दशैंपछिको पहिलो दिनको सेयर बजारमा उच्च गिरावट

काठमाडौं । दशैं विदाको लामो समयपछि आइतबार खुलेको सेयर बजारमा उच्च गिरावट भएको छ । आइतबारको बजार २८.१८ अंकले घटेर बन्द भएको छ । आइतबारको बजारमा २०० कम्पनीको सेयर मूल्य घट्यो भने २७ कम्पनीको सेयर मूल्यमा मात्रै वृद्धि हुन पुग्यो । त्यस्तै, ७ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै फेरबदल आएन । दशैंको अन्तिम साता २९.२४ अंकले वृद्धि भएको शेयर बजार आइतबार ओरालो लाग्दा लगानीकर्ताहरु चिन्तित बन्न पुगेका छन् । आइतबारको बजारमा उपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर मूल्यमा सबैभन्दा धेरै ८.९९ प्रतिशतले वृद्धि भएको थियो भने आइतबार नै बजारमा खुलेको सोनापुर मिनरल्स एन्ड ओयल लिमिटेडको सेयर मूल्यमा सबैभन्दा धेरै १० प्रतिशतले गिरावट भयो ।

सामान्य घटेर बन्द भयो दशैंअघिको सेयर बजार, अर्बपनि पुगेन कारोबार

काठमाडौं । दशैंअघिको सेयर बजार सामान्य अंकले घटेको छ । दशैंको बिदाअघिको अन्तिम दिन अर्थात कार्त्तिक २ गते बिहीबार खुलेको सेयर बजार ४.०५ अंकले घटेर बन्द भएको हो । यससँगै सूचीकृत कम्पनीको सेयर मूल्य मापक नेप्से परिसूचक ०.२१ प्रतिशतले घटेर १९०३.८४ बिन्दुमा झरेको छ । बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बिहीबारको बजारमा भने एक अर्बको पनि सेयर कारोबार भएको छैन । २८४ वटा स्क्रीप्सको ९७ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी कारोबार गर्नेको शीर्ष स्थानमा अधिकांश वाणिज्य बैंक रहेका छन् । नबिल बैंकको ५ करोड ९० लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ । त्यस्तै, प्रभुको ५ करोड १५ लााख ३७ हजार रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । त्यसैगरी नबिल बैंकको ३ करोड ९० लाख रुपैयाँ बराबरको साधारण सेयर कारोबार भएको छ । यता टप गेनर्सको शीर्ष स्थानमा सिटिजन्स म्युचुअल फण्ड २ रहेको छ । जसको इकाई मूल्य ५.८७ प्रतिशतले बढेर प्रतिइकाई ७.५७ रुपैयाँ पुगेको छ । बजारमा कारोबारमा आएका १३ समूहमध्ये तीन समूह हरियादेखिएका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् । बैंकिङ्ग, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड र अन्य सूमह सामान्य अंकले बढ््दा बाँकी समूह घटेका छन् । अधिकांश कम्पनीको सेयर मूल्य घटेको बजारमा अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर मूल्य भने सर्वाधिक अर्थात ८.२५ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य सो प्रतिशतले घटेर प्रतिकित्ता २४७ रुपैयाँमा झरेको छ ।

थामिएन सेयर बजारको पहिरो, परिसूचक र कारोबार दुबै घट्यो

काठमाडौं । सेयर बजार निरन्तर रुपमा घटीरहेको छ । सोमबारको नेप्से परिसूचक २३.१६ अंकले घटेर १८५१.४३ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२३ प्रतिशतले बढी हो । त्यस्तै, परिसूचक सँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन एक अर्ब ७० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार भने एक अर्ब २५ करोड रुपैयाँमा खुम्चिएको छ । सबैभन्दा बढी प्रभु बैंकको संस्थापक सेयर बिक्री भएको छ । बैंकको एकैदिन ६ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने प्रतिकित्ता १०८ रुपैयाँ छ । घटेको बजारमा सबैभन्दा बढी सेयर मूल्य बढ्नेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ । जसको सेयर मूल्य ७.८७ प्रतिशतले बढेको हो । यता १० प्रतिशतले सेयर मूल्य घट्नेमा दुई कम्पनी छन् । सयपत्री हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट नेपालको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । कूल १३ वटा समूहमध्ये जीवन बीमा समूह नै सबैभन्दा बढी अर्थात २०७.९१ अंकले घटेको छ ।

सेयर बजार र घरजग्गालाई गर्ने व्यवहारले अर्थतन्त्रमा समस्या, ‘गभर्नर पार्टीको गोटी बन्नु हुँदैन’

काठमाडौं । उद्योगी व्यवसायीले सरकारले सेयर बजार र घरजग्गालाई गर्ने व्यवहारले अर्थतन्त्रमा समस्या देखिएको बताएका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक वहस सुधारका लागि सहकार्य विषय कार्यक्रममा बोल्दै उनले सरकारले र विभिन्न अर्थविज्ञहरुले सेयर बजार र घरजग्गा क्षेत्रलाई अनुत्पादक र लगानी नै गर्न नहुने क्षेत्रका रुपमा चित्रण गर्दा समस्या देखिएको बताएका हुन् । कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसारभर नै पूँजी परिचालनको माध्यम सेयर बजार भएको तर नेपालमा यसलाई सरकार र अर्थशास्त्रीहरुले पनि फरक ढंगले हेर्ने गरेको बताए । ‘यहाँ निजी क्षेत्र भन्ने वित्तिकै घरजग्गा, सेयर र व्यापार मात्रै लगानी गरेका छन भनेर लेख्ने बोल्ने गर्नु भएको छ, के यी क्षेत्र चाहिँदैनन र ? संसारभर नै पूँजी परिचालनको माध्यम शेयर बजार हो, फेरि अन्यत्र भएको लगानी पनि त हामीले हेर्नुपर्छ,’ उनले भने । यस्तै, उनले बैंकरले उद्योगी व्यवसायीलाई दोष दिएर उम्किन नमिल्ने धारणा राखे । कार्यक्रममा उनले कुल ग्राहस्थ उत्पादनको ९० प्रतिशत कर्जा प्रवाह भएपनि आर्थिक वृद्धि किन भएन भन्ने विषय तर्फ ध्यान दिनु पर्ने बताए । उनले यसमा उद्योगी व्यवसायीलाई मात्रै दोष दिन नहुने धारणा राखे । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारको आर्थिक नीति र बजेटको तालमेल नमिलेको बताए । उनले सरकारले आयात प्रतिस्थापनको नीति अघि सारेपनि त्यो सफल नभएको र उल्टै आयात बढिरहेको धारणा राखे । उनले घरजग्गा क्षेत्रमा अझै सहज नीति अगाडि सार्नु पर्ने धारणा राखे । पर्यटनलाई पनि उद्योगका रुपमा परिभाषित गर्नु पर्ने उनको भनाइ छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले सरकारले लघु घरेलु उद्योगलाई कदर गर्नु पर्ने धारणा राखे । उनले अर्थतन्त्रमा लघु घरेलु उद्योगको योगदान महत्वपूर्ण रहेको बताउँदै यस्ता उद्योगलाई सरकारले कदर गर्नु पर्ने बताए । ‘उद्योगी पलायन भइरहेको छन्, भएका जनशक्ति पलायन भएपछि विदेशी मान्छे राखेर उद्योग चलाउनु पर्ने बाध्यता छ, यो अवस्था सिर्जना कसरी भयो, सरकारले सोच्नु पर्छ,’ उनले भने । गैर आवासिय नेपाल संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले नेपालबाट विदेशमा पैसा नपठाउन आग्रह गरेका छन् । ‘एनआरएनएले एक तिहाई अर्थतन्त्र धानिरहेका छन्, वैदेशिक रोजगारीमा गएकाहरुलाई सामाजिक सुरक्षा कोष जोडेपछि अर्ब भन्दा बढी रकम चैतसम्म उठेको छ, यसले सहज भएको छ,’ उनले भने । यस्तै, उनले नेपाली बैंक तथा वित्तीय संस्थाहरु आर्थिक नितिमा चुकेको धारणा राखे । नेपालीको अर्थतन्त्र सुधारका लागि एनआरएनए सधैं तयार रहेको बताउँदै सरकारले सोही किसिमको सहजत वातावरण सिर्जना गर्नु पर्ने बताए । उद्योगमन्त्री भन्छन् : गभर्नर पार्टीको गोटी बन्नु हुँदैन कार्यक्रममा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले नेपाल राष्ट्र बैंकको नेतृत्व कुनै पनि राजनीतिक दलको गोटी बन्न नहुने धारणा राखेका छन् । उनले पछिल्लो समय उद्योगी व्यवसायीले बैंकको ब्याज बढेको भन्दै आलोचना गरेपनि नियामकले त्यसतर्फ ध्यान नदिएको धारणा राखेका हुन् । उनले अहिलेको अवस्थामा बैंकको ब्याज घट्नु पर्ने भएपनि नघटेको तर्क दिए । ‘बैंकको ब्याजदले पनि उद्योगी व्यवसायीलाई हतोत्साहित गरेको छ, ब्याजलाई घटाउँदै जानु पर्छ, नियामक राजनीतिक पार्टीको गोटी बन्नु हुँदैन, निजी क्षेत्र अगाडि बढ्यो भने मात्र समग्र अर्थतन्त्र अगाडि बढ्छ,’ उनले भने । उनले अर्थतन्त्र संकटमा भएको हल्ला भएपनि त्यस्तो अवस्था नभएको धारणा राखे । उनले केही व्यक्तिहरुले अर्थतन्त्र संकटमा भएको भन्दै हल्ला फैलाए पनि अर्थतन्त्र सकारात्मक दिशामा रहेको धारणा राखेका हुन् । उनले सरकारले निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढिरहेको पनि बताए । निजी क्षेत्रमालाई लगानी मैत्री वातावरण बनाउनु पर्ने आवश्यकता रहेको बताउँदै सरकारले उनीहरको लागि सहज नीति नियमहरु बनाउँदै लगेको पनि उनको भनाइ छ । यस्तै, उनले मुलुक संकटमा छ भन्ने अभिव्यक्तीले पनि धेरैलाई निराश बनाएको बताए । बोल्ड निर्णयको आवश्यकता देखियो : प्रधानमन्त्री प्रचण्ड कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि बोल्ड निर्णयको आवश्यकता भएको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उनले अहिले समस्यामा रहेको अर्थतन्त्र सुधारका लागि बोल्ड निर्णयको आवश्यकता रहेको धारणा राखेका हुन् । उनले अर्थतन्त्र सुधारका लागि एउटा उच्चस्तरीय संयन्त्र नै आवश्यक भएको बताए । ‘बैंकको ब्याज घटाउन प्रयास गरियो, बजेट र मौद्रिक नीतिबीचको तालमेल मिलाउन निकै लागियो, कित्ताकाट खुलाइयो तर पनि अर्थतन्त्रमा सुधार हुन सकेन, अब एउटा बोल्ड निर्णयको आवश्यकता छ,’ उनले भने । उनले अहिले बैंकमा थुप्रेको पैसा बजारमा पठाएर अर्थतन्त्र चलायमान बनाउनु पर्ने धारणा पनि राखे ।

