कोरोनाकाे कारण सेयर बजार घटेको होः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको कारण सेयर बजार घटेको बताएका छन् । बिहिबारकोे प्रतिनिधिसभाको बैठकमा धितोपत्र ऐनको संसोधन विधेयकमा सांसद्हरुले उठाएको सैद्दान्तिक प्रश्नको जवाफ दिदै खतिवडाले सो कूरा बताएका हुन् । स्वयंम जिम्मेवार हुनु पर्ने बताए । ‘सेयर खरिद गरिने कम्पनीको अवस्था र सरकारको नीति निर्देशन कस्तो आउँछ भनेर विचार विश्लेष्ण गरेर सेयर किन्नु पर्छ’ विधि र नीतिका कारणले सेयर घट्ने र बढ्ने हुन्छ, अहिले विश्व परिवेशमा केही अनिश्चितता कोरोना भाइसरको कारणले गर्दापनि सेयर बजारमा केही उथलपुथल देखिएको छ,उनले भने । अत्पकालीन असरका कारणले दीर्घकालिन सोच बनाउन भने उपयुक्त नहुने उनकाे भनाइ छ । उनले पुँजी बजार पूँजीपतिको मात्र बजार नभएको भन्दै सेयर कारोबार गर्ने १५र१६ लाख भन्दा बढी भएको जानकारी संसद्मा गराए ।

संसदमा सांसदका सवालः सेयर बजारमा कालोबजारी बढ्नेदेखि नेप्से बन्द गर्नेसम्म

काठमाडौं । बिहिबार प्रतिनीधिसभाको बैठकमा सासंदहरुले  सेयर बजार सम्बन्धि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । उनीहरुले सेयर बजारमा कालोबजारी बढेकोदेखि सेयर बजार नै बन्द गर्नु पर्ने आवाज उठाएका छन् । बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सेयर बजार उत्पादनमूलक नभएको बताएका छन् ।  उनले सेयर बजारले मान्छेलाई अल्छी बनाउने काम गरेको र यो उत्पादनमूलक पनि नभएकोले यसलाई  बन्द गर्नु पर्ने माग गरेका हुन् । ‘कोठामा बसेर कारोबार गरिने सेयर बजारले व्यक्तिलाई अल्छी बनायो, यसलाई बन्द गरेर मान्छेलाई परिश्रम गर्नेमा जोड दिनुपर्छ, यो उत्पादनमुलक पनि भएन,’ उनले भने । प्रतिनिधिसभामा पेश भएको धितोपत्र सम्बन्धि विधेयकको सैद्दान्तिक छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । यस्तै, धितोपत्र सम्बन्धि विधेयकको पहिलो संसोधनको सैद्दान्तिक पक्षको बहसमा भाग लिँदै सांसद गजेन्द्र महतले पनि सेयर बजारमा कालोबजारी बढेको बताए । उनले सेयर बजारमा कालोधन बढ्दै गएकोले पनि पछिल्लो समय घट्दै गएको बताए । ‘बजारमा कालोबजारीका कारण सेयर बजार बढ्न सकेन, यसमा धेरै चलखेल भएको  छ, यो प्रवृतिलाई रोक्नु पर्छ’, उनले भने । बुधबार उकालो लागेको बजार बिहीबार काराेबार शुरू भएदेखि निरन्तर घटेको छ । १४२४ अंकदेखि कारोबार शुरु भएको बजार घटेर न्युनतम १३८४ अंक सम्ममा झरेको छ । कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।

सेयर बजार उत्पादनमूलक भएन, बन्द गरौंः सांसद सुवाल

काठमाडौं ।  नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले सेयर बजार उत्पादनमूलक नभएकाे बताएका छन् । बिहिबार प्रतिनिधिसभाकाे बैठकमा उनले सेयर बजारले मान्छेलाई अल्छी बनाउने काम गरेकाे र याे उत्पादनमूलक पनि नभएकाेले यसलाई  बन्द गर्नु पर्ने माग गरेका हुन् । ‘कोठामा बसेर कारोबार गरिने सेयर बजारले व्यक्तिलाई अल्छी बनायाे, यसलाई बन्द गरेर  मान्छेलाई परिश्रम गर्नेमा जोड दिनुपर्छ, याे उत्पादनमुलक पनि भएन,’ उनले भने । प्रतिनिधिसभामा पेश भएको धितोपत्र सम्बन्धि विधेयकको सैद्दान्तिक छलफलमा भाग लिदै उनले साे कुरा बताएका हुन् ।    

