तस्बिरमा हेर्नूहोस् नाडा अटो शोका झलकहरू

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा मंगलबारदेखि राजधानीमा नाडा अटो शो सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औं संस्करणको नाडा अटो शोको उद्घाटन गरे । नाडाका अध्यक्ष करण चौधरीले नाडा अटो शो केवल सवारीसाधनको प्रदर्शनी नभई समग्र अटोमोबाइल क्षेत्रको एक प्रमुख व्यावसायिक थलो भएको बताए ।  यो क्षेत्रले १० लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको र ३ हजारभन्दा बढी व्यवसायीलाई संगठित गरेको उनको दाबी छ । नेपालमै बनेका हेल्मेट, लुब्रिकेन्ट्स, ब्याट्री र तीन पाङ्ग्रे सवारी साधन पनि प्रदर्शनीमा राखिएका छन् । नाडा अटो शो भाद्र ८ गतेसम्म आयोजना हुनेछ । शोको सबैभन्दा ठूलो आकर्षण फ्लाइङ कार र ह्युमनोइड रोबोट रहेको छ । नाडा अटो शोमा १९ चारपाँग्रे, १३ लाइट कमर्शियल र ४ दुईपाङ्ग्रे सवारी ब्राण्डले सहभागिता जनाउने छन् । त्यस्तै, ३५ बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहेका छन् । नाडा अटो शो करिब डेढ दर्जन ९चारपाङ्ग्रेरदुईपाङ्ग्रे० नयाँ सवारी मोडल सार्वजनिक भएका छन् । यस्तै मिडिया, ट्राफिक सूचना डेस्कको पनि व्यवस्था गरिएको छ । अटो शोमा सवारी साधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रिया लगायत कार्यक्रम आयोजना गरिने नाडाको भनाइ छ । तस्बिरहरू :

नाडा अटो शोमा नामी भिगो ई–टू एसयुभी सार्वजनिक, सुरुवाती मूल्य ३७ लाख ९९ हजार

काठमाडौं । एमएडब्लु वृद्धिले नाडा अटो शो २०२५ मा आफ्नो नयाँ इलेक्ट्रिक एसयुभी नामी भिगो ई-टू  र नामी भिगो ई-टू प्लस सार्वजनिक गरेको छ । कम्पनीले नाडा अफरअन्तर्गत भिगो ई-टूको सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकेको छ । गत वर्ष ह्याचब्याक सेग्मेन्टमा प्रवेश गरेको नामीले यस वर्ष कम्प्याक्ट एसयुभी बजारमा प्रतिस्पर्धा गर्न नयाँ मोडलहरू ल्याएको हो ।  एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु कुमार अग्रवाल, प्रबन्ध निर्देशक विवेक सिकरिया, सीईओ प्रशन्न पन्त लगायतको उपस्थितिमा गाडी सार्वजनिक गरिएको थियो । कम्पनीले नाडा अटो शोको अवसरमा दुवै मोडलमा विशेष छुटसहित मूल्य सार्वजनिक गरेको छ ।  जसमा नामी भिगो ई-टूको नियमित मूल्य ३८ लाख ९९ हजार नाडा अफर मूल्य ३७ लाख ९९ हजार तोकिएको छ । यस्तै, नामी भिगो ई-टू प्लसको नियमित मूल्य ४१ लाख ९९ हजार नाडा अफर मूल्य ४० लाख ९९ हजार तोकिएको छ । एमएडब्लु वृद्धिका सीईओ प्रशन्न पन्तले नामी भिगो ई-टू नेपाली सडकका लागि उपयुक्त एसयुभी भएको बताए ।   उनका अनुसार  यसमा ३(सी फास्ट चार्जिङ प्रविधि रहेको छ, जसले ब्याट्रीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन केवल १८ मिनेट लाग्छ । गाडीमा १९० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स रहेको छ, जसले खराब सडकमा पनि सहज यात्रा सुनिश्चित गर्छ ।   यस्तै यसमा एक्सटेरियर स्पिकर, म्युजिकसँग सिंक हुने ३६० डिग्री लाइट, वेलकम मेमोरी सिट र मल्टी(स्टेरिङ मोड जस्ता आफ्नो सेग्मेन्टमै पहिलो पटक उपलब्ध फिचरहरू छन्। यो गाडी ुम्याजिक क्युबु प्लाटफर्ममा निर्माण गरिएको हो। सीईओ पन्तले गत वर्ष मात्रै सार्वजनिक भएको नामीले छोटो समयमै ९०० भन्दा बढी ग्राहकको विश्वास जित्न सफल भएको र नेपालमा सबैभन्दा छिटो गरिरहेको ब्रान्ड बनेको जानकारी दिए ।  उनले ग्राहकहरूलाई नाडा अटो शोमा रहेको स्टलमा आएर नयाँ एसयुभी अवलोकन गर्न र विशेष अफरको लाभ लिन आग्रह गरे ।

नाडा अटो शोमा बिवाइडी एटो टू सार्वजनिक, मूल्य ४३ लाख ९९ हजार

काठमाडौं । विद्युतीय सवारी साधन निर्माता बिवाइडीले नाडा अटो शो २०२४ मा आफ्नो नयाँ कम्प्याक्ट एसयुभी एटो टू सार्वजनिक गरेको छ । कम्पनीले यस गाडीको सुरुवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । बीवाइडीकी प्रबन्ध निर्देश्क यमुना श्रेष्ठका अनुसार एटो टूलाई कम्पनीको लोकप्रिय मोडल डल्फिन र एटो थ्रीको बिचको सेग्मेन्टमा राखिएको छ ।  'यो गाडी कम्प्याक्ट एसयुभी सेग्मेन्टमा पर्छ, जुन एटो थ्रीभन्दा सानो तर भित्री डिजाइन र अनुभवमा एसयुभीको विशेषता बोकेको छ,'  उनले भनिन् । मुख्य विशेषता र रेन्ज एटो टूमा १०० किलोवाट क्षमताको मोटर र ५१.१३ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ ।  कम्पनीका अनुसार, एक पटकको फुल चार्जमा यसले ३४५ किलोमिटर (डब्लुएलटिपी) को रेन्ज दिन्छ । शाक्यले नेपालको सडक अवस्था र ट्राफिकका कारण वास्तविक रेन्जमा १०(२० किलोमिटरको सामान्य घटबढ हुन सक्ने बताए । सबै बिवाइडी गाडीहरूमा जस्तै यसमा पनि विश्वकै सबैभन्दा सुरक्षित मानिने 'ब्लेड ब्याट्री' प्रविधिको प्रयोग गरिएको छ । नाडा अटो शोमा किने १० वर्षको वारेन्टी नाडा अटो शोलाई लक्षित गर्दै कम्पनीले विशेष अफर सार्वजनिक गरेको छ । यद्यपि यसमा नगद छुटको व्यवस्था छैन, तर ग्राहकहरूले गाडीको मोटर र ब्याट्रीमा १० वर्षको विस्तारित वारेन्टी पाउनेछन् । सामान्यतया कम्पनीले ८ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ । फाइनान्स सुविधा गाडी खरिद गर्न चाहने ग्राहकहरूका लागि कम्पनीले नबिल बैंकसँग सहकार्य गरेको छ । नबिल बैंकमार्फत गाडी खरिद गर्दा ७ वर्षको लागि ८.२५ प्रतिशतको स्थिर ब्याजदरमा ऋण सुविधा उपलब्ध हुनेछ । अटो शोमा बिवाइडीले एटो टूका साथै सिल र एटो वान (डल्फिन) पनि प्रदर्शनमा राखेको छ ।  कम्पनीले अवलोकनकर्ताहरूलाई बिवाइडीको स्टलमा आएर नयाँ प्रविधि र गाडीहरू अवलोकन गर्न तथा हालको अफरको लाभ उठाउन आग्रह गरेको छ ।  

नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने - पछाडि परेकाले अरूभन्दा छिटो दौडनुपर्छ

