काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले राष्ट्र बैंकलाई सार्वजनिक भएका नीतिको कार्यान्वयनमा ध्यान दिन सुझाव दिएका छन् । शुक्रबार नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीति सुझावका लागि आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै क्षेत्रीले राष्ट्र बैंकले ल्याएका नीति प्रभावकारी रुपमा कार्यानवयन गर्नमा ध्यान दिनु पर्ने सुझाव दिएका हुन् ।
कार्यक्रममा उनले भने,‘ हाम्रो नीति ल्याउने तर त्यसलाई व्यवहारका कार्यान्वयन गर्ने चलन छ, राष्ट्र बैंक्ले ल्याएका नीति र कार्यक्रमहरु प्रभावकारीह रुपमा कार्यान्वयन गर्न पछि हट्नु हुन्न, सरकारले पनि बजेट मार्फत केही महत्वपूर्ण कार्यक्रम ल्याएको छ, तर धेरै कार्यक्रम कार्यान्वयनको जिम्मा राष्ट्र बैंकको काँधमा आएको छ, ती नीति व्यवहारिक रुपमा लागु गर्न सक्नु पर्छ, यो महामारीको समयमा नीति ल्याउँदा केयर तथा सम्वेदनशील हुनु पर्ने अवस्था पनि छ ।’
सरकारले विद्युतीय सवारी साधनको हकमा केही महत्वपूर्ण काम गरेको बताउँदै त्यसको कार्यान्वयन भने चुनौति देसखिएको उनको भनाई छ । कार्यक्रममा उनले गभर्नर महाप्रसाल अधिकारीलाई विगतका कमि कजोरीहरु सच्याई मौद्रिक नीति ल्याउन पनि सुझाव दिएका छन् ।
यस्तै, उनले राष्ट्र बैंकले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मर्जर तथा एक्विजिसनलाई प्राथमिकता दिएको प्रशंग जोड्दै मर्जरकै लागि बैंकहरुको पूँजी वृद्धिमा बाध्यकारी बनाउनु नपर्ने सुझाव समेत दिए ।
सोही कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहेका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंकले आगामाी आवको मौद्रिक नीति सन्तुलित ढंगबाट प्रस्तुत हुने धारणा राखेका छन् ।
‘अर्थतन्त्र सन्तुलित र चलायमान हुने नीति ल्याउनु पर्छ भन्ने विषयमा राष्ट्र बैंक जानकार छ, हामीले बैंकलाई पनि मर्का नर्पो र उद्योगी र व्यवसायीलाई पनि समस्या नहुने किसिमले नीति ल्याउँछौं, तर पनि अहिले अवस्था कठीन छ, ’ उनले भने ।
यस्तै कार्यक्रममा गभर्नर अधिकारीले कोरोना भाइरसको कारण अर्थतन्त्र अझै समस्यामा भएको उल्लेख गर्दै यस्तो अवस्थामा धेरै सोचेर नीति ल्याउनु पर्ने अवस्था भएको बताए ।
‘उद्योगी व्यवसायीहरु पनि पलायन हुने स्थिती नहोस्, बैंकहरुलाई पनि मर्का नहुने नीति ल्याउने हामी प्रयास गर्छौं, तर पनि अहिलेको समय ठूलो चुनौतिको छ, हामी अझै यो चुनौतिलाई चिर्ने नीति ल्याउँछौं,’ उनले भने ।