पुँजीगत लाभकरलाई अन्तिम मानेपछि सेयर बजारमा कस्तो असर पर्ला ?
काठमाडौं । हाल धितोपत्र बजारको पुँजीगत लाभकर ५ प्रतिशत रहेको छ । तर यो नै अन्तिम हो कि होइन भन्ने यकिन नहुँदा आम लगानीकर्तामा संसय उत्पन्न भएको छ । करकै कारण लगानीकर्ता अन्यौलमा छन् । केहीले यो नै अन्तिम कर हो भनिरहेका छन् भने केहीले होइन भनिरहेका छन् । यसलाई स्पष्ट पारिदिन लगानीकर्ताले वर्षौंदेखि माग गरिरहेका थिए र अझै पनि गरिरहेका नै छन् । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले पनि लामो समयदेखि बजारमा देखिएको यस्तो दुविधालाई स्पष्ट बनाइदिन अर्थमन्त्रालयलाई आग्रह गरेको छ । बोर्डले केही दिनअघि मात्र यसलाई नै अन्तिम कर मानी गणना गर्ने व्यवस्था मिलाउन अर्थमन्त्रालय समक्ष आग्रह गरेको हो । अब अर्थबाट के निर्णय हुन्छ ? त्यो आउन त बाँकी छ । सम्भवतः लामो सयमदेखि उठाइरहेको विषय भएकाले अन्तिम नै मानी गणना गर्ने व्यवस्थामा स्पष्टता हुन्छ कि भन्नेमा सबै आशावादी देखिन्छन् । यदि यो नै अन्तिम कर हो यसलाई नै अन्तिम मानी गणना गर्ने व्यवस्था भयो भने के हुन्छ त ? बजारमा यसको के प्रभाव पर्ला ? लगानीकर्ताले विगत ३/४ वर्षदेखि पुँजीगत लाभकर अन्तिम नै हो भनेर स्पष्ट पारिदिन माग गरिरहेको नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेल बताउँछन् । तर यति सहज तथा सरल कुरालाई मात्र स्पष्ट बनाउन पनि वर्षौं लागेकोमा दुःख लागेको उनले बताए । ‘लगानीकर्ताले धेरै पहिले उठाएका कुरालाई धितोपत्र बोर्डले अहिले पनि जारी राख्नु राम्रो कुरा हो । तर यो अर्थमन्त्रालयले बोलिदिनु पर्यो । सम्बन्धित कर कार्यालयले कार्यान्वयनमा ल्याउनु पर्यो । अनि मात्र त्यसको प्रभाव बजारमा देखिन्छ,’ पौडेलले भने । केहिले अन्तिम कर नै हो भनि रहेका छन् भने केहिले होइन भनिरहेका छन् । यहि दुविधालाई चिर्दै अर्थमन्त्रालयले स्पष्ट पारिदियो भने बजारमा सकारात्मक प्रभाव पर्ने उनी बताउँछन् । ‘पहिलो कुरा त कर कार्यालय र लगानीकर्तामा रहेको अन्योल हट्छ । दोश्रो, लगानीकर्तामा अन्योल हटेसँगै उनीहरुमा आत्मविश्वास बढ्छ । कर चुक्ता दिनको लागि सबैभन्दा सजिलो र सस्तो क्षेत्र तथा आम्दानीको श्रोतको लागि पनि राम्रो क्षेत्र पुँजी बजार हुन्छ । यससँगै, लगानीकर्ताको आत्मविश्वास बढ्छ । यसले ठ्याक्कै प्रडक्टीभिटी तथा निक्षेप कम्पनीलाई त असर गर्दैन, तर लगानीकर्ताको मनोबलमा आधारित हुने बजारलाई राम्रो प्रभाव पार्छ,’ उनले थपे । पुँजीगत लाभकरको विषयमा बजारले प्रष्टता खोजिरहेको बताउँदै ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले यो विषय प्रष्ट भयो भने आगामी दिनको बजारमा राम्रो प्रभाव पार्ने बताउँछन् । ‘लगानीकर्ताहरुले कर तिरिरहेका हुन्थे । ५ प्रतिशत भनेको सिष्टमले नै काटिरहेको थियो । उनीहरुले आफूले एक वर्षभरी कति तिरेको थियो, त्यसको क्लियरेन्स लिन जाने बेलामा कतिले ५ प्रतिशतमात्रै तिरेको देखिन्थ्यो र कर कार्यालयले यो कसरी ५ प्रतिशत हुन्छ ? २५ प्रतिशत तिर्नुपर्छ भन्ने जस्तो कुरा गर्थे, अब त्यसमा प्रष्टता जरुरी थियो,’ अध्यक्ष रानाभाटले भने । अहिले लाग्दै आएको ५ प्रतिशत पुँजीगत कर अन्तिम भएपनि स्पष्ट नभएकोले समस्या सिर्जना भएको पनि उनको भनाइ छ । ‘कतिपय लगानीकर्ता आफैलाई पनि यो अन्तिम कर हो कि होइन, अथवा कर तिर्न पाइन्छ कि पाइदैन भन्ने स्पष्टता थिएन । त्यसैले यो स्पष्टता खोजेको थियो बजारले । वास्तवमा अन्तिम कर नै थियो । अब अर्थमन्त्रालयले अन्तिम नै हो भनिदियो भने लगानीकर्ता तथा कर कार्यालयलाई बुझाई राख्नु परेन, काम गर्न सहज हुनेभयो,’ उनले थपे । यसले बजारलाई प्रत्यक्ष प्रभाव नपारे पनि अप्रत्यक्ष रुपमा एकदमै ठूलो प्रभाव पार्ने रानाभाटको भनाइ छ । ‘नेपालमा कर पनि तिरिरहेको छ । केही सम्पत्ति किन्नको लागि सम्पत्तिको स्रोत देखाउनु पर्छ, कर चुक्ता नपाउने वित्तिकै सम्पत्तिको स्रोत देखाउन समस्या हुनेभयो, अब ५ प्रतिशत पुँजीगत लाभकरलाई नै अन्तिम कर मानेर सोही अनुसारको कर चुक्ता दिने गरिएपछि यस्ता विषयमा पनि सहजता प्राप्त हुन्छ,’ उनले थप स्पष्ट पार्दै भने ।
सेयर बजार सुधारको लागि अघि बढ्यो धितोपत्र बोर्ड, राष्ट्र बैंक समक्ष राख्यो ४ बुँदे माग
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजार सुधारको लागि नेपाल राष्ट्र बैंक समक्ष विभिन्न ४ बुँदे माग पेश गरेको छ । विकासन्युजसँग कुरा गर्दै बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले बजारमा राहतको लागि यी काम गरिदिन राष्ट्र बैंकलाई पत्राचार गरेको बताएका हुन् । यस्ता छन् मागः बोर्डका अध्यक्ष ढुङ्गानाका अनुसार ब्रोकरको मार्जिन सीमा ७५ प्रतिशत पुर्याउन माग गरिएकाे छ । सिलिङ भित्रको कर्जा/सेयर धिताे कर्जाको स्वतः नविकरण गरिदिन बाेर्डकाे माग रहेकाे छ । त्यस्तै, विद्युतीय कारोबारमा १० लाख रुपैयाँको सीमा रहेको छ । जुन सीमा हटाउन राष्ट्र बैंकलाई पत्राचार गरेकाे छ । साथै, ब्रोकरलाई ऋण प्रवाह गर्दा सर्वसाधारणलाई भन्दा कम व्याजदर हुने व्यवस्था गराउन माग गरेको अध्यक्ष ढुङ्गानाले जानकारी दिएका छन् ।
बरु १ घण्टा खोलौं, शुल्क मिनाहा गरौं, बजार चलायमान गर्न पनि सेयर बजार खुलाऊँ
आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट आयो । तर, सेयर बजारको लागि केहि आएन । आए त केबल पहिलेकै कुराहरु । नयाँ केही छैन । सेयर बजार अपहेलित जस्तो भयो । पहिला धितोपत्र बोर्डलगायत सरकारले पहल गरेका कारण बजार विकास भइसकेको छ । बैंकमा पैसा राख्नुको सट्टा सेयरमा लगानी गरे हुन्छ भन्ने मान्यताको विकास भयो । यही मान्यताको कारण लाखौंले सेयर बजारमा लगानी गरे । तर अहिले बजार बन्द गरेर राखिएको छ । कतिपयले बजार घट्छ भनेर बजार बन्द गर्नुपर्ने पनि भनिरहेका छन् । आर्थिक अवस्था अनुसार बजार घट्छ, बढ्छ । त्यो स्वभाविक हो । तर बजार घट्छ भन्दैमा डराएर नखोल्नु जायज हो जस्तो मलाई लाग्दैन । सेयर बजार जस्तो सम्बेदनशील क्षेत्र, जसले अर्थतन्त्र चलायमान गर्छ, पुँजी परिचालन गर्छ । अर्थतन्त्रको इन्डिकेटरलाई नै बेवास्था गरेर कसरी देशको अर्थतन्त्र चल्छ ? सेयर बजार चलेको छैन भन्यो भने देशको सबै इकोनोमी बन्द रहेछ भन्छन्, बाहिरका मान्छेले । हेर्दा केही घाटा भएको छैन जस्तो देखिन्छ । तर, सबै क्षेत्रको हिसाव गर्ने हो भने दैनिक साँढे ९ अर्ब जति घाटा भइरहेको छ । कतिपय देशमा लकडाउन सँगसँगै सुरक्षित तरिकाले अर्थतन्त्र चलायमान पनि भइरहेको छ । र, स्थिति पनि नियन्त्रणमा आएर कोरोनामुक्त भनेर घोषणा पनि गरिसकेका छन् । अन्य देशले पुँजी बजारलाई अत्यावश्यक सेवाको रुपमा सञ्चालन गर्छन् । अर्थतन्त्र सँगसँगै संसार भरी पुँजी बजार चलायमान छ । तर, बिडम्बना भन्नुपर्छ, हाम्रोमा पुँजी बजारलाई प्राथमिकता दिइएको छैन । बजार चलायमान गर्ने भनेको धितोपत्र बोर्डलगायत पुँजी बजारसँग आवद्ध संस्थाहरुले आफ्नो महत्व छ, इमर्जेन्सीको समयमा पनि यसको महत्व छ भनेर दर्शाउनु पनि हो । वास्तवमै भन्ने हो भने अहिले बजार सञ्चालन नगरेर उहाँहरु आफैले यसको महत्व छैन भनेर देखाएको जस्तो बुझिन्छ । बजार हो, कसैलाई बिक्री गर्नु परेको हुन सक्छ । कसैले किन्ने मौका यही हो भनेर किन्न सक्छन् । त्यसैले अहिले बजार बन्द गर्नु नै समस्याको समाधान हो भन्ने सोच राम्रो होइन । धितोपत्र बजारसँग सरोकारवालाहरुले आफ्नो व्यवसाय तथा संस्थाको महत्व नबुझेको जस्तो मलाई लाग्छ । उहाँहरुले आफ्नो उपस्थिति देखाउन पनि बजार खुलाउनु पर्छ । बीचमा दुई दिन खुलाउनु त भएको थियो । तर फेरि बन्द भयो । दुई दिन खुलाएर डराउने होइन । हामीले इन्डेक्स कतिमा जान्छ भन्ने पनि होइन । देशको इकोनोमी नै डामाडोल छ, बजार कसरी बढ्छ ? यस्तो अवस्थामा अर्थतन्त्रको सूचक सेयर बजार घट्नु स्वभाविक हो । परिसूचकले त देशको इकोनोमी जस्तो छ, त्यही इंगित गर्ने न हो । लगानीकर्ताहरुले अब हडताल गर्ने रे, अनसन बस्ने रे भन्ने पनि हल्ला छ बजारमा । तर केको लागि अनसन बस्न लाग्नुभएको हो भन्ने बुझ्न सकिएको छैन । अर्थतन्त्र नै डुबिसेकेको अवस्थामा अनसन बसेर के फाइदा हुन्छ र ? मुख्य कुरा के हो भने, अर्थतन्त्र १० देखि २० प्रतिशत चलायमान छ । अर्थतन्त्र विकासको लागि पुँजी परिचालन गरिनु पर्छ । अर्थतन्त्रको परिसूचक भएको पुँजी बजार बन्द हुनु भनेको मृत अवस्थामा रहेको जस्तै हो । परिसूचक नै मरेको छ भने अर्थतन्त्र चलायमान छ भन्ने कसरी ? पुँजी बजार बचाउनको लागि पनि केही व्यवस्था गर्नुपर्यो । अनलाइन आयो भनिन्छ । तर, बजार बन्द गरेर बसिन्छ । अहिले भएका विद्यमान व्यवस्थालाई हेरफेर गरेर बजार खुलाउन सकिन्छ । १० कित्तामा समस्या भए अर्को व्यवस्था गर्ने लकडाउनको बीचमा दुई दिन भएको कारोबारमा १० कित्ते नीतिले गोलमाल गरे भन्ने पनि हल्ला थियो बजारमा । तर, त्यस्तो हुनु नपर्ने हो । यदि हो भने पनि त्यसलाई हेरफेर गरेर कारोबार गर्नको लागि कम्तीमा ५० कित्ता अथवा १०० हुनु पर्छ भनेर अल्पकालिन नीति पनि बनाउन सकिन्छ । कारोबार समयलाई घटाउने दिनमा २ घण्टा खुलाउँदा धेरै उथलपुथल भयो भने दिनको १ घण्टा चलाउन सकिन्छ । मानौं, कोहि एक व्यक्तिको सम्पतिको नाममा सेयर मात्र छ । यो अवस्थामा उहाँलाई जीवन चलाउन पैसाको खाँचो परेको छ । तर बजार बन्द छ । अब के गर्ने ? धरौटी राख्ने कि के गर्ने ? उहाँको लागि उक्त सेयर अहिले खोस्टो बराबरको भएको छ । यदि बजार खुलेको भए त्यस्तो समस्या आउने थिएन । त्यसैले बजारमा तरलता त हुन पर्यो नि । निःशुल्क कारोबार गर्ने व्यवस्था मिलाउने धितोपत्र बोर्ड, नेप्से तथा ब्रोकरहरुले कारोबार गर्दा लाग्ने शुल्क नलिने व्यवस्था मिलाउन सक्ने विकल्प पनि छ । यसको मतलब सँधैलाई शुल्क नलिनु भनेको होइन । यो अवस्था अर्थात लकडाउन अवधिभर शुल्क नलिई कारोबार सञ्चालन गर्न सकिन्छ । यसो गर्दा बोर्ड, नेप्से तथा ब्रोकरले आफ्नो उदारता देखाएको जस्तो पनि हुने । र, लगानीकर्ता पनि लगानी गर्न प्रोत्साहित हुने छन् । करमा छुट दिने बजार चलायमान बनाउनको लागि करमा छुट दिने व्यवस्था मिलाउन सकिन्छ । अल्पकालिन र दीर्घकालिन लगानीकर्तालाई छुट्टाछुट्टै व्यवस्था मिलाउन सकिन्छ । इमरजेन्सी समयमा कुनै पनि नियम लागू हुँदैन भने जस्तै, अहिले तत्काललाई शुल्कहरुमा हेरफेर गर्न सकिन्छ । व्यक्तिगत स्वार्थ छोडेर पुँजी बजारको हितको हिसावले अघि बढ्ने पुँजी बजारका सरोकारवालाहरु आफ्नो व्यक्तिगत स्वार्थ छोडेर पुँजी बजारको हितको हिसावले संयमित रुपमा अघि बढ्न सक्नेछन् । बजार चलेपछि नियमनको महत्व, स्टकको महत्व, ब्रोकर तथा मर्चेन्ट व्यवसायीको महत्व लगायत लगानीकर्ता सबैको महत्व हुन्छ । आफ्नो महत्व देखाउन र बजार अत्यावश्यक हो भनेर जनाउनको लागि पनि उपस्थिति चाहिन्छ । त्यसैले कोही कसैले पनि चलखेल नगरी बजारको हितको लागि काम गरौं । व्यक्तिले आफ्नो स्ट्याटस आफै बनाउने भने जस्तै संस्थाले पनि आफ्नो स्ट्याटस आफै बनाउने हो । त्यसैले, धितोपत्रले पनि आफ्नो अधिकारलाई अधिकतम प्रयोग गरी अल्पकालिन केही व्यवस्था गरी, समस्याहरुको समाधान गर्दै तत्काल बजार खुलाउनतिर लाग्नु उचित हुन्छ । बजार खुलाउँदा बजार घट्यो भनेर बस्नु हुँदैन । कहाँ समस्या भयो, त्यसलाई समाधान गरेर अघि बढ्न सकिन्छ । चलखेल गर्नेलाई त्यही अनुसारको कारवाही गर्नुपर्यो । लगानीकर्ताहरुले पनि विवेकपूर्ण हिसावले बजारमा कारोबार गर्दा फाइदा नै हुन्छ । बजार घटेपछि बैंकहरुले मार्जिन कल गर्न थाल्छन् भनेर पनि लगानीकर्ता डराएका हुन् । यसमा बैंकहरु पनि संम्बेदनशील हुनुपर्यो र अल्पकालिन केही व्यवस्था गर्नु पर्यो । डराएर मात्र भएन । (धितोपत्र बोर्डका पूर्व अध्यक्ष तथा अर्थविज्ञ कार्कीसँग गरिएको कुराकानीमा आधारित)
सेयर बजार खुलाउन सबै पक्ष सहमत
