अन्तर्वार्ता


व्यवसायी र बैंकर छुट्टिनै पर्छ, अब बैंकको ब्याज घट्दै जान्छ : गभर्नर अधिकारी

पछिल्लो समय नेपालको अर्थतन्त्र केही सुस्त छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी स्वयंले पनि अर्थतन्त्र नकारात्मक रहेको बताउँदै आएका थिए । तर, पछिल्लो समय भने अर्थतन्त्रमा सुधार हुँदै गएको उनी बताउँछन् । गभर्नर अधिकारी मुलुकको समग्र अर्थतन्त्र सन्तुलित,व्यवस्थित र दिगोपन सहितको अर्थतन्त्र कायम गर्ने सन्दर्भमा जहिले पनि चुनौतिपूर्ण नै रहेको धारणा राख्छन् । उनले गत असोजदेखि विदेशी मुद्रा सञ्चिति पनि सकारात्मक हुँदै गएको धारणा राखेका छन् । नेपालको अर्थतन्त्र र राष्ट्र बैंकको काम कारवाही लगायत विषयमा गभर्नर अधिकारीसँग कुराकानी गरेका छौं । तपाईं आफै पनि अहिले विश्व अर्थतन्त्र नै चुनौतिपूर्ण देखिएकाले नेपालको अर्थतन्त्रमा पनि चुनौति छ भन्नुहुन्छ, देशको वित्तीय क्षेत्रको नियामकको रुपमा वर्तमान मुलुकको अर्थतन्त्रलाई कसरी लिनुभएको छ ? मुलुकको समग्र अर्थतन्त्र सन्तुलित,व्यवस्थित र दिगोपन सहितको अर्थतन्त्र कायम गर्ने सन्दर्भमा नेपालको अर्थतन्त्र जहिले पनि चुनौतिपूर्ण छ । सबैले अनुभव गरेको विषय हो । अर्थतन्त्रमा चुनौति कुन अर्थमा छ भने मुलुकको अर्थतन्त्र धेरै हदसम्म विदेशबाट आउने रेमिट्यान्सको निर्भर छ । इड्राइभको रुपमा रेमिट्यान्स रहेको छ । नेपालको राजश्व आयातमा बढी निर्भर छ । खपत पनि आयातमा निर्भर रहेको छ । जुन विषयहरु अत्यन्तै अस्थीर छन् । जसले गर्दा नेपाल जुनसुकै बेला पनि अत्यन्तै चुनौतिमा रहेको छ । नेपालले यसलाई पुनःसंरचनाको बाटोमा जानुपर्ने निश्चित छ । गत वर्ष धेरै संकटपूर्ण अवस्थाबाट गुज्रियौं । नेपालको विदेशी मुद्रा सञ्चिति झन्डै ६ महिनामा १९ प्रतिशतले घटेको अवस्था थियो । गत वर्षभरको गत वर्ष चालु व्यापारघाटा १२.८ प्रतिशत थियो । चालू आर्थिक वर्षमा ७ प्रतिशत मात्रै मूल्यवृद्धि कायम राख्न चुनौतिपूर्ण नै रहेको छ । हाम्रो पोलिसी रेटहरु अलि माथि गएको अवस्था छ । आर्थिक वृद्धिको विषय छ, त्यो अप्रिल महिनामा केन्द्रिय तथ्याङ्क विभागले रिभ्यु गर्ने गर्छ । मुलुकको आर्थिक वृद्धिदर अनुमानित दर विगत १० वर्षको भन्दा कम हुँदैन जस्तो लाग्छ । त्यो एउटै सालमा धेरै ठूलो चालु व्यापार घाटा हो । जसको कारण आयातमा केही कडाइ गर्न मेजर लिनुप¥यो । केही वस्तु आयात गर्न छोटो समयको लागि प्रतिबन्ध लगायौं । वस्तु आयात गर्न एलसी मार्जिन पनि राख्यौं । राष्ट्र बैंकले अर्को महत्वपूर्ण मेजर राष्ट्र बैंकले लिने पोलिसी रेटहरुमा ग¥यौं । जुन प्रकारको आयातका लागि लगाएका उपायहरुको अहिले विदेशी मुद्रा सञ्चितिमा वचतमा रहेको छ । धेरै स्थीरता बनेको छ । आगामी दिनमा यही गतीमा स्थीर राख्नको लागि अझै शर्त र सजकतापूर्वक अगाडि बढ्नुपर्ने छ । हाम्रो जहिले पनि विदेशी मुद्रा सहज हुनुपर्ने छ । विदेशी मुद्राको सन्दर्भमा धेरै महिनापछि गत असोजबाट विदेशी मुद्रा सञ्चिति सकारात्मक भएको छ । कात्तिकमा पनि सकारात्मक आएको छ । मंसिरको केही समयमा आउनेछ । हाम्रो ‘आउट लुक’ त्यति नराम्रो देखिएको छैन । वाह्य क्षेत्रको सन्दर्भमा सकारात्मक आउट लुक नै रहेको छ । मूल्यवृद्धिमा कात्तिकमा ८.०८ प्रतिशत रहेको छ । अन्तर्राष्ट्रिय स्तरमा नै मूल्यवृद्धि अत्यन्तै बढेको अवस्था छ । युरोप, अमेरिका जस्ता विकसित अर्थतन्त्र भएका देशहरुले गत वर्ष र यो वर्ष एकदमै उच्च मूल्यवृद्धिको सामाना गरिरहेका छन् । यसलाई नियन्त्रण गर्न केन्द्रिय बैंक कडा रुपमा प्रश्तुत भएको देखिराखेका छौं । हाम्रो देशमा मूल्यवृद्धि जसरी भएको छ त्यो त्यति माथि त होइन । राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा एकल डिजिटमा मूल्यवृद्धि कायम गर्न चुनौतिपूर्ण छ आगामी वर्ष भनेकै थियौँ । तर, पनि राष्ट्र बैंकको अनुमान ७ प्रतिशत नै कायम हुने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षमा ७ प्रतिशत मात्रै मूल्यवृद्धि कायम राख्न चुनौतिपूर्ण नै रहेको छ । हाम्रो पोलिसी रेटहरु अलि माथि गएको अवस्था छ । आर्थिक वृद्धिको विषय छ, त्यो अप्रिल महिनामा केन्द्रिय तथ्याङ्क विभागले रिभ्यु गर्ने गर्छ । मुलुकको आर्थिक वृद्धिदर अनुमानित दर विगत १० वर्षको भन्दा कम हुँदैन जस्तो लाग्छ । गत वर्ष राम्रो नै रह्यो । अघिल्लो सालको जस्तो मुलुकको आर्थिक वृद्धि हुने देखिँदैन । विश्वमा आर्थिक मन्दी देखिएको छ । हाम्रो देशमा पनि कतिपय क्षेत्रमा शिथिलता देखिएको छ । खास गरेर निर्माण उद्योगहरुमा ठूलो शिथिलता आइरहेको देखिन्छ । त्यसको प्रत्यक्ष असर सिमेन्ट उद्योग,स्टिल उद्योग र रोजगारीको क्षेत्रमा परेको छ । त्यसको समग्र मुलुकको अर्थतन्त्रलाई नै असर पर्छ । त्यसले आर्थिक वृद्धिदरमा असर पर्छ । तर ५ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्न सकिन्छ की भन्ने अनुमान गर्न सकिन्छ । अप्रिलमा आउने तथ्याङ्कले कसरी सपोर्ट गर्छ । जहाँसम्म वित्तीय क्षेत्रसँग सम्बन्धित तथ्याङ्कहरु कस्तो देखिन्छ भन्दा २० अर्बको आयात गरिराख्दा त्यसलाई सपोर्ट गर्ने २ खर्बको निर्यात १० खर्बको रेमिट्यान्स भएकाले ठूलो रकम व्यापार घाटामा (बिओपी) भयौं । त्यसको फलस्वरुप विदेशी मुद्रा बाहिर गयो र बजारमा तरलताको दबाब बढ्यो । बजारमा तरलता अभावको कारणले स्वभाविक रुपमा मार्केट रेट,निक्षेपका दरहरु बढे,कर्जाको दर र बेस रेट समेत बढेको छ । अहिले बेस रेट करिव १० प्रतिशतको हाराहारीमा पुगेको छ । त्यसले गर्दा बजारमा तरलता अभाव स्वरुप बैंक ब्याजदर अलिकति माथि गएको हो । त्यसमा पनि पछिल्लो सार्वजनिक नभएको तथ्याङ्क हेर्दा अन्तर बैंक ब्याजदर घट्दै गएको छ । ९ महिनासम्म ८.५ प्रतिशत रह्यो । हाम्रो करिडोरको माथिल्लो बटममा अहिले पौने ७ प्रतिशतको हाराहारीमा रहेको छ । बजारमा तरलता समस्या कम हुँदै गएसँगै ब्याजदर कम हुँदै आएको छ । समग्रमा बजारमा माग घटेको भन्ने देखिन्छ । तर सिग्निफिकेट रुपमा घटिसकेको छैन । मन्दीको असर हुनसक्छ । निजी क्षेत्रको क्रेडिट रहेको अवस्था छ । यो वर्ष १२ प्रतिशत अनुमान राखेका छौं । बजारको तरलताको अवस्था,बैंकहरुको क्षमता हेर्दा १२ प्रतिशतमा नै रहन्छ । मनि सप्लाई फोरकास्ट गरे भन्दा बाहिर जाँदैन भन्ने लाग्छ । पछिल्लो समय तरलतासँग जोडिएका विषय दीर्घरोग जस्तो भए, एक वर्ष तरलता बढी हुने अर्को वर्ष घटेर जाने संकट छ, तरलता संकट नियामकको रुपमा हेर्दा कारक के देख्नुहुन्छ, बैंकहरुको दीर्घकालिन योजना अभावको कारणले वा मुलुकको अर्थतन्त्रको संरचनाको कारण के भन्नुहुन्छ ? बजारमा सधैँ समस्या आइराख्ने भन्दा पनि हाम्रो विगत हेर्दा तरलता अभाव सिर्जना जस्तो हुन्थ्यो । पुसदेखि चैत—वैशाखसम्म तरलता अभाव हुने अन्य समयमा तरलता सहज हुने अवस्था थियो । तर गत वर्षभर नै बजारमा तरलता अभाव देखियो । त्यो हुनुको पछाडिको मुख्य कारण वाह्य क्षेत्र सन्तुलन नहुनु नै हो । हाम्रो ठूलो रकम व्यापार घाटा नै हो । सिधा रुपमा भन्दा धेरै आयात गर्दा डलर बाहिर पठाउनु प¥यो । बैंकहरुले डलर तिरे । त्यो डलर बैंकहरु राष्ट्र बैंकसँग माग गरे । राष्ट्र बैंकसँग डलर खरिद गर्दा बैंकसँग भएको पैसा राष्ट्र बैंकलाई दिए । बैंकहरुसँग खालि भयो । बैंकबाट डलर बाहिर गयो । बैंकहरुको रकम राष्ट्र बैंकमा गयो । त्यसले बजारमा तरलता अभाव भयो । तरलता अभाव हुनुको स्थिति त्यो हो । साढे ३ खर्ब भनेको हाम्रो सिस्टममा ठूलो रकम हुन्छ । गत वर्ष तरलता अभाव हुनुको मुख्य कारण त्यो हो । कुनैपनि समयमा हुनुको कारण केही नियम कानूनहरुका कारण भएकाले परिर्माजन गरेका छौं । गत वर्षबाट सिडि रेसियोको कन्सेप्ट ल्यायौं । बैंकको जुन क्षमता छ त्यो क्षमता हेरेर कर्जा दिने भनेको हो । बैंकहरुले अन्य विषय जोडेर पनि कर्जा दिन थालियो । पुँजी कर्जाको लागि नभएर अन्य भौतिक संरचनाको लागि हो । बैंकको सिस्टमको लागि हो । अन्य पूर्वाधारको लागि हो । बैंकको स्थायित्वको लागि हो, कर्जा दिनको लागि होइन । विगतमा राष्ट्र बैंक लचिलो भएर बैंकको बेस बसाउनको लागि पुँजीबाट कर्जा दिऔं भनेर शुरु गरिएको विषय थियो । अहिले सुधार भएर आउँदा भोलिको दिनमा पूर्ण रुपमा कार्यान्वयन गरेर जाँदा तरलता कम भएर जान्छ । अहिले हामी ट्रान्जिसलनमा छौं । त्यही कुरालाई बुझेर वा नबुझेर बिरोध गर्ने परिपाटी चलिरहेको छ । जब सबैले यो कुरा बुझिन्छ र बैंकहरुले कार्यान्वयन गर्छन् । त्यसपछि यो धेरै स्टेबल भएर जान्छ । निजी क्षेत्रका उद्योगी व्यवसायीहरु बैंकको ब्याजदरको विषयलाई लिएर चर्को बिरोधमा उत्रिएका थिए, सरकार परिवर्तन हुने बित्तिकै राष्ट्र बैंक लचिलो भएर चालू पुँजीकर्जा मार्ग दर्शन संशोधन ग¥यो, राष्ट्र बैंकले उद्योगी व्यवसायीहरुलाई खुशी बनाउन चालू पुँजीकर्जा मार्ग दर्शन संशोधन गर्नुभएको हो की अथवा सरकारप्रति लचक भएर सहज बनाउनको लागि हो ? चालूपुँजी कर्जा मार्गदर्शन गरिएको संशोधन राष्ट्र बैंक लचिलो र सरकारलाई सहज बनाउन होइन । किन होइन भन्दा, चालू  पुँजी कर्जा मार्गदर्शन कुनै असंशोधनीय डकुमेन्ट होइन । विगतदेखि भन्दै आएको थिएँ । वर्षौंदेखि सुझावको लागि ल्याएका थियौँ । राष्ट्र बैंकले फिडब्याक पनि केही पायौं । तर, प्राप्त नपाएको भन्ने कुरा अहिले जनाइरहेको छ । मैले पटक–पटक बैंकहरुलाई चालू पुँजी कर्जा मार्ग दर्शनका यो–यो बुँदा राष्ट्र बैंकले संशोधन गर्नु भनेर सुझाव दिनुस् र राष्ट्र बैंक संशोधन गर्न तयार छ भनेको थिएँ । मार्गदर्शन संशोधन गर्न जहिले पनि खुला थियौं । राष्ट्र बैंकले कात्तिक १ गतेदेखि लागू गरे पश्चात मार्गदर्शन लागू भएको एक महिनापछि बैंकहरुलाई सुझाव दिन कात्तिक ३० गते सर्कुलर जारी नै ग¥यौं । त्यसमा हामीले मार्गदर्शन सुधार गर्नको लागि लिखित सुझाव मागेका थियौं । त्यसमा कागजको लागि नभएर संशोधनको लागि माग गरिएको थियो । त्यो बेला अघिल्लो सरकार नै थियो । राष्ट्र बैंकले सरकार यो वा त्यो भन्दा पनि स्वायत्त रुपमा काम गर्ने हो । राष्ट्र बैंकले कात्तिक ३० गते मागेका सुझावहरु आइरहेका थिए । बैंकहरुबाट आएका सुझावहरुलाई समायोजन गर्नुपर्ने थियो । बैंकहरुबाट आएको सबै सुझावहरुलाई आधार मानेर उद्योगी व्यवसायीहरुका लागि चालुपुँजी कर्जा लागू गर्दा परेका समस्यालाई ट्रान्जिस्नल रुपमा समायोजन गरेका छौं । उद्योगी व्यवसायीहरुलाई चालुपुँजी कर्जा मार्गदर्शनले पारेको बाधाहरुलाई फुकाएका छौं । तर, राष्ट्र बैंक मार्गदर्शनमा हुनुपर्ने नियममा लचिलो बनेको छैन । चालू पुँजी कर्जा कार्यविधि लागू भएको छ र लागू हुन्छ । लागू भएको विषयलाई पर सारेका छैनौं । चालुपुँजी कर्जाको मुख्य उद्देश्य के थियो, यसले कुन बाटो दिन्छ भन्ने निष्कर्श छ ? चालुपुँजी कर्जा मार्गदर्शनको मुख्य उद्देश्य भनेको नेपालको बैंकिङ प्रणालीमा रहेको महत्वपूर्ण विकृति रोक्नु हो । जुन चालुपुँजी कर्जाको नाममा कर्जा लिने र बैंकको कर्जालाई सधैँ फुलाउँदै (बेलुनिङ) गर्र्दै लैजाने देखियो । संस्थाको अथवा उद्योग र व्यापारको क्षमता बढेको छैन । उद्योगले कुनै नयाँ उत्पादन गर्न गइरहेको छैन । उद्योगले थप मेसिनहरु खरिद गरेर उत्पादन क्षमता बढेको छैन । तर, उद्योगी व्यवसायीहरुले बैंकबाट लिने कर्जा भने वृद्धि हुँदै गइरहेको हुन्छ । जसले गर्दा बैंकिङ सिस्टम भित्र रहेको स्रोत धेरै भन्दा धेरै त्यही उद्योगी र व्यवसायीहरुले लगिरहेका छन् । बैंकबाट कर्जा साना व्यवसायीहरुले पाएका छैनन् । नत नयाँ उद्यमीहरुले पाएका छन् । सधैँ धेरै भन्दा धेरै बैंकको कर्जा कहाँ गएको छ भन्दा तिनै ठूला उद्योग व्यवसायमा गएको छ । धेरै कर्जा लिने अनि कर्जा लिएपछि ठूलो उद्योग वा व्यवसायको व्यवसाय बढ्यो त ? भन्दा व्यवसाय पनि बढेको छैन । चालुपुँजी कर्जा नामको कर्जाको लिमिट सिर्जना गरेर त्यो लिमिटबाट व्यवसायको ब्याज, किस्ता अन्य अरु तिर्ने विषय हाम्रोमा धेरै विगतमा जानेर, नजानेर वा विभिन्न लुपोल्सको प्रयोग गरेर भइरहेको थियो । राष्ट्र बैंकले त्यसले पूर्णरुपमा रोक्न खोजेको हो । व्यवसायीहरुले व्यवसायलाई चाहिने कर्जा लिन पाउनुपर्छ ठिक छ । तर,बैंकबाट लिएको कर्जाको दुरुपयोग हुनु भएन । उसले तोकिएको समयमा आफ्नो साँवा ब्याज तिर्नुपर्छ । व्यवसायले आफ्नो क्यास आम्दानीबाट तिर्नुपर्छ । बैंकको कर्जाबाट तिर्ने होइन । त्यो अवधारणासहित यो विषयलाई बैंकको तर्फबाट नियमित रुपमा अनुगमन होस् । नियमित रुपमा उद्योग व्यवसायको रिसिभयवर र स्टकको रिफिकेसन होस् । नियमित रुपमा कारोबारको प्रमाणित गरेर प्रकाशित होस् । उद्योग व्यवसायका लेजर,रजिस्टरहरु र भ्याटको स्टक भनियो । स्टक छ की छैन थाहा छैन भन्ने कुरा ब्यालेन्स सिटले प्रमाणित गरिदियोस् । जसले गर्दा बैंकले पनि नाजायज रुपले अनावश्यक रुपमा कर्जा दिँदैन । कर्जाको प्रयोग गर्ने मान्छेले पनि कर्जाको सदुपयोग गर्छ दुरुपयोग गर्दैन । प्रयोग गर्नेले पैसा पाएपछि व्यापारको लागि आवश्यक नभए लगानी गर्नको लागि अर्को क्षेत्र खोज्छ । अन्य क्षेत्रमा लगानी लगाउँछ तर भनेको समयमा फिर्ता आउँदैन । अहिलेको समस्या त्यो पनि हो । त्यो कारणले शुरुको अवस्थाको लागि राष्ट्र बैंकले छोटो समयको लागि केही व्यवस्था पनि ग¥यौं । राष्ट्र बैंकले लागू गरेको चालुपुँजी कर्जा निर्देशिकाको मुख्य उद्देश्य वित्तीय प्रणाली, बैंकिङ प्रणालीमा भएको स्रोत साधन छ । त्यसको सही सदुपयोग भोलिको दिनमा होस् भनेर ल्याएको हो । हिजोको दिनमा जे भयो त्यो आफ्नो ठाउँमा छ । भोलिको लागि राष्ट्र बैंकले अहिलेदेखि सुधार गर्न खाजेको हो । राष्ट्र बैंकले वित्तीय प्रणाालीको स्रोत साधन सुधारको लागि काम गरिरहेको छ, यसको व्यापक विरोध भएको पनि छ, राष्ट्र बैंकले लागू गरेको चालू पुँजी कर्जा निर्देशिका पूर्णरुपमा लागू हुन्छ भन्ने कुरामा विश्वस्त हुनुहुन्छ ? सरकारबाट आउने दबाबमा कति जानकार हुनुहुन्छ ? चालू पँजी कर्जा पूर्णरुपमा लागू हुन्छ भन्ने कुरामा विश्वस्त छु । यसको कार्यान्वयन पूर्णरुपमा हुन्छ र हुनुपर्छ । हामीले अर्थतन्त्रका विभिन्न विकृति, अन्य विभिन्न क्षेत्रमा भएका विकृतिहरुलाई क्रमशः सुधार गर्दै जाने हो । बैंकिङ कर्जामा भएको विकृति रोक्ने महत्वपूर्ण आयाम तथा सुधारको बिन्दु हो । यो सुधारमा राष्ट्र बैंक पछाडि हट्यो भने हामीले भोलिको लागि कस्तो अर्थतन्त्र खोजिरहेका छौं । बिरोध गरेर नीतिहरु परिर्वतन हुन्छन् । राज्यले लोकप्रिय हुन र नीतिको कार्यान्वयन गर्नेहरुले नीतिको बिरोध गरेर राज्यका नीतिहरु परिर्वतन खोज्न थाल्ने हो भने हामी कुन ठाउँमा पुग्छौं । हामी कहाँ गएर ल्याण्ड हुन्छौं । त्यो कुरा सबैले सोच्नुप¥यो । विरोध होला, कोही कसैको नाफा घट्ला, नाफा नघटाउन पाए हुन्थ्यो भन्ने होला । उद्यमी भनेकै त्यो क्षमता भएर आएको हो । राज्यले ल्याएको ऐन, कानून, नियम र नीतिभित्र उपयुक्त वातावरण भित्र बसेर जोखिम भित्र बसेर कमाउँछु भनेर आएको हो । तब न हो उद्यमी । तब न नव उद्यमी हो । त्यसले गर्दा यसको बिरोध गरेर सडकमा उफ्रिएर राज्यका नीतिहरु परिर्वतन गर्ने भन्ने हुँदैन । म यसमा स्पष्ट छु । बैंकर र व्यवसायी छुट्याउने विषय सहज थिएन र छैन । धेरै रणनितिक रुपमा धेरै समय लगाएर यो एजेण्डा थु्र हुनसक्छ । त्यसमा पनि अर्थतन्त्रको सिस्टम र राज्यका धेरै सरोकारवाला निकायहरुबीच समन्वयन हुनुपर्छ । त्यति सजिलो विषय छैन । हामीले जन्म दिइसक्यौं । गर्ने प्रयास नभएको होइन । राष्ट्र बैंकले ऐन संशोधन गर्दा बैंकको बोर्डमा प्रोफेश्नल बनाउन सकिन्छ । व्यवसायीहरुको हस्तक्षेप हुँदैन भनेर संशोधन गर्दा प्रयास भएको हो । गभर्नरले त्यसो भनिरहँदा अहिले बैंकर र उद्योगी एउटै भएको अवस्था छ, अब उहाँहरुले आफैँ राष्ट्र बैंकको नीति कार्यान्वयन गर्ने ठाउँमा भएर कार्यान्वयन गर्नुभएन भने राष्ट्र बैंकले के गर्नसक्छ ? राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वयनको माध्यम बैंकहरु नै हो । बैंकको कार्यान्वयन गर्ने स्थानमा व्यवसायीहरु नै छन् । राष्ट्र बैंकले जारी गरेका नीति कार्यान्वयन नहुने जुन शंकाको विषय उठेको छ । त्यसैले धेरै अगाडि राष्ट्र बैंकले बैंकर र व्यवसायी छुट्याउने प्रयास गरेको छ । पहिला इजाजत दिने समयमा व्यवसायीहरुले इजाजत पाइसक्नु भयो । बैंकर र व्यवसायी छुट्याउने विषय सहज थिएन र छैन । धेरै रणनितिक रुपमा धेरै समय लगाएर यो एजेण्डा थु्र हुनसक्छ । त्यसमा पनि अर्थतन्त्रको सिस्टम र राज्यका धेरै सरोकारवाला निकायहरुबीच समन्वयन हुनुपर्छ । त्यति सजिलो विषय छैन । हामीले जन्म दिइसक्यौं । गर्ने प्रयास नभएको होइन । राष्ट्र बैंकले ऐन संशोधन गर्दा बैंकको बोर्डमा प्रोफेश्नल बनाउन सकिन्छ । व्यवसायीहरुको हस्तक्षेप हुँदैन भनेर संशोधन गर्दा प्रयास भएको हो । यो पूर्ण रुपमा कार्यान्वयन हुन सकेन । यो विषयमा एजेण्डाको रुपमा राखेका छौं । बैंकर र व्यवसायीहरु छुटिनुपर्छ जसले गर्दा पेशागत हिसावले बैंकहरुले काम गर्नेछन् । व्यवसायीहरुले पनि ऋणीको रुपमा व्यवसाय चलाउनेछन् भन्ने आशा हामीले गरेका छौं । व्यवसायी र बैंकर एउटै भएकाले राष्ट्र बैंकले बनाएका नीतिहरु कार्यान्वयनको लागि चुनौतिहरु रहेका छन् । राष्ट्र बैंकले बनाएका नीतिहरु कार्यान्वयनका क्रममा बीचबीचमा देखिएका समस्या त्यसैको कारण पनि हो भन्ने मेरो अनुभव छ । दुई दशकदेखि सञ्चालित वित्तीय प्रणालीको सुधारको नतिजा स्वरुप पछिल्लो समय बैंकहरुले मर्जरको नीति लियो, त्यही नीतिअनुरुप बैंकहरुको संख्या घटेका छन्, ठूला बैंक बनिरहेका छन्, तर एकथरी आवाज बैंकहरु सीमित व्यक्तिहरुको कब्जामा जाँदैछन् भन्ने छ, एक आपसमा बैंकहरु मर्जर भएर ठूला आकारका बैंकहरु बन्दाको लाभ र साना बैंकहरु अस्थित्व बिहीन हुदाँको अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? बैंकहरुको मर्जरको नीति राष्ट्र बैंकले धेरै मेहेनत र रणनीतिक हिसावले बनाएको अवस्था हो । संस्थाहरु धेरै भएर एक्शेस धेरै हुने विषय होइन । संस्था कम हुँदा एक्शेस बढी भएको डाटाहरुले देखाउँछ । मर्जर नीतिले एक्जिस्टिङ शेयर होण्डर गुम्ने पनि होइन । उहाँहरु त्यही भित्र नै हुनुहुन्छ । मर्जरले कुनै एउटा निश्चित बैंकमा कुनै एउटा व्यवसायी घरनाको कन्ट्रोल थियो भने अब अर्को बैंक मर्जर हुँदा एउटा व्यवसायी घरानाको कन्ट्रोल घटेर गएको छ । त्यो थोरै भएपनि छरियो । राष्ट्र बैंकको उद्देश्य बैंकिङ प्रणाली वा बैंकहरुमा सुशासन कायम गर्न थप सहयोग पु¥याउँछ । मर्जरपछि बैंकहरुको पुँजी क्षमता पनि स्वतः बढ्दै गएको छ । समग्रमा वित्तीय स्थायित्वको लागि ठूलो योगदान गरेको छ । बैंकहरु मर्जरमा जानुको खराब पक्ष म कम नै देख्छु । पछिल्लो समयमा एम अधिकारी र गभर्नर महाप्रसाद अधिकारीको विषय उठान गरी विवादमा तानियो, यो व्यक्तिगत रुपमा गरिएको आक्रमणको कारण के थियो ? राष्ट्र बैंकलाई यस्ता विवादले कस्तो असर पर्छ जस्तो लाग्छ ? म यो विषयमा धेरै बोल्न चाहन्न । सबैले मेरो आनीबानीदेखि प्रकृति थाहा पाएका छन् । म पेशागत हिसावमा काम गर्छु । कसरी संस्थाको लिडरसिप लिन्छु भन्ने थाहा छ । त्यो बेला अन्य धेरै विवाद आइरहेका थिए । त्यही बीचमा त्यही कुरा ल्याइयो । मलाई जानकारी हुने कुरा भएन । म त्यो भित्र छिर्न पनि चाहिन । मैले त्यस्तो जिम्मेवारी लिएको स्वीकारेको र सहभागी भएको अवस्था होइन । अर्थमन्त्री जनार्दन शर्मासँग शितयुद्ध जस्तै थियो भनिन्छ, त्यस्तै हो र ? अर्थ मन्त्रालय, अर्थमन्त्री र राष्ट्र बैंकबीच एक खालको सम्बन्ध रहन्छ । संस्थागत रुपमा समन्वयात्मक रुपमा काम गर्नुपर्छ । व्यक्तिगत रुपमा केही केसहरु परेर विवाद हुनु स्वाभाविक हो । तर संस्थागत हिसावले मैले व्यक्तिगत रुपमा त्यस्तो अन्यथा सोचेको छैन ।