थामिएन सेयर बजारको गिरावट, १९ सय बिन्दुबाट झर्यो परिसूचक

काठमाडौं । सेयर बजारमा निरन्तर रुपमा ओरालो लागि रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको संशोधित निर्देशिका पछिको सेयर बजार लगातार घटिरहेको छ । निरन्तरको गिरावटसँगै सेयर मूल्य मापक नेप्से परिसूचक १९सय बिन्दुबाट पनि तल झरेको छ । मंगलबारको बजारमा परिसूचक १९.०६ अंकले घटेर १८८९.५९ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.९९ प्रतिशतले बढी हो । सोमबारको तुलनामा मंगलबारको सेयर कारोबार भने बढेको छ । मंगलबारको बजारमा २८२ स्क्रीप्सको ४२ लाख ८७ हजार कित्ता सेयर एक अर्ब २८ करोड रुपैयाँ बराबरमा कारोबार भएको छ । जबकी सोमबारको बजारमा एक अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार भएका कम्पनीमध्ये सानिमा जनरल इन्स्योरेन्स (एसजीआईसी)को सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । अन्य कम्पनीको ४ करोडको पनि कारोबार नभएको बजारमा सानिमा जीआईसीको भने २० करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने घटेर प्रतिकित्ता ४९९ रुपैयाँमा झरेको छ । मंगलबार कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । बजारको टप गेनरको अग्रस्थानमा अप्पर लोहोरेखोला हाइड्रोपावर कम्पनी रहेको छ भने टप लुजको शीर्ष स्थानमा बाराही हाइड्रोपावर पब्लिक रहेको छ । जसमध्ये अप्पर लोहोरे खोलाको सेयर मूल्य क्रमश ५.८६ प्रतिशतले बढेको छ भने बाराही हाइड्रोको सेयर मूल्य प्रतिकित्ता ७.६४ प्रतिशतले घटेको छ ।

लगानीकर्ता भन्छन् : सेयर बजार २५ प्रतिशत मात्रै बढ्छ

काठमाडौं । सेयर धितो कर्जाको सीमामा गरेको संशोधनप्रति लगानीकर्ताले अझै पनि असन्तुष्टि जनाएका छन् । सेयर धितो कर्जालाई खुल्ला छोड्न माग गर्दै आएका लगानीकर्ताहरु राष्ट्र बैंकको संशोधनले अझै पनि सन्तुष्ट हुन नसकेका हुन् । बिहीबार एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले सेयर धितो राखेर प्रवाह हुने कर्जामा ब्यक्तिगततर्फ १५ करोड रुपैयाँ र संस्थागततर्फ २० करोड रुपैयाँ पुर्याएको छ । यसअघि सेयर धितो राखेर १२ करोड रुपैयाँसम्म कर्जा लिन पाइन्थ्यो । अब सेयर धितो राखेर एउटै बैंकबाट ब्यक्तिले १५ करोड र संस्था वा कम्पनीले २० करोड रुपैयाँसम्म कर्जा पाउने भएका हुन् । यद्यपि, सेयरधितो कर्जाको व्यवस्थामा गरिएको संशोधनले सेयर बजार बढ्न सक्ने आँकलन धेरैको छ । राष्ट्र बैंकले सेयर कर्जाको सीमा २५ प्रतिशत मात्रै बढाएको हुँदा सोही अनुपातमा सेयर बढ्न सक्ने आँकलन लगानीकर्ताकाे छ । सेयर कर्जामा भएको संशोधनले बजार नघट्ने तर, सामान्य बढ्न सक्ने अनुमान लगानीकर्ताको छ । लगानीकर्ता अम्बिर बोगटी राष्ट्र बैंकको नीतिले सेयर बजार ध्वस्त बनाएको आरोप लगाउँछन् । उनी अर्थतन्त्रमा देखिएको सबै समस्या राष्ट्र बैंकलाई दोष दिन्छन् । बैंकसँग प्रयाप्त तरलता हुँदा पनि कर्जामा सीमा तोक्नु गलत रहेको उनको भनाइ छ । ‘२ वर्षअघि कोरोना कालमा राष्ट्र बैंकको नीतिले कर्जा प्रवाह अन्दाधुन्द बढ्यो, त्यसको नकारात्मक असर अर्थतन्त्रमा पर्याे, त्यसलाई सुधार गर्न सेयर बजारलाई कडाइ गर्न थाल्यो, सेयर बजार धरासयी बन्यो,’ उनले भने, ‘अहिले २० अर्ब बढी पूँजी भएका बैंक छन् तर, २० करोड मात्रै कर्जा दिनु पर्छ भनेर एउटा क्षेत्रलाई मात्रै लक्षित गर्नु राम्रो होइन्, अहिलेको नीतिले सेयर बजार अघि बढ्दैन ।’ सेयर बजारमा कारोबार गर्न सहज रुपमा कर्जा पाउनु पर्ने माग उनले गरे । साथै, नाकाबन्दीको बेलामा पेट्रोल वितरण गरे जस्तै सेयर कर्जा वितरण गर्ने व्यवस्था ल्याएको उनको भनाइ छ । उनका अनुसार सेयर बजारमा आउने कर्जालाई खुला छोड्नु पर्छ । सेयरमा गरेको लगानी स्थीर सम्पत्ति रहेको बताउँदै उनले लगानीकर्तालाई कर्जा लिन सरल र किफायती ब्याजदर हुनु पर्ने बताए । राष्ट्र बैंकको नीतिले सेयर बजारलाई गिजोल्ने काम मात्रै भएको उनको भनाइ छ । ‘ब्याजदर सस्तो भयो भने बजारमा लगानी आउने हो, अहिले पनि ब्याजदर उच्च नै छ, नाकाबन्दीको बेलामा पेट्रोल वितरण गरे जस्तै राष्ट्र बैंकले सेयर कर्जा वितरणको व्यवस्था गर्याे, एक/दुई अर्बको मात्रै कारोबार गराउने हो भने अहिलेको नीति ठिक छ तर, बजार माथि बढाउन यो कोटा सिस्टममा पाउने ऋणले पार लाग्दैन,’ उनले भने, ‘आम्दानीको स्रोत भएन भने अन्तिम अवस्थामा घरजग्गा नै बिक्री गरेर समस्या समाधानमा गर्ने हो, सेयर बजार पनि स्थीर सम्पत्ति हो, आवश्यक परेको बेला सेयर बिक्री गरेर समस्या टार्न सकिन्छ ।’ लगानीकर्ता छोटेलाल रौनियार आफूहरुले माग गरे अनुसारको व्यवस्था राष्ट्र बैंकले नगरेको बताउँछन् । राष्ट्र बैंकले सधैं सेयर बजार विपरित नीति ल्याएर मनोबल कमजोर बनाएको उनको आरोप छ । साथै कर्जामा जोखिम भार अहिलेको आवश्यकता नरहेकाले यसलाई हटाउनु पर्ने उनको माग छ । ‘कर्जाको सीमालाई खुला छोडिदिनु पर्छ भन्ने हाम्रो माग हो, ब्यक्तिगत र संस्थागत राख्नु हुँदैन, जोखिम भारलाई राष्ट्र बैंकले हेर्न चाहेन, यसले ठूलो असर गरेको छ, २६/२७ सय अंकमा बजार हुँदा जोखिम भार १५० प्रतिशत थियो, अहिले बजार १९ सय अंकमा झरिसकेको हुँदा जोखिम भार काम छैन, पूर्व अर्थमन्त्रीहरुले जोखिम भार हटाउनु पर्छ भनेका छन्,’ उनले भने । अहिले सेयर कर्जाको सीमा २५ प्रतिशत मात्रै बढेको हुँदा सोही अनुसार बजार बढ्ने उनको अनुमान छ । बैंकहरुमा प्रयाप्त तरलता हुँदा पनि ब्याजदर महँगो भएकाले कर्जा लिन इच्छुक नभएको उनको भनाइ छ । सेयर बजार घट्नुमा मुख्य दोषी राष्ट्र बैंक नै रहेको उनको आरोप छ । केही वर्षदेखि पूँजी बजारलाई प्रभाव पार्ने गरि ल्याएका नीतिले ३२ सय अंक पुगेको बजार १९ सय अंकमा झरेको उनले बताए । बजार घट्दा राज्य पाउने राजश्वमा पनि गिरावट आएको उनको भनाइ छ । राष्ट्र बैंकले सेयर बजार मात्रै नभएर समग्र अर्थतन्त्र नै ध्वस्त बनाएको उनको आरोप छ । ‘२/३ वर्षदेखि राष्ट्र बैंक पूँजी बजारप्रति नकरात्मक नै छ, मौद्रिक नीतिले पूँजी बजारलाई पेलेको पेल्यै छ, जस्तो सीसीडीलाई सीडी गर्याे, जोखिम भार १ सयबाट १५० प्रतिशत पुर्यायो, सेयर कर्जामा १२ करोड बनायो, ब्याजदर बढाउने नीति ल्यायो, बैंकले लघुवित्त राख्न नपाउने, लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश दिन नपाउने नीतिले बजार घटायो,’ उनले भने, ‘दैनिक २२ अर्ब कारोबार हुँदा वर्षमा १५ अर्ब राजश्व तिर्दै आएको थियो तर, अहिले बजारमा हाहाकार छ, दशैंतिहारमा पनि बजार सुनसान छ ।’ धितोपत्र ब्रोकर एसोशिएसनका अध्यक्ष सागर ढकालले सेयर कर्जामा गरिएको परिवर्तनलाई सकरात्मक रुपमा लिनु पर्ने बताए । २५ प्रतिशत सेयर कर्जा बढेको बताउँदै उनले राष्ट्र बैंकको एकीकृत निर्देशन सकारात्मक रहेको बताए । ‘सेयर कर्जा पूर्णरुपमा खुला गरेको झनै राम्रो हुन्थ्यो, कम्पनीको सेयर कर्जामा सीमा नतोकेको भए राजश्व धेरै संकलन हुन्थ्यो किनभने ब्यक्तिगत लगानीकर्ता कम्पनी दर्ता गराएर सेयर कर्जा लिन्थे, कम्पनीबाट कारोबार गरेपछि ३० प्रतिशत कर तिर्नु पर्छ, आम्दानी कर पनि आउँथ्यो,’ उनले भने, ‘अहिले ७६ अर्ब सेयर कर्जा बजार छ, अब १५/१६ अर्ब बढ्न सक्छ ।’ उनका अनुसार घरजग्गामा केही खुकुलो व्यवस्था र ब्याजदर घटाउने नीति ल्याएकाले राष्ट्र बैंकले चालेको कदम सकारात्मक छ ।

