सेयर बजारमा हरियाली कायमै, नेप्से परिसूचक २९ अंकले बढ्दा घोराहीको सर्वाधिक कारोबार

काठमाडौं । मंगलबार जस्तै बुधबारको सेयर बजारमा पनि हरियाली छाएको छ । सो दिनको बजारमा कारोबारमा आएका सबै समूह सूचकमा हरियाली छाएको छ । बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सो दिन सेयर मूल्य मापक नेप्से परिसूचक २९.४७ अंकले बढेर २०४५.४५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.४६ प्रतिशतले बढी हो । त्यस्तै, बजारमा एक अर्ब ५१ करोड ४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तुलनामा १८ करोड रुपैयाँले बढेको छ । मंगलबारको बजारमा १ अर्ब ३३ करोडको सेयर कारोबार भएको थियो । २७३ स्क्रीप्सको कारोबार भएको बजारमा घोराही सिमेन्ट इन्डष्ट्रीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन ७ करोड ५७ लाख ६५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता ५१० रुपैयाँमा भएको छ । त्यस्तै, तीन कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । कुथेली भुखारी स्मल हाइड्रोपावरको ९.९९ प्रतिशतले, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाई मूल्य ९.६४ प्रतिशतले र लिबर्टी इनर्जी कम्पनीको सेयर मूल्य ९.४५ प्रतिशतले बढेको छ । बजारमा सबैभन्दा बढी सिटिजन्स सुपर ३० म्युचुअल फण्डको इकाइ मूल्य ७.४२ प्रतिशतले घटेको छ ।

सेयर बजारमा छायो हरियाली, कुमारी बैंकपछि युनाइटेड अजोडको सर्वाधिक कारोबार

काठमाडौं । मंगलबारको सेयर बजारमा हरियाली छाएको छ । बजारमा नेप्से परिसूचक १७.६९ अंकले बढ्दा सबै सूचकमा हरियाली छाएको हो । सोमबारको तुलनामा नेप्से परिसूचक ०.८८ प्रतिशतले बढेर २०१५.९८ बिन्दुमा पुगेको छ । यससँगै कारोबारमा आएका सबै उपसूचक उकालो लागेर हरियाली देखिएको छ । कारोबारमा आएका १३ समूहमध्ये सबैभन्दा बढी प्रतिशतले बढ्नेमा निर्जीवन बीमा सूमह रहेको छ । जुन एकैदिन १२२.४९ अंकले बढेको छ । दोहोरो अंकले बढेको बजारमा कारोबार रकम भने घटेको छ । सोमबार १ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार भने १ अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । मंगलबार २७७ स्क्रिप्सको ६० लाख ३१ हजार ३५६ कित्ता सेयर खरिदबिक्री भएका छन् । जसमध्ये सबैभन्दा बढी कुमारी बैंकको प्रमोटर अर्थात संस्थापक सेयर किनबेच भएको छ । नेप्सेका अनुसार बैंकको एकैदिन २८ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार हुने कम्पनीको दोश्रो सूचीमा यूनाइटेड अजोड इन्स्योरेन्स छ । इन्स्योरेन्सको एकैदिन ५ करोड ४१ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । बजारमा कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी अर्थात ९.९८ प्रतिशतले बढेको छ । सोमबारको तुलनामा उक्त हाइड्रोको सेयर मूल्य ५२.६० रुपैयाँले बढेर प्रतिकित्ता ५७९.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । मंगलबार लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी अर्थात ४.४२ प्रतिशतले घटेर प्रतिकित्ता ६९७ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

फेरि ओरालो लाग्यो सेयर बजार, नेप्से २१.९९ अंक घट्यो

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । आइतबार नेप्से परिसूचक २१.९९ अंक घटेर २०११.१४ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ३.२५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंक घटेको छ । आइतबारको सेयर बजारमा कारोबार रकम पनि घटेको छ । आइतबार  २६९ स्टकको ४३ हजार ३४६ पटकको कारोबारमा एक अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको ४४ लाख ५९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । आइतबार फरवार्ड लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी अर्थात ४.५७ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा आइतबार आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको यस दिन ६ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ । आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.३४ प्रतिशत घटेको छ । होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