चार वर्षपछि पोखरा र भैरहवा विमानस्थल यात्रुले भरिभराउ हुन्छन् : महानिर्देशक अधिकारीसँगको कुराकानी

त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थल सञ्चालनमा आएको झण्डै ७५ वर्षपछि भैरहवा र पोखरामा दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले गत जेठ २ गतेदेखि भैरहवामा गौतमबुद्ध अन्तर्र्राष्ट्रिय विमानस्थल र पुस १७ गतेदेखि पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको छ । दुई ठुला विमानस्थल निर्माण भएर सञ्चालनमा आएतापनि अन्तर्राष्ट्रिय उडान हुन सकेका छैनन् । केही समय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भएतापनि अहिले उडान विहीन भएको छ । पोखरा विमानस्थलको औपचारिक उद्घाटन नै आन्तरिक उडान बाट भएको थियो । दुई ठुला विमानस्थलमा किन अन्तर्राष्ट्रिय उडान हुन सकेनन ? आवश्यक उपकरण सञ्चालनमा भारतको अवरोध, आन्तरिक उडानको भाडादर लगायतका विषयमा नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का महानिर्देशक इञ्जिनियर प्रदीप अधिकारीसँग विकासन्युजले कुराकानी गरेको छ । गत जेठबाट नियमित उडान भएको गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान किन हुन सकेन ? अहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नहुनुको मुख्य कारण नै खराब मौसम हो । अहिले हामीले आइएलएस सिष्टम सञ्चालन गर्न सकेका छैनौं । उक्त सिष्टम सञ्चालन नहुँदा बिहान लाग्ने बाक्लो तुवालोले उडान तथा अवतरण ठप्प भएको हो । जजिरा एयरलाइन्सले बिहान उडान गर्ने गरेको थियो । बिहानको समयमा मौसम खराबकै कारण जजिराले उडान पोष्टपोन्ट गरेको हो । अन्य वायुसेवा कम्पनीलाई हामीले भैरहवाबाट उडान गर्न आग्रह गरेका थियौं । कोभिडका कारण खोसिएको व्यवसाय पहिलेकै रुपमा नआएको हुँदा उहाँहरुकै आग्रहमा हामीले फोर्स उडानलाई नियमित गर्न सकेनौं । सन् २०२६ मा मात्रै पुरानै अवस्थामा फर्कने हामीले अनुमान गरेका छाैं । आइएलएस सिष्टम सञ्चालनमा भारतकै अवरोध हो ? हामीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस सिष्टम जडान गरिसकेका छौं । सञ्चालनका लागि केही कामहरु बाँकी हुँदा सञ्चालन नभएको हो । हामीले नेगोसेसन गर्न बाँकी छ । सिष्टम अहिले पनि अपग्रेड भैरहेको छ, सञ्चालन मात्रै हुन नसकेको हो । उक्त सिष्टम सञ्चालन गर्न हामीले मित्रराष्ट्र भारतबाट अनुमति लिएर मात्रै पब्लिक गर्नुपर्ने हुन्छ, उताबाट अनुमति नपाउँदा तत्काल रोकिएको हो नेपाल आउने बाटो भारतसँग समन्वय नगरी छैन । उक्त सिष्टम सञ्चालनका लागि समन्वय भैरहेको छ, अब छिट्टै सञ्चालन हुने अपेक्षा छ । भारतसँग प्राविधिक समन्वय गर्नुपर्छ । हाम्रा सबै तयारी र काम सकिसकेका छन । उताको सहमति मात्रै कुरेका हौं ।’ भैरहवामा जहाज कहिलेदेखि चल्छन ? अहिले चिसोका कारण तराईमा सितलहरका कारण बाक्लो हुस्सो लाग्ने गरेको छ । मौसम अलि सफा भएपछि उडान सुरु भैहाल्छ । मौसमका कारण उडान रोकिएको हो, अन्य कारण छैन, मौसममा सुधार आउनासाथ धमाधम उडान भैहाल्छ । भारत सरकारसँग उडान अनुमतिको कुरा बाइल्याटर एग्रिमेन्ट हो, यसमा क्यानले केही गर्न सक्ने अवस्था छैन । पराराष्ट्र मन्त्रालय, प्रधानमन्त्री लगायतका उच्च निकायबाट कुरा भैरहेको छ, हामीले आधिकारिक रुपमा पत्र पठाइसकेका छौं, अहिलेसम्म उताबाट केही जवाफ आएको छैन । हामी लागिरहेका नै छौं । अब यसको समाधान कुटनीतिक तवरबाट हुनुपर्छ । अन्य क्षेत्रमा माग बढी हुँदा मूल्य घट्छ र माग कम हुँदा मूल्य घट्छ तर हवाई सेवामा माग बढी भयो भने भाडा बढ्छ कम माग भयो भने घट्छ, यस्तो किन ? आन्तरिक उडानमा चर्काे भाडादर हुनुको मुख्य कारण नै हवाई इन्धन हो । नेपाल आयल निगमले हवाई इन्धनमा मात्रै ३५ देखि ४० प्रतिशतभन्दा बढी नाफा खादा हवाई भाडादर महंगो भएको हो । एक त हवाई इन्धनको मूल्य छ, अर्काे नेपाल एयरलाइन्सको आन्तरिक उडानमा न्यून प्रतिस्पर्धाका कारण उडान भाडादर महँगो भएको हो । नेपाल एयरलाइन्स सेवा प्रदायक निकाय हो, थोरै नाफा राखेर निगमले आन्तरिक उडानमा प्रतिस्पर्धा गर्न सके अहिले कायम भएको भन्दा आधा भाडा घट्छ । सरकारी वायुसेवा कम्पनीको न्यून सहभागिता छ, निजी वायुसेवा कम्पनीको मोनोपोली छ, उनीहरु व्यापार गर्न आएका हुन । मोनोपोली हुन नदिन सरकारले वायुसेवा कम्पनी सञ्चालन गरेको हो । यसमा निगमले हस्तक्षेप गर्न सके दुर्गमका बस्ने सेवाग्राहीले पनि जहाज चढ्न सक्छन् । नेपाल वायुसेवा निगम जहाज थन्काएर उडान नगर्ने, नेपाल आयल निगम हवाई इन्धनमा मात्रै ४० प्रतिशतभन्दा बढी नाफा राख्ने, अनि महंगो हुँदैन हवाई टिकट ? चर्काे शुल्क खाएर पनि निजी वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । प्राधिकरणले भैरहवा र पोखरा विमानस्थल बनाउन लागेको ऋण तिर्न सक्छ ? वार्षिक रुपमा प्राधिकरणको आम्दानी २० अर्ब बढी छ । जसमा हाम्रो खर्च ९ अर्ब हाराहारीमा आउँछ । वार्षिक रुपमा ९ अर्ब हामीसँग बचत हुन्छ, ऋण तिर्न समस्या नै छैन । हामीले वार्षिक रुपमा सरकारलाई १ अर्ब बराबर आयकर, ६ अर्ब सञ्चालन खर्च र विभिन्न आयोजनाका लागि लिइएको ऋणको ब्याज २ अर्ब भुक्तानी गर्ने गरेका छौँ । वार्षिक २० अर्ब हाराहारीमा आम्दानी गर्ने प्राधिकरणको ऋण करिब ३८ अर्ब बराबर छ । जसमा पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न चिनियाँ एक्जिम बैंक र चीन सरकारमो मिनिस्ट्री अफ कमर्शबाट २२ अर्ब, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एशियाली विकास बैंकको ७ अर्ब र नयाँ परियोजनाका लागि करिब ९ अर्ब हाराहारीमा हामीले ऋण लिएका छौं । उक्त ऋणको हामीले वार्षिक रुपमा सावाँ र व्याज भुक्तानी पनि गर्दै आएका छौं । दुई विमानस्थल बनाउन लिएको ऋण तिर्न क्यान सक्षम छ । भर्खर सञ्चालनमा आएका दुई विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जस्तो भरिभराउ देख्न सम्भव छ ? नेपालको हवाई क्षेत्र कोरोना अगाडीकै अवस्थामा फर्कन हामीले अझै पर्खनु पर्ने देखिएको छ । कोरोना अगाडिकै तुलनामा हवाई क्षेत्र फर्कन हामीले सन् २०२६सम्म पर्खनु पर्ने विभिन्न आंकलन गरिएको छ । विश्वभर असर गरेको कोरोनाकै असर गौतमबुद्ध र पोखरा विमानस्थलमा देखिएको हो । काठमाडौंको जस्तो यात्रुको भीड लाग्न हामीले केही समय पर्खनु पर्छ । आजभन्दा ७५ वर्ष अगाडि काठमाडौं विमानस्थल सञ्चालन गर्दा पनि यस्तै अवस्था थियो । यो प्रश्न काठमाडौं विमानस्थल निर्माण भएको भोलिपल्टै सोधिएको भए पनि त्यसबेला पनि सान्दर्भिक हुने थिएन । धेरै लामो पखाईपछि मात्र काठमाडौं विमानस्थल चलेको हो ।

अब कुमारी नम्बर वान बैंक बन्छ, सेयरधनीलाई खुसी बनाउँछौं : अध्यक्ष राणासँगको कुराकानी