काठमाडौं । नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेञ्ज, सेयर ब्रोकर तथा लगानीकर्ताहरु सेयर बजार खुलाउने पक्षमा उभिएका छन् । चैत ११ गतेदेखि बन्द सेयर बजार असार १ गतेदेखि खुल्ने सम्भावना देखिएको छ । पुँजी बजारमा सबै स्टेकहोल्डर बजार खुलाउने पक्षमा देखिएको, व्यवसायीहरु नै बजार खुलाउनु पर्छ भनेर अगाडि आएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए । ‘अहिले बजारमा व्यवसायीहरु बजार खुला गर्नुपर्छ भनेर अगाडि आएका छन् । बजारमा जनस्वास्थ्य सम्बन्धि चेतना अभिवृद्धि भएको छ । समस्या सधैं हुन्छ । समस्यासँग जुद्धै जानुपर्छ’ अध्यक्ष ढुंगानाले भने । जनताको स्वास्थ्य सुरक्षाको लागि सेयर बजार बन्द गर्नु परेको बताउँदै उनले लामो समय सेयर कारोबार बन्द गर्दा यसलाई लाभ वा नोक्सानीसँग जोडर हेर्न नहुने बताए । बीचमा बजार खुला गर्दा दैनिक ३०/३५ जनामा संक्रमणपछि बजारमा त्रास भएको र बन्द गर्नु परेको बताउँदै अहिले मानिसमा त्रासको लेभल घट्दै गएको उनले बताए । नेपाल स्टक एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदमा आफू पहिला पनि बजार नियमित रूपमा खुला राख्ने पक्षमा रहेको बताए । बजार बन्द हुँदा अनलाईन कारोबारलाई सहज बनाउने गरि थप कामहरु भएकोले अब बजार खुला गर्दा कारोबारमा समस्या नहुने उनको भनाई छ । स्टक ब्रोकर एसोशिएसनका निवर्तमान अध्यक्ष प्रियराज रेग्मीले बजार बन्द हुँदा सबैभन्दा बढी मर्का स्टक ब्रोकरलाई परेको बताए । ‘कर्मचारी खर्च, घर भाडा लगायत ९० प्रतिशत खर्च भईरहेको छ । बजार बन्द हुँदा आम्दानी शुन्य भएको छ’ रेग्मीले समस्या बताए । सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले सेयर कारोबार र भुक्तानी प्रणाली सबै अनलाईनबाट हुने अवस्थामा सेयर बजार सुचारु हुन सक्ने बताए । सेयर बजारमा उच्च गिरावट आउने त्रासमा लगानीकर्ता रहेका छन् । तर लगानीकर्ताको मनोबल बढाउने कार्यक्रम तत्काल आउने सम्भावना भने नभएको बोर्डका अध्यक्ष ढुंगानाले बताए । ‘सेयर बजार तलमाथि भईरहन्छ । मूल्य प्रभावलाई पार्ने काम हामीले गर्दैनौं’ उनले भने । धितोपत्र बोर्ड २७ वर्ष पूरा गरी २८ वर्षमा प्रवेश गरेको अवसरमा विकासन्युजले गरेको विकास वहसमा भाग लिँदै अध्यक्ष ढुंगानाले पुँजी बजारलाई सरल र सहज बनाउन सेयर बजारका लगानीकर्ता, सेवा प्रदायक संस्थाहरुलाई प्रविधि मैत्री बनाउन जरुरी भएको बताए । उनका अनुसार नेपाल स्टक एक्स्चेन्ज, सीडीएस एण्ड क्लियरिङ हाउस्, २५ वटा मर्जर बैंकर, ५० वटा ब्रोकर कम्पनीहरु पुँजी बजारका पूर्णकालीन संस्था छन् । सवा दुई सय संस्था नेप्सेमा सूचिकृत छन् । साढे चार सय कम्पनीहरु सेयर बजारमा प्रत्यक्ष रुपमा सक्रिय छन् । डिपी एकाउन्ट भएका सेयर लगानीकर्ताको संख्या साढे १६ लाख छ । ‘बजार घना भएको छ । अब बजारलाई सरल र सहज बनाउन सेयर बजारका लगानीकर्ता, सेवा प्रदायक संस्थाहरुलाई प्रविधि मैत्री बनाउन जरुरी छ’- उनले भने । अनलाइन कारोबार प्रणालीमा कारोबार रकम इन्ट्री गरेपछि कसलाई कति कमिशन जाने, कर कति लाग्ने प्रष्ट खुल्ने गरी प्रणालीको विकास आवश्यक भएको बोर्डका अध्यक्ष ढुंगानाले बताए । नेपाल स्टक एक्चेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले लगानीकर्ताहरु विकसित प्रविधिको प्रयोगमा पछाडि परेको बताए । ब्रोकर कम्पनीहरुको क्षमता विकास पनि जरुरी भएको उनकाे भनाई छ । कनेक्ट आईपीएसमा जोडिएका लगानीकर्ताले सेयर कारोबारको भुक्तानी सहज रुपमा गर्न सक्ने उनले जनाएका छन् । स्टक ब्रोकर एशोसिएशनका निवर्तमान अध्यक्ष प्रियराज रेग्मीले सेयर कारोबारको लागि पूर्ण अनलाईन प्लेटफर्म बनेको तर भुक्तानी प्रणालीमा केही समस्या रहेको बताए । ब्रोकरको लागि आईटी पोलिसी, एपीआई पोलिसी आवश्यक भएको उनले बताए । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले जुनसुकै डिभाईसबाट सेयर किनबेच गर्न सक्ने र सेयर किनबेचपछि जुनसुकै बैंकमा खाता हुने, लगानीकर्ताले पनि कारोबार रकम भुक्तानी लिन दिनसक्ने प्रणालीको विकास हुन आवश्यक रहेको बताए । भिडियाे हेर्नुहाेस्ः
बजेटः सेयर बजारको लागी ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’
काठमाडाैं । सेयर बजारको लागी आगामी आर्थिक वर्षको २०७७/७८ को बजेट ‘कागलाई बेल पाक्यो, हर्ष न बिस्मात’ भने झै भएको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पाेखरेलले बताईन् । आगामी आर्थिक वर्षदेखि डिलर शिपको व्यवस्था गरेको भन्दा बाहेक एउटा पनि पुँजी बजारको विकास र विस्तारको लागी कार्यक्रम यो बजेटमा नपरेको उनको तर्क छ । हालै प्रस्तुत भएकाे आगामी आर्थिक वर्षको बजेटमा प्रतिकृया दिँदै उनले विद्युतीय कारोबारको दायरा विस्तार गरिने भन्ने चालु आ.व. मै भएको व्यवस्थाको लागी थप समय खर्चेको जस्तो लागेकाे बताइन् । साथै, उनले खासै आगामी बर्षको बजेटबाट आम लगानीकर्ता लाभान्वित नहुने र यो बजेट महत्वकाक्षी रहेकाे बताइन् । ‘कम्तिमा केहि महिनाको भए पनि निश्चित अंकसम्म ऋण र ब्याज मिनाहा गरिदिएर अर्थात् अहिलेको संकटको समयमा आर्थिक प्याकेज घोषणा गरेर मल्हमपट्टी लाउँनेछ र सेयर लगानीकर्तालाई ढुक्क बनाउँछ भन्नेमा हामी आशावादी रहेको थियौं । अर्थतन्त्रको ऐना मानिने सेयर बजारलाई बजेटले प्राथमिकतामा राख्न सकिएको छैन् ।’- उनले बताइन् ।
लकडाउनमा खुल्ने सेयर बजारमा कस्तो प्रभाव देखिएला ? यसो भन्छन् लगानीकर्ता
काठमाडौं । सूचीकृत कम्पनीहरुको सेयर कारोबार हुने धितोपत्र बजार ५०औं दिन पछि अर्थात बैशाख ३० गते मंगलबारदेखि खुल्ने भएको छ । विश्वव्यापी कारोना भाइरस (कोभिड–१९)को महामारीका कारणले २०७६ चैत १० गतेदेखि बन्द भएको बजार अन्ततः लकडाउनकै बीच खुल्ने भएको हो । लकडाउनको अवधि थप लम्बिदै गएपछि नेपाल सरकारले धितोपत्र बजार खुलाउने निर्णय गर्यो । यससँगै दोश्रो बजार सञ्चालनमा ल्याउने सम्बन्धि धितोपत्र बजारका सम्पूर्ण सरोकारवालाहरु अगाडि बढिसकेका छन् । नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि सबै सरोकारवालाहरुसँग छलफल गरी के कसरी बजार सञ्चालनमा ल्याउने भन्ने विषयमा विभिन्न मापदण्ड बनाएर सेयर बजार खुलाउने निर्णय गरेको छ । पछिल्लो समय अर्थात लकडाउन अघिको सेयर बजार हेर्दा नेप्से परिसूचक १६६८ अंकबाट १२५१ अंकमा झरेको थियो । कोरोनाको त्रासले गर्दा छोटो समय अर्थात १९ दिनको अवधिमै परिसूचक ४१७ अंकले घटेको थियो । नेपाली पुँजीबजारको सन्दर्भमा हेर्दा यो छोटो समयमै सबैभन्दा बढी घटेको बजारका विज्ञहरु बताउँछन् । सो अवधिमा मात्रै सेयर बजारले ५ खर्ब १८ अर्ब रुपैयाँ पुँजीकरण गुमाएको थियो । विश्वभर कोरोनाको त्रासका कारण बजार तीव्र गतिमा घटेको थियो । नेपाली सेयर बजारलाई थप घट्न नदिन तथा सरकारले सार्वजनिक गरेको राजपत्र अनुसार पुँजीबजार अत्यावश्यक सेवामा नपरेको हुनाले लगानीकर्ताले बजार बन्द गराउने माग गरेका थिए । सोही अनुरुप तथा कोरोनाको महामारीलाई रोकथाम तथा नियन्त्रणको लागि सरकारले चालेको कदमलाई कार्यान्वयन गर्न धितोपत्र बोर्ड, नेप्से जस्ता सरोकारवाला निकायले सेयर बजार बन्द गराएका थिए । तर लकडाउन लम्बिँदै गयो । चैत ११ गतेदेखि जारी गरिएको लकडाउन जेठ ५ गतेसम्म कायम राख्ने सरकारको निर्णय छ । लकडाउनसँगै पुँजीबजार पनि बन्द हुँदै गयो । यससँगै अर्थतन्त्र चलायमान बनाउने बजारलाई धेरै लामो समय बन्द गराउन हुन्न, यसले अन्तर्राष्ट्रिय जगतमा पनि नकारात्मक सन्देश जान्छ भन्ने आवाज पनि बलियो बन्दै गयो । पुँजीबजारका सरोकारवालाहरु पनि बजार खुलाउनु पर्छ भन्ने तर्क गर्न थाले । उनीहरु बजार सञ्चालन गराउने तर्फ लागे । र, छैटौं पटक लकडाउन थपिएसँगै सरकारले पनि बजार खुलाउने नीतिगत निर्णय गर्यो । धितोपत्र बोर्डले पनि बजार घटबढ हुनेभन्दा पनि यसले अर्थव्यवस्था प्रतिबिम्बित बनाउँछ भने उद्देश्यले बजार खुलाउने निर्णय लियो । साथै, उसले यो समय लगानीकर्तालाई अनलाइन प्रणालीमा आवद्ध गराउने अवसरको रुपमा लिई विभिन्न मापदण्डहरु तय गरी दैनिक २ घण्टाका लागि भने पनि सेयर कारोबार सञ्चालन गर्ने निर्णय गर्यो । यससँगै बजार बन्द भएको ५०औं दिन अर्थात मंगलबारदेखि खुल्ने भयो । यो महामारी तथा संकटबीच पनि खुल्दै गरेको बजार कस्तो होला ? बजारले कस्तो बाटो तय गर्ला ? लगानी गर्ने कि नगर्ने ? आफूले गरेको लगानी के होला ? भन्ने चिन्ता आम लगानीकर्तामा परेको छ । यसैबीच बजारका बारेमा जानकार तथा लगानीकर्ताको धारणा के छ भनेर हामीले यो सामग्री तयार गरेका छौं । अम्बिका प्रसाद पौडेल, पूर्व अध्यक्ष – नेपाल इन्भेष्टर्स फोरम बजार खुल्नु भनेको लगानीकर्ताको हित हुनु हो । किनभने सबैले सँधै सबै कुराहरु बन्द गरेर बस्नु समस्याको समाधान होइन । आफू सुरक्षित हुने, सामाजिक दुरी कायम गर्नुपर्छ । जे जस्तो छ, त्यसमै चलाएर आर्थिक गतिविधि चलायमान बनाउनु पर्छ । अबको बजार सरकारको नीति तथा आगामी बजेटले निर्धारण गर्ने हो । सरकारले पुँजीबजार सम्बन्धि जस्तो कार्यक्रम ल्याउँछ, त्यही अनुसार लगानीकर्ताको मनस्थिति विकास हुने हो । तर, अन्तर्राष्ट्रिय बजारको गतिअनुसार भन्ने हो भने हाम्रो बजार पनि शुरु शुरुमा घट्ला । यसले पछि आफ्नै गति लिन्छ । किनभने आर्थिक गतिविधिहरु, आर्थिक क्रियाकलापहरु चलाउनु पर्छ, चल्छन् भन्ने मान्यता अनुसार नै बजार खुलाईएको छ । त्यसैले म निरासा छैन । किनेभने कोरोनाको असरसँगै हाम्रो बजार करिब २३ प्रतिशतसम्म घटी सकेको छ । अब बजारमा धेरै घट्ने ठाउँ छैन । त्यसैले बजार खुलाउने निर्णयप्रति सकारात्मक छु । लगानीकर्ताले आफूले लगानी गर्दा जहिल्यै पनि आफ्नो आर्थिक हैसियत, धान्न सक्ने क्षमतालाई विचार गर्नुपर्छ । यसको अलवा कोरोनाका प्रकोप लामो समयसम्म रह्यो भने पनि सबैभन्दा बढी असर गर्ने क्षेत्र कुन हो र कम असर गर्ने क्षेत्र कुन हो भन्ने पहिचान गर्नु पर्नेछ । त्यस्तै, अहिले रहेको मूल्य र कोरोनाको असल पर्दा पनि दिने प्रतिफललाई विचार गरेर लगानी गर्न सकियो भने खासै गाह्रो हुँदैन । र, यस्तै संकटको अवस्थामा पनि विवेक पुर्याउन सकियो भने राम्रो प्रतिफल लिन सकिन्छ । अहिलेको अवस्थामा अनलाइन नलिएका लगानीकर्तालाई समस्या छ । हामीले के बिर्सनु हुँदैन भने अहिले अनलाइन नलिएकाले हिजो पनि ब्रोकरलाई नै अडर दिएर खरिदबिक्री गर्ने प्रक्रिया थियो । अहिले पनि ब्रोकरको अफिस चल्छ । फोनबाट अर्डर दिनु पर्यो । सबै बैंक तथा वित्तीय संस्थाहरु पनि खुल्न थालेका छन् । आफूलाई पायक पर्ने ठाउँमा ब्रोकरलाई पैसा भुक्तानी गरिदिने र ब्रोकरले पनि उनीहरुको खातामा पैसा जम्मा गरिदियो भने त्यति ठूलो समस्या पर्दैन । तर, लगानीकर्ताले बुझ्नु पर्ने के छ भने, यस्तो संक्रमण तथा संकटको अवस्थामा हिजोको जस्तै सबैकुरा सहज हुन्छ भन्ने हुँदैन । केही न केही कुरा असहज हुन्छ । त्यो असहजता भित्र पनि हामीले सहजता खोज्नु पर्छ । यसलाई त्यही किसिमले लिएर आफ्ना कृयाकलापहरु सञ्चालन गर्नुपर्छ । कसैले बिक्री गर्ने हो भने इलेक्ट्रोनिक डिपोजिट इन्स्ट्रक्सन स्लीप (इडीआईएस) बाट बिक्री गर्न सजिलो हुन्छ । खरिद गर्नको लागि नजिकै रहेको बैंकको शाखाहरुबाट ब्रोकरको खातामा पैसा जम्मा गर्न सकिन्छ । हामी प्रविधिमैत्री पनि हुँदै जानुपर्छ । यसको मतलब यी सबै कुरा प्राथमिक बजारमा हुनुपर्छ भन्ने होइन । पहिलो बजार सबैको लागि समान, समावेशी हुनुपर्छ । दोश्रो बजारमा आफ्नो लगानीको जोखिम लिन सक्नेहरु प्रवेश गरेका हुन्छन् । प्राथमिक बजारजस्तो दोश्रो बजार सबैको पहुँचमा हुँदैन । दोश्रो बजारमा प्रवेश गर्ने भनेको लगानीको जोखिम लिन सक्नेहरु मात्रै हुन् । त्यसैले, उनीहरु प्रविधिमैत्री हुन सक्नुपर्छ, गाह्रो साह्रोसँग जुध्न सक्नुपर्छ । छोटेलाल रौनियार, अध्यक्ष – नेपाल इन्भेष्टर्स फोरम अहिलेको अवस्थामा बजार खोलेर कसैलाई पनि फाइदा छैन । एउटा, चलखेल गर्नेहरुलाई फाइदा होला, नत्र अरु कसैलाई पनि फाइदा छैन । अर्को, लगानीकर्ता जो सेयर बेचेर बैंकको पैसा तिर्छु, घर व्यवहार चलाउँछु भन्नेमा छन्, उनीहरुलाई फाइदा होला । तर, त्यस्ता लगानीकर्ता कमै मात्र छन् । अहिलेको अवस्थामा धेरैको ‘मेरो सेयर’ छैन । धेरै लागानीकर्ता ‘आईपीएस कनेक्ट’मा आवद्ध छैनन् । त्यसैले यसमा धेरै समस्या छन् । यो मात्र नभएर नेप्सेको अनलाईन प्रणालीमा पनि समस्या छ । अनलाइन आएदेखि लगानीकर्ता मारमा परेका छन् । अनलाइन सफ्टवेयर परीक्षण कालमै छ । बोर्डले मान्यता दिएको छैन । यदि उक्त प्रणाली राम्रो भएको भए २० हजार अर्थात १ प्रतिशत लगानीकर्ताले मात्रै किन लिए अनलाइन ? यसो भन्दै गर्दा पहिला यो अनिवार्य थिएन भन्ने प्रश्न आउन सक्छ । हो, यो पहिला अनिवार्य थिएन । किन भएन अनिवार्य ? अनिवार्य गराउने त बोर्ड र नेप्सेको काम हो । यदि, त्यति बेला नै अनिवार्य बनाईदिएको भए आम लगानीकर्ता सबैले लिन्थे । अनलाइन राम्रो, बलियो तथा सबल भएको भए अहिले बजार बन्द गराउनु पर्ने अवस्था आउने थिएन । देश पुरै बन्द भए पनि धितोपत्र बजार चल्थ्यो । बजार खुलाउनको लागि अन्तर्राष्ट्रिय दवाव आयो, त्यसैले खुलाएको भन्ने पनि सुनिन्छ । उनीहरुलाई थाहा छैन कि हाम्रो अनलाइन अपुरो, अपाङ्ग छ भनेर । मलाई त लाग्छ, अर्थमन्त्रीलाई पनि राम्रोसँग भनिएको छैन कि हाम्रो अनलाइन अधुरो अपुरो छ भनेर । अनलाइन पूर्ण तथा बलियो भएको भए बजार खोलेर हामी घरबाटै काम गथ्र्यौं । हाम्रो पैसा, हाम्रो लगानी भएको सेयर मार्केट बन्द गराएर मुटु माथि ढुङ्गा राखेर बसिरहेका छौं । बन्द गराएर हामीलाई फाइदा छैन । अहिले बजार खोल्नु भनेको ९९ प्रतिशत लगानीकर्ता बजारबाट आउट गराएर एक प्रतिशतलाई मात्र सेयर किनबेच गर भन्न खोजेको हो । अनलाइन बलियो पार्नलाई ९९ प्रतिशत लगानीकर्तालाई दुःखमा पार्नु हुँदैन । त्यसैले मेरो विचारमा यो गलत काम हो । हामी पनि खुसी छैनौं । लकडाउन जारी हुँदै बजार खुल्नु भनेको घाटी थिचेर काम गर भन्नु हो । अब नियामकबाटै बजार खोल्ने निर्णय भईसक्यो । हामीले भन्ने केही छैन । तर अहिले बजार खोल्न व्यवहारिक रुपमा सम्भव छैन । संकटबीच खुलेको बजारमा लगानीकर्तामा अझै डर त्रास कायमै छ । बजार घट्नसम्म घटिसकेको छ । कोरोनाले गर्दा छोटो अवधिमा उच्च अंकले नेप्से परिसूचक घटेको छ । सुरुमा दुई/चार दिन डराएर बेच्लान, तर पछि त्यही लगानीकर्ताले किन्छन् । बजार चाहिँ घट्दैन । प्रकाश तिवारी, लगानीकर्ता तथा सेयर विश्लेषक अन्तर्राष्ट्रिय बजारको हिसाबले हेर्दा नेपालको बजारमा पनि शुरुमा प्यानिक आउने सम्भावना छ । तर, २ प्रतिशत सर्किट ब्रेकरको नयाँ व्यवस्थाले लगानीकर्तालाई पहिलाको जस्तो घाटा हुँदैन । किनभने पहिला एक दिनमा जति घट्थ्यो, अब त्यति घट्न एक हप्ता लाग्छ । प्यानिक हुँदाको अवस्थामा अध्ययन नगरी हतारमा निर्णय लिएर बेच्नेहरुलाई घाटा नाफा हुन सक्छ । अध्ययन गरेर बुझेर बेच्छु भन्नेले स्वयम् आफ्नो विवेकले काम गर्दा मार्केट तथा परिस्थितिलाई दोष लगाउने अवस्था आउँदैन । कारोबार भनेको सानोबाट बढ्दै बढ्दै ठूलो हुँदै जाने हो । त्यसमा काम गराउनको लागि ब्रोकरहरुले गर्नुपर्ने कामहरु धेरै नै छन् । यो अवस्थामा लगानीकर्ताहरु आफै उपस्थिति नभए पनि युजर आईडी दिने । लगानीकर्ताले अनलाईनको लागि घरमै आएर खाता खोल्दिए हुन्थ्यो भन्ने अपेक्षा गर्छ भने बैंकहरुले गाउँगाउँमा गएर ग्राहकको खाता खोलेको जस्तो ब्रोकरहरुले उनीहरुको घरघरमै गएर ट्याबलेट मार्फत अनलाईन आईडी खोलिदिन