विश्वभर सेयर बजारमा उच्च गिरावट

काठमाडौं । विश्वको अर्थतन्त्र खस्किँदो अवस्थामा रहेको छ । विश्वभर कोरोना भाइरसको संक्रमणको प्रभाव परेसँगै त्यसको असर सेयर बजार लगायत सम्पूर्ण अर्थतन्त्रमा परेको छ । अमेरिकाको सेयर बजार ७ प्रतिशतले घटेर बन्द भयो । सेयर कारोबारमा पनि उच्च गिरावट आएको छ । जसले गर्दा बजारमा ‘सर्किट ब्रेक’ लागेर १५ मिनेटसम्म सेयर कारोबार रोकियो । त्यसैगरी, लन्डनको सेयर बजार पनि लगभग ५ प्रतिशतले ओरालो लाग्यो । रूस र साउदी अरेबियाबीचको निरन्तर तेलको मूल्यमा गिरावट आउँदा युरोप र एशियाभरिको बजार त्यसरी नै खस्केको छ । सेयरहरू पहिले नै कोरोना भाइरसको प्रभावको डरबाट ओरालो लागिरहेका थिए । जसलाई विश्लेषकहरूले बजार प्रतिक्रियालाई ‘पूर्ण नरसंहार’ को रूपमा वर्णन पनि गरे । डो जोन्स औद्योगिक औसत ७.८ प्रतिशत वा २,००० भन्दा बढी अंकले घट्यो । जुन अंकका आधारमा इतिहासको सबैभन्दा उच्च हो भने प्रतिशतका आधारमा वित्तीय संकट पछिको सबैभन्दा ठूलो गिरावट हो । अमेरिकाको स्टक एस एण्ड पी५०० ७.६ प्रतिशतले घटेर २७४६.५६ अंकमा झरेको छ । जबकि नास्ड्याक करिब ७.३ प्रतिशतले घटेको छ । जुन २००८ पछिको उच्च गिरावट हो । लन्डनमा भएको उच्च गिरावटको प्रभाव बेलायतमा पनि परेको छ । जसले बेलायतका ठूला कम्पनीहरूको मूल्यलाई झण्डै १२५ पाउन्ड बिलियनले घटाएको छ । फ्रान्स, जर्मनी र स्पेन साथ युरोपको सेयर बजारमा देखिएको गिरावटको प्रभाव यूके र यूएसमा पनि परेको छ । जसले यूके र यूएसको बजार ७ प्रतिशतले घटेको छ । ‘अहिले बजारमा त्रास देखिएको छ । अवस्था अझ राम्रो हुँदै जानु भन्दा पहिले खराब हुँदै जान्छ ।’ एमआईटीको स्लोन स्कूल अफ म्यानेजमेन्टका फाइनान्सका प्रोफेसर एन्ड्र्यू लोले भने । तेल उत्पादन विवाद तेलको मूल्यमा आएको नाटकीय गिरावट साउदी अरेबिया र रुसबीचको तेल निष्काशनको झट्का हो । साउदी अरेबियाले यो मूल्य घटाउने र अधिक तेल पम्प, मूल्य युद्धको डर पैदा गर्ने भन्यो । कोरोना भाइरसको प्रकोपले गर्दा कम मागको सामना गर्न आपूर्ति कम गर्ने रसियाको प्रस्ताव अरु आपूर्तिकर्ताहरुले अस्वीकार गरेपछि यस्तो भएको हो । साउदी अरेबियाले तेल बजारमा आफ्नो स्थितिको सुरक्षाका लागि आफ्नो मांसपेशिहरु ताजा गरिरहेको विश्लेषकहरुले जनाएका छन् । सोमबार, अन्तराष्ट्रिय तेल बेन्चमार्क ब्रेंटको मूल्य सन् १९९१ मा खाडी युद्धपछि पहिलो पटक २० प्रतिशतले घटेर व्यापारमा झण्डै तेस्रो गिरावट आएको छ । यस वर्ष तेलको मूल्य द्रुत गिरावट आएको थियो किनभने कोरोना भाइरस अन्तर्राष्ट्रिय स्तरमा फैलिन थालेको थियो, ईन्धनको माग घट्ने अपेक्षा गरिएको थियो । अमेरिका र बेलायतमा तेल कम्पनीहरूले बजारमा गिरावट ल्याए जसमा शेल, बीपी र चेभरनको सेयर १५ प्रतिशत वा सो भन्दा बढी छ । फ्याकफुर्ट र पेरिसमा बैंकहरू सबैभन्दा कठोर हिट भए, जबकि रूसी रूबल २०१६ पछि सबैभन्दा कमजोर तह अर्थात ८ प्रतिशतमा गिरेका छन् । यसभन्दा पहिले एसियाली बजारमा पनि तीव्र गिरावट आएको थियो । जापानको निक्की २२६ सूचकांक ५ प्रतिशतले गिरावट आएको थियो । अष्ट्रेलियको एएसएक्स २०० गत २००८ देखि दैनिक ७.३ प्रतिशतले घटेको छ । त्यस्तै, चीनको बेन्चमार्क शंघाई कम्पोजिट ३ प्रतिशतले र हङ्कङ्को ह्याङ सेङ्ग सूचक ४.२ प्रतिशतले घटेको छ । मंगलबार सुनको मूल्यमा १ प्रतिशतभन्दा बढी गिरावट आएको छ । स्पट सुन १ प्रतिशतले घटेर प्रति औंस १६६२.५६ डलर र अमेरिकी सुन ०.७ प्रतिशतले घटेर प्रति औंस १६६३ डलरमा झरेको छ ।

व्यक्ति-विशेषसँग सेयर बजार नजोडौं: डा‍.खतिवडा

काठमाडौं । अर्थ र सञ्चार तथा सूचनामन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई काेही व्यक्तिकाे अनुहार तथा व्यक्ति विशेषसँग नजाेड्न आग्रह गरेका छन् । उनले बिहीबार सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा लगानीकर्तालाई उक्त आग्रह गरेका हुन् । ‘अर्थमन्त्रीको काम लगानीकर्तालाई लगानी गर्न अवसर जुटाउने मात्र हो, बाँकी लगानीकर्ताकाे जिम्मा हाे, अर्थमन्त्रीको होइन । त्यसैले,लगानीकर्ता आफैले लगानी गर्नुभन्दा अघि त्यस कम्पनीको सम्पूर्ण वित्तीय अवस्था बुझ्न आवश्यक छ’, उनले भने । ‘नीति ठीक हुने, प्रणाली ठीक हुने, कम्पनीको क्षमता र स्वास्थ्य राम्रो हुने तर भाउ तलमाथि हुने भनेको बजारको सेन्टिमेन्ट हो, त्यो हामी कसैसँग जोडेर हेर्नु उपयुक्त हुँदैन,’ उनले भने । साथै, पछिल्लो दुई वर्षमा पुँजीबजारमा धेरै सुधार भएको उनले बताएका छन् ।

अर्थमन्त्री र सेयर बजारको लुकामारीः खतिवडा नै दोहोरीने भनिएपछि नेप्सेमा उच्च गिरावट

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदभार सम्हालेको अघिल्लो दिन २०७४ फागुन १४ गते नेप्से १३ सय ५८ अंकमा थियो । खतिवडा अर्थमन्त्री भएर आएको केही दिनमै सेयर बजार नियमित रुपमा ओरालो लाग्यो । मन्त्री भएको तेस्रो दिन सेयर बजारकै कारण उनको आलोचना गरिएको थियो। फागुन १७ गते बिबिसीसँगको अन्तर्वातामा उनले सेयर बजार अनुत्पादक भएको टिप्पणी गरेका थिए। खतिवडाले पुँजीबजारबारे पहिलो टिप्पणी गर्दै बैंक तथा वित्तीय संस्थाहरुले सेयर धितोमा दिने कर्जा (मार्जिन लेन्डिङ) अनुत्पादक लगानी भएको उनको धारणा निकै आलोचित बन्यो । उनले त्यति मात्र भनेनन् सेयर बजारमा लहडका भरमा लगानी गर्नु हुँदैन, लहडमा लगानी गरेकाले बजार अस्वाभाविक रुपमा बढेको थियो, अहिले घट्नु सही, स्वाभाविक र सुधार हो भन्ने धारणा राखे । यो भनाइले पुँजीबजारमा झन् नकारात्मक प्रभाव पर्यो। लगानीकर्ताहरु उनी प्रति रुष्ट मात्र भएनन् उनको राजीनामा समेत माग गरे । त्यसपछि अर्थमन्त्रीले सेयर बजारको बारेमा सार्वजनिक सभामा बोल्न छोडका थिए । केही साताअघि उनी अर्थमन्त्रीबाट बाहिरे हल्ला थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभाको सांसद बनेका डा‍‍. खतिवडाको कार्यकाल २० फागुन अर्थात भोली सकिँदैछ । तर, उनलाई अर्थमन्त्रीको रुपमा पुनः दोहोर्याउने हल्ला पनि बजारमा छ । यसले पनि सेयर बजारमा प्रभाव पारेको हुन सक्ने जानकारहरु बताउँछन् । पुँजी बजारका लगानीकर्ता अर्थमन्त्री नफेरिने भएपछि सेयर बजार घटेको बताउँछन् । केही दिन अगाडि अर्थमन्त्री हट्ने भने र बढेको सेयर बजार पुनः खतिवडा नै दोहोरिने भएपछि आज ९६.०६ अंकले सेयर बजार घटेको छ । सोमबारको सेयर कारोबार नियमित समय अगाडि नै बन्द भएको छ । नेप्से परिसूचक ६ प्रतिशतले घटेसँगै आजको लागि सम्पूर्ण कारोबार बन्द भएको हो । बजार एकैदिन ९६.०६ प्रतिशतले घटेर १४९५.३० अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ६.०४ प्रतिशतले घटी हो । सोमबार कारोबार खुलेदेखि नै नेप्से परिसूचक निरन्तर रुपमा ओरालो लागेको थियो । बजार खुलेको करिब दुई घण्टाको अवधिमा ५ प्रतिशतले घटेर ४० मिनेटको लागि बजार बन्द भएको थियो । त्यसपछि खुलेको बजारमा पनि परिसूचक अघिल्लो दिनको तुलनामा ६ प्रतिशतले घटेपछि सोमबारको लागि कारोबार बन्द गरिएको नेप्सेले जानकारी दिएको छ । सोमबारको सेयर बजार घट्नुको कारण अर्थमन्त्री यथावथ रहनु भएको जानकारहरु बताउँछन् ।  कतिपय लगानीकर्ताले मन्त्रिपरिषद् पुर्नगठन हुँदा अर्थमन्त्री परिवर्तन भएर सेयर बजारको उकालो लाग्न सक्ने कल्पना गरेका छन् ।