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक मर्जर भएर कुमारी बैंक बनिसकेको छ । दुवैं बैंकबीच एकिकृत कारोबार पनि भइसकेको छ । एनसीसी बैंकको प्रधान कार्यालय र विभिन्न शाखाहरुमा कुमारी बैंकको होर्डिङ्ग बोर्ड झुण्डिन थालिसकेको छ । मर्जर सम्झौता भएको ३ महिनामा नै एकीकृत कारोबार गरेर देखाउने बैंकको रुपमा पनि कुमारी बैंक चिनिएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश अर्याल बनेका छन् भने अध्यक्ष अमिरप्रताप ज.ब. राणा बनेका छन् । मर्जर सम्झौता गरेको छोटै समयमा एकीकृत कारोबार गर्न सफल कुमारी बैंकका अध्यक्ष राणासँग विकासन्युजका लागि रामकृष्ण पौडेल र सन्तोष रोकायाले कुमारी बैंकको बिजेनस, आगामी योजना र समसामयिक विषयवस्तुमा कुराकानी गरेका छन् । बैंकहरुले लगानीकर्तालाई दिने प्रतिफल पातलिँदै गएको छ, कम प्रतिफलकै कारण बैंकहरुबाट सेयरधनीहरु बाहिरिएको भन्ने पनि सुनिन्छ, तपाईं पनि कुमारी बैंकको लगानीकर्ता हो, तपाईंले चाहिँ के सोचिरहनु भएको छ, बैंकलाई कसरी अगाडि बढाउने योजना बनाउनु भएको छ ? पुराना र ठूला लगानीकर्ताले बैंक छोड्छन् जस्तो मलाई लाग्दैन । सबै जना कर्मठ रुपमा काम गरिरहनु भएको छ । बिके श्रेष्ठ, पृृथ्वीबहादुर पाँडे, प्रचण्ड श्रेष्ठ र राजेन्द्र खेतान लगायत ठूला र पुराना बैंकका सेयरधनीहरु मिहिनेत गरेर काम गरिरहनु भएको छ । अहिले बैंकहरुको प्रतिफलमा केही संकुचन आएको छ । पहिले बैंकहरुमा खासै ठूलो प्रतिस्पर्धा थिएन । अहिले प्रतिस्पर्धा बढेको छ । राष्ट्र बैंकबाट पनि धेरै नीति परिवर्तन भएका छन् । यसले पनि बैंकहरुको बिजनेस भोलुम घटेको छ । यसले पनि प्रतिफल घटेको हुन सक्छ । बैंकिङ स्थायी रुपमा हेर्नु पर्ने व्यवसाय हो । बैंक व्यवसाय भनेको आज खोलर भोलि बन्द हुने व्यवसाय होइन । एक पटक खोलेपछि जुनीजुनीलाई हुनु पर्ने व्यवसाय हो । तर्क संगत रुपमा भोलुमको सस्टेन हेर्नु पर्छ, प्रतिफलको दरलाई एउटा ठाउँमा राखेर कामको भोलुम हेर्ने हो । भारतमा पनि बैंकले दिने प्रतफिल एकदमै कम छ । भारतमा सबैभन्दा बढी प्रतिफल दिने बैंकले १० प्रतिशत प्रतिफल दिन्छ । नेपाली बैंकमा एउटा अभ्यास बिग्रिएको छ । पहिले बैंकहरुले २५/३०/४० प्रतिशतसम्म प्रतिफल दिए । तर, अहिले अवस्था त्यस्तो रहेन । त्यसैले पनि अहिले पातलिएको हो । अहिले मुद्दति निक्षेपमा राख्दा १३ प्रतिशत पाउँछु र बैंकमा लगानी गर्दा औसतमा १२ प्रतिशत पाउँछु भन्ने मानिसिकता पनि हुन सक्छ । तर, अहिलेको परिस्थितको कारणले हो । सधैं यही अवस्था रही रहँदैन । बैंकहरुले नयाँ–नयाँ प्रेडक्ट लिएर आउनु पर्यो । नयाँ–नयाँ सोचका साथ काम गर्नु पर्यो । उत्पादनशीलता बढाउनु पर्यो । धेरै शाखा खोलेर धेरै बिजनेस गर्छु भन्ने दिन गइसक्यो । लागत घटाउने तर्फ जानु पर्छ । धेरै देशहरुको बैंकहरुमा कर्मचारीहरु घटिरहेका छन्, किनकी त्यहाँका बैंकहरु प्रविधिमा गए । मान्छेहरु जागिरविहिन भइरहेका छन् । तर, मान्छेले आर्जेको ज्ञान अन्य ठाउँमा पनि काम लाग्छ । बैंकमा मात्रै काम गर्नु पर्छ भन्ने छैन । सेयरधनीहरु बाहिरिने कुरा धेरै समस्या होइन । कुनै लगानीकर्ताहरु आफ्नो व्यक्तिगत कारणले पनि बाहिरिएका हुन सक्छन् । प्रतिफलकै कारण भन्न मिल्दैन । बैंकहरुको प्रतिफल अब घट्दैन भन्ने तपाईंको बुझाइ हो ? बैंक आफैमा पनि सुदृढ हुनु पर्छ । प्रतिफल बढाउनका लागि सञ्चालक समिति चुस्त हुनु पर्छ । व्यवस्थापन टीमलाई काम गर्न दिनु पर्यो । बोर्डको माइनुट काखी मुनि च्यापेर हुँदैन । म भन्छु भनेर बैंकको निर्णयको माइन्युट काखीमुनी च्याप्ने अनि एक सातापछि साइन गरेर दिने परिपाटीले बैंकको प्रगति हुँदैन । यस्तो पनि कतिपय बैंकमा भएको छ । तर, यसरी बैंक चल्दैन । तपाईं कुमारी बैंकलाई कसरी अगाडि बढाउँदै हुनुहुन्छ, तपाईंको अबको योजना के हो ? मेरो अबको योजना ‘प्लेन एण्ड सिम्पल’ छ । बैंकलाई पारदर्शी बनाउने, प्रडक्टिभिटी बढाउने, त्यसको मेकानिज्म विकास गर्ने र नयाँ–नयाँ प्रडक्टहरु बनाउने हो । हाम्रो बोर्डमा कुनै समस्या छैन । अब हाम्रो बाटो क्लियर छ । अब हाम्रो लक्ष्य भनेको नम्बर वान नै हो । अबको पाँच वर्षभित्र नम्बर वान बैंकका रुपमा चिनाउने हो । हिजोको दिनमा कुमारी बैंक २४/२५ नम्बरमा थियो । गत एक वर्षभित्र ९ नम्बरमा आयो । मर्जरपछि ४ नम्बरमा आइपुगेका छौं । यो प्रगति भनेको ३ वर्षको मात्रै हो । अबको लक्ष्य भनेको प्रतिफलमा नम्बर वान नै हो । यदि मैले त्यो गर्न सकिँन भने म पारदर्शी छैन भन्ने बुझ्नु पर्छ । पुँजीको हिसाबले हामीभन्दा ठूलो बैंक तीन वटा मात्रै छन् । पुँजीले हाम्रो प्रतिफलाई रोक्दैन । कुमारी र एनसीसी बैंकबीच एकीकृत कारोबार पनि भइसेकेको छ, अब बैंक कसरी अगाडि बढ्छ ? अब बैंक एउटै भइसक्यो, यो मेरो यो तेरो भन्ने छैन । एनसीसीको कर्मचारी, कुमारीको कर्मचारी भन्ने छैन । अब हामी सबै एउटै हो । हिजोको दिनमा म एनसीसीको भएपनि अब कुमारीको सीईओ हो । अब हामी एउटै हो । मर्जर भइसकेपछि पनि धेरै संस्थाहरुमा सिनर्जी इफेक्ट देखिएन, प्रतिफल पनि खासै बढेन, यो हेर्दा त पुँजी ठूलो भएर मात्रै नहुँदो रहेछ नी ? पुँजी हेरेर मात्रै हुँदैन । बोर्डले कत्तिको सपोर्ट गरेको छ भन्ने पनि हेर्नु पर्छ । म्यानेज्मेन्टले कसरी काम गरिरहेको छ भन्ने विषय पनि महत्वपूर्ण हो । यस्तो कुनै समस्या कुमारीमा छैनौं । हामी सहकार्य र समन्वय गरेर अगाडि बढ्छौं । संस्था जति ठूलो भयो त्यति नै बढी जोखिम हुन्छ भन्ने चिन्ता तपाईंमा छैन ? त्यो चिन्ता एक थोपा पनि छैन । म बैंकलाई कतातर्फ लैजान्छु भन्नेमा म प्रष्ट छु । तस्वीर र बाटो क्लियर छ । एनसीसी बैंकबाट आएका सञ्चालक, व्यवस्थापन के कस्ता हुन्छन् भन्ने विषयमा पनि दुविधा छैन । बैंकको चिन्ता गर्नु भनेको आफ्नो क्षमतालाई संशय गर्नु हो । तरलताको समस्याले के होला ? नियामकले कस्तो नीति ल्याउला ? अर्थनीति कस्तो आउँछ ? भन्ने विषय फरक हो । यसले सबै बैंकहरुलाई नै प्रभाव पार्छ । बैंकहरुको नाफाको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी हुने गरेकाे छ, नियामकले पनि विभिन्न नीतिमा कडाइ गरिरहेको छ, यी घटनाक्रम र परिदृश्यहरुले त बैंकलाई र बैंकको प्रतिफलमा पनि असर गर्छ भन्ने लाग्दैन ? देशको स्थिति राम्रो हुँदा बैंकले कति कमाइरहेको छ भन्ने विषय आएन । देशको स्थिति सधैं यस्तै रहँदैन । आज देशको स्थिति खराब छ त्यसैले उद्योगी व्यवसायी साथीहरुलाई समस्या भएको हो । म पनि उद्योगी हो, त्यो समस्या मलाई पनि परेको छ । अलिकति ब्याज कम भए हुने भन्ने मेरो पनि सोच हो । तर, यो सधैं रहँदैन । अहिले उहाँहरुको व्यवसाय कसरी सस्टेन गर्न सकिन्छ भन्नेतर्फ बैंकहरु र नीति निर्माताहरुले पनि सोच्नै पर्छ । नभए अर्थतन्त्र धरासायी हुन्छ । अहिले एकअर्कालाई सहयोग र समन्वय गरेर अगाडि बढ्नु पर्ने समय हो । दुखेको मान्छेले कराउँछ । यो स्वभाविकै हो । हिजो देशको अर्थतन्त्र सकारात्मक भएको अवस्थामा बैंकहरुले यति कमाए उति कमाए भनेर बहस हुँदैनथ्यो । उद्योगी व्यवसायीहरुले पनि कमाएकै थिए । तर, अहिले समस्यामा परे । गुनासो गर्नु स्वभाविक नै हो । तपाईं आफै पनि बैंकको अध्यक्ष र उद्योगी पनि हो । केही समय अगाडि उद्योगी व्यवसायीहरु कालो झण्डा लिएर सडकमा उत्रिँदा तपाईंलाई कस्तो महसुस भयो ? म बैंकर होइन । म बैंकको सेयरधनी हो । त्यही कारणले म आज बैंकको बोर्डमा बसेको छु । बोर्डमा बस्दा मैले बैंकका सेयरधनीलाई जति सक्दो बढी प्रतिफल दिनु पर्छ भन्ने विषयलाई प्राथमिकता दिन्छु । मेरो व्यवसाय पनि अलग्गै छ । मेरो आ–आफ्नै जिम्मेवारी छ । उद्योगी व्यवसायी साथीहरुले गरेको काममा पनि मेरो भन्नु केही छैन । भोलि गएर उद्योग व्यवसाय रहेनन् भने बैंकहरु पनि बाच्न सक्दैनन् । अनि बैंकहरुले कसलाई ऋण दिने ? त्यसो भए उद्योगी व्यवसायीहरुका मागहरु जायज हुन्, उनीहरुले जे कुरा भनिरहेका छन् ती सबै सही हुन् ? बैंकहरुले पनि सर्भाइभ गर्न सक्नु पर्छ । बैंकमा पनि कसैको लगानी छ । बैंक पनि गैर नाफामुलक संस्था त होइन । बैंक एनजीओ/आईएनजीआले त चलाएको होइन नी । यसले पनि लगानीको प्रतिफल त पाउनु पर्यो । तर, अहिलेको अवस्थामा उद्योगी व्यवसायी र बैंकरले मिलेर जानु पर्छ । व्यवसायीको कुरा बैंकरहरुले बुझ्नै पर्छ । व्यवसायीहरुले पनि बैंकहरुको कुरा बुझ्न सक्नु पर्छ । कमाउनै नहुने भन्ने होइन । हिजोका दिनमा एनसीसी र कुमारी बैंककै सञ्चालकको असन्तुष्टि र दरारका विषय पनि बाहिरिन्थे, अब मर्जर भइसकेपछि सबै सेयरधनी तथा सञ्चालकहरुलाई हामी एकै हौं, कुमारी बैंक हाम्रै हो भन्ने किसिमको अनुभुति दिलाउन के कसरी काम गर्नु हुन्छ ? त्यो इतिहास हो । अब हामीले इतिहासलाई हेरेर त्यसमा सचेत भएर अगाडि बढ्ने हो । हामीले पहिले झगडा गरेर कुमारी बैंक पुछारमा पुग्यो । त्यो बेलाको बैंकको प्रमोटर, सञ्चालक तथा अध्यक्षहरु बैंकको सेयरधनीहरुलाई दिने प्रतिफलको विषयमा चिन्तित नभएर नै त्यो किसिमको विवाद सिर्जना भयो होला । तर, म विवाद चाहन्नँ । मैले धेरै वर्षदेखि विवाद देख्दै आएको छु । त्यसबाट के हुने रहेछ भन्ने कुरा पनि बुझेँ । मेरो लागि राम्रो के हो भन्दा पनि सेयरधनीका लागि राम्रो कुरा के हो भन्ने कुरालाई प्राथमिकता दिनु पर्छ । त्यो हुनासाथ सबै काम राम्रो हुन्छ । यसअघि पनि म कुमारी बैंकको अध्यक्ष हुँदा साथीभाइहरुले भनेर आएको थिएँ । अहिले पनि साथीभाइहरुले बस्नु पर्यो भनेपछि बसेको हुँ । म बन्नु पर्छ भन्ने खेल मैले खेलेको छैन । एनसीसी बैंकमा पनि एक किसिमको इतिहास छ । मेरो आग्रह छ, जति सक्दो बढी प्रतिफल लिने प्रयास गर्ने हो । तर, विवाद गर्नु हुँदैन । कुमारी बैंकको अध्यक्ष भनेको देशको प्रधानमन्त्री पद होइन । मैले काम गर्न सकिनँ भने छोड्नु पर्छ । ४ वर्ष अगाडि कुमारी बैंकको अध्यक्ष हुँदा पनि मैले पफर्मेन्स गर्न सकिन भने बाहिर बस्छु भनेको थिएँ । अध्यक्ष भएर मैले केही पाउने होइन । मैले मेरो लगानीको प्रतिफल मात्रै पाउने हो । उल्टै अध्यक्ष भएर मैले अन्य व्यवसायमा समय दिन सक्दिन । यो ठूलो कुरा होइन । आजको दिनमा पनि म राम्रोसँग चलाउन सक्छु भनेर आउनु भयो भने म खुसीका साथ छोड्न तयार छु । अब कुमारी बैंकमा तपाईंको हिस्सा घट्छ, सेयर बढाउनेतर्फ लाग्नुहुन्छ कि लाग्नु हुन्न ? म केही गर्न सक्दैन । मैले सेयर बढाउन सक्दैन । मैले खरिद गर्न पनि पाउँदैन । मैले सञ्चालक छोडेपछि अर्को कुरा हो । त्यो बेलाको अवस्था के हुन्छ, हेरौं । म वर्तमानमा विश्वास गर्छु । आज के हुन्छ त्यही गर्छु भोलि हेर्दिन ।

‘२३ वर्षमा नदिएको लाभांश ३ वर्षमा दियौं, निक्षेपको भन्दा कर्जाको ब्याज सस्तोमा दिन्छौं’

नेपाली बैंक क्षेत्रको सबैभन्दा पुरानो बैंक हो नेपाल बैंक । सोही बैंक आज (बुधबार) ८५ वर्ष पार गरेर ८६ वर्षमा पाइला टेकेको छ । बैंकले यो ८५ वर्षको अवधिमा विविध आरोह अवरोह तथा उतारचढावहरु पनि सामना गरेको छ । वि।स १९९४ साल कात्तिक ३० गते स्थापना नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा अहिले कृष्णबहादुर अधिकारीले नेतृत्व गरिरहेका छन् । उनै सीईओ अधिकारीसँग नेपाल बैंकको वर्तमान बिजनेस, बैंकका आगामी रणनीति र बैंकको वित्तीय सूचक लगायतका विषयमा कुराकानी गरेका छौं । तपाईं नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको तीन वर्ष पुरा भएको छ, यो अवधिमा के कस्ता उपलब्धि हाँसिल भए ? मेरो नेपाल बैक लिमिटेडमा सेवा अवधिका हिसाबले १८ वर्ष पूरा भएको छ । मेरो स्वभाव, आचरण, निष्ठा २०६१ साल कार्तिक १६ मा सेवा प्रवेश गर्दा जस्तो थियो, त्यसमा परिवर्तन भएको छैन । प्रमुख कार्यकारी अधिकृत भएर मात्र मेरो कार्यशैली परिवर्तन भएको हैन । प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त भएपश्चात् जे गरियो त्यो मैले मात्र हैन बैंकमा कार्यरत ३३९६ जना कर्मचारीहरूको समस्त योगदान हो । यी तीन वर्षमा विगत ८२ वर्षमा वासलातको आकार जति तयार भएको थियो, त्यसलाई करिब दुई गुणा बनाउने कार्य भने भएको छ । जसलाई हाम्रो वासलातले पुष्टि गरेको छ । व्यवसायमा स्तरोन्नति, शाखा सञ्जाल विस्तार, खराब कर्जा अनुपात घट्न गई कर्जाको गुणस्तरमा वृद्धि, नयाँ जनशक्तिको भर्ना, २३ वर्षसम्म सेयरधनीले प्राप्त गर्न नसकेको लाभांश विगत तीन वर्षदेखि लगातार वितरण, न्यून वेतनमा भर्ना भएका कर्मचारीको आर्थिक सुविधा वृद्धि भई अन्य सरकारी बैकले समेत बेञ्च मार्किङ गर्ने संस्थाका रूपमा लिनु, संरचनागत सुधार, सन्तुष्ट ग्राहकको समूहमार्फत ग्राहक सिफारिस बढ्नु, ग्राहकको रकम सुरक्षाको शत प्रतिशत प्रत्याभूति हुनु नेपाल बैंक लिमिटेडका मूलभूत उपलब्धि हुन् । थप चुनौती र अवसर केके देख्नु हुन्छ ? हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक परिवेशबाट चुनौती सृजना भएको छ । रसिया र युक्रेनका बिचको युद्धका कारण मन्दीतर्फ अग्रसर अन्तर्राष्ट्रिय अर्थतन्त्र र त्यसको प्रभाव, राष्ट्रिय स्तरमा रहेको तरलता तनाव शोधानान्तर घाटा चुनौतीका रूपमा रहेका छन् आन्तरिक रूपमा अपेक्षित कायम गर्ने, डिजिटलाइजेसन गर्ने, साइबर सेक्यूरिटी बढाउने, कोर बैंकिङ सफटवेयर कार्यान्वयन गर्ने काम पनि प्रमुख चुनौती हुन् सन्जालको सदुपयोग मानवपुँजीको उपलब्धता, जनविश्वासलाई नतिजामा परिवर्तन गरी व्यवसाय विस्तार गर्ने अवसर छन् । झण्डै शताब्दीको दशकमा प्रवेश गर्न लागेको नेपालको पहिलो बैंकको वित्तीय अवस्था कस्तो छ ? वित्तीय अवस्थालाई तुलनात्मक रूपमा विश्लेषण गर्दा यसको अवस्था स्पष्ट हुन्छ । सो सन्दर्भमा आव २०७४/२०७५ र २०७८/२०७९ को वित्तीय विवरणलाई तुलना गर्दा निक्षेप ६७ प्रतिशतले वृद्धि भई रु.१९६ अर्व पुगेको छ । कर्जा सापटी ८७ प्रतिशतले वृद्धि भई १७८ अर्ब रुपैयाँ छ । पुँजीकोषको हिसाबले बैंक सबैभन्दा उच्च छ । खुद नाफामा २५ प्रतिशत वृद्धि भएको छ । पुँजीकोष पर्याप्तता अनुपात १५.०४ प्रतिशत छ। कुनै समय अत्यधिक रहेको निष्क्रय कर्जा २०७९ असार मसान्तसम्म १.९० प्रतिशत रहेको तथ्यांकलाई मध्येनजर गर्ने हो भने नेपाल बैंकको वित्तीय अवस्था सवल रहेको पुष्टि हुन्छ । देशको जेठो र पहिलो बैंकका रूपमा आफ्नो साख कसरी हाँसिल गर्दै हुनुहुन्छ ? सूचना प्रविधिमा अन्तर्राष्ट्रिय स्तरको कोर बैंकिङ सफ्टवेयर कहिले सम्ममा कार्यान्वयनमा आउँछ ? २०५७ सालदेखि सुरु भएको वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत नेपाल बैंकले तत्कालीन समयमा व्यवसाय विस्तार भन्दा पनि सुधारलाई महत्व दिएका कारण बैंकमा व्यवसाय वृद्धिका हिसाबले केही समय सस्तता आएको थियो । बैंकको साखलाई–कायम रान औसतमा २६ वर्षका कर्मचारीले अनवरत कार्य गरिरहेका छन् । मुख्य रूपमा ग्राहकको सन्तुष्टिमार्फत व्यवसाय विस्तार गर्नु नै आजको आवश्यकता हो। तसर्वमानवीय, वित्तीय, भौतिक तथा प्राविधिक परिवर्तनका माध्यमबाट बैंकको साखलाई कायम राले प्रयास गरिएको छ । जहाँसम्म अन्तर्राष्ट्रिय स्तरको कोर बैंकिङ सफ्टवेयर कार्यान्वयनको सबाल छ हामीले यसका लागि एक्स्प्रेसन अफ इन्ट्रेस्ट (इओआई माग गरिसकेका छौ । करिब डेढ वर्षमा सफ्टवेयर पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ । बजारमा देखिएको तरलता अभावको कसरी सामना गर्दै हुनुहुन्छ । कहिलेसम्ममा बैंकहरूमा तरलताको पर्याप्तता भई कर्जा सापटी सहज बन्ने आशा गर्न सकिन्छ। बजारमा तरलताको अभाव गत आर्थिक वर्षदेखि निरन्तर छ । कर्जाको माग सम्बोधन गर्न असहज भएको छ । कर्जा निक्षेप अनुपात अहिले करिब ८७.५० प्रतिशत पुगेको छ । बैंकसँग लगानी गर्ने स्पेस करिब २.५० प्रतिशत मात्र छ । त्यो स्पेस पनि बैंकले प्रयोग गर्दैनन् । किनकि निक्षेप फ्लाइटको डर छ । नेपाल बैंकको कर्जा निक्षेप अनुपात हाल सन्तोषजनक रहेको छ । रि–फाइनान्स परिपक्व भएपछि र स्थानीय तहको रकम निक्षेपमा गणना गर्ने पुस मसान्तसम्मको अवधि सकिएपछि तरलतामा थप दबाब सिर्जना हुने नै छ। गैरआवासीय नेपालीलाई सहज रूपमा रकम मुलुकमा ल्याउन पाउने व्यवस्था गर्दै उत्प्रेरित गर्नुपर्दछ । विप्रेषणलाई औपचारिक माध्यमबाट भित्र्याउन प्रोत्साहन बढाउनपर्दछ । उत्पादनमखी क्षेत्रमा लगानी बढाउँदै भुक्तानी सन्तुलन सकारात्मक बनाउन सकियो भने तरलताको समस्या सहज हुन्छ । अन्य बैंकका तुलनामा नेपाल बैंकको पृथक पहिचान केके हुन् ? नेपाल बैंक मानक संस्थाका रुपमा रहने प्रमुख आधार भनेको सर्वप्रथम स्थापित भई मुलुकलाई बैंकिङ सेवा प्रदान गर्नु हा । यो मानक कहिल्यै परिवर्तन हुने वाला छैन । स्थापनामा अग्रणी भएसँगै यसले तत्कालीन समयमा केन्द्रिय बैंकका स्थापनाका लागि कर्मचारी काजमा पठाएर काम गरेको छ । नेपाल औद्योगिक विकासनिगमदेखि राष्ट्रिय वाणिज्य बैंक तथा कृषि विकास बैंकको पनि यसमा योगदान छ । बैंकिङ सघनता विस्तारका लागि विदेशी संयुक्त लगानी तथा निजी क्षेत्रको लगानीमा स्थापना बैंकमा संस्थापक सेयरधनी भएको इतिहास पनि छ । निक्षेपमा उच्च व्याज तथा कर्जामा न्यून ब्याज प्रदान गरिरहेको छ । पूर्वमा सिरिजङ्गादेखि पश्चिममा दार्चुलाको गोकुलेश्वरसम्म शाखा स्थापना गरी सेवा प्रवाह गरिरहेको छ । लोकसेवा आयोगबाट कठिन परीक्षा प्रकृया पार गरी आएका दक्ष जनशक्तिवाट बैंक परिचालित छ । आधार व्याजदर न्यून छ । यिनै विषय नेपाल बैंक मानक भइरहने आधार हुन् । बैकका ग्राहक, सेयरधनी, कर्मचारी लगायतका सरोकारवालालाई थप के सन्देश दिनुहुन्छ ? बैंक अहिले जुन स्थानमा छ, जसरी लक्ष्य प्राप्ति गरिरहेको छ यसको श्रेय हाम्रा आदरणीय ग्राहक महानुभावहरूलाई जान्छ । ग्राहक हाम्रा सर्वश्रेष्ठ देवगण हुन् । ग्राहकप्रति हार्दिक नमन छ । यो सहयोग र सद्भावको निरन्तर अपेक्षा राख्छी र ग्राहक सेवामा थप स्तरोन्नति गर्दै जाने प्रण गर्दछौ त् सेयरधनी महानुभावहरूलाई निरन्तर प्रतिफल प्रदान गर्ने वाचा गर्छौं। बैंक सञ्चालनमा नीति तर्जुमा गर्दै अभिभावकका रूपमा भूमिका निर्वाह गर्ने सञ्चालक समितिलाई हार्दिक आभार । नेपाल सरकार, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, कम्पनी रजिस्ट्रार कार्यालयलगायत नियामक निकाय र अन्य सहयोगी संस्थालाई पनि धेरै धेरै धन्यवाद । बैंकको योजनालाई मूर्त रूप दिन कार्यक्षेत्रमा खटिने कर्मचारीहरूलाई हार्दिक बधाई ।