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विकासको दौडमा पछाडि परेकोले अब अरूभन्दा छिटो दौडनुपर्ने बेला आएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नाडा अटो शो २०२५ को १७औं संस्करणको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देशको समग्र विकासका लागि सबै क्षेत्रले तीव्र गतिमा काम गर्नुपर्नेमा जोड दिए । उनले संयुक्त अरब इमिरेट्स (युएई) का प्रधानमन्त्रीको पुस्तक 'माई भिजन' मा उल्लेखित सिंह र हरिणको कथा सुनाउँदै विकासको गति बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले भने, 'जंगलमा सिंहले सबैभन्दा छिटो कुद्ने हरिणभन्दा छिटो कुद्न सकेन भने भोकै मर्छ, र हरिणले सबैभन्दा छिटो कुद्ने सिंहभन्दा छिटो कुद्न सकेन भने मारिन्छ । बाँच्नका लागि सबैले छिटो दौडनैपर्छ । हामी विकासमा पहिल्यै पछाडि छुटिसकेका छौं, त्यसैले हामीले अरूभन्दा छिटो दौडनुपर्छ ।' उनले युवा उद्यमी, व्यवसायी, कर्मचारी र विद्यार्थीहरूलाई नयाँ सोच र ऊर्जाका साथ अगाडि बढ्न आग्रह गरे ।प्रविधिको विकास तीव्र गतिमा भइरहेको उल्लेख गर्दै उनले सन् १९३९ मा अमेरिकी राष्ट्रपति रुजवेल्टले पहिलो पटक टेलिभिजनको उद्घाटन गर्दा त्यो असम्भव जस्तो लागे पनि आज सामान्य भइसकेको प्रसङ्ग जोडे। उनले भने, 'नेपालमा २०४२ सालमा ब्ल्याक एण्ड ह्वाइट टेलिभिजन आउँदा ठूलो कुरा थियो, आज हामी स्मार्ट युगमा छौं । हाम्रा स्कुले विद्यार्थीहरूले मोटरसाइकल र स्याटलाइट बनाइरहेका छन्, यो खुसीको कुरा हो ।' नाडाले युवा नेतृत्व पाएकोमा प्रशंसा गर्दै अध्यक्षलाई ऊर्जावान् र भिजनरीको संज्ञा दिए । उनले भने, 'अब युवाहरूको समय आएको छ र युवाहरूले गर्न सक्छन् भन्ने विश्वास छ ।' यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय सरकारले लिएका नीतिगत सुधारका कारण अर्थतन्त्रमा उत्साह थपिएको बताए । उनले सरकारले हालै लागू गरेको युरो सिक्स मापदण्डका कारण व्यवसायीहरूलाई परेको समस्या समाधानका लागि केही समय दिन सरकारसँग आग्रह गरे । समारोहको उद्घाटन प्रधानमन्त्रीले रोबोटिक्स एसोसिएसन अफ नेपालको सहयोगमा आईओटी-बेस्ड प्रविधिबाट पानसमा बत्ती बालेर गरेका थिए । कार्यक्रममा नाडाको मुखपत्र नाडा अटो न्युज को ५०औं अंकको पनि विमोचन गरिएको थियो ।   

वार्षिक बिक्रीको ४० प्रतिशत सवारी नाडा अटो शोबाट

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरीले नेपालको अटोमोबाइल क्षेत्रले देशको अर्थतन्त्र र रोजगारीमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् ।  मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको १७ औं संस्करणको नाडा अटो शोको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले यो क्षेत्रले १० लाखभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको र ३ हजारभन्दा बढी व्यवसायीलाई संगठित गरेको दाबी गरे । उनले नाडा अटो शो केवल सवारीसाधनको प्रदर्शनी नभई समग्र अटोमोबाइल क्षेत्रको एक प्रमुख व्यावसायिक थलो भएको बताए ।  ‘नेपालमा वार्षिक बिक्री हुने कुल गाडीमध्ये करिब ४० प्रतिशत यही थलोबाट बुकिङ हुने गरेको छ,’ उनले भने, ‘यसले हाम्रो रोजगार र राजस्वमा ठूलो सहयोग पु‍र्याउँछ ।’ अध्यक्ष चौधरीले युवा शक्ति पलायन देशको प्रमुख चुनौती भएको उल्लेख गर्दै नाडाले सीप विकास र रोजगारी सिर्जनामार्फत यसलाई रोक्न पहल गरिरहेको बताए । ‘हामी सीप पनि दिन्छौं, रोजगार पनि दिन्छौं,’ उनले भने, ‘युवालाई देशमै अवसर छ भन्ने विश्वास दिलाउन हामी सरकारसँग सहकार्य गर्न तयार छौं ।’ सम्बोधनका क्रममा उनले सरकारले ल्याएको पछिल्लो बजेटको खुलेर प्रशंसा गरे ।  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई धन्यवाद दिँदै अध्यक्ष चौधरीले भने, ‘यो मेरो नाडाको दश वर्षे कार्यकाल, एक दशकमा मैले नदेखेको बजेट हो । यो स्वागतयोग्य छ र हामीले हर्षोल्लासका साथ मनाउनुपर्छ ।’ उनले सरकारका सकारात्मक कदमलाई प्रोत्साहन गर्नुपर्ने र आलोचना मात्र गर्ने परिपाटीबाट माथि उठेर सहकार्य गर्नुपर्नेमा जोड दिए । यस वर्षको अटो शोमा नयाँ आकर्षणहरू थपिएको जानकारी दिँदै चौधरीले पहिलो पटक ह्युमोनोइड रोबोट र दक्षिण एसियामै पहिलो पटक 'भर्टिकल फ्लाइङ ट्याक्सी ' सार्वजनिक गरिएको बताए ।  साथै ‘मेड इन नेपाल’ पविलियनमार्फत टायर, ब्याट्री, लुब्रिकेन्ट्स जस्ता स्वदेशमै उत्पादित पार्टपुर्जालाई प्रोत्साहन गरिएको उनको भनाइ थियो । सवारी खरिदमा फाइनान्सिङको समस्या रहेको स्वीकार्दै उनले आगामी मौद्रिक नीतिको समीक्षाबाट यसको समाधान निस्कनेमा आफू आशावादी रहेको बताए ।  उनले नाडाले उपभोक्ता, व्यवसायी र सरकार सबैको हितमा काम गर्न सधैं तयार रहेको प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।

एनएमबि बैंकको नयाँ अटो लोन योजना : ७.१३ प्रतिशत ब्याजदरमा गाडी किन्न सकिने

काठमाडौं । एनएमबि बैंकले नाडा अटो शोमा सहभागिता जनाउँदै र आउँदो चाडपर्वलाई लक्षित गर्दै अटो लोन योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरूले मात्र ७.१३ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी साधन किन्न सक्नेछन् । बैंकले यो योजना सीमित अवधिका लागि मात्र सञ्चालन गर्ने जनाएको छ । साथै, आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको छ । इलेक्ट्रिक सवारी साधन खरिद गर्न चाहने ग्राहकका लागि यो अफर विशेष अवसर हुने बैंकको दाबी छ । वातावरण मैत्री सवारी प्रयोगलाई प्रोत्साहन गर्दै दिगो तथा हरित भविष्य निर्माणमा योगदान पुर्याउने लक्ष्य एनएमबि बैंकले लिएको जनाएको छ । यस अफरबारे थप जानकारी नजिकको शाखा वा नाडा अटो शोमा रहेको बैंकको स्टल नं. इ–२४ मा सम्पर्क गरेर लिन सकिनेछ ।

नाडा अटो शो आजदेखि, दीपलको उड्ने ट्याक्सी देख्न पाइने

काठमाडौं । अटो व्यवसायीहरुको छात्ता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १७ औं संस्करणको ‘नाडा अटो शो २०२५’ आजदेखि सुरु हुँदैछ । राजधानीको भृकुटीमण्डपमा  ‘गो फर मोर’ नाराका साथ आयोजना हुने प्रदर्शनीको उद्घाटन मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।  नाडाका अनुसार यस अटो शोले नवीनतम् प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्णलाई एकै छानामुनि ल्याउने विश्वास गरिएको छ । कुनै समय आयातमा मात्रै केन्द्रित रहेका नेपाली अटो व्यवसायीहरूले पछिल्लो समय उत्पादन र एसेम्बलतर्फ ध्यान केन्द्रित गरेका छन् । नाडा शोमा यसको प्रत्यक्ष झलक देख्न सकिन्छ । नेपालमै बनेका हेल्मेट, लुब्रिकेन्ट्स, ब्याट्री र तीन पाङ्ग्रे सवारी साधन पनि प्रदर्शनीमा राखिने छन् । भाद्र ८ गतेसम्म आयोजना हुने नाडा अटो शोको यो संस्करण ‘फ्युचर मोबिलिटी’ मा पनि केन्द्रित छ । शोको सबैभन्दा ठूलो आकर्षण फ्लाइङ कार र ह्युमनोइड रोबोट हुनेछ । नाडा अटो शोमा १९ चारपाँग्रे, १३ लाइट कमर्शियल र ४ दुईपाङ्ग्रे सवारी ब्राण्डले सहभागिता जनाउने छन् । त्यस्तै, ३५ बढी लुब्रिकेन्ट, टायर, स्पेयर पार्टस, ब्याट्री, बैंक तथा वित्तीय संस्थाको स्टल रहने छन् । नाडा अटो शो करिब डेढ दर्जन (चारपाङ्ग्रे/दुईपाङ्ग्रे) नयाँ सवारी मोडल सार्वजनिक हुने छन् । यस्तै मिडिया, ट्राफिक सूचना डेस्कको पनि व्यवस्था गरिएको छ । अटो शोमा सवारी साधन प्रदर्शनीसँगै सेमिनार, कार्यशाला, अन्तरक्रिया लगायत कार्यक्रम आयोजना गरिने नाडाको भनाइ छ । आकर्षण मानिएको नेपालकै पहिलो उड्ने ट्याक्सी दिपलको ईभीटोललाई प्रधानमन्त्री ओलीले सार्वजनिक गर्ने नाडाले जनाएको छ ।