सेयर बजारमा झिनो सुधार, काराेबार रकम घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा सामान्य सुधार देखिएको छ । बिहीबारको कारोबारमा नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ । पछिल्ला तीन दिन सेयर बजार राताम्मे भएको थियो । बिहीबार भने नेप्से परिसूचक ८.०१ अंक बढेर २०३३.१३ विन्दुमा पुगेको छ । बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम भने सामान्य घटेको छ । अघिल्लो दिन एक अर्ब ६७ करोडको शेयर खरिद बिक्री भएको बजारमा बिहीबार २७१ स्टकको ४३ हजार ५९१ पटकको कारोबारमा एक अर्ब ५४ करोड १३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । बिहीबारको सेयर बजारमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाई सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, कारोबारमा आएको लिबर्टी इक्विटी फण्डको इकाई मूल्य सर्वाधिक ७.४३ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको यस दिन साढे १३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । यस दिन आइएमई लाइफ इन्स्योरेन्सको करिब ८ करोडको शेयर खरिदबिक्री भएको छ भने घोराही सिमेन्टको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । सेयर बजारका १३ उपसमूहमध्ये बिहीबार एक उपसमूहको परिसूचक घटेको छ भने बाँकी १२ उपसमूहको परिसूचक बढेको छ ।

सेयर बजारमा कडाइ नै गर्नु पर्छ, जग्गाको कित्ताकाट खोल्नु हुँदैनथ्यो : युवराज खतिवडा

काठमाडौं । सरकारले मंगलबारको मन्त्रिपरिषद बैठकबाट जग्गाको कित्ताकाट खोलेकोप्रति पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले असन्तुष्टि व्यक्त गरेका छन् । नेकपा एमालेको उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधबार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था, समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा खतिवडाले जग्गाको कित्ता काट खोलेर गल्ती भएको बताएका हुन् । ‘जग्गाको वर्गीकरण खोल्नु सबै समस्याको समाधान होइन । यसमै सबै कुरा रोकिएको छैन । व्यवहारिक समस्या छ भने समाधान गर्नु पर्छ तर कित्ताकाट मात्रै समाधान होइन’, खतिवडाले भने । पछिल्ला दिनका नेपालमा कालोधन्दा बढिरहेको र यसले विदेशी कारोबार नहुने स्थिती बन्न सक्ने भन्दै त्यसलाई रोक्न सरकारले ध्यान दिनुपर्ने उनले बताए । पूर्व गभर्नरसमेत रहेका खतिवडाले बैंकहरुले बेसरेट भन्दा तल गएर पनि ब्याज दिएको र यस्तो अभ्यास गलत भएको बताएका छन् । ‘ब्याजदर विभेदकारी हुनु हुँदैन तर ब्याजदरमा जम्प गर्ने अभ्यास बन्द गर्नु पर्छ’, उनले भने । राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जा रोक्न प्रोएक्टिभ हुनुपर्ने उनले बताए । ‘राष्ट्र बैंक रियाक्टिभ होइन प्रोएक्टिभ हुने हो । अनुत्पादक क्षेत्रमा कर्जा रोक्नु पर्छ । सेयर बजारमा बढी कर्जा जानू हुँदैन । सेयर बजार धितोपत्र बोर्डको कन्सर्नको विषय हो राष्ट्र बैंकको होइन’, खतिवडाले भने । खतिवडाले एक महिनामा राजश्वभन्दा चालु खर्च ३५ अर्बले बढी भइसकेको भन्दै राजस्व बढाउने तिर ध्यान जानुपर्ने बताए । ‘आर्थिक विकास नभएपछि व्यापार घट्छ नै । व्यापार घट्नु भनेको आर्थिक मन्दी हुनु हो । ब्याजदर पनि बढी छ’, खतिवडाले भने, ‘सबैभन्दा ठूलो मुद्दा भनेको व्यवसायीको विश्वास र सुरक्षाको हो ।’ चालु आर्थिक वर्षमा बजेटले लिएको लक्ष्य अनुसारको आर्थिक वृद्धि हुन चुनौति नै रहेको उनले बताए । कार्यक्रममा खतिवडाले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंतर्फ संकेत गर्दै अराजक गतिविधि गर्नेहरुलाई राज्यले तत्काल पक्राउ गर्नुपर्ने बताए । ‘अराजक तत्वलाई राज्यले तत्काल पक्राउ गर्नु पर्छ । कालोमोसो दल्ने, अराजक गतिविधि गर्नेलाई सरकारले किन पक्राउ गर्दैन ?’, खतिवडाले भने । नेपालमा सुन तस्करी बढेको कारण नेपाल भारत सीमावर्ति क्षेत्रमा भारतीय रुपैयाँको मूल्य सस्तो भएको खतिवडाले बताए ।