सक्ने अवस्था आउँछ । समग्रमा बजार घट्ने बढ्ने भन्ने त मार्केट आफैले तय गर्ने कुरा हो । यो अवस्थामा कम्पनीलाई कति असर पर्छ, के हुन्छ । सेयर किन्ने बेच्नेको सेन्टिमेन्ट कस्तो हुन्छ भन्नेले मार्केट घट्ने बढ्ने निर्धारण गर्छ । हामीले सोचेको अबको मार्केट घरबाटै लगानी गर्न सक्ने हुनुपर्छ । लकडाउनको कारणले मात्र नभई आगामी दिनमा अर्थात सामान्य परिस्थितिमा पनि ब्रोकर अफिस धाउनु पर्ने अवस्था नआओस् । चेक लिन तथा दिन बैंक तथा ब्रोकरकोमा जान नपरोस् । घरमै बसी–बसी कारोबार गर्ने, आफ्नो बैंक खाताबाट पैसा ब्रोकरको खातामा ट्रान्सफर हुने, सेयर बेचेपछि ब्रोकरकोबाट आफैमा ट्रान्सफर हुने । इलेक्ट्रोनिक डिपोजिट इन्स्ट्रक्सन स्लीप (इडीआईएस) को माध्यमबाट बेचेको सेयर ब्रोकरकोमा पुनःहाल्न मिल्ने जस्ता व्यवस्था अबका दिनमा सजिलो होस् । तर यसमा केही बाधा छन् । अहिलेको अनलाइन पूर्वाधार त्यति भरपर्दाे छैन । सबै लगानीकर्ताले अनलाइनबाट कारोबार गर्दा उक्त सिष्टममा धेरै समस्या आउन सक्छ । त्यसैले नेप्सेले अहिले नै आफ्नो सिष्टमका समस्याहरुलाई सुधार्नु पर्ने हुन सक्छ । अहिले १० हजार यूजर हुँदा जति प्रेसर तथा समस्या आउँछन्, पछि लाखौं यूजर हुँदाको प्रेसर बढी हुन्छ । अब अनलाइनबाटै कारोबार हुने भयो भन्दै खुसी हुनुभन्दा पनि सबैले घरबाटै अनलाइनमार्फत कारोबार गर्दा सिष्टमले धान्छ कि धान्दैन भन्ने कुरामा नेप्सेले ध्यान दिनु पर्यो । धान्दैन भने त्यही अनुसारको सिष्टम विकास गर्नु पर्यो । प्रविधि अनुसार बजारमा नयाँ जोखिमहरु आउँछन् । अनलाइन सिष्टमको विकास गर्ने क्रममा विकृतिहरु आउन सक्छन्, त्यसलाई न्युनिकरण गर्दै जानु पर्ने हुन्छ । अनलाइन सिष्टम हुँदा लगानीकर्तालार्ई बढी प्रेसर पर्ने हुन्छ । पहिले सबै काम ब्रोकरहरुले गरिदिन्थे भने अब आफैले गर्नुपर्ने हुन्छ । सेयर किनबेच गर्दा एकबाट अर्कोमा रकम ट्रान्सफर गर्दा गल्तीहरु हुने जस्ता समस्या आउने हुन्छन् । तर यी समस्या आउनु भनेकै उनीहरुले सिक्दै जानु हो । र, आगामी दिनमा सबै कुरा युजर फ्रेन्ड्ली हुनु हो । नयाँ अनलाइन प्रयोगकर्ताहरु बढ्दै जान्छन् । अनलाइन कारोबार बढ्दै जान्छ । यसले गर्दा हामी पहिले के कुराले गर्दा पूर्णरुपमा अनलाइनमा जान सकेका रहेनछौं, के कारणले गर्दा विगतका दिनमा कारोबार खुलाउन सकिएको रहेनछ, अनलाइन कारोबार गर्दा के के समस्याहरु आउँदा रहेछन् भन्ने सबै समस्याहरु थाहा पाइन्छ । बजारमा सुधार गर्नुपर्ने कामहरु धेरै छन् । अब ती समस्याहरु के–के हुन् भन्ने आउँदै जान्छ । जसलाई न्युनिकरण गरी सुधार गर्दै जानुपर्ने छ । मार्केट खुलाउनै पर्ने थियो । यो अवधिमा केही नभएपनि कम्तिमा एक महिना जति कारोबार हुन्थ्यो । सो अवधिमा धेरै कुराहरु सुधार हुन्थ्यो होला, लगानीकर्ताहरु पनि अनलाइन सिष्टम चलाउनमा अभ्यस्त भईसक्थे । अहिलेको अवस्थामा प्रायः लगानीकर्ता अनलाइनको लागि नयाँ हुने भएकाले धितोपत्र बजारका सहजकर्ताहरु जस्तै, ब्रोकर, लगानीकर्ता संघ संगठनहरुले अनलाईन मैत्री शिक्षा दिनु पर्ने देखिन्छ । उनीहरुले अनलाइनबाट भिडियो तथा मिटिङ गरेर हुन्छ कि कसरी हुन्छ, नयाँ प्रयोगकर्तालाई अनलाइन कसरी युज गर्ने, युज गर्दा कहाँ कहाँ समस्या आउन सक्छ भनेर सिकाउनु पर्ने देखिएको छ । त्यस्तै प्रविधिमैत्री लगानीकर्ताले यसमा सहयोग गर्न सक्नेछन् । धितोपत्र बजारका सरोकारवालाहरुले अहिलेको अवस्थामा नयाँ युजरहरुलाई अनलाइन सिष्टम कसरी चलाउनु पर्छ भन्ने शिक्षा दिन आवश्यक छ । अर्को, नेप्सेले पनि अहिलेको अवस्थामा के हुन सक्छ भनेर मार्केटलाई सुक्ष्म रुपमा निगरानी गर्नुपर्ने हुन्छ । धितोपत्र बोर्डले पनि सबै सरोकारवालाहरुसँग छलफल गरी के गर्दा मार्केटलाई सजिलो हुन्छ भन्ने रणनीति बनाएर अघि बढ्नु पर्ने देखिन्छ । त्यस्तै, अबको अवस्थामा चुप लागेर बस्ने बेला छैन । सबैलाई पहिलेको भन्दा धेरै कामहरु थपिन्छन् । सबै सरोकारवालाहरु मिलेर अघि बढ्यो भने पूर्ण अनलाइनलाई सजिलै चलाउन सक्छौं । राधा पोखरेल, अध्यक्ष, नेपाल पुँजीबजार लगानीकर्ता संघ हामीले त बजार खोल्नु हुँदैन नै भनिरहेका छौं । लकडाउन पुरै खुलेको छैन । यो अवस्थामा बजार खुल्नु भनेको सबैको पहुँचमा भएन । कतिपय लगानीकर्ता उपत्यका बाहिर छन्, जहाँ कफ्र्यु पनि लागेको छ । बाहिर निस्किन सक्ने अवस्था छैन । उपत्यका भित्रकै कुरा गर्नु पर्दा पनि लगानीकर्ताले पास लिन पनि एकदम गाह्रो छ । दुई दिनको अवधिमा मेरो सेयर तथा कनेक्ट आईपीएसमा आवद्ध हुने जस्ता काम गर्नको लागि पनि कार्यालय धाउनु पर्ने हुन्छ । त्यसको लागि पास नभई जान सक्दैनौं । ब्रोकरहरुले पास उपलब्ध गराउने भन्ने छ । उनीहरुले कति जनालाई दिने ? यससँगै कारोबार भयो, अब सेयर रोक्का भयो, फुक्का गर्नुपर्ने हुन्छ । जुन बैंकले फोनकै भरमा गराउन पनि गाह्रो छ । बैंकमा जानु पर्यो । ब्रोकरकोमा जानु पर्यो । सहज नभएको अवस्थामा बजार खोल्नु भनेको अप्ठेरो नै हो । हो, बजार बन्द गर्नु हुँदैन । तर यतिका दिन बन्द गरेर उही अवस्थाबाट बजार खोल्नु नराम्रो हो । यसबाट साना लगानीकर्ता मारमा पर्छन् । कारोनाको त्रासले गर्दा बजार २५ प्रतिशतले घटिसकेको छ । अब २० प्रतिशत घट्न थाल्यो भने बैंकहरुले मार्जिन कल गर्न थाल्छन् । यस्तो अवस्थामा लगानीकर्ताले के गर्ने ? अबको बजार के होला भनेर भन्न सकिँदैन । अन्तर्राष्ट्रिय बजार बढ्यो । किन बढ्यो भन्दा उनीहरुले राहत प्याकेज ल्याएका छन् । यहाँ त राज्यले उल्टै राहत मागेको छ । लगानीकर्तालाई दिने कुरा त असम्भव छ । अर्को, हामी बिरामी छौं । अहिले हाम्रो सुस्त मनस्थिति छ । नर्मल अवस्थामा छैनौं । दिनका दिन संक्रमितको संख्या बढेकाले भयावह अवस्था हुँदै गएको छ । हो, बजार बन्द गर्न हुन्न । तर पूर्ण अनलाइन नभईकन बजार चलाउन सकिँदैन । किन्ने र बेच्ने मात्रै गर्ने होइन । राफसाफ गर्नुपर्यो । बजार भनेको धेरै जनाको बीचमा मोलमोलाई भएपछि मात्र बजारले आफ्नो गति लिन्छ । तर सीमित व्यक्तिको लागि मात्र बजार खुल्यो भने बजारले आफ्नो रुप लिन सक्दैन । बढाउन चाहे बढ्छ । घटाउन चाहे घट्छ । बजार घट्न नदिन सरकारले केही रणनीति लिन सक्थ्यो । यहाँ त ल खोल्नु भनेपछि भयो । के कसरी खोल्ने, लगानीकर्तालाई कुन रुपमा ल्याउने भन्नेमा कसैको ध्यान नै गएन । त्यसैले, साना लगानीकर्ता पहिले पनि चेपुवामा परेका थिए, अहिले पनि पर्ने नै भए ।
सेयर बजार वैशाख ३० गतेदेखि मात्र खुल्ने, यस्ताे छ व्यवस्था
काठमाडौं । सेयर बजार आगामी वैशाख ३० गतेदेखि मात्र खुल्ने भएको छ । शुक्रबार नेपाल धितोपत्र बोर्डमा बसेकाे बैंठकले हाल बन्द रहेको सेयर काराेबार आगामी मंगलबारदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डका अध्यक्ष भीष्मराज ढुुंगानाले आगामी आइतबार र सोमबार लकडाउनअघि कारोबार भएका सेयर सेटलमेन्टका तथा कारोबार सुचारु गर्ने आन्तरिक तयारी गर्नुपर्ने भएकाले मंगलबारदेखि मात्र कारोबार शुरु गर्ने बताएका छन् । तर, धितोपत्र बजार सम्बन्धित संघसंस्थाहरु भने आगामी आइतबारदेखि नै खुल्ला हुने उनले जानकारी दिए । उनका अनुसार मंगलबारदेखि बजारमा दैनिक २ घण्टा मात्र कारोबार हुने भएको छ । यससँगै, लकडाउनको अवधिभर सेयर बजार बिहान ११ बजेदेखि १ बजेसम्म खुल्ला हुने छ । ‘मंगलबारदेखिको कारोबारमा नेप्से परिसूचक २ प्रतिशत भन्दा तलमाथि भएमा सो दिन कारोबार बन्द हुनेछ । त्यस्तै, सेयर मूल्यमा पनि ३ प्रतिशत घटबढ नहुने व्यवस्था गरिएको छ । ’- अध्यक्ष ढुङ्गानाले विकान्युजसँग भने । यसअघि दिनमा सेयर मूल्य १० प्रतिशतले घटबढ भए काराेबार बन्द हुने गरेकाे थियाे । जारी रहेको लकडाउनको बीचमा खुल्न लागको बजारमा बोर्डले धितोपत्रसँग सम्बन्धित संघ संस्थाहरूका कर्मचारीहरूलाई पास उपलब्ध गराउने भएको । तर, लगानीकर्ताहरुलाई भने पास उपलब्ध गराउन सम्भव नभएको अध्यक्ष ढुङ्गानाले बताए । काेराेना भाइरस प्रकाेपले लकडाउन शुरु भएसँगै सेयर बजार पनि गत चैत १० गतेदेखि हालसम्म निरन्तर बन्द रहेकाे छ । [pdf id=212830]
सेयर बजार खुल्ने निधो भईसकेको छैन- अध्यक्ष ढुङ्गाना
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले आगामी वैशाख २८ गतेदेखि सेयर बजार खुल्ने भन्ने निधो भई नसकेको बताएका छन् । बुधबारको मन्त्रीपरिषद्को बैठकले धितोपत्र बजार खुलाउने व्यवस्था गरेपनि अर्थ मन्त्रालयबाट आधिकारिक निर्णय नआएकाले अहिलेसम्म बजार खुलाउने निधो नभएको उनले बताए । उनका अनुसार सेयर बजार खुलाउनको लागि अर्थ मन्त्रालयबाट आधिकारिक निर्णय आउनु पर्ने छ। ‘मन्त्रालयबाट आधिकारिक निर्णय आएर मात्र भएर पनि भएन । काम गर्न सक्ने संयन्त्र पनि हुनुपर्छ । त्यसपछि मात्र कारोबार हुन्छ ।’- उनले विकासन्युजसँग भने- ‘आधिकारिक काम गर्नुपर्यो, अफिस मात्र खुलाउने कुरा भएन । ब्रोकरहरुले काम गर्न सक्नु पर्यो, लगानीकताले काम गर्न सक्नु पर्यो, त्यसपछि मात्र हुन्छ काम ।’ ‘सम्भवतः आजभोलिमा बजार खुलाउने वा नखुलाउने भन्ने निर्णय हुने छ । हेरौं के निर्णय हुन्छ । यदि खुलाउने निर्णय भयो भने आगामी आइतबार(बैशाख २८ गते)देखि कारोबार खुल्ने छ । होइन भने नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)लाई सूचना जारी गर्न लगाई जानकारी गराउने छौं ।’- उनले भने । बुधबारको मन्त्रीपरिषद्को बैठकले बैंकिङ्, बीमा, धितोपत्र बजार सञ्चालनको लागि व्यवस्था गरेको छ । बैठकले एक तिहाई कर्मचारीबाट सेवा दिने व्यवस्था मिलाई सेवा सुचारु गर्न निर्णय गरेको प्रवक्ता डा.युवराज खतिवडाले जानकारी दिएका थिए । काेराेना भाइरसकाे प्रकाेपका कारणले गत चैत १० गतेदेखि नै सेयर बजार बन्द रहेकाे छ ।
कोरोनासँगै ध्वस्त सेयर बजार, यस्ता छन् उकास्ने उपायहरु
कोरोनाको कहरसँगै सबै देशको सेयर बजार ओरालो लाग्यो। कोरोना संक्रमणबाट बच्न र नियन्त्रण गर्न लकडाउन नै एक मात्र र अन्तिम बिकल्प भए पछि संसारले नचाहेर पनि लकडाउनमा जानू पर्यो। वस्तु ओसार पसार र मानिसको आवागमन ठप्प भए पछि सेयर बजार पनि बन्द हुने नै भयो । नेपालमा चैत १० गतेबाट बन्द भएको सेयर बजार क्रमश थपिदै बैशाख २५ गते सम्म पुगिसकेको छ । ४५ दिन लगातार सेयर बजार बन्द हुँदै गर्दा लगानिकर्तामा छटपटि बढदै गईरहेको छ । लकडाउनमा गएका कतिपय देशका सेयर बजार खुल्दै गएका छन् । नेपालको बन्द सेयर बजार प्रति अन्तराष्ट्रिय चासो पनि बढन थाले पछि लगानिकर्ता, ब्रोकर, नेप्से र नियामक निकाय पनि सक्रिय हुन थालेका छन् र सबै जसो सेयर बजार खोल्नु पर्छ भनी लबिंगमा लागेको पाईन्छ । लगानीकर्ताको मानसिकता: सेयर बजारमा करिब करिब १८ लाख भन्दा बढि शेयरधनीको लगानी छ । संख्याको हिसाबले ९० प्रतिशत भन्दा बढि साना लगानिकर्ताहरु छन् । सानो सानो पुँजी सेयरमा लगानि गरि नाफा कमाउने र खाचो परेको बेला बेचेर काम चलाउने प्रकृतिका लगानिकर्ता बढि छन् । पटक पटकको लकडाउन थपिए संगै तीनमा छटपटाहट बढदै गएको छ। उद्याेग व्यवसाय सबै बन्द छ, अधिकान्स व्यवसायीको केही न केही शेयरमा लगानी छ । नगद प्रवाह नभएको अवस्थामा सोहि शेयर बिक्रि गरि काम चलाउन खोज्नेको पनि हात बाधिएको छ । त्यसैले सबैको ध्यान शेयर बजार तिर छ । अहिले सेयर बजार खोल्ने र नखोल्ने बिचको बहस व्यापक हुँदै गएको छ। शेयर बजारका पंडितहरु,ब्रोकरहरु, ठुला लगानिकर्ताहरु कसै गरि पनि बजार खोल्नु पर्छ भन्ने लबिङंमा छन्। फागुनमा ईण्डेक्स १६३२ हुदा सेयर बेचेर बसेकाहरु घटेको बजारमा किन्ने दाउमा छन् । कोरोनाको त्रासमा बजार लकडाउन अघि १२५१ पुगेको र खुलेपछि पुन: घटने अनुमान गरेकाहरु जसरि नि बजार खोलाउन मरिहत्ते गरिरहेका छन् । ठुला लगानिकर्ता जो उद्याेगी व्यवसायी पनि छन् ती चाहिँ बजार खुलेपछि शेयर बाक्रि गरि आफ्नो खर्च धान्न र व्यवसायको चालू पुँजी जोहो गर्ने शुरमा छन् । खरिद बिक्रि दुबैमा कमिशन कमाउने ब्रोकरहरुको आम्दानी शून्य भएकोले उनीहरुलाई निन्द्रा लाग्न छोडेको छ। उनीहरु पनि कसैगरि बजार खोल्ने लबिङमा लाग्नु स्वभाविकै हो । ठुला लगानिकर्ता, सेयर पंडित, ब्रोकर तथा अन्तराष्ट्रिय दबावको अगाडि नेप्से र नियामक निकाय सरकारको स्पष्ट निर्देशन नआएको कारण असहाय देखिन्छन्।तर पनि फेस सेभिङको लागि बजार खोल्नेहरुको कित्तामा उभिएका छन् । तर अर्को तिर रहेका लाखौ साना लगानीकर्ता जो जहिले पनि बढ्दो बजारमा लोभमा परेर उच्च दरमा किन्ने गरेका छन ती सबै एकदम त्रासमा छन् । देशको समग्र अर्थ ब्यवस्था ध्वस्त भएको बेला बजार खुलेमा बढने सम्भावना प्रति बिस्वस्त नभएका ती साना लगानीकर्ता कहि बजार क्र्यास भएर आफ्नो पुँजी नै डुब्ने त हैन भनी भयभित छन् । तेसैले केही ठोस संकेत नआई लकडाउन भरि बजार खुल्नु हुँदैन भन्ने मनासिकतामा छन् । बजार खोल्नु पर्छ पछाडिको तर्कहरु: ठुला लगानिकर्ता, ब्रोकर, नेप्से, नियामक निकाय समेत बैशाख २५ पछि लकडाउन होस् या नहोस् जुन अवस्थामा भए पनि निम्न कारणले सेयर बजार खोल्नु पर्छ भनिरहेका छन् । एक, बजार खुलेपछि संक्रमण अवस्थामा पनि लगानी गर्ने उपयुक्त स्थान सेयर बजार नै भएकोले लगानीकर्ता उच्च मनोबलका साथ खरिद बिक्रिमा लाग्ने छन् । दाेश्राे, विश्व परिवेशमा लकडाउन पछि खुलेका अधिकांश देशका सेयर बजार बढेको छ, नेपालको बजार नि बढ्ने छ। तेश्राे, नेपालको सेयर कारोबारको ८० प्रतिशत भन्दा बढि हिस्सा बैंक, विकास बैंक, लघुवित्त कम्पनी, बीमा कम्पनीहरुको रहेको छ। यी सबै नाफामा रहने भएकोले बजार घटने संभावना रहेकाे छैन । चाैथाे, कोरोनाको प्रारम्भसँगै फागुनको मध्य तिर रहेको सेयर ईण्डेक्स १६३२ र कारोबार रकम ४ अर्ब ८४ करोड थियो ।