बुधबार पनि बढ्यो सेयर बजार, दुई कम्पनीमा लाग्यो सर्किट
काठमाडौं । बुधबार पनि सेयर बजार बढेको छ । नेपाल स्टक एक्सेचेन्जको अनुसार बुधबार सेयर बजार बढेर १९५९.१२ विन्दुमा पुगेको छ । बजार यसरी बढ्दा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा आत्मानिर्भर लईुवित्त वित्तिय संस्था र युनिलिभर नेपाल लिमिटेड रहेको छ । सकारात्मक सर्किट लाग्दा आत्मानिर्भर लघुवित्तको सेयरधनीले प्रतिकित्ता १३६.६० रुपैयाँ कमाएका छन् भने युनिलिभर नेपालका सेयरधनीले प्रतिकित्ता दुई हजार ७९० रुपैयाँ कमाएका छन् । आज ४८ लाख ६५ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८७ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको १४ करोड रुपैयाँको भएको छ ।
सेयर बजारमा छायो हरियाली, ५१ अंकले बढ्यो नेप्से
काठमाडौं । मंगलबार सेयर बजार ५१.३१ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार बढेर १९४२.६३ विन्दुमा पुगेको छ । बजार यसरी उल्लाहस् रुपमा बढ्दा कुल दुई अर्ब २० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर किनबेच भएको छ । जसमा सबैभन्दा बढी शिवम् सिमेन्टको १० करोड रुपैयाँकाे कारोबार भएको छ । आज भएको कुल कारोबार झण्डै तीन महिनापछिको उच्च हो । यसअघि फागुन १७ गते नेप्सेमा दुई अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसयता नेप्सेमा एक अर्बकै हाराहारीमा कारोबार भइरहेको थियो । यस्तै, आज ४ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीहरु सबै लघुवित्त रहेका छन् । सर्किट लाग्नेमा क्रमशस् कालिका लघुवित्त वित्तिय संस्था, खप्तड लघुवित्त वित्तिय संस्था, आत्मनिर्भर लघुवित्त वित्तिय संस्था र सामुदायिक लघुवित्त वित्तिय संस्था रहेका छन् । आज कालिका लघुवित्तका सेयरधनीले प्रतिकित्ता ६१ रुपैयाँ, खप्तडका सेयरधनीले प्रतिकित्ता ८२.२० रुपैयाँ, आत्मनिर्भर लघुवित्तका सेयरधनीले प्रतिकित्ता १२४.२० रुपैयाँ र सामुदायिक लघुवित्तका सेयरधनीले ७७.२० रुपैयाँ कमाएका छन् ।
अब सेयर बजार ५४३० को बिन्दुमा पुग्छ : लगानीकर्ता अम्बिर बोगटीको विश्लेषण
वि.सं.२०७२ सालदेखि सेयर बजारमा अनलाइन प्रणाली पूर्ण रुपमा कार्यान्वयनमा आयो । अनलाइनबाटै घरमा बसेर कारोबार गर्न पाउने व्यवस्था मिल्यो । सेयर बजार परिसूचक १०९८ अंकबाट बढेर ३२ सय अंकमा पुगेको बेला विद्यार्थी, गृहणी, कर्मचारी लगायत सबै सेयर बजारमा प्रवेश गरे । सेयरमा लगानी गरेपछि फाइदा पनि मनग्य हुने अवस्था थियो । ५६ लाखभन्दा बढी लगानीकर्ताले डिम्याट खाता खोलेका छन् । ३२ सय अंकमा पुगेको सेयर बजार १८ सय अंकमा झरेपछि सक्रिय लगानीकर्ताको संख्या पनि घटेर २० लाख कायम भएको छ । वि.सं.२०६३ चैत्र २८ गते सम्पन्न पहिलो संबिधान सभाको चुनाबपछि वि.सं.२०६४ सालमा नेपाल कम्युनिष्ट पार्टी माओवादी पार्टीको सरकार बन्यो । माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि देशमा आर्थिक गतिविधि बढे । बैंक तथा वित्तिय संस्थाहरु पनि धमाधम खुल्न थाले । घरजग्गा व्यवसाय पनि चम्कियो र सेयर बजार परिसूचक बढेर वि.सं. २०६५ भदौमा ११७५ अंकमा पुगेको थियो । सेयर बजारमा लगानी गर्नेले धेरै नाफा गरेको चर्चा थियो । मैले पनि सोही वर्षको माघदेखि सेयर बजारको अध्ययन गर्न थालें । जतिबेला म तत्कालीन सिभिल बैंकको संस्थापक थिएँ । ६ महिनामा सेयर बजार झण्डै ५० प्रतिशतले बढ्यो । एक वर्षमा १ सय प्रतिशतले बढ्ने देखियो । अन्य क्षेत्रमा वार्षिक १५÷२० प्रतिशत मात्रै नाफा हुन्छ । सेयर बजारमा लगानी गर्दा १ वर्षमा शतप्रतिशत नाफा हुन्छ भने १० वर्षमा १ हजार प्रतिशत फाइदा गर्न सकिन्छ भन्ने सोच बनाएर सेयर बजारमा प्रवेश गरेको थिएँ । त्यतिबेला बाबुराम भट्टराई अर्थमन्त्री हुनु हुन्थ्यो । विद्रोही पृष्ठभूमिबाट आएको हुँदा उहाँले सेयर बजार भनेको जुवा घर हो, यसमा लगानी गर्दा सजग भएर लगानी गर्नु होला भन्नु भयो । सेयर बजार यति सेन्सेटिभ हुने रहेछ कि सरकारमा रहेका जिम्मेवार ब्यक्ति तथा नीति निर्माताहरुले बोल्दाखेरी बहुत सोच विचार गरी बोल्नु पर्ने रहेछ । तत्कालीन समयमा उहाँले बोलेको सानो कुराले सेयर बजारलाई ठूलो असर पर्न गयो । बाबुराम भट्टराईले सो धारणा राखेपछि भदौमा ११७५ अंक रहेको सेयर बजार परिसूचक वि.सं.२०६६ साउनमा ७५० अंकमा झर्याे । झण्डै ३६ प्रतिशतले सेयर बजार परिसूचक घटेको थियो । मैले पनि सेयर बजार नेप्से परिसूचक ७५० अंक हुँदा लगानी गर्न सुरु गरेको थिएँ । वि.सं.२०६८ चैत्रमा नेप्से परिसूचक २९२ अंकमा झरेपछि मैले सुरुमा आफूसँग भएको पैसा र स्थीर सम्पति बेचेर आएको रकम झण्डै २० करोड जति लगानी गरेको रकम ६÷७ करोडमा झर्याे । १ सय रुपैयाँको लगानी ३९ रुपैयाँमा सीमित भयो । त्यसपछि सेयर बजारले डुबाउने रहेछ, जुवा घर नै रहेछ भन्ने लाग्यो । तर, २०६९ बैशाखदखि सेयर बजार बढेर वि.सं.२०७३ असारमा नेप्से परिसूचक १८८१ अंकमा पुग्यो । लगानी गरेको रकम तेब्बरले बढ्यो । त्यसपछि बजारमा रस बस्न थाल्यो । लगानी बढाउँदै पोर्टफोलियो पनि बढाउन थालेँ । सेयरमा लगानी गर्नका लागि कर्जा पनि लिन थालेँ । १५ वर्षको अवधिमा सेयर बजारको ट्रेण्ड वि.सं.२०६५ भाद्र मा नेप्से परिसूचक ११७५ को उच्चतम अंक रहेको सेयर बजार वि.सं.२०६६ साउनमा ३६ प्रतिशतदेखि ७५ प्रतिशतसम्म घटेर ७५० अंक हुदै २०६८ चैत्रमा २९२ न्युनतम अंकमा झर्याे । नेप्से परिसूचक वि.सं.२०६५ भदौको ११७५ अंकलाई आधार मान्दा १६० प्रतिशत बढेर २०७३ असारमा नेप्से परिसूचक १८८१ अंक पुग्यो । १८८१ अंक रहेको सेयर बजार ४०÷४२ प्रतिशत घटेर वि.सं.२०७६ फागुनमा १०९८ अंकमा झर्याे । वि.सं.२०७३ सालमा १८८१ अंक हँदा लगानी गरेका लगानीकर्ताको सम्पत्ति ५८ प्रतिशतमा सीमित भयो । सोही फिगर वि.सं.२०७८ सालमा ३२०० अंक पुग्यो । वि.सं.२०७३ असारमा ११७५ अंकलाइ आधार मान्दा १८० प्रतिशत र वि.सं.२०७६ फागुनको न्यूनतम बिन्दु १०९८ लाई आधार मान्दा झण्डै ३ सय प्रतिशत सेयर बजार बढ्यो । यसरी बढेको नेप्से परिसूचक ३२ सय अंक पुगेको बजार वि.सं.२०८० बैशाखमा १८०८ अंकमा झरेको थियो । अहिले लगानीकर्ताको लगानी ४२÷४३ प्रतिशतले घटेको छ । लगानीकर्ताहरुले ३२ सय अंक हुँदा १ सय रुपैयाँ लगानी गरेको थियो भने अहिले घटेर ५७÷५८ रुपैयाँ मात्रै बाँकी रहेको छ । यी सबै तथ्याङ्क विश्लेषण गर्दा ४÷५ वर्षमा बजारको फिगर घट्ने र बढ्ने गरेको देखिन्छ । यस्तै, सेयर बजार ३ वर्ष घट्ने र २ वर्ष बढ्ने वितगको तथ्याङ्कले देखाउँछ । त्यसैले अब नेप्से परिसूचक ३२ सय अंकको फिगरलाई आधार मान्दा वि.सं.२०८२ असारमा सेयर बजार १६०÷१७० प्रतिशत बढेर नेप्से परिसूचक ५४०० अंक सम्म पुग्ने देखिन्छ । वि.सं.