नाडा अटो शोलाई इतिहासकै आकर्षक बनाउने रणनीति, यी ब्राण्डबीच हुँदैछ प्रतिस्पर्धा

काठमाडौं । नेपाली अटो क्षेत्रको महाकुम्भका रुपमा लिइने नाडा अटो शो मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । आयोजक नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले स्टल निर्माण लगायतका कामहरू तीव्र गतिमा अगाडि बढाएर तयारी अन्तिम चरणमा पुर्याएको छ ।  नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले पहिलो पटक गत साउनमै नाइमा मोबिलिटी एक्स्पो सम्पन्न गरिसकेको छ । नाडाले पनि यस पटकको अटो शो विगतको भन्दा भव्य, फरक र आकर्षक हुने दाबी गरिरहेको छ ।  ‘हाम्रो तयारी सकिसकेको छ । बाहिरी संरचना तयार भइसकेको छ र भित्री स्टल निर्माणको काम रातभर चल्छ,’ नाडा अटो शोका संयोजक अनुप बरालले विकासन्युजसँग भने ।  नाडा अटो शोको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।  नाडा अटो शो आयोजना हुनुभन्दा एक साताअघि मात्रै नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले सोही ठाउँमा अटो शो आयोजना गरेको थियो ।  ‘हामीले नाइमाले आयोजना गरेको एक्स्पोलाई चुनौतीका रूपमा लिएका छैनौं । उहाँहरूले एउटा इभेन्ट गर्नुभयो, त्यो राम्रो हो,’ बरालले भने, ‘नाडा अटो शो हाम्रो वार्षिक क्यालेन्डरको इभेन्ट हो । हामी आफ्नो पूर्ण तयारीका साथ अघि बढेका छौं । उहाँहरूले गरेर हामीलाई चुनौती हुने भन्ने नै हुँदैन ।’ ‘नाडा भनेको एउटा ‘होल बडी’ जस्तै हो, जहाँ एउटा गाडीमा चाहिने स–साना पाट्र्स, लुब्रिकेन्ट्स, टायरदेखि लिएर ठूला गाडीसम्मका सबै व्यवसायीहरू समेटिएका छन्,’ उनले भने, ‘त्यसैले हाम्रो आयोजनाको आयतन र सहभागिता बृहत् छ ।’ नाडा र नाइमामा एउटै ब्राण्डको सहभागिता नाइमाले आयोजना गरेको शोमा सहभागी भएका कतिपय ब्राण्डहरू नाडा अटो शोमा पनि सहभागी हुने भएका छन् । रोयल इन्फिल्ड, बीवाईडी, यामाहा जस्ता ब्रान्डहरू दुवै प्रदर्शनीमा रहने नाडाले जनाएको छ ।  ‘नाइमामा प्रदर्शन गरिएका ब्रान्डहरू हाम्रोमा पनि छन् । हामी मिलेरै अगाडि बढेका छौं,’ संयोजक बरालले भने । सुजुकी र टाटाले भारतमा उत्पादन भएका विद्युतीय गाडी अटो शो प्रर्दशनमा राख्दैछन् भने बीवाइडी र एमएडब्लु वृद्धिले चीनमा उत्पादन भएका गाडीहरु अटो शोमा राख्ने जनाइएको छ ।  यी ४ ब्राण्डले अटो शोमा रोचक प्रतिस्पर्धा गर्ने बुझिएको छ । अटो शोमा सुजुकीको ई–भिटारा, टाटाको ह्यारीयर ईभी, एमएडब्लु वृद्धिको दीपल एस ०५ र नामी ०३ आउँदै छन् भने बीवाइडीको एट्टो–टु प्रदर्शनमा राखिनेछन् । ई-भिटारा सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले ई–भिटारालाई अटो शोमा राख्ने भएको छ । यो कम्पनीको पहिलो ईभी हो । फिन ड्रिम्सले बनाएको ब्लेड ब्याट्रीको साथ आउन लागेको यो गाडी दुई ब्याट्री अप्सनमा उपलब्ध हुनेछ ।  यसमा रहेको ४९ र ६१ किलोवाट आवरको ब्याट्रीले अधिकतम ५०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसमा १०५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । जापानी निर्माताले आफ्नो पहिलो प्योर इलेक्ट्रीक एसयूभीमा इको, नर्मल र स्पोट्स ड्राइभ मोडसँगै स्नो मोड र वान पेडल ड्राइभिङ मोड पनि दिएको छ । यसको मूल्य अटो शोमा सार्वजनिक हुने कम्पनीले जनाएको छ ।   टाटा ह्यारियर अटो शोमा टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आफ्नो ह्यारियर ईभीलाई अटो शोमा राख्ने जनाएको छ । कम्पनीले भारतमा यसमा ६५ र ७५ किलोवाट आवरको एलएफपी ब्याट्रीसँगै १५ वर्षको अनलिमिटेड किलोमिटर वारेन्टी दिएको छ । टाटा ह्यारियरमा रियर माउण्टेड १७५ किलोवाट र अलह्वील ड्राइभ मोडलमा २९१ किलोवाटको मोटर रहेको छ । यसले ५०४ न्युटन मिटरसम्म टर्क जेनेरेट गर्ने कम्पनीको भनाइ छ । दिपल एस ०५ र नामी ०६ एमएडब्लु वृद्धिले अटो शोमा दीपल एस–०५ र डोङफेङ नामीे–०६ मोडेलहरू राख्नेछ ।  दीपल एस–०५ मा सीएटीएलद्वारा निर्मित ब्याट्रीले एक पटकको फूल चार्जमा ५१० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ । जुन नेपालमा उपलब्धमध्ये सबैभन्दा धेरै हो । यसमा रिमोट इन एन्ड आउट यसको अर्थ साँघुरो ठाउँमा पार्किङ गर्दा चाबीकै बटनले गाडीलाई अगाडि÷पछाडि सार्न सकिने सुविधा रहेको छ ।  जर्मनीमा ‘आइएफ डिजाइन अवार्ड २०२५’ जितेको यस एसयूभीमा एडीएएस २.५ सुइट अन्तर्गत १९ वटा उन्नत सुरक्षा सुविधा छन् । जबकि यस सेगमेन्टमा सामान्यतया ६ वटा मात्र हुन्छन् ।  कम्पनीले दीपल एस–०५ दुई भेरियन्टमा सार्वजनिक गरेको हो । जसको लाइट भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र म्याक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको छ ।  यस्तै, नामीे–०६ पनि अटो शोमा राम्रो बिक्री गर्ने अपेक्षा कम्पनीको छ । एमएडब्ल्यू वृद्धिले सर्वाधिक बिक्री गरेको यो गाडीध्येको एक मोडल हो नामीे–०६ । यसको ब्याट्रीमा ९९ किलोवाट क्षमताको मोटर रहेको छ । कम्पनीका अनुसार यसको मूल्य ५७ लाखदेखि ६२ लाखसम्म रहेको छ ।  बीवाईडी   बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले नाडा अटो शोमा एट्टो–टु प्रदर्शनी राख्ने जनाएको छ । कम्पनीका अनुसार एट्टो–टु चिनियाँ बजारमा ३२ र ४५.१२ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध भए पनि नेपालमा भने ५१.३ किलोवाट आवरको एलएफपी ब्याट्रीमा उपलब्ध हुनेछ ।  ब्याट्रीको आकार एट्टो–थ्री एड्भान्सको भन्दा ठूलो रहेको कम्पनीले जनाएको छ । यसले एक पटकको चार्जिङमा ३४० किलोमिटर रेन्ज दिनेछ । कम्पनीले गाडीको मूल्य नाडा अटो शोमै सार्वजनिक गर्ने जनाएको छ । कम्पनीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा एट्टो–वान ह्याचब्याक सार्वजनिक गरेको थियो ।  टिकटमा छुट नाडा अटो शोमा १९ वटा चार पांग्रे ब्रान्ड, १३ वटा हलुका व्यावसायिक सवारीसाधन ब्रान्ड र ४ वटा दुईपांग्रे सवारी ब्रान्ड सहभागी हुने संयोजक बरालले जानकारी दिए ।  उनका अनुसार अटो शोमा ३५ कम्पनी (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १ सय २५ भन्दा बढी प्रदर्शक सहभागी हुने छन् । अटो शोमा १ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ । नाडा अटो शो अवलोकनका लागि सर्वसाधारणलाई २०० रुपैयाँ र विद्यार्थीहरूलाई परिचयपत्रका आधारमा १५० रुपैयाँ टिकट शुल्क तोकिएको छ । साथै अनलाइनमार्फत टिकट खरिद गर्ने दर्शकले २० प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ ।  नाडाले अटो शो भव्य र सफल हुनेमा विश्वस्त रहेको बताउँदै सम्पूर्ण अटोप्रेमीहरूलाई अवलोकनका लागि भ्रमण गर्न आग्रहसमेत गरेको छ ।   