सेयर बजारमा उत्साह, १ घण्टमा ८८ करोडको काराेबार, ३९ अंकको वृद्धि

काठमाडौं । आइतबार सेयर बजारमा उत्साह देखिएको छ । बजार खुलेको १ घण्टामै करिब ८८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ भने करिब ३९ अंकले परिसूचक बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार (आज) १२ बजेटसम्ममा ८७ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भइसकेको छ । यस्तै, पुँजी बजार मापक नेप्से परिसूचक पनि ३८.८ अंकले बढेको छ ।

सेयर बजार बढ्ने क्रम जारी, नेको इन्स्योरेन्स र ग्लोबल आईएमई बैंकको बढी कारोबार

काठमाडौं । सेयर बजार बढ्ने क्रमले निरन्तरता पाएको छ । सोमबारको बजारमा नेप्से परिसूचक २.४९ अंकले बढेर १३४९.१३ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.१८ प्रतिशतले बढी हो । त्यस्तै, ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.१६ अंकले बढेर २८७.९१ अंकमा पुगेको छ । दिनभरको बजारमा १७७ कम्पनीको एक अर्ब ६१ करोडको सेयर कारोबार भएको छ । नेको इन्स्योरेन्स र ग्लोबल आईएमई बैंकको ५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जसमध्ये नेको इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको ६ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, ग्लोबल आईएमई बैंकको ५ करोड रुपैयाँ एक लाख रुपैयाँ बराबरकोे सेयर किनबेच भएको छ । सोमबार तीन कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी गरिमा विकास बैंकको सेयर मूल्य ९.३६ प्रतिशतले बढेको छ । त्यस्तै, नेशनल हाइड्रो पावर कम्पनी र छ्याङ्दी हाइड्रोपावर कम्पनीको सेयर मूल्य क्रमशः ९.२६ र ९.०९ प्रतिशतले बढेको छ । सोमबार निर्जीवन बीमा समूह ५९, हाइड्रोपावर ४८ र विकास बैंक ३० अंकले उकालो लागेका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ४२ अंक र होटल समूह १७ अंकले ओरालो लागेका छन् । मल्टीपर्पोज फाइनान्सका लगानीकर्ताले सबैभन्दा ३.९२ प्रतिशत गुमाएका छन् ।

सेयर बजारमा दुई अर्ब बढीको कारोबार, नेप्सेले नाघ्याे १३४६ बिन्दु

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा दुई अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन करिब दुई हप्ता यताकै अधिकतम कारोबार हो । यसअघि माघ ५ गते कूल दुई अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । यस अघि १४ फेब्रुअरी २०१९ मा २ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसयता २ अर्ब बढीको कारोबार भएको आज दोश्रो पटक हो । उच्च कारोबार भएको बजारमा सबैभन्दा बढी सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बढी कारोबार भएको छ । कम्पनीको एकैदिन १० करोड ११ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । कारोबार रकम सहित नेप्से परिसूचकमा पनि उछाल आएको छ । आइतबारको बजारमा नेप्से परिसूचक २१.२६ अंकले बढेर १३४६.६४ अंकमा पुगेको छ । जुन एक वर्ष यताकै उच्च बिन्दु हो । बजारमा दुई समूह बाहेक बाँकी समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी निर्जीवन बीमा समूह १०१.५२ अंकले उकालो लागेको छ । त्यस्तै, उत्पादनमूलक ४७, विकास बैंक २८, बैंकिङ् २७ र माइक्रोफाइनान्स २२ अंकले उकालो लागेका छन् भने बाँकी समूह सामान्य अंकले बढेका छन् । जीवन बीमा र ट्रेडिङ समूह सामान्य अर्थात क्रमशः १.०९ र ०.६२ अंकले ओरालो लागेका छन् । आइतबार तीन लघुवित्तका लगानकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । ग्रामीण विकास लघुवित्त, नयाँ नेपाल लघुवित्त विकास बैंक र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.९३, ९.८९ र ९.८८ प्रतिशतले बढेको छ ।

सेयर बजारमा फेरि हरियाली, परिसूचक २३.९५ अंकले बढ्यो, कारोबार अर्ब नजिक

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । पुँजी बजार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३.९५ अंकले बढेको छ । परिसुचक १.८८ प्रतिशतले बढेर १३००.६२ बिन्दुमा पुगेको हो । सोमबार सेयर बजारमा १ सय ८० कम्पनीले कारोबार गरेका छन् । २४ लाख ९ हजार २ सय ६२ कित्ता सेयर किनबेच हुँदा ९१ करोड ७३ लाख ५९ हजार ८ सय ६५ रुपैयाँ बराबरको कारोबार भएको छ । बजार बन्द हुँदा नेप्सेका सबै सूचक हरिया छन् । बैक समूह १८.०१, टे«डिङ्ग समूह ३४.५९, होटल समूह ८३.३२, विकास बैक समूह ४३.८१, जलविद्युत कम्पनी १९.५१, वित्तिय समूह २.८६, निर्जीवन बीमा समूह १४९.७६, उत्पादन मूलक समूह ९.८६, अन्य समूह ५.१५, माइक्रोफाइनान्स समुह ६६.४३, जीवन बीमा समूह १७४.०३, म्युचुअल फण्ड समूह ०.०४ अंकले बढ्न पुगेका छन् । नेरुडे लघुवित्त विकास बैकका लगानीकर्ताले ७.९५ प्रतिशतले सबैभन्दा धेरै नाफा गरेका छन् । यस्तै, जोशी हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ३.०७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