कोरोना असर बढ्दै जाँदा घटेर १२५१ र रकम १९ करोड ४६ लाख भैसकेकोले कोरोना करेक्सन पहिले नै भैसक्यो । अब पुन: घट्ने संभावना नरहेको उनीहरूकाे बुझाइ छ । पाँचाैं, लकडाउन अवधिमा कर्जा प्रवाह नभई बैंकहरुमा तरलता बढने र र बढेको फण्ड सजिलो, छिटो र सुरक्षित तरिकाले कर्जा प्रवाह गर्ने क्षेत्र सेयर नै भएकोले थप कर्जा प्रवाह हुने छ । छैटाैं, बिगतको ईतिहास हेर्दा पनि बियरिस ट्रेण्ड पछि बुलिस ट्रेण्ड आउने भएकोले अब बजार बढने सम्भावना रहेको छ । साताैं, अर्थतन्त्र सोचनीय अवस्थामा भएकोले सेयर बजारप्रति सरकारको पनि सकारात्मक प्रयास रहने र संस्थागत लगानीकर्ता नि प्रवेश गरि बजारलाई तल आउन नदिने रहेकाे छ । बजार खोल्न हुन्न पछाडिका तर्कहरु: कोरोना समस्याको प्रभावकारी र ठोस व्यवस्थापन नगरि बजार खोल्दा क्रयास हुने सम्भावना र यसबाट लाखौं सोझा साझा लगानिकर्ताको लगानी डुब्ने डरलाई नि बिचार पुर्याउनु जरुरी छ। एक, भारत लगायत विकसित देशको सेयर बजार पुर्णत स्वचालित भई सकेकोले घर घरबाट कारोबार गर्न सक्ने भएकोले लकडाउनमा पनि कारोबार संचालन गरे। हामी कहाँ सेयर अर्डर र ईडिआईएसबाट सेयर ट्रान्सफर बाहेक सबै म्यानुअल तरिकाले सम्बन्धित कार्यालयमा गएर गर्नु पर्ने भएकोले लकडाउन हुन्जेल कारोबार गर्न गराउन सम्भव नै छैन । दाेश्राे, अमेरिका भारत लगायत धेरै देशले करोनाको कारण ध्वस्त अर्थ ब्यवस्थालाई पुनरोत्थान गर्न राज्यको ढुकुटीबाट अर्बौ खर्बौ स्टिमुलस(नगद) लगानी गर्ने घोषणा गरे । लकडाउन पछि बजार खोल्दा ईण्डेक्स बढेको देखियो । भारतीय रिजर्भ बैंकले ५० हजार करोड, अमेरिकाले १ खर्ब डलर, मलेशियाले ४.६ अर्ब डलर, टर्किले १५.४ अर्ब डलर, ईटलीले २७.३ अर्ब डलर जस्तै प्राय:धेरै देशले उद्याेग व्यवसाय र बेरोजगारलाई राहत दिने भए । हामी कहाँ लकडाउन भएको ४० दिन भईसक्दा पनि सरकार र केन्द्रिय बैंक उद्याेग व्यवसाय र पीडित बर्गलाई बचाउन राहतको ठोस कार्यक्रम र थप लगानीको घोषणा गर्न सकेका छैनन् । अनि के आशामा बजार खुले पछि बढने हो, क्रयास नै हुने धेरै सम्भावना रहेको छ। चाैथाे, सेयर कारोबार पोर्टफोलियोको ८० प्रतिशत बैंक, विकास बैंक, फाईनान्स कम्पनी, लघुवित्त, र बीमा कम्पनीको छ । अहिलेसम्म हेर्दा सुरक्षित देखिन्छन् । सबैको अनुमान बजार खुल्दा यी कम्पनीको सेयर मूल्य घट्दैन । ११ चैतबाट लकडाउन भएकोले पहिलेको मुनाफा र प्रोभिजनमा चलखेल गरि तेश्रो क्वाटरको बैलेन्सिट राम्रो आउला । तर ऋणको ब्याज दर कटौती, शून्य सावा ब्याज असुली, अन्य जिरो आम्दानी र लकडाउन पछिको चेन असरले २०७७ आसारमा प्रोभिजनमा चलखेल गरिएन भने सबैको वित्तीय अवस्था नाजुक हुने निश्चित छ । त्यसैले, २०७६ चैतको बासलात हेरि सेयर खरिद गर्ने सबै फस्ने पक्का छ । अनि खुलेको बजारमा टाठा बाठा बिक्री गरि निस्कने र फस्ने चाहिँ उही सोझो साना लगानिकर्ता नै हुने छन् । बजार खुलाउने र टिकाउने उपायहरु: सेयर बजारमा माग र आपूर्तिले कारोबारको मात्रा र ईण्डेक्सलाई निर्धारण गर्ने हो । माग राम्रो हुनलाई कम्पनीकाे परफरमेन्स, ईमेज र प्रतिफल राम्रो हुनु जरुरी छ । पुँजीबजार प्रति नियामक र सरकारको सकारात्मक सोच र सोही अनुसार नीति र कार्यक्रम आउनु पर्छ। अनि समग्रमा देशको अर्थतन्त्रको भविष्य राम्रो देखिनु पर्छ। विकसित मुलुक जस्तो सेयर बजार हामी कहाँ अझै परिपक्व हुन सकेको छैन । नियामक निकाय र मन्त्रीहरुले न सोचेर जे पनि बोलिदिने, कम्पनीहरुको भित्री सूचनाको गलत तरिकाले प्रयोग हुने, सेयर खेलाडीहरु नै सञ्चार माध्यममा बनावटी समाचार निकाल्न लगाई सेयर कारोबारलाई प्रभावित गर्ने कार्य हामी कहाँ सामान्य कुरा भैसकेको छ । त्यसैले यी सबै कुराहरुलाई बिचार गरि लकडाउन खुले पछि मात्र निम्नानुसार वातावरण नि बनाउँदै जाने र सुरुमा सिमित कारोबार गर्दै लगानिकर्ताको मनोबल बढाउँदै कारोबार वृद्धि तर्फ लाग्नुमा नै सबैको हित छ। एक, केन्द्रीय तथ्यांक बिभागले हालै मात्र ८ प्रतिशतको आर्थिक वृद्धि दरको लक्ष कोरोनाको कारण २.२७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । भन्नुको अर्थ कृषि बाहेक सबै क्षेत्र गम्भिर संकटमा पर्ने देखिन्छ। कोरोना प्रभावित देशले अर्थतन्त्र उकास्न जीडीपीको १४ प्रतिशतसम्मको स्टिमुलस लगानी गरेका छन् । नेपालले पनि कुल जीडीपी ३२ खर्ब ९ अर्ब रूपैयाँको ३ प्रतिशत बराबर १ खर्बको राहत प्याकेज बैंक, उद्याेग व्यवसाय, बेरोजगार ब्यक्ति, कृषक र श्रमिकको लागि घोषणा गर्नु पर्छ। यसले लकडाउन पछि खुल्ने सेयर बजारलाई उकास्न मदत गर्छ । दाेश्राे, सेयर कारोबार पुर्णत स्वचालित गर्ने भनेको पनि लामो समय भैसक्यो । अब निश्चित समय तोकेर बैंक, ब्रोकर, लगानीकर्ता, डीपी, सिडिएससि र क्लियरिङ बैंक खातासंगको ईन्टिग्रेशन छिटो गर्ने र आईपीएस भुक्तानीको सिमा बढाउन प्रयास गर्नु पर्ने छ । तेश्राे, सबै लगानीकर्ताको मेरो सेयरमा खाता खोल्न लगाउने र खाता हुनेको १०० रूपैयाँ लिएर गरिने नविकरण यो पटकलाई स्वतःगर्ने वा आसार भित्र शुल्क लिने गरि गर्न सकिन्छ । चाैथाे, सेयर कारोबार बढाउन बैंक कर्जाको ठूलो भूमिका हुन्छ । ६५ प्रतिशतसम्म कर्जा र २० प्रतिशत घटदासम्म मार्जिन कल नगर्ने व्यवस्था रहेको छ । सेयर कर्जाको जोखिममा बैंकलाई पनि सुरक्षित राख्ने गरि हालको सेयर मूल्यको रकममा सावा ब्याज गरि ८० प्रतिशत भित्र हुने गरि नविकरणको सुबिधा दिनु पर्नेछ । थप सेयर कर्जा दिन नेपाल राष्ट्र बैंकले सरल प्रक्रियाको निर्देशन जारि गर्नु पर्ने छ । पाँचाै, विकसित देशमा नगद लाभांशले सेयर मूल्य बढ्छ भने हामी कहाँ बोनस सेयरले बजार बढाउँछ । कोरोनाको असरबाट बैंकिङ क्षेत्रको वित्तीय सन्तुलन कायम राख्न तथा तरलताको कमी हुन नदिन भारतको केन्द्रीय बैंकले नगद लाभांशमा रोक लगाई सक्यो । नेपाल राष्ट्र बैंकले बैकिङ क्षेत्रमा, बीमा समितिले बीमा कम्पनीमा र सरकारले दुरसञ्चार, नागरिक लगानि कोष लगायतमा नगद लाभांश वितरणमा रोक लगाउनु पर्छ । बोनस सेयरको आशामा बजार घटन पाउँदैन । छैटाैं, लकडाउन पछि सेयर बजार पूर्ण रुपमा खोल्दा कोरोनाको भयावह असरको कारण अझै क्रयास हुने ठूलो सम्भावना छ । संकटको अवस्थामा नियन्त्रित कारोबार गर्नु उत्तम हुन्छ । अत: पहिलो हप्ता १ घण्टा कारोबार समय र एक व्यक्तिले प्रतिकम्पनी ५०० कित्ता खरिद बिक्रि गर्ने, दोश्रो हप्ता २ घण्टा १००० कित्ता, तेश्रो हप्ता ३ घण्टा ३००० कित्ता र चौथो हप्ता देखि पूर्णकालिन खोल्दा असर कम हुँदै जान्छ र संभावित क्रयासलाई रोक्न नि सकिन्छ । १० प्रतिशतको सर्किट ब्रेकरलाई केहि समय ५ प्रतिशतमा राखि अनुगमन र नियन्त्रण गर्न सकिने छ । साताैं, सेयर बजारमा लगानीकर्ताको मनोबल उठाउन र बजारलाई गिर्नबाट जोगाउन संस्थागत लगानिकर्ता, डिलर, मार्केट मेकर, म्यचुअल फण्ड, बीमा कम्पनी, सञ्चयकोष लगायतलाई लगानी गर्न प्रोत्साहन गर्ने तथा सरकार र राष्ट्र बैंकले नीति नियम बनाउँदा सेयर बजारलाई सपोर्ट हुने गरि बनाउने र सकारात्मक रुपमा सार्बजनिक धारणाहरु राख्नु पर्ने देखिन्छ । आठाैं, सरकारको राजस्वको श्रोत कम हुँदै गएको छ । पुँजीगत लाभ कर घटाउन न सकिए पनि व्यक्तिगत लगानीकर्ताको अग्रिम काटिएको करलाई अन्तिम मानिने ग्यारेन्टी गर्दा पनि लगानीकर्ताको मनोबल बढ्ने देखिन्छ । यसरी समग्रमा भन्नु पर्दा देशको ढुकुटीबाट उद्याेग व्यवसाय, बैंक र अन्य क्षेत्रलाई ठोस राहतको घोषणा गरि शुरुको केही दिन नेप्सेमा नियन्त्रित कारोबार गरि क्रमश: बढाउँदै लग्दा क्रयास हुनबाट जोगाउँछ र लगानीकर्ताको मनोबल पनि बढि सबैको हित हुने देखिन्छ ।
सेयर बजारको बारेमा चिन्ता नलिनुस्, याे छिट्टै रिकभर हुन्छ
सेयर बजार स्वभाविक रूपमा चल्नुपर्छ । जहाँ कुनै पनि किसिमको अवरोध हुनुहुँदैन । स्वभाविक रुपले चलेको बजारमा कारोबार त सञ्चालन हुन्छ, तर त्यो म्यानुअल्ली हुन्छ कि मेकानाईजेशनल हुन्छ भन्ने दुई कुरा हुन्छ । हामी अहिले मेकानाईजेशनल हिसावले गइरहेका छौं । तर यो पूर्ण भइरहेको छैन । हाम्रो अहिले अनलाइन ट्रेडिङ छ । वास्तवमा भन्ने हो भने हाम्रो अनलाइन ट्रेडिङ भनेको हाफलाइन ट्रेडिङ मात्रै हो । किनभने हाम्रो सेयरमा कसैले पनि बाईसेल इन्भेष्ट गर्न सक्छ । बाईसेल इन्भेष्ट गरेपछि ट्रेडिङको म्याचिङ्ग हुन्छ । म्याचिङ्ग भईसकेपछि जब उसले सेयरलाई ट्रान्सफर गर्नु पर्ने हुन्छ, त्यसको लागि एउटा मेकानिजम बनाईदिएको छ । त्यो भनेको इडीआईएस हो । यसलाई ब्रोकरहरुले स्वचालित प्रणालीबाट जुन आउँछ त्यसलाई कार्यान्वयन गरिरहेका छैनन् । अर्काे, सेयरको कारोबार भयो, इन्भेष्टको पनि भयो । तर हाफपार्ट भने बाँकी नै रह्यो । त्यो भनेको बैंकसँगको इन्ट्रिग्रेसन । कुनै पनि कारोबार अहिले बैंकसँग इन्ट्रिगेसन छैनन् । यदि बैंकसँगको इन्ट्रिगेसन र सेयर कारोबारसँगको इन्ट्रिगेसन तथा समग्रतामा कारोबारको मेगानाइजेसन भएको भएदेखि अहिलेको जस्तो अवस्थामा हुने थिएनौं । हामी पनि अन्य मुलुकहरु जस्तै सेयर कारोबार गर्न पाउने थियौं । समग्र प्रणालीलाई हामीले दुई किसिमले हेर्नुपर्ने हुन्छ । सामान्य किसिमले जुन कारोबार हुन्थ्यो, त्यो कारोबार भएको अवस्था एउटा, अर्काे भनेको असामान्य वा संकटको बेलामा गरिने कारोबार हो । असामान्य वा संकटको बेलामा कारोबार गर्नको लागि व्यवस्था मिलाउन हामीले नेप्सेलाई १० वटा बुँदाहरुसहितको निर्देशन दिएका छौं । जसमा अहिलेको अवस्थामा आईपीएसको लागि कसरी टाईअप गर्ने । ब्रोकरले पनि आईपीएस कनेक्टको सुविधा लिने र लगानीकर्ताले पनि पनि लिने भन्ने हो । यसो भयो भने कमसेकम पनि सेयर कारोबार अनलाइन त छँदैछ यतापट्टिको म्यानुअल भुक्तानीमा परिमार्जन गरेर घरमै बसेर काम गर्न सकिन्छ । यसको लागि वातावरण मिलाउने भनेका छौं । वास्तवमा भन्ने हो भने हाम्रो अनलाइन ट्रेडिङ भनेको हाफलाइन ट्रेडिङ मात्रै हो । यसको लागि तत्कालै दुईवटा कुरा गर्नुपर्ने हुन्छ । एउटा सबै लगानीकर्तालाई मेरो सेयरमा खाता खोल्न लगाउने र त्यो खातामा ईडीआईएस सब्मिसन भन्ने व्यवस्था छ, त्यो व्यवस्था अन्तर्गत रहेर ब्रोकर कहाँ डाटाहरु सब्मिसन गर्ने । र, प्रणालीबाट जे आउँछ, एभरेज प्राईसिङ जुन दिएको हुन्छ, अहिले त्यसलाई ब्रोकरहरु आफैले पुष्टि गर्नुपर्ने हुन्छ । आफैले पुष्टि गर्ने सिष्टम त्यति राम्रो नभएकाले त्यसमा केहि म्यानुअल वा मानवीय त्रुटीहरु देखिन सक्छ । त्यसमा नगदको कुरा पनि छ । प्रणालीबाट आउँछ, जसमा ब्रोकरहरुले दुई पैसा पनि तलमाथि गर्न सक्नुहुन्न । सिस्टममा जे आउँछ, उहाँहरुले त्यहि पुष्टि गर्नुपर्ने हुन्छ । यो पुष्टि गर्ने कुरा झन्झटिलो हुने भएकाले यसलाई हटाउन निर्देशन दिएका छौं । र, यो संकटकालिन अवस्थाको व्यवस्थापन गर्नको लागि केही कामहरु गर्न शुरु गरिसकेका छौं । यी कुरा कार्यान्वयन भयो भने केही मात्रामा अनलाइन ट्रेडिङ् हुन्छ । यसलाई पूर्ण अनलाइन गर्नको लागि बैंक इन्ट्रिगेसन नै हो । यो गर्नको लागि लकडाउन भन्दा केही साता अगाडि एउटा प्राविधिक समिति बनाएका छौ । समितिमा नेप्से, क्लियरिङ्ग हाउस, क्लियरिङ्ग बैंक, ब्रोकर, सीडिएस, मर्चेन्ट बैंकर र डीपीहरु छन् । जसलाई धितोपत्र बोर्डले नेतृत्व गरेको छ । यो समितिले राम्रोसँग काम गर्न पाएको भए अहिलेसम्म प्रतिवेदन तयार भइसकेको हुन्थ्यो र दुई तीन महिना भित्रमा पूर्ण अनलाइनमा गईसकेका हुन्थ्यौं । जे होस्, अहिले प्रक्रियामा छ, आशा गरौं केहि समयपछि पूर्ण अनलाइन कारोबार सञ्चालन हुनेछ । बैंकमा सबै अनलाइन कारोबार हुन्छ, हामीले घरमै बसी बसी रकम ट्रान्सफर गर्न सक्छौं । एटीएम मेसिनमा गएर पैसा झिक्न सक्छौं । धितोपत्र बजारमा पनि त्यस्तै गरे भैहाल्यो नि भन्नेहरु पनि छन् । तर त्यस्तो होइन । त्यहाँ ग्राहक बैंक र बीचमा सिष्टम भएकोले काम भएको हो । तर यहाँ काम गर्दा नेप्सेले म्याचिङ्ग इन्जिन चलाउनु पर्यो, सीडीएसमा क्लियरिङ्ग गराउनु पर्यो, एनसीएचएलले पैसाको लागि क्लियरिङ्गको काम गराउनु पर्यो, बैंकले खातामा पैसा जम्मा वा झिक्ने काम गर्नुपर्यो । त्यसैले यसमा धेरै पक्षहरु संलग्न हुने भएकाले फुल्ली इन्टिग्रेसन गरेर जानु पर्ने हुन्छ । त्यसैले यो अलि गाह्रो पनि हुन्छ । सेयर कारोबारको क्लियरिङ्ग र पैसाको क्लियरिङ्ग दुबै छुट्टा छुट्टै पाटो हो । यसलाई जबसम्म हामीले पूर्ण रुपमा इन्टिग्रेट गर्दैनौं, तबसम्म यो लागू हुँदैन । यस्तो परिस्थितिको लागि अन्य मुलूकमा डिजास्टर रिकभरी छ, हाम्रोमा छैन भन्ने पनि छन् । साच्चै भन्ने हो भने, सामान्य अवस्थामा नै हाम्रो धितोपत्र बजार अत्याधुनिक प्रणालीसँग अभ्यस्त भएको छैन । सामान्य अवस्थामा सबै प्रकृयाहरु पूर्ण इन्टिग्रेसन हुनु पर्यो, सजिलै काम गर्न सक्ने हुनु पर्यो । त्यसपछि मात्र, भोलिपर्सि संकट आयो भने के गर्ने भन्ने विषयमा लाग्ने हो । त्यसैले, अहिले डिजास्टर रिकभरीको विषयमा सोच्ने बेला भएको छैन । हाम्रो अहिलेको तत्कालको आवश्यकता भनेको अनलाइन कारोबारलाई पूर्ण रुपमा सञ्चालित गरेर कारोबार गर्न सक्ने बनाउने हो । र, यो कुरा गर्न हामीले शुरु गरिसकेका छौं । अब लकडाउन खुलेको केही हप्ता वा महिना भित्रमा अनलाइन कारोबार गर्न सक्छौं होला । यसको लागि नेप्से र धितोपत्र बोर्ड दुबै सक्दो तरिकाले लागेका छौं । हामीले लकडाउन सामान्य रुपमा खुल्यो वा खुकुलो बनाईयो भने बजार खुलाउन पर्छ भनेर अर्थमन्त्रालयसँग पनि छलफल गरिरहेका थियौं । यसै सन्दर्भमा कुरा गर्दा हामीले केही मात्रामा कारोबार खुलाउन सक्ने रहेछौं । यसैबीचमा हामीले नेपाल राष्ट्र बैंकसँग नेप्सेमार्फत आईपीएसको लागि व्यवस्था मिलाउछौं, दिनको मर्चेन्ट बैंकरसँगको भए ५० लाख नभए २० लाखलाई बढाएर एक करोडसम्म