नाडा अटो शो २०२५ मा फोटोन र सोकोनका विद्युतीय गाडीमा छुट र अफर पाइने

काठमाडौं । नाडा अटो शो २०२५ अटो प्रेमीहरूका लागि निकै रोमाञ्चक हुने भएको छ । फोटोन टुनल्यान्ड, माउन्टेन ईभी भ्यान, टीएमवान र सोकोन ईभी भ्यानले ६ दिनसम्म चल्ने प्रदर्शनीका अवसरमा विभिन्न अफर, विशेष छुट र भ्यालु प्याकेजहरू घोषणा गरेका छन् । टीएमवानको मूल्य ३३ लाख ७४ हजार बाट घटाएर २६ लाख ९९ हजार रुपैयाँ गरिएको छ भने माउन्टेन ईभी र सोकोन ईभी भ्यानमा पनि छुट लागू गरिएको छ । फोटोन टुनल्यान्ड पिकअपले भने आफ्नो छुटबारे प्रदर्शनीमै सार्वजनिक गर्ने भएको छ । प्रदर्शनीमा बुकिङ गर्ने ग्राहकले बुकिङ ग्याजेट, १ वर्षको निःशुल्क फुल इन्स्योरेन्स, अटोप्लस सेवा र क्यासलेस इन्स्योरेन्स ग्यारेन्टी प्राप्त गर्नेछन् । साथै, सहज फाइनान्स सुविधा उपलब्ध गराइएको छ । अफर अन्तर्गत, टुनल्यान्ड पिकअप खरिद गर्नेले ट्राङक्विलिटी स्पा एक्सपिरियन्स वा भाटभटेनीको २५ हजार रुपैयाँ बराबरको शपिङ कुपन, ३ वर्षसम्म पार्ट्ससहितको प्रिभेन्टिभ मेनटेनेन्स सेवा र ड्राइभर परिवारको स्वास्थ्य बीमा पाउनेछन् । त्यसैगरी, माउन्टेन ईभी भ्यान खरिद गर्नेले छुटसहित ५५ इन्चको स्मार्ट टिभी, ५ पटकसम्म निःशुल्क सर्भिसिङ र ब्रेक सुज प्राप्त गर्नेछन् भने सोकोन ईभी भ्यान खरिदमा पनि आकर्षक छुटसँगै ५५ इन्च स्मार्ट टिभी प्रदान गरिनेछ । यी सबै अफर र उपहारहरूले गाडी खरिद अनुभवलाई अझ आकर्षक, किफायती र सुविधाजनक बनाउने आयोजक कम्पनीले विश्वास व्यक्त गरेको छ ।

‘नाडा अटो शो’ मा स्काइवेल गाडी बुकिङ गर्दा सपरिवार युरोप जान पाइने

काठमाडौं । मंगलबारदेखि सुरु हुने ‘नाडा अटो शो २०२५’ मा स्काइवेलका गाडी बुकिङ गर्ने ग्राहकले सपरिवार युरोप भ्रमणको अवसर पाउने भएका छन् । स्काइवेलका लागि नेपालमा आधिकारिक वितरक जी मोटर्स प्रालिले ‘युरोप टुर फर फ्यामिली’ नामक अफर ल्याएको हो ।  कम्पनीका अनुसार अटो शो अवधिमा बुकिङ गर्ने ग्राहकले युरोप भ्रमणको पूर्ण प्याकेज प्राप्त गर्नुका साथै युरोपमै स्काइवेल गाडीको टेस्ट ड्राइभ गर्ने अवसर पनि पाउनेछन् । स्काइवेलको स्टल ‘एच १२’ मा गई गाडी बुकिङ गर्दा यो अफर उपलब्ध हुनेछ ।  यसबाहेक प्रत्येक गाडी बुकिङमा ग्राहकलाई आकर्षक ‘डायमण्ड नेकलेस’ उपहार दिइनेछ भने एकजना भाग्यशाली विजेताले रोलेक्स घडी जित्ने अवसर पनि पाउनेछन् । कम्पनीले अन्य विभिन्न बोनस अफरहरू समेत उपलब्ध गराउने जनाएको छ ।  यस्तै ग्राहकलाई ८० प्रतिशतसम्मको फाइनान्स सुविधा उपलब्ध गराइएको कम्पनीको भनाइ छ । साथै, पहिलो वर्षको सवारी कर कम्पनीले नै तिर्ने व्यवस्था गरिएको छ ।  

नाडा अटो शोको तयारी अन्तिम चरणमा (फोटो–फिचर)

काठमाडौं । मंगलबारदेखि भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शो- २०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । अहिले भृकुटीमण्डपमा स्टल बनाउने काम धमाधम भइरहेको नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले जनाएको छ ।  नाडाका अनुसार अटो शोलाई भव्य, व्यवस्थित र उत्कृष्ट बनाउनका लागि सजावटका कामहरु भइरहेका छन् ।  यसपटकको नाडा अटो शोमा मुख्य आकर्षकका रूपमा उड्ने कारदेखि रोबोटसम्म देख्न सकिनेछ ।  तस्बिरहरू : नरेश बोहोरा/विकासन्युज ​​​​​​​ ​​​​​​​ ​​​​​​​

दिपलको उड्ने ट्याक्सी नाडा अटो शोमा प्रधानमन्त्रीले सार्वजनिक गर्ने

काठमाडौं । मंगलबारबाट सुरु हुने नाडा अटो सो २०२५ मा दिपलको उड्ने ट्याक्सीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गर्ने भएका छन् । एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिङलाई नाडा अटो शोमा प्रदर्शनीमा राख्न लागेको हो ।  एमएडब्लु वृद्धिले नेपालमै पहिलो पटक मानव आकारको ह्युमनोइड रोबोटहरु पनि प्रदर्शनीमा राख्नेछ जसले आगन्तुहरुसँग प्रत्यक्ष संवाद गर्दे मानिसहरुको जस्तो गतिविधि र संसार गर्नेछन् । यी नविनतम् प्रविधिले नाडा अटो सोलाई एउटा अटोमोबाइल प्रदर्शनीमा मात्र नभई एउटा नयाँ युगको आगमनको उत्सव बनाउनेछ ।  कम्पनीका अनुसार नयाँ प्रविधिहरुसँगै नाडा अटो सोमा दिपल तथा अवतारका फ्युचरिस्टिक कारहरु दिपल एस०५, एस०७ आईसीए, ई०७ र अल्ट्राप्रिमियम अवतार ११ प्रदर्शनीमा राखिनेछन् । गत साता नेपालमा धमाकेदाररुपमा सार्वजनिक भएको दिपल एस०५ ले केही दिनमै अत्याधिक सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । लक्जरी, स्टाइल र टेक्नोलोजीको विशिष्ट सम्मीश्रणकै कारण यो नयाँ एसयुभी लोकप्रिय बन्न पुगेको हो । नेपालको नं १ लक्जरी इभी ब्रान्ड दिपलका सबै इभीहरु नाडाको एवान र एटु स्टलमा प्रत्यक्ष रुपमा अनुभव गर्न सकिनेछ । नाडा अटो सो सधैं नयाँ प्रविधि प्रदर्शन गर्ने मञ्च रहँदै आएको छ । 'यस वर्ष प्रधानमन्त्रीज्यूबाटै नेपालको पहिलो उड्ने ट्याक्सी सार्वजनिक हुनु स्वंयमा एउटा ऐतिहासिक उपलब्ध हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने, ‘उड्ने कार, ह्युमनोइड रोबोट र दिपलका डिस्रप्टिक इभी लाइनअपलाई प्रदर्शनमा राखेर हामीले नेपालको मोबिलिटीको भविष्यलाई पुनपरिभाषित गर्दैछौं ।’  

