मौद्रिक नीति समिक्षा


गभर्नरले भने- कर्जाको ब्याज घट्दा लगानीकर्तालाई राहत भयाे (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थामा तरलता राम्रो तथा लगानीकर्ताको मनोबल पनि बढ्दै गएको बताएका छन् । चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षापछि आज आयोजित पत्रकार सम्मेलनमा गभर्नर महाप्रसाद अधिकारीले सो बताएका हुन् । यस्तै कर्जाको ब्याज घट्दा लगानीकर्तालाई राहत भएको भए पनि निक्षेपको व्याजदर कम हुँदा त्यसबाट आश्रित वर्ग तथा समुदायमा थप असर पर्ने भएकाले केन्द्रीय बैंकले आवश्यक व्यवस्था गरेको गभर्नर अधिकारीले जानकारी दिए । सरकारले चालू आवमा राखेको आर्थिक वृद्धिको लक्ष्यलाई सहयोग पु¥याउने गरी नै पहिलो त्रैमासिक समीक्षा गरिएको गभर्नर अधिकारीको भनाइ छ । उनले बैंक तथा वित्तीय संस्थालाई सबल बनाउने एवं थप सतर्क रहँदै जोखिम आउन नदिने हिसाबले राष्ट्रबैंक अगाडि बढेको बताए । [pdf id=249007]

निक्षेपको व्याज घटाइएको प्रति गभर्नर चिन्तित, मुद्दती र बचतको व्याजअन्तर ५% बढी हुन नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकका अगर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको व्याजदर घटाएकोप्रति चिन्ता व्यक्त गरेका छन् । बुधबार नेपाल राष्ट्र बैंकले चालु बर्षको पहिलो त्रैमासिकको मौद्रिक नीति समिक्षा कार्यक्रममा बाेल्दै उनले निक्षेपको व्याजदर घटाइएको प्रति चिन्ता व्यक्त गरेका हुन् । ‘अहिले कर्जाको व्याज घट्दा व्यवसायीको मनोवल बढेको छ, तर त्यसमा निक्षेपको पनि व्याजदर घटेको छ,यसले निक्षेपकर्ताको मनोवल घटाउँछ,  यसले ल्याउने समस्या समाधान तर्फ हामी लाग्नेछौं,’ उनले भने । अधिकारीले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा  निक्षेपकर्ताहरुको व्याजदर सीमाभन्दा तल नझरोस् भन्ने उदेश्य सहित मौद्रिक नीति समीक्षाको कार्यदिशा तय भएको बताए । यस्तै, उनले मुद्ति निक्षेप र बचत खाताबीचको व्याजअन्तर ५ प्रतिशतभन्दा बढि हुन नहुने ब्यवस्था गरिएको पनि बताए ।