२०८० बैशाखको नेप्से परिसूचक १८०८ अंकलाई आधार मान्दा ३०० प्रतिशत फिगर बढ्न सक्ने देखिन्छ । यी सबै तथ्याङ्क विश्लेषण गर्दा बजार बढ्दाखेरी न्यूनतम विन्दुबाट ३ सय प्रतिशतसम्म बढेको देखिन्छ भने उच्चतम अंकलाई आधार मान्दा ४०÷४५ प्रतिशत सम्म घटेको देखिन्छ । जस्तो सेयर बजार नेप्से परिसूचक ११७५ अंक हुदै २९२ अंकमा झर्दा ६२ प्रतिशत र १८८१ अंकलाई आधार मान्दा ४२ प्रतिशत सम्म घटेको थियो । १८८१ अंकलाई आधार मान्दा ४२ प्रतिशत घटेर १०९८ अंकमा झरेको थियो । नेप्से परिसूचक १०९८ अंकलाई अन्तिम घटेको विन्दु मान्ने हो भने ३२ सय अंक पुग्दा बजार २९१ प्रतिशत बढेको थियो । अब नेप्से परिसूचक ३२ सय अंकलाई आधार मान्दा ४३.५ प्रतिशत घटेर १८०८ अंकमा झरेको देखिन्छ । हाल बजारमा नेप्से परिसूचक १८÷१९ सय अंकमा नै कारोबार भइरहेको छ । सबै उद्यमी ब्यबसायी लगानीकर्ताहरु ब्याजदर घट्नु पर्छ भनेर आवाज उठाईरहेका छन् । केहीले आन्दोलन पनि गरिरहेका छन् । सरकारको इच्छाशक्ती, नेपाल राष्ट्र बैकको केही नितिगत संशोधन, सुधार तथा बैक तथा वित्तीय संस्थाहरुको चाहना अनि सरोकारवालाहरुको सहयोग भएमा अहिलेको बैक कर्जा तथा ब्याजदर सम्बन्धी समस्या सहजै समाधान हुन सक्छ । नीति नियममा राष्ट्र बैंकले पनि सहजीकरण गर्नु पर्छ । समय परिस्थिती अनुसार देशको अर्थव्यवस्था, अन्तर्राष्ट्रिय प्रचलन, देशको ब्यालेन्स अफ पेमेन्ट, विदेशी मुद्रा सञ्चिती हेरेर राष्ट्र बैंकले कडाइ गर्नु स्वभाविक हो । सेयर बजारलाई धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, सरकार लगायत सबै निकायले लगानीमैत्री नीति नियम बनाई सेवा सुबिधा दिनु पर्छ । सरकारले करका सिलिङलाई समय सापेक्ष बनाई सेयर बजारमा लगानी गर्ने लगानीकर्तालाई कर तिर्न सक्ने वातावरण बनाउनुपर्छ । नेपाल राष्ट्र बैंकले कर्जामा लगाउने क्यापिटल चार्ज÷जोखिमभार र कर्जा प्रवाहमा सहजीकरण गर्याे भने सेयर बजारमा सकारात्मक प्रभाव पर्छ । नेपाल धितोपत्र बोर्डले पनि नीति नियम बनाउँदा सरलीकृत र लगानीमैत्री बनाउनु पर्छ । सेयर बजार भनेको ब्यबस्थापन गर्न सक्ने एउटा उच्च जोखिमले भरिएको व्यवसाय हो । जोखिमको व्यवसाय भन्दैमा वित्तीय विवरण बिग्रीएका, संस्थापक÷संस्थापक,संचालक÷संचालकहरुमा दन्द्ध भएका, समस्यामा परेका, सस्थागत सुशासन राम्रो नभएका, लाभांश इतिहास राम्रो नभएका कम्पनीलाई बजारमा प्रवेश रोक लगाउनु पर्छ । राम्रा कम्पनी, संस्थागत सुशासन राम्रो भएका, लाभांशमा अब्बल, अनुभवी संस्थापक, सञ्चालक उच्च ब्यबस्थापन तथा कर्मचारी बीच सहकार्य राम्रो भएका, आर्थिक अनुसाशन अब्बल भएका÷गरेका कम्पनीहरुलाई पूँजी बजारमा ल्याउनु पहल गर्नुपर्छ । लगानीकर्ताहरुले पनि सबै सुचकहरु राम्रो भएका कम्पनीहरु छनोट गर्न सक्नु पर्छ । सेयर बजार घटेको बेला सबै कम्पनीको मूल्य घटेको हुँदैन । बजार बढेको बेलामा पनि सबै कम्पनीको मूल्य बढेको हुँदैन । केही त्यस्ता कम्पनीहरु छन्, जुन घट्दा थोरै घट्छन्, अनि बढ्दा धेरै बढ्छन् । ती कम्पनी छनोट गरेर लगानी गर्ने हो भने हामी सुरक्षित हुन सकिन्छ । हल्लाको भरमा लगानी गर्ने हो भने बजारमा जहिले पनि डुबिन्छ । सेयर बजार फुटबल जस्तै हो । बललाई जति तल बजार्याे त्यति नै माथि जान्छ । वि.सं.२०६५ भाद्रमा ११७५ अंक हुदा १ सय रुपैयाँ लगानी गरेको रकम २०६८ चैत्रमा २९२ अंक हुदा घटेर सो लगानी २५ रुपैयाँ मात्रै बचेको थियो त्यस्तै वि.सं. २०६८ सालमा २९२ अंकमा झरेको बजार ५ वर्ष अर्थात् वि.सं. २०७३ सालमा १८८१ अंक पुग्यो । अहिलेको असर भनेको कोरोना महामारी कै प्रभाव हो । सन् २०१९ देखि सुरु भएको कोरोना महामारी २०२१÷२०२२ सम्म रह्यो । जसले होटल÷पर्यटन व्यवसायमा अहिलेसम्म पनि असर गरिरहेको छ । साथै, रुस र यूक्रेनको युद्धले खाद्यान्न लगायत इन्धन तथा कच्चा पदार्थको अभाव भई अन्तराष्ट्रिय रुपमै मुल्य बृद्दि भयो र बिश्बब्यापी आर्थीक मन्दि भई उद्योग व्यवसायमा नकारात्मक असर पर्याे । अन्तर्राष्ट्रिय आर्थीक चेन नै खलबल्याएको छ । दक्षिण एशियाका राष्ट्रहरु श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स लगायतका देशको आर्थीक अबस्था बिग्रिएर टाट पल्टिने अवस्थामा पुगे । नेपालमा भारतीय रुपैयाँसँग स्थीर विनिमयदर भएका कारण कम असर पर्याे । डलरको मूल्य तलमाथि हुँदा पनि भारतीय रुपैयाँमा कारोबार गर्न सकिन्छ नेपालको झण्डैलदुईतिहाइ आर्थीक कारोबार भारतसँग हुन्छ । हामी भारतीय रुपैयाँ दिएर पनि उक्त कारोबार गर्न पाउँछौं । यदि भारतीय रुपैयाँको दर पनि स्थीर नहुने र भारतसँग पनि डलरमै कारोबार गर्ने हो भने नेपाललाई साह्रै गाह्रो हुन्छ ।भारतको अर्थव्यवस्थाले नेपालको अर्थव्यवस्था पनि सहयोग पुर्याउँदै आएको छ । भारु र डलरको दरमा जब तलमाथि हुन्छ तब मात्रै नेपालमा असर देखिन थाल्छ । नेप्से परिसुचक ५४०० अंकसम्म पुग्ने आधार बिगत १५ बर्षको शेयर बजारको उतारचढाबको आधारमा वि.सं.२०८२ असारमा सेयर बजार नेप्से परिसुचक ५४०० अंक सम्म पुग्न सक्ने आकलन गरिएको हो । किनकी हरेक ५ वर्षमा ३ वर्ष बजार घट्ने र २ वर्ष बढेको विगतको इतिहासले देखाउँछ । कोरोना महामारीको असर कम हुँदै गएको छ । अहिले कोरोनालाई सामान्य रुघाखोकीका रुपमा लिने गरिएको छ । ब्यापार व्यवसाय चलायमान भइरहेको छ । सर्वसाधारणको दैनिकी पनि पुरानै अवस्थामा फर्किरहेको छ । रुस र यूक्रेन युद्ध पनि समाधान उन्मुख हुँदै गएको भएर इन्धनको मूल्य पनि घटिरहेको छ । सरकारले पनि आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा गैह्र आवासीय नेपालीहरुलाई सेयर बजारमा लगानी खुल्ला गराउने र पूँजी बजारको संरचनागत सुधार गर्ने तथा लगानीमैत्री नीति नियमहरु सहज बनाउन तदारुकता देखाएको छ । देशमा स्थानिय, प्रदेश तथा संघिय तहको निर्वाचन पनि सम्पन्न भइसकेका छन् । नेपाल राष्ट्र बैकले हालै गरेको तेश्रो त्रैमासिक मौद्रिक नितिको समिक्षामा पनि बैंकदर घटाएको र बैंक तथा वित्तीय संस्थाहरुको लगानी रकम बृद्धि हुने गरी समय थप गरेको छ । विगत ३ महिनादेखी बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिने ब्याजदर २ प्रतिशत भन्दा बढी बिन्दुले घटिसकेको र आगामी दिनहरुमा अझ घट्न सक्ने देखिएको छ । देशमा आर्थिक गतिविधि बढ्दै गइरहेको छ । उद्योगधन्दाहरु चलायमान भइरहेका छन् । यी सबै कुराहरुलाई हेर्ने हो भने बजार अवश्य बढ्छ । ब्याजदर बढ्दा बजार घट्ने र ब्याजदर घट्दा बजार बढेको विगतको इतिहास छ । ब्याजदर र बजारको सम्बन्ध उल्टो छ । ब्याजदर बढेपछि बजार जहिले पनि घटेको देखिन्छ । आर्थिक वर्ष २०६६÷६७ सालमा निक्षेपको दर १३ प्रतिशत पुगेको थियो । सेयर बजारमा जाने कर्जाको ब्याजदर १८ प्रतिशतसम्म थियो । यस्तै, २०७२ सालको भुकम्प जानु भन्दा अघि पनि ब्याजदर बढेको थियो । भूकम्प अघि पनि तरलता अभाव भएको थियो । वि.