दीपल एस-०५ र ई-भोल्ट फ्लाइङ कार : काँधबाट उडानसम्मको नेपाली अटो यात्रा

काठमाडौं । लगभग एक शताब्दीअघि नेपालमा पहिलो मोटर गाडीलाई मानिसहरूले काँधमा बोकेर भीमफेदीको उकालो चढाउँदै काठमाडौं भित्र्याएका थिए । त्यो एउटा युगको सुरुवात थियो । बिहीबार काठमाडौंको पाँचतारे होटल सोल्टीमा सयौं गाडीप्रेमीहरूको भीडबीच जब अत्याधुनिक विद्युतीय गाडी ‘दीपल एस-०५’ सार्वजनिक हुँदै थियो, त्यही बेला इतिहासले अनौठो तरिकाले आफूलाई दोहोर्याइरहेको थियो । भविष्यको सवारी मानिएको ‘फ्लाइङ कार’ (उड्ने कार) लाई पहिरोले बाटो छेकेपछि तातोपानी नाकामा मानिसहरूले काँधमै बोकेर नेपाल भित्र्याउँदै थिए ।  यो दृश्य केवल एउटा संयोग थिएन, यो नेपालको अटोमोबाइल यात्राको प्रतिक थियो, जहाँ विगतको संघर्ष, वर्तमानको क्रान्ति र भविष्यको सपना एकैसाथ जीवन्त भइरहेका थिए । यी दुवै घटनाको केन्द्रमा थिए नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धि र विश्वविख्यात चिनियाँ अटोमोबाइल निर्माता चाङ्गान अटो ।  सोल्टी होटलको भव्य समारोहमा एउटा गाडी सार्वजनिक गर्ने कार्यक्रम मात्र थिएन ।  यो १६३ वर्ष पुरानो इन्जिनियरिङ विरासत बोकेको चाङ्गान र ६० वर्षदेखि नेपाली उपभोक्ताको विश्वास जितेको एमएडब्लु ग्रुपबीचको साझेदारीको उत्सव थियो ।  ‘आज राति हामी केवल एउटा गाडी लन्च गरिरहेका छैनौं,’ एमएडब्लु वृद्धिका अध्यक्ष विष्णु अग्रवालले भने, ‘हामी नवीनता, साझेदारी र नेपालमा यातायातको स्वच्छ, स्मार्ट र थप रोमाञ्चक भविष्यको साझा दृष्टिकोणको उत्सव मनाइरहेका छौं ।’  यो साझेदारीको जग निकै बलियो छ । करिब ५० अर्ब अमेरिकी डलर राजस्व भएको चाङ्गान चीनको तेस्रो ठूलो र त्यहाँको केन्द्रीय सरकारद्वारा लगानी गरिएका १०० कम्पनीमध्ये एक हो । अर्कोतर्फ सन् १९६४ मा मोरङको एउटा सानो इन्जिन वर्कशपबाट यात्रा सुरु गरेको एमएडब्लु आज नेपालको सबैभन्दा ठूलो अटोमोटिभ समूह बनेको छ ।  अग्रवालका अनुसार गत वर्ष मात्र ग्रुपले ३२ हजार ५ सयभन्दा बढी दुई-पाङ्ग्रे, १२ सयभन्दा बढी कार र ५ सय ५० भन्दा बढी हेभी इक्विपमेन्ट बिक्री गरेको थियो । जुन नेपाली बजारमा यसको गहिरो पकड र विश्वासको प्रमाण हो ।  ‘लक्जरी, स्टाइल, टेक पर्फेक्टेड’ नारालाई सार्थक तुल्याउँदै दीपल एस ०५ ले नेपाली विद्युतीय गाडी बजारमा नयाँ तरंग ल्याएको छ । यसका विशेषताहरू साँच्चै क्रान्तिकारी छन् । गोल्डेन शिल्ड ब्याट्री २.०ः सीएटीएल द्वारा निर्मित यो ब्याट्रीले ५ हजार साइकलको जीवन प्रदान गर्छ, जुन नेपालमा उपलब्धमध्ये सबैभन्दा लामो हो ।  यसमा रिमोट इन एन्ड आउट यसको अर्थ साँघुरो ठाउँमा पार्किङ गर्दा चाबीकै बटनले गाडीलाई अगाडि÷पछाडि सार्न सकिने सुविधा रहेको छ । अग्मेन्टेड रियालिटी हेड–अप डिस्प्लेले चालकको दृष्टिपथमै नेभिगेसन देखाउँछ । जसले ड्राइभिङलाई सुरक्षित बनाउँछ । कम्पनीका अनुसार आरामदायी ‘क्वीन को–पाइलट’ सिट र गाडी बाहिर उभिएका व्यक्तिसँग कुरा गर्न मिल्ने बाहिरी स्पिकर जस्ता नवीन विशेषताहरूले यसलाई अरूभन्दा फरक बनाएको छ । जर्मनीमा ‘आइएफ डिजाइन अवार्ड २०२५’ जितेको यस एसयूभीमा एडीएएस २.५ सुइट अन्तर्गत १९ वटा उन्नत सुरक्षा सुविधा छन् । जबकि यस सेगमेन्टमा सामान्यतया ६ वटा मात्र हुन्छन् । कम्पनीले दीपल एस–०५ दुई भेरियन्टमा सार्वजनिक गरेको हो । जसको लाइट भेरियन्टको मूल्य ४८ लाख ९९ हजार र म्याक्स भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको छ । नेपालको ईभी क्रान्ति र दीपलको भूमिका नेपाल विश्वमै विद्युतीय गाडी अपनाउने अग्रणी देशहरूमध्ये एक हो । विष्णु अग्रवालले भने, ‘गत वर्ष देशमा बिक्री भएका सबै नयाँ कारहरूमध्ये ७६ प्रतिशत विद्युतीय थिए । ९० प्रतिशत भन्दा बढी बिजुली हरित जलविद्युतबाट आउने हुँदा यहाँ ईभी गाडी राख्नु वातावरण र तपाईंको वालेट दुवैका लागि स्मार्ट छ ।’  दीपलले एक वर्षभन्दा कम अवधिमा नेपालमा ९५० भन्दा बढी एस–०७ बिक्री गरिसकेको छ । एमएडब्लु वृद्धिले देशभर ८ वटा दीपल शोरुम र १२५ भन्दा बढी चार्जिङ स्टेसनको सञ्जाल विस्तार गरिसकेको छ । जसले नेपालको ईभी इकोसिस्टमलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ । काँधमा बोकियो फ्लाइङ कार जतिबेला एस-०५ ले काठमाडौंमा वाहवाही बटुलिरहेको थियो । त्यति नै बेला दीपलको अर्को आश्चर्य ‘ई-भोल्ट’ फ्लाइङ कारले तातोपानी नाकामा सबैको ध्यान खिचिरहेको थियो । आगामी नाडा अटो शो २०२५ को मुख्य आकर्षण बन्न आइपुगेको यो कार पहिरोले बाटो अवरुद्ध हुँदा मानिसले बोकेरै ल्याउनु पर्यो ।  राणाकालमा बाटो नभएर र आज बाटो भएर पनि अवरुद्ध हुँदा दुवै पटक पहिलो सवारीले मानिसकै काँधको सहारा लिनु एउटा अविस्मरणीय घटना बनेको छ । ‘भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ’ फिचर भएको यो कार हेलिकप्टर जस्तै सिधै उड्न र अवतरण गर्न सक्छ । चाङ्गान ग्रुपले यस प्रविधिमा आगामी ५ वर्षमा २० अर्ब युवान लगानी गर्ने घोषणा गरिसकेको छ ।  के छन् विशेषता ? यो कार चांगानले विकास गरेको इलेक्ट्रीक ‘भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ’ फिचर भएको अत्याधुनिक सवारी हो । यसको अर्थ यो कारलाई उडान भर्न र अवतरण गर्नका लागि रनवे आवश्यक पर्दैन । हेलिकप्टर जस्तै सिधै उड्न र अवतरण गर्न सक्छ । यसमा ‘लो अल्टिच्युड फ्लाइट म्यानेजमेन्ट टेक्नलोजी’ प्रयोग गरिएको छ । जसले कम उचाइमा सुरक्षित उडान सुनिश्चित गर्दछ । साथै कारमा दीपल ब्राण्डका अन्य विद्युतीय गाडीमा पाइने अत्याधुनिक फिचरहरू पनि समावेश गरिएको छ ।  नाडा अटो शोको मुख्य प्रायोजक रहेको एमएडब्लू वृद्धिले  यो कार  प्रदर्शनीमा राख्न लागेको हो । नेपालमा पहिलो पटक प्रदर्शनी हुन लागेको यो उड्ने कार हेर्न मानिसहरू निकै उत्सुक देखिएका छन् ।  नेपालको विद्युतीय क्रान्तिमा चिनियाँ समर्थन नेपाल विश्वमै विद्युतीय गाडी अपनाउने अग्रणी देश बन्दैछ । यो यात्रामा चिनियाँ प्रविधि र लगानीको महत्त्वपूर्ण भूमिका रहेको कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि चिनियाँ राजदूत छेन सोङले बताए । ‘नेपालले सामना गरिरहेका हरेक चुनौतीमा चीनले साथ दिँदै आएको छ,’ उनले भने, ‘चिनियाँ प्रविधि अँगालेर एमएडब्लु ग्रुपले आफ्नो र नेपालको भविष्य सुरक्षित गरिरहेको छ ।’ दीपल एस-०५ को आगमन र ई-भोल्ट फ्लाइङ कारको प्रवेशले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ । यो केवल दुई उत्पादनको विषय मात्रै होइन, यो चीनको प्राविधिक शक्ति र नेपालको स्थानीय बजारप्रतिको गहिरो समझदारीको उत्कृष्ट उदाहरण भएको अधिकांशको बुझाइ छ ।  जसरी ब्रान्डको नाम ‘दीपल’ (गहिरो नीलो) ले असीमित सम्भावनालाई जनाउँछ । त्यसरी नै यी उत्पादनहरूले नेपालको हरित र समृद्ध भविष्यतर्फको यात्रामा एक मार्गदर्शक प्रकाश बन्ने वाचा कम्पनीको छ ।    

