स्थल र १ सय ४६ मतदान केन्द्र रहेका छन् ।

विराटनगरमा कर्जा सम्बन्धी नयाँ सफ्टवेयरबारे एकदिने कार्यशाला सम्पन्न

विराटनगर । निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र विराटनगर शाखाको संयुक्त आयोजनामा ‘कर्जासम्बन्धी नयाँ सफ्टवेयरको अभिमुखीकरण तथा पृष्ठपोषण लिने’  विषयक एकदिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । कार्यशालामा कोषका सदस्य संस्थाहरू एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड, सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड, मेरो माइक्रोफाइनान्स, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडलगायत विभिन्न सदस्य संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको प्रारम्भमा कोषका कर्जा विभाग प्रमुख प्रबन्धक विक्रान्त आचार्यले कोषमा हाल सञ्चालनमा रहेका कर्जा सम्बन्धी कार्यक्रमहरूको जानकारी गराउनुका साथै सञ्चालनमा आउन लागेको नयाँ कर्जा कार्यक्रमहरूबारे सहभागीलाई अवगत गराएका थिए । गोष्ठीका क्रममा सदस्य संस्थाका प्रतिनिधिहरूबाट उठाइएका जिज्ञासाहरूको जवाफ दिँदै कोषका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) रमेश घिमिरेले कोषका भावी योजना, रणनीति तथा कर्जा सुरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउने दिशामा भइरहेको प्रयासबारे जानकारी गराए । यसैगरी, कर्जा विभागका प्रधान सहायक पुष्पा भट्टले कर्जा सम्बन्धी नयाँ सफ्टवेयरको प्राविधिक तथा प्रयोगात्मक पक्षबारे प्रस्तुति दिएका थिए । सो अवसरमा सहभागी संस्थाहरूबाट प्राप्त सुझाव तथा रायहरू कर्जा विभागका सहायक अधिकृत आशिष पौडेलले संकलन गर्दै ती उपयुक्त सुझावहरू सफ्टवेयरमा समावेश गरिने र यसले भविष्यमा कर्जा दाबी तथा क्षतिपूर्ति प्रक्रियालाई थप सहज बनाउने जानकारी दिए । उक्त कार्यशालामा करिब ७५ जनाको सहभागिता रहेको थियो । कोषको वार्षिक नीति तथा कार्यक्रमअनुसार बैंक तथा वित्तीय संस्थासँग निरन्तर छलफल र संवाद गर्दै बजारमा कर्जा सुरक्षणको आवश्यकता पहिचान गर्ने, मौजुदा कार्यक्रमहरूमा देखिएका समस्या समाधान गर्ने तथा सुझाव संकलन गर्ने उद्देश्यले चालु आर्थिक वर्षभित्र सबै प्रदेश समेटिने गरी यस्ता गोष्ठी सञ्चालन गर्ने लक्ष्य कोषले लिएको जनाएको छ ।