सं.२०७६ मा भारतबाट नाकाबन्दी भएको थियो । नाकाबन्दी भएपछि सेयर बजार बढ्यो । कोरोना महामारी न्यूनिकरण गर्न सबै क्रियाकलाप बन्द भए तर, सेयर बजार बढ्यो । जब ब्याजदर घट्दो ट्रेण्डमा जान्छ तब सेयर बजार बढेको इतिहास छ । सेयर बजार ब्यक्तिगत लगानीले मात्र धान्न सकिदैन । अन्तर्राष्ट्रिय बजारमा ३५ प्रतिशत बढी संस्थागत लगानी हुने गर्छन । सेयर बजारमा आईपीओ धमाधम आइरहेका छन् । नियामकले पनि जस्तो पायो त्यस्तै कम्पनीलाई आईपीओ निस्कासन गर्न अनुमति दिनु हुँदैन । कम्पनीहरुले कर्जा तथा ब्याज भुक्तानी गर्नको लागी आईपीओ निस्कासन गर्न अनुमति दिने परिपाटीलाई कडाई गर्नुपर्छ । केही कम्पनीहरुको आईपिओ निस्कासन पछि कारोबार सुरु भएको केही दिनमै मूल्य ७÷८ सय रुपैयाँ पग्ने गर्छ । जस्तै चन्द्रागिरी हिल्सको कारोबार सुरु भएको केही दिनमै २८ सय रुपैयाँ सम्म पुगेको थियोे । के यी कम्पनीको सेयर मूल्य स्वभाविक हो ? यस्ता कम्पनीको सेयरमा जोखिम बढ्दै गएको देखिन्छ । लाभांश पनि दिन सकेका छैनन् । बैंकको सेयर किन्दा जहिले पनि सुरक्षित छन् । राष्ट्र बैंकले राम्रोसँग मोनिटरिङ गरिरहेको छ । बैंक तथा वित्तीय संस्थालाई सुक्ष्म निगरानीमा राखेर राष्ट्र बैंकले अनुगमन गरिरहेको छ । बैंकहरुले जहिले पनि १० प्रतिशत भन्दा बढी लाभांश दिन सक्ने क्षमता राख्छन् । तर, त्यहि बैंकको सेयर मूल्य हेर्ने हो भने बिगत २० वर्षअघि १ सय रुपैयाँमा आईपीओ जारी गरेको बराबर मुल्यमै पुगेको छ । अहिले पनि केही बैंकको सेयर १५० रुपैयाँ पाइन्छ ।हाल नेपालको शेयर बजारमा संस्थागत लगानीकर्ता नगन्य मात्रामा छन्, ब्यक्तिगत लगानीकर्ता मात्रै छन् । २२ अर्बमा भएको कारोबार ६२ करोडमा झरेको छ । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको क्याप लगाएको छ । राष्ट्र बैंकले १२ करोडको क्याप लगाउनु उचित छैन । कुनैपनि बैकले कर्जा दिदा कुनैपनि ऋणिको उद्यमशीलता गर्ने क्षमता, जोखिम मोल्न सक्ने क्षमता र क्यास फ्लो तथा टर्नओभर मिलाउन सक्ने क्षमता र, कति जनशक्तीलाई रोजगारी दिएको छ यी सबै कुरा जाँच गरेर मात्रै कर्जा दिनु पर्छ । १२ करोडको क्याप लगाउनु हुदैन । कहिलेदेखि बढ्छ ? जब तरलता अभाव हुन थाल्यो, बैंकले निक्षेपको ब्याजदर बढाउन थाले, बैंकका कर्मचारी घरघर पठाएर निक्षेप उठाउन थाले भने अब बजार घट्छ भनेर अनुमान गर्नु पर्छ । जब कर्जा लिन आउनुहोस् भनेर बैंकहरुले भन्न थाल्छन् तब बजार बढ्छ । अहिले पनि २ प्रतिशतभन्दा बढी ब्याजदर निक्षेपमा घटिसकेको छ । २ प्रतिशत घट्नु भनेको ९० प्रतिशत लगानी गर्न पाउँछन् । कर्जामा १.८० रुपैयाँ जति ब्याजदर असार मसान्तपछि घट्न सक्छ । ब्याजदर घटाउने अन्य तरिकाहरु पनि छन् । अहिले निक्षेपको ब्याजदर बढाउनु पर्याे भनेर कसैले पनि आन्दोलन गरेका छैनन् । अहिलेसम्म निक्षेपको ब्याज कम भयो भनेर कसैले पनि गुनासो गरेका छैनन् । अहिले त कर्जामा ब्याज बढि लियो भनेर गुनासो गरेका हुन् । अब ब्याजदरका कारण बजार प्यानिक हुँदैन । बजारको अन्तिम विन्दु भनेको यहि हो । अन्तिम विन्दु यहि हो भन्दैमा जुनसुकै कम्पनीको पनि सेयर खरिद गर्नु हुँदैन । जुन पायो त्यहि कम्पनीको सेयर किन्नु भनेको अँध्यारोमा ढुंगा हान्नु जस्तै हो । अहिले सरकारले घरजग्गाको कित्ताकाट पनि खुकुलो बनाइरहेको छ । सरकार पनि अहिले सिरियस भएर काम गरिरहेको छ । अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले ब्याजदर घटाउन सार्वजनिक रुपमा बोल्नु भएको छैन । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा बर्तमान प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सार्वजनिक रुपमै ब्याजदर घटाउन तदारुकता देखाउनु भएको छ । उहाँले उद्योगी व्यवसायी र लगानीकर्ताहरुलाई ब्याजदर घटाउने भनेर आश्वासन दिँदै आउनु भएको थियो । केही घटाएर देखाउनु पनि भयो । नेप्से परिसुचक २९२ अंकमा बजार झर्दा असाध्यै मनोबल कमजोर भएको थियो । नेप्से परिसुचक ११७५ अंकबाट २९२ अंकमा झर्दा सेयर लगानीकर्ता आत्तिएका थिए । तर, अहिले उनीहरुको लगानी ६ सय गुणा भन्दाले बढेको छ । उनीहरु घाटामा छैनन् । ३२ सय अंक हुँदा प्रवेश गरेका लगानीकर्तालाई भने समस्या परेको छ । जसले व्यवसाय र पेशा गरेर लगानी गर्ने लगानीकर्ताहरु भने समस्यामा परेका छैनन् । सरकारले नीति नियम बजार बढेको बेला अमैत्री र घटेको बेला मैत्री बनाउनु हुँदैन । नीति नियमलाई समय सापेक्ष राख्नुपर्छ । बजार बढेको बेला कर बढाउने र घटेको बेला घटाउने गर्न हुँदैन । लगानीकर्ताको कर तिर्नसक्ने क्षमता बढाउनु पर्दछ । बजार बढेपछि सरकारको राजश्व पनि बढ्छ । नेप्से परिसुचक ३२ सय अंक पुगेका बेला बार्षिक १५ अर्ब जति राजश्व सेयर बजारको कारोबारबाट उठेको थियो तर, अहिले १ अर्ब पनि मुस्किलले संकलन भएको देखिदैन । त्यसैले सरकारले राजश्व पनि गुमाएको छ । एउटा नीति ल्याएपछि ५÷१० वर्षसम्म परिवर्तन गर्न हुँदैन । पूँजी बजार भनेको देशको अर्थतन्त्रको ऐना हो, ठूलठूला उद्योग व्यवसाय स्थापना तथा सञ्चालनका लागि पूँजी संकलन पूँजी बजारबाटै गर्न सकिन्छ । जनतामा छरिएर रहेको पूँजी यही बजारबाट संकलन गर्न सकिन्छ । त्यसैले नेपाल राष्ट्र बैंकले पनि कर्जामा सहजीकरण गर्ने व्यवस्था गर्नु पर्छ । मौद्रिक नीति ल्याउँदा धितोपत्र बजारमा पर्ने असरलाई पनि ख्याल गर्नु पर्छ । राष्ट्र बैंकले नियन्त्रण गर्ने भन्दैमा एउटा क्षेत्रलाई पुरै अप्ठ्यारो पार्नु हुँदैन । ४० खर्ब पूँजीकरण पुगेको बजार अहिले २८ खर्बमा झरेको छ । सेयर बजार जहिले पनि देशको जीडीपीको हाराहारी हुनु पर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । त्यसैले सेयर बजारलाई सबैले माया गरिदिनु पर्याे । सेयर बजारलाई सट्टेबाजी, जुवाघर, अनुत्पादक क्षेत्र भनेर देशका सरकार तथा राजनितिक पार्टीका जिम्मेवार ब्यक्तिहरुले सार्वजनिक अभिब्यक्ति दिनु भएन र सरकारले पनि यस्तो कार्यमा रोक लगाउनु पर्छ ।
सेयर बजारमा वर्चश्व जमाउँदै बीमा कम्पनी
