
काठमाडौं । आगामी चैत ९ गते(आइतबार) देखि सेयर बजार बन्द हुने भएकाे छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ देशवासीको नाममा सम्बोधन गर्दै सो दिनदेखि चैत २१ गतेसम्म अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द हुने बताएका हुन् ।
नेपाल राजपत्रमा प्रकाशित अत्यावश्यक सेवा सम्बन्धि व्यवस्थामा सेयर बजार पर्दैन । त्यसैले याे अवधिमा पुँजी बजार १३ दिनसम्म बन्द हुने निश्चित छ ।
तर बैंक र बीमा भने नियमित खुल्ने छन् । अत्यावश्यक अनुसार सेवा संचालन हुनेमा १५ मा बैकं र १६ मा बीमा सेवा पर्दछन्।