एनटीसीलाई बनाइँदै सेयर बजारमा खेल्ने अस्त्र
काठमाडौं । दोस्रो बजारमा नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को सेयरलाई खेल्ने अस्त्रका रुपमा प्रयोग गरिरहेको लगानीकर्ताहरुले गुनासो गरेका छन् । कम्पनीको सेयर प्रत्येक दिन धेरै कारोबार भइरहँदा चलखेल भएको आंशका समेत लगानीकर्ताले गरेका हुन् । एउटै ब्रोकरबाट कम्पनीको सेयर धेरै खरिद बिक्री भइरहेको छ । कम्पनीको सेयर कुनै एक ब्रोकरबाट धेरै खरिदबिक्री हुँदा सेयरमा चलखेल गर्न खोजिएको आरोप एक लगानीकर्ताले लगाए । कम्पनीको एक साताको अवधिमा साढे ६ लाख कित्ता खरिदबिक्री हुँदा ५८ करोड रुपैयाँ बढी कारोबार भएको छ । भदौ १२ गतेदेखि भदौ १७ गतेसम्म एक साताको अवधिमा एनटीसीको ६ लाख ५० हजार ६६५ कित्ता सेयर ३ हजार २३५ पटक खरिद बिक्री हुँदा ५८ करोड ८७ लाख ५० हजार ६७५ रुपैयाँ बराबरको कारोबार भएको हो । शुक्रबार मात्रै धेरै कारोबार र धेरै कित्ता खरिद बिक्री हुने कम्पनीमा एनटीसी नै अग्रस्थानमा छ । शुक्रबार कम्पनीको १ लाख ११ हजार ७०४ कित्ता सेयर ४१५ पटक किनबेच हुँदा १० करोड ४ लाख ९८ हजार ८४८ रुपैयाँ बराबरको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य ०.३३ प्रतिशत घटेर ९१२ रुपैयाँ कायम भएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार ५२ हप्ताको अवधिमा कम्पनीको अधिकतम सेयर मूल्य १७९९.९० रुपैयाँ र न्यूनतम सेयर मूल्य ८२८.५० रुपैयाँ थियो । शुक्रबारको सेयर कारोबारका आधारमा कम्पनीको बजार पूँजीकरण १ खर्ब ६४ अर्ब १६ करोड रुपैयाँ बराबर रहेको छ । एक साताकाे तथ्याङ्क हेर्दा एनटीसीको सेयर खरिद बिक्री ब्रोकर नम्बर ५८ मार्फत् धेरै भइरहेकाे छ । कम्पनीको सेयर सर्कुलर ट्रेडिङ भएको पनि बुझ्न सकिने एक लगानीकर्ताले बताए । ब्रोकर नम्बर ५८ बाट अर्काे ब्रोकरमा पास गर्ने, अर्काे ब्रोकरबाट अर्काे ब्रोकरमा पास गर्ने र अर्काे ब्रोकरबाट पुनः ब्रोकर नम्बर ५८ मा आएको हुन सक्ने लगानीकर्ताको बुझाइ छ । ‘मार्केट अप्रेटरले एनटीसीलाई ९ सय रुपैयाँको रेञ्जमा राख्न खोजे जस्तो देखिन्छ, केही दिनदेखि एनटीसीको सेयर मूल्य ९ सयभन्दा तल जान नदिएको देखिन्छ, यदि ९ सय भन्दा कम भयो भने पम्प गरेर माथि पुर्याउने क्रियाकलाप एनटीसीमा भएको छ,’ ती लगानीकर्ताले भने, ‘पहिला एनटीसी बिक्री गरिरहेको देखिन्छ तर सर्कुलर ट्रेडिङ भएको जस्तो देखिन्छ ।’ यस्तै, अर्का लगानीकर्ताले एनटीसीलाई कहिले उचाल्ने कहिले पाछार्ने काम भइरहेको धारणा राखे । एनटीसीको सेयर मूल्य १ हजार रुपैयाँभन्दा माथि पुर्याउन खोजिरहेको उनको बुझाइ छ । कम्पनीकाे सेयर नबढ्दा बजार नबढेको भन्दै मूल्य बढाउन खोजिएको उनकाे तर्क छ । ‘एनटीसीको सेयर मूल्य १ हजार रुपैयाँभन्दा माथि पुर्याउन खोजिरहेका छन्, कम्पनीकाे सेयरमूल्य नबढ्दा सेयर बजार बढ्न सकेन, अहिलेको मार्केटको टार्गेट एनटीसी बढाउने हो, केही लगानीकर्ताले एनटीसीकाे सेयर मूल्य बढ्यो भने फाइनान्स बढ्छ भन्ने आश गरेका छन,’ उनले भने, ‘एनटीसीमा चलखेल भएको हो, अझैं चलखेल गर्न खोजिरहेका छन्, सेयर मूल्य ९५० रुपैयाँ बढी पुगेको स्टक घटाएर ९ सय भन्दा तल झारे, यो भन्दा ठूलो चलखेल केही हुँदैन ।’ अहिले मार्केटको सेन्टिमेन्ट नै बिगार्ने काम भइरहेको रहेको बताउँदै ती लगानीकर्ताले ठूला र अग्रज लगानीकर्ता मार्केटबाट बाहिर नै हुँदा सेयर बजार घटेको धारणा राखे ।
बुधबार दोहोरो अंकले घट्यो सेयर बजार
काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । दिनभरिको उतारचढावका बीच बजार दोहोरो अंकले घटेको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१.९७ अंकले घटेर १९७३.३८ अंकमा बन्द भएको छ । बुधबार दिनभरिमा २२४ कम्पनीको २९ लाख ९२ हजार ८७३ कित्ता सेयर २९ हजार ५८४ पटक किनबेच हुँदा १ अर्ब १२ करोड ६२ लाख १७ हजार ८६२ रुपैयाँ बराबरको कारोबार भएको छ । आज अधिकांश सूचकहरुमा राताम्य छाएको छ । बैंकिङ्ग समूह ०.५३ प्रतिशत, ट्रेडिङ समूह १.३२ प्रतिशत, होटल एण्ड टुरिजम समूह १.३६ प्रतिशत, विकास बैंक समूह १.८४ प्रतिशत, निर्जीवन बीमा समूह ०.६१ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.०२ प्रतिशत, अन्य समूह १.१ प्रतिशत, जीवन बीमा समूह १.४७ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.९१ प्रतिशत, हाइड्रोपावर समूह २.१७ प्रतिशत, फाइनान्स समूह २.४२ प्रतिशत, माइक्रोफाइनान्स समूह १.४७ प्रतिशत र म्युचुअल फण्ड समूह ०.७ प्रतिशत घटेको छ । बुधबार नेपाल टेलिकमको सेयर कारोबार सर्वाधिक १० करोड ७४ लाख ८३ हजार ६२१ रुपैयाँ र रिडी पावरको ६ करोड ४० लाख २४ हजार ३१८ रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, हिमाल दोलखा हाइड्रोपावरको सेयर १ लाख २८ हजार ५५ पटक खरिदबिक्री भएको छ ।