आइतबारको सेयर बजारमा ‘थ्री ई’ प्रभावः परिसूचक पुग्यो ५ महिनायताकै उच्च विन्दुमा

काठमाडौं । आइतबार (२७ पुस) पुँजी बजार मापक नेप्से परिसूचक ४२.६१ अंकले बढेर १२५५.७२ विन्दुमा पुग्यो । यो विन्दु ५ महिनायताकै सबैभन्दा उच्च हो । आइतबार कारोबार रकममा पनि उल्लेख्य सुधार आयो । सो दिन १ सय ७९ कम्पनीका ३८ लाख ३१ हजार ५४ कित्ता सेयर १ अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९ सय ६७ रुपैयाँमा किनबेच भए । सामान्यतः पुस मसान्त, चैत मसान्त र असार मसान्तको नजिकलाई बजार घट्ने मौसम भनिन्छ । यसको कारण के हो भने पुस मसान्तमा अनुमानित आय विवरणका आधारमा आयकरको पहिलो किस्ता बुझाउनु पर्छ । पहिलो किस्ताको रुपमा आफ्नो वर्षभरी कारोबार भएर जति आम्दानी हुन्छ भन्ने आफूलाई लाग्छ, त्यस्तो आम्दानीको ४० प्रतिशत कर सरकारलाई बुझाउनु पर्छ । दोस्रो किस्ता चैत मसान्तमा बुझाउनु पर्छ । दोस्रो किस्ता भनेको वार्षिक अनुमानित आयको ३० प्रतिशत बुझाउने हो । र, तेस्रो तथा अन्तिम किस्ताको रुपमा असार मसान्तमा बाँकी रहेको ३० प्रतिशत आयकर सरकारलाई बुझाउनु पर्छ । सरकारलाई यसरी कर बुझाउनु पर्ने हुँदा लगानीकर्तालाई रकमको अभाव पर्ने भएकोले सेयर विक्री बढ्ने विश्लेषण गरिन्छ । सेयर विक्रीको चाप बढ्दा मूल्य घट्छ । तर, यो आकलन यसपाली मिलेन । पुस २७ गते परिसूचक ४२.६१ अंकले बढ्यो, १ अर्ब ३३ करोड रुपैयाँको सेयर खरिद विक्री भए । परिसूचक ४ महिनायताकै सबैभन्दा उच्च विन्दुमा पुग्यो । थ्री ई फ्याक्टर सेयर बजारमा अहिले उछाल आउनुका पछाडि विशेष गरेर ‘थ्री ई फ्याक्टर’ले काम गरेको लगानीकर्ता वताउँछन् । यी थ्री ईमा एक्जिट, ई–मेल र इन्ट्री हुन् । एक्जिटः अर्थमन्त्री डा. युवराज खतिवडालाई सेयर बजारले त्यति सहज रुपमा लिएको छैन । उनी अर्थमन्त्री भएदेखि नै बजारमा निरासा छाएको छ । डा. खतिवडा राष्ट्रियसभा सदस्य भएको कारण अर्थमन्त्री छन् । तर, राष्ट्रियसभा सदस्यको रुपमा उनको कार्यकाल आगामी चैतमा सकिदैछ । त्यसपछि उनी बढीमा ६ महिनासम्म सांसद नभएको अवस्थामा पनि मन्त्री बन्न संविधानले रोक्ने छैन । तर, गैर सांसदलाई मन्त्री बनाउन प्रधानमन्त्री तयार भने हुनुपर्ने हुन्छ । ‘सेयर बजारप्रति अर्थमन्त्री त्यति पोजेटिभ छैनन्, उनी बजारप्रति पोजेटिभ नभएपछि बजारले पनि उनलाई पोजेटिभ रुपमा लिने भन्ने कुरा भएन, अब अर्थमन्त्री हट्ने सम्भावना धेरै छ, त्यसैकारण बजार बढ्न थालेको हो,’ एक लगानीकर्ताले भने । तर, उनले भने जस्तै डा. खतिवडाको अर्थमन्त्रीबाट ‘एक्जिट’ पक्कापक्की भएको भने होइन । उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य बनाएकी हुन् । यसपटक पनि एकजनालाई राष्ट्रपतिले राष्ट्रियसभा सदस्य नियुक्ति गर्नुपर्ने संबैधानिक वाध्यता छ । त्यसैकारण त्यही एक जनामा डा. खतिवडा पर्न सक्छन् । उनी सांसद बनेमा अर्थमन्त्रीकै रुपमा रहिरहन वाधा पर्ने अवस्था आउने छैन । ई–मेलः सेयर बजारमा अहिले देखिएको सबैभन्दा सकारात्मक र बलियो पक्ष भनेको ‘ई–मेल’ हो । बैंक वित्तीय संस्थाहरुले सेयर ब्रोकर अफिसमा ई–मेल नै गरेर ऋण लिन चाहने व्यक्तिहरुलाई आफ्नो बैंकमा सम्पर्क गराइदिन आग्रह गर्न थालेका छन् । यस्तै, पछिल्लो समय बैंकका कर्मचारी सम्भावित ऋणी खोज्न ब्रोकर अफिस धाउन थालेका छन् । ‘बैंकिङ क्षेत्रमा तरलता प्रसस्त भएको सामाचारहरु पनि आएका छन्, बैंकका कर्मचारी पनि ऋण लिन चाहने व्यक्तिहरुलाई हाम्रोमा पठाइदिनुस् भन्दै हाम्रो अफिसमा आउन थालेका छन्, केही बैंकले त ई–मेल नै गरेर पनि ऋणीलाई सम्पर्क गर्न पठाइदिनुस् भन्न थालेका छन्,’ एक ब्रोकरले भने । बैंकिङ क्षेत्रमा पर्याप्त तरलता भएपछि व्याजदर घट्ने अनुमान छ । व्याजदर घटेमा अहिले बैंकमा रहेको निक्षेप पनि लगानीको रुपमा सेयर बजारमा आउने छ । यस्तै, ऋण लिएर सेयरमा लगानी गर्न चाहने व्यक्तिले पनि सहज रुपमा ऋण पाउने छन् । यसैकारण बैंकहरुले सेयर ब्रोकरलाई गरेको इमेलले पनि सेयर बजार बृद्धिमा सहयोगी भूमिका खेलेको छ । इन्ट्रीः गत सोमबारको मन्त्रिपरिषद बैठकले पुँजी बजारको नियामक निकाय धितोपत्र वोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त गरेको छ । ढुंगाना बैंकिङ क्षेत्रको नियामक निकाय नेपाल राष्ट्र बैंकमा ३० वर्ष काम गरेर कार्यकारी निर्देशक पदबाट अवकाश पाएका व्यक्ति हुन् । ढुंगानालाई विषयबस्तुको राम्रो ज्ञान भएको तथा नरम स्वभावको समन्वयकारी व्यक्तिका रुपमा चिनिन्छ । नियामक निकायमै बसेर लामो समय काम गरेका कारण पनि उनीप्रति बजार आश्वस्त हुन सकिरहेको छ । यस्तै, पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीलाई नेपाली काँग्रेसको सरकार भएका बेलामा तत्कालिन अर्थमन्त्री डा. रामशरण महतले नियुक्त गरेका थिए । महतले नियुक्त गरेका डा. कार्कीसँग कतिपय विषयमा अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाको ‘ट्युनिङ’ नमिलेको चर्चा पनि चल्ने गरेको थियो । यस्तै, अर्थमन्त्री डा. खतिवडा र वोर्ड अध्यक्ष ढुंगानाले राष्ट्र बैंकमा सँगै काम गरेका पनि छन् । यसैकारण डा. खतिवडा र अध्यक्ष ढुंगानाको समन्वयमा पुँजी बजारमा सुधारका कामहरु फटाफट हुने अनुमान लगानीकर्ताको छ । आफैमा सरल, नरम स्वभावका, विषयको ज्ञान भएका, नियमनकारी निकायमा ३० वर्ष विताएका, सबैका कुरा सुन्न सक्ने स्वभाव भएका ढुंगानाको वोर्डमा ‘इन्ट्री’ले पनि बजारमा सकारात्मक सन्देश प्रवाह भएको लगानीकर्ताको भनाइ छ । ‘अब त घट्दैन’ यसबाहेक बजार बृद्धिमा अन्य कारण पनि देखिन्छन् । बजार निकै घटेकोले अब घट्दैन भन्ने मनोविज्ञान पनि विकास भएको छ । ‘बजार घटेर ८/९ सय विन्दुमा आइपुग्छ कि भन्ने त्रास पनि थियो, अब त्यो सम्भावना रहेन, बजार योभन्दा घट्दैन भन्ने ग्यारेन्टी जस्तै भयो, त्यसैले लगानी थप्न लागियो,’ अर्का लगानीकर्ताले भने । बजार घट्न थालेको करिब ३ वर्ष भएको छ । बजारको घट्ने चक्र पूरा भएकोले अब बढ्छ भन्ने विश्लेषण पनि लगानीकर्ताको छ ।