अधिक तरलताले बैंकिङ प्रणाली दबाबमा, कर्जा माग नबढ्दा निक्षेप थुप्रिँदै

कृष्णराज गौतम काठमाडौं । अधिक तरलता व्यवस्थापन अहिले समग्र बैंक तथा वित्तीय क्षेत्रले सामना गर्नुपरेका चुनौती बनेको छ । देशका विभिन्न वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स क्षेत्रमा सर्वसाधारण जनताको सङ्कलन भएको निक्षेप अहिलेसम्मकै उच्च तहमा पुगेको हो । बैंकिङ प्रणालीमा लगानी गर्न सकिने करिब नौ खर्ब रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु पौडेलले जानकारी दिए । ब्याजदर न्यून तहमा कायम गरिँदा पनि पनि कर्जाको मागमा अपेक्षित सुधार आउन नसकेकाले यस क्षेत्रमा चुनौती बढेको हो । बजारमा कर्जाको माग नै नभएको अवस्थामा बढ्दो जोखिमका कारण बैंकहरूले पनि लगानीमा कडाइ गर्दा निक्षेप थुप्रिन पुगेको हो । बजारमा चाहिनेभन्दा बढी लगानीयोग्य रकम बैंकहरूमा थुप्रिएकाले पनि अहिले पैसा भएर पनि राज्य गरिब भएजस्तो अवस्थामा पुगेको छ । पछिल्लो समयमा रेमिट्यान्स प्रवाहमा सुधार आएकाले निक्षेप थपिने क्रम जारी छ । निक्षेप अत्यधिक हुनुले बैंकहरू घाटामा जाने अथवा डुब्ने अवस्थामा नपुग्ने तर पुँजी वृद्धिमा समस्या हुने उनी बताउँछन् । उनी भन्छन्, 'अत्यधिक निक्षेप बैंकहरूका लागि चिन्ताको विषय हो तर, बैंकहरूले विभिन्न क्षेत्रमा लगानी गरेर नाफा कमाउन सक्छन् ।' केन्द्रीय बैंकले विभिन्न योजना तथा कार्यक्रममार्फत कर्जा प्रवाहका लागि व्यवसायीलाई उत्साहित बनाउने प्रयास गरिरहेको छ । राजनीतिक अस्थिरतासँगै उत्पन्न हुने अवस्था, विभिन्न समयमा आन्दोलन, छोटो समयमा हुने सरकार परिवर्तन तथा सरकारले अवलम्बन गर्ने नीति तथा कार्यक्रमजस्ता विषयले पनि केही हदसम्म बैंकका नियमित कार्य प्रभावित हुने गरेको पाइएको छ । यस्ता अवसरको उच्चतम् सदुपयोग गर्दै बैंक अगाडि बढ्नुपर्छ । बैंकले लगानी विस्तार गरी जनआकांक्षाअनुरूपका सेवा सुविधा प्रदान गरेर ग्राहकलाई सन्तुष्ट बनाउने कार्यले हुने वित्तीय गतिविधिले नै देशको अर्थतन्त्र चलायमान हुने गर्दछ । बैंकलाई आमनेपाली जनताले विश्वास गर्छन् । मुलुकभर ससाना एकाइमा छरिएको पुँजीलाई एकीकृत गरेर बैंकले विभिन्न उत्पादनशील क्षेत्रमा लगानी गर्ने गरेका हुन्छन् । स्थानीय स्रोतसाधनको सही सदुपयोग गरी लघुउद्यम सञ्चालन गर्न चाहने जनतालाई बैंकले सहयोग गरिरहेको छ । वित्तीय चेतनाको कमीले विगतमा ठूलठूला व्यापारी र व्यवसायीका लागि मात्रै बैंक स्थापना गरिएको हो भन्ने बुझाई समाजमा थियो । बैंक स्थापनापछि पनि वित्तीय सक्षारताको अभावमा सर्वसाधारण नागरिकले वस्तु विनिमयमार्फत कारोबार गर्ने गर्दथे । बैंकिङ कारोबारलाई सहजरूपमा लिइँदैन थियो । मानिसमा बचत र लगानीको महत्वलाई सचेतना फैलाउने कार्य गरेर बैंकले घरेलु तथा साना उद्योगको विकासदेखि मझौला तथा ठूला उद्योग स्थापना गर्न तथा गरिबी निवारणमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । सरकारको आम्दानी तथा खर्चको व्यवस्थापन, विदेशी विनिमय सेवा उपलब्ध गराउने, आयात–निर्यात व्यापारमा हिसाब राख्ने, निजी क्षेत्रका व्यवसायी तथा कम्पनीको कारोवारमा समेत बैंकले प्रभावकारी रुपमा कार्य गरिरहेको छ । जेनजी पुस्ताका प्रदर्शनका क्रममा भएका असामान्य परिस्थितिबाट प्रत्यक्ष रूपमा प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिमा कार्यरत कर्मचारीलाई तलब भत्तालगायतका सुविधाका लागि आधार दरमा बढीमा शून्य दशमलव ५० प्रतिशत विन्दु मात्र प्रिमियम थप गरी कर्जा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । कम्तीमा पनि एकसय महिलालाई रोजगारी प्रदान गरी निर्यातमूलक उद्योग सञ्चालन गर्ने संस्थालाई न्यूनतम् ब्याजदरमा प्रदान गरिने कर्जाले पनि तरलता केही सुधार हुने दिने अपेक्षा गरिएको छ । राष्ट्र बैंकले दिएका यी सहुलियतहरुले कर्जाको माग बढाउनुका साथै अर्थतन्त्रलाई गति दिन सक्छ । रकम पर्याप्त भएको बेला कर्जा माग नै कम भएपछि निक्षेप व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता बैंकलाई छ । कम तरलता हुँदा बजारमा प्रवाह गर्ने र बढी हुँदा तान्ने राष्ट्र बैंकले गर्ने गरेको छ । उनले तरलता व्यवस्थापनका लागि दुई दशमलव ६४ प्रतिशतमा उक्त नौ खर्ब रुपैया राष्ट्र बैंकले खिचेको प्रवक्त पौडेलले जानकारी दिए । अधिक तरलताको समयमा बैंक तथा वित्तीय क्षेत्रमा भएको पर्याप्त लगानीयोग्य रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिन्छ । बैंकहरुलाई कर्जा प्रवाह गर्ने क्षमता विकास गर्न केन्द्रीय बैंकले नीतिगत रुपमा सहयोग गर्दै आएको छ । अन्तरराष्ट्रिय परिस्थिति, नजिकिँदै गरेको चुनाव, वित्तीय सुरक्षाजस्ता विषयले कर्जाको माग विस्तारै बढ्ने उनले बताए । तुलनात्मक रूपमा न्यून ब्याजदरमा कर्जा पाइने भएकाले व्यापार व्यवसाय विस्तार तथा औद्योगिकीकरण लगायतका अवसर भए पनि राजनीतिक अन्योलता तथा वस्तुको उत्पादन गर्दा लागत महँगो पर्ने हुँदा तरलता व्यवस्थापन हुन नसकेको हो । यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्दछ । बैंकहरुमा निक्षेप बढ्ने तर कर्जा नबढ्ने हुँदा बैंकहरुको ब्याज खर्च बढ्न गई नाफामा कमी आउन सक्दछ । त्यसकारण पनि निक्षेपको ब्याजदर घट्न थाल्दछ । निक्षेपकर्ताहरु कम ब्याजदरमा निक्षेप बैँकमा राख्न बाध्य हुन्छन् । त्यसले गर्दा निक्षेपकर्ताको आम्दानीको स्रोतमा कमी आउँछ । लगानीयोग्य वातावरण बन्न नसक्दा कर्जाको माग हुँदैन त्यसले गर्दा लगानी अनुत्पादक क्षेत्रतर्फ प्रवाह हुने जोखिम बढाउँछ । अधिक तरलताले बचत घट्ने तथा अनावश्यक उपभोग बढ्ने त्यसले मूल्यवृद्धि हुने क्रम हुन्छ । त्यसैगरी राष्ट्रिय स्तरमा आयातमा वृद्धि भई अर्थतन्त्रमा नकारात्मक असर पार्छ । देशको भुक्तानी सन्तुलनमा समेत असर देखा पर्छ । यसले समग्र मूल्यस्तरमा वृद्धि ल्याउने र मुद्रास्फीतिको अवस्था ल्याउन सक्ने त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका पूर्वप्रमुख डा रेशम थापाले जानकारी दिए । अधिक तरलताका कारण स्वदेशमा भइरहेको बचतको विदेशतर्फ पनि पलायन हुनसक्ने जोखिमको अवस्था ल्याउँछ । तरलता न्यून तथा अधिक हुनु दुवै वित्तीय प्रणालीमा राम्रो मानिँदैन । कर्जाको माग बढेको अवस्थामा बैंकले आफ्नो क्षमताभन्दा बढी लगानी गरेमा न्यून तरलता समस्या हुने उनले बताए। कागजी प्रक्रियाबाट सुरु गरिएको बैंकिङ प्रणाली सूचना प्रविधिको विकाससँगै समयानुकूल परिवर्तन गर्दै सूचना प्रविधिको प्रयोगमार्फत सेवाग्राहीलाई आधुनिक डिजिटल बैंकिङसम्बन्धी सेवा सुविधा उपलब्ध गराउने क्षमता विकास गरेका छन् । देशभर बैंकका शाखा स्थापना भएकाले पनि यस क्षेत्रमा धेरै जनताको पहुँच स्थापित हुँदै गएको छ भने ग्राहकको सङ्ख्या पनि बढ्ने क्रममा छ । चालिसको दशकमा सरकारले सुरु गरेको आर्थिक उदारीकरणको नीतिका कारण निजी क्षेत्रबाट बैंक तथा वित्तीय संस्था स्थापना तीव्र रुपमा हुन थालेको पाइन्छ । सामान्यतया कुनै पनि व्यक्ति तथा संस्थाले बैंकमा वचत गरेको वित्तीय सम्पत्ति आवश्यक परेको समयमा सजिलै झिकेर खर्च गर्नसक्ने रकममा रूपान्तरण गर्न सकिने अवस्थालाई तरलता भनिन्छ । बैंक तथा वित्तीय क्षेत्रमा तरलतालाई तुरुन्त लगानीयोग्य पुँजीका रूपमा बुझ्ने गरिन्छ । बैंकको दायित्व निक्षेपकर्ताको ब्याजसहित रकम मागेको समयमा फिर्ता गर्नुपर्ने हुन्छ । बैंकको नाफामुखी र सेवामुखी दुबै भएर भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । देशको अर्थतन्त्रमा तरलता, ब्याजदर र मुद्रास्फीतिको निकट सम्बन्ध हुन्छ । तरलता बढ्दा ब्याजदर घट्छ र मुद्रास्फीति बढ्ने गर्छ । तरलतामा सङ्कुचन आयो भने ब्याजदर बढ्छ र मुद्रास्फीति कम हुन्छ । वित्तीय प्रणालीमा नाफा आर्जनका लागि तरलता व्यवस्थापन महत्वपूर्ण हुन्छ । तरलता व्यवस्थापनका लागि सर्वसाधारणले बैंकमा राखेको निक्षेप, बैंकहरूले केन्द्रीय बैंकमा राख्ने गर्दछन् । अर्थात् राष्ट्र बैंक केन्द्रीय बैंक भएकाले तरलता व्यवस्थापन गर्ने उद्देश्यले समग्र वित्तीय प्रणालीलाई गतिशील बनाउन सो रकम राख्ने गर्दछ र निश्चित रकम व्याजका रुपमा सम्बन्धित बैंकलाई दिने गर्दछ । बैंकमा व्यक्ति तथा विभिन्न सङ्घसंस्था, कम्पनी, संस्थान आदिबाट सङ्कलन हुन आएको रकम चल्ती, मुद्दति तथा निक्षेप खातामा जम्मा भएका हुन्छन् । तरलता असन्तुलनका कारण अर्थतन्त्रमा समस्या नआओस् भन्ने उद्देश्यले केन्द्रीय बैंकले तरलताको व्यवस्थापन गर्ने काम गर्दछ । केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई निक्षेपको ९० प्रतिशतसम्म कायम गर्न पाउने सुविधा दिएको छ । कर्जा/निक्षेप अनुपात पनि भनिन्छ । राष्ट्र बैंकले बजारमा धेरै तरलता भए प्रशोचन गर्ने र कम भए प्रवाह गर्ने गर्दछ । राजनीतिक अस्थिरता र लगानीयोग्य वातावरणको अभावका कारण कर्जाको माग बढेको छैन । यसले गर्दा बैंक तथा वित्तीय संस्थामा थोरै ब्याजदरमा पनि निक्षेप राख्न स्थिति छ । सरकारले जेनजी प्रदर्शनको क्रममा प्रभावित उद्योग र व्यवसायीलाई सहुलियत ऋण तिर्ने समयावधि थप गरेको छ । यसले कर्जा लिएर भुक्तानी गर्नसक्ने अपेक्षा राखिएको छ । सहुलियतपूर्ण कर्जा र जसले कर्जा लिएर भुक्तानी गर्न नसक्नेका लागि राष्ट्रियस्तरमा खडा हुने पुनर्निर्माण कोषबाट प्रदान गर्ने भएको छ । यसले पनि तरलता व्यवस्थापनमा सहयोग पुग्ने अर्थशास्त्री राधेश्याम मालाकारले बताए । सरकारले पुनर्निर्माणका लागि पुनर्निर्माण कोष खडा गरिसकेको छ । जेनजी प्रदर्शनको क्रममा सृजना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापारिक तथा व्यावसायिक प्रतिष्ठान र आर्थिक गतिविधिलाई तत्काल सञ्चालन गर्नको निमित्त नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बिमा कम्पनीहरुले विभिन्न किसिमका राहत सुविधाका कार्यक्रम सुरु गरिसकेको छ यसले बजारमा कर्जाको माग बढाउने र अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिएको छ । आन्दोलनको कारण भएको तोडफोड र आगजनीबाट भएको क्षति पुनर्निर्माण गर्दा कर्जाको माग बढ्ने व्यवसायीको धारणा छ । पुनःरुत्थानको लागि वित्तीय प्रणालीमा थुप्रिएको रकम उपयोग हुने विश्वास छ । निक्षेप बढ्ने तर कर्जा लगानी नबढ्ने हो भने बैंकहरुको ब्याज खर्चका कारण मुनाफामा कमी आउने तथा सम्बन्धित शेयरधनी पाउने लाभांश पनि प्रभावित हुन जानेछ । रासस