बाबुराम भट्टराईलाई अध्यक्ष हमालको काउन्टर : सेयर बजार जुवाघर होइन, बुझाइ कम भयो
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले पूँजी बजारलाई जुवाघर भन्नु गलत भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोलदै उनले पूँजी बजारलाई जुवाघर भन्नु गलत भएको र बुझाइमा पनि कमि भएको धारणा राखेका हुन् । तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले सेयर बजारलाई जुवाघर भनेपछि यो विषयले बेला बेला चर्चा पाउने गरेको छ । आइतबार अध्यक्ष हमालले पनि सो विषयलाई काउन्टर गर्दै यस्तो बताएका हुन् । ‘पूँजी बजारलाई जुवा घर भन्नू गलत बुझाइ हो, पूँजी बजार अध्ययन, हिसाबकिताब, विश्लेषण, क्याल्कुलेशन गरेर लगानी गर्ने क्षेत्र हो, पूँजी बजार जुवा घर भन्नू गलत हो, यस्तो भन्नु बुझाइको पनि कमि हो,’ अध्यक्ष हमालले भने । सेयर बजारको विषयमा विभिन्न समयमा विभिन्न नेताहरुको अभिव्यक्तिले आलोचित हुने गरेका छन् । माओवादी नेतृत्वको पहिलो सरकार बनेका बेला बाबुराम भट्टराई अर्थमन्त्री बनेका थिए । त्यस बेला उनले सेयर बजारलाई ‘जुवाघर’ भनेपछि विवाद उत्पन्न भएको थियो । त्यसबेला सेयर बजार नियामक धितोपत्र बोर्डका अध्यक्ष रहेका चिरञ्जीवी नेपालले अर्थमन्त्रीसँग असहमति जनाउँदै राजीनामा समेत दिएका थिए । त्यतिबेलाको अभिव्यक्ती अहिलेसम्म चर्चामा छ । गत वर्ष मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाललको सेयर बजार सम्बन्धि एउटा अभिव्यक्तीले उनलाई विवादमा ल्याएको थियो । नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा र अर्थमन्त्री बन्दा समेत डा. युवराज खतिवडाले दिएको अभिव्यक्ति समेत विवादित बनेको थियो । उनले पनि सेयरर बजारलाई अनुत्पादक क्षेत्र भनेका थिए । कतिपय लगानीकर्ताले त्यसको विरोध पनि जनाएका थिए । खतिवडाले “सट्टेबाजका कारण सेयर बजार सुन्निएको अर्थतन्त्रको ऐना“ जस्तो बनेको अभिव्यक्ती दिएका थिए । त्यस कारण पनि उनी विवादमा तानिएका थिए । यी विभिन्ज प्रशंगहरुलाई स्ममरण गर्दै आइतबार अध्यक्ष हमालले सेयर बजार जुवाघर नभएको तर्क राखेका हुन् । उनले आफु निजी क्षेत्रबाट बोर्डको अध्यक्ष बनेको बताउँदै सबैको समस्या समाधानका लागि आफु लागि परेको बताए । यस्तै, उनले बिश्वास बढेपछि मात्रै पूँजी बजारको बिकास गर्न सकिने बताउँदै पूँजी बजारमा बिश्वास नै नभएको तर्क राखे । उनले इक्विटी भेन्चरको लागि २ वटा कम्पनीलाई लाइसेन्स दिइसकेको बताउँदै एक साता भित्रमा थप ७ वटा लाई अनुमति दिने बताए । ‘बजारमा मोनोपोली हुनु हुँदैन, फेयर प्रतिस्पर्धा हुनु पर्छ, हामीले सीआश्वा शुल्क पनि घटाएका छौँ, रियल सेक्टरका कम्पनी ल्याउनका लागि उसले बजार मूल्य पाउनुपर्छ, ब्रोकरको शाखा खोल्नका लागि बोडले अनुमती दिनु पर्छ भन्ने हुँदैन, यदि योग्य ब्रोकर कम्पनी छ भने उसले आफ्नो क्षमता अनुसार को शाखा पाउनुपर्छ,’ उनले भने । यस्तै, उनले डिजिटल प्लेटफर्म धेरै कमजोर रहेको धारणा राखेका छन् ।
सेयर बजारको ‘हटकेक’ विशाल बजारमा पस्यो महानगर, नक्सा भेटिएन, २४ घण्टामा उपस्थित हुन आदेश
काठमाडौं । काठमाडौं महानगरले विशाल बजार भवनको नक्सा २४ घण्टाभित्रमा वडा कार्यालयमा लिएर उपस्थित हुन निर्देशन दिएको छ । महानगरको टोलीले सोमबार विशाल बजारको स्थलगत अनुमगन गर्दा बेसमेन्टमा रहेको पसलहरु अनधिकृत हुनुको साथै भवनको नक्सा समेत नरहेको पाएपछि नक्सा लिएर वडा कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो । दोस्रो बजारमा विशाल बजार कम्पनीको सेयर मूल्य आज ३ हजार ४६७ मा कारोबार भइरहेकाे छ ।
सेयर बजारमा निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब बढी लगानी, कसले कति बढाए ?