धितोपत्र बोर्डको अध्यक्ष ढुंगानाद्वारा पदवहाली, सेयर बजार सुधारकाे काम अघि बढाउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष भिष्मराज ढुंगाना शुक्रबार पदवहाली गरेको छन् । पदवहालीसँगै उनले सेयर बजार सुधार, बजारको स्थायीत्व तथा विकासमा क्रमबद्ध काम आगाडि बढाउने बताए । पुँजीबजारको विकासका लागि आवश्यक पूर्वाधार विकास र नीतिगत सुधार गर्दै बजारलाई गतिशील बनाउने उनले बताएका छन् । साथै, लगानीकर्तालाई जागरुक गर्ने, प्रविधिको प्रयोग गर्दै पुँजी बजारमा लगानीलाई सहज बनाउने उनले बताए । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । निर्णयको औपचारिक पत्र पाएपछि मात्र ढुंगानाले पद बहाली गरेका हुन् । ढुंगाना धितोपत्र बोर्डको विज्ञ सञ्चालक थिए । त्यसअघि उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए । राष्ट्र बैंकमा ३० वर्ष काम गरेर उनले अनिवार्य अवकाश लिएका थिए । उनले बेलायतबाट अर्थशास्त्रमा एमए गरेका छन्।

धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त, सेयर बजारकाे स्थायीत्व र प्रवर्धनमा जाेड

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ढुंगानालाई बोर्डकाे अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे उच्च स्राेतले बतायाे । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमए  र  बेलायतबाट विजनेश फाइनान्समा एमबीए गरेका ढुंगाना धितोपत्र बोर्डको विज्ञ सञ्चालक थिए । त्यसअघि उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक थिए । राष्ट्र बैंकमा ३० वर्ष काम गरेर उनले अनिवार्य अवकाश लिएका थिए । उनी नेपाल धिताेपत्र विनिमय बजारमा तीन वर्ष सञ्चालक समिति सदस्य समेत भएका थिए । माेरङ जिल्लामा २०१९ साल माघ १० गते जन्मिएका ढुंगानाले २०४२ सालदेखि २०४६ सालसम्म राष्ट्रिय वाणिज्य बैंकमा काम गरेका थिए । २०४६ सालमा राष्ट्र बैंकमा जागिर शुरू गरेका उनी विदेशी विनिमय व्यवस्थापन विभागकाे कार्यकारी निर्देशक पदबाट अवकास पाएका  थिए । ढुंगानाले अब धितोपत्र बोर्डमा ५ वर्ष नेतृत्व गर्ने छन् । बोर्डमा अध्यक्ष नै कार्यकारी प्रमुखको हुन्छ । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड पछिल्लो समय प्रभावकारी नियामकको रुपमा अगाडि बढिरहेको छ । नियुक्ती पछि विकासन्युजसँग कुरा गर्दै उनले पुँजी बजारकाे स्थायीत्व र  बजार प्रवर्धनकाे कार्यलाई प्राथमिकता राख्ने बताए । बोर्डले नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत पब्लिक कम्पनीहरु, मर्चेन्ट बैंकर्स, सेयर ब्रोकर लगायत पुँजी बजारमा प्रत्यक्ष रुपमा संलग्न कम्पनीहरुको अनुगमन गर्छ । बोर्ड अध्यक्ष छनौटका लागि गठन भएको सिफारिस समितिले ढुंगाना, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी र डा केशब श्रेष्ठको नाम सिफारिस गरेको थियो । धितोपत्र बोर्डको अध्यक्ष डा रेवतबहादुर कार्कीको कार्यकाल सकिएपछि गत कात्तिकदेखि उक्त पद खाली थियो ।

पाँच अंकले बढ्याे सेयर बजार, साताकाे पहिलाे दिन ४२ करोड २४ लाखकाे काराेबार

काठमाडाैं । साताको पहिलो दिन धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक झण्डै पाँच अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९९ विन्दुले ओरालो लागेर एक हजार १६२.४३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९८ विन्दुले घटेर २५३.३९ मा पुगेको छ । नेप्से आरोलो लाग्दा कारोवार रकमसमेत घटेको छ । कूल १८१ कम्पनीको १५ लाख ५४ हजार ८९० कित्ता सेयर रु ४२ करोड २४ लाख ५३ हजार ९०९ मूल्यमा खरिद बिक्री भएकाे देखिएकाे छ । कारोवार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको सेयर उकालो लागेको छ । त्यसमा व्यापार ४७.८८, वित्त १.९७, अन्य १.४९ र जीवन बीमा ८०.७२ ले बढेको छ । यस्तै बैंकिङ ८.६५, होटल १५.६३, विकास बैंक ६.४८, जलविद्युत् ५.९१, निर्जीवन बीमा १०.४८, उत्पादन ११.०९, लघुवित्त ८.८२ र सामूहिक लगानी कोष ०.१८ विन्दुले घटेको छ । कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु चार करोड ८४ लाख पाँच हजार ९५८ बराबरको कारोवार भयो । यस्तै, नेपाल इन्भेस्ट बैंकको संस्थापक शेयर रु तीन करोड ६६ लाख ६१ हजार ८६४, प्राइम बैंक रु दुई करोड एक लाख ३६ हजार ६०८, नेपाल बैंक लिमिटेड रु एक करोड ८६ लाख २५ हजार ३०१ र शिवम् सिमेन्ट रु एक करोड ३८ लाख एक हजार ११३ मा कारोवार भई शीर्ष स्थानमा रहे । नेप्सेका अनुसार साल्ट टे«डिङ कर्पोरेशनका सेयरधनीले ९.९८ प्रतिशतले कमाएका छन् । माउण्टेन हाइड्रो ७.१४, नेपाल फाइनान्स ६.०६, कञ्चन डेभलपमेन्ट बैंक ४.८२, सिर्जना फाइनान्स ३.७६ र आँखु खोला जलविद्युत् कम्पनीका शेयरधनीले ३.६४ प्रतिशतले कमाए । यस्तै प्रोगेसिभ फाइनान्स ६.६६, कृषि विकास बैंक ५.९४, युनाइटेड मोदी ४.६७, ओरियण्टल होटल ३.७० र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३.४९ प्रतिशतले गुमाए ।

सेयर बजारको सबैभन्दा ठूलो कम्पनी नेपाल टेलिकमको सेयर किन्ने बेला आएको हो ?