अधिकांश समय सकारात्मक रहेको सेयर बजार घटेर बन्द

काठमाडौं । सोमबार सेयर बजारको नेप्से परिसूचक ३.६१ अंकले घटेको छ । कारोबारको अधिकांश समय सकारात्मक रहेको बजार अन्तिममा घटेर नेप्से २०७७.२४ विन्दुमा पुगेको छ । सोमबारको कारोबारमा फ्लोट इण्डेक्स ०.२७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अंक बढेको छ । सोमबार कारोबार रकम पनि घटेको छ । अघिल्ला तीनको कारोबार निरन्तर उकालो लागेको थियो । तर, सोमबार भने घटेको बजारमा २७९ स्टकको ६८ हजार ८४२ पटकको कारोबारमा २ अर्ब ९ करोड १३ लाख रुपैयाँ बराबरको ५४ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । सोमबार थ्रीस्टार हाइड्रोपावर र अप्पर साङ्गे हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, यस दिन सिवाईसी लघुवित्तको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ । कारोबारमा आएको सिद्धार्थ प्रिमियम इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ६.४६ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा सोमबार आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, सोल्टी होटलको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ । सोमबारको बजारमा १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ्ग, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको हो । कारोबारमा आएका होटल तथा पर्यटन, जलविद्युत र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढीले घटेको छ ।

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेको छ । आइतबार नेप्से परिसूचक १४.८१ अंक बढेर २०८०.८६ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ३.९१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४७ अंक बढेको छ । गत बुधबार र बिहीबार पनि नेप्से बढेको थियो । आइतबारको बजारले पनि सोही क्रमलाई निरन्तरता दिएको छ । आइतबार कारोबार रकम पनि बढेको छ । आइतबार २७१ स्टकको ९५ हजार ९६५ पटकको कारोबारमा ३ अर्ब १ करोड ८४ लाख ६० हजार रुपैयाँ बराबरको ९७ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आइतबारको बजारमा थ्रीस्टार हाइड्रोपावर र अप्पर साङ्गे हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने घोराही सिमेन्ट्सको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, माउन्टेन इनर्जीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबार रकमका आधारमा भने नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको ५८ करोड ४५ लाख रुपैयाँ बराबरको संस्थापक शेयर खरिदबिक्री भएको छ । आइतबार १३ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकिङ्ग र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । वित्त, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक घटेको छ ।

४१ अंकले बढेको सेयर बजारमा करीब दुई अर्बको कारोबार

काठमाडौं । तीन दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से बुधबार भने बढेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक ४१.०६ अंक बढेर २०६०.९१ विन्दुमा पुगेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ७.४८ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.७३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंक बढेको छ । कारोबार अवधिको अधिकांश समय नकारात्मक रहेको नेप्से, अन्तिम समयमा बढेर बन्द भएको हो । बुधबार सेयर बजारमा २६५ स्टकको ७७ हजार ५०१ पटकको कारोबारमा एक अर्ब ८८ करोड ८३ लाख रुपैयाँ बराबरको ५० लाख १० हजार कित्ता शेयर कारोबार भएको छ । सेयर बजारको १३ उपसमूहमध्ये बुधबार म्युचुअल फण्ड उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.६२ प्रतिशत बढेको छ । त्यसैगरी, वित्त, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, जलविद्युत, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ । कारोबार रकमका आधारमा आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । आज आइएमई १५ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, शिवम् सिमेन्ट्सको करिब साढे ८ करोडको शेयर खरिदबिक्री भएको छ । कारोबारमा आएको हिमालयन लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक ९.८३ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन सुपर मादी हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त र मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन सेञ्चुरी बैंकको ऋणपत्र नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

सामान्य अङ्कले घट्यो सेयर बजार

काठमाडौं । यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक तीन दशमलव २१ अङ्कले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ६७ कम्पनीको ६६ लाख ४७ हजार एक सय ४३ कित्ता सेयर एक लाख एक हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार दुई सय ९७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज बैंकिङ, जलविद्युत्, लगानी र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह १२ दशमलव १९, जलविद्युत् सात दशमलव ३४, लगानी शून्य दशमलव ०३ र अन्य समूह पाँच दशमलव ५७ अङ्कले घटेको हो । उपसूचक बढ्नेमा आज सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ७६ दशमलव ४६ र जीवन बीमा समूहको उपसूचक ६० दशमलव १४ अङ्कले बढेको छ । विकास बैंक ५३ दशमलव ५६, वित्त २८ दशमलव ८७, उत्पादन तथा प्रशोधन चार दशमलव १५, लघुवित्त ११ दशमलव ०१ र म्युचुअल फन्ड समूह शून्य दशमलव ०१ अङ्कले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूह सात दशमलव ७३ र व्यापार २७ दशमलव १५ अङ्कले बढेको नेप्सेले जनाएको छ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । धेरै घट्नेमा भने छ्याङ्दी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य छ दशमलव ४५ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीको ४३ करोड ६२ लाख ५९ हजार तीन सय ४८ रुपैयाँ बराबरको सात लाख एक हजार आठ सय तीन कित्ता सेयर किनबेच भएको छ ।