सानिमा रिलायन्स लाइफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसहित अपरेशनल प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।  प्रदेश  १ र २ मा कार्यरत कर्मचारीहरू सहभागी रहेको कार्यक्रम यही माघ ३ र ५ गते आयोजना गरिएको थियो ।   उक्त नियमित प्रशिक्षण  कम्पनीको प्रमुख सञ्चालन अधिकृत ज्ञान रायमाझीका साथै अभिकर्ता विभाग प्रमुख विशाल श्रेष्ठ, ग्राहक सेवा विभाग प्रमुख ज्ञानेन्द्र देव भट्ट तथा दाबी विभाग प्रमुख सञ्जीव सिंहले प्रदान गरेका थिए । प्रमुख सञ्चालन अधिकृतले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय संस्थाबाट हुनसक्ने समस्या तथा त्यसका समाधानहरूको बारेमा प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षणमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ऐन, नियमावली  र निर्देशन बमोजिमको कार्य  प्रभावकारी रूपमा गर्न गराउन, आवश्यक नीति, कार्यविधि, नियन्त्रण प्रणाली, जनशक्ति, साधनस्रोत समेतको समुचित व्यवस्था मिलाउने लगायत कर्मचारीहरूको काम कर्तव्य र अधिकार आदिको विषयमा छलफल गरिएको थियो ।  कर्मचारीहरूको क्षमता र सीप अभिवृद्धि  गर्दै बिमाको बदलिँदो परिवेशसँग आफूलाई अभ्यस्त गराउन यस्तो खालको कार्यक्रमले सहयोगी भूमिका निर्वाह गर्ने कम्पनीले विश्वास लिएको छ । आफ्नो ग्राहकवर्गको आवश्यकता पहिचान गरी उनीहरूलाई निष्पक्ष परामर्श आवश्यकता रहेको हुन्छ ।   साथै उपस्थित विभागीय प्रमुखहरूले कम्पनीमा अभिकर्ता र ग्राहकहरूलाई चुस्तदुरुस्त सेवा प्रदान गर्न अपनाउनु पर्ने प्रक्रिया र तरिकाहरुको  बारेमा केन्द्रित थियो ।  हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पुँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ । साथै २० हजारभन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन् ।