मलाई पैसा पुगिसक्यो, मुस्ताङको विकासकै लागि ५५ करोडको रिसोर्ट खोलेँ : सोनाम शेर्पा

काठमाडाैं । मुस्ताङको मुक्तिनाथ क्षेत्रमा ५५ करोड रुपैयाँ लगानीमा बनेको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’ सञ्चालनमा आएको छ । गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको व्यक्तिगत ५५ करोड लगानी रहेको उक्त होटल गत शुक्रबारबाट सञ्चालनमा आएको हो । पर्यटकको चाप बढेपनि स्तरीय र सुविधासम्पन्न होटल संरचनाको अभाव रहेकाले आफूले व्यक्तिगत लगानीमा सुविधासम्पन्न होटल बनाएको उनी बताउँछन् । बुटिक अवधारणामा करिव १०० रोपनीमा फैलिएको होटलबाट चारै दिशामा हिमाल अवलोकन गर्न सकिनेछ । होटलमा २० कोठा र एक हल र अन्य आठको कोठा निर्माण कार्य पनि भइरहेको छ । होटल उच्च हिमाली क्षेत्रमा रहेकाले चिसोबाट बच्न सोना तथा स्पाकोसमेत सुविधा रहेको छ । होटल सञ्चालन आएको ३५ वर्षपछि होटल मुक्तिनाथका जनतालाई हस्तान्तरण गर्ने लामाको भनाई छ । निलगिरी धौलागिरी जस्ता मनमोहक हिमालको घेराभित्र रहेजस्तै देखिने सो होटलमा पर्यटकको सेवाका लागि साउना, स्पादेखि घोडाचढी सुविधा उपलब्ध हुनेछ । समुन्द्र सतहबाट करिव ३ हजार ७१० मिटर उचाईमा रहेको रिसोर्टबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । हिन्दु र बौद्धमार्गीको साझा तीर्थस्थल रहेको मुक्तिनाथ क्षेत्रमा बढी हिन्दुधर्मालम्वीहरु दर्शन गर्नको लागि पुग्ने भएकाले होटलमा हिन्दुहरुको लागि साकाहारी रेष्टुरेण्ट सञ्चालनमा ल्याउने होटलको तयारी रहेको छ । रिसोर्टमा ध्यान, योग तथा दृश्यावलोकनका लागि उपयुक्त हुनेगरी पार्क तथा अन्य संरचनासमेत उपलब्ध हुने बताउनु भयो । अमेरिकामा २७ वर्ष विभिन्न व्यवसाय गरेका लामा गैरआवासीय नेपाली संघमा १३ वर्ष आवद्ध रहेका थिए । काठमाडौंको ठमेलमा १०० बेड क्षमताको होटल लो मुस्ताङ पनि सञ्चालनमा ल्याउने अन्तिम तयारी गरिरहेका छन् । गत शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङको प्रशिद्ध तीर्थस्थस्ल मुक्तिनाथ क्षेत्रमा पुगेर ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को उद्घाटन गरेकी थिइन् । यसै सन्दर्भमा गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष तथा रिसोर्टका सञ्चालक लामासँग मुस्ताङमा नै रिसोर्ट बनाउन करोडौं लगानी गर्नुको कारण लगायत मुस्ताङको पर्यटन विकासका विषयमा कुराकानी गरेका छौं । हिमालपारिको जिल्लामा करोडौंको लगानीमा रिसोर्ट बनाउने सोच कहिलेदेखि आएको थियो ? म नेपालको हिमालपारी तथा विकट जिल्ला मुस्ताङको सामान्य परिवारमा जन्म लिएको मान्छे हुँ । म मुस्ताङ जिल्लामा जन्म लिएपनि काठमाडौंमा धेरै समय दुःख गरेर बसेँ । त्यसपछि विदेश गएँ । विदेशमा बस्दा गैर आवासीय नेपाली संघको केन्द्रिय उपाध्यक्षसमेत भएर काम गरेँ । म मुस्ताङ जस्तो जिल्लामा जन्म लिएर विदेशमा गएर काम गरेर मुस्ताङको पर्यटन विकासको लागि केही काम गर्न पाउनु आफ्नो बुबा आमाको श्रेय हो । आफूसँग भए आफू जन्मको ठाँउ र समाजसेवा,आफ्नो देशलाई सहयोग गर्नुपर्छ भन्ने भावना छ । समाजसेवा गर्नु धर्म हो । मैले मेरो छोराछोरीलाई कमाइ दिनुपरेको छैन । आफैँ राम्रो काम गर्ने भएका छन् । उनीहरुबाट नै मलाई मुस्ताङको पर्यटन विकास र समाज सेवा गर्न साथ सहयोग रहेको छ । आफू जन्मेको ठाउँमा पर्यटन क्षेत्रको पूर्वाधार निर्माण गर्नु मेरो पहिले देखिको उदेश्य रहेको थियो । तर अहिले आएर सम्भव भयो । मैले मेरो लागि भन्दा पनि मुस्ताङ मुक्तिनाथ क्षेत्रको लागि पर्यटन पूर्वाधार होटलमा लगानी गरेको हो । गैरआवासीय नेपाली संघ पूर्व उपाध्यक्ष भइसक्नुभएको मान्छे तपाई विश्वका जुनसुकै देशमा होटलमा लगानी गर्न सक्नुहुन्थ्यो, तर विदेशमा लगानी नलगाएर करौडौंको लगानी मुस्ताङमा नै किन ? मानिसहरुले गर्न नसक्ने भन्ने कुरा कुनै छैन । मुक्तिनाथ क्षेत्रमा अहिलेसम्म त्यति धेरै पर्यटकको लागि सुविधा सम्पन्न होटल बनेका छैनन् । मुक्तिनाथ क्षेत्रमा सबै होटलहरु होम स्टेको रुपमा चलेका थिए । होम स्टेका रुपमा होटलहरु चलाउँदा मुक्तिनाथ क्षेत्रमा आउने पर्यटकहरुले पर्यटकीय क्षेत्रमा राम्रो होटलहरुको सुविधा नभएको गुनासो गर्ने गरेका थिए । मैले मुक्तिनाथ क्षेत्रमा धार्मिक तथा विदेशी पर्यटकका लागि सुविधा सम्पन्न होटल तथा मुस्ताङका व्यवसायीहरुलाई पनि सिक्ने अवसर बनाउनको लागि रिसोर्टमा लगानी गरेको हुँ । पर्यटकहरु आएर बस्ने होटलहरुमा लजिङ, फुडिङ तथा शौचालयहरु कस्तो राख्ने, बेड रुम कस्तो बनाउने होटल तालिम समेत दिने सोच बनाएर रिसोर्ट बनाउन लागेको हो । मैले १०० रोपनी गाउँको जग्गा लिजमा लिएर होटल बनाएको हो । मुक्तिनाथ क्षेत्रलाई र यहाँको समाजलाई केही योगदान होस भनेर मुस्ताङ मुक्तिनाथ क्षेत्रमा लगानी लगाएको हो । मैले मुस्ताङको मुक्तिनाथ क्षेत्रमा कमाउनको लागि लगानी गरेको होइन । मुक्तिनाथ क्षेत्रको आर्थिक र सामाजिक विकासको लागि हो । मलाई कमाउनको लागि देश तथा विदेशमा ठूलो लगानी गर्नसक्छु । अहिले पनि अमेरिकामा ७ वटा डिपार्टमेण्ट स्टोर सञ्चालनमा छन् । मैले समाज सेवाको लागि मात्रै आफू जन्मेको ठाँउमा लगानी गरेको हो । मलाई खर्ब र अर्बौ रुपैयाँ पैसा चाहिएको छैन । मलाई चाहिने पुगेको छ । म शिक्षा क्षेत्रको विकासको लागि सहयोग गरिरहेको छु । मेरो चाहना दुर्गम क्षेत्रमा शिक्षा ,स्वास्थ्य तथा विपन्नहरुलाई सहयोग गर्ने र समाज सेवा गर्ने रहेको छ । होटल सम्पूर्ण रुपमा तयारी हुँदा लागत कति पुग्छ, होटलका सेवा सुविधाहरु के–के छन् ? होटलमा २० कोठा रहेको छ । जसमा एक हल छ । होटलमा हिटिङ समेत भएको बुटिक स्तरको छ । बाँकी ८ वटा कोठा २ महिनामा तयारी हुन्छ । त्यसमा सोना, स्पा सेवा सुविधा थप हुन्छ । चिसो ठाउँ भएकाले होटलमा मौसम अनुसारका पर्यटकको सुविधाको लागि सोना स्पाको व्यवस्था गरिन्छ । होटलमा लगानी किस्ता किस्तामा भइरहेको छ । पहिलो पटक २५ करोड लगानी लागेको छ । सम्पूर्ण रुपमा होटल तयारी हुँदासम्म ५५ करोड लगानी गर्ने सोचमा रहेको छु । मुक्तिनाथमा धेरै हिन्दु धर्मालम्बिहरु आउने भएकाले हिन्दु तीर्थयात्रीहरुको लागि होटलमा मासु रहितको छुटै रेष्टटुरेन्ट सञ्चालनमा ल्याउने तयारी छ । होटलमा नै योगा सेन्टर खोल्ने योजना रहेको छ । होटलमा सबै सेवा सुविधा थप्दै जाँदा ५५ करोडभन्दा बढी लगानी लाग्नसक्ने आँकलन रहेको छ । ५५ करोड लगानी गरेर मुस्ताङमा लो मुस्ताङ हिमालयन रिसोर्ट’ सञ्चालनमा ल्याउँदा मुस्ताङका जनतालाई के फाइदा देख्नुहुन्छ ? यो होटल भएको स्थान बरागड मुक्तिनाथ क्षेत्र गाउँपालिका वडा न १ मा पर्छ । यो होटल कागवेनीदेखी देख्न सकिन्छ । रिसोर्टको वरीपरी ६०० स्याउका बिरुवाहरु पनि रोप्न शुरुवात भएको छ । यो मुक्तिनाथको मुखमा नै छ । मान्छेहरुले मुक्तिनाथ जाँदा बस्ने खाने लजिङ फुङिङ राम्रो छैन भन्छन् । त्यसको व्यवस्थाको लागि पनि होटल बनाएको हो । अब होटलमा नै उच्च हिमाली क्षेत्र रहेकाले बिरामी पर्ने तिर्थयात्रीहरुको लागि अक्सिजन तथा औषधि मेडिकल खोल्ने तयारी पनि गरेको छु । मुक्तिनाथ क्षेत्रमा आउने धार्मिक तथा अन्य विदेशी पर्यटकहरुले दुःख नपाउने गरी सबै व्यवस्था सहितको रिसोर्ट बनाउने सोच बनाएको छु । विशेष गरी विदेशी पर्यटकको लागि बढी प्राथमिकता राखेर रिसोर्ट सञ्चालन गर्न लाग्नु भएको छ, मुक्तिनाथ क्षेत्रमा आन्तरिक पर्यटकहरु पनि आउछन्, मुक्तिनाथ क्षेत्रमा आउने आन्तरिक धार्मिक पर्यटनहरुले रिसोर्टको कस्तो सुविधा लिन सक्छन ? मुक्तिनाथ क्षेत्रमा पनि नेपालीहरु धेरै खर्च गर्ने राम्रो सेवासुविधा भएको होटलमा बस्ने हुन्छन् । सोना, स्पा भएको ठाउँमा बस्ने हुन्छन् । नेपालीहरु पनि धनी छन् । सामान्य परिवारका नेपालीहरुको लागि पनि मुक्तिनाथमा त्यही अनुसारका अन्य होटलहरु रहेका छन् । त्यहाँबाट सेवा पाउन सक्छन् । तर उहाँ स्टारहरु नभएकाले यो होटलमा स्टार होटलको रुपमा विस्तार गर्ने र त्यही अनुसारको सेवा सुविधा दिन्छौं । स्टार होटलको सुविधा खोज्नेहरुको लागि यो लो मुस्ताङ हिमालयन रिसोर्ट बनाएको हो । मुस्ताङमा पर्यटन क्षेत्रको विकास किन हुन नसकेको र अब राज्यले के गर्नुपर्छ जस्तो लाग्छ ? मुस्ताङमा पर्यटन क्षेत्रको विकास गर्न मुख्य बाधक सडक सञ्जाल रहेको छ । कालीगण्डकी करिडोर बनाउन लागेको धेरै समय भएको छ । तर सडक बिस्तार राम्रो हुन सकेको छैन । त्यो सडक बिस्तार व्यवस्थित बनाएर चीनको कारोला नाका जोड्नसके मुस्ताङमा पर्यटन विकासमा धेरै अवसरहरु रहेका छन् । मुस्ताङको समुन्द्र सतहबाट करिव ३ हजार ७१० मिटर उचाईमा रहेको रिसोर्टबाट ३६० डिग्रीमा चारैतर्फ हिमालको दुश्यावलोकन गर्न सकिन्छ । मुस्ताङमा फल्ने स्याउ,आलु र सिमी अग्र्यानीक हुन्छ । मुस्ताङ नेपालको पर्यटकको लागि पहिलो नम्बर ठाउँ हो । त्यसको लागि सडक राम्रो हुनुपर्छ । जलवायु परिवर्तनका कारण केही असर परेकोले जलवायु परिवर्तन नहुने गरी वातावरण संरक्षण गर्नुपर्ने अवस्था छ । ट्रेकिङ र साइकिलिङ पर्यटकका लागि राम्रो रुट बनाउनु पर्ने देखिएको छ । मुस्ताङको पर्यटक विकासको लागि मुख्य गरेर म्याग्दीको सडक बिग्रिरहने समस्याले मारमा पारेको छ । मुस्ताङ जिल्लाको सडक राम्रो रहेको छ । मुस्ताङ आउँदा नेपालीहरुले नै नेपाल नै होर भन्ने गरेका छन् । मुस्ताङ पर्यटनको लागि प्रचुर सम्भावना रहेको जिल्ला हो । वातावरणका हिसावले पनि सबै मिलेको ठाउँ रहेको छ । मुस्ताङको मात्रै नभएर समग्र नेपालमा पर्यटकको कस्तो सम्भावना देख्नुभएको छ ? मुस्ताङको मुक्तिनाथमा अहिले आन्तरिक पर्यटकहरुलाई नै ठाउँ दिन सकिएको छैन । कोरोला नाका नजिक भएकाले चीन नजिक छ । हिन्दुराज्य भारत नजिक रहेको छ । त्यसले गर्दा भारत र चीनबाटसमेत धार्मिक पर्यटक ल्याउन सडक राम्रो बनाउनसके मुक्तिनाथ क्षेत्र नेपालको धार्मिक पर्यटन क्षेत्रमा पहिलो नम्बरमा आउँछ । अहिले एयरप्लेनको समरमा समस्या रहेको छ बाँकी पर्यटनको लागि राम्रो अवसर रहेको छ । मुस्ताङमा मुक्तिनाथ दर्शन गर्नेदेखि हिउँ पर्दा हिउँ खेल्न पर्यटकहरु आउछन् । अहिले मुक्तिनाथ क्षेत्रमा विद्युतको समस्या रहेको छ । चिसो समयमा होटलहरुमा हिटिङ रुपको व्यवस्था गर्दा प्रशस्त आन्तरिक तथा विदेशी पर्यटक ल्याउन सकिन्छ । नेपाल एक अथाह पर्यटकिय सम्भावना बोकेको देश हो । गर्नसके विदेशमा जानुपर्ने अवस्था छैन । गैर आवासीय नेपाली संघमा आवद्ध नेपालीहरुलाई नेपालमा आफू जन्मेको ठाउँमा लगानी लगाउने विषयमा के भन्न चाहनुहुन्छ ? गैर आवासीय नेपाली संघमा लाखौं नेपालीहरु आवद्ध हुनुहुन्छ । उहाँहरुको सोच र मेरो सोच मिल्दैन । संघको प्लेटफर्म प्रयोग गरेर काम गर्ने होइन । एनआएरएनमा मसँग विचार मिल्ने शेष घले दाई हुन् । हामीले नेपालको विकासको लागि काम गर्ने सोच राखेका छौं । तर अहिले गैर आवासीय नेपाली संघ आफ्नो व्यक्तिगत स्वार्थको लागि कमाउने थलो बनाउने काम भएको छ । एनआरएन संस्था राम्रो हो । संस्थामा भएर नै मुक्तिनाथ क्षेत्रमा भगवान गौतम बुद्ध र विष्णुको मूर्ति बनाउन सकेको हो ।

‘लघुवित्तको ब्याज बैंकको भन्दा सस्तो छ, नेपालमा ३० वटा माइक्रोफाइनान्स भए पुग्छ’