काठमाडौं । पछिल्लो समय पूँजी बजार निरन्तर ओरालो लाग्दै तल्लो विन्दुमा झरेको भएपनि बीमा कम्पनीहरुको वर्चश्व छ । ३२ सय अंकको उचाइबाट नेप्से सूचक १८ सय अंकमा कारोबार हुँदा बीमा क्षेत्रले वर्चश्वता कायम राखेको छ । नेप्सेका अनुसार बिहीबारसम्म जीवन बीमा समूह परिसूचक ९ हजार २३८ अंक छ भने निर्जीवन बीमा समूह परिसूचक ८ हजार ४५३ अंक छ । यो परिसूचक अरु समूहको भन्दा उच्च हो । अन्य समूहको परिसूचक ४ हजार अंकभन्दा तल नै रहेको अवस्थामा बीमा कम्पनीहरुको भने उच्च देखिन्छ । यसले सेयर बजारमा बीमा प्रति लगानीकर्ताको विश्वास बढ्दो रहेको बुझिन्छ । नेपाल स्कटक एक्सचेञ्ज (नेप्से)मा १३ वटा समूहका कम्पनीहरु सूचीकृत रहेकोमा बीमा क्षेत्रका जीवन बीमा, निर्जीवन बीमा र अन्य समूह (रिइन्स्योरेन्स)का कम्पनीहरु सूचीकृत छन् । पूँजी बजारमा सूचीकृत कम्पनीहरुमध्ये बीमा क्षेत्रका कम्पनीहरुको योगदान धेरै देखिन्छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सका सीईओ विजय बहादुर शाह बीमा क्षेत्रमा पारदर्शीता र सूचनाहरु विश्वसनीय हुने भएकाले लगानीकर्ताको आकर्षण बढेको बताउँछन् । बीमा कम्पनीहरु चुक्ता पूँजी वृद्धि गर्ने क्रममा रहेकाले लगानीकर्ताको चाम हुनु स्वभाविक रहेको उनको भनाइ छ । ‘कम्पनीहरु मर्जर र हकप्रद सेयरको माध्यमबाट पूँजी वृद्धि गरिरहेका छन्, हकप्रद सेयर आउँछ भन्ने लगानीकर्ताले मनसाय बनाएका हुन सक्छन्, विगतमा बैंक तथा वित्तीय संस्थाप्रति आकर्षण थियो, सो संस्था जत्तिकै नियमन र पारदर्शीता बीमा कम्पनीहरुको हुन्छ, त्यसैले लगानीकर्ताको आकर्षण बढेको हो,’ उनले भने । देशको अर्थतन्त्रलाई विभिन्न तत्वले प्रभाव पार्ने भएकाले भविष्यमा बीमामा लगानीकर्ताको आकर्षण के हुन्छ भनेर भन्न नसकिने उनले बताए । यद्यपी नियमन भित्र रहने भएकाले कम्पनीमा आकर्षण बढ्ने उनको भनाइ छ । पूँजी बजारमा सूचीकृत कम्पनीहरुमध्ये बैंक, वित्तीय तथा बीमा क्षेत्रमा नियमन बलियो भएकाले यस क्षेत्रमा लगानीकर्ताको आकर्षण अझै बढ्नुपर्ने उनले बताए । ‘अन्य क्षेत्रमा पनि नियमन हुन्छ तर, यो क्षेत्र जत्तिकै नियमन हुँदैन, बीमा कम्पनीहरु पारदर्शी, विश्वसनीय सूचना प्रवाह गर्छन्, अन्य कुनै क्षेत्र पारदर्शी र विश्वसनीय भएन भने लगानीकर्ता अर्काे क्षेत्रमा प्रवेश गर्छन्, आगामी दिनमा पनि यो चाम रहन्छ,’ उनले भने ‘लगानीकर्ताहरुले अनेक कोणबाट विश्लेषण गर्छन्, लगानीकर्ताले सबै क्षेत्र तुलना गरेर लगानी गर्छन्, मूल्याङ्कन गर्छन्, त्यसैले बीमा कम्पनीको सेयर मूल्य स्वभाविक हो ।’ प्रभु लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईं बीमा कम्पनीको पूँजी र सेयर संख्या कम भएका कारण लगानीकर्ताको आकर्षण बढेको बताउँछन् । पूँजी बजारमा राम्रो प्रतिफल दिन सक्ने क्षेत्र बीमा पनि भएकाले पूँजी बजारमा लगानीकर्ताको वर्चश्व बढेको उनको भनाइ छ । ‘१० वटा लाइफ इन्स्योरेन्स कम्पनीबाट १९ वटा कम्पनी पुर्याइयो, अहिले मर्जर गराएर १४ वटा झरेका छन्, केही कम्पनीको आईपीओ आउन बाँकी छ, सुरुवातमा सेयर संख्या कम भयो, प्रतिफल धेरै दिन सक्छ भनेर आकर्षित भए, सुरुमा बैंकहरु आउँदा पनि राम्रो प्रतिफल दिन्छ भनेर आकर्षित भएका थिए, राम्रो प्रतिफल पनि दिए,’ उनले भने, ‘लगानीकर्ताको विश्वास बीमा कम्पनीमा बढ्दै गएको छ, बैंकहरु ठूला हुँदा अधिकांशको सेयर मूल्य २ सय तल झरेको छ तर बीमा कम्पनीको सेयर मूल्यमा यसरी गिरावट आएको छैन ।’ बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब पूँजी पुर्याउन निर्देशन दिएको छ । हकप्रद सेयर जारी गरेर पूँजी वृद्धि गर्छन् भन्ने अवधारणा बनाएर लगानीकर्ता बीमा क्षेत्रमा आकर्षित भएको हुन सक्ने सीईओ प्रसाईंले बताए । ‘४२ प्रतिशत मान्छेले बीमा गरेका छन्, अझै ५८ प्रतिशत बीमा गर्न बाँकी छ, जीडीपीमा बीमा क्षेत्रका ३.७४ प्रतिशत योगदान छ, क्रमिक रुपमा बीमा क्षेत्रको सुधार हुँदै जाँदा व्यवसाय पनि बढ्न थालेको हुँदा प्रतिफल पनि बढ्न सक्ने भएकाले लगानीकर्ताको आकर्षित भएका हुन्,’ उनले भने । पूजी वृद्धिको योजनाले हकप्रद सेयर पाउने आशामा लगानीकर्ता बढी आकर्षित भएका हुन सक्ने लगानीकर्ताहरु बताउँछन् । लगानीकर्ता छोटेलाल रौनियारले छोटो समयमा पूँजी वृद्धि गर्न मर्जरको बाटो रोजेको हुँदा बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको बताए । साथै बीमा कम्पनीहरुको नाफा पनि वृद्धि भएको हुँदा प्रतिफल धेरै आउने अपेक्षाले लगानीकर्ताको रोजाइमा बीमा कम्पनी परेको उनी बताउँछन् । पछिल्लो समय बजार घटेको बेला मूल्य न्यून भएकाले लगानीकर्ताले खरिद गरेको हुन सक्ने उनको भनाइ छ । ‘बीमा कम्पनी धेरै चाँहिदैन, मर्जर जाउ भनेर निर्देशन दिएको छ, बीमा कम्पनीहरु धमाधम मर्ज भइरहेका छन्, यो पूँजी बजारका लागि पनि सकारात्कम पक्ष हो, बीमा कम्पनीको पूँजी बढ्दा काम गर्ने दायरा पनि बढ्छ,’ उनले भने, ‘मूल्य पनि कम छ, कम्पनीको ईपीएस पनि बढ्दैछ, राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १२ हजार रुपैयाँ भन्दा बढी भएका कारण पनि बजारमा वर्चश्व बढेको हो ।’ बीमा कम्पनीको लाभांश वितरण दर राम्रो रहेको र आगामी दिनमा पनि प्रतिफल बढ्ने स्थिसत बन्दै गएको उनको बुझाइ छ । साथै अनिवार्य बीमा गर्नु पर्ने प्रावधानले व्यवसाय पनि वृद्धि हुँदै गएकाले प्रतिफल पनि बढ्ने उनले बताए । अन्य क्षेत्रमा भन्दा बीमा क्षेत्रमा बढी बोनस सेयर पाइने भएकोले पनि लगानीकर्ताको आकर्षण बीमा क्षेत्रमा बढेको उनको भनाइ छ । जीवन बीमा एक वर्ष अघि जीवन बीमा समूह परिसूचक ११ हजार ८९७ अंक थियो । तर, पछिल्लो समय बजार ओरालो लागेपछि ९ हजार २३८ अंकमा झरेको छ । नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पारेशन (नेपाल), एशियन लाइफ, सूर्यज्योति लाइफ, प्रभु लाइफ, प्राइम लाइफ, गुँरास लाइफ, यूनियन लाइफ, रिलायन्स लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी सूचीकृत छन् । अब यी ११ वटा कम्पनीमध्ये केही कम्पनी मर्ज सम्पन्न भइसकेको हुँदा ८ वटा कम्पनी मात्रै कायम रहन्छन् । तैपनी पूँजी बजारमा जीवन बीमा समूहले आफ्नो वर्चश्व कायमै राखेको देखिन्छ । प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफबीच मर्ज भएर हिमालयन लाइफ इन्स्योरेन्स बनेको भने रिलायन्स लाइफ र सानिमा लाइफ मर्जर भई सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गरिसकेका छन् । त्यसैले अब पूँजी बजारमा सूचीकृत कम्पनीको संख्या ८ वटामा झर्ने छन् । प्राधिकरणका अनुसार बीमा कम्पनी मर्जर भएर १४ वटा कायम हुने छन् । हालसम्म मेटलाइफ इन्स्योरेन्स, सिटिजन लाइफ, आइएमई लाइफ, महालक्ष्मी लाइफ, राष्ट्रिय बीमा संस्थान, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हालसम्म सर्वसाधारणलाई आईपीओ जारी गरेका छैनन् । यदि यी कम्पनीले आईपीओ जारी गरे भने पूँजी बजारमा जीवन बीमा कम्पनीको वर्चश्व थप बढ्ने जानकारहरु बताउँछन् । सिटिजन लाइफ, आइएमई लाइफ, महालक्ष्मी लाइफ र रिलायबल नेपाल लाइफले प्रिमियम मूलयमा आईपीओ निष्काशन प्रक्रिया अघि बढाएका छन् । यी कम्पनीमध्ये महालक्ष्मी लाइफ मर्जर प्रक्रियामा रहेकाले मर्जर पछि नै सेयर निष्काशन प्रक्रिया अघि बढाउनेछ । नेशनल लाइफको सेयर मूल्य प्रतिकित्ता ५७२ रुपैयाँ रहेको छ । एक वर्ष प्रतिकित्ता ७८७ रुपैयाँ रहेको थियो । बिहीबारसम्म कम्पनीको बजार पूँजीकरण २६ अर्ब ५४ करोड ३२ लाख ७१ हजार रुपैयाँ रहेको छ । कम्पनीमा संस्थापक समूहको ६५ प्रतिशत र सर्वसाधारण समूहको ३५ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै, मर्जर बिनै जीवन बीमा कम्पनीहरुलाई टक्कर दिइरहेको नेपाल लाइफमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ । एक वर्ष अघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९७५ रुपैयाँ भन्दा बढी थियो भने अहिले घटेर प्रतिकित्ता ६५७ रुपैयाँमा कारोबार भइरहेको छ । सेयर बजार उच्च विन्दुमा पुगेका बेला प्रतिकित्ता ५ हजार रुपैयाँसम्म सेयर मूल्य पुगेको थियो । बिहीबारसम्म कम्पनीको बजार पूँजीकरण ५३ अर्ब ९६ करोड ७३ लाख ८० हजार रुपैयाँ छ । भारतीय ज्वाइन भेञ्चर रहेको लाइफ इन्स्योरेन्स कर्पाेरेशनको सेयर मूल्य प्रतिकित्ता १ हजार २७५ रुपैयाँ रहेको छ । ३ अर्ब ८२ करोड रुपैयाँ बजार पूँजीकरण रहेको यस कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व रहेको नेप्सेले जनाएको छ । यस्तै, प्रतिकित्ता ५३७.९० रुपैयाँ मूल्य रहेको एशियन लाइफको एक वर्षअघि ८५१ रुपैयाँ थियो । बिहीबारको मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण १६ अर्ब ९७ करोड रुपैयाँ रहेको छ । कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ । सूर्य लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर भएर बनेको सूर्यज्योति लाइफको सेयर मूल्य प्रतिकित्ता ४१४.९० रुपैयाँ रहेको छ । बिहीबारको सेयर मूल्य अनुसार कम्पनीको बजार पूँजीकरण १८ अर्ब ८५ करोड ९५ लाख रुपैयाँ रहेको छ । कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै, महालक्ष्मी लाइफसँग मर्जर प्रक्रियामा रहेको प्रभु लाइफको सेयर मूल्य प्रतिकित्ता ४०२ रुपैयाँ रहेको छ । बिहीबारको सेयर मूल्यका आधारमा कम्पनीको बजार पूँजीकरण ८ अर्ब ४ करोड रुपैयाँ रहेको छ । कम्पनीमा संस्थापक समूहको ७० प्रतिशत र ३० प्रतिशत सर्वसाधारण समूहको सेयर स्वामित्व रहेको छ । निर्जीवन बीमा जीवन बीमापछि नेप्से सूचक धेरै हुनेमा निर्जीवन बीमा समूह दोस्रोमा छ । बिहीबारसम्म निर्जीवन बीमा समूहको नेप्से सूचक ८ हजार ४५२ अंक रहेको छ । एक वर्ष अघि सो समूहको सूचकाङ्क १० हजार भन्दा धेरै थियो । यस समूहमा १५ वटा कम्पनी सूचीकृत छन् । जसमध्ये केही कम्पनी मर्जर प्रक्रियामा छन् । नेपाल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, अजोड इन्स्योरेन्स र सानिमा जिआईसी इन्स्योरेन्सको सेयर कारोबार भइरहेको छ । यस्तै, सगरमाथा र लुम्बिनी, आइएमई प्रुडेन्सियल इन्स्योरेन्सको मर्जरका कारण सेयर कारोबार रोक्का भएको छ । यी चार कम्पनी मर्ज भएर २ कम्पनीमा सीमित हुनेछन् । नेपाल इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ५२४ रुपैयाँमा कारोबार भइरहेको छ भने बजार पूँजीकरण ७ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । यस कम्पनीमा ५१ प्रतिशत संस्थापक समूह र ४९ प्रतिशत सर्वसाधारण समूहको सेयर स्वामित्व छ । यस्तै, सरकारी कम्पनीका रुपमा सञ्चालन भइरको राष्ट्रिय बीमा कम्पनीको बिहीबारसम्म सेयर मूल्य प्रतिकित्ता १२ हजार ५४० रुपैयाँ रहेको छ । पूँजी बजारको हट केकका रुपमा लिइएको यस कम्पनीको सेयर मूल्य एक वर्षअघि साढे १६ हजार रुपैयाँ भन्दा बढी थियो । कम्पनीको बजार पूँजीकरण ३३ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । यस कम्पनीमा संस्थापक समूहको ८७.७५ प्रतिशत र सर्वसाधारण समूहको १२.२५ प्रतिशत सेयर स्वामित्व रहेको नेप्सेले जनाएको छ । हिमालयन र एभरेष्ट इन्स्योरेन्सबीच मर्ज भइ बनेको हिमालयन एभरेष्टको सेयर मूल्य प्रतिकित्ता ४३० रुपैयाँ छ भने बजार पूँजीकरण ९ अर्ब ८९ करोड रुपैयाँ, युनाइटेड इन्स्योरेन्सको प्रतिकित्ता ४३३ रुपैयाँ छ भने बजार पूँजीकरण ४ अर्ब ६७ करोड रुपैयाँ, सिद्धार्थ प्रिमियरको प्रतिकित्ता ५७५ रुपैयाँ छ भने बजार पूँजीकरण १६ अर्ब १३ करोड रुपैयाँ रहेको छ । यस्तै, प्रभु इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ४४६ रुपैयाँ रहेको छ भने बजार पूँजीकरण ६ अर्ब १३ करोड रुपैयाँ, शिखर इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ७०८ रुपैयाँ छ भने बजार पूँजीकरण १८ अर्ब ७९ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सको प्रतिकित्ता ६ सय रुपैयाँ छ भने बजार पूँजीकरण ८ अर्ब ७७ करोड रुपैयाँ र सानिमा जिआईसीको सेयर मूल्य प्रतिकित्ता ४३४.२० रुपैयाँ छ भने बजार पूँजीकरण ८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । यी कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व छ । यस्तै, नेको इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ७२२.६० रुपैयामा पछिल्लो समय कारोबार भएको छ । सो मूल्यका आधारमा कम्पनीको बजार पूँजीकरण १४ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । यस कम्पनीमा संस्थापक ६० प्रतिशत र सर्वसाधारण ४० प्रतिशत सेयर स्वामित्व रहेको छ । यस्तै, अजोड इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ३९९ रुपैयाँ छ भने बजार पूँजीकरण ३ अर्ब ९९ करोड रुपैयाँ छ । यस कम्पनीमा संस्थापक समूहको ७० करोड रुपैयाँ र सर्वसाधारण समूहको ३० प्रतिशत सेयर स्वामित्व छ ।
घट्यो सेयर बजार, सबैभन्दा बढी कमाउने र गुमाउने दुवै लघुवित्त
काठमाडौं । बिहीबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार सेयर बजार ३.३४ अंकले घटेर १८३८.५९ विन्दुमा पुगेको छ । नेप्से सामान्य घट्दा कुल २१ लाख ५ हजार ६५७ कित्ता सेयर किनबेच हुँदा ५७ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार नेपाल दुरसन्चार प्राधिकरणले तीन करोड १५ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, आज सबैभन्दा बढी आत्मानिर्भर लघुवित्त वित्तिय संस्थाका सेयरधनीले कमाएका छन् । संस्थाका सेयरधनीले प्रति कित्ता ३८ रुपैयाँ कमाएका छन् । यस्तै, सबैभन्दा बढी गुमाउनेमा फर्वर्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाका सेयरधनीले गुमाएका छन् । कम्पनीका सेयरधनीले प्रतिकित्ता ७१.१० रुपैयाँ गुमाएका छन् ।
१० अंकले बढ्यो सेयर बजार, युनिक नेपालका सेयरधनीले गुमाए प्रतिकित्ता १४३ रुपैयाँ
