सेयर बजारका ‘बिग बुल’ भनेर चिनिने राकेश झुनझुनवालाको निधन

<p>काठमाडाैं । चर्चित सेयर बजार लगानीकर्ता राकेश झुनझुनवालाकाे आइतबार मुम्बइस्थित अस्पतालमा निधन भएकाे छ । लगानीकर्ता झुनझुनवाला ६२ वर्षका थिए । उनलाई बिहान करिब ६.४५ बजे ब्रीच क्यान्डी अस्पताल लगिएको थियो जहाँ पुग्दा उनलाई मृत घोषित गरिएको थियो, स्रोतले जनाएको छ । दलाल स्ट्रीटको बिग बुलकाे रुपमा चिनिने उनीसँग करिब ५.५ बिलियन डलरको कुल सम्पत्ति [&hellip;]</p>

काठमाडाैं । चर्चित सेयर बजार लगानीकर्ता राकेश झुनझुनवालाकाे आइतबार मुम्बइस्थित अस्पतालमा निधन भएकाे छ । लगानीकर्ता झुनझुनवाला ६२ वर्षका थिए ।

उनलाई बिहान करिब ६.४५ बजे ब्रीच क्यान्डी अस्पताल लगिएको थियो जहाँ पुग्दा उनलाई मृत घोषित गरिएको थियो, स्रोतले जनाएको छ ।

दलाल स्ट्रीटको बिग बुलकाे रुपमा चिनिने उनीसँग करिब ५.५ बिलियन डलरको कुल सम्पत्ति भएको फोर्ब्सले जनाएकाे थियाे । धेरै स्वास्थ्य समस्याबाट ग्रसित उनी गत हप्ता आकाश एयरको प्रक्षेपणमा व्हीलचेयरमा देखिएका थिए ।

Share News