सेयर बजार र घरजग्गाका कारण अर्थतन्त्र नबिग्रिएको दावी

काठमाडौं । पछिल्लो समय सर्वसाधारणदेखि विज्ञहरुले सार्वजनिक रुपमा नै सेयर बजार र घरजग्गामा लगानी बढेका कारण अर्थतन्त्रमा समस्या आएको बताउँदै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सो क्षेत्रमा मात्रै कर्जा प्रवाह गरेको आरोप लाग्दै आएको छ । साथै सेयर बजार र घरजग्गालाई अनुत्पादक क्षेत्रका रुपमा चित्रण गरिँदै आएको छ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले भने सेयर बजार र घरजग्गामा लगानी गरेका कारण अर्थतन्त्र नबिग्रिएको र यस क्षेत्रलाई उत्पादनमुलक क्षेत्रका रुपमा घोषणा गर्नु पर्ने माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सेयर बजार र घरजग्गाका कारण अर्थतन्त्र नबिग्रिएको बताए । बिहीबार उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र बोर्ड (सेबोन)को शिक्षा तथा सचेतना सम्बन्धि सम्झौता कार्यक्रममा उनले पूँजी बजारमा ६० लाख मान्छे जोडिएको हुँदा सेयर बजारप्रति नकारात्मक धारणा नराख्न सबैलाई आग्रह गरे । अहिले त्रासको स्थिती सिर्जना गरिएको हुँदा सकारात्मक सन्देश प्रवाहमा जोड दिनु पर्ने उनको भनाइ छ । ‘बैंकमा ५ खर्ब रुपैयाँ पैसा छ तर, पैसाको अभावमा व्यवसाय क्रियाकलाप बढ्न सकिरहेको छैन किनभने आम मानिसमा त्रासको वातावरण छ,’ उनले भने, ‘घरजग्गामा लगानी गरेका कारण सबै बिग्रियो, सबै व्यवसायीहरु घरजग्गामा डाइभर्ट भए भन्ने भाष्य तयार पारियो, व्यवसायीहरुका कारण मात्रै अहिलेकाे स्थिती  आएको होइन ।’ सेयर बजारमा कारोबार गर्ने ब्यक्ति तथा संस्थाका कारण मात्रै अहिलेको स्थिती नआएको उनको भनाइ छ । अहिलेको स्थिती आउनुमा आन्तरिकतर्फ नियामकीय व्यवस्थादेखि बाह्य कारण रहेको उनले बताए । साथै, बढी हल्ला र त्रासले पनि नकरात्मकता बढेको उनको भनाइ । सकारात्मक सन्देश प्रवाह गर्नु अहिलेको वास्तविक खाचो रहेको उनले बताए । ‘कोरोनापछि धेरै नकारात्मकता फैलियो, चाहिने भन्दा बढी त्रास देखाईयो, जसले गर्दा अहिलेको स्थिति आयो, सर्वसाधारणमा मनोबल बढाउन रास्ट्र बैंक, सेबोन लगायत सबैले सकारात्मक भूमिका खेल्नु पर्छ,’ उनले भने । महासंघको जिल्ला नगरतर्फका उपाध्यक्ष सुरकृष्ण वैद्य पूँजी बजार अनुत्पादक नभई उत्पादनमुलक क्षेत्र भएको बताउँछन् । पूँजी बजारलाई अनुत्पादकमुलक क्षेत्र भनेर गलत प्रचार गरिएकाले सो शब्द फिर्ता लिनुपर्ने उनको भनाइ छ । उद्योगी व्यवसायीलाई लगानी अभाव भएको बेला सेयर बजार लगानी जुटाउने स्रोत रहेको उनले बताए । ‘सेयर कारोबार बजार उत्पादनमुलक क्षेत्र हो, अर्थतन्त्रलाई चलायमान गर्ने क्षेत्र सेयर बजार हो, कुनै व्यवसाय गरेर ५ वर्षमा १ करोड रुपैयाँ कमायो भने त्यो रकम सहज रुपमा निकाल्न सकिँदैन, यदि सेयर बजारमा सोही बराबरको रकम कमायो भने ३ दिनभित्र निकाल्न सकिन्छ,’ उनले भने, ‘लगानीकर्ताले सेयर बजारबाट कमाएको रकमले होटल, सिमेन्ट, डण्डी, पर्यटनदेखि सबै उद्योगमा लागनी गर्न सक्छन्, त्यसकारण अनुत्पादक भन्ने शब्द हटाउनु पर्छ ।’ दूरदराजका मान्छेलाई पनि पूँजी बजार सहज रुपमा पहुँच पुर्याउन पहलकदमी चाल्नु पर्ने उनले बताए । साथै, लगानीकर्ताले कारोबार गर्दा तत्काल फाइदा हुने र दीर्घकाल फाइदा हुने गरी लगानी गर्नु पर्ने उनको भनाइ छ । सेयर कारोबार गर्दा लगानीकर्ताको लगानी नडुबोस् भन्ने हेतुले सचेतना आवश्यक रहेको उनको भनाइ छ । महासंघका वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकाल पूँजी बजारले लगानीको ठूलो हिस्सा ओगटेको बताउँछन् । सेयर बजार र घरजग्गा कारोबारका बारेमा नकारात्मक सन्देश प्रवाह गरेको हुँदा घाइते अवस्थामा पुगेको उनको भनाइ छ । ‘पूँजी बजारले लगानीको ठूलो हिस्सा ओगटेको छ, सेयर बजार र घरजग्गा कारोबारका बारेमा नकारात्मक सन्देश फैलाउँदा अहिले घाइते अवस्थामा छ,’ उनले भने, ‘पूँजी बजारमा ठूलो हिस्सा सरकारपछि निजी क्षेत्रले ओगटेको छ, महासंघ र सेबोनको सहकार्यले बजारमा तरङ्ग ल्याउने छ ।’ महासंघको एशोसिएटतर्फको उपाध्यक्ष ज्योत्सना श्रेष्ठले सेयर बजारलाई उत्पादनमुल्क क्षेत्रका रुपमा विकास गर्नु पर्ने बताइन् । सेयर बजारलाई पूँजीको जोहो गर्ने स्रोतका रुपमा लिनु पर्ने उनको भनाइ छ । हकप्रद सेयर सेयरधनीहरुको नैसर्गिक अधिकार सेबानका अध्यक्ष रमेशकुमार हमालले हकप्रद सेयर सेयरधनीहरुको नैसर्गिक अधिकार रहेको बताए । कमजोर कम्पनीले नै हकप्रद सेयर जारी गर्ने अभ्यास विश्वभर रहेको उनको भनाइ छ । ‘हकप्रद सेयर सेयरधनीहरुको नैसर्गीक अधिकार हो, कम्पनी अफ्ठ्यारोमा परेका बेला ७५ प्रतिशत सेयरधनीहरुले साधारण सभाबाट पारित गरेर कम्पनी जोगाउनु पर्छ भन्छन्, हकप्रद सेयर संसारका अन्य देशहरुमा पनि जारी गर्ने अभ्यास छ,’ उनले भने, ‘म २०१७ मा नेपाल आउँदा हकप्रद सेयर जारी गरेका अधिकांश कम्पनीहरुको सेयर मूल्य बढेको थियो तर, अहिले बजारमा हकप्रद सेयर बन्द गर्नु पर्ने आवाज उठेको छ ।’ देश विकास गर्नका लागि सोचमा परिवर्तन र सहकार्य आवश्यक रहेको उनको भनाइ छ । सिस्टम अनुसार सबै अघि बढ्नु पर्ने उनले बताए । अहिले समाजमा देखिएको नकारात्मकताले देश विकास हुन नसक्ने उनको भनाइ छ । सबैको सहकार्यले नै अघि बढ्नु पर्ने उनले बताए । ‘प्रधानमन्त्री, मन्त्री लगायत कुनै पनि पदाधिकारीलाई असिमित अधिकार दिनु हुँदैन, सिस्टमले चल्नु पर्छ, धितोपत्र बोर्डका अध्यक्षले चाह्यो भने आज आईपीओ बन्द गर्ने, ५ वर्ष पछि खोल्ने अधिकार अध्यक्षलाई दियो भनेसंस्था ध्वस्त हुन्छ,’ उनले भने, ‘त्यसैले कसैलाई पनि असिमित अधिकार दिनु हुँदैन, देश विकास गर्न सकारात्मक सोच र सहकार्य जरुरी छ ।’

सेयर बजारलाई उत्पादनमुलक क्षेत्र घोषणा गर्न महासंघका तीन उपाध्यक्षको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षहरुले सेयर बजार उत्पादनमुलक क्षेत्र भएको दाबी गरेका छन् । बिहीबार उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र बोर्ड (सेबोन)को शिक्षा तथा सचेतना सम्बन्धि सम्झौता कार्यक्रममा बोल्दै महासंघ उपाध्यक्षहरुले सेयर बजारलाई उत्पादनमुलक क्षेत्र घोषणा गर्नुपर्ने माग गरेका हुन् । महासंघको जिल्ला नगरतर्फका उपाध्यक्ष सुरकृष्ण वैद्यले पूँजी बजार अनुत्पादक नभई उत्पादनमुलक क्षेत्र भएको बताए । पूँजी बजारलाई अनुत्पादकमुलक क्षेत्र भनेर गलत प्रचार गरिएकाले सो शब्द फिर्ता लिनुपर्ने उनको भनाइ छ । उद्योगी व्यवसायीलाई लगानी अभाव भएमा सेयर बजारबाट सहज रुपमा स्रोत जुटाउन सक्ने उनले बताए । ‘सेयर कारोबार उत्पादनमुलक क्षेत्र हो, अर्थतन्त्रलाई चलायमान गर्ने क्षेत्र सेयर बजार हो, कुनै व्यवसायीले ५ वर्षमा १ करोड रुपैयाँ कमायो भने त्यो रकम सहज रुपमा निकाल्न सकिँदैन, यदि सेयर बजारमा सोही बराबरको रकम कामायो भने ३ दिनभित्र निकाल्न सकिन्छ,’ उनले भने, ‘लगानीकर्ताले सेयर बजारबाट कमाएको रकम होटल, सिमेन्ट, डण्डी, पर्यटनदेखि सबै उद्योगमा लागनी गर्न सक्छ, त्यसकारण सेयर बजार उत्पादनमुलक क्षेत्र हो ।’ दूरदराजका मान्छेलाइ पनि पूँजी बजार ल्याउन महासंघले सकारात्मक भूमिका निर्वाह गर्ने उनले बताए । साथै, लगानीकर्ताले कारोबार गर्दा तत्काल फाइदा हुने र दीर्घकाल फाइदा हुने गरी लगानी गर्नु पर्ने उनको भनाइ छ । सेयर कारोबार गर्दा लगानीकर्ताको लगानी नडुबोस् भन्ने हेतुले महासंघले सचेतना कार्यक्रम गर्ने उनको भनाइ छ । आगामी दिनमा कुनै दुर्घटना नघटोस् भनेर यो कार्यक्रम गर्न लागिएको उनले बताए । महासंघकाे वस्तुगततर्फका उपाध्यक्ष हेमराज ढकाल पूँजी बजारमा लगानीको ठूलो हिस्सा रहेकाे बताउँछन् । सेयर बजार र घरजग्गाका बारेमा नकारात्मक सन्देश प्रवाह गरेको हुँदा अहिले घाइते अवस्थामा पुगेको उनको भनाइ छ । ‘पूँजी बजारले लगानीको ठूलो हिस्सा ओगटेको छ, सेयर बजार र घरजग्गाका बारेमा नकारात्मक सन्देश फैलाउँदा अहिले घाइते अवस्थामा छ,’ उनले भने, ‘पूँजी बजारमा ठूलो हिस्सा सरकारपछि निजी क्षेत्रले ओगटेको छ, महासंघ र सेबोनको सहकार्यले बजारमा तरङ्ग ल्याउने छ ।’ सेयर बजारबाट पूँजीको जोहो कसरी गर्ने भनेर तालिमको व्यवस्था गर्नु पर्ने उनले बताए । सेयर बजारलाई सकारात्मक बाटोमा लैजान महासंघ सधै सकारात्मक रहेको उनको भनाइ छ । महासंघको एशोसिएटतर्फको उपाध्यक्ष ज्योत्सना श्रेष्ठले सेयर बजारलाई उत्पादनमुल्क क्षेत्रका रुपमा विकास गर्नु पर्ने बताइन् ।