नाडा अटो शो २०२५ मा टाटाका चार विद्युतीय मोडेल प्रदर्शन गरिने

काठमाडौं । टाटा इभीको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ  नाडा अटो शो २०२५ मा  तयारीसहित सहभागी हुने भएको छ । प्रदर्शनीको स्टल आ४८ मा टियागो ईभी, पन्च ईभी, नेक्सन के ३  ईभी र कर्भ ईभीजस्ता लोकप्रिय विद्युतीय मोडेलहरू प्रदर्शन गरिनेछन् । प्रदर्शनी अवधिभर टाटाले एक्सक्लुसिभ अफर, सजिलो फाइनान्स योजना र विशेष उपहार उपलब्ध गराउने जनाएको छ । २०२५ टियागो ईभीमा दुई एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल–होल्ड कन्ट्रोल, कूल्ड ग्लोभबक्स, क्रुज कन्ट्रोल र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू छन् । पन्च ईभीमा भ्वाइस–असिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड लेदर सिट, ६ एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले सुविधा रहेको छ । यसले १९० मिमि ग्राउन्ड क्लियरेन्स र ५-स्टार सेफ्टी रेटिङ पाएको छ । नेक्सन के ३  ईभीमा १९० मिमि ग्राउन्ड क्लियरेन्स, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, १२ इन्च टचस्क्रिन र नेपाली भौगोलिक अवस्थालाई सुहाउने अन्य सुविधाहरू छन् । कर्भ ईभीमा ५५ किलोवाट आवर ब्याट्री प्याक, ९८ किलोवाट मोटर, ५०० लिटर बुटस्पेस, १८६ मिमि ग्राउन्ड क्लियरेन्स र एडिएएस लेभल २ सहितका अत्याधुनिक सुरक्षा सुविधा उपलब्ध छन् । नाडा अटो शो २०२५ मा अटोप्रेमीहरूले यी गाडी प्रत्यक्ष अवलोकन गर्ने र तत्काल बुकिङ गर्ने अवसर पाउनेछन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने यो प्रदर्शनीले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउने लक्ष्य राखेको छ ।

नाइमा एक्स्पोमा राखिएका गाडी नाडा अटो शोमा पनि सहभागी हुने, ईभीमय बनाउने नाडाको रणनीति

काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो सकिए लगत्तै नेपाली अटो क्षेत्रको ध्यान नाडा अटो शोतर्फ मोडिएको छ । आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने नाडा अटो शोले सवारीसाधनका पारखी माझ नयाँ उत्साह र कौतुहलता थपेको छ ।  नेपाल अटोमोबाइल्स एसोसिएसन अफ (नाडा) ले यसपटकको अटो शो विगतको भन्दा भव्य, फरक र आकर्षक हुने दाबी गरिरहेको छ । आयोजकदेखि सहभागी व्यवसायीहरू अहिले अन्तिम तयारीमा जुटेका छन् ।  नाडा अटो शो आउन अब एक हप्ता मात्रै बाँकी रहँदा सहभागी ब्राण्ड र व्यवसायीहरू ग्राहकलाई आकर्षित गर्नेतर्फ रणनीति बनाउन व्यस्त छन् । उनीहरू आफ्नो बजार विस्तार गर्न आकर्षक फिचर र नयाँ प्रविधियुक्त मोडलहरू प्रस्तुत गर्ने रणनीतिमा छन् ।  आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म हुन लागेको अटो शोमा ठूला ब्राण्डका नयाँ विद्युतीय गाडी मात्र होइन, नेपालमै पहिलोपटक ‘उड्ने कार’ समेत मुख्य आकर्षणको बिन्दु बन्दैछ । यसपटकको नाडा अटो शोको सबैभन्दा ठूलो आकर्षण चाङ्गन अटोमोबाइलको सब–ब्राण्ड दिपलले बनाएको ‘उड्ने अटोनोमस कार’ हुने निश्चित छ ।  नेपालका लागि दीपल गाडीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिका अनुसार यो कार नाडा अटो शोमा प्रदर्शनका लागि मात्र राखिनेछ ।  चार पांग्रेमा कुन ब्राण्डले के ल्याउँदैछन् ? नाडा अटो शोमा चार पाङ्ग्रे सवारीसाधनका स्थापितदेखि नयाँ ब्राण्डसम्मको उल्लेख्य सहभागिता रहने संयोजक अनुप बरालले जानकारी दिए । उनका अनुसार दीपल, अवतार, डङफेङ, सेरेस, टाटा, सुजुकी, आयोन, एक्पेङ, रिडारा, स्काइवेल, बीवाइडी, फोटोन, बिएडब्लु ब्रम्बी जस्ता ब्राण्डहरूले आफ्ना उत्पादनहरू प्रदर्शन गर्नेछन् । नाडाका अनुसार एमएडब्लू ग्रुपले दीपल, डङफेङजस्ता धेरै ब्राण्डहरू लिएर सहभागी हुँदैछ ।  दीपलका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रूपेश शर्मा भट्टका अनुसार हाल बजारमा रहेका एच जेरो सेभेन, ई जेरो सेभेन जस्ता मोडलका साथै नयाँ मोडल ‘एस जेरो फाइभ’ पनि सार्वजनिक गर्ने तयारी छ ।  त्यस्तै, डङफेङको ‘नामी जेरो वान’ बाहेक अर्को नयाँ मोडल पनि सार्वजनिक गर्ने बुझिएको छ ।  टाटाले आफ्ना लोकप्रिय मोडलहरू नेक्सन, कर्भ ईभी र सफारीलाई नै निरन्तरता दिने भएको छ । नयाँ मोडल ल्याउने विषयमा भने कम्पनीले अझै केही स्पष्ट पारिसकेको छैन ।  यस्तै, सुजुकीले यसपटक आफ्नो ‘स्ट्रङ्ग एसयुभी लाइनअप’ मा जोड दिएको छ । जसमा जिम्नी, नेपालकै सर्वाधिक बिक्री हुने ब्रिजा, ग्रान्ड भिटारा, एसयूभी ई–भिटारा  र फ्रन्क्स जस्ता मोडलहरू प्रदर्शन गरिनेछन् । तत्काल नयाँ मोडल लन्च गर्ने योजना भने नरहेको कम्पनीले जनाएको छ । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकले नाडा अटो शोमा एट्टो–टु मोडल सार्वजनिक गर्ने तयारी रहेको छ । कम्पनीले अटो शोमा सिलायन–७, एट्टो–वाइन, डल्फिन, एसयुभी सिलायन–७ लगायत मोडल राख्नेछ । यस्तै, नाइमामै सहभागी भएको एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर प्रालिले पनि नाडा अटो शोमा सहभागी हुने बताएको छ । कम्पनीका अनुसार नाइमा एक्स्पोमा लन्च भएका ‘एलईभी ०५’ र  ‘एलईभी एक्स’ गरी दुईवटै मोडेल नाडा अटो शोमा ल्याउन लागेको हो । नाडाले प्रेस विज्ञप्तिमा टेस्लाको सहभागिता रहने उल्लेख भए पनि टेस्लाका एक प्रतिनिधिले भने आफूहरू सहभागी नहुने बताएका छन् ।  यसपटकको अटो शोलाई गाडीको खरिद बिक्रीमा मात्र सीमित नराखेर प्रविधि र अनुभवमा केन्द्रित गर्न खोजिएको छ । नाडा अटो संयोजक अनुप बरालले भने, ‘हामीले यसलाई वल्र्ड क्लास नै बनाउन खोजिरहेका छौं । यो गाडीको मात्र होइन, भविष्यको प्रविधि देखाउने प्लेटफर्म पनि हो ।’ अवलोकनकर्ताले ‘फ्युचर टेक्नोलोजी’, ‘मेड इन नेपाल’ प्याभिलियन र पुराना भिन्टेज कारहरूको प्रदर्शनी समेत हेर्न पाउनेछन् । यसले अटो शोलाई सबै उमेर र रुचिका दर्शकका लागि एउटा उत्सवको रूप दिने अपेक्षा गरिएको छ । अटो शोका लागि टिकट खरिद गत वर्ष जस्तै यसपटक पनि डिजिटल वालेट ‘खल्ती’ मार्फत गर्न सकिनेछ । विद्यार्थीहरूका लागि परिचयपत्रका आधारमा १५० रुपैयाँ र अन्य सर्वसाधारणका लागि २०० रुपैयाँ शुल्क तोकिएको नाडाले जानकारी दिएको छ ।  स्टलहरूको माग अत्यधिक बढेकाले आयोजकले थप डोम बनाएर व्यवस्थापन गर्ने तयारी गरिरहेको नाडा अटो शोका संयोजक बरालले जानकारी दिए ।  अटो शोमा १९ वटा चार पांग्रे ब्रान्ड, १३ वटा हलुका व्यावसायिक सवारी साधन ब्रान्ड र ४ वटा दुईपांग्रे सवारी ब्रान्ड सहभागी हुनेछन् । अटो शोमा ३५ कम्पनी  (ल्युब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र वित्तीय संस्थाहरू), १२५ भन्दा बढी प्रदर्शक सहभागी हुने नाडाले जनाएको छ । अटो शोमा १ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।  ‘अटो एक्स्पो कस्तो हुन्छ हामी देखाउँछौं, नाडा अटो शो ईभीमय हुन्छ’ {अन्तर्वार्ता}  