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ । जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड ३० लाख रुपैयाँ बराबरको आम्दानी भित्रिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार चालु आर्थिक वर्षमा जिल्लामा उत्पादित १३५ मेट्रिकटन अलैँची बिक्रीबाट २४ करोड ३० रुपैयाँ बराबरको आम्दानी भएको छ ।      यस वर्ष अलैँची प्रतिकिलो एक हजार ८०० देखि दुई हजार ५०० रुपैयाँ सम्ममा बिक्री भएको उनले जानकारी दिए । गत वर्षको तुलनामा यस वर्ष उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा बढी आम्दानी भएको उनको भनाइ छ । गत वर्ष शून्य दशमवल चार प्रतिशतले उत्पादन भएको अलैँची यस वर्ष घटेर शून्य दशमलव ३९ प्रतिशत भएको कृषि अधिकृत मिजारले उल्लेख गरे । आव २०८१/८२ मा उत्पादित १५० मेट्रिकटन अलैँचीका दाना बिक्रीबाट २२ करोड रुपैयाँ आम्दानी भएको थियो । गत आवमा प्रतिकिलो एक हजार ५०० देखि दुई हजार ४०० रुपैयाँसम्ममा अलैँची बिक्री भएको थियो ।      यस वर्ष छिमेकी मुलुक भारतमा पनि अलैँची उत्पादनमा कमी आएकाले माग उच्च हुँदा यहाँका किसानले राम्रो मूल्य पाएका परियोजनाका कृषि अधिकृत मिजारले बताए । आव २०८०/८१ मा जिल्लाका किसानले २५१ मेट्रिकटन अलैँची बिक्री गरी २४ करोड रुपैयाँ आम्दानी गरेका थिए । मिजारका अनुसार उक्त वर्ष जिल्लाका किसानले प्रतिकिलो एक हजार २०० रुपैयाँका दरले अलैँची बिक्री गरेका थिए । आव २०७९/८० मा ३८० मेट्रिकटन अलैँची बिक्रीबाट २० करोड रुपैयाँ आम्दानी भएको थियो । उक्त वर्ष प्रतिकिलो अलैँची कम्तीमा ५५० देखि ७०० रुपैयाँसम्म बिक्री भएको थियो ।      आव २०७८/७९ मा ३३५ मेट्रिकटन अलैँची बिक्री गरी १५ करोड रुपैयाँ, आव २०७७/७८ मा तीन हजार ५०० क्विन्टलबाट १८ करोड २० लाख रुपैयाँ, आव २०७६/७७ मा दुई हजार क्विन्टल अलैँची बिक्रीबाट १२ करोड रुपैयाँ आम्दानी भएको परियोजनाले जनाएको छ ।      जिल्लामा ७५० हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि ३७५ हेक्टर क्षेत्रफलमा उत्पादन हुँदै आएको उक्त कार्यालयले जनाएको छ । उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रूपमा मर्स्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्होँलासोथर गाउँपालिका, दूधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने भएकाले पकेट क्षेत्र घोषणा गरिएको हो । यस वर्ष सबैभन्दा बढी मर्स्याङ्दी गाउँपालिकाका किसानले अलैँचीको दाना बिक्रीबाट आम्दानी गरेका नेपाल अलैँची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष सोमबहादुर तामाङले बताए । उनले भने, 'यस वर्ष अलैँची किसानले राम्रो आम्दानी प्राप्त गर्न सफल हुँदा किसान यस खेतीमा उत्साहित र खुसी भएका छन् ।' जिल्लामा ७०० मिटरदेखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बर शाही, एक हजार २०० मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँचीका बिरुवा लगाइएका छन् । यहाँ विसं २०४१ देखि अलैँचीखेती विस्तार हुँदै आएको हो ।  अलैँचीखेतीले जिल्लाका किसानको जीवनसमेत परिवर्तन गरेको छ । विदेशिएका युवासमेत फर्किएर अलैँचीखेती विस्तार गरेका छन् । सोमध्ये अजय तामाङ, सोमबहादुर तामाङ, बलराम लामालगायत विदेशबाट फर्किएर एक दशक अघिदेखि अलैँचीखेती गरिरहेका छन् । उनीहरूको अहिले वार्षिक पाँच लाखदेखि १० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने सोमबहादुरले जानकारी दिए ।      अलैँचीखेतीले स्थानीयको आर्थिक अवस्था सुधार हुनुका साथै जीवनशैली परिवर्तन भएको छ । सोही कारणले जिल्लाका किसान पछिल्लो समय अलैँचीखेती विस्तार गर्नतर्फ आकर्षित हुँदै गएका परियोजना कार्यालयले जनाएको छ । जिल्लामा करिब तीन हजार किसान अलैँचीखेतीमा आबद्ध छन् । रासस  