सेयर बजारमा वित्तीय विवरणको प्रभाव, दोहोरो अंकले घट्यो

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले गिरवाट आएको छ । आइतबार नेप्से ३८.३७ अंक घटेर २०५१.४७ अंकमा बन्द भएको छ । कारोबार खुलेको केही समयपछि बजार ओरालो लागेको हो । आज दिनभरिमा २६५ कम्पनीको ८० लाख ७ हजार ३६१ कित्ता सेयर ६१ हजार ९१७ पटक खरिद बिक्री हुँदा २ अर्ब ६८ करोड ७१ लाख ४८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार सबै समूहमा राताम्य छाएको छ । आइतबार होटल तथा पर्यटन समूह ३.५९ प्रतिशत, फाइनान्स समूह ३.४३ प्रतिशत, विकास बैंक समूह २.५० प्रतिशत, ब्यापार समूह २.३५ प्रतिशत, जीवन बीमा समूह २.०९ प्रतिशत र निर्जीवन बीमा समूह २.०५ प्रतिशत घटेको छ । अन्य समूह भने २ प्रतिशतभन्दा कम घटेका छन् । आइतबार बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको गत वर्षको चौथौं त्रैमाससम्मको वित्तीय विवरणमा लाभांश क्षमता घटेको र खराब कर्जा बढेपछि नकारात्मक प्रभाव परेको लगानीकर्ताहरु बताउँछन् । सेयर बजारमा राताम्य छाएपनि आइतबारदेखि कारोबारमा आएका आइएमई लाइफ इन्स्योरेन्स र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइएमईको सेयर मूल्य ९.९९ प्रतिशत बढेर ५८२.४० रुपैयाँ र रिपब्लिकाको ९.९८ प्रतिशत बढेर २७५.४० रुपैयाँ पुगेको छ । यस्तै, सानिमा बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको सेयर १२ करोड ६९ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, एभरेष्ट बैंकको १२ करोड २१ लाख २४ हजार रुपैयाँ र एनआईसी एशिया बैंकको ११ करोड १२ लाख ८३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेयर बजार २८.५९ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ को बिन्दुमा कायम भएको हो । नेप्सेका अनुसार आज विभिन्न दुई सय ६२ कम्पनीको ६० लाख १५ हजार ६७ कित्ता सेयर ४० हजार आठ सय ३७ पटक खरिदबिक्री हुँदा एक अर्ब ९२ करोड ४४ लाख ३४ हजार नौ सय रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक शून्य दशमलव ०५ अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक दुई सय ७४ दशमलव ६४ र जीवन बीमा समूहको उपसूचक दुई सय २२ दशमलव ५३ अङ्कले घटको छ । बैंकिङ समूह १२ दशमलव २३, विकास बैंक ७६ दशमलव २५, वित्त ४५ दशमलव ०९, होटल तथा पर्यटन एक सय २३, जलविद्युत् २९ दशमलव ९६, लगानी शून्य दशमलव ७१ र उत्पादन तथा प्रशोधन समूह ७६ दशमलव ७७ अङ्कले घटेको छ । त्यस्तै, लघुवित्त ५४ दशमलव ०९, व्यापार ४४ दशमलव ८३ र अन्य समूह १५ दशमलव १९ अङ्कले घटेको छ । आजको कारोबारबाट सुपरमादी हाइड्रोपावरको सेयर मूल्य चार दशमलव ६० प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य छ दशमलव ५४ प्रतिशतले घटेको छ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको आज सबैभन्दा धेरै आठ करोड ७४ लाख तीन हजार आठ सय ८५ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको चार लाख चार हजार नौ सय ५० कित्ता शेयर किनबेच भएको छ ।

सेयर बजारमा सामान्य अङ्कको सुधार

काठमाडौं । अघिल्लो आइतबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको सुधार देखिएको छ । नेप्से परिसूचक आज पाँच दशमलव ८४ अङ्कले बढेर दुई हजार एक सय छ दशमलव १८ अङ्क कायम भएको छ । आज विभिन्न कम्पनीका दुई सय ६२ कम्पनीको ५५ लाख ३१ हजार सात सय ३७ कित्ता सेयर ४० हजार तीन सय तीन पटक खरिदबिक्री हुँदा एक अर्ब ८५ करोड ८० लाख दुइ हजार एक सय ७५ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । जलविद्युत् समूह आठ दशमलव ५७, लघुवित्त समूह चार दशमलव १०, र म्युचुअल फन्डका उपसूचक घटेका छन् भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै व्यापार समूह ५६ दशमलव ०१ र उत्पादन तथा प्रशोधन समूह २५ दशमलव ७६ अंकले बढेका छन् । बैंकिङ समूह नौ दशमलव ६८, विकास बैंक १८ दशमलव १२, वित्त २३ दशमलव २०, होटल तथा पर्यटन तीन दशमलव ७६ र लगानी समूह शून्य दशमलव १० अङ्कले बढेको छ । त्यस्तै, जीवन बीमा समूह दूइ दशमलव ४८, निर्जीवन बीमा समूह चार दशमलव ६१ र अन्य समूह शून्य दशमलव ०८ अंकले बढेको छ । आजको कारोबार पछि सनराइज ब्लुचिप फन्डको सेयर मूल्य सबैभन्दा धेरै सात दशमलव १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने विइन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ३१ प्रतिशतले घटेको छ । आज शिवम् सिमेन्टको सबैभन्दा धेरै आठ करोड ८ लाख ८६ हजार छ सय पाँच रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै लक्ष्मी उन्नती कोषको एक लाख ९० हजार पाँच सय २५ कित्ता सेयर किनबेच भएको छ ।