काठमाडौं । निर्जीवन बीमा कम्पनीले एक वर्षमा २ अर्ब ६२ करोड रुपैयाँ सूचीकृत कम्पनीको साधारण सेयरमा लगानी गरेका छन् । बीमा समितिका अनुसार २० वटा कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ मा सो मात्राको लगानी गरेका हुन् । जुन अघिल्लो आर्थिक वर्ष (आव) को तुलनामा औषतमा ८.८१ प्रतिशतले बढी हो । कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ मा २ अर्ब ४१ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेका थिए । १९ कम्पनीमध्ये १२ कम्पनीले सेयर लगानी बढाएका छन् भने ५ कम्पनीले सेयर लगानी घटाएका छन् । त्यस्तै, बाँकी रहेका तीन कम्पनीमध्ये राष्ट्रिय बीमा कम्पनीको स्थिर छ भने अन्य दुईको शून्य लगानी छ । सेयर लगानी बढाउने कम्पनीमध्ये हिमालयन जनरल इन्स्योरेन्स बढी आक्रामक देखिएको छ । इन्स्योरेन्सले अघिल्लो वर्षको तुलनामा गत वर्षमा ४३४.१४ प्रतिशतले सेयरमा लगानी बढाएको हो । अघिल्लो आवमा २ करोड ८८ लाख रुपैयाँ बराबरको लगानी गरेको कम्पनीले गत आवमा १५ करोड ४२ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । त्यस्तै, रकमको आधारमा सबैभन्दा बढी लगानी गर्नेमा राष्ट्रिय बीमा कम्पनी देखिएको छ । कम्पनीले अघिल्लो वर्षझै गत वर्षमा पनि बराबर अर्थात ८५ करोड ९५ लाख रुपैयाँ बराबरको लगानी गरेको छ । त्यस्तै, अघिल्लो वर्ष शून्य लगानी गरेको एभरेष्ट इन्स्योरेन्सले गत आवमा ६ करोड २६ लाख रुपैयाँ बराबरको लगानी सूचीकृत कम्पनीको सेयरमा गरेको छ । सूचीकृत कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । सोहि अनुरुप नै कम्पनीहरुले दोश्रो बजारमा लगानी गर्दै आएका छन् । कसले बढाए ? कसले घटाए ?
मंगलबारको सेयर बजारः ‘टप गेनर’ र ‘टप ट्रनओभर’ दुबैमा हाइड्रो अगाडि
काठमाडौं । मंगलबारको बजारमा हाइड्रो पावर कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दो छ । सो दिन ‘टप गेनर’ र ‘टप ट्रनओभर’ दुबैमा हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेका छन् । दिनभरको कारोबारमा बढी कारोबार गर्नेको शीर्ष तीन स्थानमा हाइड्रो कम्पनी रहेका छन् । त्यस्तै, बढी प्रतिशतले सेयर मूल्य बढ्नेको सूचीमा पनि तीन वटै हाइड्रोका कम्पनी रहेका छन् । सबैभन्दा बढी कारोबार गर्नेमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको एकैदिन १४ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने ३ रुपैयाँले घटेर प्रतिकित्ता २३२ रुपैयाँमा किनबेच भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रोमा रिडी र तेश्रोमा अपि पावर कम्पनी रहेका छन् । यी दुई कम्पनीको क्रमशः ७ करोड ६५ लाख र अपि पावरको ५ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएका छन् । यी दुबैको सेयर मूल्य भने बढेर क्रमशः प्रतिकित्ता ६१५ र २७६.९० रुपैयाँ पुगेको छ । मंगलबारको बजारमा रुरु जलविद्युत परियोजना, मन्दाकिनी हाइड्रोपावर र अपर हेवा हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी तीन कम्पनीको सेयर मूल्य क्रमशः १० प्रतिशतले बढेर ९०९.७० रुपैयाँ, ९.९९ प्रतिशतले बढेर ३८२ रुपैयाँ र ९.९७ प्रतिशतले बढेर ३०१.२० रुपैयाँ पुगेको छ । प्रतिशतको आधारमा सबैभन्दा बढी सिद्धार्थ इक्विटी फण्ड घटेको छ । अघिल्लो दिनको तुलनामा उक्त फण्ड ६.८८ प्रतिशतले घटेर प्रतिइकाई ८.९४ रुपैयाँमा झरेको छ । समग्रमा मंगलबारको नेप्से परिसूचक सामान्य अंकले बढेको छ भने कारोबार रकम भने घटेको छ । परिसूचक ०.०९ प्रतिशतले बढेर २०५४.९८ अंकमा पुगेको छ । त्यस्तै, अघिल्लो दिन १ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार घटेर १ अर्ब ३३ रुपैयाँमा झरेको छ ।
सेयर बजार सामान्य अंकले घट्दा रिडीको सर्वाधिक कारोबार, मन्दाकिनीको सेयरमा सर्किट
काठमाडौं । साताको पहिलो दिन पूँजी बजार सामान्य अंकले घटेको छ । यसअघि पनि घट्दै आएको बजार आइतबार पनि घटेको हो । शुक्रबारका दिन स्थिर रहेको नेप्से परिसूचक आइतबार भने दिनभरिको उतार चढाव हुँदै सामान्य अंकले घटेर बन्द भएको छ । बैंकिङ्ग क्षेत्रमा देखिएको तरलता अभाव कायम रहेको कारण बैंकहरुले कर्जा प्रवाह गर्न रोकेका छन् । यसको प्रत्यक्ष प्रभाव पूँजी बजारमा परेको लगानीकर्ताहरु बताउँदै आएका छन् । घरजग्गा क्षेत्रमा सुरु भएको मन्दीले पनि सेयर बजार घटेको हुनसक्ने अनुमान लगानीकर्ताले गरेका छन । तर, कित्ताकाट रोक्का गरेका कारण घरजग्गा कारोबार बन्द भएकाले घरजग्गा कारोबारी व्यवसायीहरु पूँजी बजारमा आउने र नेप्से बढ्ने धारणा लगानीकर्ताको छ । अन्तराष्ट्रिय बजारमा आएको पेट्रोलियम पदार्थको मूल्य घट्दै गएकाले अर्थतन्त्र सुधार हुने संकेत देखिएको सेयर बजार जानकार बताउँछन । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बजारमा खर्च बढ्ने र रेमिट्यान्स पनि बढ्दै जाने भएकाले बजारले आगामी दिनमा बढ्ने अनुमान विज्ञहरुले गरेका छन । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.७२ प्रतिशत घटेर २०६०.