काठमाडौं । दूरसञ्चार संस्थानबाट २२ माघ २०६० मा रुपान्तरण भएर नेपाल टेलिकम कम्पनी (एनटीसी) को स्थापना भएको हो । हाल कम्पनीले जीएसएम, सीडीएमए, पीएसटिएन र डाटा सेवा अन्तरगत थ्रीजी, फोरजी, इभिडिओ, वाइम्याक्स, एडीएसएललगायतको सेवा दिदै आएको छ । बजार प्रतिस्पर्धाको आधारमा हेर्दा मोबाइल सेवा (जीएसएम) मा टेलिकम अग्रस्थानमा छ । दूरसञ्चार प्राधिकरणको असोजसम्मको तथ्यांक अनुसार एनसेलको जीएसएम प्रयोगकर्ता १ करोड ६८ लाख छ भने एनटीसीको २ करोड ९ लाख छ । तर, अहिलेको पछिल्लो प्रविधि फोरजीमा भने नेपाल टेलिकमको तुलनामा एनसेल अगाडी छ । एनसेलबाट ३४ लाख ९० हजारले यो सेवा लिदा टेलिकमबाट ८ लाख ३८ हजारले लिएका छन् । फोरजी सेवा विस्तारको लागि महंगो प्रस्ताव (१९ अर्ब रुपैयाँ) स्वीकर गरेकोले कम्पनीको दायित्व बढ्ने चर्चा पनि हुँदै आएको छ । इन्टरनेट सेवामा समेत टेलिकम दोस्रो स्थानमा छ । वल्र्डलिंकबाट ३ लाख ३४ हजारले सेवा लिदा टेलिकमबाट २ लाख ३५ हजारले सेवा लिइरहेका छन् । टेलिकमले बजार प्रतिस्पर्धाबाट सिर्जित चुनौंति कम गर्न पछिल्लो प्रविधिलाई सर्वसुलभ बनाउने लगायतका काम गर्ने वित्तीय विवरणमा उल्लेख गर्दै आएको छ । कम्पनी बजार पुँजीकरणको आधारमा सेयर बजारमा रहेको सबैभन्दा ठूलो कम्पनी हो । १५ करोड सेयर सूचीकृत भएको कम्पनीको हाल मूल्य ६ सय ५७ छ । यसको आधारमा बजार पूँजीकरण ९८ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । सेयर बजारमा कम्पनीको हिस्सा आधारमा ६.५ प्रतिशतभन्दा धेरै छ । कम्पनीमा नेपाल सरकारको ९१.४९ प्रतिशत, नागरिक लगानी कोषको ०.०३ प्रतिशत र सर्वसाधारणको ८.४८ प्रतिशत सेयर लगानी छ । बन्द बोलपत्र आवहानबाट ९ माघ २०६४ मा कम्पनीको सेयर विक्री गरिएको थियो । प्रिमियम मूल्य सहित ६ सय रुपैयाँमा कम्पनीको सेयर बिक्री भएको थियो । हाल कम्पनीमा दिपक सुवेदी अध्यक्ष छन् भने प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी छन् । कम्पनीले ५ वर्षयता बार्षिक औसत ५१.२ प्रतिशत लाभांश दिएको छ । नगद लाभांश वितरणमा जोड दिदै आएको कम्पनीको चुक्ता पुँजी स्थिर छ । गत आवको नाफापछि पनि बैंकले ४५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । १४ पुससम्म लगानी गर्नेले यस्तो लाभांश पाउने छन् । पहिलो त्रैमाशमा नाफा सुस्तियो कम्पनीले पहिलो त्रैमाशमा ३ अर्ब २४ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा ६.१ प्रतिशतले कमी आएको हो । सञ्चितीमा भने ८९ अर्ब ४६ करोड रुपैयाँ छ । कम्पनीले २३ पुसमा हुने साधारणसभामा सञ्चितीमा रहेको रकम बैंक तथा वित्तीय संस्था तथा अन्य कम्पनीको सेयरमा लगानी गर्ने प्रस्तावसमेत लैजादैछ । रणनीतिक तरिकाले लगानी गर्न सकेमा यसले कम्पनीको नाफामा वृद्धि समेत गराउन सक्नेछ । कम्पनीको सञ्चालन आम्दानी ९ अर्ब ४ करोड र अन्य आम्दानी १ अर्ब ५६ करोड छ । प्रशासनिक खर्च १० प्रतिशतले बढेको कम्पनीको कुल खर्च ४ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड छ । कम्पनीमा उत्पादनको लागि र तयारी अवस्थामा रहेको सामग्री (इन्भेन्ट्रिज) २८ करोड बराबर छ । इन्भेन्ट्रिजमा ५० प्रतिशतको वृद्धि छ । उत्पादन बढाउने उदेश्यले समेत यो बढेको हुनसक्छ । यसको बिक्री पछि कम्पनीको नाफा थप बढ्न सक्छ । कम्पनीले व्यापार लगायतबाट २ अर्ब ६४ करोड उठाउन बाँकी छ । ग्राहकबाट उठाएको अग्रिम निक्षेप २ अर्ब दायित्वको रुपमा छ । कम्पनीको कुल सम्पत्ती र कुल दायित्व सन्तुलित छ । कम्पनीको १२ अर्ब बराबरको काम सञ्चालन (वर्क इन प्रोग्रस) को अवस्थामा रहेको उल्लेख गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८६ रुपैयाँ ५८ पैसा र मूल्य आम्दानी अनुपात ७.१६ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ ६ सय ९६ रुपैयाँ छ । सेयर विश्लेषण कम्पनीको मूल्य वर्षकै न्यून बिन्दु (६ सय ६ रुपैयाँ) बाट केही माथि लागेको छ । यद्यपि ६ सय ७० को आसपासमा मूल्यले प्रतिरोध पाइरहेको रेखा चित्रले देखाउँछ । लाभांश प्रस्ताव र नजिकिदो बुक क्लोजले मूल्यमा सानो तिनो सुधारसहित सामान्य उतारचढाव देखिएको छ । कम्पनीको आरएसआई सूचक ५५.९ छ । यसले कारोबार सन्तुलित क्षेत्रमा रहेको संकेत गर्छ । आरएसआई स्केल ३० भन्दा मुनि भए सेयर अधिक बिक्री क्षेत्रमा, ३० देखि ७० बीचमा भए सन्तुलित क्षेत्रमा र ७० भन्दा माथि भए अधिक खरिद क्षेत्रमा रहेको विश्लेषण गरिन्छ । ७ दिने सिम्पल मुभिङ एभरेज रेखा २१ दिनेभन्दा माथि रहेकोले मूल्य बुलिश प्रवृत्तिमा नै रहेको संकेत गरिरहेको छ । तर यी दुई रेखा नजिकिएका छन् । यो समय थप ध्यान दिनुपर्ने देखिन्छ । २१ दिने रेखा माथि लागेमा मूल्य वियरिश प्रवृत्तिमा आउने सम्भावना छ । पीभट विश्लेषणले आगामी महिना काराबोरमा ६ सय ७७ मा पहिलो प्रतिरोध र ६ सय २९ मा पहिलो टेवा पाउने संकेत गर्छ । कम्पनीको सेयर मूल्यले पछिल्लो तीन दिनमा पहिलो दुई दिन डार्क क्लाउड कभर आकृति बनाएको छ । जसमा सेतो लामो मैनवत्तिपछि बनेको कालो मैनवत्तिको आकार माथिसम्म गएको छ । यसले मूल्य घट्ने संकेत गर्छ । तर अन्तिम दिन डोजी स्टार बनेको छ । यसले भने लगानी गर्नुअघि विचार पु¥याउनु पर्ने देखाइरहेको छ । लगानीकर्ताहरु निर्णय गर्न नसकिरहेको यसले संकेत गर्छ । नजिकिदो मुभिङ एभरेज रेखालेपनि तत्काल लगानी गर्नुभन्दा आगामी दिनको गतिलाई याद गर्न सुझाव दिइरहेकोछ ।