काठमाडौं । मंगलबार सेयर बजार १०.६६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार बढेर १८४४.३६ विन्दुमा पुगेको छ । आज २८ लाख कित्ता सेयर किनबेच हुँदा ७७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । कम्पनीको मंगलबार ६ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । आज सबैभन्दा बढी कमाउनेमा पपुल्स पावर लिमिटेडका सेयरधनीहरु रहेका छन् । कम्पनीको सेयरधनीले मंगलबार प्रतिकित्ता १६.४० रुपैयाँले कमाएका छन् । यस्तै, सबैभन्दा बढी गुमाउनेमा युनिक नेपाल लघुवित्त वित्तिय संस्थाका सेयरधनी रहेका छन् । कम्पनीका सेयरधनीले प्रति कित्ता १४३.७० रुपैयाँ गुमाएका छन् ।
१९ अंकले घट्याे सेयर बजार, ६० कराेडकाे काराेबार
काठमाडौं । आइतबार सेयर बजार १९.१२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार आज सेयर बजार घटेर १८५०.६१ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज २० लाख १५ हजार कित्ता सेयर किनबेच हुँदा ६० करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी शिवम् सिमेन्टले ३ करोड २२ लाख बराबरको कारोबार गरेको छ । यस्तै, आज सबैभन्दा बढी कमाउनेमा आत्मानिर्भर लघुवित्त वित्तिय संस्थाका सेयरधनीले कमाएा छन् । कम्पनीका सेयरधनीले प्रति कित्ता ४१.२० रुपैयाँ कमाएका छन् । यस्तै, सबैभन्दा बढी गुमाउनेमा एनएमबि डिबेन्चर ८.५० प्रतिशत २०८७/८८ का सेयरधनी रहेका छन् । कम्पनीका सेयरधनीले प्रतिकित्ता ७३.७० रुपैयाँ गुमाएका छन् ।
१९ अंकले घट्यो सेयर बजार, साढे ९५ करोडको कारोबार
काठमाडौं । पुँजीबजारमा आइतबार गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ११ अङ्कले घटेर एक हजार आठ सय ६५ को विन्दुमा कायम भएको हो । आज दुई सय ६४ वटा कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर २६ हजार ८०१ पटक खरिदबिक्री हुँदा ९५ करोड ४३ लाख बराबरको कारोबार भएको छ । आज सबैभन्दा धेरै एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ को सेयर मूल्य तीन दशमलव ३३ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने एनआइबिएल ग्रोथ फण्डको सेयर मूल्य आठ दशमलव ८९ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्टको चार करोड २५ लाख बराबरको सेयर किनबेच भएको छ ।
१७ अंकले बढ्यो सेयर बजार, ब्लुचिप फण्डमा सर्किट
काठमाडौं । मंगलबार सेयर बजार १७.३६ अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार बढेर १९०५.६८ विन्दुमा पुगेको छ । आज दुई सय ७० वटा कम्पनीको २६ लाख ९३ हजार ८३१ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम भने ८८ करोड २५ लाख ३४ हजार सात सय ९९ मा खुम्चिएको छ । आजको कारोबारमा सनराइज ब्लुचिप फण्डको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सनराइज ब्लुचिपको सेयर मूल्य ८.५५ रुपैयाँले घटेको हो । यस्तै, सबैभन्दा धेरै तारागाउँ रिजेन्सीको सेयर मूल्य प्रति कित्ता ४० रुपैयाँले बढेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट पहिलो स्थानमा देखिएको छ । यो कम्पनीको सात करोड ९१ हजार ५५७ बराबरको एक लाख ६८ हजार २२ कित्ता सेयर किनबेच भएको छ ।
सेयर बजारमा झिनो अङ्कको सुधार
काठमाडौं । यो साता पहिलो दिन कारोबार दोहोरो अङ्कको गिरावट देखिएको पुँजीबजारमा आज दोस्रो दिन भने झिनो अङ्कको सुधार देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव ७१ अङ्कले बढेर एक हजार आठ सय ८८ दशमलव ३२ अङ्क कायम भएको हो । आज दुई सय ७० वटा कम्पनीको २२ लाख ६० हजार आठ सय २३ कित्ता सेयर ३३ हजार दुई सय १३ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ७५ करोड १३ लाख ३० हजार तीन सय ९३ मा खुम्चिएको छ ।’ आज बैंकिङ, होटल तथा पर्यटन, लगानी र निर्जीवन बीमा समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह शून्य दशमलव १६, होटल तथा पर्यटन समूह ६५ दशमलव ८२, लगानी समूह शून्य दशमलव ०८ र निर्जीवन बीमा समूह १९ दशमलव १९ अङ्कले घटेको हो । आज सबैभन्दा धेरै जीवन बीमा समूह ८२ दशमलव १० अङ्क र उत्पादन तथा प्रशोधन समूह २५ दशमलव ९८ अङ्कले बढेको छ । त्यस्तै विकास बैंक समूह २४ दशमलव ५४, वित्त समूह सात दशमलव १४, जलविद्युत् समूह सात दशमलव २२ र लघुवित्त समूह तीन दशमलव ९५ अङ्कले बढेको छ । त्यस्तै म्युचुअल फन्ड शून्य दशमलव १६, व्यापार समूह चार दशमलव ४६ र अन्य समूह चार दशमलव ४९ अङ्कले बढेको छ । आजको कारोबारमा सबैभन्दा धेरै पिपुल्प पावर लिमिटेडको सेयर मूल्य आठ दशमलव ११ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा कालिञ्चोक दर्शनको सेयर मूल्यमा नौ दशमलव ६२ प्रतिशतको गिरावट देखिएको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज कालिञ्चोक दर्शन लिमिटेड पहिलो स्थानमा देखिएको छ । यो कम्पनीको आठ करोड ८१ लाख ७८ हजार दुई सय २१ बराबरको एक लाख पाँच हजार छ सय ३६ कित्ता सेयर किनबेच भएको छ ।
१५ अंकले घट्यो सेयर बजार, ९८ करोडको कारोबार
काठमाडौं । बिहीबार सेयर बजार अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा पुगेको छ । आज २६६ वटा कम्पनीका ३१ लाख ९४ हजार कित्ता सेयर ९७ करोड ८५ लाख ५१ हजारमा कारोबार भएका छन् । आज ४ कम्पनीको सेयरमा सर्किट लागेको छ । नेप्सेको अनुसार आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक र दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । सेयर मूल्यमा सकारात्मक सर्किट लाग्नेमा कालिन्चोक दर्शन र मोलुङ हाइड्रोपावर रहेको छ भने नकारात्मक सर्किट लाग्नेमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२ र आदर्श लघुवित्त वित्तिय संस्था रहेको छ । आज कारोबार रकम र कारोबार भएका सेयर सङख्याका आधारमा सबैभन्दा धेरै एनआइसी एशिया बैंकको पाँच करोड ७५ लाख ३६ हजार रुपैयाँ बराबरको किनबेच भएको छ ।
सेयर बजारमा पनि खुकुलो नीतिको तयारी, गभर्नरलाई कन्भिन्स गराइँदै
काठमाडौं । सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट मंगलबार खुला गर्यो । भूमि व्यवस्था मन्त्रालयले प्रस्ताव गरेको भू–उपयोग नियमावली पहिलो संशोधन प्रस्ताव क्याबिनेटबाट स्वीकृत भएसँगै अब जग्गाको कित्ताकाट खुल्ने भएको हो । भू–उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा समेत रोकिएको थियो । अब सहजै जग्गाको कित्ताकाट गर्न पाइनेछ । घरजग्गा व्यवसायीले लामो समयदेखि यो माग राख्दै आएका थिए । अन्तः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको हो । गत साता पोखराका व्यवसायीहरुसँगको भेटमा प्रचण्डले जग्गा वर्गीकरण सम्बन्धी नियम व्यवहारिक नभएको भन्दै कित्ताकाट खुलाउने विषयमा सरकारले सोचिरहेको बताएका थिए । उनले घरजग्गामा ठूलो रकम फसेको भन्दै यसलाई सहज बनाउन आवश्यक रहेको धारणा राखेका थिए । अर्थमन्त्री डा. प्रकाश शरण महतले समेत गत चैत १७ गते अर्थमन्त्रीका रुपमा पदभार ग्रहण गर्दै घरजग्गा क्षेत्रमा मन्दी आएको र यो क्षेत्रलाई सहज नीति आवश्यक रहेको बताए थिए । उनले घरजग्गामा मन्दी सिर्जना