५५ अंकमा बन्द भएको छ । यस्तै आज दिनभरिमा २१८ कम्पनीको ५३ लाख ३९ हजार ४ कित्ता सेयर ४३ हजार ४५५ पटक किनबेच हुँदा २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८९ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार बैंकिङ्ग समूह ०.०८ प्रतिशत, होटल एण्ड टुरिजम समूह १.०६ प्रतिशत, निर्जीवन बीमा समूह ०.१ प्रतिशत र म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह ०.४५ प्रतिशत बढेको छ । यस्तै, ट्रेडिङ्ग समूह १.९३ प्रतिशत, अन्य समूह १.६७ प्रतिशत, जीवन बीमा समूह ०.३९ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.७८ प्रतिशत, वकास बैंक समूह ०.९२ प्रतिशत, हाइड्रोपावर समूह १.१५ प्रतिशत, फाइनान्स समूह ०.९२ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.१६ प्रतिशत र म्युचुअल फण्ड समूह ०.६२ प्रतिशत घटेको छ । आज मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, उपर हेवीखोलाको सेयर मूल्य ९.९८ प्रतिशत र स्वेतगंगाको ३.५६ प्रतिशतले सेयर मूल्य बढेको छ । यस्तै, रिभरफल्स पावरको सेयर मूल्य ५.१९ प्रतिशत घटेको छ । हालै रैराङ पावरसँग मर्जर भएको रिडी पावरको सबैभन्दा धेरै १२ करोड २८ लाख ५० हजार ९६८ रुपैयाँ र अपि पावरको १० करोड २५ हजार ७०२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेयर बजारमा कारोबार रकममा पहिरो, झिनो अंक घट्यो
काठमाडौं । पूँजी बजारमा लगानीकर्तामा अन्यौलता देखिएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.३६ प्रतिशत घटेर २०४०.७० अंकमा बन्द भएको छ । लगानीकर्तामा अन्यौलता देखिएपछि बजार सामान्य घटेको हो । यसअघि हिजो दोहोरो अंकले घटेको थियो । बजार घट्ने वा बढ्ने भन्ने स्पष्ट रुपमा लगानीकर्ताले छुट्याउन नसक्दा बजारमा यस्तो अवस्था आएको लगानीकर्ता बताउँछन् । पछिल्लो समय सूचीकृत कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा असन्तुष्ट बनेका लगानीकर्ता मंगलबार राष्ट्र बैंकले आर्थिक गतिविधि सार्वजनिक गरेपछि अन्यौलता कायम भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देशको अर्थतन्त्र सुधार हुँदै गएपछि पनि लगानीकर्तामा प्रभाव परेको हुन सक्ने सेयर विज्ञ बताउँछन् । नेप्से परिसूचकसँगै कारोबार रकम पनि ह्वात्तै घटेको छ । बुधबार दिनभरिमा २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर २६ हजार १९९ पटक किनबेच हुँदा १ अर्ब ४० करोड ५९ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यसअघि मंगलबार २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार बैंकिङ्ग समूह ०.२८ प्रतिशत, ट्रेडिङ्ग समूह ०.१८ प्रतिशत, होटल एण्ड टुरिजम समूह ०.०१ प्रतिशत, अन्य समूह ०.२२ प्रतिशत, जीवन बीमा समूह ०.४८ प्रतिशत र इन्भेष्टमेन्ट समूह ०.२ प्रतिशत घटेको छ । यस्तै, विकास बैंक समूह ०.६१ प्रतिशत, हाइड्रोपावर समूह ०.६८ प्रतिशत, फाइनान्स समूह ०.४४ प्रतिशत, निर्जीवन बीमा समूह ०.४१ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह ०.०५ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.०७ प्रतिशत र म्युचुअल फण्ड समूह ०.२ प्रतिशत बढेको छ । बुधबार दिनभरिमा स्वेतगंगा हाइड्रोको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, मन्दाकिनी हाइड्रो, अपर हेवीखोलाको सेयर मूल्य ९.९९ प्रतिशत बढेको छ । यस्तै, बुधबारका दिन सामलिङ्ग पावर कम्पनीको सेयर मूल्य ५.१४ प्रतिशत घटेको छ । आज पनि रिडी पावरको २ लाख ८६ हजार ८६० कित्ता सेयर १ हजार १४८ पटक किनबेच हुँदा १८ करोड ४३ लाख ११ हजार ८९८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
राताम्य बनेको सेयर बजारमा रिडी हाइड्रोको सर्वाधिक कारोबार
काठमाडौं । सोमबार भारि अंकले बढेर हरियाली बनेको बजार दोस्रो दिन नै राताम्य बनेको छ । यसअघि सोमबार ५६ अंकले बढेको सेयर बजार मंगलबार दोहोरो अंकले घटेको हो । घट्दो बजारमा नाफा बुक गर्ने हावी हुँदा बजार घटेको सेयर लगानीकर्ता बताउँछन् । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २४.८३ अंकले घटेर २०४१.०६ अंकमा बन्द भएको छ । यसअघि सोमबार ५५.८८ अंक बढेको सेयर बजार एक दिन पनि थामिएको छैन् । निरन्तर ओरालो लाग्दै आएको सेयर बजार सोमबार बढेको थियो । तर, सोमबार बढेको बजार दोस्रो दिन नै ओरालो यात्रामा लागेको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणले पनि बजारमा लगानीकर्ताको मनोबल घटाएको घटेको बजारबाट बुझ्न सकिन्छ । मंगलबार दिनभरिमा २२१ कम्पनीको ६४ लाख ६ हजार ७३८ कित्ता सेयर ४३ हजार ३९२ पटक किनबेच हुँदा २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार ५८ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । मंगलबार बैंकिङ्ग समूह ०.२५ प्रतिशत, ट्रेडिङ्ग समूह १.७७ प्रतिशत, होटल एण्ड टुरिजम समूह ०.८७ प्रतिशत, विकास बैंक समूह २.६८ प्रतिशत, हाइड्रोपावर समूह ३.१८ प्रतिशत, फाइनान्स समूह २.६२ प्रतिशत, निर्जीवन बीमा समूह १.७१ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.९ प्रतिशत, अन्य समूह ०.७ प्रतिशत, माइक्रोफाइनान्स समूह १.२७ प्रतिशत, जीवन बीमा समूह ०.९१ प्रतिशत, म्युचुअल फण्ड समूह ०.९ प्रतिशत र इन्भेष्टमेन्ट समूह १.५५ प्रतिशत घटेको छ । यस्तै, मंगलबार अपर हेवीखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यस्तै, आज युनिलिभर नेपालको सेयर मूल्य ५.६२ प्रतिशत घटेको छ । मंगलबार रिडी पावर कम्पनीको सबैभन्दा धेरै ४० करोड ८२ लाख ४७ हजार ८८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेयर बजारका ‘बिग बुल’ भनेर चिनिने राकेश झुनझुनवालाको निधन