चार दशक लामो समयदेखि नेपाली बैंक तथा वित्तीय क्षेत्रमा सक्रिय रुपमा लागेका प्रकाश शर्माको नाम लघुवित्त क्षेत्रमा नचिन्ने सायदै कम होलान् । लघुवित्त क्षेत्रको विकास र विस्तारका लागि शर्माको नाम पनि अग्रणी रुपमा आउँछ । हाल नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष समेत रहेका शर्मा लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रुपमा कार्यरत छन् । लघुवित्त क्षेत्रका एक विज्ञका रुपमा परिचय बनाइसकेका उनी यस क्षेत्रका विकास र विस्तारका लागि देश विदेशमा पनि पुगिसकेका छन् । उनै शर्मासँग वर्तमान नेपाली बैंक तथा वित्तीय क्षेत्रमा देखिएको समस्या, लघुवित्त क्षेत्रका मुद्दा र लक्ष्मी फाइनान्सको विषयमा विकासन्युजका सन्तोष रोकाया र सिआर भण्डारीले कुराकानी गरेका छन् । अहिले बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरण सार्वजनिक भइरहेका छन् । पहिलो त्रैमासमा लघुवित्तको बिजनेस कस्तो देखियो ? अहिले केही लघुवित्तले मात्रै वित्तीय विवरण सार्वजनिक गरेका छन्, अधिकांशले सार्वजनिक गरेका छैनन् । राष्ट्रिय स्तरका लघुवित्तहरु एनएफआरएसमा जानुपर्ने भएकाले ‘सबमिट’ हुन नै हुन बाँकी छ । वित्तीय विवरण ३५ दिनभित्र सार्वजनिक गर्नुपर्ने प्रावधान भएकाले अझै समय बाँकी छ । केही लघुवित्तको सार्वजनिक वित्तीय विवरण र केही लघुवित्तसँग अनौपचारिक कुराकानी हुँदा वित्तीय विवरण उत्साहजनक छैन । वित्तीय विवरण आकर्षक नआउनुमा पहिलो कारण भनेको कारोबारमा मन्दी आउनु हो । कारोबार जति विस्तार हुनुपर्ने हो त्यति हुन सकेन । कारोबारको लागत पनि बढेको छ । कर्मचारी खर्च, कार्यालय सञ्चालन र ब्याज खर्चमा लागत धेरै बढेको छ । महँगी र सञ्चालन लागतका कारण पनि खर्च बढेको छ । यसपटक खराब कर्जा पनि बढेको छ । ग्राहकहरुले कर्जा पाएका छैनन् । ग्राहकहरुलाई कर्जा नपाउने शुनिश्चितता भएपछि अहिले पैसा तिर्याे भने गाह्रो हुन्छ त्यसकारण होल्ड गर्छु, व्यवसाय चलाउँछु, आयआर्जनका क्रियाकलाप बढाउँछु र पछि तिरौंला भन्ने सोच भएकाले खराब कर्जा बढेको होकि भन्ने हाम्रो अनुमान हो । वित्तीय विवरण राम्रो नहुनुमा बाह्य वातावरण पनि कारक बन्यो । कतिपय मान्छेहरु आन्दोलन भनेर त्यसको पछाडि लागे । प्रभावमा र गुम्राहमा पारेर कर्जा तिर्नु भएन । त्यसैले पनि खराब कर्जा बढ्यो । धेरै जसो लघुवित्तको वित्तीय विवरण नेगेटिभ आउने सम्भावना छ । तपाईंले भन्नु भएको यी विविध कारणहरुका बीच पनि अहिले सार्वजनिक भएका लघुवित्तहरुको वित्तीय विवरण सकारात्मक नै देखिन्छ, अर्थात् नाफा पनि राम्रै देखिन्छ, यस हिसावले त खासै ‘हिट’ नगरेको होकि भन्ने पनि बुझिन्छ नी ? त्यसलाई तुलनात्मक रुपमा हेर्नुपर्छ । आर्थिक वर्ष २०७६/७७ मा कोरोना महामारी हुँदा देशले लकडाउनको अवस्था भोग्नु पर्याे । त्यस्तो अवस्थामा पनि कर्जाको ग्रोथ १४ प्रतिशत मात्रै थियो । विशेष गरी चैत, बैशाख, जेठ र असार गरेर चार महिना कोरोनाका न्यूनीकरणका लागि लकडाउनको प्रभाव परेको हुँदा कारोबार नै भएन । मान्छेहरुले हिड्डुल नै गर्न पाएनन् । समग्र लघुवित्तको कर्जाको ग्रोथ १४ प्रतिशत हुँदा नाफा पनि कम भयो । तर, अर्काे वर्ष राष्ट्र बैंकले केही रिल्याक्सेसन दियो । राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याएर ग्राहकलाई सहजता दिएको थियो । नवीकरण र रिस्ट्रक्चरिङमा पनि सहज भयो । त्यस वर्ष कर्जा कम प्रवाह भएकाले तरलताको अवस्था राम्रो थियो । आर्थिक वर्ष २०७७/७८ मा ४० प्रतिशत कर्जा वृद्धि भयो । राष्ट्र बैंकको रिल्याक्सेसन, नवीकरण, रिस्ट्रक्चरिङमा सहजिकरण भएपछि ४० प्रतिशतको कर्जा वृद्धि भयो । आर्थिक वर्ष २०७७/७८ मा लगानी बढ्यो । वाणिज्य बैंकको पनि कर्जा बढेको थियो । जसले गर्दा गत आर्थिक वर्ष २०७८/७९ को कात्तिकदेखि तरलताको समस्या देखिन थाल्यो । त्यसपछि राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति होइन, अब कडाइ गर्नुपर्छ भन्न थाल्यो । कर्जा पाउन गाह्रो भयो र पाएपनि महँगोमा पाइन थाल्यो । गत वर्ष १२ महिना कारोबार हुँदा पनि जम्मा १५ प्रतिशत मात्रै कर्जा वृद्धि भयो । जुन कोभिड कालमा१ ४ प्रतिशत वृद्धि भयो । गत वर्ष लकडाउन थिएन । प्रतिसेयर आम्दानी (ईपीएस) २०७७/७८ को तुलनामा २०७८/७९ मा घटेको छ । कतिपयले बोनस सेयर पनि लगानी गरेको छ । बोनस सेयर लगानी गरेपछि पूँजी पनि बढ्यो । पूँजी बढेपछि नाफा कम भयो । त्यसकारण ईपीएस घटेको हो । यहि अवस्था रह्यो भने आर्थिक वर्ष २०७९÷८० मा लघुवित्तको नाफा घट्छ । नाफा सापेक्षतामा हेर्नुपर्ने हुन्छ । पहिला भन्दा घटेको छ । यो असोज महिनासम्ममा तरलता अभाव, ब्याजदर वृद्धि र अन्य बाह्य प्रभावको असर लघुवित्तहरुमा देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरु नयाँ कर्जा दिन सक्ने अवस्थामा छैनन्, नयाँ कर्जा दिन नसकेपछि पुराना ऋणीलाई नै ब्याज बढाएर भार थुपारेको गुनासो पनि सुनिन्छ, यस कार्यमा लघुवित्त पनि के अछुतो होलान् र है ? सबै कुरा एउटै लयमा गयो भने कसैलाई गाह्रो हुँदैन । त्यहाँ सबैले आ–आफ्नो दायित्व पुरा गर्छन् । अप्ठ्यारो स्थिति आयो भने त्यसपछि परिक्षा हुन्छ । पहिला क्यास इनफ्लो र क्यास आउट फ्लो भइरहेको हुन्थ्यो । त्यो दुइवटै तरिकाले व्यवस्थापन भएको छ । जब क्यास फ्लोले असर गर्याे । बैंकहरुको निक्षेप र कर्जामा प्रभाव पर्याे । बैंकहरुले पैसा दिएनन् । कर्जा उठाउनु स्वभाविक हो । तर, कर्जा तथा ब्याज संकलन गर्दा कसैको आत्मसम्मानमा ठोस पुर्याउनु हुन्न । संविधानले दिएको अधिकार प्रयोग गरेर कर्जा उठाउनुपर्छ । यसमा कुनै दुविधा छैन । तर, यतिभन्दा भन्दै पनि अपवाद घटना भए । लघुवित्त क्षेत्रमा २५ हजार कर्मचारी कार्यरत छन् । कुन मान्छे कस्तो छ, कसलाई कसरी दिएको छ, कुन संस्थाले कुन ‘मोटिभ’ले काम गरिरहेको छ । त्यसको प्रकृति हेर्नु पर्ने हुन्छ । बजारमा जति मुद्दाहरु उजागर गरियो त्यो सबैमा सत्यता छैन । पैसा लिएपछि तिर्नुपर्छ भन्ने मान्यता हुनुपर्छ । तर, पैसा ऋण लगेपछि विभिन्न आरोप लगाएर तिर्नु नपरे हुन्थ्यो भन्ने देखियो । लघुवित्त विरुद्ध नकारात्मक प्रचार भयो । हामीमाथि पनि प्रश्न तेर्सिए । नेपाल लघुवित्त बैंकर्स संघले ७ वटा ग्राहक संरक्षकका सिद्धान्तलाई पालना गर्छ । जसमा कसरी पैसा उठाउने, पैसा उठाउँदा ग्राहकलाई दबाव नदिने, ग्राहकलाई ऋणको भार नपार्ने जस्ता विषयहरु छन् । तर, हामीले क्षमताभन्दा बढी कर्जा दियौं र ऋणीले पनि लियो । दुवैबाट गलत भयो अनि समस्या आएको हो । राष्ट्र बैंकको प्रावधान अनुसार एकजनालाई बिना धितो ७ लाख रुपैयाँसम्म कर्जा दिन पाउने भनिएको छ । सबै संस्थाले दिएपनि ७ लाखसम्म मात्रै दिन पाउँछन् । यदि एक जनालाई कुनै संस्थाले ५० हजार रुपैयाँ कर्जा दियो भने ७ लाख पुर्याउन १४ वटा संस्थाले कर्जा दिनु पर्छ । राष्ट्र बैंकको नीति भित्र रहेर १४ वटा संस्थाबाट लिएपछि ऋणीलाई १४ वटा संस्थाको दबाव पर्छ । अहिले यसलाई एउटा ब्यक्तिले ३ वटा संस्थाभन्दा बढीबाट कर्जा लिन नपाउने ब्यवस्था गर्न माग गर्याैं । त्यो बेलामा सचेतना कमी भएका कारण पनि यस्तो समस्या आएको हो । कर्जा सदुपयोग हुने गरी मात्रै प्रवाह गर्नुपर्छ । कर्जा संकलन गर्दा पनि ग्राहक संरक्षकका शिद्धान्तअपनाएर आत्म सम्मानमा ठेस नपुग्ने गरी उठाउन भनिरहेका छौं । तर, एक/दुई वटा अपवाद भयो । अहिले आलोचना भएपछि हामीलाई सुध्रिने मौका पनि मिलेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् ब्याजदर बढाउने निती लिएपछि बैंकहरुले पनि ब्याज बढाए, जसको कारण अहिले कर्जाको ब्याज १८ प्रतिशतभन्दा बढी पुगेको भन्ने सुनिन्छ, लघुवित्तहरुको त त्यो भन्दा पनि बढी छ होला नी ? लघुवित्तको ब्याजदर कुनै बेलामा २५ प्रतिशत थियो । त्यस बेलामा ५ हजार रुपैयाँ मात्रै कर्जा दिन पाइन्थ्यो । ब्याजदरलाई विस्तारै कम गर्दै २० प्रतिशतमा झर्याे । त्यसपछि १८ प्रतिशत हुँदै १५ प्रतिशतभन्दा बढी ब्याजमा कर्जा दिन पाउँदैन । जुन बेलामा १५ प्रतिशतको क्याप लगाइयो त्यो बेला बैंकहरुको ब्याजदर ८/९ प्रतिशत थियो । अहिले अचानक रुपमा ब्याजदर बढेपछि लघुवित्तको क्याप हटेको छैन । १५ प्रतिशत भन्दा बढी लियो भने राष्ट्र बैंकको डण्डा खानुपर्छ । वाणिज्य बैंकहरुसँग लघुवित्त बैंकर्स संघले एउटा प्रतिवद्धता गरेको छ । बैंकहरुको आधारदर जति भएपनि प्रिमियममा रेगुलेट गर्न माग गर्याैं । राष्ट्र बैंकका गभर्नरले वाणिज्य बैंकहरुले विपन्न वर्ग कर्जा प्रवाह गर्दा ब्याजदरमा २ प्रतिशत मात्रै प्रिमियम जोड्न पाइने व्यवस्था मिलाउनु भयो । यसले ब्याजदर अनिन्त्रित भएर जाँदैन भन्ने अपेक्षा छ । वाणिज्य बैंकहरुले आफ्नो कूल कर्जाको साढे ५ प्रतिशत विपन्न वर्गलाई दिनुपर्ने प्रावधान छ । बैंकहरुका विपन्न वर्ग कर्जा साढे ५ प्रतिशत पुगिसकेको छ भनेर बैंकहरुले ६ प्रतिशत प्रिमियम लिन थाले । त्यसैले १६/१७ प्रतिशतसम्म संस्था हेरेर ब्याजदर तिरिरहेको अवस्था छ । हामीले १५ प्रतिशतमा मात्रै कर्जा दिइरहेका छौं । बैंकहरुको आधारदर बढेर १२ प्रतिशत पुगेको छ । १२ प्रतिशत आधादर र १८/१९ प्रतिशतसम्म प्रिमियम लिइरहेका छन् । यस हिसाबमा १७ प्रतिशतको हाराहारीमा ब्याज पुगेको देखिन्छ । अहिले बजारमा वित्तीय संस्थाहरुमध्येमा सबैभन्दा सस्तो ब्याज लघुवित्तहरुको छ । तर, लघुवित्तको दीगोपना र ब्यापारमा ठूलो असर पर्नेछ । अन्ततः यसले समग्र अर्थतन्त्रमा ठूलो प्रभाव पार्छ । अहिले पुरानो रिटर्न अर्निङले काम गरेको होला, आफ्नो इज्जत धान्न कारोबार गरिरहेका होलान् । भविष्यमा लघुवित्तका लगानीकर्ता, पैसा स्रोतहरु, सेवाग्राहीहरु, वित्तीय पहुँचमा ठूलो प्रभाव पर्छ । राष्ट्र बैंकको नीतिमा ‘लुप होल’ खोजेर लघुवित्तले उच्च ब्याजदरमा लगानी गर्ने अवस्था कत्तिको छ ? हामीले ‘लुप होल’ खोजेर कर्जा लगानी गरेका छैनौं । लघुवित्त संस्थाहरुलाई वार्षिक १.५ प्रतिशत नबढ्ने गरी सेवा शुल्क तोकिएको छ । लघुवित्त संस्थाहरुले ६ महिनादेखि ७ वर्षसम्म अवधिको कर्जा दिन पाउँछ । तर साढे १ प्रतिशत मात्रै सेवा शुल्क लिइन्छ । कुनै लघुवित्तले जानिजानी गरेको भने दण्डको भोगिदार हुनुपर्छ । वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर १८ प्रतिशत पुर्याउँदा लघुवित्तको १५ प्रतिशत मात्रै छ, यस हिसावमा लघुवित्त टिक्न सक्छन् ? लघुवित्त बैंकर्स संघले राष्ट्र बैंकमा मौखिक र लिखित रुपमा यस विषयमा कुराहरु राखेको छ । ब्याजदरलाई बजारमा खुला छोड्न माग छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई बजारमा जसरी छोडिएको छ त्यसैगरी लघुवित्तलाई पनि छोड्नुपर्छ । अहिले लघुवित्तको बेस रेट १५ प्रतिशतमाथि छ । लक्ष्मी लघुवित्तको १५ प्रतिशतको हाराहारीमा छ । कुनै लघुवित्तको १७ प्रतिशतभन्दा बढी आधार दर छ । यही विषयमा राष्ट्र बैंकका गभर्नरसँग छलफल गर्ने तयारी हामीले गरेका छौं । यस विषयमा राष्ट्र बैंक पनि सकरात्मक छ । विश्व बैंकले पनि ब्याजदरलाई खुला छोड्नु पर्छ भनेको छ । ब्याजदरलाई खुला छोड्यो भने बजारले आफै निर्धारण गर्छ । राष्ट्र बैंकले सुरिवेक्षण गर्नुपर्छ । हामीलाई अनियन्त्रित प्रिमियम चाहिएन आधारदर प्लस ४ प्रतिशत मात्रै भएपनि हुन्छ भनेका छौं । तर, बजारमा प्रभाव परेपनि नपरे पनि १५ प्रतिशको क्याप छ । यो अवस्थामा लघुवित्तका सेयरधनीहरु के भन्नुहुन्छ, यो परिस्थितीलाई उहाँहरुले कसरी लिनु भएको छ ? लघुवित्तको मूल्यले पनि यसलाई इंगित गरिरहेको होला । साधारणसभा आउँदैछ । साधारणसभामा त्यसको असर देखिएला । लघुवित्त सुरु भएको ३० वर्ष बढी भयो । लघुवित्त संस्थाहरुले सहज रुपमा वित्तीय पहुँच पुर्याएको भएपनि अब पुरानै अवस्थामा फर्किने अवस्था आउने देखिन्छ । पैसा मान्छेलाई चाहिन्छ । पैसा नपाएपछि संस्थालाई अफ्ठ्यारो भयो भने गाह्रो हुन्छ । साना किसान विकास आयोजना भन्ने गरिबीको निवारणको पर्यायवाची थियो । त्यसलाई रिस्ट्रक्चरिङ गरेर लघुवित्त आएको हो । कृषि विकास बैंकले पनि कतिपय कृषि कर्जा दिन बन्द गरेको थियो । अन्ततः असर पर्ने भनेको सेवाग्राहीलाई मात्रै हो । केही टाठाबाठा मान्छे जसरी नी चलाइहाल्छन् । देशमा वित्तीय साक्षरता विस्तारका लागि लघुवित्तको भूमिका ठूलो छ । तर, पछिल्लो समय लघुवित्तको अस्तित्वमाथि नै प्रश्न तेर्सिएका छन्, यो वातावरण सिर्जना कसले गर्यो ? कसैले कसैलाई दोष दिनुभन्दा पनि सबैको कमीकमजोरी छ । लघुवित्त वित्तीय संस्थाहरु, नियमनकारी निकाय, सरकारको नीति, ग्राहकहरुको कमजोरी भएको छ । आवश्यकताभन्दा बढी संस्था छन् । विभिन्न उद्देश्यले लघुवित्त संस्था खोलिए । अहिले ६५ वटा लघुवित्त छन् । आवश्यकताभन्दा बढी भयो भने सप्लाइ बढी हुन्छ । सप्लाइ बढी भएपछि सहजै पाउने हुँदा महत्व घट्छ । लघुवित्तको संस्थामा प्रतिस्पर्धा हुनुपर्छ । फेरि थोरै भयो भने एकाधिकार बढ्छ । लघुवित्तको संख्या ३० वटा लघुवित्त भन्दा बढी आवश्यक छैन । लघुवित्त संस्थाहरुमाथि जुन प्रकारले प्रहार भइरहेको छ, यसमा राजनीतिक बाछिटा पनि देखिएको हो ? नेपालको हरेक क्षेत्रमा राजनीतिक बाछिटा छ । लघुवित्तका घटनाहरुमा पनि देखिएको छ । लघुवित्त संस्थाहरुको नियामक नेपाल राष्ट्र बैंक हो, कुनै समस्या समाधानका लागि र गुनासो गर्न तपाईंहरुले राष्ट्र बैंकमा जानु पर्ने अवस्थामा त्यसलाई ‘ओभरटेक’ गरेर अर्थमन्त्रीलाई भेट्नुपर्ने बाध्यता किन आइलाग्यो ? त्यस्तो ओभरटेक गरेका होइनौं, कतिपयलाई ओभरटेक गरेको दुविधा हुनसक्छ । राष्ट्र बैंक नियामक हो । तर, शान्ति, सुरक्षा लगायत अन्य विषयमा सरकार नै हो । त्यसको आधारमा तालुकदार निकाय त अर्थमन्त्रालय हो नी । राष्ट्र बैंकलाई पनि जानकारी गराएको थियौं । सबै काम समाधान गर्ने भनेको राष्ट्र बैंक नै हो । हामीले गृहमन्त्रीलाई पनि भेटेको हौं । संविधानले दिएको कानुनलाई प्रयोग गरी स्थापना भएका संस्था हुन् । हामीले सरकारबाट सुरक्षाको अपेक्षा गरेका हौं । राष्ट्र बैंकलाई ओभरटेक गरेको होइन । हामीलाई अन्याय पर्याे, हामी मर्कामा पर्याैं, अनर्गल आरोप लगाइयो भन्ने हाम्रो भावना हो । राष्ट्र बैंकलाई छायामा पारेर गएको होइनौं । तपाईंले नेपाली वित्तीय क्षेत्रमा लामो समयसम्म काम गर्नु भएको छ, गत एक वर्षदेखि वित्तीय क्षेत्र खासै सकारात्मक देखिदैन, यो अवस्था कहिलेसम्म रहला ? अब यो लामो समयसम्म जानु हुँदैन । संसारभरमा नै यो समस्या आएको हो । कोरोना महामारी, रसिया–यूक्रेन युद्ध, आयातमा वृद्धि, खुुकुलो मौद्रिक नीति, कर्जाको ग्रोथ बढेका कारणले तरलतासमस्या आएको हो । दीर्घकालका लागि उत्पादन र उत्पादकत्व नबढाएर सुख छैन । सबैभन्दा पहिला आत्मनिर्भर हुनुपर्छ । सेयर मार्केटमा वाणिज्य बैंकहरुको तुलनामा लघुवित्तको सेयर मूल्य बढी छ, लगानीकर्ताको आकर्षण पनि बढी छ, यो आकर्षण कसरी सम्भव भयो ? इकोनोमिक स्केल हुन्छ । लघुवित्तको पूँजी सानो छ । राष्ट्र बैंकले कोर क्यापिटलको ३० प्रतिशतसम्म रिसोर्स परिचालन गर्न पाउने प्रावधान छ । १ करोड पूँजी भएको संस्थाले ३० करोड रुपैयाँ सापटी, निक्षेप उठाउन पाउँछ । त्यसले प्रतिफल धेरै दिन्छ । कर्मचारीले पनि घामपानी नभनेर नै काम गर्छन् । जसलाई आवश्यकता छ, त्यसमा विजनेश गर्छाै । लघुवित्तको प्रतिसेयर आम्दानी राम्रो छ । बोनस सेयर बढी छ । लघुवित्तको नाफा धेरै भएपनि साहुका खल्तिमा पैसा छैन । नाफा त्यही फ्लो भइरहेको हुन्छ । क्यापिटल एडुकेसी बढाउन बोनस सेयर दिनुपर्छ । ६५ वटा लघुवित्त संस्थाको चुक्ता पूँजी ३० अर्ब रुपैयाँ बराबर छ । ३० अर्बको ४ खर्बको कारोबार हुन्छ । त्यसको रिटर्नको आधारमा ईपीएस वा प्रोफिट हुन्छ । क्यापिटल एडुकेसी वाणिज्य बैंकको ११ प्रतिशत हुनुपर्छ भने लघुवित्तको ८ प्रतिशत मात्रै हो । त्यो पनि रिल्याक्सेसन हो । सेयर मूल्य कहिले पनि स्वभाविक र अस्वभाविक हुँदैन । नेप्से अहिले १९०० अंकमा छ । अन्य देशहरुको स्टक मार्केट २५/३० हजार पुगेको छ । राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य १३ हजार छ । तर, कम्पनीले विगत लामो समयदेखि लाभांश वितरण गरेको छैन । यो स्वभाविक होर ? जबसम्म पुरा विश्लेषण गर्न सकिँदैन तब सम्म स्वभाविक र अस्वभाविक भन्न सकिँदैन । यसलाई बजारमा छोड्नु पर्छ । बैंकहरुले बोनस लाभांशभन्दा पनि नगदमा जोड दिइरहेका छन्, लघुवित्तहरुले के गर्छन् ? हामीलाई क्यापिटल एडुकेसी पुरा गर्नु पर्नेछ । क्यापिटल एडुकेसी पुरा गर्नुपर्ने भएकाले कतिपयले बोनस सेयरमा जोड दिन्छन् । तर, राष्ट्र बैंकको नीति अनुसार हुन्छ । राष्ट्र बैंकले ओभर क्यापिटालाइज्ड भएका कारण केही वाणिज्य बैंकले लाभांश वितरण गर्न पाएनन् । पहिला बोनस सेयरमा जोड दिन्थे । नगदमा रोक थियो । अब राष्ट्र बैंक नगदमा जोड दिने हो की भन्ने हाम्रो बुझाइ छ । क्यापिटल एडुकेसी मेन्टेन नगरे पीसीए लाग्छ । त्यो लाग्ने भएकाले ८ प्रतिशत क्यापिटल एडुकेसी र १ प्रतिशत बफर गरी ९ प्रतिशत पुर्याउनु पर्छ । सरकारले बजेटमार्फत् ५ खर्बको लघुवित्त कोष स्थापना गर्नका लागि प्रक्रिया अगाडि बढाएको छ, यसले लघुवित्तमा के कस्तो प्रभाव पार्छ ? लघुवित्त बैंकर्स संघले विगतदेखि लघुवित्त कोषको माग गर्दै आएको थियो । यस विषयमा मन्त्रालयसँग पनि छलफल गरेको थियो । अहिले कार्यविधि बन्यो भन्ने सुनेको थिएँ । अहिले चुनाव हुनाले के भइरहेको छ भन्ने स्पष्ट छैन । हामीले सोचेको एउटा स्वतन्त्र लघुवित्त कोष हो । राजनीतिक प्रभावबाट मुक्त कोष होस् भन्ने चाहना हो । के हुन्छ कस्तो हुन्छ भनेर निर्वाचन पछि बन्ने सरकारले गर्ने होला । लक्ष्मी लघुवित्तको ब्यापारप्रति सेवाग्राही र लगानीकर्ता कत्तिको सन्तुष्ट हुनुहुन्छ ? राष्ट्र बैंकले बैंकहरुलाई सहायक कम्पनी खोल्न दिने प्रावधान ल्याएपछि २०६७ सालमा लक्ष्मी लघुवित्त सञ्चलानमा आएको हो । लक्ष्मी लघुवित्त २३ नम्बरमा खोलिएको हो । त्यो बेलामा लघुवित्तको लागि उर्वर भूमि तराइ थियो । २२ वटा लघुवित्त तराइमा थिए । लघुवित्तमा ग्राहकहरुलाई कमर्सियल बैंकको स्वाद चखाउने थियो । आफ्नो मिसन र उद्देश्य जे हो त्यो बाट डिप नहुने भन्ने उद्देश्य थियो । पुरानो लघुवित्तकर्मी भएकाले लघुवित्तको मर्म पनि नमरोस् भन्ने थियो । कमर्सियल बैंकको सेवा पनि दिने थियो । त्यो सबै डिजिटलाइजेशन गरेर मात्रै सम्भव थियो । लक्ष्मी लघुवित्त नेपालको लघुवित्त क्षेत्रमा सेन्ट्रलाइज कोर बैंकिङ सिस्टम सुरु गर्याे । पहिला शाखा–शाखामा आफ्नो डाटाराखेर सिस्टम चलाइन्थ्यो । तर, लक्ष्मीले केन्द्रबाट नै शाखालाई मोनिटरिङ गर्याे । सुरुमा गाह्रो भएपनि अहिले सफल भएका छौं । हामीले मोबाइल एप चलाइरहेका छौं । मोबाइल एप ल्याउने लक्ष्मी लघुवित्त पहिलो हो । कनेक्ट आइपीएसबाट इसेवा, खल्ति लगायतमा कारोबार गर्न सकिन्छ । अहिले लाभांश प्रस्तावको लहर सुरु भएको छ, लक्ष्मी लघुवित्तले लाभांश वितरण गर्ने क्षमता कति हो ? लाभांश भनेको एउटा फ्लोमा जानु पर्छ भन्नेमा विश्वास गर्छु । यसमा तलमाथि हुनु हुन्न भन्ने हो । त्यो लाभांश नीति हामीले पच्छ्याइरहेका छौं । ५/६ वर्षको लाभांश इतिहास हेर्ने हो एउटै फ्लोमा छ । पछिल्लो कोभिड कालमा भने रिटर्न अर्निङले ह्युज गरेर २३ प्रतिशत गरेको हो । हाम्रो लाभांश नीति भनेको २५/२६ प्रतिशत हो ।