भएकोले यो क्षेत्रको सुधारका लागि आफु लागि पर्ने बताए थिए । प्रधानमन्त्री र अर्थमन्त्रीको ती धारणापछि मंगलबार घरजग्गामा गरिएको कडाइ खुकुलो बनेको छ । सरकारको यो नीतिले घरजग्गा व्यवसायी खुसी भएका छन् भने अर्थतन्त्रलाई नजिकबाट नियालेका र बुझेका अर्थविदहरु चिन्तित बनेका छन् । घरजग्गा व्यवसायीहरु सरकारको निर्णयप्रति सन्तुष्ट छन् । नेपाल जग्गा तथा आवास विकास महासंघको अध्यक्ष भेषराज लोहनी सरकारको यो निर्णय सकारात्मक र व्यवहारिक भएको धारणा राख्छन् । ‘घरजग्गा कारोबारको कित्ताकाट उद्धेश्य सही भएपनि व्यवहारिक रुपमा कार्यान्वयन हुन सक्ने थिएन, अब घरजग्गा कारोबार सहज हुन्छ, अर्थतन्त्र खुकुलो बन्छ,’ उनले भने । उनका अनुसार घरजग्गा क्षेत्रलाई सबैले अनुत्पादक भनेपनि सबैलाई घरजग्गा नै चाहिएको छ । ‘घरजग्गा क्षेत्रलाई सिस्टमेटिक बनाउन आवश्यक छ, रोक्का गरेर गलत गरिएको थियो, सबैलाई घडेरी चाहिएको छ तर, गाली यह क्षेत्रलाई गरिन्छ, सिस्टमलाई व्यवस्थित गर्न सकियो भने सरकारलाई राजश्व पनि आउँछ, अर्थतन्त्र पनि सहज हुँदै जान्छ,’ उनले भने । सरकारको यो निर्णयले घरजग्गा व्यवसायी खुसी भएपनि अर्थविदहरु भने सन्तुष्ट छैनन् । यसअघि विकासन्युजसँग कुराकानी गर्दै अर्थविद् विश्वास गौचनले अर्थतन्त्र सुधार गर्न घरजग्गामा मन्दी लगाउनु पर्ने धारणा राखेका थिए । उनले सरकारले घरजग्गा क्षेत्रमा खुकुलो नीति अघि सार्यो भने त्यसको प्रभाव नकारात्मक नै हुने बताएका थिए । विकासन्युजसँग कुरा गर्दै उनले भनेका थिए, ‘प्रतिव्यक्ति आम्दानीका आधारमा नेपालको जग्गाको मूल्य हेर्ने हो विश्वमा नै अगाडि रहेको अवस्था छ, जुन कुरा हुन सम्भव नै छैन, त्यसैले पहिलो यसको करेक्सन भनेको जग्गामा मन्दी लाग्नु पर्छ, घरजग्गाको कारोबार शतप्रतिशत रुपमा बैंकिङ कारोबारबाट हुनुपर्छ, जग्गा किन्ने व्यक्तिले स्रोत देखाउनुपर्छ, अहिले अवैधानिक पैसालाई ह्वाइट बनाउने सजिलो उपाय भनेको जग्गाको कारोबार भएको छ ।’ सेयर बजारमा पनि खुकुलो नीतिको तयारी अर्थमन्त्री महतले पदभार ग्रहण गर्दै बोलेको अर्को क्षेत्र हो सेयर बजार । उनले पदभार ग्रहण गर्दा मुख्यतः घरजग्गा, बैंकको ब्याज र सेयर बजारको विषयमा बोलेका थिए । बैंकको ब्याज घटेर ९.९ प्रतिशत कायम भइसकेको छ भने जग्गामा पनि खुकुलो नीति अघि सारिएको छ । अब सेयर बजारको विषयमा वहस भइरहेको बुझिएको छ । अर्थमन्त्री डा. महतले पदभार ग्रहण गर्दै सेयर बजारमा एक किसिमको मन्दी आएको बताउँदै यस विषयमा सरकार सकारात्मक भएको बताएका थिए । उनले केही पुनरावलोकन गर्नु पर्ने नीति भए त्यसका सरकार छलफल गर्न तयार भएको समेत बताएका थिए । त्यसको तीनपछि अर्थात् चैत २० गते उनले सेयर लगानीकर्ताहरुसँग भेटवार्ता समेत गरेका थिए । पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वको टोलीले सेयर बजार सुधारका लागि आवश्यक अल्पकालीन र दीर्घकालीन सुझाव दिएका थिए । उनीहरुले मार्जिन ऋणमा १२ करोडको सीमा हटाउने र १५० प्रतिशत रहेको जोखिम भार १०० प्रतिशतमा झार्नु पर्ने, चुक्ता सेयर पूँजीको ४० प्रतिशत मात्र सेयर धितोको कर्जा दिन पाउने व्यवस्थालाई हटाएर कुल कर्जा लगानीको १० प्रतिशत धितो कर्जामा दिन पाउने व्यवस्था गर्नुपर्ने माग राखेका थिए । अर्थमन्त्री महत उनीहरुका केही माग पुरा गर्नका लागि नेपाल राष्ट्र बैंकका गभर्नर महप्रसाद अधिकारीसँग निरन्तर छलफलमा रहेको स्रोतको भनाइ छ । गभर्नर अकिारीले मौद्रिक नीतिमार्फत् मार्जिन प्रकृतिको सेयर धितो कर्जामा ४/१२ करोडको सीमा तोकेका थिए । पछि उनले ४ करोडको सीमा हटाएर १२ करोड रुपैयाँ मात्रै कायम गरेका थिए । अहिले लगानीकर्ताहरु सो सीमालाई पनि हटाउनु पर्ने माग गरिरहेका छन् । अर्थमन्त्री महत पनि सो सीमालाई हटाउन गभर्नरलाई कन्भिन्स गरिरहेको स्रोतको भनाइ छ । तर, गभर्नर अधिकारी अहिलेसम्म त्यसमा सकारात्मक नभएको स्रोतको भनाइ छ । गभर्नर अधिकारीले अर्थमन्त्री महत समक्ष आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् यस विषयमा सोच्न सकिने बताइरहेका छन् । तर, अर्थमन्त्रीले मिलेर अगाडि बढ्नु पर्ने भएकोले ‘कुरो’ बुझिदिन आग्रह गरिरहेको बुझिएको छ । पदबहाली गर्दा पनि उनी गभर्नरसँग छुट्टै वार्ता गरेका थिए । तयसपछि पनि उनी पटक–पटक गभर्नरसाग छलफलमा बसिसकेका छन् । अर्थमन्त्रीले प्रत्येक बैठकमा आफुलाई सहयोग गर्न गभर्नरलाई आग्रह गरिरहेका छन् । यसअघि बैंकको ब्याज घटाउन पनि गभर्नर सहमत थिएनन् तर अर्थमन्त्रीको आग्रहमै उनले ‘ग्रिन सिग्नल’ दिएपछि र बैंकहरु पनि घटाउन सहमत भएपछि बैंकको ब्याज घटेको थियो । तर, उनलाई बैंकको ब्याज घट्दा आयात बढ्न सक्ने चिन्ता छ ।
सामान्य अंकले बढ्याे सेयर बजार, ४ कम्पनीमा सर्किट
काठमाडौं । बुधबार सेयर बजार १५.१३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार बढेर १९०२.१२ विन्दुमा पुगेको छ । आज २६६ वटा कम्पनीका २५ लाख ७९ हजार कित्ता सेयर ८७ करोड २१ लाख ४१ हजारमा कारोबार भएका छन् । आज ४ कम्पनीको सेयरमा सर्किट लागेको छ । नेप्सेको अनुसार आज तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक र एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । सेयर मूल्यमा सकारात्मक सर्किट लाग्ने कम्पनी क्रमश: कालिन्चोक दर्शन, मोलुङ हाइड्रोपावर र गुरासँ लघुवित्त वित्तिय संस्था रहेको छ भने नकारात्मक सर्किट लाग्ने आदर्श लघुवित्त वित्तिय संस्था रहेको छ । आज कारोबार रकम र कारोबार भएका सेयर सङख्याका आधारमा सबैभन्दा धेरै स्वाबल्मबन लघुवित्त वित्तिय संस्थाको प्रमोटर सेयर आठ करोड ८३ लाख ३२ हजार रुपैयाँ बराबरको किनबेच भएको छ ।
एकदिन पनि टिकेन सेयर बजारको वृद्धि, परिसूचकसँगै कारोबार रकम पनि घट्यो
काठमाडौं । बुधबार देखिएको सेयर बजारको वृद्धि एकदिन पनि टिक्न सकेन । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से परिसूचकमा बिहीबार करेक्सन देखिएको छ । ९२ अंकले बढेर हरियाली छाएको बजार बिहीबार भने राताम्मे देखिएको छ । बजारमा परिसूचक २९.०७ अंकले घटेर १९३४.४७ बिन्दुमा झरेको छ । जुन बुधबारको तुलनामा १.४८ प्रतिशतले घटी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । दिनभरको कारोबारमा १ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जबकी बुधबार एक अर्ब ९७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबार सबैभन्दा बढी कारोबार गर्नेको शीर्ष स्थानमा शिवम् सिमेन्ट रहेको छ । सिमेन्टको ८ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । दोहोरो अंकले घटेको बजारमा पनि तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आदर्श लघुवित्त वित्तीय संस्था, कालिञ्चोक दर्शन र मौलुङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य बुधबारको तुलनामा १० प्रतिशतले बढेर सर्किट लागेको हो । सबैभन्दा बढी प्रतिशतले मूल्य घट्नेको सूचीमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ अग्रस्थानमा रहेको छ । जसको मूल्य ५.५० प्रतिशतले घटेको छ । त्यस्तै, बिहीबार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।