काठमाडाैं । चर्चित सेयर बजार लगानीकर्ता राकेश झुनझुनवालाकाे आइतबार मुम्बइस्थित अस्पतालमा निधन भएकाे छ । लगानीकर्ता झुनझुनवाला ६२ वर्षका थिए । उनलाई बिहान करिब ६.४५ बजे ब्रीच क्यान्डी अस्पताल लगिएको थियो जहाँ पुग्दा उनलाई मृत घोषित गरिएको थियो, स्रोतले जनाएको छ । दलाल स्ट्रीटको बिग बुलकाे रुपमा चिनिने उनीसँग करिब ५.५ बिलियन डलरको कुल सम्पत्ति भएको फोर्ब्सले जनाएकाे थियाे । धेरै स्वास्थ्य समस्याबाट ग्रसित उनी गत हप्ता आकाश एयरको प्रक्षेपणमा व्हीलचेयरमा देखिएका थिए ।
सेयर बजारले बैंकलाई च्यालेन्ज दिनुपर्छ : डा. श्रेष्ठ
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले नेपालको पुँजी बजारले बैंकिङ्ग क्षेत्रलाई चुनौति दिनुपर्ने बताएका छन् । बिहीबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पुँजी बजारको वर्तमान अवस्था र आगामी पाँच वर्षको सम्भावना सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । ‘सेयर बजारले बैंकलाई च्यालेन्ज दिनुपर्छ, बजारले बजारले च्यालेन्ज दिएपछि मात्रै बैंक पनि प्रतिस्पर्धात्मक बन्न सक्छन्,’ उनले भने । उनका अनुसार अर्थतन्त्रमा दुई प्रकारका फाइनान्सियल स्ट्रक्चर रहेका छन् । एउटा बैंक बेस र अर्को मार्केट (पुँजी बजार) बेस । राष्ट्र बैंकले बैंक बेस नियमन गर्छ भने मार्केट बेस भनेको अल्टरनेटिभ रहेको उनको भनाई छ । दुई वटा फाइनान्सियल स्ट्रक्चर भएपनि एकअर्काका परिपूरक भएको उनको भनाइ छ। उनले बैंकिङ्ग क्षेत्रमा लिक्वीडि नभएको बेलामा पुँजि बजारले ठूला कम्पनीलाई दिने बताए । ‘ठूला कम्पनीले बैंकबाट पैसा नपाएमा पुँजी बजारमा गएर पैसा ल्याउन सक्छन्, त्यहाँबाट पैसा उठाउन सक्छन्, बैंकबाट पैसा उठाउन सक्ने अवस्था नरहेमा प्राथमिक र दोस्रो बजारले लिक्विडिटी दिन्छ,’ उनले भने । वछिल्लो समय पुँजि बजारमा आकर्षण बढेको उनको बुझाइ छ । कर्मचारीहरुले पनि आफ्नो पेसालाई कम महत्व दिएर सेयर बजारमा कारोबार गर्ने गरेको आफुले पाएको उनले बताए । ‘पछिल्लो समय पुँजी बजारमा कर्मचारी आफ्नो प्रोफेसन बिर्सेर सेयर बजारमा आकर्षित भएका छन्, उनीहरुको झुकाव रियल लाइफभन्दा नि सेयर बजारमा बढी छ,’ उनले भने । त्यस्तै, बजारमा बण्ड ल्याउन पनि सहज वातावरण र मार्केटमा सहभागी हुन धेरै ज्ञानको आवश्यक रहने उनको भनाई छ ।
सेयर बजार सामान्य बढ्यो, ४ अर्ब ६७ करोड रुपैयाँको कारोबार
काठमाडौं । सेयर बजार निरन्तर उकालो लाग्ने क्रममा सोमबार पनि बढेको छ । आइतबार बढेको सेयर बजार सोमबार पनि सामान्य अंकले बढेको हो । यसअघि आइतबार भारि अंकले बढेको बजार सोमबार दिनभरि उतारचढाबका बीच सामान्य अंकले बढेको हो । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.१५ अंकले बढेर २१९६.२५ अंकमा बन्द भएको छ । यसअघि हिजो आइतबार ५४.५८ अंकले बढेको थियो । सोमबार दिनभरिमा २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता ६७ लाख २०५ पटक किनबेच हुँदा ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ रुपैयाँ बराबरको भएको थियो । आइतबार अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त भएपछि लगानीकर्ताहरुलाई सेयर किन्ने वा बिक्री गर्ने भन्नेमा अन्यौल जस्तो देखिएको छ । आइतबार बैंकिङ्ग समूह ०.४ प्रतिशत, ट्रेडिङ्ग समूह ३.५४ प्रतिशत, हाइड्रोपावर समूह ०.७२ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.९९ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.७१ प्रतिशत बढेको छ । त्यस्तै, होटल एण्ड टुरिजम समूह २ प्रतिशत, विकास बैंक समूह १.४५ प्रतिशत, फाइनान्स समूह ०.१ प्रतिशत, निर्जीवन बीमा समूह ०.२३ प्रतिशत, अन्य समूह ०.६५ प्रतिशत, माइक्रोफाइनान्स समूह १.१८ प्रतिशत, जीवन बीमा समूह ०.१९ प्रतिशत, म्युचुअल फण्ड समूह ०.३९ प्रतिशतले घटेको छ । सोमबार बुटवल पावर कम्पनीको ६.९५ प्रतिशतले सेयर मूल्य बढेको छ । राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर मूल्य ५.२९ प्रतिशत घटेको छ ।
सेयर बजार ५४.५८ अंक बढ्दा बीमामा लगानीकर्ताको रूचि, ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो
काठमाडौं । निरन्तर बढिरहेको सेयर बजारले आइतबार पनि निरन्तर पाएको छ । यसअघि गत साता सुधार आएको बजारमा यस साताको पहिलो दिन पनि हरियाली छाएको छ । सेयर बजार आइतबार भारि अंकले बढेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४.५८ अंकले बढेर २१९५.१० बिन्दुमा आएर बन्द भएको हो । आज २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४७६ कित्ता सेयर ६७ हजार ७४० पटक किनबेच भएको छ । आइतबारको बजारमा जम्मा ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ रुपैयाँ बराबरको कारोबार भएको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर बजार सम्बन्धी सकारात्मक व्यवस्था गरेकाले सेयर बजार निरन्तर उकालो लागेको सेयर विश्लेषकहरु बताउँदै आएका छन् । आइतबार बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । अन्य समूहभन्दा जीबन बीमा र निर्जीबन बीमा समूहका कम्पनीको सेयर मूल्य बढेका छन् । त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले आजभेलि नै अर्थमन्त्री नियुक्त गर्ने चर्चा छ । बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न गराएको आरोप लागेपछि राजीनामा दिएका जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने समाचार सार्वजनिक भएपछि सेयर बजार बढेको बिश्लेषक बताउँछन् । आइतबार बैंकिङ्ग समूह २.९२ प्रतिशत, ट्रेडिङ्ग समूह ३.६२ प्रतिशत, होटल एण्ड टुरिजम समूह २.७२ प्रतिशत, विकास बैंक समूह ०.७८ प्रतिशत, हाइड्रोपावर समूह ०.८ प्रतिशत, निर्जीवन बीमा समूह ४.५१ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.८३ प्रतिशत, अन्य समूह ३.२६ प्रतिशत, माइक्रोफाइनान्स समूह १.१ प्रतिशत, जीवन बीमा समूह ४.१६ प्रतिशत, म्युचुअल फण्ड समूह ०.७५ प्रतिशत र इन्भेष्टमेन्ट समूह ४.७६ प्रतिशत बढेको छ । यता आज फाइनान्स समूह १.६ प्रतिशतले घटेको छ । आइतबार आइएमई जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनील, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेको छ ।
वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सेयर बजारको मालिक बनाइँदै
काठमाडौं । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई पनि धितोपत्रको कारोबारमा जोड्ने भएको छ । विशेषगरी विप्रेषणलाई वैधानिक तबरले भित्र्याउने तथा त्यसबाट थप पूँजीको विस्तार गर्ने लक्ष्यका साथ बोर्डले प्राथमिक सेयर निष्काशनमा १० प्रतिशत बराबरको स्यर आरक्षण गर्ने नीति तय गरेको छ । त्यसका लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा संशोधन गर्ने भएको छ । बोर्डको चालु आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष रमेश हमालले विप्रेषण पठाउने श्रमिकको हितका लागि यस्तो नीतिको प्रबन्ध गरिएको जानकारी दिए । धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुल्ला गर्न धितोपत्रसम्बन्धी कानुनमा आवश्यक संशोधन तथा परिमार्जन गरिने भएको छ । बोर्डलाई थप जवाफदेहितासहितको अधिकार सम्पन्न नियमन निकाय बनाउनका लागि धितोपत्र तथा वस्तु विनिमय बोर्डसम्बन्धी विधेयक तथा धितोपत्र व्यवसायीको नियमन तथा सुपरिवेक्षण कार्यलाई प्रभावकारी बनाउन धितोपत्र विनियमसम्बन्धी विधेयकको मस्यौदा कार्य अगाडि बढाइने अध्यक्ष हमालले जानकारी दिए । साथै धितोपत्र व्यवसायीको लागि संस्थागत सुधारसम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गरिने भएको छ । बजारमा हुने सूचना तथा विवरण प्रवाहको सहज एवं सदृढ व्यवस्था गर्न विवरण प्रवाह तथा प्राप्ति प्रणाली विकास गरिएकामा त्यसलाई थप प्रभावकारी बनाउने बोर्डको योजना छ । धितोपत्र बजारमा राफसाफमा आउन सक्ने समस्या समाधानका लागि आवश्यक अक्सन मार्केटको विकास तथा सञ्चालनसम्बन्धी अध्ययन गर्ने बोर्डको योजना छ । बोर्ड कर्मचारीको सेवा सर्त नियमावलीलाई समयानुकूल बनाउनुका साथै बोर्ड पदाधिकारीलाई आचारसंहिताले बाँध्नका लागि थप पुनरावलोकन एवं समसामयिक बनाउने लक्ष्य राखिएको छ । बोर्डले समग्र रुपमा वर्षभरि कार्यक्रमको ढाँचा तथा रुपरेखा सार्वजनिक गरेको छ । यसबाट नेपालको समग्र सेयर बजारको विकास र विस्तारमा सहयोग पुग्ने विश्वास लिइएको छ । शेयर बजारमा साना लगानीकर्ताको हितको सम्वद्र्धन गर्ने र ठूला लगानीकर्ताको अनावश्यक चलखेल नियन्त्रणका लागि समेत प्रभावकारी नीति तथा कार्यक्रमको प्रबन्ध गरिएको अध्यक्ष हमालले जानकारी दिए । बजारको विस्तारका लागि आवश्यक सबै उपायको अवलम्बन गर्ने लक्ष्य बोर्डले लिएको छ । रासस
नाफा बुक गर्नेको हावी हुँदा घट्यो सेयर बजार
काठमाडौं । मौद्रिक नीति सार्वजनिक गरेको तेस्रो दिनमा आएर सेयर बजारमा राताम्य छाएको छ । मौद्रिक नीति सार्वजनिक भएको २ दिन लगातार बढेको सेयर बजार तेस्रो दिनमा आएर भारि अंकले घटेको छ । सार्वजनिक कार्यक्रममा नै विभिन्न संघ संस्थाका अध्यक्ष लगायतले नै मौद्रिक नीतिका तरलताको समस्या कायम रहने वक्तव्य दिएका कारण लगानीकर्तामा निराशा छाएको छ । साथै नेपाल बैंकर्स संघले झण्डै ६४ अर्ब रुपैयाँ निक्षेप घटेको तथ्याङ्क सार्वजनिक गरेपछि सेयर बजारमा प्रभाव परेको सेयर जानकार बताउँछन् । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४.८० अंकले घटेर २०८८.१६ बिन्दुमा झरेको छ । साथै आज दिनभरिमा २२२ कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता सेयर ६० हजार ५१७ पटक किनबेच हुँदा ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको कारोबार भएको नप्सेले जनाएको छ । दुई दिन लगातार उच्च अंकले सेयर बजार बढेपछि लगानीकर्ताले नाफा बुक गर्न खोज्दा बजार घटेको सेयर जानकारहरुले बताएका छन् । साथै ब्याजदर अझै बढ्न सक्ने भएकाले पनि बजारमा त्यसको प्रभाव परेको बताइएको छ । मंगलबार बैंकिङ्ग समूह १.