सम्पत्ति शुद्धीकरण निवारण दिवसमा नेपाल एसबिआई बैंकका कर्मचारीद्वारा प्रतिज्ञा

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले 'सम्पत्ति शुद्धीकरण राष्ट्रिय निवारण दिवस'को अवसरमा आफ्ना सबै कार्यालयका कर्मचारीहरूलाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी वा अन्य गैरकानुनी प्रयोजनका लागि बैंकिङ प्रणाली दुरुपयोग हुन नदिन उच्चतम एमएल/सीएफटी प्रावधानको पालना गर्ने प्रतिज्ञा गराएको छ । नेपाल सरकारले माघ १४ गतेलाई राष्ट्रिय सम्पत्ति शुद्धीकरण निवारण दिवसका रूपमा मनाउने निर्णयअनुसार बैंकले उक्त दिवस मनाएको हो । यस अवसरमा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले प्रधान कार्यालय, काठमाडौंमा आयोजित कार्यक्रममा सम्पूर्ण कर्मचारीहरूलाई प्रतिज्ञा गराएका थिए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रवीण मुनि बज्राचार्यसहित अन्य वरिष्ठ पदाधिकारीहरूको उपस्थिति रहेको थियो । साथै, बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरूले पनि आ–आफ्ना कार्यालयहरूमा सोही अवसरमा प्रतिज्ञा लिएका थि ए। नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा १ अर्ब ६१ करोड रुपैयाँ, ब्याज आम्दानी साढे ६ अर्ब