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१ सय अंकमा झर्याे

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले गिरावट आएको छ । नेप्सेका अनुसार आइतबार नेप्से सूचक २६.१४ अंकले घटेर २२ सय अंकमा बन्द भएको हो । कारोबारको सुरुवाती समयमा केही अंक बजार बढेको भएपनि अन्तिम समयमा भने पूँजी बजार घटेको नेप्सेले जनाएको छ । आइतबार १८९ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने १८ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । आज २६६ कम्पनीको ६८ लाख ६० हजार ४२ कित्ता सेयर ४६ हजार ३२७ पटक खरिद बिक्री हुँदा २ अर्ब ५० करोड २८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । कारोबार अवधिमा शिवम् सिमेन्टको सेयर सर्वाधिक १४ करोड ७८ लाख ७४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, सोल्टी होटलको ११ करोड ९९ लाख रुपैयाँ, एभरेष्ट बैंकको १० करोड २० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेमा रहेका १३ वटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अन्य सबै समूहमा राताम्य छाएको छ । जसमध्ये होटल तथा पर्यटन समूह, फाइनान्स समूह र ट्रेडिङ्ग समूहको सेयर मूल्य २ प्रतिशतले घटेको छ ।

सेयर बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति आयो : सेयर लगानीकर्ता