‘धेरै सूचकमा खल्ती नम्बर वान बनिसकेको छ, ३/४ वर्षमै ठूलो कर्पोरेट हाउस बन्छ’

२७ वर्षकै उमेरमा खल्ती डिजिटल वालेटको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका व्यक्ति हुन् विनय खड्का । गत वर्षको कात्तिकमा कम्पनीको सीईओका रुपमा नियुक्त भएका उनी खल्तीमा प्रवेश गरेको पनि एक वर्ष बितिसकेको छ । यसअघि एनआइसी एसिया बैंक र ईसेवामा काम गरेर अनुभव बटुलिसकेका खड्का आफ्नो ब्याचका चार्टर्ड एकाउन्टेन्ट टप पनि हुन् । नुवाकोटको शिवपुरी घर भएका उनको प्रगति देखेर जो कोही पनि प्रभावित हुन्छन् । उनै सीईओ खड्कासँग विकासन्युजका लागि सन्तोष रोकाया र राजिव न्यौपानेले खल्ती डिजिटल वालेटको समग्र विजनेसको विषयमा कुराकानी गरेका छन् । तपार्ईं प्रमुख कार्यकारी अधिकृत (सीईओ) रूपमा नियुक्त हुन भएको एक वर्ष पुरा भयो, यो अवधिसम्म खल्तीमा काम गर्दाको अनुभव र कम्पनीको बिजनेस कस्तो रह्यो ? नेपालमा फिनटेक उद्योग स्थापना भएको धेरै भएको छैन । अहिले भुक्तानी सेवाको लाइसेन्स २७ वटाले पाइसकेका छन् । तर, आजका दिनमा प्रत्यक्ष काम गर्ने संस्थाहरू नाम मात्रका छन् । फिनटेकको यति धेरै र्यापिड ग्रोथ छ कि म आउने बेलाको बजारको साइज र आजको बजारको साइजको विस्तार धेरै भइसकेको छ । म सीईओको रूपमा नियुक्त भइसकेपछि कर्मचारीको आकार, व्यापार, पाटर्नर थप्ने, नयाँ विशेषता लगायतको विषयमा धेरै प्रगति भएको छ । धेरै विषयमा सुधार पनि भएको छ । हामीले फोनपेसँग पनि अन्तरक्रियाशीलता गर्यौं । खल्तीको राम्रो कामलाई मध्यनजर गर्दै विभिन्न ठुला संस्थाहरूले सम्मानित गर्नुका साथै उत्कृष्ट अवार्ड पनि प्रदान गरेका छ । हामीले गत वर्ष नै सफल स्टार्टअप पुरस्कार पायौं । ग्लोबल लेभलको नै उच्च अवार्ड पनि पाएका छौं । हामीले चलचित्र प्लेटफर्महरू लन्च गरेका छौं । सो प्लेटफर्महरू लन्च गरिसके पश्चात क्यूएफएक्स र आइयनआईमा चल्ने सिनेमाको टिकट काट्न सकिन्छ । उक्त सिनेमा हालमा चल्ने सिनेमा खल्ती एपबाट टिकट काटेर सिट बुकिङ गर्न सक्ने व्यवस्था मिलाएका छौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) जस्ता विभिन्न बैंक, बीमा, सरकारी सेवा, स्थानीय तह लगायतका संघ संस्थाहरूको भुक्तानी खल्तीमा उपलब्ध गराएका छौं । त्यो लगायत खल्तीमा विभिन्न फिचरहरू थपेर कसरी मानिसको जीवनशैली ब्राण्ड बनाएर अगाडि लिएर जाने भन्न हिसाबले नयाँ–नयाँ फिचर ल्याइरहेका छौं । खल्ती र वालेट व्यापार थिम मार्जिनमा सञ्चालन भए पनि दीगो बनाउने कामलाई जोड दिएका छौं । वालेट भनेको उद्योग हो । जसरी बैंक तथा बीमालाई एउटा उद्योग भनिन्छ । एउटा पेमेन्ट अथवा फिनटेक उद्योग अपरेट हुन सक्छ । त्यो सम्भावना नेपालमा छ भनेर त्यसलाई नै अन्वेषण गरेर अगाडि बढिरहेका छौं । गत एक वर्षमा धेरै राम्रा कामहरू भएको मैले महसुस गरेको छु । तपाईं आइसकेपछि खल्तीको विजनेस ग्रोथ कस्तो रह्यो ? हामीले गत एक वर्षमा धेरै विषयमा वृद्धि हासिल गरेका छौं । कुनै विषयमा २ देखि ४ गुणासम्मको पनि वृद्धि भएको छ । समग्र व्यापारमा ८० प्रतिशतसम्मको वृद्धि हासिल गरेका छौं । त्यो भनेको व्यापार, रेभिन्यु पाटर्नरसिप लगायतका विषयहरुमा हो । हाम्रो लागि गत एक वर्ष उपलब्धिमुलक नै रह्यो । कोभिड पनि सकिएको र अर्थतन्त्र पनि चलायमान भएको अवस्थामा हामीले विभिन्न नयाँ सेक्टरमा काम सुरु गर्यौं । खल्तीको स्थापना भई सञ्चालनमा आएको लगभग ५/६ वर्षको समय भइसकेको छ । अब हामी कुद्ने बेला आएको छ । आन्तरिक रूपमा धेरै काम गरेका छौं । टिमको व्यवस्थापन गरेका छौं । बजेटको व्यवस्थापन गर्ने, अन्तर्राष्ट्रिय मापदण्डको रिपोर्टिङ स्ट्याण्डर्ड ‘इन्टरड्युस’ गर्ने काम गरेका छौं । कतिपय कामहरू पाइपलाइनमा नै छन् । फिनकेट उद्योगको वृद्धि भन्दा हामी धेरै नै माथि छौं । बैंक तथा वित्तीय संस्था लगायतका क्षेत्रहरुले डिजिटल बैंकिङलाई प्रमोट गरिरहेका छन्, राष्ट्र बैंक पनि डिजिटल करेन्सीको अध्ययन गरिरहेको छ । नेपालमा समग्र फिनटेक उद्योगको भविष्य कस्तो छ ? आजको दिनमा फिनटेक, डिजिटल बैंकिङ जे भन्छौं, त्यो सबै पेमेन्टलाई भनिरहेको छौं । हामीले मोबाइल बैंकिङको प्रयोग गर्छाैं । मोबाइल बैंकिङ लोन लिन, क्रेडिट कार्ड, बैंक सर्भिस पनि लिन पाइँदैन । पैसा निकाल्न जम्मा गर्न बैंक नै धाइ राख्नु परेको छ । टपअप गरेर बिजुलीको बिल तिरेर मात्र मोबाइल बैंकिङ हुँदैन । पहिला त्योबाट बाहिर निस्कनु पर्याे । हामी जस्तो फिन्टेक कम्पनीले पनि अलिक इनोभेटिभ प्रडक्ट लाइनहरू ल्याउनु पर्यो । जस्तो वित्तीय इकोसिस्टम भनौं । त्यो भयो भने डिजिटल बैंकिङको भविष्य राम्रो छ । कुल ग्राहस्थ उत्पादनको ६/७ प्रतिशत मात्रै डिजिटल पेमेन्ट हुन्छ । ४५/४८ खर्ब रुपैयाँको जिडीपीमा आजको दिनमा ३ खर्ब जति डिजिटल प्रोसेसिङ भइरहेको छ । स्कोप धेरै छन् । तर, कसले कसरी आउने भन्ने हो । खल्ती लगायतका अन्य केही वालेट पनि राम्रो नै पोजिसनमा छन् । जो नयाँ आउनु हुन्छ, उहाँहरूले पनि नयाँ धारणा बोकेर आउनु पर्याे । खल्ती चलाउँदा अन्य वालेटमा सिफ्ट गर्नु पर्याे भने आजको दिनमा गाह्रो छैन । सामाजिक स्तर अर्थात् वित्तीय साक्षरतालाई आर्थिक रूपमा कसरी लिएर आउने विषय एउटा होला । आजका दिनमा भाइबरबाट कल गरे जस्तै पैसा पनि डिजिटल माध्यमबाट पैसाको लेनदेन हुनु पर्यो । मानिसहरुलाई स्मार्ट फोन चलाउने बानी परिसक्यो । उत्पादकत्व वृद्धिका लागि लाग्नु पर्छ । हामीले अब त्यो लाइन बाट पनि सोची रहेका छौं । आजको दिनमा नेपाल सरकारको पनि अधिकांश पेमेन्ट डिजिटल हुन सकेको छैन । अहिले हामी विद्युतिय महसुल खल्ती लगायत डिजिटल माध्यमबाट तिर्छौं । तर, त्यो पनि प्रभावकारी हुन सकिरहेका छैन । किनभने विद्युतीय महसुल तिर्न पनि अफिस खुल्ने समय नै कुर्नु पर्छ । डिजिटल भएपछि रातको बाह्र बजे पनि पैसाको लेनदेन हुनु पर्याे । त्यो लाइनको डिजिटल पूर्वाधारको विकास विस्तारै हुँदै गएको देखिन्छ । यो सबै भइसकेपछि डिजिटलको भविष्य उज्वल छ । फिनटेक उद्योगलाई हेर्ने आम सर्वसाधारणको हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ? अझै पनि डिजिटल माध्यमको जानकारी गाउँ–गाउँमा पुग्न सकेको छैन । खल्ती लगायतका कम्पनीहरूले मुख्य काम के हो अथवा के सेवा दिन्छ भन्ने कुरा आम नागरिकमा अझै पुगिसकेको छैन । त्यसमा धेरै काम गर्नुपर्ने छ । प्रायः युवाहरूलाई थाहा छ, उहाँहरूले यसको प्रयोग पनि गरिराख्नु भएको छ । तर, फिनटेक कम्पनी प्रतिको धारणा जसले बुझेको छ, उहाँहरूले भोलिका दिनमा ओभरल बैंक, बीमा जस्ता आर्थिक वित्तीय सेवाका क्षेत्र लगायतमा फिनटेक चाहिन्छ भन्ने बुझेको पाइन्छ । कतिपय मानिसहरू २ दिन हिँडेर सदरमुकाम गएर एउटा सानो पेमेन्ट गर्नु पर्ने बाध्यता छ । यो सरकारको कारणले भएको हो । तर विस्तारै कम भने भएको छ । कुनै मान्छेको हामीले २ दिनको समय बचाउन सक्छौं भने त्यो व्यक्तिले त्यो दुई दिनको समय प्रोडक्टिभमा लगाउन सक्छ । हामीसँग ३० लाख ग्राहक छन् । उनीहरूको महिनामा ३ घण्टा समयको बचत गर्न सक्यौं भने पनि ठूलो कुरा हो । डिजिटल तर्फ जानुपर्छ यसको विकल्प छैन । बजारमा खल्ती डिजिटल वालेटको प्रतिस्पर्धी को हो ? फिनटेक उद्योगमा तपाईंहरुको पोजिसन के हो ? यो कुरा मार्केटलाई थाहा नै छ । हामी आजको दिनमा दोस्रो स्थानमा छौं । अहिले ई–सेवा नम्बर वान पोजिसनमा छ । उहाँहरूले हामीभन्दा अगाडिबाट नै सेवा दिन सुरु गर्नु भएको थियो । पहिलो र दोस्रोको ग्याप पनि धरै छ भने दोस्रो र तेस्रो पनि ग्याप धेरै छ । गत वर्ष हामीले जुन हिसाबले ग्रोथ गरेका छौं, त्यो ग्रोथ आजका दिनमा खल्तीको नै छ । वार्षिक ग्रोथ हाम्रो राम्रो छ । खल्ती नम्बर वान डिजिटल वालेटको भएको कहिले सुनिन्छ ? हामीले नम्बर वान भन्दा पनि खल्तीलाई ठूलो कम्पनीको रूपमा विकास गर्ने हो । त्यो नम्बर वान पनि हुन सक्छ या दोस्रो । अल्टिमेट भिजन भनेको वित्तीय समावेशीकरण हो । वित्तीय समावेशीकरणको लागि जेजे प्रडक्टको आवश्यकता हुन्छ, त्यसलाई हामीले ‘क्याटलक’ गर्दै जाने हो । त्यसलाई दीगो बनाएर जाने हो । आउने एक वर्षमा नम्बर वान हुन्छ भन्ने भन्दा पनि बजारको कसरी वृद्धि हुन्छ । त्यसलाई सबैभन्दा ठूलो मध्ये एक कम्पनीलाई कसरी गर्ने भन्ने सोच हो । फिनटेक उद्योगले मान्छेको जीवनशैली चाहिँ परिवर्तन गर्न सक्छ भन्ने कुरा स्थापित गर्नेु हो । किनभने ४८ खर्बको लेनदेनमा ५० प्रतिशतमा डिजिटलमार्फत् कारोबार भयो भने नम्बर ३ ले पनि राम्रो नै रेभिन्यु बनाउन सक्छ । हामी नम्बर वान हुँदैनौं भन्ने पनि हैन । कुन कुरामा नम्बर वान हुने भन्ने विषय हो । ब्राण्ड भ्यालु वाइज नम्बर वान, धेरै प्यारामिटरमा हामी नम्बर वान पनि छौं । गाउँघरमा अझै पनि डिजिटल कारोबार हुन सकेको छैन, यो खालको अन्तरलाई न्यूनीकरण गर्न खल्तीले के काम गरिरहेको छ ? अहिले हामीसँग प्रत्यक्ष ३० लाखभन्दा बढी ग्राहकहरू छन् । तर, अप्रत्यक्ष ग्राहक जोसँग स्मार्टफोन र इन्टरनेट पनि छैन, त्यस्ता ठाउँमा हामीले हाम्रा एजेन्टमार्फत् काम गरिरहेका छौं । खल्तीको ६० हजारभन्दा बढी एजेन्ट दार्चुला, जुम्लादेखि लिएर पूर्व ताप्लेजुङ लगायतका विभिन्न ठाउँमा छन् । त्यो ६० हजार एजेन्टले जुन सर्भिस खल्तीले दिन्छ सोही सेवा उनीहरूले उपभोक्तालाई उपलब्ध गराउँछन् । जस्तै, विदेशबाट रेमिट्यान्स आयो भने त्यही घर छेउको पसलबाट रकम निकाल्न सक्ने व्यवस्था हामीले मिलाएका छौं । बैंक दौडनु परेन । अहिले गाँउगाउँमा टेलिभिजन पुगेको छ, कति ठाउँमा इन्टरनेट पुगेको छ । कतिपय ठाउँमा पुग्न बाँकी छ । तर, डिशहोम त धेरै दुर्गम ठाउँमा पनि पुगेको छ । स्मार्ट फोन नभए पनि साधा फोनको लागी एनटीसीको सिम लिएका छन् । त्यसलाई रिर्चाज गर्नु पर्ला । त्यस्ता ठाउँको आवश्यकतालाई मध्यनजर गरेर विस्तारका कामहरू गरिहरेका छौं । खल्तीमा आबद्ध हुनेले हामीसँग आजको दिनमा खल्ती एप भित्रै ५ सय भन्दा बढी भिडियोहरू छन् । जुन कोहीसँग पनि छैन । भिडियो मार्फत सबै विषयहरु खल्ती एप भित्रका विशेषताको बारेमा जानकारी दिएका छौं । हामीले समय–समयमा क्याम्पियन पनि चलाइरहेका हुन्छौं । खल्तीले केही समय अगाडि स्मार्ट छोरी क्याम्पियन गरेको थियो । स्मार्ट छोरी क्याम्यिन अन्तर्गत सेभिङ के हो, क्यापिटल, बीमा लगायतको विषयमा हामीले प्रशिक्षण दिएका थियौं । अहिले खोटाङका स्थानीय तहमा डिजिटलसम्बन्धी काम गर्ने तयारी गरेका छौं । डिजिटल वालेटहरूमा विभिन्न समयमा विभिन्न खालका समस्या आइरहने तर ती समस्याको समाधान समयमै नहुने गुनासो पनि सुनिन्छ, यस विषयमा डिजिटल वालेटहरु किन जिम्मेवार बोध गर्दैनन् ? आजको दिनमा फिनटेक उद्योगको बैंक, युजर र रेमिट्यान्स लगायतसँग सम्बन्ध हुन्छ । कुनै मान्छेले खल्तीबाट अन्य बैंकमा पैसा पठाउन खोज्यो । हाम्रो यी दुवैसँगको कनेक्सन अन हुनु पर्याे । आफ्नो क्षेत्रमा मात्र नेटवर्क म्यानेजमेन्ट गरेर पर्याप्त छैन । कहिले काहिँ खल्तीबाट पैसा पठाएको तर रकम पुगेन भन्ने गुनासो पनि आउँछ । बैंकमा किन पुग्दैन भन्ने गुनासो आउँछ । बैंकको सिस्टम कहिले काहिँ अन नहुन सक्छ । त्यो बेला आतिएर काम हुँदैन । तपाईंको डिजिटल टा«नजेक्सन कहीँ पनि जाँदैन । हामी नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त संस्था हो । एउटा निश्चित नियम भित्र रहेर सञ्चालन गरेको हुन्छ । हाम्रो सातै दिन बिहान ७ बजेदेखि राति १२ बजेसम्म साहयता कक्षा सञ्चालन हुन्छ । ३० जना साथीहरुले साहयता कक्षामा बसेर १८ घण्टा ग्राहकको समस्याको सुनुवाइ र समस्याको तत्काल समाधान गर्नु हुन्छ । खल्तीबाट गरेका काम तत्काल भइ हाल्छ । हाम्रोमा दैनिक ३ लाखभन्दा बढीको संख्यामा ट्रान्जेक्सन हुन्छ । आएका समस्यालाई छिटो समाधान गर्न तर्फ हाम्रो ध्यान केन्द्रित छ । फिनटेक उद्योगमा अहिले पनि धेरै प्रतिस्पर्धा छ, यो क्षेत्रमा थप डिजिटल वालेटहरुको आवश्यकता छ कि छैन ? एउटा फर्म मात्रै भएर उद्योग बन्दैन । नेपालमा आज एउटा मात्र बैंक भएको भए बैंकिङ उद्योग भनेर भनिँदैन थियो होला । अहिले पेमेन्ट उद्योग भन्न सुरु भइसकेको छ । किनभने हामीसँग खल्ती, ई–सेवा, आइएमई–पे लगायत कम्पनी छन् । जीडीपीको ६ प्रतिशत मात्र डिजिटाइज भएको छ । १०/१५ वटा जति नयाँ कम्पनीहरु आए भने एउटा नयाँ भिजन लिएर आउनु हुन्छ । तर, बजारलाई बदनाम चाहिँ गर्नु भएन । यस्तो कुराहरू सदैब आवश्यकता हुन्छ । हिजोसम्म यी कुरा आवश्यकता थिएन । आज एक दिन सर्भर डाउन भयो भने लाखौं मानिसलाई समस्या हुन्छ । धेरै क्षेत्रलाई डिजिटल पेमेन्टमा ल्याउन बाँकी नै छ । पुरानाले पनि नयाँ ढाँचामा काम गर्नु पर्ने आवश्यकता छ । ग्राहकहरूलाई खल्तीले के–कस्ता सेवा सुविधा दिइरहेको छ ? डिजिटल सम्बन्धी धेरै सेवा सुविधाहरू खल्तीमा उपलब्ध छन् । रेमिट्यान्स तथा फन्ड ट्रान्सर्फरको सुविधा त भइ हाल्यो । खल्तीबाट अबको दिनमा डिजिटल पेमेन्ट उपलब्ध गर्ने, क्यापिटल मार्केटमा हामी विस्तारै आइरहेका छौं । त्यो वाहेक क्यूआर पेमेन्ट गर्नेदेखि लिएर टिभीको रिचार्ज गर्नेसम्मका काम गरिरहेका छौं । फिजिकलबाट डिजिटलमा कसरी लिएर आउने त्यसका लागि थोरै भएर पनि रिवार्ड, रोयल्टी स्किम पनि छ । आजको दिनमा क्यास ब्याकहरू राम्रो नै लेबलमा लगानी गरी रहेका छौं । फिजिकल गरिरहेका डिजिटल आउँदा केही सेवा सुविधा थप हुन पर्याे । अन्य विभिन्न स्कीमहरू पनि ल्याइरहेका छन् । अहिले हाम्रो प्लेटफर्म मार्फत् दैनिक २ लाखभन्दा बढीले ‘कुइज’ खलिरहेका छन् । अब यो संख्या १०/१५ लाखसम्म पुग्छ । एउटा एपबाट १०/१५ लाखले आफ्नो ज्ञान बढाइ रहेको छन् । त्यो एउटा गर्वको कुरा पनि हो । यसमा फरक–फरक सेग्मेन्ट लिएर आउँछौं । अरूले नदिएको सेवालाई खल्तीमा ल्याएर जोड्ने काम गरिरहेको छौं । लगानीकर्तालाई खल्तीले के कस्तो प्रतिफल दिइरहेको छ ? कुनै पनि व्यापारको तिन वटा फेज हुन्छ । अधिग्रहण, सक्रियता र मनिटाइजेसन । यसमा सबैको आ–आफ्नो सिद्धान्त हुन्छ । अधिग्रहण भनेको सकेसम्म बढीभन्दा बढी मान्छे यो सेवा चलाओस् भन्ने हुन्छ । आएपछि त्यतै बसोस् र चलाओस् भन्ने हुन्छ । त्यसपछि मात्र रेभिन्यु बनाउन थाल्ने हो । हामीले आजको दिनमा हेर्ने हो भने जति बजारको आवश्यकता छ त्यो अझै छ । अगाडि नै लाभांश नै बाड्छु भन्ने पनि हुँदैन । मैले ५० करोड कमाए भने आज एक करोड रुपैयाँ लगानी गर्नुपर्ने आवश्यकता छ । अझै पनि यो २÷३ वर्ष निरन्तर चलिरहन्छ । त्यसपछि मात्र लगानीयोग्य बन्छ । पैसा नकमाउने हैन । दैनिक १८ करोड रुपैयाँको कारोबार गरिरहेका छौं भने त्यहाँ केही पैसा छ । त्यसमा पनि पहिलो प्राथमिकता भनेको हाम्रो बोर्ड अथवा म्यानेजमेन्ट के कुरामा विश्वस्त छ भने अझै ३ वर्ष कमाएको र थप आइडी सर्भिस यडिस्नल पैसा बजारमा लगानी गर्नु पर्याे । हामीले यो लाइनमा काम गरिरहेका छौं । खल्तीले बजारमा सेवा गर्न थालेको ६ वर्ष भइ सकेको छ, कतिपय कम्पनीले पब्लिकमा जाने पनि इच्छा देखाउँछन्, यस विषयमा केही सोच्नु भएको छ ? हामीलाई राष्ट्र बैंकले पब्लिकमा जानुपर्छ भन्ने कुरा गरेको छ । पब्लिकमा गएको ३ वर्षपछि आईपीओमा जानै पर्छ । प्राइभेट लिमिटेड कम्पनीबाट सुरु भए पनि पब्लिकको लगानी भएको कम्पनी खल्ती हो । यो भनेको यहाँ पब्लिकको पैसा छ । खल्ती पब्लिकलाई सेवा दिने कम्पनी हो । हामी ५/६ वटा संस्थालाई सिस्टम बनाएर बेच्ने संस्था हैन । आईपीओ पनि निकाल्छौं । तर, त्यसको लागि समय लाग्न सक्छ । त्यसमा जानु भन्दा अगाडि गर्नुपर्ने धेरै कामहरू छन् । आगामी दिनमा खल्ती कसरी अगाडि बढ्छ, भावी योजनाहरू के–के छन् ? हामीले सर्वसाधारणलाई बढीभन्दा बढी सेवा दिने हो । खल्तीले बनाएका प्रडक्ट र सर्भिस राम्रो होस् भन्ने हिसाबले काम गरिरहेका छौं । गत वर्ष गरेको कामको आधार बनाएर थप नयाँ काम गर्दै जाने हो । ३/४ वर्ष पछि खल्ती सबैभन्दा ठूलो कर्पोरेट हाउस रूपमा विकास गरेर अगाडि बढ्ने सोच्मा छौं । अहिले हामीसँग २ सय जान कर्मचारीहरू हुनुहुन्छ । हामीले सोल्टी मोडमा एउटा हब खोलेका छौं । केही समयपछि पोखरा र चितवनमा नयाँ शाखा खोल्दैछौं । डिजिटल काम भएको कारणले शाखाको धेरै आवश्यकता थिएन । तर, पनि नयाँ शाखा खोल्ने सोच बनाएका छौं । हामीले ७ वटै प्रदेशमा एक/एक वटा शाखा खोल्ने सोच बनाएका छाैं । सम्बन्धित समाचार : टुकी बालेर सीए टप, २७ वर्षको उमेरमै सीईओ