अर्थमन्त्रीको अभिव्यक्ति पछि उचालियो सेयर बजार, २७ अंकले बढ्यो, ३८ करोडको कारोबार

काठमाडौ । अर्थमन्त्री डा.युवराज खतिवडाले कर्मचारी संचय कोषको ५८ औं बार्षिकोत्सव समारोहमा दोस्रो बजारका खेलाडीहरूले खेल्ने तथा बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्ने बेला आएको अभिव्यक्ति दिएपछि साताको तेस्रो दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २६.९१ अंकले बढेको हो । बजार २.३९ प्रतिशतले बढ्दा नेप्से परिसूचक ११५०.७४ बिन्दुमा पुगेको छ । उक्त कार्यक्रममा उनले लगानीकर्ताहरूको विश्वास बढाउनु पर्ने अवस्था आएको बताएका थिए । पछिल्लो समय बैंकहरूको नाफा बढिरहेको, वित्तीय प्रणाली सवल भएको, राजनीतिक स्थायित्व भएको, करको समस्या करिब समाधान भएपछि पनि बजारमा गिरावट आउनु राम्रो नभएको भन्दै यो समयमा दोस्रो बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्न सुझाव दिएका थिए । मंगलबार सेयर बजारमा १ सय ७१ कम्पनीले कारोबार गरेका छन् । १३ लाख ७७ हजार ९ सय ४६ कित्ता सेयर किनबेच हुँदा ३८ करोड ३९ लाख ५७ हजार ४ सय २६ रुपैयाँको कारोबार भएको छ । बजार बढेको दिन नेप्सेमा म्यूचुअल फण्डको सूचक मात्र रातो देखिएको छ । बैक समूह २१.०७, टेडिङ समूह २.२८, होटल समूह ५७.७९, विकास बैंक समूह २६.७७, जलविद्युत समूह ३९.५, वित्तीय समूह ८.४६, निर्जीवन बीमा समूह ८८.५७, उत्पादन मूलकसमूह १०७.१, अन्य २०.२६, माइक्रो फाइनान्स ३०.२, जीवन बीमा समूह १०२.९३ अंकले बढेका छन् । शिवम सिमेन्टका लगानीकर्ताले ९ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । २६.९१ अंकले बजार बढेको दिनमा घाटा व्यहोर्ने १० कम्पनी बजार बढेको दिन इभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ५.५९ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् । यस्तै, आखुखोला जलविद्युत कम्पनीका लगानीकर्ताले ५.३५ प्रतिशत, सिटिजन बैक इन्टरनेशनल लिमिटेडका लगानीकर्ताले ५.०६ प्रतिशत, सिन्धु विकास बैक लिमिटेडका लगानीकर्ताले ४.७६ प्रतिशत, सानिमा इक्युटी फण्डका लगानीकर्ताले ३.०३ प्रतिशत मंगलबार गुमाउने कम्पनीको उच्च सूचीमा परेका छन् । कालिका पावर कम्पनी लिमिटेडका लगानीकर्ताले २.४३ प्रतिशत गुमाएका छन् । सिटि एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले २.०२ प्रतिशत, लक्ष्मी भ्यालु फण्ड वानका लगानीकर्ताले २ प्रतिशत पनि गुमाउने कम्पनीमा परेका छन् । सर्पोट माईक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १.६७ प्रतिशत, एनआईसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले १.५८ प्रतिशतले घाटा व्यहोरेका छन् ।

अर्थमन्त्री खतिवडाले भने-‘५८ वर्षमै संस्था बुढो हुँदैन, सेयर बजारमा आउनुस्’

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले कर्मचारी सञ्चय कोषलाई सेयर बजारमा प्रवेश गर्न आग्रह गरेका छन् । मंगलबार कोषको ५८ औ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले लगानीकर्तालाई सेयर बजारमा आकर्षित गर्नको लागि कर्मचारी सञ्चय कोष जस्ता सरकारी तथा सार्वजनिक संस्थाहरुले सेयर बजारमा प्रवेश गर्नु पर्ने बताएका हुन् । ‘५८ वर्ष उमेर त्यति धेरै होइन’ उनले भने–‘५८ वर्षमा मान्छेमा धेरै काम गर्न सक्ने उर्जा रहिरहन्छ, त्यसैले तपाईँहरु बुढो हुनु भएको छैन, द्रव्य कोष जोडेर ८४-८५ उमेरको भएँ भन्न पाउनु हुन्न, तपाईँहरुले अझै धेरै सिक्नु छ ।’ यो समय पूँजी बजारलाई गति दिने र लगानीकर्ताको मनोबल बढाउने भएको बताउँदै अर्थमन्त्री खतिवडाले सेयर बजारमा खुलेर आउन र क्रियाशील भएर लाग्न आग्रह गरे । कर्मचारी सञ्चय कोष लगायत सार्वजनिक संस्थाहरुको भूमिका देशको पूर्वाधार विकासमा हुने बताउँदै उनले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सैनिक कल्याणकारी कोष लगायतका संस्थाहरुले सेयर बजारमा महत्वपूर्ण भूमिका खेल्नु पर्ने बताए । दोस्रो बजारमा लगानीकर्ताको आकर्षण र मनोबल बढाउने यो उपर्युक्त समय भएको बताउँदै उनले मुलुकको आर्थिक बृद्धिदर बढाउनका लागि लगानी गर्न आग्रह गरे । व्यक्तिको बालापनदेखि बुढेसकालसम्मको उमेरलाई सामाजिक कोषले समेटेको बताउँदै उनले नागरिकको सुरक्षाका लागि दह्रो र शुसाशित भएर काम गर्न आग्रह गरे । सरकारी तथा निजी क्षेत्रबाट संञ्चालित सम्पूर्ण कोषको जोड्दा कुल ग्राहर्स्थ उत्पादनको २० प्रतिशत हुन आउने बताउँदै खतिवडाले भने– ‘यस्ता कोषको ठूलो रकम पूँजी बजारमा खर्च हुन्छ भने केही रकम मुद्रा बजारमा पनि हुन्छ।‘ उनले मुद्रा बजारमा केही समस्या आएपछि अनुशासनमा रहन निर्देशन दिएको समेत बताए ।