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) को चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा १ अर्ब ६१ करोड ३० लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा २ अर्ब ८३ करोड २३ लाख २६ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ४२ करोड ३ लाख २१ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ३६ करोड ५१ लाख २४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ९ करोड २८ लाख ६७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ८ अर्ब ५८ करोड ४८ लाख ४४ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ४० करोड २१ लाख २८ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब ५७ लाख ९८ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ९ अर्ब १ करोड २२ लाख ४६ हजार रुपैयाँ र सञ्चालन नाफा ४ अर्ब ४ करोड ३३ लाख ७८ हजार रुपैयाँ थियो ।  बैंकको वितरणयोग्य नाफा ३ अर्ब ६२ करोड १० लाख ६२ हजार रुपैयाँ ऋणात्मक रहेको छ । ३४ अर्ब १२ करोड ८५ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३५ अर्ब ९६ करोड ३१ लाख १८ रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ५ खर्ब १९ अर्ब १० करोड १३ लाख ४ हजार रुपैयाँ र कर्जा लगानी ३ खर्ब २८ अर्ब १६ करोड २३ लाख २२ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ४ खर्ब ७२ अर्ब ३४ करोड ७४ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब २३ अर्ब १७ करोड ७८ लाख १२ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ६९.६३ प्रतिशत रहेको छ । यस्तै बैंकको आधार दर ५.२० प्रतिशत रहेको छ ।  बैंकको प्रतिसेयर आम्दानी १६.६० रुपैयाँबाट घटेर ९.४५ रुपैयाँमा सीमित छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.२० गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९४.७७ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ७.९० प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ५.८६ प्रतिशत खराब कर्जा थियो । 

प्रभु बैंकको नाफा १ अर्ब १ करोड रुपैयाँ, आधार दर ५.३६ प्रतिशत

काठमाडौं । प्रभु बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा २४.०७ प्रतिशत घटेर १ अर्ब १ करोड ४४ लाख ५७ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा १ अर्ब ३३ करोड ६१ लाख ३८ हजार रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी २.३८ प्रतिशत बढेर ४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ८६ करोड ७९ लाख ५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब १७ करोड ३७ लाख ८७ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब ६९ करोड ६४ लाख २४ हजार रुपैयाँ र सञ्चालन नाफा १ अर्ब ९६ करोड ६५ लाख ९ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी १ अर्ब १२ करोड २२ लाख ४९ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ६ अर्ब ६६ करोड ७५ करोड २४ हजार रुपैयाँ र सञ्चालन नाफा २ अर्ब ५२ करोड २८ लाख ३६ हजार रुपैयाँ थियो ।  बैंकको वितरणयोग्य नाफा ३ खर्ब ३५ करोड ६४ लाख ४८ हजार रुपैयाँ ऋणात्मक रहेको छ । २३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब २२ करोड ७० लाख २ हजार रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ३ खर्ब ४० अर्ब ७३ करोड ७३ लाख २० हजार रुपैयाँ र कर्जा लगानी २ खर्ब २७ अर्ब ३२ करोड ११ लाख ७४ हजार रहेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले ३ खर्ब ४२ अर्ब १८ करोड ८५ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २५ अर्ब ४५ करोड ५९ लाख २३ रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७०.९१ प्रतिशत रहेको छ । यस्तै बैंकको आधार दर ५.३६ प्रतिशत रहेको छ ।  बैंकको प्रतिसेयर आम्दानी ११.३५ रुपैयाँबाट घटेर ८.६२ रुपैयाँमा सीमित छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.२७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८३.३० रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ७.९४ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ५.०६ प्रतिशत खराब कर्जा थियो । 

सिटिजन्स बैंकको नाफा ३५.८८ करोड रुपैयाँ, यस्ता छन् अन्य सूचक

काठमाडौं । सिटिजन्स बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा ४५.७७ प्रतिशत घटेर ३५ करोड ८८ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा ६६ करोड १८ लाख २८ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी २.२७ प्रतिशत बढेर ३ अर्ब १४ करोड ४५ लाख ४६ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७ करोड ४५ लाख ७१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी ५७.६८ प्रतिशत घटेर २७ करोड २८ लाख १३ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.६८ प्रतिशत बढेर ४ अर्ब ११ करोड ८७ लाख ४९ हजार रुपैयाँ र सञ्चालन नाफा ४४.६८ प्रतिशत घटेर ५० करोड ४१ लाख ७१ हजार रुपैयाँ गरेको छ ।  बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड ४ लाख ९३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । १५ अर्ब ५० करोड ७४ लाख ६३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ८२ करोड १७ लाख २४ हजार रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २ खर्ब १० अर्ब २२ करोड ३५ लाख ६४ हजार रुपैयाँ र कर्जा लगानी १ खर्ब ६८ अर्ब २१ करोड २ लाख २ हजार रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले २ खर्ब ११ अर्ब ५० करोड ७ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ८६ करोड ७ लाख ३८ हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८२.६६ प्रतिशत रहेको छ । यस्तै बैंकको आधार दर ५.६२ प्रतिशत रहेको छ ।  बैंकको प्रतिसेयर आम्दानी ८.९६ रुपैयाँबाट घटेर ४.६३ रुपैयाँमा सीमित छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४१.६८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४९.७९ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ६.८८ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ४.८५ प्रतिशत खराब कर्जा थियो । 