पठाओमा फुड डेलिभरी गर्ने साइकल चालकले महिनाको ५०/६० हजार कमाउँछन् : सुरक्षा हमाल

२५ सेप्टेम्बर २०१८ देखि बाइकमा राइड सेयरिङमार्फत सेवा सुरू गरेको पठाओले हालै चौथौं वार्षिकोत्सव मनायो । प्रविधिको विकासले दैनिक हजारौंलाई प्रत्यक्ष सेवा दिईरहेको पठाओले छोटो समयमा नै ब्राण्ड नै बन्न सफल भएको छ । उपत्यकामा लोकप्रिय बनेको पठाओले चितवनमा पनि आफ्नो सेवा विस्तार गरेको छ । नेपाल प्रवेशदेखि लिएर कम्पनीको आगामी योजनाका विषयमा पठाओकी सिनियर मार्केटिङ म्यानेजर सुरक्षा हमालसँग विकासन्युजका लागि सन्तोष रोकाया र सीआर भण्डारीले कुराकानी गरेका छन् । पठाओले कसरी काम गरिरहेको छ ? हामीले पठाओ एप्स सञ्चालन गरेको छौं । त्यो एपबाट कुनै पनि मान्छेले बुक गरेर एक ठाउँबाट अर्को ठाउँ जान सक्छन् । हामीले मोटरबाइक राइड सेयरिङबाट सेवा सुरु गरेका हौं । त्यसपछि हामीले ट्याक्सीमा पनि यो सुरु गर्यौ । त्यसपछि फुड डेलिभरी सेवा थालेका छौं । राइड सेयरिङमा कुनै पनि सेवाग्राहीले आफूलाई जानुपर्ने ठाउँमा बुक गर्नुपर्छ । त्यो रिक्वेस्ट राइडरलाई जान्छ । राइडरले एसेप्ट गरेर पिकअप गर्छ । सेवाग्राहीलाई कहाँ जानुपर्ने हो त्यहि ठाउँमा पुर्याइदिनुहुन्छ । त्यो बापत सेवाग्राहीले एपमा देखाए वापतको फिक्स्ड रकम राइडरलाई पे गर्नुहुन्छ । राइडरले हामीलाई कमिसन पे गर्नु हुन्छ । बाइकमा २० प्रतिशत र ट्याक्सीमा ५० प्रतिशत कमिसन लाग्छ । छोटो समयमा नै पठाओ सेवा चर्चित भयो, कसरी ? यो अमेरिकन कम्पनी हो । विदेशबाट फण्डेड कम्पनी हो । यो एफडीआइ नै हो । नेपालमा यसको इतिहास छोटो भए पनि विदेशमा यो सेवा सञ्चालनमा आएको धेरै वर्ष भयो । पठाओको सेवा उत्कृष्ट छ । चौथौ वार्षिकोत्सवको अवसरमा पठाओ सेवा चितवनमा पनि विस्तार गरेका छौं । काठमाडौंमा हामीले बाइक, ट्याक्सी, फुड र बजार सुरु गरिसकेका छौं । चितवनमा बाइक र टुकटुकबाट पठाओ सेवा सुरु गरिएको छ । चितवनमा पनि राम्रो भइरहेको छ । सेवाग्राहीले खुसी व्यक्त गरेका छन् । चितवनमा टुकटुक ९तीन पांग्रे अटो० पहिलादेखि नै चल्दै आएको थियो ।सेवाग्राहीहरुले टुकटुकलाई एपबाट बोलाउन सक्नुहुन्छ । चालकले पनि एपबाट नै रिक्वेस्ट एसेप्ट गरेर एक ठाउँबाट अर्को ठाउँ पुर्याउनुहुन्छ । सुरु–सुरुमा राइड सेयरिङमा अपरिचित मान्छेको गाडीमा बस्न अफ्ठ्यारो लाग्छ । तर हामीले कुनै अफ्ठ्यारो नमानिकन सुरक्षित हुन्छ भनेर प्रमोट गरिरहेका छौं । सबै राइडरको पुरा विवरण हामीले सिस्टममा राखेको हुन्छौं । सबै राइडरलाई ट्रयाक गरिरहेका हुन्छौं । सबै जना राइडरले ट्रेनिङ लिएका हुन्छन् । उनीहरुलाई सबै कुराहरुको जाँच गरेर नै हामीले भेरिफाइड गरेका हुन्छौं । राइडको दौरानमा आफ्नो साथीभाईलाई आफू कहाँ छौ भने लाइभ गर्न पनि सकिन्छ । केही भएको खण्डमा सपोर्टका लागि २४ सै घण्टा कल सेन्टरको पनि व्यवस्था मिलाइएको छ । हामीले इन्स्योरेन्स पनि गरिदिएका छौं । राइड सेयरिङको लागि उच्च रकमको इन्स्योरेन्स कभर दिएका छौं । जसमा मेडिकल इन्स्योरेन्स १ लाख रुपैयाँको छ । मृत्यु भएको केसमा १० लाख रुपैयाँसम्मको छ । राइडरले १० लाख र सेवाग्राहीले १० लाख रुपैयाँ पाउँछन् । यी कुराहरुलाई हामी प्रचार पसार गर्नुपर्नेछ । अपरिचित ब्यक्तिसँग बाइकमा सवार गर्नु नेपाली समाजको लागि गाह्रो कुरा हो, यो किसिमको सचेतना कसरी गरिरहनु भएको छ ? पठाओ आउनु भन्दा अघि एक दुइटा राइड सेयरिङ सञ्चालनमा थिए । ४ वर्षअघि सुरु गर्दा लोकल एपहरु मात्रै थिए । सुरुमा अपरिचित व्यक्तिसँग बाइकमा बस्न गाह्रो नै हुन्छ । कुनै परिचित मान्छेको पछाडी बसेर आफ्नो गन्तव्य पुग्न सकिन्छ भन्ने अवस्था थिएन । तर, हामीले ग्राहकलाई त्यो किसिमको अनुभव दिएर कन्फिडेन्स लेभल बढायौं । उहाँहरुलाई एक किसिमको सहजता दियौं । अपरिचित व्यक्तिको पछाडी बस्दा कति सुरक्षित छ भनेर शिक्षा दियौं । अहिले राइड सेयर भनेपछि लाइफस्टाइल नै भएको छ । लाखौं ग्राहकले हाम्रो सेवालाई सहज र सुरक्षित मान्नु भएको छ । कतिपय मान्छेलाई गन्तव्यमा छिटो पुग्ने, एप थ्रु बुक गरेर एउटा ठाउँबाट अर्को ठाउँ जाँदा दिइने सुरक्षाका कारण अहिले सबैको मन मस्तिस्कमा पठाओ बसिसकेको छ । पठाओको राइडर र सेवाग्राही कति छन् ? पठाओ एप ३५ लाखभन्दा बढीले डाउनलोड गर्नु भएको छ । अहिले काठमाडौंमा मात्रै संचालन भएको हुनाले यो तथ्याङ्क काठमाडौंको मात्रै हो । राइडहरु मात्रै डेढ लाख बढी छन् । जसमा बाइक राइडर १ लाख ३० हजार हुनुहुन्छ । काठमाडौंमा भएका ५० प्रतिशत ट्याक्सी हामीसँग आवद्ध हुनु भएको छ । पठाओ आउनुभन्दा अघि टुटल आएको थियो तर टुटुलको भन्दा मार्केट बढी पठाओको छ, यो कसरी सम्भव भयो ? टुटल लोकल कम्पनी हो भने पठाओ अन्तर्राष्ट्रिय कम्पनी हो । तर लोकल कम्पनी र अन्तर्राष्ट्रिय कम्पनीले ग्राहकलाई खासै फरक पार्दैन । किनभने उहाँहरु चढ्ने बाइक र राइडर उही हो । जाने गन्तव्य पनि त्यहि नै हो । केही फरक छैन । उहाँको एक्सपेरियन्स फरक छ । हामीले एपको इन्टरन फेजदेखि लिएर राइडरलाई ट्रेन गरेका छौं । राइडरले यत्तिकै राइड गर्न पाउनु हुन्न । हामीले राइडरलाई एक घण्टाको ट्रेनिङ दिएका छौं । उहाँहरुलाई सपोर्टका लागि इन्स्योरेन्स लगायत अन्य सुविधाले ग्राहकको मन जित्न सफल भयौं । ग्राहकका लागि अन्य क्षेत्रमा लोकल कम्पनीसँग ठूलो प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यी सबै कुराले गर्दा हामीले मार्केट सेयर क्याप्चर गर्न सफल भएका हौं । यो फ्रेसर इण्डष्ट्रि पनि भयो । हाम्रो त कुनै गुड्स छैन । यहि सर्भिसलाई कसरी राम्रो बनाउन भन्ने मात्रै हो । सेवाग्राहीलाई एप चलाउन सजिलो बनाउने, टेक गर्न सजिलो बनाउने लगायतका काम गर्यौ । एपलाई जुनसुकै वर्गको मान्छेले पनि चलाउन सक्ने बनाएका छौं । एक्सपेरियन्स इन्टायर हुनुपर्यो । राइडरलाई सुरक्षाको कुराहरु पनि हुनुपर्छ । राइडरलाई ट्रेन गर्नेदेखि लिएर इन्स्योरेन्स सपोर्ट सबै कुराहरु भएकाले पनि हामी अगाडी आउन सफल भयौं । राइडरहरुलाई कस्तो खालको तालिम दिनुहुन्छ ? एप कसरी चलाउने, रोड सेफ्टिदेखि लिएर सेवाग्राहीसँग कस्तो व्यवहार गर्ने, उहाँमा भएका ह्यारेसमेन्टका कुराहरु सस्पेन्ड गरिन्छ । के कुरा गर्न हुन्छ के कुरा गर्न हुन्न रु भन्ने सबै सिकाउँछौं । पहिलामा फिजिकल कक्षा दिने गरेका थियौं । अफिसमा बोलाएर दिनमा ४ वटा सेसनमा कक्षा हुन्थ्यो । कोरोनापछि भने अनलाइन कक्षा दिइरहेका छौं । कुनै एउटा व्यक्ति पठाओको राइडर बन्न के गर्नु पर्छ ? राइडर बन्न धेरै असहज छैन । आफ्नो ब्लुबुक र लाइसेन्स लिएर आउने हो । ट्रेनिङ लिनुपर्छ । अहिले दुई हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ । त्यसमा उहाँहरुले जति अमाउन्ट शुल्क दिनुहुन्छ त्यति रकमको रिक्वेस्ट दिइरहेका छौं । त्यो रिक्वेस्टबाट उहाँहरुले त्यो रकम फिर्ता लिनुहुन्छ । अहिले बजारमा इनड्राइभर कडा प्रतिस्पर्धीको रुपमा आएको छ, यसलाई तपाईंले कसरी लिनु भएको छ ? कुनै पनि इण्डष्ट्रिमा प्रतिस्पर्धी आउनु राम्रो हो । प्रतिस्पर्धी आयो भने इण्डष्ट्रि नै ग्रोथ हुन्छ । हामीलाई पनि कोही प्रतिस्पर्धी आयो भने अझै नयाँ नयाँ कुराहरु सोच्ने अवसर मिल्छ । केही नयाँ काम गर्ने सोच हुन्छ । एउटा कम्पनी भयो भने बजारमा मोनोपोली हुन्छ । आफ्नो मोनोपोली भयो भने मजा पनि आउँदैन । कुनै पनि इण्डष्ट्रिमा मुख्य २र३ वटा प्रतिस्पर्धी हुन्छन् । सबैको आआफ्नो मुख्य युनिक प्वाइन्ट हुन्छ । प्रतिस्पर्धी आउँदैमा खासै फरक पर्दैन । इण्डष्ट्रि अझै ग्रोथ हुन्छ । उहाँहरुले पनि आफ्नो मार्केटिङ गर्नुहुन्छ । राइड सेयरिङको बारेमा थाहा नभएको मान्छेले थाहा पाउनुहुन्छ । सबै जनासँगै मिलेर इण्डष्ट्रि ग्रोथ गर्ने हो । राइड सेयरिङदेखि लिएर फुड डेलिभरिमा अहिले पनि ३र४ वटा संचालनमा छन् । सबैको आआफ्नो मार्केट सेयर छ । सबैको आफ्नै युनिक प्वाइन्ट छ । सबै जना मिलेर एउटा फुड डेलिभरि इण्डष्ट्रिलाई ग्रोथ भएको छ । हामी प्रतिस्पर्धीलाई स्वागत नै गर्छौ । प्रतिस्पर्धी नै भन्ने हो भने पनि इनड्राइभरले इन्स्योरेन्स दिँदैन । उसको सपोट नै छैन । इनड्राइभरले राइडरलाई ट्रेनिङ नै दिँदैन । इनड्राइभरको अफिस पनि छैन । सडकमा हुने व्यापार हो । कुन बेला के हुन्छ भन्न सकिँदैन । मूल्य मात्रै सबै कुरा होइन । इनड्राइभरको हकमा धेरै एक्सिडेन्ट भएर रिप्लाइ नआएको, राइडर भागेको सूचनाहरु आएका छन् । पठाओ पनि त दुर्घटनामा परेका घट्ना होलान नि ? यस्ता केसहरु धेरै छन् । ३र४ वटा मात्रै मृत्यु भएका घटना छन् । उहाँहरुले फुल क्लेम पाउनु भएको छ । ६ महिनाअघि ५ लाखको मात्रै बीमा थियो । अहिले १० लाखको बीमा बनाएको छ । डेथ भएकाहरुले पुरा क्लेम पाउनु भएको छ । सानोतिना घटना घटेर क्लेम तिरेको धेरै छन् । अहिलेसम्म ५ सय जनाले फूल बीमा दावी पाइसक्नु भएको छ । चितवनपछि अन्य सहरहरुमा सञ्जाल विस्तार गर्ने कुनै योजना छ ? पक्कै पनि देशभरि नै विस्तार गर्ने योजना छ । अहिलेलाई चितवनमा विस्तार गरिएको छ । चितवनमा संचालनमा आएको एक महिना मात्रै भयो । हामी सुरुवाती चरणमा नै सन्तुष्ट छौं । ब्राण्डमा कुनै कमी छैन । सबैलाई पठाओ भन्ने कुरा के हो भनेर थाहा छ । अब एक्सपेरियन्स र सुरक्षालाई बढाउँदै लैजाने हो । चितवनमा पहिला टुकटुकलाई मान्छेहरुले बोलाएर आफ्नो गन्तव्यमा जाने गरेका थिए । त्यसलाई हामीले हाम्रो टेकमा लिएको मात्रै हो । टुकटुक चालकहरु टेक फ्रेन्ड्ली हुनुपर्ने छ । उहाँहरु टेक फ्रेन्ड्ली हुनुहुन्न । उहाँहरु कोसिस गरेर एप चलाउन सिकिरहनु भएको छ । उपत्यका पछि चितवनमा छौं । विस्तारै यसलाई अन्य सहरहरुमा लैजान्छौं । कतिपय राइडरको शुल्क बढी भयो भन्ने गुनासो छ नि ? हामीसँग प्राइस बढी भयो भनेर गुनासो आएको छैन । २० प्रतिशत मात्रै कमिसन हो । त्यो कमिसनबाट नै हामीले कम्पनी संचालन गर्नुपर्ने हुन्छ । कतिपय राइडरलाई त्यो २० प्रतिशत कमिसन फिर्ता पनि दिने गरको छौ । २० प्रतिशत कमसिनबाट कम्पनीलाई सस्टेन गर्नुपर्ने, मार्केटिङ गर्नुपर्ने, टेकमा खर्च गर्नुपर्ने हुन्छ । हामी टिक्ने भनेको नै त्यहि २० प्रतिशत कमिसनबाट नै हो । हाम्रो अन्य आम्दानी केही पनि छैन । फेरि कस्टमरलाई पनि डिस्काउण्ट दिनु पर्ने हुन्छ । यी सबै २० प्रतिशतमा नै जोडिन्छ । शुल्क बढी भएका कारण कतिपय राइडरले अफलाइन चलाएको भन्ने छ नि ? अफलाइनमा राइड नगर्नु भनेर पटकपटक भनिरहेका हुन्छौं । एकछिनको लागि अफलाइन टेक गर्दा राइडर आफै लुटिएको, बाइक लुटेको, राइडरलाई कुटेको केसहरु छन् । केही दिनअघि पनि यस्तै एउटा मृत्यु भएको केस आएको थियो । उहाँले अफलाइन राइड गर्नुभएको थियो । अचानक उहाँको एक्सिडेन्टमा मृत्यु भयो । परिवारले क्लेमको लागि भन्नुभएको थियो । तर सिस्टममा उहाँ हुनुहुन्थेन । यो एकदमै गर्दै नहुने चिज हो । २० प्रतिशतको प्रलोभनमा परेर अफलाइन लिँदा ठूलो घाटा हुन्छ । यसमा राइडर पनि घाटामा हुन्छ अनि कस्टमर पनि घाटामा हुनुहुन्छ । सडकको ब्यापार हो भोलिका दिनमा जे पनि हुन सक्छ । पठाओले सहरी यातायातमा कस्तो परिवर्तन ल्याएको छ ? एउटा टेक्नोलोजी ९एप० बाट बुक गरेर एउटा ठाउँबाट अर्को ठाउँ जाने गर्नु भएको छ । ट्याक्सीमा आउनुभन्दा अघि फिक्स्ड मिटरमा नचलाउने, आफू खुसी रेट तोक्ने गरेका थिए । ट्याक्सी ढोकामा आउँदैन थिए । ट्याक्सी चाहियो भने रोडमा जानुपथ्र्यो वा हिडेको बेलामा पायो भने मात्रै चड्ने अवस्था थियो । हामीले ट्याक्सीमा हाउ मच भन्ने कुरालाई मिनिमाइज गरेर फिक्स्ड गरेर फेयर गरेका छौं । अहिले ढोकामा नै ट्याक्सी आउने गरेका छन् । त्यस्तै, एउटा अफिसियल कर्मचारीलाई पार्किङको ठूलो समस्या छ । कहिलेकाँही पार्किङको कार्ड बिर्सिनु हुन्छ । उहाँलाई पार्किङ गर्न असहज हुन्छ । त्यो बेलामा उहाँहरुले राइड लिन सक्नु हुन्छ । त्यसपछि उहाँलाई पाकिङको चिन्ता हुँदैन । कतै जानु पर्यो भने पनि बाइकमा छिटो हुन्छ । जस्तै, दशैंको बेलामा एकदमै भिड हुन्छ । सपिङ जानुपर्ने हुन्छ पार्किङ गर्ने ठाउँ नै हुँदैन । राइड लिएर गयो आफ्नो सपिङ गर्यो राइड लिएर फर्कियो । पार्किङको समस्या भएन । ट्राफिक व्यवस्थापनमा सहज भएको छ । बोलाएको ठाउँमा जाने अलि पार्किङ नगरेर सिधैं बोकेर हिड्ने हो । ट्याक्सीमा आउनुभन्दा अघि फिक्स्ड मिटरमा नचलाउने, आफू खुसी रेट तोक्ने गरेका थिए । ट्याक्सी ढोकामा आउँदैन थिए । ट्याक्सी चाहियो भने रोडमा जानुपथ्र्याे वा हिडेको बेलामा पायो भने मात्रै चड्ने अवस्था थियो । हामीले ट्याक्सीमा हाउ मच भन्ने कुरालाई मिनिमाइज गरेर फिक्स्ड गरेर फेयर गरेका छौं । अहिले ढोकामा नै ट्याक्सी आउने गरेका छन् । हामीले अर्थतन्त्रलाई पनि चलायमान बनाएका छौं । प्रत्यक्ष रुपमा नदेखिएपनि अप्रत्यक्ष रुपमा अर्थतन्त्रमा ठूलो टेवा पुर्याएका छौं । जस्तो चितवनमा बेलुका भएपछि यातायात पाउँदैन । कुनै पसल नचाहेर पनि छिटो बन्दु गर्नपर्ने बाध्यता छ । यातायात नहुँदा स्टाफलाई छिटो घर जानु पर्थ्याे । जब हामी चितवनमा २४ घण्टा सर्भिस सुरु गर्यौ । उसले अर्काे २ घण्टा आफ्नो पसल चलाउन पाएको छ । त्यसबाट इकोनोमिकलाई पनि बुस्ट गर्न अप्रत्यक्ष सहयोग हो । हामीसँग विभिन्न किसिमका राइडरहरु पनि छन् । चार पाँग्रे, दुई पाँग्रे लगायत गाडीहरु चलाइ रहनु भएको छ । कोरोना महामारीको बेलामा जागिर गुमाउनु परेको साथीहरुले पनि यसबाट आम्दानी गरिरहेका छन् । कोरोनाको बेलामा यहिबाट नै सस्टेन हुनु भयो । कतिपय विदेशबाट फर्केर पठाओ चलाइरहनु भएको छ । धेरै जनाले यहिबाट कमाएर आफ्नो विजनेश सुरु गर्नु भएको छ । एउटा राइडरलाई सधैं यसमा घोटेर काम नगर्नुहोस् भन्छौं । यसलाई एउटा ट्रान्जेक्सन जबको रुपमा लिनुपर्छ भनिरहेका छौं । यसलाई एउटा सर्टेन टाइमको लागि मात्रै लिनुस् त्यसपछि आफ्नो काम गर्नुहोस । यसलाई पार्ट टाइम जबका रुपमा लिनुहोस भनिरहेका छौं । पैसा आम्दानी गरेपछि आफ्नो विजनेश सुरु गर्नुहोस भनेर राइडरलाई इनकरेज गरिरहेका हुन्छौं । फुड डेलिभरि गर्न साइकल चालकहरुलाई पनि अवसर दिएका छौं । जोसँग बाइक छैन उहाँहरुले महिनाको ५०/६० हजार कमाउनुुहुन्छ । कोही साइकल चलाएर नै बाइक किनेर बाइक सेयरिङ गरिहरनु भएको छ । पठाओ चलाएर कोही आत्मनिर्भर वा स्वरोजगार बन्नु भएको छ ? धेरै जना हुनुहुन्छ । एकजनाले पठाओ चलाएर पैसा कमाउनु भयो । पछि उहाँले साइकल पसल खोल्नु भएको थियो । उहाँले पहिला फुल टाइम गर्नुहुन्थ्यो । धेरै जना स्वरोजगार बन्नु भएको छ । कहिलेकाँही ट्याक्सी र पठाओबीच विवाद हुन्छ नि ? अहिले त केही समस्या छैन । उहाँहरुलाई पनि हाम्रो प्ल्याटफर्ममा स्वागत गरेका छौं । ६ हजार भन्दा बढी ट्याक्सी आवद्ध हुनु भएको छ । हामीसँग आवद्ध हुनु भएका ट्याक्सीले राम्रो कमाउनु भएको छ । उहाँहरुले महिनाको १ लाख माथि नै आम्दानी गरिरहनु भएको छ । उहाँहरुले अरु बेला जे गर्नुहुन्छ त्यो पनि गर्न सक्नुहुन्छ । बाटोमा पाउने ग्राहकलाई पनि उहाँले बोक्नुहुन्छ । त्यो बाहेक पठाओको मात्रै टेक हेर्ने हो भने महिनाको १ लाख माथि नै कमाउनु भएको छ । बाइकले महिनामा ४०/५० हजार कमाइरहनु भएको छ । त्यसैले पठाओ र ट्याक्सी चालकबीच कुनै समस्या छैन । फुड डेलिभरि गर्न साइकल चालकहरुलाई पनि अवसर दिएका छौं । जोसँग बाइक छैन उहाँहरुले महिनाको ५०/६० हजार कमाउनुुहुन्छ । कोही साइकल चलाएर नै बाइक किनेर बाइक सेयरिङ गरिहरनु भएको छ । हामीलाई करको दायरामा ल्याउनुहोस भनिरहेका छौ । हामीले कति ट्याक्स तिर्नुपर्छ तिर्न तयार छौं । केही सुविधा थप्ने योजनामा हुनुहुन्छ ? फिचरमा नयाँ भर्टिकलहरु आउन सक्छ । अहिलेलाई राइड, ट्याक्सी र फुड मात्रै हो । आगामी योजनामा के आउन सक्छ भनेर फिक्स भएको छैन । जे पनि आउन सक्छ । भविष्यामा कुरियर, पार्टसल आउन सक्छ । अहिले चितवनमा पुगेका छौं । अन्य ठाउँमा पनि जान सक्छौ । राइड सेयरलाई व्यवस्थित गर्न सरकारी निकायले के गर्नुपर्छ ? बाग्मती प्रदेशमा संचालन गर्न केही कठिनाइ छैन । सहज रुपमा संचालन गर्न दिनु भएको छ । अरु प्रदेशमा पनि हामीले कुरा गरिरहेका छौं । मुख्य कुरा राइड सेयरिङ भनेर नियम आएको छैन । छिट्टै नियम आउने अपेक्षा गरेका छौं । अहिलेसम्म कुनै पनि चुनौती छैन । संसारमा चलिरहेको कुरालाई हामीले पनि एसेप्ट त गर्नु पर्याे नि । हामीलाई करको दायरामा ल्याउनुहोस भनिरहेका छौं । हामीले कति ट्याक्स तिर्नुपर्छ तिर्न तयार छौं ।