पुर्याइदिने पर्छ भनेका छौं । अरु तत्कालै कारोबार गर्नको लागि केही विषयमा पुनर्विचार गर्नुपर्ने अवस्था छ । त्यसको लागि पनि केही व्यवस्था मिलाउन आग्रह गरेका छौं । राष्ट्र बैंकको नियम अनुसार लगानीकर्ताले ६५ प्रतिशत मार्जिनमा कर्जा पाइरहेका छन् । त्यसलाई २० प्रतिशतसम्म तल माथि भयो भने उनीहरुले करिब ८५ प्रतिशत सुविधा पाइरहेका छन् । त्यहि रकममा नविकरण गरिदिन व्यवस्था मिलाउनु पर्यो भन्ने कुराहरु उठाएका छौं । त्यसैले हामीले हाम्रोतर्फबाट हुने कामहरु गरिरहेका छौं । हाम्रो अहिलेको तत्कालको आवश्यकता भनेको अनलाइन कारोबारलाई पूर्ण रुपमा सञ्चालित गरेर कारोबार गर्न सक्ने बनाउने हो । र, यो कुरा गर्न हामीले शुरु गरिसकेका छौं । अब लकडाउन खुलेको केही हप्ता वा महिना भित्रमा अनलाइन कारोबार गर्न सक्छौं होला । यसको लागि नेप्से र धितोपत्र बोर्ड दुबै सक्दो तरिकाले लागेका छौं । पूर्णरुपमा लकडाउन भएको बेलामा बाहिर जान सकिदैन । जस्तै, हाम्रो ५० वटा ब्रोकर छन् । २० देखि २५ वटा डीपीहरु र अन्य सबै गर्दा ७५ देखि ८० वटा संस्थाहरुले सहभागिता जनाउनु पर्ने हुन्छ । यसरी एउटा संस्थालाई ४÷५ वटा मात्रै पास उपलब्ध गराईदिने हो भने ४ सय वटा पास हामीले दिनुपर्ने हुन्छ । ४ सय वटा गाडी बजारमा कुद्ने र ४ सय जना मान्छे हिड्ने हो भने यसले लकडाउनको प्रभावकारितालाई भङ्ग गर्छ । यसले जनताको सुरक्षा गर्ने जुन उद्देश्य नेपाल सरकारको छ, त्यसलाई सहयोग गर्दैन, त्यसैले अहिले बजार नखुलाईएको हो । यदि खुकुलो भयो भने निश्चित सीमामा रहेर कारोबार खुलाउने पक्षमा छौं । यसको लागि के कसरी व्यवस्थित गर्ने हो भन्ने विषयमा नेप्सेलाई पनि निर्देशन दिएका छौं । यदि २५ गतेपछि लकडाउन खुकुलो मात्रै भयो भने पनि हामी त्यही अनुसार अगाडी बढ्छौ । होइन, त्यसपछि लकडाउनको अन्त्य नै भयो भने त सामान्य रुपमा सञ्चालन भइहाल्छ । र, आगामी दिनमा पूर्ण इन्टिग्रेटमा कसरी जाने भन्नेमा लाग्ने छौं । सुचारू भएपछिको बजारमा कस्तो पर्छ असर ? कोरोनाको प्रभावपछि विश्वव्यापी रुपमा सेयर बजारमा निकै असर परेको देखिन्छ । अमेरिकामा करिब दुई महिनाको अवधिमा सेयर बजार हुने डवो इन्डेक्स करिब १० हजार २ सय ६९ अंकले झरेको छ । जुन ३७ प्रतिशतले घटेको हो । भारतको नेप्से फिफ्टी इन्डेक्स पनि ३७ प्रतिशतले घटेको छ । तर, पछिल्लो समय अर्थात मार्चको तेश्रो हप्तादेखि भने ती बजारले गति लिन थालेको छ । अहिले अमेरिकाको उक्त इन्डेक्स करिब २८ प्रतिशतले बढेको छ । परिस्थिति सामान्य भएपछि आमनागरिकलाई लगानीको लागि राम्रो अवसर भनेको सेयर बजार नै हो । यसले गर्दा बजारमा सकारात्मक असर पर्छ भन्ने अनुमान छ । त्यसैगरी, हाम्रो नेपालमा लकडाउन हुनुअघि नेप्से परिसूचक १२५१ अंकमा रहेको छ । अब यसपछि के होला भनेर सरसर्ती हेर्दा लकडाउन पछाडी सामान्य रुपमा बजार खुल्यो भने परिसूचकमा पनि केही सामान्य गिरावट त आउला तर अहिले बजारमा हल्ला भए जस्तो भएङ्कर ठूलो गिरावट आउने चाहिँ म देख्दिनँ । किनभने, विश्व बजारमा अहिले जहाँ जहाँ मानिसहरुमा अब कोरोना संक्रमण बढ्दैन भन्ने कन्फिडेन्ट बढेको छ, त्यो त्यो देशमा सेयर बजार सुधारोन्मुखतिर लागेको छ । त्यसैले बजार खुल्नु भनेको मानिसहरुमा कन्फिडेन्ट बढ्नु हो । त्यसले पनि केही सकारात्कम असर पर्न सक्छ । अर्काे, लकडाउनपछि आर्थिक व्यवसाय खुल्दा मानिसहरुले तत्कालै लगानी गर्ने ठाउँ कहाँ भन्ने कुरा आउँछ । यसको लागि सेयर बजार नै उपयुक्त हुन सक्छ । उद्योग लगायत अन्य क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना हुनको लागि केही समय लाग्छ । त्यसमा डिमाण्ड सप्लाई लगायत कच्च पदार्थको व्यवस्था मिलाउने कुरा आउन सक्छ । त्यसैले उनीहरुलाई तत्कालै अगाडि बढ्न गाह्रै छ । बजारको करिब ८५ प्रतिशत पोर्टफोलियो सुरक्षित अवस्थामा छ । सबैभन्दा बढी असर पर्यटन र होटल समूहमा पर्ने हो । उनीहरुको पोर्टफोलियोको करिब ६ प्रतिशत छ । त्यसले बजारमा त्यति असर नपर्ने मेरो अपेक्षा रहेको छ । त्यसैले परिस्थिति सामान्य भएपछि आमनागरिकलाई लगानीको लागि राम्रो अवसर भनेको सेयर बजार नै हो । यसले गर्दा बजारमा सकारात्मक असर पर्छ भन्ने अनुमान छ । यसपछि बजारले पनि अर्काे गति लिँदैछ । डिलरहरु करिब करिब काम गर्ने अवस्थामा छन् । नागरिक लगानी कोषले खोलेको स्टक डिलर कम्पनीले काम शुरु गर्ने छ । खुल्लामुखी म्युचअल फण्ड पनि सञ्चालनमा आउँदै छन् । यसको प्रभाव बजारमा सकारात्मक नै पर्नेछ । त्यस्तै, कूल बजारमा करिब ५३ प्रतिशत पोर्टफोलियो वाणिज्य बैंकको छ । विकास बैंकको ५ प्रतिशत, फाइनान्सको १०, माइक्रोफाइनान्सको ६ प्रतिशत, जीवन र निर्जीवन बीमाको समेत गरी कूल ७८ प्रतिशत सेयर कारोबार हुन्छ । यी क्षेत्रलाई तत्कालै त्यस्तो ठूलो असर नपर्ने सम्भावना छ । नाफा सामान्य होला तर कार्यदक्षतामा त्यति धेरै घट्दैन । हामी अहिले आत्तिहाल्नु पर्दैन । धितोपत्र बजार भनेको एकदम छिटो रिकभर हुने क्षेत्र हो । त्यसको लागि हामीले सक्दो प्रयास गर्नेछौं । त्यसैले कूल बजारमा ७८ प्रतिशत कम्पनीको कार्यदक्षता राम्रो हुनेछ । बाँकी ५ प्रतिशत पोर्टफोलियो हाइड्रोपावरको छ । बजारको करिब ८५ प्रतिशत पोर्टफोलियो सुरक्षित अवस्थामा छ । सबैभन्दा बढी असर पर्यटन र होटल समूहमा पर्ने हो । उनीहरुको पोर्टफोलियोको करिब ६ प्रतिशत छ । त्यसले बजारमा त्यति असर नपर्ने मेरो अपेक्षा रहेको छ । बजार सञ्चालन गर्दा नियामकको हिसावले सरकार तथा नेपाल राष्ट्र बैंकले आगामी बजेटमा पुँजी बजारको करका तथा पुँजी बजारको विकासको कुराहरुलाई हेरिदिनु पर्नेछ । र, मौद्रिक नीतिमा पनि पुँजी बजारलाई समेट्नु पर्छ । जसको लागि हामीले बोर्डको तर्फबाट गर्नुपर्ने काम र पहल गरिरहेका छौं । त्यसैले हामी अहिले आत्तिहाल्नु पर्दैन । धितोपत्र बजार भनेको एकदम छिटो रिकभर हुने क्षेत्र हो । त्यसको लागि हामीले सक्दो प्रयास गर्नेछौं । (नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले पुँजी बजारका सरोकारवालहरुसँग गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानाले व्यक्त गरेको विचारमा आधारित)
सामान्य रूपमा भएपनि सेयर बजार खुलाउन यस्ताे छ पौडेलकाे सुझाव
काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले सेयर बजार सामान्य रुपमा भए पनि खोल्नुपर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले पूँजीबजारका सरोकारवालहरुसँग गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले साे कुरा बताएका हुन् । कोरोना संक्रमण रोकथाम भई जनजीवन सामान्य अवस्थामा फर्कन अझै अन्योल रहेकाले सामान्य रूपमा बजार खुलाउन उनले बजार नियामकलाई सुझाव दिएका हुन् । यस्ताे अवस्थामा हाललाई काराेबार समय घटाएर २ घण्टा मात्रै बनाउन र सर्किट ब्रेकरको सीमा १० प्रतिशतबाट ५ प्रतिशतमा झारेर सेयर कारोबार अघि बढाउन सकिने उनले बताएका छन् । साथै, अहिलेको अवस्थामा कारोबारको समय घटाएर ५० ब्रोकर कम्पनीहरुमध्ये पालो गरेर खोल्ने वातावरण मिलाउन समेत उनले बजार नियामक निकायलाई आग्रह गरेका छन् । वैशाख २५ गतेसम्म सेयर बजार बन्द गर्ने निर्णय भएसँगै नेपालको सेयर बजार एकैपटक ४५ दिन बन्द हुन्छ । यसले नेपालको र अन्तर्राष्ट्रिय स्तरबाट लगानी गर्ने लगानीकर्तामा समेत बजारप्रतिको नकारात्मक सन्देश जाने उनले प्रष्ट पारे । त्यस्तै, धितोपत्र बजारमा गैरआवासिय नेपालीहरुको लगानी भित्र्याउने योजना नियामक निकायले अघि सारिरहँदा अहिलेको बजार बन्दले ती वर्गमा नकारात्मक सन्देश जाने सम्भावना रहेको समेत उनको भनाई छ ।
घट्छ भनेर सेयर बजार बन्द गरेर बस्नु फाइनान्सियल क्राइम नै हो
स्टक मार्केट चाहिने भनेको दुईटा कुरालाई हो । एउटा कम्पनीको पुँजी निर्माणको लागि हो । किनभने कम्पनीलाई चाहिने पुँजी एउटैसँग हुन सक्दैन । धेरै मानिससँग भएको सानो सानो पुँजी एकृकीत गर्न स्टक मार्केट चाहिन्छ । अर्को भनेको तरलता (लिक्विडिटी) को लागि हो । कुनैपनि कम्पनीको सेयर होल्डर बनेर आफुले चाहेको दिनमा किन्न र बेच्न पाइने भएकोले पनि स्टक मार्केट चाहिन्छ । अहिले नेपालको सेयर बजार बन्द भएको छ । जसले दोश्रो कुरा अर्थात तरलतालाई ठ्याक्कै प्रहार गर्छ । यो लकडाउको समयमा बैंकहरु खुल्ला भएपनि पनि राम्रोसँग काम गर्न सकेका छैनन् । यसले पनि केही प्रभाव पारेको छ । त्यो बेग्लै कुरा हो । सेयर बजार लगानीकर्ताकै कारणले वा भनौं बजार खुल्ला भएपनि लगानीकर्ताले कारोबार नगरेर बजार बन्द हुँनु स्वभाविक हो । तर, यो लकडाउनको समयमा मार्केट घट्न सक्छ, यस्तो बेलामा घट्यो भने लगानीकर्तालाई गाह्रो हुन्छ भन्ने तर्क दिएर बजार बन्द भइरहेको छ । यो चाँहि सरासर गलत नै हो । मार्केटको सुन्दरता भनेकै घट्ने, बढ्ने नै हो । मार्केट कहिले पनि नघट्ने भयो भने लगानी गरेको मजै हुँदैन । बजार घट्यो भने पनि नयाँ लगानीकर्तालाई अवसर हुन्छ । बढ्यो भने पनि पुराना लगानीकर्तालाई फाइदा हुन्छ । त्यसैले बजार घट्ने या बढ्ने तर्क दिएर बजार बन्द गरिनु बजार प्रणालीको सिद्धान्त विपरितको कुरा हो । त्यहि भएर मार्केट घट्न सक्छ या गाह्रो हुन्छ भन्ने अनुमानमा बजार बन्द गर्ने नै होइन । यहि घट्छ वा बढ्छ भनेर जोखिम लिन चाहने र सक्नेहरु नै मार्केटमा प्रवेश गर्ने हो । बजार सधै स्थीर रहन्थ्यो भने सेयर बजारमा लगानी गर्ने नै हुदैनथे । जोखिम लिएर बजारमा लगानी गर्नुको औचित्य नै हुदैनथ्यो । जसले जोखिम मोल्न सक्छ, बढ्यो भने कमाई पनि हुन्छ र घट्यो भने घाटा पनि हुन्छ भनेर जो मानसिक रुपमा तयार भएका हुन्छन्, तिनीहरु नै मार्केटमा प्रवेश गर्ने हुन् । मार्केटको सुन्दरता भनेकै घट्ने, बढ्ने नै हो । मार्केट कहिले पनि नघट्ने भयो भने लगानी गरेको मजै हुँदैन । बजार घट्यो भने पनि नयाँ लगानीकर्तालाई अवसर हुन्छ । बढ्यो भने पनि पुराना लगानीकर्तालाई फाइदा हुन्छ । त्यसैले बजार घट्ने या बढ्ने तर्क दिएर बजार बन्द गरिनु बजार प्रणालीको सिद्धान्त विपरितको कुरा हो । त्यसैले, फेरि पनि भन्छु मार्केट बन्द गराउनु आफैमा गलत हो । विश्वका दुई सयभन्दा बढी देशहरु जतिमा स्टक मार्केटहरु छन्, तीमध्ये अधिकांशमा कोरोना भाइरसको असर परेको छ । हाम्रो देशमा मात्रै असर परेको पनि होइन । अधिकांश देशमा परेको छ । विश्वभरिका बजार खुलिरहेकै छन् । हाम्रो किन बन्द गर्ने ? हुन त, अरु देश हामीभन्दा विकसित छन्, उनीहरुसँग तुलना गरेर हुन्न भन्ने तर्क पनि दिने गरिएको छ । यथार्थ त्यस्तो होइन । विश्वभरिका देशमध्ये सबैभन्दा अविकसित, सबैभन्दा खत्तम पूर्वाधार भएको देश हामी नै पक्कै पनि होइन । सरसर्ती हेर्दा हामी बीचतिर पर्छौं । सयौं स्थानमै पर्यौ भने पनि हाम्रो भन्दा कमजोर पूर्वाधार भएको देशहरुमा पनि बजार खुलेकै छ । अन्य विकसित मुलकमा त भन्नै परेन । त्यसैले बजार पुरै अवधि खुलाउने, सँधै राफसाफ गराउने भन्ने त नहोला, जुन गाह्रो पनि हुन्थ्यो होला । सीमित मान्छेले मात्र अनलाइन लिएका छन् । यो प्रणालीसम्म सबैको पहुँच छैन, सर्किट ब्रेक लाग्छ भन्ने कुरा छ । खास भन्ने हो भने स्टक मार्केट भनेको सबैले एक्सेस लिने ठाउँ पनि होइन । सीमित मान्छेले मात्र पहुँच राख्ने ठाउँ हो । अनलाइन लिन सबै लगानीकर्ता तयार भइसकेका छैनन् । यदि म्यानिपुलेसन हुन्छ भन्ने हो भने उनीहरुले अनलाइन सेवा लिने हो । म्यानिपुलेसन हुन्छ भने अरु कुराबाट रोक्न सकिन्छ । सर्किट ब्रेकको अहिलेको दिनमा १० प्रतिशत तलमाथिमा लगाउने व्यवस्थालाई परिमार्जन गरेर दिनको २ प्रतिशत कायम गर्ने व्यवस्था गर्न सकिन्थ्यो । ५ घण्टा हुने कारोबारलाई रोकेर दिनको एक घण्टा मात्रै किन नहोस्, खोल्न सकिन्थ्यो । दिन दिनै हुने सेटलमेन्टको लागि बैंकमा जान आउन अफ्ठ्यारो हुने स्थिति हुन सक्छ । जसलाई तीन/चार दिन गराएर अर्थात हप्तादिनमा रकम सेटलमेन्ट हुने व्यवस्था गराउन सकिन्थ्यो । यसलाई फुल फेजमा खुलाउन नसकेपनि सीमित रुपमा खोल्न सकिन्थ्यो । बैंकका कर्मचारीहरुलाई पास दिएजस्तो ब्रोकरका कर्मचारीहरुलाई पनि पास उपलब्ध गराएर हप्ताको एकचोटी क्लियरिङ सेटलमेन्ट हुने तरिकाले मार्केट सञ्चालन गराउन सक्ने अवस्था थियो । तर यी कुरालाई ध्यान नदिई बजार बन्द गराउनु पर्छ भनेर लगानीकर्ता लागिपर्नु र नेप्से पनि मार्केट बन्द भयो भनेर कानमा तेल हालेर बस्ने बाहेक केही काम नै भएको छैन । यस्तो भईसकेपछि स्टक मार्केटलाई नै करियर बनाउँछु भन्ने हामी जस्तो मान्छेलाई मार्केट त जुन दिन, जहिले पनि जसरी पनि बन्द हुन्छ भन्ने भ्रम पर्न सक्छ । विश्वास गुम्न सक्छ । यसलाई फुल फेजमा खुलाउन नसकेपनि सीमित रुपमा खोल्न सकिन्थ्यो । बैंकका कर्मचारीहरुलाई पास दिएजस्तो ब्रोकरका कर्मचारीहरुलाई पनि पास उपलब्ध गराएर हप्ताको एकचोटी क्लियरिङ सेटलमेन्ट हुने तरिकाले मार्केट सञ्चालन गराउन सक्ने अवस्था थियो । अब यो लकडाउन कहिले खुल्ने हो कसैलाई थाहा छैन । यदि ३/४ महिनै बन्द भइदियो भने चुप लागेर बस्ने बाहेक अरु केही विकल्प नै छैन । यस्तो अभ्यासले गर्दा एक त बाहिरको लगानीकर्ता तथा एनआरएनलाई यो मार्केटको ठेगान छैन, जुन दिन पनि जसरी पनि बन्द गराईदिन सक्छन्, गाह्रो पर्दा बेचेर लिन पाईदैन, यसमा किन लगानी गर्ने भन्ने कुरा नआउला भन्न सकिन्न । अर्को, हाम्रो देशको वित्तीय क्षेत्रमा पनि यसले प्रभाव पार्छ । त्यसैले मार्केट सबल बनाउने हो । मार्केट पूर्वाधार सुविधा घरमै बसेर कारोबार गर्ने गराउने व्यवस्था मिलाउने हो । अहिलेको परिस्थितिलाई अवसरको रुपमा हेरेर बैंकहरुसँग इन्ट्रिगेसन गर्ने हो । तर मार्केट घट्न सक्छ भनेर बन्द गरेर बस्नु चाहि आफैँमा