काठमाडौं । राष्ट्र बैंकले सेयर बजारलाई इगो राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति ल्याएको सेयर लगानीकर्ताहरुले बताएका छन् । सेयर लगानीकर्ताहरुले राष्ट्र बैंकले विगत दुई वर्षदेखि सेयर बजारप्रति नकारात्मक बनेर मौद्रिक नीति ल्याउनु पुँजीबजारको विकासको लागि राम्रो नभएको बताए । उनीहरुले नेपाली पुँजीबजारको विकास र साना लगानीकर्ताको संरक्षण गर्नु पर्नेमा राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको आरोप लगाए । लगानीकर्ताहरुले राष्ट्र बैंकले लगानीकर्ताहरुलाई कन्फ्युज बनाउने भन्दा पनि स्पष्ट नीति लिएर पुँजीबजारको विकासमा जोड दिएर नीति बनाउनु पर्नेमा उल्टो भइरहेको बताए । उनीहरुले राष्ट्र बैंकले सेयर लगानीकर्ताहरुको दुई वर्ष देखिका साना मागलाई समेत सम्बोधन नगर्नु सेयर बजारप्रति नकारात्मक दृष्टिकोण रहेको स्पष्ट भएको बताए । नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत लगानीकर्तालाई कन्फ्युज बनाउने काम गरेको बताइन् । उनले मौद्रिक नीतिमा एकथरी भाषा प्रयोग गरिएको र त्यसपछि आयोजित पत्रकार सम्मेलनमा फरक कुरा सार्वजनिक गरेर लगानीकर्तालाई कन्फ्युज बनाउने काम गर्नु गलत भएको बताइन् । मौद्रिक नीतिको पूर्णपाठ हेर्दा केही भए पनि सेयर बजारलाई राहत दिने खालको मौद्रिक नीति आएको महशुस भएको भए पनि दुई घण्टाको बीचमा बिरोध गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । ‘विगत दुई वर्षदेखि निरन्तर रुपमा गिरावट रहेको सेयर बजार विगतमा नीतिहरु परिवर्तन भएर मलम पट्टिको काम गर्छ भन्ने लगानीकर्ताहरुको अपेक्षा थियो । लगानीकर्ताहरुको त्यो अपेक्षा मौद्रिक नीतिबाट पूरा भएन’, उनले भनिन्, ‘ लगानीकर्ताहरुलाई भ्रममा पारेर मौद्रिक नीति ल्याइयो त्यसले लगानीकर्ताहरु थप प्यानिक भएका छौं । मौद्रिक नीतिले आम लगानीकर्ताको माग सम्बोधन भएको छैन । सेयर बजार घटबढ राजनीतिक विषय,बजारमा तरलता र ब्याजदरको कारण हुन्छ । मुलुकको अर्थतन्त्र नै संकटमा रहेको अवस्थामा सेयर बजार राम्रो हुन्छ भन्ने अपेक्षा थिएन । तर दुई वर्ष देखिको मौद्रिक नीतिकै कारण बजार प्यानिक भइरहेको छ ।’ सबै साइजका कर्जाको जोखिमभार नघट्ने गभर्नरको अभिव्यक्तिले लगानीकर्ताहरुलाई दुखि बनाएको उनले बताइन् । सेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने भन्ने उल्लेख गरेकाले सकारात्मक प्रतिक्रिया दिएको उनले बताइन् । पोखरेलले लगानीकर्ताहरुको कुनै पनि माग सम्बोधन नहुनु पुँजीबजारप्रति राष्ट्र बैंक नकारात्मक रहेको स्पष्ट हुने बताइन् । त्यस्तै नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले मौद्रिक नीति लगानीकर्ताहरुले सोचे जस्तो नआएको बताए । उनले दुई वर्षअघि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिकै कारणले पुँजीबजार धरासायी बनाएको बताए । सेयर कर्जा संकुचन गर्न ४/१२ को नीति र भारित औसतलाई १०० बाट १५० बनाउँदा धरासायी बनेको पुँजीबजार यो मौद्रिक नीतिले पनि सम्बोधन गर्न नसकेको उनले बताए । मौद्रिक नीतिको कारणले ३२ सय नजिकको इन्डेक्स १८ सयमा पुगेको उनको भनाइ छ । लगानीकर्ताहरुले विगतमा पाएको सुविधा १२ करोड सीमा खारेज र भारित औसत १०० मा ल्याउन माग गर्दा समेत सम्बोधन नभएको गुनासो गरे । लगानीकर्ताको माग सम्बोधन हुन नसके पुँजीबजारको विकास र साना लगानीकर्ताको संरक्षण हुन नसक्ने उनको भनाइ छ । मौद्रिक नीतिको लागि राष्ट्र बैंकले सुझाव माग्ने तर सुझाव कार्यान्यवन अहिलेसम्म नभएको उनको आरोप थियो । भारित औसतलाई पुनारावलोकन गरिनेछ भन्ने समाचार आउँदा लगानीकर्ताको माग सम्बोधन भयो भनेर सबैले मौद्रिक नीतिको स्वागत गरिए पनि दुई घण्टामा पत्रकार सम्मेलनमा गभर्नरले भारित औषत ५० लाखसम्मलाई मात्रै हो भन्ने अभिव्यक्तिले आम लगानीकर्तालाई कुठराघात गरेको बताए । मौद्रिक नीतिले लगानीकर्ताको माग सम्बोधन नगरे पनि आगामी दिनमा नेपाली पुँजीबजारको भविष्य सुनौलो रहेको दाबी गरे । ‘मौद्रिक नीति हामीले सोचे जस्तो आएन’ उनले भने, ‘भारित औसतलाई पुनारावलोकन गरिनेछ भन्ने समाचार आउँदा सेयर बजार बढ्यो । लगानीकर्ताको माग सम्बोधन भयो भनेर सबैले मौद्रिक नीतिको स्वागत गरियो । तर पत्रकार सम्मेलनमा गभर्नरले भारित औषत ५० लाखसम्मलाई मात्रै हो भन्ने अभिव्यक्तिले आम लगानीकर्तालाई कुठराघात गरेको छ ।’ सेयर विश्लेषक नवराज घिमिरेले नेपाल राष्ट्र बैंकमा महाप्रसाद अधिकारी गभर्नर हुँदासम्म पुँजीबजार मैत्री मौद्रिक नीति आउन नसक्ने दाबी गरे । गभर्नर अधिकारी कहिल्यै पुँजीबजारप्रति सकारात्मक नभएकाले पुँजीबजारमैत्री नीतिहरु आउन नसकेको उनको आरोप थियो । गभर्नरको कार्यकाल सकिएपछि मात्रै नेपाली पुँजीबजारले छलाङ मार्ने उनको दाबी थियो । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजीबजारलाई नियन्त्रण गर्न खोजे पनि मौद्रिक नीतिको असर केही दिन रहे पनि पुँजीबजार अब कसैले रोकेर नरोकिने उनले बताए ।