सेयर बजारमा छायो हरियाली, २७ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक २७.३१ अंकले बढेसँगै बजारमा हरियाली छाएको हो । सोमबारको तुलनामा परिसूचक १.४८ प्रतिशतले बढेर १८७१.३३ बिन्दुमा पुगेको छ । त्यस्तै, कारोबार रकम पनि बढेर ९४ करोड ५२ लाख रुपैयाँ पुगेको छ । सोमबारको बजारमा ९१ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले बढेको बजारमा कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । कारोबारमा आएका १३ समूहमध्ये उत्पादनमूलक समूह ४९.७५ अंकले बढेको छ । त्यस्तै, अधिकांश कम्पनीको सेयर मूल्य बढ्दा दुई कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । कालिञ्चोक दर्शन र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः १० र ९.९६ प्रतिशतले बढेको छ । यससँगै दुई कम्पनीको अन्तिम कारोबार क्रमशः प्रतिकित्ता ४१४.८० र १०७५ रुपैयाँमा भएको छ । सोमबार बढेर सर्किट लेभलमा कारोबार भएको सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयर मूल्य मंगलबार भने घटेको छ । सो दिन ११.५० रुपैयाँले घटेर प्रतिकित्ता ३१३ रुपैयाँमा झरेको छ ।
सेयर बजारमा देखिएका समस्याहरु सुधार गरिरहेको छु : अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेश कुमार हमालले सेयर बजारमा देखिएका समस्या क्रमिक रूपमा सुधार गरिरहेको बताएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष हमालले सो बताएका हुन् । उनले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महत पनि पुँजी बजारको समस्या समाधान गर्न सकारात्मक रहेका बताएका छन् । ‘पुँजी बजारसँग सम्बन्धित समस्या समाधान गर्न मैले अर्थमन्त्रीसँग दुई पटक भेटेको छु, अर्थमन्त्रीज्यू पनि सकारात्मक हुनु हुन्छ,’ उनले भने । त्यस्तै, उनले सेयर बजारसँग सम्बन्धित समस्या खुकुलो बनाउन नेपाल राष्ट्र बैंकसँग पहल भइरहेको समेत बताएका छन् ।
५ अंकले घट्यो सेयर बजार, ९१ करोड रुपैयाँको कारोबार
काठमाडौं । मंगलबार पनि सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार मंगलबार सेयर बजार ५.२० अंकले घटेर १८६६.६८ विन्दुमा पुगको छ । यसरी बजार घट्दा २८ लाख कित्ता सेयर ९१ करोड रुपैयाँमा कारोबार भएको छ । मंगलबार सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । नेप्सेको अनुसार शिवम्ले मंगलबार तीन करोड ३६ लाख रुपैयाँको कारोबार गरेको छ । यस्तै, आज कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनको सेयर मूल्य आज २३.४० रुपैयाँले बढेको हो ।
सोमबार पनि घट्यो सेयर बजार, दुई कम्पनीमा सर्किट
काठमाडौं । सोमबार पनि सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार १६.६७ अंकले घटेर १८७१.८८ विन्दुमा पुगेको छ । सेयर बजार घट्दा दुई कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । सोमबार कालिन्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट र ८५ % प्रभु बैंक डिबेन्जचर २०७८ को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो । कालिन्चोकको प्रति कित्ता सेयर मूल्य २१.३० ले वृद्धि हुँदा प्रभु बैंक डिबेन्जचरको ९०.४० रुपैयाँले घटेको छ । यस्तै, आज नेप्सेमा २८ लाख कित्ता सेयर किनबेच हुँदा ९२ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार गर्नेमा नबिल बैंक रहेको छ । बैंकको सेयरधनीले सोमबार तीन करोड ६२ लाख रुपैयाँको सेयर कारोबार गरेका छन् ।
धितोपत्र बोर्डलाई अर्थमन्त्रीको निर्देशन : केही दिनमै सेयर बजारमा राम्रो नतिजा ल्याउनु
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण नेपाल धितोपत्र बोर्डलाई कही दिनभित्र नै पूँजीबजारमा सकारात्कक नतिजा ल्याउने गरी काम गर्न निर्देशन दिएका छन् । सोमबार महतले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाईसँग भेटेर यस्तो निर्देशन दिएका हुन् । उनले छलफलमा सेयर बजारमा समस्या र लगानीकर्ताबीचको समन्वय गर्न र समस्या समाधान गर्न निर्देशन दिएका छन् । अर्थमन्त्री महतले नेपाल उद्योग वाणिज्य महासंघ, पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँग सोमबार बिहान भेटेलगत्तै धितोपत्र बोर्ड अध्यक्ष हमाललाई भेटेका हुन् ।
अर्थमन्त्रीलाई सेयर बजारको ‘इग्नोर’,
काठमाडौं । आइतबार (आज) सेयर बजार बढ्न सक्ने आंकलन धेरैको थियो । देशले नयाँ अर्थमन्त्री पाएसँगै आइतबार धेरैले बजारमा हरियाली आउन सक्ने अनुमान गरेका थिए । त्यो अनुमान यस मानेमा कि शुक्रबार अर्थमन्त्रीका रुपमा कार्यभार सम्हाल्दा अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारप्रति केही सकारात्मक संकेत देखाएका थिए । उनले सेयर बजार घटेर लगानीकर्तामा सुस्तता आएको र आफुले अब सबैले लगानी गर्न सक्ने वातावरण सिर्जना गर्ने बताएका थिए । उनको भनाइको आधारमा लगानीकर्ताको मनोविज्ञानमा सकारात्मक प्रभाव परेर बजार बढ्न सक्ने अनुमान थियो । तर, आइतबार बजार झन घट्यो । यसले पनि अर्थमन्त्री डा. महतलाई सेयर बजारले नचाहेको होकि भन्ने बुझिएको छ । आइतबार सेयर बजार २० अंकले घटेर १८ सय ८८.५५ को बिन्दु कायम भएको छ । बैंकिङ क्षेत्रमा सुधार हुँदै गएको तरलता, बाह्य क्षेत्रमा देखिएको सुधार र ब्याजदर घट्ने संकेतबीच अर्थमन्त्रालयले अर्थमन्त्री पनि पाउँदा धेरैले अब सेयर बजार बढ्ने अनुमान गरेका थिए । तर, त्यस्तो हुन सकेन । नयाँ अर्थमन्त्रीलाई सेयर बजारले ‘इग्नोर’ गरेको छ । आइतबार घटेको बजारमा एनआईसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । दिनभरको कारोबारमा बैंकको ५ करोड ५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार एक अर्ब २० करोड रुपैयाँ बराबरको धितोपत्र किनबेच भएको छ । दिनभरमा ३२ हजार ४१४ पटकको कारोबारमा ३७ लाख ८७ हजार २४१ कित्ता सेयर कारोबार भएको छ । त्यस्तै, टप गेनरको शीर्ष स्थानमा कालिञ्चोक दर्शन रहेको छ । जसको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यससँगै कम्पनीको सेयर मूल्य १९.३० रुपैयाँले बढेर प्रतिकित्ता २१३.१० रुपैयाँ पुगेको छ । यता टप लुजरको शीर्ष स्थानमा स्वाभिमान लघुवित्त वित्तीय संस्था रहेको छ । जसको सेयर मूल्य ९.६१ प्रतिशतले घटेर प्रतिकित्ता ८९९.४० रुपैयाँमा झरेको छ ।