फाइनान्सियल क्राइम नै हो । यद्यपि हालसम्म पनि अनलाइन कारोबारका सबै संयन्त्र बैंकसँग इन्ट्रिगेसन भइसकेको छैन । विकसित मार्केटको अनुसार जानु पर्छ भन्ने कुरा भएको हो । जसको लागि नेप्सेको सफ्टवेयर पनि त्यहि अनुसारको हुनु पर्यो । कानुन संशोधन गर्नु पर्ने कुराहरु छन् । अनलाइनबाट सेयर बेचेपछि पैसा खातामा आउने र किनेपछि खाताबाट घट्ने तरिकाको जुन एउटा सिस्टम बनाउने कुरा थियो, त्यो चाहि भएको छैन । इन्ट्रिगेसनको काममध्ये डिम्याट चाँहि भएको छ । जस्तो, मैले कसैको चेक नलिईकन सेयर किनेको भरमा ब्रोकरको खातामा पैसा ट्रान्सफर हुँदैन । ब्रोकरले मेरो सेयर बेचिदिएपछि त्यहाँबाट मैले चेक लिएर आएपछि मेरो खातामा जम्मा नगरीकन हाम्रोमा पैसा जम्मा हुँदैन । त्यसको लागि छुट्टै संयन्त्र बनाउनु पर्ने हुन्छ । अनलाइन कारोबारमा अर्काे पनि समस्या छ । अहिले डिजिटल कारोबारको लागि राष्ट्र बैंकले सीमा तोकेको छ । निश्चित रकमभन्दा बढीको डिजिटल कारोबार गर्न पाइदैन । २ देखि ५ लाख रुपैयाँको लिमिटले सेयरको अनलाइन काराबोरलाई सहयोग गर्दैन । किनभने मार्केटमा करोडौंको कारोबार हुन्छ । यदि अहिलेको स्थितिमा बजार खुलेको भए, कमी कमजोरी के के थिए भन्ने सबैलाई थाहा हुन्थ्यो । अनलाइन कारोबारलाई व्यवस्थित गर्न के गर्नु पर्थ्यो, केले गर्दा गर्न सकिएन भन्ने कुरा आउथ्यो । सबै प्रष्ट हुन्थे । तर बिडम्बना, त्यो हुन पाएन । अवसर गुमायौं । सेयर मार्केटका मान्छेको स्वास्थ्यका कुरा पनि आएका छन् । खोल्न हुन्न भन्नेहरुले मार्केट खोलेर मर्नु छ र ? नेप्से तथा ब्रोकरका कर्मचारी मान्छे होइनन् र ? भन्ने जस्ता तर्क गरिरहेका छन् । रोग जसलाई पनि लाग्न सक्छ । तर रोग लाग्न सक्छ भनेर पुरै बन्द गराएर बस्न सकिन्न । मार्केट खोल्दैमा सबै जना ब्रोकरमा जाउँ, भिडभाड गर, रोग सार भन्ने होइन । भलै, मार्केट खुलाउँदा केही घट्थ्यो होला । अहिले घटेपनि पछि बजारमा ठूलो रिक्स लिन, मार्केट ग्रोथ हुनको लागि फाउण्डेसन तयार हुन्थ्यो । तर अहिले ५०/१०० अंकले घट्छ भन्ने डरले मार्केट बन्द गरेर राख्दा भोलि हजारौं कमाउने मौका गुमिरहेको जस्तो लाग्छ । ब्रोकर कार्यालयमा सिमित कर्मचारी बस्ने र लगानीकर्ताले घरमै बसेर कारोबार गर्ने गराउने अभ्यास गर्न सकिन्छ । लगानीकर्ताको सेयर किनबेच गर्नु छ, ब्रोकर अफिसमा लगानीकर्ता आफै जान सकेन भने पनि चेक साइन गरेर दिन सकिन्छ । अथवा सानो रकमको लागि अनलाइन ट्रान्सफरबाट सकिन्थ्यो होला । ब्रोकरको खातामा ५ लाख रुपैयाँ ट्रान्सफर गर्न मिल्छ भने ५ लाखकै कारोबार, १० लाख गर्न सकिन्थ्यो भने १० लाख नै गरिन्थ्यो होला । नत्र एकैचोटि १० वटा जति चेक साइन गरेर यति रकम भनेर लेखेर लगेर ब्रोकर अफिसमा छाड्थ्ये होलान् । त्यसपछि किनबेच हुन्थ्यो होला । ब्रोकरले उक्त सेयरको सेटलमेन्टको चेक लगेर लगानीकर्ताको खाता नम्बर उपलब्ध गराएपछि उक्त खातामा रकम हाल्दिन सक्थे होला । यसो गर्दा कसरी इन्ट्रिगेसन गर्न सकिन्छ, मान्छेबिना नै ट्रान्सफर गर्ने जुन इन्ट्रिगेसनको कुराहरु थिए, ती कुरा तथा अवधारणाहरुको विकास हुन्थे । हाल अनलाइन यूजर १० प्रतिशत मात्र छन् । यदि मार्केट खुलेको भए केहि नभएपनि उनीहरुको संख्या २० देखि ३० प्रतिशत बढ्थे । अर्को, अनलाइन कारोबारको लागि मार्केटमा कहाँनेर कमजोरी रहेछ भन्ने थाहा हुन्थ्यो । तर अहिले मार्केटमा पूर्वधारहरुको जे कमजोरी छन्, ती कुरा बाहिर निक्लिएनन् । भलै, मार्केट खुलाउँदा केही घट्थ्यो होला । अहिले घटेपनि पछि बजारमा ठूलो रिक्स लिन, मार्केट ग्रोथ हुनको लागि फाउण्डेसन तयार हुन्थ्यो । तर अहिले ५०/१०० अंकले घट्छ भन्ने डरले मार्केट बन्द गरेर राख्दा भोलि हजारौं कमाउने मौका गुमिरहेको जस्तो लाग्छ । मार्केटमा दुई थरीका लगानीकर्ता हुन्छन् । एकले अब मार्केट बर्बाद हुन्छ भनेर बेच्ने हो, अर्कोले अब राम्रो हुन्छ भनेर किन्ने हो । यहाँ मार्केट घटेपछि यिनीहरुले सेयर बेचेर पैसा लिएर बसेका रहेछन् । सेयर किन्नका लागि मार्केट खुलाउन खोज्या हुन् भन्ने तरिकाले हेरिन्छ । तर मार्केट सेयर किन्न र बेच्नलाई खुलाउने नै होइन । मार्केट खुल्नुपर्ने भएर खुलाउने हो । कसैलाई घाटा हुन्छ भनेर अथवा कसैलाई नाफा हुन्छ भनेर आफ्नु स्वार्थको लागि खुलाउने बन्द गर्ने होइन । आफ्नु स्वार्थ अनुसार मार्केट खुल्ने बन्द हुने भईदियोस भन्ने जसले पनि चाहन्छ । खास मार्केट भनेको के हो ? कुन सिद्धान्तमा चल्नु पर्छ भन्ने हो । त्यही भएर मार्केट सकेसम्म मिलाएर खोलेको भए राम्रो हुन्थ्यो । होइन भने मार्केटको पूर्वाधार विकासमा यसको प्रभाव ठूलै पर्छ । मार्केट अस्वाभाविक रुपमा चलखेल गरेर घटाइन्छ कि भन्ने डर हो । यो कुरा मानिन्छ, तर मार्केट घट्न सक्छ भन्ने त तर्कै होइन । अन्तर्राष्ट्रिय अभ्यास हाम्रोभन्दा धेरै नै समस्या बढेका देशहरु, ८/९ लाख बढी मानिस कारोना संक्रमित भएको इटली, चीन जस्ता देशहरुमा मार्केट खोलिरहेका छन् । किनभने तिनीहरु ठूला देशमा पनि गनिन्छन् । एकतिर असर भए पनि अर्को तिरकोले मेन्टन गरिन्छ भनेर खुलेका छन् । साथै, त्यहाँ त्यही हिसावको बजार पूर्वाधारहरु छन्, अनलाइनबाट इन्टिग्रेसन छ, सबै कुरा छन् । यो त रह्यो ठूला देशका कुरा । साना देशको पनि कुरा गर्नुपर्दा उनीहरुमा पनि कोरोना संक्रमण बढ्दो भएकाले समस्या पनि छ र मार्केट पनि खुलेकै छन् । उनीहरुले सर्किट ब्रेकरका नियम चेञ्ज तथा कोरोबार समयलाई घटाएका छन् । जे होस्, जुन कुराले गर्दा मार्केट सञ्चालन गर्न गाह्रो भइरहेको छ, ती कुराको समाधान निकालेर बजार खुलाएकै छन् । सार्क राष्ट्रमध्ये नै हेर्ने हो भने पनि भुटानभन्दा पछाडि सबैभन्दा कम प्रभावित भएको देश भनेकै हामी हौं । र, पनि बजार बन्द भयो । हाम्रो देशमा अनलाइन कारोबारका सबै प्रणाली इन्ट्रिगेसन नभएकोले सेटलमेन्टमा समस्या छ । अर्को, भनेको शंका हो । अनलाइन कारोबारमा आवद्ध भएका लगानीकर्ताको संख्या कम छ, सिमित संख्याका लगानीकर्ता मात्रै कारोबारमा सक्रिय हुँदा बजारमा केही गडबडी हुन्छ कि भन्ने शंका हो । मार्केट घट्न सक्छ भन्ने डर हो एउटा । तर त्यस्तो होइन । यदि मार्केट घट्न सक्छ भनेर बन्द गर्ने हो भने भोलिका दिनमा मार्केट बढ्दा पनि बन्द गर्नुपर्यो । केही समय अघि नेप्से परिसुचक ११ सयबाट १६ सय विन्द पार हुँदा किन बन्द भएन मार्केट ? त्यो बेलामा पनि बन्द गर्नु पर्थ्यो । होइन भने घट्छ भन्ने डरले अहिले बन्द गरिएको बजार खुलाउनु पर्छ । त्यसैले, के के कारणले बजार खुलाउन नसकेको हो । त्यी त्यी कुराहरु एड्रेस (परिमार्जन) गरेर, पूर्ण रुपमा नभएपनि आशिंक भने पनि कारोबार चाहिँ खुलाउनै पर्थ्यो । मार्केट अस्वाभाविक रुपमा चलखेल गरेर घटाइन्छ कि भन्ने अर्को डर हो । यो कुरा मानिन्छ, तर मार्केट घट्न सक्छ भन्ने त तर्कै होइन । मार्केट आफ्नै तरिकाले बढ्छ, आफ्नै तरिकाले घट्छ । त्यसैले, अस्वाभाविक रुपमा चलखेल गरेर घटाइने कुरालाई रोक्न दिनमा यति उतारचढाव हुन सक्ने, यति कित्ताभन्दा बढी कारोबार गर्न नपाईने जस्ता सीमा र व्यवस्था कायम गरेर सानो कारोबार गर्न सकिन्छ । यसो भयो भने चाहिँ दिनमा सेयरको मूल्य त्यति तलमाथि पनि हुँदैन । यस्तो अवस्थामा दिनमा १० प्रतिशत बढी प्राइस मुभमेन्टलाई २ प्रतिशतभन्दा तलमाथि गर्न नमिल्ने बनाईयो भने त सामान्य स्थिति भएको बेलाको २ दिनमा २० प्रतिशत घटाउन सक्थ्यो भने त्यति घटाउन अरु १० दिन कुर्नु पर्छ । त्यो बेलासम्ममा सेयर किन्ने मान्छे पनि त आउन सक्छ बजारमा । यस्ता कुरा गर्न सकिन्छ । कुनै कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा घटिरहेको छ भने त्यससम्बन्धि हेर्ने छुट्टै समिति छ नि नेप्सेमा । उसले पनि अध्ययन गरेर बढी नै चलखेल गर्न थाले भने त त्यसको कारोबारलाई केहि समय हाईड गरिदिन सक्छ । बढी नै चलखेल भयो भने ७ देखि १० दिन या जति होस् रोक्न सकिन्छ । त्यो त आवश्यकता अनुसारको कानुन, आवश्यकता अनुसारको नियम बनाउने हो । अहिले चलखेल हुन्छ भन्ने डरले होइन, चलखेल हुन थाल्यो भने त्यसलाई रोक्ने कसरी, कम गर्ने कसरी भन्ने तर्फ लाग्ने हो । बजारमा यस्ता खालका मान्छेको जमात छन् कि उनीहरुलाई जहिले सुकै मार्केट बढ्नु नै पर्छ, घट्नु हुँदैन भन्ने छ । एक लाखको सेयर किनेर जिन्दगीभर त्यसैले खान पुग्नु पर्छ भन्ने खालको मान्छेहरु छन् । तर हाम्रो धारणा के हो भने मार्केट भनेको विकसित हुनुपर्छ, ताकि हामीहरु जस्तो युवाले चाहिँ फुल टाईम स्टक मार्केटमा काम गरेर जिन्दगी चलाउन सकिन्छ है, स्टक एक्स्चेञ्जमा पनि आफ्नो करियर ग्रोथ गर्न सकिन्छ है भन्ने सोच बनाउन सकोस् । अहिलेसम्म त के नै छ र । अन्यत्रबाट पैसा कमाउने, अनि सर्टट्रममा पार गर्नलाई जाने । अहिले फुल टाईम स्टक मार्केटमा काम गरेर हिड्ने मान्छे कति नै छन् र ? मलाई लाग्छ, कत्ति नि छैनन् । म आफैंलाई डर लाग्छ किनकि यस्तो मार्केटमा करियर जुन दिन जहाँ पनि पुग्न सक्छ, ठेगान नै छैन । त्यसैले, के के कारणले बजार खुलाउन नसकेको हो । त्यी त्यी कुराहरु एड्रेस (परिमार्जन) गरेर, पूर्ण रुपमा नभएपनि आशिंक भने पनि कारोबार चाहिँ खुलाउनै पर्थ्यो । (सेयर विश्लेषक तथा लगानीकर्ता तिवारीसँग मञ्जरी पौडेलले गरेको कुराकानीमा आधारित)
लकडाउनभरीको कारोबारमा पुँजीगत लाभकर छुट दिऔं, सेयर बजार खुलाऔं
नेपालको आर्थिक स्थिति कमजोर छ । विश्वब्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) प्रकोपले गर्दा झन् आर्थिक स्थिति उठ्न नसक्ने सम्भावना बढी देखिएको छ । यस्तो अवस्थामा अर्थतन्त्रलाई चलायमान बनाउँदै जानुपर्ने हुन्छ । अर्थतन्त्र चलायमान बनाउने क्रममा सेयर बजार खुलाउँदा उचित हुन्छ । कसरी हुन्छ भने, हाल कतिपय बैंक तथा बीमा कम्पनीहरु खुलिरहेकै छन् । बजारमा बढी कारोबार हुने भनेकै बैंक तथा वित्त कम्पनीहरुको हो । हुन त अनलाइन प्रणाली पूर्णरुपमा लागू भएको त छैन । तर पनि हालसम्म जे जति कम्पनी उक्त प्रणालीमा आवद्ध भएका छन्, त्यसलाई खुलाएर आर्थिक गतिविधि चलायमान गर्नु पर्छ । सेयर बजार भनेको अर्थतन्त्रको रक्तसञ्चार जस्तै हो । यसले आर्थिक गतिविधिलाई चलायमान बनाउछ । यो चलायमान भएपछि अन्यलाई पनि चलायमान बनाउँछ । यदि अनलाइन प्रणाली शुरु नभएको भए छुट्टै कुरा अर्थात गाह्रो हुन्थ्यो । आंशिक अनलाइन शुरु भईसकेको हुनाले वास्तविक लगानीकर्तालाई प्रेरित पनि गर्न सकिन्छ । साच्चै भन्ने हो भने, यो समय अनलाइन प्रणालीलाई स्ट्रङ्ग बनाउन सकिने समय हो । हाम्रो अर्थतन्त्रलाई डिजिटलाईज्ड बनाउँदै लैजानु पर्ने आवश्यकता देखिएको छ । हुन त त्यसको लागि आवश्यक पूर्वाधारहरु त कमजोर छन् । तैपनि अहिलेको लागि राम्रो अवसर भएको छ । त्यसैले, सेयर बजार चाँहि छिटै खुलाउनु पर्छ । कसरी सकिन्छ त ? फेरि पनि भन्छु, यदि चाहने हो भने बजार खुलाउन सकिन्छ । एक त अहिले अनलाईन प्रणालीमा जे जति गएका छन् त्यसको हिसावले बजार खुलाउन सकिन्छ । अर्को, अनलाइनमा आवद्ध नभएकाहरुलाई पनि यस प्रणालीमा आवद्ध गराउन सकिने ठूलो अवसर हो । अहिलेको अवस्थामा बैंक खाता र केवाईसी सबैको हुन्छ । यूजरनेम र पासर्वड लिनलाई गाह्रो भन्ने होला । तर हालको अवस्थामा त्यो पनि गाह्रो छैन । पहिलेको जस्तो ब्रोकरहरुकोमा धाइरहनु पर्ने अवस्था छैन । किनभने, सबै लगानीकर्ताहरु ब्रोकरको पहुँच मै हुन्छन् । उनीहरुले चाहे भने एक कल मै यूजर नेम र पासर्वड सजिलै लिन सक्नेछन् । त्यसको लागि चाहिने आवश्यक डकुमेन्टहरु अनलाइनबाट अर्थात इमेलबाट पनि पठाउन सकिन्छ । लगानीकर्ताहरु ब्रोकरको र ब्रोकरहरु अनलाइन प्रणालीको अर्थात ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) प्रणालीको पहुँच भएकाले कारोबार खुलाउन त्यस्तो समस्या छैन जस्तो लाग्छ । वास्तविक भन्ने हो भने यो लकडाउनको समयले धेरै कुराहरु सुधान गर्नको लागि एउटा अवसर दिएको छ । सेयर बजारमा पनि अनलाइन शुरु नभएको भए त्यसलाई शुरु गर्न सम्भव थिएन । यसले अनलाइन सिस्टम स्ट्रङ्ग बनाउन तथा यसलाई अभ्यस्त पार्न पनि यो निकै ठूलो अवसर दिएको छ । यो अवसर हामीले गुमाउनु हुँदैन । बैंकहरुसँग इन्टिग्रेसन नभएर पनि अनलाइन कारोबार बन्द भएको भन्ने कता कता हल्ला सुन्निछ । तर भइसकेको जस्तो लाग्छ, नभएको भए हालसम्म भएको अनलाइन कारोबार कसरी भयो ? यदि छैन भने पनि फिनाकल सिष्टम भएकोमा कुनैमा समस्या छैन जस्तो लाग्छ । अनलाईन कारोबार शुरु भईसकेको सन्दर्भमा त्यसको लागि केही अफ्ट्यारो छैन र नभएकालाई पनि प्रोत्साहन गर्ने उपयुक्त समय हो यो । यस्तो अवस्थामा लगानीकर्तालाई अनलाइनमा आवद्ध हुनको लागि इन्करेज पनि गर्नुपर्ने देखिन्छ । त्यसको लागि सरकारले आवश्यक प्याकेजको व्यवस्था मिलाउन सक्छ । अहिलेको बेला अर्थात यो परिस्थिति सामान्य नहुने बेलासम्म सरकारले क्यापिटल गेन ट्याक्स (पुँजीगत लाभकर) नलिँदा लगानीकर्तालाई ठूलो राहत हुने थियो । यसो गर्दा एक त अर्थतन्त्र चलायमान बनाउनको लागि सरकारले राहत स्वरुप उनीहरुलाई लाभकर नलाग्ने व्यवस्था ल्यायो भन्ने सन्देश प्रवाह हुन्थ्यो । त्यस्तै, यसले आर्थिक गतिविधि पनि त्यति खस्किन पाउँदैन थियो । अर्को, लगानीकर्ता पनि अनलाइन कारोबारको लागि प्रोत्साहित हुन्थे र अनलाइन सिष्टम थप बलियो हुन्थ्यो । नत्र यो स्थितिमा बजार खुलाइने तर कर पनि तिर्नुपर्ने हो भने चाँहि बजार खुलाउनुको अर्थ हुँदैन । त्यस्तै, दीर्घकालीन लगानीकर्तालाई पनि विशेष प्याकेज अर्थात सेवा सुविधा दिनुपर्ने व्यवस्था लागू गर्नु पर्ने हुन्छ । जसले गर्दा लगानीकर्ता थप आकर्षित हुन्छन् । यसले अन्य आर्थिक गतिविधिलाई पनि प्रोत्साहन गर्छ र आर्थिक स्थिति त्यति खस्किन पनि पाउँदैन । तर नेपाल सरकारले त्यस्तो कुनै प्याकेज नल्याई दिएर अहिलेको पुँजी बजारको अवस्था अन्योलमा परिरहेको छ । अन्य देशमा जीडीपीको २१ प्रतिशतसम्म राहतको प्याकेज ल्याएका छन् । तर हाम्रो देशमा अहिलेसम्म त्यस्तो केही सुरसार भएको छैन । हुन त प्रधानमन्त्री केपी ओलीले आगामी बजेटलाई कुर्नु भन्नु भएको छ । तर, त्यो बिडम्बना हो, हालको अवस्थामा नागरिकलाई दिनरात असर परिरहेको छ । यदि लकडाउनको समयावधि अझै थप लम्बिने हो र राहतको लागि बजेटसम्म कुर्नुपर्ने हो भने नेपालको अर्थतन्त्र धरासायी बन्ने सम्भावना बढी छ । (नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष तथा सेन्टर फर माइक्रोफाइनान्स (सीएमएफ) नेपालका कार्यकारी अध्यक्ष डा. कार्कीसँग मञ्जरी पौडेलले गरेको कुराकानीमा आधारित)