७९ प्रतिशत, ट्रेडिङ्ग समूह २.३९ प्रतिशत, होटल एण्ड टुरिजम समूह २.७७ प्रतिशत, विकास बैंक समूह २.९६ प्रतिशत, हाइड्रोपावर समूह १.९४ प्रतिशत, फाइनान्स समूह २.७७ प्रतिशत, निर्जीवन बीमा समूह १.२४ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.७३ प्रतिशत, अन्य समूह ३.५६ प्रतिशत, माइक्रोफाइनान्स समूह २.२८ प्रतिशत, जीवन बीमा समूह १.३३ प्रतिशत, म्युचुअल फण्ड समूह १.२३ प्रतिशत र इन्भेष्टमेन्ट समूह २.५६ प्रतिशत घटेको छ । आज मल्टिपर्पाेज फाइनान्स कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ९.३२ प्रतिशत बढेको छ । त्यस्तै सूर्याेदय वोमी लघुवित्तको ६.७२ प्रतिशत र युनाइटेड मोदी हाइड्रोपावरको सेयर मूल्य ६.१९ प्रतिशत बढेको छ । सबैभन्दा धेरै गणपति लघुवित्तको ६.८२ प्रतिशतले सेयर मूल्य घटेको छ । त्यस्तै, सिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन १९ करोड ३६ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
मौद्रिक नीतिको प्रभाव सेयर बजारमा, १० मिनेटमा दोहोरो अंकले बढ्यो
काठमाडौं । सेयर बजार खुलेको १० मिनेटमा दोहोरो अंकले बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो दिन नै सेयर बजार बढेको हो । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) खुलेको १० मिनेटमा नेप्से परिसूचक १२.२९ अंकले बढेको हो । समाचार तयार पार्दासम्म झण्डै साढे २२ करोड रुपैयाँ बराबरको कारोबार भएकोछ । १६८ कम्पनीको ५ लाख ३९ हजार कित्ता सेयर ३ हजार ३०६ पटक किनबेच हुँदा २२ करोड ४१ लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । म्युचुअल फण्डबाहेक सबै उपसमूहमा हरियाली छाएको छ । राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको थियो । मौद्रिक नीति सेयर बजार अनुकुल आएपछि सेयर बजार बढेको हो ।
सेयर बजारको लागि मौद्रिक नीति : साना लगानीकर्तालाई बढी फाइदा
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिले सेयर बजारलाई राहात मिलेको छ । बैंकका गर्भनर महाप्रसाद अधिकारीले सार्वजनिक गरेका १३३ बुँदे मौद्रिक नीतिमध्ये विशेष गरी ३ वटा बुँदाले सेयर बजारलाई केही राहात मिल्ने जानकारहरू बताउँछन् । बजारका जानकार अनुसार बुँदा नम्बर ९८, ९९ र १०० ले सेयर बजारको लागि सकारात्मक रहेका छन् । जसमध्ये बुँदा नम्बर ९८ मा भनिएको छ ‘बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइनेछ ।’ राष्ट्र बैंकले गरेको यो व्यवस्थाले मर्जर तथा एक्विजिशनको नाममा वर्षौंदेखि सम्बन्धित लगानीकर्ताको सम्पत्ति बन्धक हुने समस्या हट्ने सम्भावना बढी छ । यद्पि, सो व्यवस्था नेपाल धितोपत्र बोर्डमार्फत गरिने भनिएको छ । त्यसैगरी, एउटै व्यक्ति, परिवार तथा कम्पनीले सेयर कर्जा एउटा बैंकबाट बढीमा ४ करोड र सबै बैंकबाट बढीमा १२ करोड लिन पाउने व्यवस्थालाई नयाँ मौद्रिक नीतिले ४ करोडको सीमालाई हटाएर अब एउटा बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्मको ऋण लिन पाउने व्यवस्था गरेको हो । उक्त व्यवस्था बुँदा नम्बर ९९ उल्लेख छ । ‘सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरुबाट लिनसक्ने गरी अधिकतम सीमा रु.१२ करोड कायम गरिनेछ । सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने ’ बुँदा नम्बर ९९ले भनेको छ । ‘सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्ने व्यवस्था यथावत राखिएको छ ।’ यसअघि उक्त सीमा १५० प्रतिशत थियो । भिडियो हेर्न यसमा क्लिक गर्नुहोस् सेयर लगानीकर्ता दवाव समूहका अध्यक्ष हरि ढकाल यो वर्षको मौद्रिक नीतिले साना लगानीकर्ता तथा ऋणीलाई सहज हुने बताउँछन् । ‘गत मौद्रिक नीतिले कसेको सेयर बजारलाई यो वर्ष त्यस्तो भएन, कर्जाको जोखिम भार, धितो कर्जामा हटेको ४ करोडको सीमाले विशेष त साना लगानीकर्ता तथा साना ऋणीलाई सहज बनाएको छ र मर्जरमा गएका कम्पनीको कारोबार रोक्का हुने प्रावधान खारेज गरेको छ, अब पुसको समीक्षा कस्तो आउँछ, अहिलेलाई बजारलाई थोरै भएपनि राहात हुने खालको छ,’ उनले भने । नेपाल इन्भेष्टर्स फोरममा पूर्वअध्यक्ष छोटेलाल रौनियारले यो वर्षको मौद्रिक नीति लगानीकर्ताले खोजेको जस्तो नभएपनि समग्रमा ठिकै रहेको बताएका छन् । ‘मौद्रिक नीतिले बजारलाई राहात भयो,’ उनले भने ‘सेयरधितो कर्जामा ४ करोडको सीमा हटाइयो, साना लगानीकर्ताले लिने कर्जाको जोखिम भार २५ लाखसम्मको १०० प्रतिशतले गरेर त्योभन्दा बढी १५० प्रतिशत राखिएको छ र मर्जर तथा एक्विजिसनमा कारोबार नरोकिने नीति पनि राम्रो हो ।’ नयाँ मौद्रिक नीतिको बारेमा टीप्पणी गर्दै ब्रोकर्स एशोसिएशनका पूर्वअध्यक्ष नरेन्द्र सिजापति सामाजिक सञ्जालमा लेख्छन्, ‘आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिले नीतिगत रुपमा सेयर बजारको साँढेको घाँटी र खुट्टामा बाधिएको दाम्लोमध्ये खुट्टाको दाम्लो खोलिएको छ, धन्यवाद !’