सेयर बजार राताम्मे, एक अर्बमा खुम्चियो कारोबार

काठमाडौं । मंगलबारको सेयर बजार राताम्मे देखिएको छ । कारोबारमा आएका सबै समूहहरु ओरालो लागेसँगै समग्र सेयर बजार राताम्मे देखिएको हो । सेयर मूल्य मापक नेप्से परिसूचक पनि १७.५६ अंकले घटेर १९५८.७२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८८ प्रतिशतले घटी हो । त्यस्तै, दिनभरको कारोबार रकम पनि एक अर्बमा खुम्चिएको छ । सोमबार एक अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार एक अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी कारोबार गर्नेको अग्रस्थानमा सिटिजन लाइफ इन्स्योरेन्स छ । इन्स्योरेन्सको ५ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य घटेर प्रतिकित्ता ४४७ रुपैयाँमा झरेको छ । सोमबार समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी अर्थात ७.९१ प्रतिशतले बढेर प्रतिकित्ता ६९६ रुपैयाँ पुगेको छ । यता टप लुजरको अग्रस्थानमा सामुदायिक लघुवित्त वित्तीय संस्था छ । जसको सेयर मूल्य ७.५४ प्रतिशतले घटेर प्रतिकित्ता ७७९ रुपैयाँमा झरेको छ ।

सेयर बजारका लागि खुशीको निर्णय चाँडै आउँछ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको औंल्याएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वर्ल्ड इन्भेस्टर विक-२०२३ का अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री डा.महतले सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी रहेको औंल्याएका हुन् । ‘सेयर बजारबाट आम लगानीकर्ताले फाइदा लिन पाए भने मात्र यसबाट केही हुने रहेछ भनेर लगानी गर्न अग्रसर हुन्छन् । आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी छ । अहिले चिन्ताको विषय चाहिँ त्यही हो । कतिपय बेलामा इनसाइडर ट्रेनिङका कुरा आउँछन्, सूचना लिक हुने प्रवृत्ति देखिएको छ, धितोपत्र बोर्डले यसलाई नियमनको दायराभित्र ल्याउनुपर्छ’, उनले भने । ‘बढाइचढाइ गरेर आम लगानीकर्तालाई प्रभाव पार्ने प्रवृत्ति छ । त्यसै अर्थमा लगानीकर्तालाई धितोपत्र बोर्डले साक्षर बनाउनुपर्छ । यसैमा लगानी सुरक्षाका ज्ञान र जागुरुकता पैदा गर्न जरुरी छ’, उनले भने । स्वस्थ्य प्रतिस्पर्धाको वातारण निर्माण गर्न पनि जरुरी रहेको मन्त्री डा. महतले औंल्याए । उनले भने, ‘पहिला सीमित ब्रोकर मात्र थिए, अहिले ब्रोकरको संख्या बढेको छ, अब मनोपलाइज न्यून हुँदै जानेछ । यसको फाइदा आम लगानीकर्ताले प्राप्त गर्ने छन् ।’ च्याटबोर्डको शुभारम्भ भएको जानकारी दिँदै मन्त्री डा. महतले भने, ‘यो बोर्डले सेयर बजारका विषयमा जिज्ञासा, जानकारी र गुनासोलाई तत्काल सम्बोधन सक्ने सहज प्लेटफर्मको प्रारम्भ भएको छ । यसको सबैले उपयोग गर्नु हुनेछ ।’ लगानी साक्षरता कमजोर रहेको तर्फ औंल्याउँदै लगानीका नयाँ तौरतरिका विकसित भइरहेका महतले जानकारी दिए । उनले भने, ‘सूचना क्रान्तिले नयाँ अवसरसँगै चुनौति पनि आउँछन् । यससँगै हामीले आफूलाई तयारी राख्नुपर्छ । यसो भए मात्र लगानीकर्ता सुरक्षित हुन्छन् । यसैका लागि नियमनकारी निकाय धितोपत्र बोर्ड गठन भएको हो ।’ ‘सेयर बजारमा जुन प्रवृत्ति छन्, सीमितले मात्र यो बजार बुझ्छन्, उनी यसमा खेल्न सिपालु छन् । उनीहरुले यसबाट प्रशस्त फाइदा उठाउँछन् । कुन बेला तल झार्ने, कुन बेला माथि पुर्याउने, कुन बेला के गर्दा फाइदा हुन्छ र, आम लगानीकर्ता बिलखबन्दमा पर्ने अवस्था नेपालमा विद्यमान छ’,उनले भने । सेयर बजार अहिले तल झरेको छ, त्यसका विविध कारण रहेको र रेगुलेसन, माइक्रो म्यानेजमेन्टमा समस्या आएको महतले बताए । उनले भने, ‘यसको समाधान हुँदै जान्छ । सेयर बजारका लागि केही निर्णय चाडै आउँछ भन्ने मलाई विश्वास छ, त्यसले बजारमा सकारात्मक प्रभाव पार्नेछ।’ रासस

घरजग्गा र सेयर बजारमा बन्देजको नीति अघि सार्दा अर्थतन्त्रमा समस्या आयो : अम्बिका पौडेल

अर्थतन्त्र सिथिल भयो, कर उठेन, व्यवसायीहरुको पनि मनोबल घट्यो, चौतर्फी निरासा आयो अब त केहि गरौं भन्ने कुरा सबै तिर थियो । संयोग पनि मान्नु पर्छ, अर्थमन्त्री डाक्टर, सल्लहाकार डाक्टर अझ रास्ट्र बैक समेतबाट डाक्टर लगियो । यति राम्रो टिम बन्यो अब त अर्थतन्त्रमा पक्कै सुधार हुन्छ, व्यवसायीको मनोबल बढ्छ भन्ने लाग्यो । जेठ १५ आयो बजेट आयो । राजस्व बढाउने, अनाबश्यक खर्च घटाउने, आर्थिक वृद्धिदर ६% पुर्याउने, आर्थिक स्थायित्व ल्याउने, राम्रा मान्छेले ल्याएको राम्रै होला भन्ने लग्यो । साउनको पहिलो हप्ता आयो । कठिन अबस्थाको बाह्य क्षेत्रलाई सन्तुलनमा ल्याउनु भएका, कोभिडको समयको चौतर्फी निरासामा पनि आशाको सञ्चार गरेका, चौतर्फी बुझेका गभर्नर र अर्थमन्त्रीको समेत सल्लाहकार रहेका व्यक्तिको संलग्नतामा मौद्रिक नीति आयो ।  आर्थिक नीतिलाई सफल बनाउन ६% को आर्थिक बृद्दीको लक्ष्यलाइ प्राप्त गर्न सघाउने मौद्रिक नीति आयो भन्ने लाग्यो । निजी क्षेत्रमा ११.५% कर्जा बढाउने मूल्य स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई थप चलायमान बनाउने लगायतका बिषयहरु आए । बुझेकामान्छेले ल्याएको राम्रै होला भन्ने लग्यो । अहिले २ महिना बित्यो । तथ्यांक हेरेको सच्चि मनोबल नै घटेर आयो  निरासा बढेर आयो । अर्थतन्त्रको आर्थिक उठानको लागि सरकार र ब्यबसायीले एक अर्काकाे आस्तित्व स्वीकार गर्नु पर्छ । ब्यबसाय गर्ने व्यवसायीको मनोबल घटेमा बैंकबाट कर्जा लिने तथा नया ब्यबसाय विस्तार गर्ने कार्य गर्दैनन, जसको फलस्वरूप सरकारले उठाउन खोजेको राजस्वको लक्ष्य प्राप्त हुँदैन,  राजस्व कम भएपछि विकास खर्च कम हुने त्यसको असर फेरि भैरहेको निजि छेत्रको व्यवसायमा पर्ने, बैंक वित्तीय सस्थाको कर्जा जोखिममा पर्ने र त्यसको समग्र मार देशलाई नै पर्ने देखिन्छ । तसर्थ बजार चलायमान भएर ऋण चाहिने हो कि ऋण दिएर बजार चलायमान हुने हो बन्ने बहस सार्बजनिक गर्नु भन्दा माथिका तथ्यांक हेरेर सबै मिलेर आफुले बनाएको लक्ष्य प्राप्तिको लागि निजि क्षेत्रका समेत सुझाव लिएर अगी बढौ भन्ने सुझाव दिन चाहन्छु । कर अनुमान योग्य हुनु पर्दछ । कर भूत प्रभावी हुनु हुँदैन । एउटाको दायित्व र्कोमा सारिनु हुँदैन । नयाँ कर तथा करका दरहरु संसोधन हुँदा सरोकारवालासँग छलफल गर्दा के बिग्रन्थ्यो ? सम्बन्धित आवको कर सम्बन्धि हिसाबमा दुवै पक्षलाई समान व्यवहार गर्नु पर्दछ । निजी क्षेत्रले एउटा मात्र विवरण समयमा नबुझाउँदा करोडौं हर्जाना र ब्याज तिर्नु परेको तर सरकारले करदाताको अरबौं भ्याट फिर्ता नगरेको तथा करोडौं अग्रिम करको रुपमा रहेको हिसाब फिर्ता नगरेको वर्तमान अवस्था छ । व्यवसायीहरुको मनोबल गिर्यो एउटा दृष्टान्त दफा २६ निकायहरु एक आपसमा गाभिँदा वा प्राप्ति (मर्जर वा एक्विजिसन) मा सौदाबाजी गर्दा प्राप्त लाभ (वार्गेन पर्चेज गेन) वापतको आयलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिला नगरेको भए आर्थिक वर्ष २०७८/७९ सम्मको त्यस्तो आयमा लाग्ने कर २०८० साल मंसिर मसान्त भित्र दाखिला गर्नु पर्ने । नियामक निकायको पूँजी बृद्धि नीति अन्तरगत बैंक तथा वित्तीय संस्थाले पूँजी बृद्धि गरेको । मर्जर सम्बन्धी आय व्यसायिक मुनाफा नभएको, पूँजीगत नाफालाई पूँजी बृद्धिमा प्रयोग गरेको र लाभांस कर पनि तिरिसकेको । आर्थिक ऐनले मर्जर तथा सम्मिलन भएमा कर छुटको व्यवस्था समेत गरेको । अर्को दृष्टान्त दफा २७ कुनै निकायले फर्दर पब्लिक अफरिङ्ग (एफ.पि.ओ.) जारी गरी प्रिमियम मूल्यमा शेयर जारी गरी प्राप्त भएको रकम मध्ये आ.व. २०७८/७९ सम्मको हिताधिकारीलाई बोनश शेयरको रुपमा वितरण गरेको लाभांस रकमलाई आयकरमा समावेश गरी कर दाखिला नगरेको भए २०८० साल मंसिर मसान्तभित्र दाखिला गर्नु पर्ने । एफ.पि.ओ.बाट प्राप्त आय व्यवसायीक मुनाफा नभएको, पूँजीगत मुनाफालाई नगद लाभांसको रुपमा वितरण गर्दा कर तिर्नु उपयुक्त देखिएता पनि पूँजी नै बृद्धिमा प्रयोग गरेकोमा कर लाग्नु नहुने हैन र ? त्यस्तै अर्को दृष्टान्त दफा २९ धितोपत्र, जग्गा तथा घर जग्गाको ब्यबसायिक कारोबार गर्नेलाई छुट सम्बन्धि बिशेष व्यवस्थास् प्राकृतिक व्यक्तिले नियमित ब्यबसायको रुपमा धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायीक कारोबार गरेको र आय विवरण र कर दाखिला गर्न बाँकी रहेको भए आ.व. २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरि कारोबारमा लाग्ने करको ५० प्रतिशत आय कर बुझाउनु पर्ने । आय कर ऐनको अनुसूची बमोजिम लाग्ने कर नै अग्रीम कर कट्टी भइसकेको हुनाले त्यसमा थप ५०५ कर तिर्ने व्यवस्था औचित्यहिन छ । – घर भाडा करमा रहेको दुबिधा । – उठ्नै लागेको पर्यटन ब्यबसायको लागि थप लग्जरी कर । – हवाई जहाज ट्रान्सपोर्ट तथा उनि गलैचा रंगाई कटाईमा तरकारी समेतमा लगाइएको भ्याट। – कृषिको व्यवसायिक कारोवार कोल्डस्टोर व्यवसाय तरकारी डिहाइड्रेट गर्ने व्यवसायलाइ १०% कर तथा सहकारी सस्थाहरु समेतको करमा बृद्दी । अर्थतन्त्रको आर्थिक उठानको लागि सरकार र ब्यबसायीले एक आर्कोको आस्तित्व स्वीकार गर्नु पर्छ । ब्यबसाय गर्ने व्यवसायीको मनोबल घटेमा बैकबाट कर्जा लिने तथा नया ब्यबसाय विस्तार गर्ने कार्य गर्दैनन, जसको फलस्वरूप सरकारले उठाउन खोजेको राजस्वको लक्ष्य प्राप्त हुदैन,  राजस्व कम भए पछी बिकास खर्च कम हुने त्यसको असर फेरी भैरहेको निजि छेत्रको व्यवसायमा पर्ने, निजि छेत्रले बैक वित्तीय सस्थाको कर्जा जोखिममा पर्ने र त्यसको समग्र मार देशलाई नै पर्ने देखिन्छ । तसर्थ बजार चलायमान भएर ऋण चाहिने हो कि ऋण दिएर बजार चलायमान हुने हो बन्ने बहस सार्बजनिक गर्नु भन्दा माथिका तथ्यांक हेरेर सबै मिलेर आफुले बनाएको लक्ष्य प्राप्तिको लागि निजि क्षेत्रका समेत सुझाव लिएर अगी बढौ भन्ने सुझाव दिन चाहन्छु । मौद्रिक नीतिका कार्यान्यन गर्दा देखिएका प्रश्न -किन कर्जाको ब्याज बढिरहेको छ ? – किन कर्जाको माग एतिहासिक कमजोर छ ? -किन खराब कर्जाको ग्राफ एतिहासिक उचाइमा छ ? – किन कालो सूचिका ऋणी बढिरहेका छन्र ? – किन सीडी रेसियो घट्दा ऋणको माग घट्दा समेत डिपोजिटको ब्याजमा बढोत्तरी छ ? – किन चौतर्फी ऋणीमा निराशा छ ? – किन घर जग्गा कर्जा कसिलो छ ? – किन शेयर कारोबारलाई ब्यबसाय मानिएको छैन ? – किन चालु पूजी कर्जाको कारण ब्यबसायी निसासिएका छन् ? के यी सबै कारण व्यवसायीले ऋण लिएकै कारण सिर्जना भएका हुन् ? अथवा समय सापेक्ष मौद्रिक नीति नआएर हो समीक्षा गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकको संकुचनकारी मौद्रिक नीतिको कारण चालु चालु पुँजी कर्जा, शेयर धितो कर्जा, व्यक्तिगत कर्जा लागाएतका क्षेत्रमा गरेको निरुत्साहनले सो क्षेत्रमा विगतमा ठूलो लगानी गरिसकोका व्यवसायी त्यहाँबाट निस्कन नसकेको अवस्था, विश्वब्यापी आर्थिक मन्दी, डलरको आकाशिदो भाउ, पछिल्लो समयमा वृद्धि भएको पेट्रोलियमा पदार्थको मूल्य जस्ता कारणले आगामी दिन आर्थिक क्रियाकलाप संचालनमा अझै चुनौतिपूर्ण देखिन्छन् । अर्थतन्त्रमा बाह्य क्षेत्र सुधार अर्थात डलर संचिती बृद्धि बाहेक अन्य क्षेत्रमा सूधार ल्याउनको लागी वर्तमानमा केही लचिलो मौद्रिक नीति र व्यवसायी मैत्री कर नीति आवश्यक देखिन्छ । सोको लागि सबै क्षेत्रले एक अर्काको अस्तित्वलाई स्वीकार गरेर अघि बढ्नु नै अहिलेको समस्या समाधानको प्रस्थान बिन्दु हुन सक्दछ । सरकार तथा नेपाल राष्ट्र बैंकले नीति निमार्ण गर्दा आफ्नो परिवेशको कमजोर मूल्याड्ढन र वाह्य परिवेशको अधिक मूल्याड्ढन पनि अहिलेको समस्याको कारण हो । खासमा हाम्रो अर्थतन्त्रको स्रोत रेमिटेन्स र रेमिटेन्सको लगानी घरजग्गा तथा शेयर अनि पछिल्लो समयमा सबैभन्दा प्रहार पनि त्यही क्षेत्रमा भइरहेको छ । घरजग्गा र शेयर कर्जामा पनि सधै उदार हुनुपर्दछ भन्ने होइन तर अर्को क्षेत्रले प्रतिस्थापन गर्ने वातावरण नहुँदासम्म पूर्ण बन्देजको नीति पनि अर्थतन्त्र संकुचनको कारण हो । विस्तारै विस्तारै अन्य क्षेत्र मजबुत बनाउदै लैजाने र यो क्षेत्रलाई अलि व्यवस्थित गर्नु पर्नेमा सबै समस्याको कारण यहि हो जस्तो व्यवहार गरियो । अर्थतन्त्र निरन्तर ओरालो लाग्दै गर्दा एक पछि अर्को कठोर नीति आउनु र निजी क्षेत्रको जायज आवज नसुन्नु पनि अहिलेको समस्याको कारण हो । चौतर्फी निराशा छ भन्ने उदहारण विकल्पविहिन भएर वैदेशिक रोजगारमा जाने र यहाँ भविष्य नदेखेर विगत २ वर्षमा विदेश अध्ययन गर्न जानेको संख्याले समेत देखाउँदछ । अझ डरलाग्दो विषय त गत ६ महिनामा बैंक तथा वित्तिय संस्था र स्थापित औद्योगिक प्रतिष्ठानमा कार्यरत राम्रो तलब र सूविधा भएका व्यक्तिहरुको पलायन र अहिले सम्म नेपालमै भविष्य हेरिरहेका ऋब् हरुको डरलाग्दो विदेश वर्हिगमनले सांच्चै नै नीति निर्माता गंभीर हुनुपर्ने अवस्थालाई देखाउछ । यसरी योग्य तथा सक्षम र यहिं केहि गर्न सक्ने जनशक्ती दिन प्रतिदिन पलायन हुनु भोलिको लागी समेत राम्रो होइन । साधारण खर्च वृद्धि हुँदै जानु, हिजो गरिएको पूँजीगत खर्चले समेत उल्लेख्य रुपमा राजस्व सृजना गर्न नसक्नु, निजि क्षेत्रले गरेको खर्चले समेत राजस्व सिर्जना गर्न नसक्नुले आगामी दिन अझै चुनौतीपूर्ण छन् । समस्या छन्, तर समाधान गर्न सकिँदैन भन्ने होइन, व्यवसायीकाे मनोवल बढाउन सके, व्यवसायी प्रतिको राज्यको दृष्टिकोण परिवर्तन गर्न सके व्यवसायी सधै ठोकिने ठाउँ कम्पनी रजिष्ट्रार देखी कर कार्यालय हुदै विभाग सम्ममा सुधार गर्न सके, रोजगारी सृजना गर्ने तथा आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्रोत्साहन गर्न सके, क्ब्ँत्ब् लगायतका सन्धी सम्झौताको पूनरावलोकन गरी स्वदेशी व्यवसायलाई एचयतभअतष्यल गर्न सके र युवाहरुलाई राजनीति नेतृत्व साँच्चै सुध्रिन थालेको छ र सरकारी सेवा नागरिक प्रती जिम्मेवार छ भन्ने कुराको अनुभूती दिन सके भर्खरै विकासको पहिलो सिंढी चडिरहेको देशमा निराशाका दिन पनि आशामा परिणत हुन सक्नेछन् । (सेयर लगानीकर्ता पौडेलले मंगलबार नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा राखेको विचार)  

‘राष्ट्र बैंकले सेयर बजारमा हस्तक्षेप गर्न मिल्दैन, अब १२ करोडको सीमा तोक्नु हुँदैन’

काठमाडौं । पूर्व अर्थमन्त्री युवराज खतिवडाले नेपाल राष्ट्र बैंकले सेयर बजारमा हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको निजी क्षेत्रसँग नेकपा एमाले अन्तर्किया कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंकले सेयरधितोमा १२ करोडको सीमा तोक्नु नहुने बताएका हुन् । ‘राष्ट्र बैंकले सेयर बजारमा हस्तक्षेप गर्नु हुँदैन, जोखिम देख्नु हुँदैन, १२ करोडमा जोखिम देख्नु हुँदैन, जोखिमभार १५० प्रतिशत राखिराख्नु हुँदैन, बजार बुम भइरहेको बेला जोखिमभार राख्नु हुँदैन, उनले भने । बजार बुम भइरहेको बेला जोखिमभार राख्नु नहुने बताउँदै पूर्व अर्थमन्त्री खतिवडाले राष्ट्र बैंकले धितोपत्र बोर्डको भूमिका पनि मुल्यांकन गर्नुपर्ने बताए । सरकारले कान खोलेर सुन्यो भने अहिलेको समस्या समाधान हुने तर अहिले सरकारले अर्थतन्त्र सुधार गर्न कुनै पहल नगरेको उनको भनाई छ । ‘निर्यात आधा भइरहेको छ, यसले हाम्रो व्यापार कस्तो छ भन्ने दखाउँछ, अर्थतन्त्र राम्रो छ भनेर सुन्दा सुन्दै कान पाकिसक्यो, जिम्मेवारी पन्छाउने काम सरकारबाट भइरहेको छ,’ खतिवडाले भने । प्रधानमन्त्री, अर्थमन्त्री र गभर्नरले जिम्मेवारीपूर्वक काम गर्न नसकेका उनको भनाई छ ।

सेयर बजारमा एकाएक देखियो उछाल, दर्जनौं कम्पनीमा सर्किट, दुई महिनायताकै उच्च कारोबार