भारतीय बैंक र सेयर बजार खुला, नेपाली सेयर बजारकाे तयारी यस्ताे छ
काठमाडाैं । आजदेखि भारतमा लकडाउनको केही प्रतिबन्धमा छुट दिइएको छ । तर, यो छुट सबै राज्यमा लागू हुने छैन । केही राज्यले त कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणलाई ध्यानमा राख्दै कुनै किसिमको छुट नदिने बताइसकेका छन् । याे सँगै अब भारतीय बैंक र सेयर बजार पनि खाेलिने भएकाे छ । केन्द्र सरकार र राज्य सरकारको सबै कार्यालय खुल्नेछ । सार्वजनिक क्षेत्रमा मास्क (मुखावरण) लगाउन वा अनुहार ढाक्न अनिवार्य गरिएको छ । आजदेखि खेती, फूल र कृषिसँग जोडिएका गतिविधि सुरु गर्न इजाजत दिइएको छ । साथै सबै स्वास्थ्य सेवा निरन्तर चलिरहेनेछ, यसमा आर्युवेदसँग जोडिएको सेवा पनि पर्छ । महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेण्टी अधिनियम (मनरेवा) सँग जोडिएका मनदुरहरुलाई काम गर्ने इजाजत दिइएको छ तर उनीहरुको शारीरिक दुरीलाई निकै सतर्क भएर पालना गर्नुपर्छ । खेतीसँग जोडिएका सामान, कल, पुर्जाको सप्लाई गर्न सकिनेछ । औषधि बनाउने कम्पनी र मेडिकल उपकरण बनाउने कारखाना खोल्न सकिनेछ । चिया, कफी र रबर प्लान्टेशनलाई ५० प्रतिशत कर्मचारीहरुको उपस्थितिमा काम गर्न सक्ने इजाजत दिइएको छ । तेल र ग्याससँग जोडिएका सबै गतिविधि यथावत रहनेछ । पोस्टल सर्भिस पनि यथावत रहनेछ, पोस्ट अफिस खुल्नेछ । गौशाला र जनावरहरुको शेल्टर होम खुलाउन सकिनेछ । आवश्यक सेवाहरुको आपूर्तिमा छुट दिइएको छ । निर्माण कार्यलाई अनुमति दिइनेछ । राजमार्गको होटल, ट्रक मर्मत गर्ने पसल र सरकारी कामसँग जोडिएका कल सेण्टर खुल्न सक्नेछन् । इलेक्ट्रिशियन, आईटी, प्लम्बर, मोटर मेकानिक, कार्पेन्टर र यस्तै किसिमका स्वरोजगार व्यक्तिका लागि काम गर्ने इजाजत दिइएको छ । तर यी सबै छुट कोरोनाको हटस्पट र प्रभावित क्षेत्रमा रहनेहरुका लागि पनि हुनेछैन । ग्रामीण इलाकामा चलिरहेको उद्योगधन्दा खोल्ने अनुमति छ तर शारीरिक दुरीलाई पालना गर्नुपर्छ । कुनै पनि राज्य सरकार या केन्द्रशासित प्रदेशलाई यो नियमको नजरअन्दाज गर्ने अनुमति दिइएको छैन । विभिन्न राज्य र केन्द्रशासित प्रदेशले चाहे भने स्थानीय आवश्यकताका अनुसार लकडाउनलाई अझ कडाइ गर्न सक्नेछन् । के–के बन्द रहनेछ ? रेल, मेट्रो, सडक र हवाई यात्रा आउँदो मे ३ सम्म बन्द रहनेछ । शपिङ मल, सिनेमाघर, अडिटोरियम, खेल परिसर, स्विमिङ पुल, मनोरञ्जन पार्क, बार, जिम, रेस्टुरेण्ट सबै बन्द रहनेछन् । स्कुल, कलेज र सबै शिक्षण संस्थान पनि मे ३ सम्म बन्द रहनेछ । तर यी संस्थाहरुको शैक्षिक सेशनलाई भने व्यवस्थित गर्नुपर्नेछ । यसको लागि उनीहरुले अनलाइन कक्षाको सहारा लिन सक्छन् । यसका लागि दूरदर्शन र अन्य शैक्षिक च्यानलको सहयोग लिन सक्नेछन् । मन्दिर, मस्जिद, गुरुद्वारा, चर्च र कुनै किसिमको धार्मिक स्थल पूर्णरुपमा बन्द रहनेछ । यसका लागि कुनै पनि धार्मिक आयोजनाको अनुमति हुने छैन । विवाह, सार्वजनिक कार्यक्रम, सामाजिक उत्सव, सांस्कृतिक कार्यक्रम, सेमिनार, राजनीतिक कार्यक्रम, कन्फ्रेस, खेला आयोजनामा प्रतिबन्ध रहनेछ । अन्तिम संस्कारमा २० जनाभन्दा धेरै उपस्थित हुन सक्ने छैनन् । नेपाली सेयर बजारकाे तयारी के हुन्छ ? नेपालकाे सेयर बजार लकडाउन अवधिभर बन्द हुने भएको छ । सरकारले लकडाउनकाे अवधि थप बढाएपछि बैशाख ३ गते बसेको नेप्से सञ्चालक समितिले बैशाख १५ गतेसम्म सम्पुर्ण सेयर बजार बन्द गर्ने निर्णय गरेको थियाे। नेप्सेले यस अघि लकडाउन अवधिभर अर्थात् बैशाख ३ गतेसम्म सेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो । सरकाले हाल जारी रहेको लकडाउनलाई पुनः वैशाख ४ गतेदेखि वैशाख १५ गतेसम्मलाई निरन्तरता दिने निर्णय गरेसँगै नेप्सेले पनि कारोबार बन्द हुने अवधि बढाएको हो । अब भने लकडाउन जहिलेसम्म रहन्छ सेयर बजार पनि त्यससम्म नै राख्ने मनसायमा नेप्से छ ।
२०७६ सालकाे सेयर बजारलाई फर्केर हेर्दाः के भन्छन् नेप्से र लगानीकर्ता ?
काठमाडौं । २०७६ साल नेपालको सेयर बजारमा निक्कै उतारचढाव रह्यो । यसबीचमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक न्युनतम ११०० बिन्दुदेखि अधिकतम १६३२ बिन्दुमा पुग्यो । वर्षको अघिल्ला दिनमा परिसूचकमा गिरावट देखिएता पनि पुस मसान्तपछि भने सुधारको बाटो तर्फ लागेको थियो । सो अवधिमा कारोबार रकमले ऐतिहासिक रेकर्ड राख्यो । बजारमा एकैदिन करिब ५ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भयो । एक वर्षको अवधिमा समूह सूचकमा पनि उतारचढाव नै देखिएको छ । १४१४ अंकमा पुगेको बैंकिङ्ग समूह घटेर १०९३ मा झरेको छ । २१६६ अंकमा पुगेको होटल समूह १५६३ अंकमा झरेको छ । जीवन बीमा ६७९७, निर्जीवन बीमा ५२७१, फाइनान्स ६३६, माइक्रोफाइनान्स २०५०, विकास बैंक १७११ अंकमा पुगेको छन् । त्यस्तै, उत्पादनमूलक र हाइड्रो समूह क्रमशः २४५९ र ९३३ अंकमा छन् । २०७६ सालमा चैत ९ गते आइतबार अन्तिम कारोबार भएको थियो । अनलाइनबाट मात्रै सेयर किनबेच भएको बजारमा नेप्से परिसूचक १८.२० अंकले घटेर १२५१.४५ अंकमा झरेको छ । सो दिन कूल १२३ कम्पनीको १९ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । दिनभरमा ४ लाख ८० हजार ५ सय २७ कित्ता सेयर किनबेच भएको थियो । कारोबार रकममा उछाल २०७६ फागुन १८ गते सेयर कारोबार रकमले नयाँ रेकर्ड रचेको थियो । सो दिनको बजारमा ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यो वर्षभन्दा अघि २०७५ साल फागुन २ गतेको सेयर कारोबारले इतिहास रचेको थियो । सो दिन २ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । त्यसयता भने सोभन्दा बढी कारोबार भएको थिएन । फागुन ५ गतेको बजारमा २ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएर नयाँ इतिहास रचेको थियो । त्यसपछि करिब १५ दिनको कारोबारमा भने निरन्तर जसो उच्च कारोबार भएको थियो । अन्ततः २०७६ फागुन १८ गतेको कारोबार रकम हालसम्मकै लागि उच्च बनेको छ । पुँजीगत लाभकर घट्यो धितोपत्र लगानीबाट हुने पुँजीगत लाभमा लाग्ने लाभकरको दरलाई प्राकृतिक व्यक्तिका हकमा ७.५ बाट ५ प्रतिशतमा झरेको छ । गत वर्षको बजेटले यो कर ५ प्रतिशतबाट बढाएर ७.५ पुर्याएको थियो । संस्थागत लगानीका हकमा भने यो कर १० प्रतिशत रहेको छ । अनलाइन प्रणालीमा सुधार गत वर्षको तुलनामा यो वर्ष प्रायजसो सबै प्रकारका कारोबारहरु विद्युतीय कारोबार प्रणालीमार्फत भएको छ । नेपाल क्लियरिङ्ग हाउसमार्फत सबै बैंक तथा वित्तीय संस्थाहरुसँग अनलाईन सिष्टम इन्टिग्रेट भएको छ । यस प्रणालीले कारोबारलाई थप सहज, सरल, सुरक्षित र पारदर्शी बनाउँदै गएको छ । ब्रोकर लाइसेन्सको लागि आवेदन खुला नेपाल स्टक एक्सचेञ्जले ब्रोकर लाइसेन्सका लागि कार्यविधि सार्वजनिक गरेर आवदेन खुला गरेको थियो । जसअनुसार एनआईसी एसिया बैंक, प्रभु बैंक र सानिमा बैंकले सहायक कम्पनी खडा गरेर ब्रोकर लाइसेन्सका लागि नेप्सेमा आवेदन दिइसकेका छन् । त्यस्तै, अन्य आधा दर्जन बैंकले ब्रोकर लाइसेन्सका राष्ट्र बैंकमा आवेदन दिएका छन् । ब्रोकर कम्पनी खोल्नका लागि एनआईसी एशिया बैकले एनआईसी एसिया सेक्यूरिटिज, प्रभु बैकले प्रभु स्टक मार्केट, माछापुच्छ्रे बैकले माछापुच्छ्रे सेक्यूरिटिज, सानिमा बैकले सानिमा सेक्यूरिटिज र सिटिजन बैकले सिआईबिएल सेक्यूरिटिज सहायक कम्पनी दर्ता गराएका छन् । नेप्सेकाे नजरमा उन्नतिकाे वर्ष नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिङ साउद २०७६ साल पुँजी बजारको लागि ठूलो उन्नति प्रगतिको साल बनेको बताउँछन् । कारोबार उच्च हुनु, पुँजीगत लाभकर घट्नु, बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइन्सेन्स दिन आवह्वान गरिनु, सबै बैंक तथा वित्तीय संस्थाहरुसँग अनलाइन सिष्टिममा आवद्ध भएका तथा विदेशमा बसेका नेपालीले पनि उतैबाट सेयर खरिद बिक्री गर्न पाउने व्यवस्थाका कारण ठूला प्रगतिको साल बनेको उनको भनाइ छ । ‘कारोबार रकमले नयाँ इतिहास रचेको छ । वर्षको शुरु शुरुमा नेप्से परिसूचक ओरालो लागेपनि पछिल्ला दिनमा उकालो लाग्ने क्रममा रहेको थियो । समग्रमा भन्नुपर्दा पुँजी बजारलाई २०७६ वर्ष उपलब्धीमूलक नै थियो । तर यहि अन्तिम अवस्थामा विश्वभर फैलिएको कोरोना संक्रमणको प्रकोपले गर्दा त्यसको प्रभाव बजारमा पर्यो । आशा छ २०७७ सालमा बजारमा थप उछाल आउने छ,’ उनले भने । ‘डिस्ट्रक्सन इज फर द कन्स्ट्रक्स’ भन्ने उखानलाई प्रष्ट पार्दै उनले भने– ‘अवन्नति हुँनु भनेकै उन्नतिको बाटोतिर अग्रसर हुनका लागि हो । सकारात्मक बनौं २०७७ साल कोरोनाको माहामारी सकिसकेपछि धेरै राम्रो अर्थात उपलब्धी हुन्छ ।’ लगानीकर्तालाई त्यति राम्रो लागेन समग्रमा २०७६ साल नेप्सेलाई उपलब्धीमूलक लाग्यो । तर लगानीकर्ताको नजरमा भने २०७६ साल पुँजी बजार त्यति उपलब्धीमूलक नभएको बुझिन्छ । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार पुँजी बजारको लागि २०७६ साल मिश्रित भएको बताउँछन् । ‘कारोबार रकमले रेकर्ड राख्यो, नेप्से परिसूचक करिब साढे १६ सयको हाराहारीमा पुग्यो । यस्तै, राम्रो राम्रै भइरहेको बजारमा करिब डेढ महिनादेखि कोरोना भाइरसले भने केही प्रभाव पारेको छ, विश्वव्यापी धनजनको नास भइरहेको जसले नेपालमा पनि आर्थिक मन्दी ल्याउन सक्ने सम्भावना बढी छ,’ रौनियारले भने । कारोनाको प्रकोप हटेपछि खुलेको बजार केही समय अलमलमा पर्ने उनको अनुमान छ । तर त्यसले केहि समयमै पिकअप लिने उनी बताउँछन् । त्यसैले अहिलै आत्तिनु पर्ने अवस्था नरहेको, गाह्रो साह्रो भएको बेला दृढशक्ति, इच्छाशक्ति, मनोबल बलियो बनाउनु पर्ने उनी बताउँछन् । २०७७ साल पैसा हुने तथा लगानी गर्न इच्छुकहरुलाई पनि स्वार्णिम अवसर हुने उनको भनाइ छ । ‘नयाँ वर्ष पुँजी बजारको लागि नयाँ शक्ति संसार हुने छ । नियामक निकायहरुको प्रमुख पदमा नयाँ व्यक्ति अर्थात विज्ञहरु नियुक्त हुनुभएको छ । उहाँहरुले पुँजी बजारको कमी कमजोरीहरु पहिल्याउँदै यसको समाधान र सुधारका उपायहरु कार्यान्वयनमा ल्याउनु हुनेछ । बोर्डका अध्यक्षले पनि अहिलेको अनलाइन कारोबारमा देखिएका समस्यालाई न्युनीकरण गरी सबै कारोबार पूर्ण रुपमा अनलाइनबाटै गराउन आग्रह गरिरहनु भएको छ । त्यसैले पनि हामी आशावादी छौं,’ रौनियारले भने । उनले पुजी बजार विकासको लागि सरोकारवाला निकायहरु मिलेर ५ वर्षे योजना ल्याउनु पर्ने मार्जिनल कलको सीमा बढाउने, सबै कामहरु एकै ठाउँबाट हुने गरी एकद्धार प्रणाली लागू गर्ने, दीर्घकालिन लगानी गर्नेलाई त्यही अनुसारको सुविधा दिने जस्ता नीतिगत निर्णय आवश्यक रहेको पनि बताए । सेयर बजारमा लगानीकर्ताले जुन रुपमा सुधार खोजेका थिए त्यो रुपमा सुधार नभएको नेपाल पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल बताउँछिन् । समग्रमा भन्नु पर्दा नियामक निकायले गरेर बजार बढ्यो भन्ने ठाउँ नरहेको उनको विश्लेषण छ । ‘बजार घट्ने बढ्ने आफ्नो ठाउँमा छ । वर्षको शुरुमा ओरालो लागे पनि पुस मसान्तदेखि बजार बढ्न थालेको थियो, कारोबार रकमले साथ दिएको थियो । त्यसले लगानीकर्तालाई बजारप्रति आशा जगाएको थियो । तर पनि नियामक निकायले स्पष्ट रुपमा बजारलाई नहेरिदिँदा लगानीकर्ताले धेरै दुःख पाएको अवस्था रह्यो,’ उनले भनिन् । लगानीकर्ताका केही मागहरु कार्यान्वयन भएपनि बजार संयन्त्रहरुमा अपेक्षा अनुसारको सुधार हुन नसकेको उनको बुझाइ छ । अध्यक्ष पोखरेल सेयर बजारमा अझै पनि समस्या रहेको बताउँछिन् । बजारमा विभिन्न तरिकाको चलखेल भइरहेको भन्दै उनले बजार आफै पूर्ण रुपले चल्नु पर्ने भएपनि नेपालको पुँजी बजार स्वतन्त्र रुपमा नचलेको कारण साना लगानीकर्ता मारमा परेका बताइन् । २०७७ सालमा सरकार तथा नियामक निकायले हालसम्म स्पष्ट रुपमा नहेरिएको पुँजी बजार अब स्पष्ट रुपमा हेरिदिने, बजार सुधारको लागि हुनु पर्ने कामहरु तत्काल हुने र छिट्टै कार्यान्वयनमा ल्याउन सकिने वातावरण बन्ने आशा उनको छ ।
सेयर बजार बन्द गर्नु उपयुक्त होइन, खुल्ला गर्ने यस्ता छन् ३ विकल्प