टेलिकमले गुमायो सेयर बजारको एउटा विरासत, बजार घट्दा पनि नबिल र एनआईसी एशिया उचालिए

काठमाडौं । नेपाली सेयर बजारको सबैभन्दा ठूलो कम्पनीले आफ्नो बजार पुँजीकरणको लामो विरासत गुमाएको छ । एक खर्बभन्दा माथि बजार पुँजीकरण भएको सरकारी स्वामित्वको नेपाल टेलिकमले आफ्नो मूल्य गुमाउँदा यसको बजार पुँजीकरण तल झरेको हो । नेपाल स्टक एक्सचेञ्जको साताभरको सेयर बजार सम्बन्धी रिपोर्टअनुसार बिहीबार बारोबार बन्द हुँदा एनटीसीको बजार पुँजीकरण ९७ अर्ब ६५ करोडमा झरेको छ, यो रकम अघिल्लो हप्ताको अन्तिम दिन १०० अर्बको तुलनामा २ अर्ब ४० करोडले कम हो । योसँगै नेपाली सेयर बजारमा सूचीकृत सबै कम्पनीहरुको कुल बजारमूल्य १ खर्बभन्दा तल झरेको छ । यो साता बजार ५ अंकले घट्दा समग्र बजार पुँजीकरणमा करिब पौने ७ अर्बको गिरावट आएकाे छ । पुँजीकरणमा उत्कृष्ट १० कम्पनीमध्ये नबिल बैंक र एनआईशी एशिया बैंकले भने आफ्नो बजार पुँजीकरण वृद्धि गर्न सफल भएका छन् । यो साता नबिल बैंकको पुँजीकरण ९० करोडले बढेको छ भने एनआईशी एशियाको ८८ करोड रुपैंयाले बढेको छ । बाँकी ७ कम्पनीहरुको भने पुँजीकरण घटेको छ । यो साता नेपाल टेलिकमले आफ्नो मूल्य १२ रुपैंयाले गुमाउँदा अन्तिम कारोबार मूल्य ६५१ रुपैंयामा झरेको हो । नबिल र एनआईशी एशियाको सेयर मूल्य भने क्रमशः ८ रुपैंया र ९ रुपैंयाले बढ्दा बजार पुँजीकरण पनि बढ्न पुगेको हो । सरकारी स्वामित्वमा रहेको सयर सर्वसाधारणलाई बेचेर कम्पनीको सेयर स्वामित्व परिवर्तन गर्ने समाचारपछि एनटीसीका लगानीकर्ताहरु हतोत्साहित भएका छन् । सरकारको योजना कार्यान्वयन भए बजारमा एनटीसीको सेयर आपुर्ति बढेर मूल्यमा गिरावट आउने भयले लगानीकर्ताहरुले बिक्रीको चाप बढाएका हुन् ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, रसुवागढी र साञ्जेनका लगानीकर्तालाई सबैभन्दा बढी घाटा

काठमाडौँ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झण्डै १० अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार विहीबार ९.९२ अंकले नेप्से परिसूचक घटेको हो । ०.७९ प्रतिशतले परिसूचक घट्टा १२३८.५६ बिन्दुमा पुगेको छ । आज १६६ कम्पनीका १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच हुँदा ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँको कारोबार भएको छ । सेयर परिसूचक पूरै राताम्मे भएको छ । बैंकिङ समूह ५.५४, ट्रेडिङ समूह २.०३, होटल समूह २०.८३, विकास बैंक समूह ८.१५, जलविद्युत समूह ३१.३५, वित्त समूह ४.९७, निर्जीवन बीमा समूह ७५.४५, उत्पादनमूलक समूह ११.८५, अन्य समूह ५.३४, लघुवित्त समूह २ं०.३२, जीवन बीमा समूह २६.५५ र म्युचुअल फण्ड ०.०२ अंकले घटेका छन् । आज सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ५.७१ प्रतिशतले नाफा कमाएका छन् भने रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ९.७० प्रतिशतले घाटा व्यहोरेका छन् । सबैभन्दा बढी घाटा व्यहोर्नेमा दोश्रो नम्बरमा साञ्जेन जलविद्युत कम्पनी लिमिटेडका सेयरधनी परेका छन्, उनीहरुले ४.६८ प्रतिशत घाटा व्यहोरेका हुन् । अघिल्लो दिन २६७ रुपैयाँमा कारोबार भएर बन्द भएको रसुवागढीको सेयर आज २३७ रुपैयाँमा झरेको छ । त्यसैगरी बुधबार साञ्जेनको सेयर कारोबार २६१ रुपैयाँमा भएको थियो भने आज २३५ रुपैयाँमा झरेर बन्द भएको छ ।

मौद्रिक नीतिपछि सेयर बजारमा लगातार गिरावट, आइतबार १३६ कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । सेयर बजारमा उच्च गिरावट देखिएको छ । आइतबार  नेप्से परिसूचक १७ अंकले घटेर १२५२ राेकिएकाे छ । आज ४९ कराेड २६ लाख रूपैयाँ बराबरकाे सेयर काराेबार भएकाे छ । १६१ वटा कम्पनीको सेयर कारोबार भएकोमा १३६ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । १७ वटा कम्पनीको सेयर मूल्य बढेको छ । थोरै कम्पनीको सेयर मूल्य स्थीर रहेको छ । यूनियन हाइड्रोपवर, युनाईटेड इन्स्योरेन्स, पाँचथर पावर, ग्लोवल आईएमई लघुवित्त, हिमालयन उर्जा विकास कम्पनी, लगायत जलविद्युत, फाइक्रो फाइनान्स र बीमा कम्पनीहरुको सेयर मूल्य बढी घटेको छ । बजारमा गिरावट उच्च भए पनि केही केही कम्पनीको सेयरधनीले राम्रो लाभ लिएका छन् । सिर्जना फाइनान्स, यूनिभर्वल पावर, नविल इक्वीटि फण्ड, एनएमबी इक्वाटी फण्डको सेयर मूल्य बढेको छ । एनएमबी इक्वाटी फण्डले आइतबार नै लाभांश घाेषणा गरेकाे छ । मौद्रिक नीति सार्वजनिक भएपछि दोस्रो दिन पनि बजारमा मन्दी देखिएको हो । राष्ट्र बैंकले मौद्रिक नीति गत साता बुधबार जारी गरेको थियो । विहीबार पनि १४ अंकले नेप्से घटेको छ । नयाँ मौद्रिक नीतिले सेयर बजारलाई प्रत्यक्ष नकारात्मक असर पर्ने व्यवस्था गरेको छैन । तर बैंकहरुको आम्दानी नियन्त्रण गर्ने, बैंकास्योरेन्सलाई कडाई गर्ने, बैंकहरुले चुक्ता पुँजीको कम्तिमा २५ प्रतिशत ऋणपत्र निष्काशन गर्नै पर्ने व्यवस्था गरेकोले त्यसको नकारात्मक असर सेयर बजारमा परेको जानकारहरु बताउँछन् ।