काठमाडौं । बिहीबारको सेयर बजारमा हरियाली छाएको छ । कारोबारमा आएका १३ वटै समूह बढ्दा बजारमा हरियाली छाएको हो । बजारमा सेयर मूल्य मापक नेप्से परिसूचक ४४.३४ अंकले बढेर २०२९.७८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.२३ प्रतिशतले बढी हो । परिसूचक बढेसँगै कारोबार रकम पनि दोब्बर बढीले बढेको छ । गत मंगलबार एक अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार ३ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन एकैदिन २ अर्ब १२ करोड रुपैयाँले बढी हो  भने साउन १० गते यताकै उच्च कारोबार हो । गत साउन १० गतेको बजारमा ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बिहीबार सर्वाधिक कारोबार गर्नेको अग्रस्थानमा जीवन बीमा कम्पनी अगाडि छन् । सबैभन्दा बढी सूर्य नेपाल लाइफ इन्स्योरेन्सको सेयर कारोबार भएको छ भने दोश्रोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छ । दोश्रो बजारमा भित्रिएको पहिलो दिनमै सूर्य नेपाल लाइफको २० करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, रिलायबल नेपालको भने १३ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सर्वाधिक कारोबार भएको सूर्य नेपालको सेयर मूल्य भने घटेको छ । पहिलो कारोबार प्रतिकित्ता ४७५.२० रुपैयाँमा भएको कम्पनीको सेयर मूल्य दिनभरमा घटेर प्रतिकित्ता ४७० रुपैयाँमा झरेको छ । बिहीबार दर्जनौं कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा नेशनल हाइड्रो पावर कम्पनी, दिब्यश्वरी हाइड्रोपावर, स्वाभिमान लघुवित्त वित्तीय संस्था र हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, मन्दाकिनी हाइड्रोपावरको ९.९९ प्रतिशत, थ्री स्टार हाइड्रोको ९.९९, न्यादी हाइड्रोपावरको ९.९८, खानीखोला हाइड्रोको ९.९८, अरुण काबेली पावरको ९.९७, आँखु खोला जलविद्युत कम्पनीको ९.९५, बाराही हाइड्रोपावरको ९.९२, मैलुङ्ग खोला जलविद्युत कम्पनीको ९.८७ र अप्पर सोली हाइड्रो इलेक्ट्रिक कम्पनीको ९.६५ प्रतिशतले सेयर मूल्य बढेको छ । बजारमा सेयर धितो कर्जामा सीमा हट्ने हल्लाले बिहीबारको सेयर बजारमा एकाएक उछाल देखिएको जानकारहरु बताउँछन् ।

लुकेर प्रिमियम मूल्यमा सेयर निष्काशन र राष्ट्र बैंकको माइक्रो म्यानेजमेण्ट सेयर बजारको मुल समस्या

काठमाडौं । माइक्रो लेबलमा गएर नेपाल राष्ट्र बैंकले पुँजीबजारको ‘माइक्रो म्यानेजमेण्ट’ गर्दा पुँजीबजार नेप्सेले गति लिन नसकेको यस क्षेत्रका जानकारहरूले बताएका छन् । राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिदेखि नेपाली पुँजीबजार सम्बन्धी लिएको कडाई नीतिले बजार माथि उठ्न सकेको छैन । ३२ सयको बिन्दुमा पुगेको नेप्से परिसूचक राष्ट्र बैंकले पुँजीबजारको माइक्रो म्यानेजमेण्ट गर्न खोज्दा बजारमा निरन्तर रुपमा गिरावट आएको छ । विगत दुई वर्षदेखि निरन्तर रुपमा राष्ट्र बैंक पुँजीबजारप्रति नकारात्मक देखिँदा पुँजीबजार लगानीकर्ता मारमा परेका छन् । पुँजीबजार लगानी कर्ताहरुले सरकार र नेपाल राष्ट्र बैंकको अस्थिर नीतिको कारण मनोबल कमजोर भएको बताउँदै आएका छन् । राष्ट्र बैंकले कोभिड–१९ महामारीबाट मानव जीवन र आर्थिक गतिविधि प्रभावित भइरहेको भन्दै आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमार्फत अर्थतन्त्रमा महामारीको असर न्युनिकरण गर्न अवलम्वन गर्ने शेयर बजारलाई कडाई गरेको थियो । आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिले मार्जिन प्रकृतिको शेयर धितोकर्जामा ४/१२ को नीति लिएको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ४ करोड सीमा हटाएपनि १२ करोडको सीमा कायमै राखेको छ । शेयर बजार ४/१२ को नीतिको कारण संकटामा परेको लगानीकर्ताहरुको दाबी छ । पछिल्लो समय वर्तमान सरकार शेयर धितोकर्जाको १२ करोडको सीमा हटाउने पक्षमा सकात्मक देखिएपनि राष्ट्र बैंक आफ्नो अडानमा कायम राखेको छ । अर्थमन्त्री डा.प्रकाशरण महतले समेत सार्वजनिक कार्यक्रमहरुमा १२ करोडमा सीमा हटाउनुपर्ने बताउँदै आएका छन् । अर्थमन्त्रीले समेत नेपाल राष्ट्र बैंकले पुँजीबजार र अर्थतन्त्रको माइक्रो म्यानेजमेण्ट गर्ने काम गर्न नहुने बताएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीति गत साउन ७ मा आएपछि नेप्से परिसूचक ८ साउनबाट घट्न थाल्यो । मौद्रिक नीतिमा राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर कर्जाको जोखिम भार घटाउने बताए पनि सोही दिन गभर्नर महाप्रसाद अधिकारीले सबै कर्जाको नभई ५० लाखसम्मको कर्जाको मात्रै जोखिम भार घटाउने बताएपछि नेप्से घट्न लागेको थियो । गत साउन ७ गतेदेखि असोज २ गते मंगलवारसम्म नेप्से परिसूचक २४१.९२ अंकले गिरावट आएको छ । पुँजीबजार लगानीकर्ता तथा जानकारहरुले पुँजीबजारको पछिल्लो गिरावटको प्रमुख कारण राष्ट्र बैंकले पुँजीबजारको ‘माइक्रो म्यानेजमेण्ट’ गर्नु भएको जिकिर गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य समेत रहेका शेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले राष्ट्र बैंकले गरेको माइक्रो म्यानेजमेण्टको कारण शेयर बजार माथि उठ्न नसकेको दाबी गरेका छन् । उनले राष्ट्र बैंकले मौद्रिक नीतिमा मार्जिन प्रकृतिको शेयर धितोकर्जामा १२ को नीति लिने मात्रै नभएर बैंकहरुको प्रोडक्ट कम्पनी नै किटान गरेर कर्जा दिनु भन्नु गलत भएको बताए । उनले पछिल्लो समय राष्ट्र बैंकले बैंकहरुको शेयर कर्जाका प्रोडक्टहरुमा समेत चासो दिने गरेको भन्दै राष्ट्र बैंकप्रति असन्तुष्टि जनाए । उनले राष्ट्र बैंकले नै शेयर बजारमा लगानी गर्ने प्रोडक्ट पेपर बनाउने र माइक्रो म्यानेजमेण्ट गर्ने काम गलत भएको बताए । पौडेलले पुँजीबजारमा कति लगानी गर्ने भन्ने विषयमा बैंकका सिइओहरु राष्ट्र बैंकका कर्मचारी जस्तो भएको पनि टिप्पणी गरे । उनले नियमनकारी निकायहरुले यस्तो गर्दा पुँजीबजार तलमाथि हुनु लगानीकर्ताहरुको विमति भएको बताए । उनले १२ करोडको शेयर धितोकर्जाको सीमा व्यक्तिगत लगानीकर्ताको लागि प्राप्त भएपनि संस्थागत लगानीकर्ताहरुको हकमा लागू गर्नु नेप्से परिसूचक गिरावटको प्रमुख कारण रहेको बताए । ‘शेयर बजार घट्नुको कारण पनि यही हो । त्यस्तै राष्ट्र बैंकले गरेको माइक्रो म्यानेजमेण्टको कारण पनि हो । अहिले बैंकको सबै प्रोडक्ट जति छन् सबै यो कम्पनीलाई दिनु यो यसलाई दिनु भनेर प्रोडक्ट पेपर बनाई दिने हो पुँजीबजारको ? पुँजीबजारमा कति लगानी गर्ने विषयमा बैंकका सिइओहरु राष्ट्र बैंकका कर्मचारी जस्तो लाग्छ । यस्तो कुराले पुँजीबजार तलमाथि हुन्छ । यसमा लगानीकर्ताहरुको विमति हो । पुँजीबजार घट्नु बढ्नु स्वाभाविक हो’, पौडेलले भने, ‘व्यक्ति र संस्थागत लगानीकर्तालाई राष्ट्र बैंकले गरेको नीति छ । व्यक्तिगत ऋणको सीमा हुन्छ । १२ करोडको सिमा व्यक्तिको लागि कम होइन । त्यही उद्देश्यले स्थापना भएका संस्थाहरुलाई पनि त्यही नीति लागू हुने हो र ?’ उनले मार्जिन प्रकृतिको शेयर धितोकर्जामा व्यक्तिगतको लागि १२ करोड ठिक भएको भन्दै संस्थागत लगानीकर्ताको लागि पनि एउटै नीति लागू राम्रो नभएको उल्लेख गरेका छन् । सार्वजनिक निष्कासन गर्ने कम्पनी १० कित्ते नीतिले गर्दा आईपीओ भर्ने २७ लाख आवेदकको पछि लागेर बुक बिल्डिङ प्रणालीमा जान खाजेकाहरु प्रिमियमतर्फ लागेको बताए । पौडेलले संस्थागत लगानीकर्तालाई शुन्य बनाएर व्यक्तिगत लगानीकर्तालाई प्रोत्साहन गर्ने अहिलेको अवस्थालाई सन्तुलन गर्नुपर्नेमा जोड दिए । लगानीकर्ता पौडेलले शेयर बजार घट्नै हुँदैन भन्ने मास साइक्लोलोजी हुनुले बजारको आधारभुत ज्ञान छैन भन्ने बुझ्नुपर्ने बताए । उनले पुँजीबजार घट्ने र बढ्ने प्रकृया प्राकृतिक भएको बताए । त्यस्तै,नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले पुँजीबजारको माइक्रो म्यानेजमेण्ट राष्ट्र बैंक वा बोर्डले गर्ने विषयमा विवाद गर्न नहुने बताए । उनले पुँजीबजार लागनीकर्ताहरु पुँजीबजारको माइक्रो म्यानेजमेण्टको विषयमा कन्सिस्टेन्सी (एकरुपता) हुन आवश्यक रहेको बताए । उनले पुँजीबजारको विकास र बिस्तारको लागि लगानीकर्ताहरुको व्यवहारमा सोचमा र हाम्रो फिलोसोफीमा कन्सिस्टेन्सी आउनुपर्ने बताए । ‘कम्पनीको मूल्य निर्धारण बजारलाई छाड्नुपर्ने हो तर यहाँ राष्ट्र बैंकको माइक्रो म्यानेजमेण्ट भयो । अर्कोतिर धितोपत्र बोर्डले माइक्रो म्यानेजमेण्ट गर्नुपर्छ भन्छौं । यसमा कुन राम्रो हो त भन्दा राम्रो भनेको कन्सिस्टेन्सी हो । हाम्रो व्यवहारमा सोचमा र हाम्रो फिलोसफीमा कन्सिस्टेन्सी आउनुपर्छ । कन्सिस्टेन्सी कहिल्यै पनि डगमगाउनु हुँदैन । शेयर बजारको बारेमा अर्थतन्त्रको बाटो र मुलुकले लिएको गलत नीति लिएको छ’, अध्यक्ष हमालले भने । उनले धितोपत्र बजारको रिफर्म गर्ने आँट र विज्ञता आफ्नो टिममा रहेको बताए । उनले समग्र अर्थतन्त्रमा देखिएको निराशाले शेयर बजारमा कन्फिडेण्टमा कमी देखिएको बताए । अध्यक्ष हमालले सार्वजनिक निष्कासनमा बुक बिल्डिङ विधिमा चाँडै ब्रेक थ्रु हुने बताए । उनले सार्वजनिक निष्कासनमा १० कित्ते नीतिमा पनि केही पुनरावलोकन गर्ने बताए । अध्यक्ष हमालले बजारमा संस्थागत लगानीकर्ताको अभाव भएको बताए । ‘पछिल्लो समय शेयर बजारमा प्रिमियम मूल्य र बुक बिल्डिङ भर्शेस भन्ने कुरा आएको छ तर त्यस्तो होइन । सोच्ने क्षमतामा सुधार नभएरसम्म राज्यको नीति निर्माणले परिर्वतन सम्भव हुँदैन । नेपाल जस्तो देशमा बुक बिल्डिङ प्रणालीमा धेरै समस्याहरु छन् । धितोपत्र बोर्डको प्राथमिकता बुक बिल्डिङ प्रणालीमा आइपीओ ल्याउने हो । बुक बिल्डिङ प्रणाली केही प्राविधिक कारणले अगाडि बढाउन सकेका छैनौं । तर अन्ततिर आइपुगेका छौं । नेपालको पुँजीबजारको इतिहासमा चाँडै बुक बिल्डिङले ब्रेक थु्र पाउँछ । त्यसपछि नेपाली पुँजीबजार सकारात्मक बन्नसक्छ’, हमालले भने । निर्वाचनपछि बनेको नयाँ सरकारले पुँजीबजारप्रति देखाएको चासोले लगानीकर्ताहरूको मनोबल बढाएपनि बजेट तथा मौद्रिक नीतिपछि लगानीकर्ताहरु चरम निराशामा रहेका छन् । मन्त्रिपरिषद्को पहिलो बैठककै निर्णयमा पुँजीबजारमा देखिएको गिरावटलाई सम्बोधन गर्ने भनेसँगै लगानीकर्तामा एक किसिमको आत्मविश्वास बढेपनि पछिल्लो तीन महिना शेयर बजार उच्च रुपमा गिरावट आएको छ । सरकारले नेपाली पुँजीबजारको थप विकास र बिस्तारको लागि विगतमा गरेका कडा नीति परिमार्जन गरी लगानीकर्ताको मनोबल उच्च बनाउन आवश्यक देखिएको छ ।