३६ अंकले घट्यो सेयर बजार

काठमाडौं । म‌गलबारकाे काराेबारमा सेयर बजार ३६ अंकले आरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ३६.१९ अंकले घटेर २१ सय ६४ दशमलव ३१ अंकमा सीमित भएको छ । सेन्सेटिभ इण्डेक्स ७.६२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९४ अंक घटेको छ । नेप्सेसँगै मंगलबार कारोबार रकम पनि घटेको हो । अघिल्लो कारोबार दिन साढे ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार २६७ स्टकको ५३ हजार ५७० पटकको कारोबारमा २ अर्ब ९१ करोड ७ लाख रुपैयाँ बराबरको ७७ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । पछिल्ला कारोबार दिनहरुमा सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको किसान लघुवित्तको शेयर, यस दिन पनि सकारात्मक सर्किट लेभलमा नै कारोबार भएको छ । त्यसैगरी, सिटि होटलको शेयरमूल्य ७.७४ प्रतिशत बढेको छ । यस दिन नबिल बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ६.८७ प्रतिशत घटेको छ भने बिपिडब्लु लघुवित्तको शेयरमूल्य र सानिमा बैंकको ऋणपत्रको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्को १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

मौद्रिक नीतिको प्रभावले सेयर बजारमा उछाल, नेप्से ६३ अंकले बढ्यो

काठमाडौं । आइतबार नेप्से सूचक ६३ अंकले बढेको छ । साताको पहिलो दिने नेप्से बढेर बन्द भएको हो । आइतबार नै र राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रभाव पनि सेयर बजारमा देखिएको छ । आइतबार ४ अर्ब ३७ करोड रूपैयाँभन्दा बढीको कारोबार भएको छ । मौद्रिक नीतिमा सेयर धितो कर्जाको जेखिमभार पुनरावलोकन गर्ने भनिएपछि त्यसको सकरात्मक प्रभाव सेयर बजारमा देखिएको छ । सेयर धितो कर्जा लगायतका क्षेत्रमा जोखिमभार १५० प्रतिशत छ । लगानीकर्ताले यसलाई घटाएर १०० प्रतिशत कायम गर्नुपर्ने माग गरिरहेका छन् । राष्ट्र बैंक यो व्यवस्था पुनरावलोकनको लागि तयार भएको छ । आइतबारको बजारमा नेप्से परिसूचक समग्रमा ६३.२४ अंक बढेर २२ सय २७.२४ विन्दुमा पुगेको छ । आइतबार २६६ स्टकको ७५ हजार ८६ पटकको कारोबारमा ४ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ बराबरको १ करोड २० लाख २ हजार कित्ता शेयर खरिद बिक्री भएका छन् । आइतबारको कारोबारबाट १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ४.९८ प्रतिशत बढेको छ । विकास बैंक र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।

सेयर बजारमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ११ दशमलव १७ अङ्कले बढेर दुई हजार एक सय ६५ दशमलव २४ अङ्कमा कायम भएको हो । आज दुई सय ६० कम्पनीको ८६ लाख ७४ हजार एक सय नौ कित्ता शेयर ५१ हजार चार सय ४५ पटक खरिद बिक्री हुँदा तीन अर्ब ३४ करोड ८६ लाख ७९ हजार नौ सय रुपैयाँ बराबरको कारोबार भएको छ । आज बैंकिङ समूह २९ दशमलव ६६, विकास बैंक समूह ४९ दशमलव १५, उत्पादन तथा प्रशोधन समूह ६६ दशमलव २२, म्युचुअल फन्ड शून्य दशमलव ०४ र व्यापार समूह एक सय २८ दशमलव ७८ अङ्कले बढेको छ । बाँकी अरु समूहको उपसूचक भने घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४८ दशमलव ७६ अङ्कले घटेको छ । त्यस्तै, वित्त १८ दशमलव ६४, होटल तथा पर्यटन ३७ दशमलव ६५, जलविद्युत् १९ दशमलव ६८, लगानी शून्य दशमलव २६, जीवन बीमा समूह ४८ दशमलव ७६, लघुवित्त २० दशमलव ८३, निर्जीवन बीमा एक दशमलव ८९ र अन्य समूह १५ दशमलव ११ अङ्कले घटेको छ । आज बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने एनआइबीएल समृद्धि फन्ड–२ को सेयर मूल्य नौ दशमलव ६४ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको २३ करोड ५७ लाख ४५ हजार चार सय ५७ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने कुमारी बैंक लिमिटेडको चार लाख ५३ हजार नौ सय सात कित्ता सेयर किनबेच भएको छ ।