मौद्रिक नीति चुहिएपछि सेयर बजारमा गिरावट, कम्पनीलाई मात्र ४/१२ को सीमा हट्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४ बजे मौद्रिक नीति सार्वजनिक गर्दैछ । मौद्रिक नीति सार्वजनिक हुनुपूर्व नै सेयर बजारलाई प्रभावित गर्ने सूचनाहरु चुहिएका छन् । आजै शेयर बजारमा २७ अंकको गिरावट आएको छ । एउटै व्यक्ति, परिवार तथा कम्पनीले सेयर कर्जा एउटा बैंकबाट बढीमा ४ करोड र सबै बैंकबाट बढीमा १२ करोड लिन पाउने व्यवस्थालाई नयाँ मौद्रिक नीतिमा केही संशोधन गरिने भएको छ । उक्त व्यवस्था व्यक्ति तथा परिवारको लागि यथावत रहने भएको छ भने कम्पनीको हकमा उक्त सीमा नलाग्ने व्यवस्था गर्न लागिएको छ । संशोधित नयाँ व्यवस्थाले पुँजी बजारलाई सहयोग नगर्ने भएकोले शुक्रबारको बजारमा उच्च गिरावट आएको लगानीकर्ताहरु बताउँछन् । ‘कर्जा लिएर सेयरमा लगानी गर्ने गरी कम्पनीको संख्या नगन्य छ, व्यक्तिलाई दिने कर्जाको सीमा नबढ्ने भयो’ एक लगानीकर्ताले भने- ‘त्यहि भएर बजार घट्यो । मौद्रिक नीति मार्फत ४/१२ को सीमा हट्ने अनुमानसहित गत साता सेयर बजारमा मूल्य र कारोबार दुबै बढेको थियो । शुक्रबार भने नेप्से परिसूचक २७.२६ विन्दुले घटेर २०१७ अंकमा सीमित भएको छ । आज एक अर्ब ४४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । राष्ट्र बैंकले समग्रमा कर्जा विस्तार नियन्त्रण गर्ने, उत्पादन मुलक क्षेत्रमा जाने कर्जालाई प्रोत्साहित गर्ने र सेयर, घर जग्गा, गाडी लगायत अनुत्पादक क्षेत्रमा जाने कर्जा लगानी नियन्त्रण गर्ने नीतिगत व्यवस्थालाई जोड दिने भएको छ । यसले पनि आजको सेयर बजार प्रभावित गरेको लगानीकर्ताहरु बताउँछन् । सेयर लगानीकर्ता दवाद समूहका अध्यक्ष हरि ढकाल पनि शुक्रबारको बजार नचाहिने हल्लाले घटेको बताउँछन् । ‘बजारमा व्याजदर बढ्ने लगायतका नकारात्मक हल्ला खल्ला छ, त्यसैले घटीरहेको हो,’ उनले विकासन्युजसँग भने । नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियार भने बजारमा मौद्रिक नीति चुहियो भन्ने हल्ला रहेको बताएका छन् । तर आफ्नो जानकारीमा भने त्यस्तो केही पनि नभएको उनको भनाई छ । ‘मौद्रिक नीतिमा अनउत्पादक क्षेत्रको ब्याज रिटर्न बढाउने, तर उत्पादक क्षेत्रको ब्याजदर यथावत राख्ने अथवा १/२ प्रतिशत घटाउने होला,’ रौनियारले बताए ।
सेयर बजार ११.६८ अंकले बढ्यो, १ अर्ब ७० करोडको कारोबार
काठमाडौं । मंगलबार सेयर बजार ११.६८ अंकले बढेको छ । यसअघि निरन्तर घटिरहेको नेप्से परिसूचक मंगलबार भने बढेको हो । आज (मंगलबार) ४९ लाख ६७ हजार हजार ५६१ कित्ता सेयर खरिद बिक्रीबाट कुल १ अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७७ रुपैयाँको कारोबार भएको हो । कारोबारमा १३० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । आज सप्तकोसी जलविद्यत् आयोजनाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आधा घण्टामै ४२ अंकले घट्यो सेयर बजार
काठमाडौं । सेयर बजार ४२ अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ४२.०१ अंकले घटेको हो । यो समाचार तयार पार्दा सम्म अर्थात बिहान ११ बजेर ३९ मिनेट जाँदा ८ लाख ४२ हजार १६२ कित्ता सेयर खरिदबिक्रीबाट कुल ३६ करोड ६२ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।