एभरेष्ट बैंकको नाफा २ अर्ब ११ करोड रुपैयाँ, लाभांश क्षमता ३१.९३ प्रतिशत

काठमाडौं । एभरेष्ट बैंकको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा खुद नाफा २ प्रतिशत बढेर २ अर्ब ११ करोड ७१ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा २ अर्ब ७ करोड ४७ लाख ६३ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।  चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ५.९६ प्रतिशत बढेर ४ अर्ब ५७ करोड २९ लाख ४१ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ३१ करोड ५८ लाख २१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  चालु आवको दोस्रो त्रैमासमा बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २०.३८ प्रतिशत बढेर ९२ करोड ९ लाख ५४ हजार रुपैयाँ, कुल सञ्चालन आम्दानी ९.७३ प्रतिशत बढेर ५ अर्ब ८१ करोड ४७ लाख ७६ हजार रुपैयाँ र सञ्चालन नाफा २ प्रतिशत बढेर ३ अर्ब १७ करोड १६ लाख ४६ हजार रुपैयाँ गरेको छ ।  बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३४ करोड २८ लाख ३१ हजार रुपैयाँ रहेको छ । सो आधारमा बैंकको लाभांश क्षमता ३१.९३ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ७१ करोड ६७ लाख ७१ हजार रुपैयाँ थियो ।  समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ६ प्रतिशत बढेर १३ अर्ब ७२ करोड १३ लाख ७६ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा १४ अर्ब ९४ करोड ८३ लाख ७८ हजार रुपैयाँ छ । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन २.०५ प्रतिशत बढेर ३ खर्ब ४ अर्ब ९५ करोड ८७ लाख १९ हजार रुपैयाँ र कर्जा लगानी १०.७७ प्रतिशत बढेर २ खर्ब ३६ अर्ब ४२ करोड ७२ लाख ४४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिसम्ममा बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब ४३ करोड ८४ लाख ९० हजार रुपैयाँ कर्जा लगानी गरेको थियो ।  बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८०.१९ प्रतिशत रहेको छ । यस्तै बैंकको आधार दर ४.७५ प्रतिशत रहेको छ ।  बैंकको प्रतिसेयर आम्दानी १.२० रुपैयाँ घटेर ३०.८६ रुपैयाँमा सीमित छ । पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २१.३९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २३५.१५ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ०.६८ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा ०.६६ प्रतिशत खराब कर्जा थियो । 

करिब १७ लाख रुपैयाँ बराबरको चाँदीजस्तो देखिने सेतो धातुसहित एकजना पक्राउ

काठमाडौं । सेतो चाँदीजस्तो देखिने धातुसहित एक जना व्यक्ति नागढुंगाबाट पक्राउ परेका छन् ।  वीरगञ्जबाट काठमाडौं आउँदै गरेका २५ वर्षीय किसन साहलाई नागढुंगा चेकप्वाइन्टबाट अढाइ किलो चाँदीजस्तो देखिने सेतो धातुसहित पक्राउ परेका हुन् ।  १६ लाख ९० हजार रुपैयाँ बराबरको चाँदीजस्तो देखिने सेतो धातुसहित साहलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए।  मंगलबार बिहान साढे ६ बजे नागढुंगास्थित चेक प्वाइन्टमा म. प्र. ०१-००१ ख ७७२१ नम्बरको यात्रुवाहक बसलाई प्रहरी प्रभाग नागढुंगा तथा लागु औषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुंगासहितको संयुक्त टोलीले चेकजाँच गर्दा साहको साथमा चाँदीजस्तो देखिने सेतो धातु भेटिएको हो । वीरगञ्ज महानगरपालिका- १६ का साहलाई नियन्त्रणमा लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टेरामक्स प्रकरण : उपकरणको प्राविधिक परीक्षण गर्न अदालतको आदेश, यस्तो छ पूर्णपाठ

काठमाडाैं । विशेष अदालतले टेरामक्स प्रविधि खरिदमा भएको भ्रष्टाचार मुद्दामा उपकरणहरूको प्राविधिक परीक्षण गर्न आदेश दिएको छ । पूर्वमन्त्री मोहनबहादुर बस्नेतसमेत प्रतिवादी रहेको उक्त मुद्दामा सुनुवाइ गर्दै विशेष अदालतले यस्तो आदेश दिएको हो ।  विशेष अदालत न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।  अदालतले नेपाल दूरसञ्चार प्राधिकरणले खरिद गरेको टेरामक्स प्रणाली र सामग्रीहरू सम्झौता बमोजिम भए/नभएको र त्यसको गुणस्तर जाँच गर्न एक उच्चस्तरीय विज्ञ टोली गठन गरेको छ । जसमा पुल्चोक इन्जिनियरिङ क्याम्पसका वरिष्ठ इन्जिनियर (संयोजक), पुल्चोक क्याम्पसकै टेलिकम्युनिकेसन एण्ड इलेक्ट्रोनिक्स विषयका विज्ञ प्राध्यापक सीआईबीका विषय विज्ञ, अख्तियारका टेलिकम्युनिकेसन विज्ञ केशव ज्ञवाली र आपूर्तिकर्ता कम्पनीका प्रतिनिधि छन् । टेरामक्स खरिदका लागि १ अर्ब ११ करोड ६२ लाख ५२ हजार १४३ रूपैयाँ भुक्तानी भई आपूर्तिकर्ताले सामानहरू जडान भइसकेको दाबी गरे पनि ती सामग्रीहरू सम्झौता र मापदण्ड बमोजिम भए/नभएको यकिनका लागि प्राविधिक परीक्षण गर्नुपर्ने अदालतको ठहर छ ।  