सेयर बजारमा सामान्य सुधार

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ९१ अङ्कले उकालो लागेर दुई हजार एक सय ५४ दशमलव शून्य सातमा पुगेको छ । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले उकालो लागेर चार सय सात दशमलव एक तीनमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने सात उपसमूहको शेयर मूल्य उकालो लागेको छ । नेप्सेका अनुसार कूल ८६ लाख ७६ हजार चार सय ३८ कित्ता शेयर तीन अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँ मूल्य बराबरको कारोबार भएको छ । आजको कारोबारपछि बजार पूँजीकरण ३१ खर्ब ६५ अर्ब ४७ करोड ३२ लाख ४९ हजार चार सय ४३ रुपैयाँ बराबर पुगेको छ । कारोबारका आधारमा स्वावलम्बन लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको २१ करोड ७७ लाख ३९ हजार आठ सय ६३ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार शिवम् सिमेन्ट १७ करोड ९८ लाख ६१ हजार तीन सय चार रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्स १५ करोड ६३ लाख ९० हजार तीन सय ३३ रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ११ करोड ६६ लाख ११ हजार रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्स १० करोड २३ लाख ७१ हजार नौ सय ७३ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । त्यस्तै, बीपीडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । शुभम् पावर आठ दशमलव ८९, युनिलिभर नेपाल आठ दशमलव ३९ र उपकार लघुवित्तका लगानीकर्ताले छ दशमलव ७८ प्रतिशतले कमाएका छन् । नेप्सेका अनुसार सानिमा लार्ज क्याप पाँच दशमलव १४, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो चार दशमलव ६३, सिटिजन म्युचुअल फण्ड पहिलो चार दशमलव ११, सानिमा ग्रोथ फण्ड तीन दशमलव ९० र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले तीन दशमलव ६५ प्रतिशतले गुमाएका छन् ।

आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा उत्साह

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएकै दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले  वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४७ दशमलब शून्य सात अङ्कले उकालो लागेर दुई हजार एक सय ४४ दशमलब १६ मा पुगेको हो । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलब ९५ अङ्कले उकालो लागेर चार सय चार दशमलब १० पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्य वृद्धि भएको छ भने एक उपसमूहको सेयर मूल्य भने ओरालो लागेको छ । कूल ७६ लाख ३४ हजार एक सय ९० कित्ता सेयर दुई अर्ब ५६ करोड एक लाख ९१ हजार दुई सय ८८ रुपैयाँमा कारोबार भएको छ । जानकारहरुका अनुसार बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउनु तथा नयाँ आर्थिक वर्षको प्रभावस्वरुप बजारमा सकारात्मक प्रभाव पर्न गएका हो । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १४ करोड ८६ लाख १९ हजार चार सय ५५ रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै हिमालयन लाइफ इन्स्योरेन्स १० करोड ८४ लाख ६४ हजार आठ सय ९९ रुपैयाँ,साइन रेसुङ्गा डेभलपमेन्ट बैंक सात करोड ७५ लाख १३ हजार छ सय ७२ रुपैयाँ ,सोल्टी होटल सात करोड ७३ लाख ३२ हजार दुई सय ४८ रुपैयाँ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको रु पाँच करोड ११ लाख ७६ हजार एक सय ६३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार बिपिडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्यमा दस प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । अभियान लघुवित्त नौ दशमलब ८७, सिर्जनशील लघुवित्त सात दशमलब ८० र मल्टिप्रर्पोज लघुवित्तका लगानीकर्ताले सात दशमलब ३२ प्रतिशतले कमाएका छन् । यस्तै कुमारी धनवृद्धि योजना आठ दशमलब ३७, सानीमा ग्रोथ फण्ड सात दशमलब ५१, सानीमा लार्ज क्याप फण्ड छ दशमलब २८, बैंक अफ काठमाडौँको ऋणपत्र पाँच दशमलब ८६ र मेगा म्युचुअल फण्डमा पहिलोका लगानीकर्ताले चार दशमलब ६३ प्रतिशतले गुमाएका छन् ।

सेयर बजार ४ अंकले घट्यो, विकास बैंकमा आकर्षण

काठमाडौं । मंगलबार सेयर बजारमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ । ४.७३ अंक घटेर नेप्से परिसूचक २०७२ अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ३ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार भने कारोबार २ अर्ब ८५ करोडमा खुम्चिन पुग्यो । ७९ कम्पनीको मूल्य बढ्दा १३८ को घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । समग्र बजार घट्दा विकास बैंक उपसमूहमा भने लगानीकर्ताको आकर्षण देखिएको छ । विकास बैंक उपसमूह ३.४२ प्रतिशत बढेको छ । विकास बैंक उपसमूह १२९ अंक बढ्दा फाइनान्स ५८ र उत्पादन १८ अंक बढेको छ । बैंकिङ २, होटल तथा पर्यटन ८०, जलविद्युत् २७, जीवन बीमा ८२, माइक्रोफाइनान्स ५, निर्जीवन बीमा ३६, अन्य ८ र ब्यापार उपसमूह १९ अंकले घटेका छन् ।