सेयर बजार घट्नुमा प्रिमियम मूल्यको दोष, अदालत जाने लगानीकर्ताको चेतावनी

काठमाडौं । पछिल्लो समय विभिन्न ८ कम्पनीले प्रिमियम मूल्यमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गरे । घोराही सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल, आइएमई लाइफ, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, माण्डु हाईड्रोपावरले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरे । प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेका कम्पनीको सेयर पनि पूर्ण रुपमा बिक्री भइसकेको छ भने केही कम्पनीको निष्काशन प्रक्रिया जारी छ । तर, पछिल्लो सयम एकपछि अर्काे कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दा भने लगानीकर्तामा निराशा छाएको छ । १ सय रुपैयाँमा लगानी गरिरहेका लगानीकर्ताहरुलाई एकैपटक प्रिमियम थप गर्नु पर्दा लगानीका लागि स्रोत पनि अभाव हुन थालेको लगानीकर्ताहरु बताउँछन् । लगानीकर्ता असन्तुष्ट र निराश मात्रै होइन, प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दा नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) पनि विवादमा मुछिएको छ । यतिसम्म की नकारात्मक नेटवर्थ भएका कम्पनीलाई समेत सेबोनले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न दिएको आरोप लागेकाे छ । प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दा सर्वसाधारणहरु मारमा परेको लगानीकर्ता माधव खनाल बताँछन् । एकपछि अर्काे कम्पनीलाई प्रिमियम मूल्यमा आईपीओ निष्काशन अनुमति दिँदा लगानीको स्रोत खुम्चिएको उनको भनाइ छ । उनका अनुसार प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रिया रोक्न अदालत जाने तयारी भइरहेको छ । ‘धितोपत्र बोर्डले आर्थिक चलखेल गरेर प्रिमियम व्यवस्था लागू गर्याे, प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्दा पूँजी बजारलाई फाइदा भन्दा नोक्सान बढी गर्छ, अधिकांश लगानीकर्ताहरुको पैसा प्रिमियममा फसेको छ, बजारलाई तल झार्न टेवा पुर्याइरहेको छ, यो गलत काम हो, अब यसलाई रोक्नु पर्छ,’ उनले भने, ‘सेबोनसँग प्रिमियममा आईपीओ बिक्री प्रक्रिया रोक्न छलफल भइरहेको छ, यदि सेबोनले यो प्रक्रिया रोकेन भने अदालतमा मुद्दा हालेर भएपनि रोक्छौं ।’ खनालका अनुसार कुनै पनि व्यवसायमा १ सय रुपैयाँमा लगानी गरिएको छ भने ५ वर्षमा ५ सय प्रतिशत वृद्धि हुन सक्दैन । त्यसैले २/३ वर्ष कम्पनी चलाएर प्रिमियममा आईपीओ निष्काशन गर्ने परिपाटी बन्द गर्नु पर्ने उनको धारणा छ । प्रिमियममा आईपीओ बिक्री गर्ने कम्पनीका संस्थापकहरुले कानुनी रुपमा पूँजी बजारबाट सर्वसाधारणको रकम लुटेको उनको आरोप छ । प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रिया जबरजस्ति लादिएको उनको बुझाइ छ । ‘काम गर्दा जोखिम र आम्दानी दुइटै हुन्छ तर, प्रिमियममा आईपीओ जारी गर्दा कम्पनीका संस्थापकलाई फाइदा मात्रै भयो, जोखिम शून्य भयो, कानुनी रुपमा निष्काशन गर्न पायो भन्दैमा सबै लगानीकर्तालाई मारमा पारेर बजारबाट पैसा उठाउन पाउँदैन,’ उनले भने, ‘प्रिमियम मूल्यमा आईपीओ जबरजस्ति लादिएको हो, भित्रभित्रै चलखेल गरिरहेका छन्, सर्वसाधारणलाई भिडाइरहेका छन्, जबरजस्ति लादिए पछि आवेदन दिनै पर्ने बाध्यता बन्यो ।’ ‘लगानीकर्ताहरुले घरजग्गा बिक्री गरेर लगानी गरिरहेका हुन्छन्, कुनै कम्पनीको सेयरमा जबरजस्ति प्रिमियम लादिएपछि बाध्यताले भर्नै पर्ने स्थिती छ, अरु विकल्प नभएपछि के गर्नु ?’ लगानीकर्ता खनाल बताउँछन् । लगानीकर्ता छोटेलाल रौनियार पूँजी बजारमा मागभन्दा सप्लाई मात्रै थप्ने काम भइरहेको बताउँछन् । समय परिस्थिती अफ्ठ्यारो रहेकाले धितोपत्र बोर्डले प्रिमियममा आईपीओ निष्काशन प्रक्रिया केही समय स्थगित गर्नु पर्ने उनको भनाइ छ । ‘पूँजी बजारमा मागभन्दा बढी सप्लाई भइरहेको छ, बजार निरन्तर घटिरहेको छ, लगानीकर्ताको मनोबल कमजोर बनेको छ, कारोबार रकम पुनः एक अर्बमा सीमित भइसक्यो,’ उनले भने, ‘यी सबै विषयलाई ध्यानमा राखेर प्रिमियम मूल्यमा आईपीओ निष्काशन प्रक्रिया केही समय स्थगित गर्नु पर्छ, लगानीकर्ताले पनि चाहना देखाएका छैनन् ।’ प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दा सेबोनले कम्पनीको रेटिङ्गलाई थप अध्ययन गर्नु पर्ने उनको भनाइ छ । एक सय रुपैयाँमै आईपीओ आउनु पर्छ भन्ने आफ्नो माग नभएपनि लगानीकर्ताको भावना हेरेर प्रिमियम मूल्यमा आईपीओ ल्याउनु पर्ने उनको भनाइ छ । ‘जुनसुकै कम्पनीको रेटिङमा शंका छ, लगानीकर्ताहरुले औंला उठाएका छन्, प्रिमियम मूल्यमा आईपीओ निष्काशन गरेको घोराही सिमेन्टको रेटिङ कै विषयमा बोर्ड पनि विवादित बन्यो, प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दा खिचडी भइरहेको छ,’ उनले भने, ‘एक सय रुपैयाँमै सेयर आउनु पर्छ धारणा होइन, ३२ सय अंकमा पुगेको बजार २ हजार अंकभन्दा तल झर्दा लगानीकर्ता आत्तिएका छन्, लगानीकर्ताहरुले यो अवधिमा १४/१५ खर्ब गुमाइसके, त्यसकारण लगानीकर्ताको मुख्य विषयलाई ध्यानमा राखेर प्रिमियम मूल्यमा आउने आईपीओ स्थगित गर्दा राम्रो हुन्छ ।’ लगानीकर्ता कुमार पौडेल प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दा प्रमोटरहरुलाई मात्रै लाभ भइरहेको बताउँछन् । उनले सेबोनले नकारात्मक नेटवर्थ भएका कम्पनीलाई पनि प्रिमियममा आईपीओ निष्काशन गर्न दिएको आरोप लगाए । लगानीकर्ताहरुले आवेदन भरिरहेका छन् भन्दैमा नियामक निकाय चुप लागेर बस्न नहुने उनको भनाइ छ । ‘लगानीकर्ताहरुलाई १ सय रुपैयाँमा आईपीओ आउँदा फाइदा हुन्छ, प्रिमियममा आईपीओ निष्काशन गर्दा प्रमोटरको भ्यालू दिएको हो तर, अहिले प्रिमियममा आइरहेका आईपीओमा शंका लाग्छ,’ उनले भने, ‘नेटवर्थ राम्रो नभएका कम्पनी पनि प्रिमियममा आईपीओ निष्काशन गरिरहेका छन्, नियामकले यसमा अध्ययन गर्नु पर्छ । पूँजी बजार चरम वियरिसमा गुज्रिरहेको र लगानीकर्ताको लगानी पेनिक भइरहेको अवस्थामा बोर्डले धमाधम प्रिमियमा आईपीओ जारी गर्न दिनु गलत काम भएको लगानीकर्ता राजु पौडेल बताउँछन् । रेटिङमा गलत गरेको प्रमाणित भएपनि आईपीओ निष्काशन गर्न दिनु धितोपत्र बोर्डको कमजोरी रहेको उनको भनाइ छ । ‘बजारमा सप्लाई मात्रै दिने तर, ‘डिमाण्ड’ सिर्जना गर्ने विधि धितोपत्र बोर्डले गरेको छैन, विवादित घोराही सिमेन्ट, रिपब्लिका मिडियालाई आईपीओ जारी गर्न दिँदा शंका गर्ने ठाउँ देखिन्छ, रेटिङमा विवाद प्रमाणित छताछुल्ल भएपनि लेनदेनमा बिकेका हुन की भन्ने शंका उब्जिन्छ,’ उनले भने, ‘रिपब्लिका मिडिया डुब्न लागेको कम्पनी हो, जसको भौतिक पत्रिका बिक्री हुन छाडेको छ, यसले बजारमा लगानीकर्ताको सेन्टिमेन्ट पुरै गिराएको छ ।’ राष्ट्र बैंक, सरकार लगायत सबै निकाय सेयर बजारप्रति नकरात्मक बनेका बेला सेबोन पनि पूँजी बजारप्रति गलत क्रियाकलाप गरिरहेको उनको भनाइ छ । प्रिमियममा आईपीओ निष्काशन गर्दा पूँजी बजार घटाउन मद्दत पुगेको उनले बताए । ‘प्रिमियममा आईपीओ निष्काशन गरेर प्रमोटरहरुले बजारबाट पैसा खिचेर लगेका छन्, जसको असर दोस्रो बजारमा प्रत्यक्ष परेको देखिन्छ,’ उनले भने, ‘कमजोर हाइड्रोपावरलाई पनि प्रिमियमा निष्काशन गर्न दिँदा लगानीकर्ताको मनोबलमा झनै गिरावट आएको छ ।’ एनसेल, डाबर नेपाल, सूर्य टोबाको, वाइवाई लगायत फण्डामेन्टलमा राम्रा कम्पनीलाई प्रिमियममा आईपीओ बिक्री गर्न अनुमति दिनु स्वभाविक रहेको उनको भनाइ छ । तर, समय उचित हुनु पर्ने उनले बताए । ‘प्रिमियममा आईपीओ बिक्री गर्दा समय हेर्नु पर्छ, बजार बुलिस, लगानीकर्ताको सेन्टिमेन्ट सकारात्मक, नगद कारोबार बढेको बेला बजारलाई असर गर्दैन तर, पैसामा बिके जस्तो गरेर कमजोर कम्पनीलाई प्रिमियममा आईपीओ जारी गर्न दिँदा आशंका गर्ने ठाउँ उब्जिएको छ,’ उनले भने । धितोपत्र बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठ प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दा लगानीकर्ता मारमा परेको गुनासो आफूले नसुनेको बताउँछन् । प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्दा महँगो लागे आवेदन नदिँदा हुने उनको सुझाव छ । ‘प्रिमियम मूल्य महँगो लागे आवेदन नभरे हुन्छ, प्रिमियममा आईपीओ आएको छ भने किन्नै पर्ने बाध्यता छैन,’ उनले भने, ‘प्रिमियम मूल्य कसरी गणना गर्ने र रेटिङ कति हुनु पर्ने सबै नीति नियम अनुसार नै भइरहेका छन्, यस विषयमा केही सुधार गर्नु छ भने बोर्ड सधैं तयार छ ।’ उनका अनुसार कम्पनीको रेटिङलाई बोर्डले क्रस चेक गरेर स्वीकृत दिने गरेको छ । साथै, प्रिमियम मूल्यआ आईपीओ निष्काशनको अनुमति माग्न बोर्डमा कुनै पनि कम्पनी नआएको उनले बताए । प्रियियम मूल्यमा आईपीओ निष्काशन प्रक्रिया रोक्न लगानीकर्ता अदालत जान सक्ने उनको भनाइ छ ।