काठमाडौं । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न भन्दै नियामक निकाय धितोपत्र बोर्डले यो साता सेयर बजार बन्द गरेको छ । सेयर बजार बन्द गर्नु नै अहिलेको लागि उपयुक्त विकल्प हो भन्ने एकथरीको तर्क छ भने बजार बन्द गरेर आफ्नो स्वामित्वको निर्वाध भोगचलन गर्न पाउने संबैधानिक अधिकार कुण्ठित गरियो भन्ने अर्काथरीको तर्क छ । अहिलेको अवस्थामा यी दुबै तर्क सही छन् । किन सही छन् भने संकटको बेलामा मानिसले सही निर्णय लिन सक्दैन, सही निर्णय लिन नसक्ने बेलामा गरिएको सेयर किनबेच सही निर्णय हुँदैन । त्यसैले अहिलेको त्रासदीपूर्ण अवस्थामा सेयर बजार खोल्नु हुदैन । फेरि सरकारले कोरोना संक्रमणबाट बच्न भन्दै विभिन्न निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा विशेष सम्वोधन गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने जानकारी गराएका छन् । सरकारले २५ जनाभन्दा बढी जम्मा हुन रोक रोक लगाएको छ । यस्तो बेलामा सेयर बजार बन्द गर्नु ठीक कदम हो । तर, नेपालको संविधानले नागरिकलाई सम्पत्तिमाथिको हक पनि पद्रान गरेको छ । आफ्नो सम्पत्तिको निर्वाध भोगचलन गर्न पाउने संबैधानिक अधिकार सेयर बजार बन्द गर्ने नियामक निकायको निर्णयको कारण कुण्ठित भयो भन्ने तर्क गर्नेहरु पनि छन् । अहिलेसम्म नेपालमा कोरोना संक्रमण देखिएको छैन । संक्रमण देखियो भने फैलन सक्छ भनेर सरकारले उच्च सावधानी अपनाएको बेला मात्रै हो । सावधानी अपनाएकै बेलामा नागरिक अधिकार कुण्ठित गर्नु उपयुक्त नहुने यसको विपक्षमा रहेकाहरुको तर्क छ । त्यसोभए सरकारले गरेको निर्णय कार्यान्वयन पनि हुने, कोरोना संक्रमण विस्तार पनि रोकिने र नागरिक अधिकार कुण्ठित हुनबाट पनि जोगिने कुनै उपाय छैन ? नियामक निकायले बजार बन्द गर्न निर्णय दिनुअघिदेखि नै आफूहरु मध्यमार्गी उपायको विषयमा छलफलमा जुटिसकेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद बताउँछन् । ‘नेप्सेमा कारोबार हुने सेयर भनेको नागरिकको सम्पत्ति हो, धितोपत्र बोर्डले यो साताको लागि बजार बन्द गर्ने निर्णय गरेको छ, तर एक सातामै कोरोना संक्रमणको सम्भावना नसकिन पनि सक्छ, त्यसैले कुन विधि र विकल्प अपनाएर नागरिकको सम्पत्ति बन्धक नहुने तथा सम्भावित कोरोना महामारीको संक्रमणबाट पनि जोगिने भनेर हामीले छलफल गरिरहेका छौं,’ प्रमुख कार्यकारी अधिकृत साउदले विकासन्युजसँग भने । नेप्सेले छलफल गरेका विकल्प के कस्ता हुन् भन्ने बारेमा साउदले खुलाएनन् । कोरोना संक्रमणले आक्रान्त देशहरुमा पनि सेयर बजार खुलिरहेका छन् । नेपालमा संक्रमण पनि देखिएको छैन । अहिले नेपालले गरेको भनेको सम्भावित संक्रमण विस्तार रोक्नको लागि शतर्कता मात्रै हो । अरु देशको पुँजी बजारको पूर्वाधार र हाम्रो पूर्वाधार तुलना गर्न सकिने खालको छैन भन्ने तर्क पनि आएको छ । यस्तो समस्याको बेलामा पूर्वाधार तयार पार्न दबाब दिने कि बजार बन्द गराउन उक्साउने भन्ने अर्काे प्रतिप्रश्न हो । नेपाली सेयर बजारमा अझै पनि म्यानुअल कारोबारको हिस्सा धेरै छ । अनलाइन कारोबार गर्नेहरुको संख्या कम छ । यही बेलामा अनलाइन कारोबारलाई प्रोत्साहित गर्ने प्रकारका गतिविधि गर्नु उत्तम र दीर्घकालिन फाइदाको कुरा हो । शतर्कता अपानाएकै अवस्थामा सेयर बजार बन्द गर्ने हो भने संकट आएको अवस्थामा के गर्ने भन्ने अर्काे समस्या पनि आउन सक्छ । किनभने धितोपत्र बोर्डले बढीमा ५ दिन बजार बन्द गर्न पाउने कानुनी अधिकार पाएको छ । शतर्ककताकै समयमा बोर्डले सो अधिकार प्रयोग गरिसक्यो । समस्या नै देखियो भने बोर्डले अब के गर्छ ? सेयर कारोबार बन्द गर्नु राम्रो कुरा होइन । यसले अविश्वास नै पैदा गर्छ । यस्तो बेलामा नियामक निकायसहित सरोकारवालाले ३ विकल्पमा बजार खुल्ला गर्न सक्छन् । पहिलो विकल्प पहिलो विकल्प भनेको विनाशर्त बजार खोल्ने नै हो । बजारले बजारको स्वभाव अनुसार काम गर्न पाउनु पर्छ । अहिले बजार धेरै घट्यो भने फेरि बढ्छ । बजार भनेको नै यही हो । योभन्दा पहिला २९३ विन्दुमा नेप्से परिसुचक पुगेको बेलामा कोरोना आएको थिएन । भूकम्पको त्रासदी पनि थिएन । अर्थमन्त्री पनि बजारमैत्री भनेर चिनिएका तत्कालिन एमालेका नेता सुरेन्द्र पाण्डे थिए । तर बजार घट्यो । र, जतिबेला बजार बढेर १८८१ विन्दुमा पुगेको थियो, त्यो बेला पनि त्यस्तो उत्पादत केही भएको थिएन । बजारले आफ्नो गति, विश्लेषण र स्वभाव अनुसार प्रतिक्रिया जनाएको थियो । दोस्रो विकल्प दोस्रो विकल्प भनेको बजारका प्राविधिक मापदण्डलाई निश्चित समयका लागि थप कसिलो बनाएर बजार खुल्ला गर्ने भन्ने हो । जस्तो कि अहिले एकै दिन बजार ६ प्रतिशतले घट्यो वा बढ्यो भने बन्द गरिन्छ । निश्चित अवधीको लागि यो ६ प्रतिशतको सीमालाई २ वा ३ प्रतिशतमा झारौं । अर्थात सर्किट ब्रेकका जे जति व्यवस्थाहरु छन्, तिनलाई केही समयको लागि कसिलो बनाएर बजारलाई सकेसम्म स्वभाविक बन्न प्रेरित गर्ने भन्ने हो । यस्तै, कारोबार समय पनि अहिलेकोबाट घटाएर २ वा ३ घण्टा बनाउन सकिन्छ । तेस्रो विकल्प तेस्रो विकल्प धितोपत्र कारोबारको अन्तराष्ट्रिय मूल्य र मान्यता अनुसारको छैन । यो विकल्प ‘संकट नै सिर्जनाको जननी हो’ भन्ने सिद्धान्तमा आधारित छ । त्यो भनेको के हो भने बजार खोल्ने । तर, यसरी खुल्ला गरिएको बजारमा एक दिनमा एक जनाले निश्चित रकम बजारको सेयर खरिद विक्री गर्न पाउने परिमाणात्मक बन्देज लगाउन सकिन्छ । जस्तो कि कसैलाई अस्पतालमा औषधोपचार गर्न ५० हजार रुपैयाँ चाहिएको छ भने उसले सो बराबरको सेयर बेचेर नगद बनाउन पाउने बाटो खुल्ला गर्नै पर्छ । उदाहरणको रुपमा कुनै सेयरधनीले एक सातामा वा १५ दिनमा ५० हजार रुपैयाँ बराबरको मात्रै सेयर बेच्न पाउने व्यवस्था गर्ने हो त्यसले सेयर बजारमा धेरै असर पार्दैन । सो लगानीकर्ताले राखेको सेयर विक्री भएन भने नागरिक लगानी कोषले किन्ने अन्तिम विकल्प राख्न सकिन्छ । तर, यसको कार्यान्वयन गर्न केही नीतिगत कठिनाइहरु छन् । अहिलेको व्यवस्थाले कोषलाई केही समस्या हुन सक्छ । कोष व्यवस्थापनलाई संचालक समितिले निश्चित परिमाणको सेयर किन्न अधिकार दिएकोले सो सीमाभित्रको सेयर खरिद गर्न कुनै समस्या नभएको कोषका उपकार्यकारी निर्देशक डा. इन्द्र कट्टेल बताउँछन् । कोष व्यवस्थापनलाई संचालक समितिले दिएको सीमा बृद्धि गर्नुपर्ने अवस्था रह्यो भने त्यसको बाटो खुल्ला राख्नुपर्ने हुन सक्छ । रकमका आधारमा परिमाणात्मक बन्देज नलगाउने हो भने गत विहीबारको सेयर मूल्यलाई त्यसबाट घटबड नहुने गरी फिक्स्ड गर्न सकिन्छ । यस्तो व्यवस्था निश्चित अवधिको लागि मात्रै गर्न सकिन्छ । तर, खरिदकर्ता निश्चित गरेर वा मूल्य फिक्स्ड गरेर गरिने कारोबार सेयर कारोबारको सैद्धान्तिक दायराभित्र पर्दैन । यो विकल्प भनेको संविधानले व्यवस्था गरेको सम्पत्तिमाथिको नागरिकको हक कुण्ठित हुनबाट जोगाउनका लागि मात्रै हो । विकल्प अरु पनि हुन सक्छन् । संकटको समयमा बजारमा अनावश्यक चलखेल गर्ने तत्व हावी हुन सक्छ । यस्ता तत्वलाई मुन्टो उठाउने ठाउँ नै नदिने प्रबन्ध गरी सेयर कारोबार खुल्ला राखिनु पर्छ । बजार खुल्ला राख्दा सेयर बजारको अन्तराष्ट्रिय मूल्य मान्यता अनुसार नै खुल्ला गर्नुपर्छ, त्यति पनि हुन सकेन भने संविधानको व्यवस्था अनुसार नागरिककको सम्पत्तिमाथिको अधिकार कुण्ठित हुन दिनु हुदैन ।
सोमबारदेखि सेयर बजार बन्द, सेबोनको पक्षमा अर्थमन्त्री बोलेपछि नेप्से लत्रियो
काठमाडौं । सोमबारदेखि आगामी आइतबारसम्म सेयर बजार बन्द हुने भएको छ । आइतबार नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिले पाँच कार्यदिन सेयर काराेबार बन्द गर्ने निर्णय गरेकाे बाेर्डका कार्यकारी निर्देशक तथा प्रबक्ता निरज गिरीले जानकारी दिए । धिताेपत्र सम्बन्धि कानुनले पाँच दिनसम्म बजार बन्द गर्न निर्देशन दिन सक्ने अधिकार धिताेपत्र बाेर्डलाइ दिएकाेले साेही अनुसार निर्णय भएकाे उनले बताए । ‘आगामी आइतबारसम्म सेयर बजार बन्द हुन्छ । त्यसपछि अवस्था हेरेर बाेर्डले निर्णय लिन्छ’ विकासन्युजसँग प्रवक्ता गिरीले भने । आइतबार विहानैदेखि सेयर कारोबार खुला गर्ने कि बन्द गर्ने भन्ने विषयमा विवाद भएको थियो । नेपाल धितोपत्र बोर्डले पुँजी बजार अत्यावश्यक सेवाभित्र नपर्ने जनाउँदै कारोबार बन्द गर्न बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्जलाई मौखिक निर्देशन दिएको थियो । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा गरेको सम्बोधनका आधारमा बजार बन्द गर्नुपर्ने धितोपत्र बोर्डको भनाई थियो । पुँजी बजारका अगुवा लगानीकर्ताले पनि गत विहीबार देखि नै कोरोना महामारीका कारण बजार संकटमा परेको तर्कसहित बजार बन्द गर्न माग गरेका थिए । तर नेप्सेले सेयर बजारलाई सधैं स्वतन्त्र छोड्नु पर्ने र सेयर किन्ने वा बेच्ने लगानीकर्ताको संबैधानिक अधिकार हनन् गर्न नहुने तर्क गर्दै बजार बन्द नगर्ने अढान लिएको थियो । २०७२ सालमा भने भूकम्प पछि पनि सेयर बजार २२ दिन बन्द गरेर खुला गरिएको थियो । बजार बन्द गर्न बोर्डले दिएको निर्देशनको पालना नेप्सेले नगरेपछि अर्थमन्त्रीले आईतबार धितोपत्र बोर्ड र नेप्सेका अध्यक्ष, कार्यकारी प्रमुख र सञ्चालकहरु राखेर सहमतिको प्रयास गरेका थिए । बैठकमा धितोपत्र बोर्डबाट अध्यक्ष भिष्मराज ढुंगान, सञ्चालक यज्ञप्रसाद ढुंगेल, कार्यकारी निर्देशक निरज गिरी सहभागि थिए भने नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपाने, सञ्चालक रमेश अर्याल र महाप्रबन्धक चन्द्रसिंह साउद सहभागि थिए । बैंठकमा अर्थमन्त्री युवराज खतिवडाले नियामक निकायले गरेको निर्णय अनुमति प्राप्त संस्थाले मान्नु पर्ने सामान्य अभ्यासको पनि परिपालना नभएको र सानोतिनो विषयमा अनावश्यक विवाद गरेको टिप्पणी गरेका थिए । २०७२ सालको भूकम्पपछि २२ दिन बजार बन्द भएको उदाहरण दिदै अर्थमन्त्रीले संकटको बजारमा बजारमा स्थायीत्व दिन नियामकले आवश्यक निर्णय लिनु पर्ने उनको भनाई थियो । स्रोतका अनुसार दुई पक्षीय बैठकमा अर्थमन्त्रीले सेबोनको पक्ष लिएपछि नेप्सेका पदाधिकारीहरु लत्रिएको थिए । बैंठकमा नेप्सेका पदाधिकारीले धितोपत्र बोर्डको लिखित निर्देशन आएपछि त्यसका पालना गर्ने बताएका थिए । स्रोतका अर्थमन्त्रालयमा भएको बैठक सकिएपछि साँझ धितोपत्र बोर्डको सञ्चालक समितिले यो साताको लागि सेयर बजार बन्द गर्ने निर्णय लिएको हो ।
सेयर बजार ५ दिनसम्म बन्द गर्ने निर्णय
काठमाडाैं । धितोपत्र बोर्डले सेयर बजार ५ दिनसम्म बन्द गर्ने निर्णय गरेकाे छ । बाेर्डमा आइतबार बसेकाे बैठकले सेयर बजार ५ दिनसम्म बन्द गर्न निर्देशन दिने निर्णय गरेकाे हाे । बोर्ड स्रोतका अनुसार सोमबारदेखि कार्यदिनसम्म सेयर कारोबार हुने छैन । अर्काे साताको लागि भने परिस्थिती हेरेर निर्णय हुने छ । शुक्रबार प्रधामन्त्री केपी शर्मा ओलीले सम्बोधनको क्रममा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्ने घोषणा गरेका थिए । अत्यावश्यक सेवामा सेयर बजार नपर्ने भएपनि आइतबार दिनभर लगानीकर्ताका संगठन र नेप्सेबीच सेयर कारोबार खोल्ने कि बन्द गर्ने भन्ने विषयमा विवाद भएर याे निर्णय भएकाे हाे ।
चैत ९ गतेदेखि सेयर बजार बन्द
काठमाडौं । आगामी चैत ९ गते(आइतबार) देखि सेयर बजार बन्द हुने भएकाे छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै सो दिनदेखि चैत २१ गतेसम्म अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द हुने बताएका हुन् । नेपाल राजपत्रमा प्रकाशित अत्यावश्यक सेवा सम्बन्धि व्यवस्थामा सेयर बजार पर्दैन । त्यसैले याे अवधिमा पुँजी बजार १३ दिनसम्म बन्द हुने निश्चित छ । तर बैंक र बीमा भने नियमित खुल्ने छन् । अत्यावश्यक अनुसार सेवा संचालन हुनेमा १५ मा बैकं र १६ मा बीमा सेवा पर्दछन्।
सेयर बजार बन्द गर्न लगानीकर्ताको माग, बोर्ड भन्छः छलफल गर्दैछौं
काठमाडौं । लगानीकर्ताले धितोपत्र बजार बन्द गर्न माग गरेका छन् । कोरोना भाइरसको विश्वव्यापी सन्त्रासको कारण अर्थतन्त्रमा तथा लगानीकर्ताको मनोविज्ञानमा परेको नकारात्मक असरका कारण बजार बन्द गर्नुपर्ने लगानीकर्ताको माग छ । लगानीकर्ताको माग अनुसार बजार बन्द गर्नको लागि छलफल अघि बढाइएको धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बताए । धितोपत्र क्षेत्रको नियामक निकाय बोर्ड भएपनि सर्वसाधारणको लगानी रहेको सम्पत्ति भोगचलनमै असर पर्ने गरी बजार बन्दको निर्णय गर्न हुने कि नहुने भन्ने द्विविधामा बोर्ड छ । कोरोना संक्रमणको सन्त्रासका कारण बजार बन्द गर्नुपर्ने माग आएपनि बन्दको निर्णय गर्ने कि नगर्ने भन्ने विषयमा अहिले नै यकिनसाथ भन्न नसकिने अध्यक्ष ढुंगानाले बताए । ‘कोरोना संक्रमण सन्त्रासको कारण बजार बन्द गर्नुपर्ने माग आएको छ, सन्त्रासको वातावरणमा बजार बन्द गर्नु उचित नै हुन्छ होला, तर बजार बन्द गर्दा लाखौं सर्वसाधारणको सम्पत्ति भोगचलनमा समस्या आउने भएकोले संविधान प्रदत्त सम्पत्ति माथिको हक कुण्ठित हुने भएकोले कसरी अघि बढ्ने भनेर सरोकारवालासँग छलफल गर्दैछौं,’ अध्यक्ष ढुंगानाले विकासन्युजसँग भने । बोर्डले निर्णय गरेर बजार धेरै दिन बन्द गर्न सक्दैन । बोर्डलाई बढीमा ५ दिन मात्रै बजार बन्द गर्न पाउने अधिकार छ । तर, सोभन्दा बढी समय बजार बन्द गर्नुपर्ने अवस्थामा सरकारको निर्णय चाहिन्छ । यसैकारण बोर्डले अर्थमन्त्रालयसँग आवश्यक समन्वय गरिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बजार बन्द गर्ने नगर्ने निर्णय गर्न समय बाँकी रहेको बताएका छन् । साताको अन्तिम दिन आज बजार खुलिसकेको र अब आइतबार मात्रै बजार खुल्ने भएकोले निर्णय गर्ने समय अझै २ दिन बाँकी भएकोले परिस्थितिको आकलन गरी उचित निर्णय लिन सकिने साउदको भनाइ छ । यसअघि २०७२ को शक्तिशाली भुकम्पको बेलामा २२ दिनसम्म बजार बन्द भएको थियो । सो समयमा आफूहरुको सम्पत्ति भोगचलन (खरिद विक्री) गर्न नपाएको भन्दै लगानीकर्ताले आलोचना पनि गरेका थिए । बजार बन्द भएको अवस्थामा सेयर किन्न वा बेच्न पाइदैन । बजार बन्द भएको बेलामा कसैलाई आफूसँग भएको सेयर विक्री गरेर नगद बनाउनु परेमा समस्या हुनेछ । तर, सन्त्रासको समयमा लगानीकर्ता आत्तिएर सस्तोमा बेच्न खोज्दा बजार क्र्यास हुने सम्भावना पनि रहन्छ । यसैकारण कतिपय अवस्थामा सरकारले निर्णय गरेर बजार बन्द गर्ने गरेका उदाहरण पनि छन् ।