दुर्गा प्रसाईंसँग २ करोड मागेको आरोप लागेका ढाकाकुमार श्रम संस्कृति पार्टीमा प्रवेश

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको आरोप लागेका पूर्व सांसद ढाका कुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । उनी मंगलबार हर्क राई (साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका हुन् ।  यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनेका श्रेष्ठ आफू स्वास्थ्य मन्त्री बनेपछि सहयोग गर्ने आश्वासनसहित प्रसाईंसँग रकम मागेको अडियो सार्वजनिक भएको थियो । त्यसपछि रास्वपाले उनलाई पार्टीबाट निस्कासन गरेको थियो ।  उनलाई प्रतिबन्धित लागुऔषध बिक्री गरेको अभियोगमा कास्की प्रहरीले पक्राउ गरी कारबाहीसमेत गरेको थियो । यो आरोपका विषयमा भने साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी मौन बसेको छ ।   

आयोगले १० दिनमा २ संस्थासहित १५ जनालाई सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले १० दिनमा विभिन्न राजनीतिक दलका उम्मेदवार र संस्था गरेर १५ जनालाई स्पष्टीकरण सोधेको छ । मंगलबार (आज) मात्र आयोगले प्रतिनिधि सभा सदस्यका विभिन्न उम्मेदवारलाई स्पष्टीकरण सोधेको हो । हालसम्म स्पष्टीकरण सोधिएका उम्मेदवारहरूमा झापा–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बालेन्द्र साह (बालेन), भक्तपुर–२ मा नेकपा एमालेबाट उम्मेदवार रहेका महेश बस्नेत, सुनसरी–१ मा श्रम संस्कृति पार्टीबाट उम्मेदवार रहेका हर्कराज राई (हर्क साम्पाङ), रुपन्देही–२ मा जनसेवा पार्टीबाट उम्मेदवार रहेका कमल भुसाल (निकोलस), भक्तपुर–२ मा जनसेवा पार्टीबाट उम्मेदवार जानुका पाठक (शोभा) रहेका छन् ।  आज मात्रै बालेन शाह, हर्क साम्पाङ, महेश बस्नेत र जानुका पाठकलाई स्पष्टिकरण सोधिएको निर्वाचन आयोगका निर्वाचन आचारसंहिता अनुगमन शाखाका अधिकृत विष्णु पौडेलले जानकारी दिए । सबै उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको उनले बताए ।  त्यसैगरी, स्वास्थ्य स्वयंसेवक संघ र आधारभूत विद्यालयलाई पनि सरुवा गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ । आयोगका अनुसार रास्वपा वरिष्ठ नेता बालेनले सामाजिक सञ्जालमार्फत झापा–५ मै उम्मेदवार रहेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अमर्यादित शब्द प्रयोग गरेर दिएको अभिव्यक्तिका कारण स्पष्टीकरण सोधिएको हो ।  एमाले सचिव बस्नेतलाई बालेनले बोलेको मैथिली भाषाको शब्द ‘छौरा’बारे अनर्गल व्याख्या गरेकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । उता हर्क साम्पाङलाई चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको र टी–सर्ट लगाउन लगाएको विषयमा उजुरी परेको आयोगले बताएका छ । त्यसैगरी, निकोलस भुसालले जेनजी आन्दोलनमा रगतले लतपतिएको जुत्तालाई चुनाव चिह्नसरह प्रयोग गरी प्रचार गरेको आरोपमा उजुरी परेको थियो । सोही कारण उनलाई आयोगले स्पष्टिकरण सोधेको हो ।  त्यस्तै, शोभा पाठकले एमाले सचिव बस्नेत र एमाले विरुद्ध घृणाजन्य अभिव्यक्ति दिँदै ‘हत्यारा’ र ‘बलात्कारी’जस्ता शब्द प्रयोग गरेकामा आयोगले स्पष्टिकरण सोधेको छ । आयोगले दोलखाबाट उम्मेदवार बनेका रास्वपाका जगदीश खरेललाई पनि स्पष्टिकरण सोधेको थियो । गत बिहीबार आयोगले दोलखाबाट उम्मेदवार बनेका खरेललाई निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आयोगले बालेनलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले झापा ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई स्पष्टीकरण सोधेको छ । केही दिनअघि शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीको सामाजिक सञ्जालमा कमेन्ट गरेका थिए । उनले प्रतिस्पर्धी उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको पोस्टमा कमेन्ट गर्दै ‘हत्यारा’ भनेर टिप्पणी गरेका थिए । शाहले बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा संलग्न रहेको बुझिने बताएका थिए ।