भोया अटोमोबाइलमा डोङफेङ मोटर ग्रुपले बढायो लगानी

काठमाडौं । चीनको अग्रणी अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपले आफ्नो इलेक्ट्रिक भेहिकल ब्रान्ड भोया अटोमोबाइलमा ठूला लगानी गर्ने घोषणा गरेको छ । डोङफेङ र भोयाबीच सम्पन्न पुँजी वृद्धि सम्झौता अनुसार हुने यस लगानीमा डोङफेङको सहायक कम्पनी डोङफेङ एसेट म्यानेजमेन्ट (डीएफएएम) ले भोयामा करिब १३७ मिलियन अमेरिकी डलर लगानी गर्नेछ । यसले भोयालाई ईभी स्पेसमा आफ्नो गाडी, प्रविधि र प्रदर्शनलाई अझै सुधार गर्न मद्दत गर्नेछ । पुँजी वृद्धि सम्झौतापछि भोया अटोमोबाइलको स्वामित्व संरचनामा केही फेरबदल हुनेछ। लगानीपछि डोङफेङ मोटर ग्रुपले भोयाको ७९.६९ प्रतिशत स्वामित्व पाउनेछ।  डीएफएएमको ३.३० प्रतिशत हिस्सा हुनेछ र बाँकी १७.०१ प्रतिशत अरू सेयरधनीले राख्नेछन् । यसरी डोङफेङले भोयामा नियन्त्रण कायम राख्दै विश्वसनीय साझेदारहरूसँग मिलेर विकास कार्यलाई अघि बढाउनेछ । भोया डोङफेङ मोटर ग्रुपको प्रिमियम इलेक्ट्रिक गाडी ब्रान्ड हो । स्मार्ट र वातावरणमैत्री गाडीहरूका साथ बजारमा प्रवेश गरेको यसले आजका ग्राहकका लागि आधुनिक गाडी उपलब्ध गराउने लक्ष्य राखेको छ ।  यो नयाँ लगानीले भोयालाई बजारमा अझ बलियो बनाउन सहयोग गर्नेछ । नयाँ पूँजीलाई अनुसन्धान र विकास, उत्पादन वृद्धि, गाडीको गुणस्तर सुधारका साथै अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्नका लागि प्रयोग गर्न सकिनेछ ।  डोङफेङका लागि यो लगानी केवल आम्दानी वा सेयरको कुरा मात्र होइन, भविष्यमा ग्रीन र स्मार्ट यातायात प्रणालीमा प्रभावशाली सेयरधनीका रूपमा नेतृत्व गर्ने लक्ष्यतर्फको कदम पनि हो । 

नाइमा अटो एक्स्पो सम्पन्न, नीतिगत स्थिरतामा व्यवसायीको जोड

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित नाइमा मोबिलिटी एक्स्पो एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागितासहित सम्पन्न भएको छ ।  भृकुटीमण्डपमा ६ दिनसम्म चलेको एक्स्पोमा अवलोकनकर्ताको बाक्लो उपस्थिति रहेको थियो । एक्स्पोको सफलताले आयोजक तथा व्यवसायीहरू उत्साहित भएका छन् । नाइमाकी अध्यक्ष रितु वैद्यले एक्स्पोले सोचेभन्दा राम्रो प्रतिक्रिया पाएको र यसले समग्र अटोमोबाइल क्षेत्रमा नयाँ ऊर्जा थपेको बताइन् ।  एक्स्पोको सफलतासँगै व्यवसायीहरूले सरकारसँग अटोमोबाइल क्षेत्रका लागि दीर्घकालीन र स्थिर नीतिको माग गरेका छन् । अध्यक्ष वैद्यले हरेक बजेटमा करका दरहरू परिवर्तन हुँदा उद्योगमा अनिश्चितता छाउने र लगानीको वातावरण बिग्रने गरेको बताइन् । ‘हाम्रो चाहना भनेको अटोमोबाइल क्षेत्रमा नीतिको स्थिरता हो । कम्तिमा ५ देखि १० वर्षसम्म स्थिर नीति भएमा मात्र उद्योगले सही योजना बनाएर अघि बढ्न सक्छ,’ उनले भनिन् ।  उनले सरकारले अटोमोबाइल क्षेत्रलाई विलासिताको वस्तु र कर उठाउने माध्यमको रूपमा मात्र नहेरी अर्थतन्त्र चलायमान बनाउने एक आवश्यक क्षेत्रको रूपमा बुझ्नुपर्नेमा जोड दिइन् । एक्स्पोमा सहभागी ५० भन्दा बढी ब्रान्डका व्यवसायीहरूले राम्रो व्यापार र ग्राहकहरूको चासोबाट आफूहरू सन्तुष्ट रहेको बताएका छन् । छुट र अफरका कारण पनि ग्राहकहरूको आकर्षण बढेको थियो । अवलोकनकर्ताहरूले पनि एकै छानामुनि विभिन्न ब्रान्डका गाडीहरू हेर्न, तुलना गर्न र खरिद गर्न पाउँदा खुसी व्यक्त गरे । नाइमाले भविष्यमा यस्ता एक्स्पोलाई अझ व्यवस्थित र अन्तर्राष्ट्रिय स्तरको बनाउन भृकुटीमण्डपमा एउटा स्थायी र आधुनिक प्रदर्शनी हल आवश्यक रहेको बताएको छ ।  ‘यो विषयमा हामीले अर्थमन्त्रीज्यूसँग पनि कुरा राखेका छौं र उहाँबाट सकारात्मक आश्वासन पाएका छौं,’ अध्यक्ष वैद्यले भनिन्, ‘राम्रो पूर्वाधार भएमा हामीले अझ उत्कृष्ट कार्यक्रम गर्न सक्छौं ।’ बीवाईडी र लिपमोटरको उत्साहजनक बुकिङ पहिलो पटक आयोजना गरिएको नाइमा मोबिलिटी एक्स्पो २०२५ मा विभिन्न कम्पनीहरूले प्रदर्शन गरेका विद्युतीय सवारी साधनहरूमा उल्लेखनीय बुकिङ भएका छन् । साइमेक्स इंकले एक्स्पोमा बीवाईडीका मोडेलहरू एट्टो-१ र सिलायन-७ प्रदर्शनीमा राखेको थियो । कम्पनीका अनुसार बीवाईडीका ६ सय भन्दा युनिट गाडी बुकिङ भएका छन् ।  लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले टी०३, बी-१० र सिट्रोन लगायतका मोडेल प्रदर्शनमा राखेको थियो । कम्पनीले २२५ भन्दा बढी युनिट गाडी बुकिङ भएको जानकारी दिएको छ । टोयोटाका लागि नेपालमा आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले २६ युनिट गाडी बुकिङ भएको जनाएको छ भने हुन्डाईका लागि अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई ब्रान्डको २०० युनिट र फरथिङ फ्राइडेको ३८ युनिट बुकिङ भएको जनाएको छ ।  त्यस्तै, एलएस अटोले प्रदर्शनमा राखेको एलइभी गाडीको ३७ युनिट, फक्सवागनले २८ युनिट, ओमोडा जेकोका साढे ३ सय, एमजी १ सय ५०, महेन्द्रा १ सय, केई ५०, म्याक्सस १२, एलएस अटो ३५, जीएम डब्लुका ३० वटा गाडीहरु बुकिङ भएको व्यवसायीहरुले जानकारी दिएका छन् ।  दुईपांग्रे सवारीमा पनि आकर्षक बुकिङ भएको छ । वैद्य एनर्जीले प्रदर्शनमा राखेको एथर स्कुटर १५० युनिटभन्दा बढी बुकिङ भएको छ । यस्तै हंसराज हुलासचन्द एन्ड कम्पनीले बजाज चेतक, केटीएम र ट्रायम्फ ब्रान्डका प्रत्येकमा २०० युनिट बुकिङ भएको जनाएको छ भने मोर्बिडेलि र बेनेली गरी ८० युनिट बुकिङ भएको बताइएको छ । 