सेयर बजारमा राष्ट्र बैंकको नीतिको प्रभावबारे अध्ययन गरिरहेका छौं : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा राष्ट्र बैंकको नीतिको कारण परेको प्रभावका बारेमा अध्ययन गरिरहेको बताएका छन् । बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोउत्तरको जवाफमा अर्थमन्त्री महतले यस्तो बताएका हुन् । मन्त्री डा. महतले भने, ‘राष्ट्र बैंकको नियमन बाट परेको प्रभावका विषयमा आवश्यक संवाद गरिरहेका छौं । हामी चाहन्छौं सेयर कारोबारले सहज रुप लियोस् । लगानी डुब्न नपाओस् । त्यसप्रति सरकार गम्भिर छ ।’ सेयर लगानीकर्ताले भने राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाएको १२ करोडको सीमा हटाउनुपर्ने माग गरिरहेका छन् । राष्ट्र बैंकले मौद्रिक नीति ल्याए यता नेप्से परिसूचक करिब ३०० अङ्कले घटेको छ । अर्थमन्त्री डा. महतले सेयर बजारलाई प्रभावित गर्न खोज्नेहरुको बारेमा निगरानी गरिरहेको बताए । ‘केही व्यक्तिहरुले सेयर कारोबारमा मेनुपुलेसन गर्न नपाउन, इन्साइडर टे«डिङ गर्न नपाउन र सूचना चुहाएर सेयर बजार प्रभावित गर्न नपाउन भन्ने बारेमा सरकारले निगरानी गरिरहेको छ’, मन्त्री महतले भने । पूर्णकालिन व्यवसायीको रुपमा लगानी गर्ने र कसैले बचेको पुँजी सेयर बजारबाट आम्दानी हुन्छ भन्ने आशयले गरेको लगानीलाई सरकारले अनुचित मान्न नसक्ने मन्त्री महतले बताए । अन्य पेशा व्यवसायका मानिसहरुले सेयर कारोबार गरेर मूल्य घट्यो र आत्महत्या गर्ने तहमा पुग्यो भन्ने निष्कर्षमा पुग्न नहुने महतले बताए ।

उच्च अंकले ओर्लियो सेयर बजार, २१२ कम्पनीका लगानीकर्ताले गुमाए

काठमाडौं । आइतबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । आइतबारबो सेयर बजारमा नेप्से परिसूचक २९.८१ अंक घटेर १९६०.७८ विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स ५.०९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९८ अंक र सेन्सेटिभ इण्डेक्स १.६८ अंक घटेको छ । आइतबारको सेयर बजारमा २१२ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । गएको साताको अन्तिम दुई कारोबार दिनमा पनि आरोलो लागेको नेप्से आइतबारको बजारमा पनि सुधार हुन सकेन । नेप्से घटे पनि आइतबारको बजारमा कारोबार रकम भने बढेको छ । आइतबार २७६ स्टकको ३७ हजार ४१ पटकको कारोबारमा एक अर्ब १८ करोड ६६ लाख रुपैयाँ बराबरको ४० लाख ५३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । आइतबार थ्रीस्टार हाइड्रोपावरको शेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ । उक्त कम्पनीको शेयरमूल्य २३ रुपैयाँ १० पैसा बढेर २५४ रुपैयाँ १० पैसा पुगेको छ । लिबर्टी इनर्जी र सिटि होटलको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आइतबारको सेयर बजारमा सोल्टी होटलको सेयर कारोबार शीर्ष स्थानमा रहेको छ । सोल्टी होटलको तीन करोड ८८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, आइएमई लाइफ इन्स्योरेन्स र सिटि होटलको साढे ३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । आइतबार सबै उपसमूहको परिसूचक घटेको छ । यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ३.०३ प्रतिशत घटेको छ भने जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।

साताको सेयर बजार : नेप्से परिसूचकको ओरालो यात्रा जारी, कारोबार पनि घट्यो

काठमाडौं । यस साता धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले ओरालो यात्रा बनाएको छ । कुल ४ कारोबार दिनमा ३ दिन घटेको सेयर बजार एक दिन बढेको थियो । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार सेयर बजारमा यो हप्ता ४ दिनमा कुल ४ अर्ब २४ करोड ६५ लाख २४ हजार ९३२ बराबरको कारोबार भएको छ । साताको पहिलो दिन आइतबार परिसूचक २०.५४ अङ्कले घटेर १ हजार ९९३.३८ पुगेको बजारमा १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८७६ रुपैयाँ मूल्य बराबरको कारोबार भएको थियो । यस दिन कुल २८० कम्पनीका ३८ लाख ९५ हजार २३६ इकाई सेयर कारोबार भएका थिए । त्यस्तै कारोबारको दोस्रो दिन सोमबार परिसूचक ५.०९ ले बढेर १ हजार ९९८.४८ पुगेको बजारमा ९८ करोड ८६ लाख २८ हजार ५६२ रुपैयाँ मूल्य बराबराको कारोबार भएको थियो । यस दिन कुल २७९ कम्पनीका ३७ लाख ७९ हजार ७३१ कित्ता सेयर कारोबार भएका थिए । कारोबारको तेस्रो दिन परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको थियो । मङ्गलबार नेप्से परिसूचक ५.०५ अङ्कले घटेर १ हजार ९९३.४२ अङ्कमा कायम भएको थियो । यस दिन २७८ कम्पनीको ४० लाख ६ हजार ७३९ कित्ता सेयर २९ हजार ६४० पटक खरिद बिक्री हुँदा कारोबार रकम ८६ करोड ५१ लाख २० हजार ४५२ रुपैयाँमा खुम्चिन पुगेको थियो । त्यस्तै बुधबारको सेयर कारोबार मापक नेप्से परिसूचक २.८२ अङ्कले घटेर १ हजार ९९०.५९ अङ्कमा कायम भएको छ । कुल २७६ कम्पनीको ३८ लाख ३ हजार २४४ कित्ता सेयर ३२ हजार २९८ पटक खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब १३ करोड ८ हजार ४१ रुपैयाँ पुगेको थियो । यस हप्ता जम्मा चार दिन सेयर कारोबार भएको थियो ।

घटेको सेयर बजारमा माछापुच्छ्रे बैंकको १० करोडको सेयर कारोबार

काठमाडौं । बुधबार सेयर बजारमा नेप्से परिसूचक २.८२ अंक घटेर १९९०.५९ विन्दुमा झरेर बन्द भएको छ । मंगलरबार घटेको नेप्से बुधबार पनि घट्दो क्रममलाई निरन्तरता दिएको हो । बुधबार सेन्सेटिभ इण्डेक्स १.१३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक घटेको छ । सेयर बजारमा केही दिन यता कारोबार रकम समेत घटिरहेको थियो । तर, बुधबार भने कारोबार रकम बढेर अर्बभन्दा माथि पुगेको छ । बुधबार २७६ स्किप्टकाे ३२ हजार २९८ पटकको कारोबारमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको ३८ लाख ३ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । केही दिन यता सर्किट लेभलमा कारोबार भइरहेको कुथेली बुखरी हाइड्रोको सेयर मूल्य भने घटेको छ । बुधबारको बजारमा सिटि होटलको शेयर भने ९.८८ प्रतिशत अर्थात ६८ रुपैयाँ बढेर ७५६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । बुधबार सानिमा बैंकको ऋणपत्रको मूल्य ५.७२ प्रतिशत बढेको छ । बुधबारको बजारमा माछापुच्छ्रे बैंक कारोबारको आधारमा शीर्ष स्थानमा रहेको छ । बैंकले १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेकाले यसको कारोबार धेरै भएको छ । माछापुच्छ्रे बैंकको १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १.३० प्रतिशत बढेको छ ।

शिथिल सेयर बजारमा कुथेली भने निरन्तर उकालो, पाँच अंकले ओर्लियो बजार

काठमाडौं । मंगलबारको सेयर बजार ५.०५ अंक घटेर बन्द भएको छ । केही दिनयता नेप्से परिसूचक २००० भन्दा तल झरेर कारोबार भइरहेको छ । सोमबार भने नेप्से १९९३.४२ विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ०.७१ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ । सेयर बजारमा केही दिन यता सुस्तता आएसँगै कारोबार रकम पनि अर्ब मुनी नै सीमित भइरहेको छ । सोमबारको कारोबारको तुलनामा मंगलबार झन घटेर कारोबार भएको छ । मंगलबार २७८ स्टकको २९ हजार ६४० पटकको कारोबारमा ८६ करोड ५१ लाख २० हजार रुपैयाँ बराबरको ४० लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । सोमबारको बजारमा भने ९८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो । मंगलबारको सेयर बजारमा कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । उक्त कम्पनीको सेयर मुल्य सूचीकृत भएदेखि नै निरन्तर उकालो लागिरहेको छ । अहिले कुथेली बुखरी हाइड्रोमध्ये सेयर बजारमा पहिलो नम्बरको कम्पनी भएको छ । मंगलबार मात्रै उक्त कम्पनीको सेयर मूल्य ८४ रुपैयाँ ८० पैसा बढेर ९३३ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । मंगलबार ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको इकाईमूल्य ९.९९ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा यस दिन माछापुच्छ्रे बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको तीन करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सेयर बजारको १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ९ उपसमूहको परिसूचक राताम्मे भएको छ ।