नाइमा अटो एक्स्पोमा अल्ट्राभायोलेटको एफ ७७ मार्च २ सार्वजनिक

काठमाडौं । अल्ट्राभायोलेट नेपालले नाइमा अटो मोबिलिटी एक्स्पो २०२५ मा आफ्नो प्रमुख इलेक्ट्रिक मोटरसाइकल एफ ७७ मार्च २ सार्वजनिक गरेको छ ।  कम्पनीका अनुसार एफ ७७ मार्च २ ले एल्भिओन-प्रेरित डिजाइन, १५५ किमी र घण्टा गति, १०० एनएम टर्क र रिर्कन भेरियन्टमा ३२३ किमी सम्मको दायरा प्रदान गर्छ। यसमा पहिलोपटक १ लाख किमी वा ५ वर्षको ब्याट्री वारेन्टी, १० स्तरको डाइनामिक रिजनरेटिभ ब्रेकिङ, ४- स्तरको ट्र्याक्सन कन्ट्रोल, डाइनामिक स्टेबिलिटी कन्ट्रोल, स्विचेबल डुअल-च्यानल एबीएस, हिल-होल्ड र ५ इन्चको टीएफटी डिस्प्ले जस्ता अत्याधुनिक सुविधा समावेश छन् । यसको एसआरबी १० ब्याट्री प्याक ६ लाख किलोमिटरभन्दा बढीको वास्तविक यात्रामा परीक्षण गरिएको हो, जसमा पाँच तहको सुरक्षा प्रणाली र भ्वाइलेट एआइ स्मार्ट टेक इकोसिस्टम (मुभमेन्ट अलर्ट, टोइङ अलर्ट, क्र्यास डिटेक्सन, रिमोट लकडाउन र रियल-टाइम डायग्नोस्टिक्स) जस्ता स्मार्ट सुविधा छन् । एफ ७७ मार्च २ पछि कम्पनीले दुई नयाँ मोडेलको तयारीसमेत घोषणा गरेको छ । टीसइरेक्ट, उच्च प्रदर्शन र शैली चाहनेका लागि प्रिमियम इलेक्ट्रिक स्कूटर, र सकवेभ, साहसिक तथा टिकाउ अफ-रोड इलेक्ट्रिक डर्ट बाइक। यी मोडेलहरू २०२६ को पहिलो चौमासिकमा नेपालमा आउनेछन् ।

स्वर्ण जयन्तीको अवसरमा नाडा अटो शोको उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भाद्र ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने १७औं संस्करणको नाडा अटो शो २०२५ को उद्घाटन गर्ने भएका छन् ।  नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरी नेतृत्वको प्रतिनिधिमण्डलले गरेको निमन्त्रणालाई प्रधानमन्त्री ओलीले सहर्ष स्वीकार गरेपछि उद्घाटन निश्चित भएको हो । सरकार प्रमुखबाटै अटो शोको उद्घाटन हुने भएपछि अटोमोबाइल व्यवसायीहरू उत्साहित भएका छन् । उनीहरूले यसलाई सरकारले अटोमोबाइल क्षेत्रलाई दिएको महत्त्व र सकारात्मक संकेतका रूपमा लिएका छन् । यस वर्षको अटो शो नाडाको ५०औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) को विशेष अवसरमा आयोजना हुन लागेको हो, जसले कार्यक्रमलाई थप महत्त्वपूर्ण बनाएको छ । भाद्र ३ देखि ८ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा १२५ भन्दा बढी प्रदर्शकहरूको सहभागिता रहनेछ भने ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरूले आफ्ना नयाँ उत्पादन तथा प्रविधिहरू प्रस्तुत गर्नेछन् । नाडाका अनुसार, यस पटकको प्रदर्शनीमा विद्युतीय, हाइब्रिड र स्मार्ट मोबिलिटीका नवीनतम प्रविधिहरूलाई विशेष प्राथमिकतामा राखिएको छ । साथै, अवलोकनकर्ताका लागि यस पटकको विशेष आकर्षणका रूपमा भिन्टेज मोटर शो पनि रहनेछ, जहाँ पुराना र क्लासिक गाडीहरू प्रदर्शन गरिनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा अध्यक्ष चौधरीसँगै नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंघानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा केन्द्रीय कार्य समिति सदस्य मेघराज पौडेललगायतको सहभागिता थियो ।  उक्त अवसरमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई अटोमोबाइल क्षेत्रका वर्तमान अवस्था र चुनौतीबारे संक्षिप्त जानकारी गराउँदै अटो शोको महत्त्वबारे प्रकाश पारेको थियो । स्वर्ण जयन्तीको अवसरमा आयोजना हुन लागेको र प्रधानमन्त्रीबाटै उद्घाटन हुने भएपछि यस पटकको नाडा अटो शो विगतभन्दा भव्य र विशेष हुने अपेक्षा गरिएको छ ।

नाडा अध्यक्ष चौधरी नाइमा एक्स्पोमा : अटोमोबाइल क्षेत्रको सहकार्य र रूपान्तरणको संकेत

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) का अध्यक्ष करण चौधरी नाइमा नेपाल मोबिलिटी एक्स्पो  अवलोकनमा पुगेका छन् । शुक्रबार अध्यक्ष चौधरी नाडाबाट छुटिएर बनेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा ) ले काठमाडौंको भृकुटीमण्डपमा जारी नाईमा ‘नेपाल मोबिलिटी एक्स्पो २०२५’ को अवलोकन गर्न पुगेका हुन् ।  नाडाका अन्य पदाधिकारीहरू सहित एक्स्पोमा पुगेका चौधरीले नेपालको अटोमोबाइल क्षेत्रको विकासका लागि नाडा र नाईमाबिचको सहकार्य महत्त्वपूर्ण हुने बताए ।  एक्स्पो अवलोकनका क्रममा अध्यक्ष चौधरीले दुई संस्थाहरूको सहकार्यले नेपालको अटोमोबाइल व्यवसायमा देखिएका नीतिगत र व्यावहारिक चुनौतीहरूलाई सम्बोधन गर्न सहज हुने विश्वास व्यक्त गरेको नाइमाले जनाको छ ।  नाइमा नाडाबाट छुटिएर बनेको सवारी साधनका आयातकर्ताहरू मिलेर गठन भएको नयाँ संस्था हो ।  नाइमाले आयोजना गरेको यो पहिलो एक्स्पोमा ५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरू सहभागी छन् ।  गत बुधबारदेखि सुरु भएको एक्स्पो यही साउन २५ गतेसम्म चल्नेछ । यस एक्स्पोमा विद्युतीय सवारी, स्मार्ट मोबिलिटी सोलुसन्स र सडक सुरक्षा प्रविधिहरू मुख्य आकर्षणका रूपमा रहेका छन् । आयोजकले ७० देखि ८० हजार मानिसले एक्स्पोको भ्रमण गर्ने अनुमान गरेका छन् ।