विश्वको सबैभन्दा सस्तो विद्युतीय गाडी नेपालमा पाइन्छ, अब ईभीको विकल्प छैन : अध्यक्ष थापा

अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले अहिले काठमाडौंको भृकुटीमण्डपमा नाडा ईभी अटो शो गरिरहेको छ । गत बिहीबारदेखि सुरु भएको नाडा ईभी एक्स्पो आइतबार सकिँदैछ । नाडा ईभी अटो एक्स्पो नेपालमा पहिलो पटक भएको हो । मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको समयमा आयोजना गरिएको नाडा ईभी अटो एक्स्पोको विषमा हामीले नाडाका अध्यक्ष ध्रुव थापासँग कुराकानी गरेका छौं । उहाँसँग हामीले विशेष गरेर नाडा ईभी अटो शो, अवलोकनकर्ताहरुको विद्युतीय सवारीप्रतिको दृष्टिकोण र समग्र विद्युतीय सवारी साधनको विषयमा कुराकानी गरेका छौं , प्रस्तुत छ उनीसँग गरिएको कुराकानीको सम्पादित अंश चार दिनसम्म चलेको नाडा ईभी अटो शो आज सकिँदैछ, यो अवधिमा अवलोकनकर्ताको धारणा र मनसाय कस्तो पाउनु भयो ? हामीले नाडा ईभी अटो शो गर्दा जुन खालको अपेक्षा गरेका थियौं, विद्युतीय गाडीप्रति आम जनमानसको बुझाइ धेरै र सकारात्मक पायौं । हामीले अपेक्षा गरेको भन्दा धेरै अवलोकनकर्ताहरु अवलोकन गर्न आउनु भएको छ । सबैले विद्युतीय सवारी साधनप्रति चासो र इच्छा देखाइरहनु भएको छ । विद्युतीय सवारीप्रति आकर्षण बढ्दो छ । आशा छ आगामी दिनमा नेपालमा विद्युतीय सवारी साधनको भविश्य उज्वल छ । नाडाले ४० हजार जनाले अवलोकन गर्ने अपेक्षा राखेको थियो, कतिले अवलोकन गरे ? आजको विवरण आउन बाँकी छ । हामीले काटेको टिकट, वितरण गरेको पासका आधारमा शनिबारसम्म २५ हजार जनाले अवलोकन गर्नु भएको छ । आइतबारसहित हाम्रो लक्ष्य भेटिन्छ । स्टल राखेका कम्पनीहरु पनि खुसी हुनुहुन्छ । ग्राहकहरुले जुन किसिमको चासो विद्युतीय गाडीप्रति देखाउनु भएको छ । कम्पनीहरु खुसी हुनुहुन्छ । विद्युतीय गाडीप्रति सर्वसाधारणको दृष्टिकोण कस्तो पाउनु भयो ? सबैले विद्युतीय गाडीलाई बुझ्न चाहिरहनु भएको छ । खरिद पनि गरिरहनु भएको छ भने बुकिङ पनि भइरहेको छ । अहिले सप्लाई दिन नसक्ने अवस्था छ । सप्लाई दिन नसकेकाहरुले बुकिङ गरिरहनु भएको छ । अहिले बुकिङ गरेर उनीहरुले केही दिनपछि सप्लाई गर्नु हुनछ । नाडा अटो शोमार्फत् के कति विद्युतीय सवारी साधन खरिद बिक्री भए, के कति बुकिङ भए ? अहिलेसम्म यकिन तथ्यांक आउन सकेको छैन । आज साँझसम्म त्यो तथ्यांक आउला । हामीले मूल्यांकन गरे अनुसार खरिद बिक्री पनि राम्रै भइरहेको छ । बुकिङ पनि राम्रो भएको हाम्रो बुझाइ छ । तथ्यांक नआउँदासम्म यति नै भयो भन्ने अवस्था भने अहिले छैन । नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधन महँगो भए भन्ने गुनासो सर्वसाधारणको छ नी ? होइन, अन्य देशको तुलनामा नेपालमा विद्युतीय सवारी साधन धेरै सस्तो छ । संसारका जुनसुकै देशमा पनि ईभी महँगो छ । तर, नेपालमा ड्युटी अलिकति कम भएको कारण सस्तो छ । अन्य देशमा तीन वटा पेट्रोलियम बराबर एउटा ईभी आउँछ । तर, नेपालमा सस्तो नै हो । अब सबैले इभी प्रयोग गर्न आवश्यक छ । सरकारले यसमा अझ कुनै सहुलियत र ड्युटी कम गर्यो भने अझै सस्तो हुन्छ । विश्वका सबै देशहरु ईभीमा कन्भर्ट भइरहेका छन् । नेपालमा पनि यसको विकल्प छैन । नाडा ईभी अटो शोका लागि सरकारको तर्फबाट के कस्तो सहयोग मिल्यो ? हामीलाई सबै क्षेत्रबाट सहयोग मिलेको छ । सरकारको पनि इभीलाई प्रमोट गर्नु पर्छ भन्ने धारणा छ । सरकारले पनि यसलाई प्राथमकताका साथ काम पनि गरिरहेको छ । यो एक्स्पोमो उद्घाटन नै अर्थमन्त्रील गर्नुभयो । वातावरणमन्त्री हिजो मात्रै अवलोकनमा आउनु भयो । यसले पनि सरकारले विद्युतीय सवारी साधनलाई धेरै प्राथमिकतामा राखेको छ भन्ने बुझिन्छ । सरकार र अन्य क्षेत्रबाट पनि हामीलाई राम्रो साथ मिलेको छ । नेपालमा विद्युतीय गाडीको प्रयोग बढाउनका लागि सरकारले के गर्न आवश्यक छ ? सरकारले अझै विद्युतीय सवारी साधनमा प्राथमिकता दिनु पर्ने आवश्यकता छ । नीति बनाउँदा दीर्घकालिन नीति बनाउनु पर्छ । अझै ५÷७ वर्ष इभीको ड्युटी कम गर्नु पर्छ । सहज नीतिगत व्यवस्था गरेर काम गर्न सकिन्छ । तब मात्रै हामीले लिएका नीतिहरुले सार्थकता पाउँछन् । इभीलाई अगाडि बढाउन सकिन्छ । नेपालमा विद्युतीय सवारी सञ्चालन गर्न सहज छ । अझ उत्पादनमा समेत सहज रहेको छ । उत्पादन गर्ने भए त्यही अनुसारको सहुलियत दिएर नीति सरकारले बनाउनु प¥यो । भारत, चीन लगायतका देशमा विद्युत सवारी साधन उत्पादकलाई सहुलियत दिएका छन् । त्यो खालको नीति नेपालले पनि बनाओस् । अब इभीको बजार आइसकेपछि पेट्रोलियम पदार्थका सवारी बिक्री गर्ने कम्पनी त टाट पल्टिने भए नी ? त्यस्तो हुँदैन । समयले नै स्वतः कन्र्भट गर्छ । अहिले जुन–जुनको पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन छ, उहाँहरुले ईभी पनि बिक्री गर्नु हुन्छ । अझै उहाँहरु बजार विस्तारमा लाग्नु भएको छ । हामीले यसलाई बिस्तारै परिर्वतन गर्नुपर्छ । यसमा अटो व्यवसायीहरु पनि सकारात्मक छौं । नेपालको लागि विद्युतीय सवारी साधन अति–आवश्यक हो । भिडियाे हेर्न यहाँ क्लिक गर्नुस्   

‘दशैं तिहारमा विभागले वाचडगको रुपमा काम गर्छ, गलत गर्नेलाई तत्काल कारवाही हुन्छ’

सहसचिव महेश भट्टराई केही दिन अगाडि मात्रै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक बनेका छन् । मन्त्रिपरिषद् बैठकले भट्टराईलाई महानिर्देशक बनेसँगै अब उनी माथि बजार अनुगमनको जिम्मेवारी आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अघि भट्टराईलाई अर्थ मन्त्रालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका थिए । भट्टराई यसअघि अर्थमन्त्रालय मातहतको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख थिए । चाडपर्व नजिकिएसँगै बजारमा अनुगमन तीव्रता देखाउनु पर्ने भएपनि विभागले खासै चासो नदेखाएको गुनासो पनि सर्वसाधारणबाट आइरहेको छ । बजार अनुगमनको विषयमा महानिर्देशक भट्टराईसँग विकासन्युजका लागि नारायण अर्यालले गरेको कुराकानी गरेका छन् । तपाईं विभागको नेतृत्वमा आउनुभएको छ, विभागलाई कसरी हाँक्ने योजना बनाउनु भएकाे छ ? म भर्खरै नेतृत्वमा आएको छु । विभागमा लामो समयदेखि काम गर्दै आएका साथीहरु हुनुहुन्छ । मन्त्रालयसँग समन्वय गरेर अन्य सम्बन्धित निकायहरुसँग समन्वय गर्दै कामलाई अगाडि बढाउनुपर्ने हुन्छ । सबै पक्षको आइडिया लिएर अगाडि बढ्नुपर्ने हुन्छ । खुसीको कुरा यो विभागकै रिफर्म गरेर अगाडि बढ्ने विषयमा बनेको रिपोर्ट म पदस्थापना भएकै दिन आएको छ । त्यसैले त्यसमा नै टेकेर सबै पक्षबाट प्राप्त हुने पृष्ठपोषणका आधारमा अगाडि बढ्छु । सधैंको दशैंमा विभागले बजारको अनुगमन गर्छ, जुन परम्परा नै बनेको छ । यसपटकको अभियान कहिलेबाट कसरी शुरु गर्दै हुनुहुन्छ ? बजार अनुगमन भनेको विभागको नियमित काम हो । त्यसैले हामी वर्षभरी नै ‘अनकल’ अवस्थामा बस्नैपर्छ । विभागले नियमित रुपमा गर्नुपर्ने अनुगमनको काम पनि गर्दै आएको छ । चाडपर्वको समयमा उपभोक्ताहरुमा वस्तुको माग र आम्दानी दुबै बढ्छ । यसले गर्दा बजारमा बिक्री पनि स्वभाविक रुपमा बढ्छ । यस्तो अवस्थामा म्याद गुज्रेका, अखाद्य वा पुराना वस्तुहरुलाई पनि लुकाइछिपाई गरेर बेच्ने प्रवल सम्भावना रहन्छ । यस्तो अवस्थामा जब माग उच्च हुन जान्छ, मूल्यलाई पनि बढाउने सम्भावना उच्च हुन्छ । त्यसैले नियामक निकायले यस्तो अवस्थामा मूल्य, वस्तु र गुणस्तरको नियन्त्रणको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । अर्थात् चाडबाडको समयमा अभै धेरै बल लगाएर काम गर्नुपर्ने हुन्छ । यो नियमित परम्परा पनि हो र आवश्यकता पनि हो । चाडबाडको सन्दर्भसँग जोडेर गरिने अनुगमनका लागि असोज २ गतेबाट विभागले ५ वटा विभिन्न निकायसँग मिलेर फिल्डमा गएको अवस्था छ । झट्ट हेर्दाखेरी अहिले गरिएको चाडपर्व अनुगमन नै हो । तर, हामीहरुले अब यसलाई सम्बन्धित सबै निकायहरुसँग समन्वय गरेर नियमित रुपमा अगाडि बढाउने उद्देश्य पनि तय गरेका छौं । यसपटकको चाडपर्व लक्षित अनुगमनमा नयाँ विशेषता के छन् ? चाडपर्व लक्षित गरेर अगाडि बढाइएको अनुगमनमा अहिले विभाग एक्लै अगाडि बढेको छैन। बजार अनुगमनमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभाग, नापतौल तथा गुणस्तर विभाग, पशु सेवा विभाग र औषधी व्यवस्था विभाग पनि सँगै रहनेछन् । अनुगमनको क्रममा सबै विषयको विज्ञता हामीसँग हुँदैन । विभाग आँफैमा नन–टेक्निकल कर्मचारीहरुले सञ्चालन गर्ने कार्यालय हो । हामीले बजारका धेरै विषयहरुलाई हेर्नुपर्ने तर हामीसँग प्राविधिक जनशक्ति हुँदैन । कुनै मासु पसलमा गएर अनुगमन गर्दा मासु गन्हाएको पाएमा हामीले खान अयोग्य छ भनेर भन्न सक्छौं, तर त्यसलाई खान अयोग्य हो भनेर सर्टिफाइड गर्न नेपाल सरकारको प्रशासन शाखाको अधिकृतले सक्दैन । त्यसको लागि माछामासुकै विज्ञले गर्नुपर्छ । त्यसले गर्दा अहिलेको अनुगमनले विगतको तुलनामा नतिजा दिन्छ भन्ने हामीलाई लागेको छ । अहिलेको अनुगमनमा हामीले उपभोक्ता हकहितसँग सम्बन्धित विभिन्न निकायलाई वाचडगको रुपमा बस्न आग्रह गरेका छौं । बजारमा जुत्ता तथा कपडाका सामानहरुमा नक्कलीको बिगबिगी बढेकाे सुनिन्छऽ विभागले यो विषयलाई कसरी हेर्छ ? बजारमा नक्कलीलाई सक्कली भन्ने, अन्डर इन्भ्वाइसिङ गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरण गर्ने लगायत विभिन्न विषयहरु रहेका छन् । अन्डर इन्भ्वाइसिङको विषयमा अनुगमन गर्दा आन्तरिक राजस्व विभागको टिमसँगै हिँड्नुपर्ने देखिन्छ । कुनै स्थापित ब्राण्डको जुक्ता सस्तोमा पाएमा मख्ख परेर किन्ने बानी छ हाम्रो । हामीले सुनेको के छ भने चाइनाबाट जुन ब्राण्डको भन्यो त्यही ब्राण्डको छापेर आउँछ । हामीले बजारमा नक्कली वस्तुको नियन्त्रण गर्नको लागि ती वस्तुको आयात पनि रोक्न पर्ने हुन्छ । त्यसको लागि भञ्सारमा सक्कली लोगोकै भ्यालुएसन गरेपछि स्वतः त्यसलाई निरुत्साहित गर्न सकिन्छ । यसमा मेरो अनुभव के छ भने म त्रिभुवन विमानस्थलनमा काम गर्ने क्रममा कुनै एकजना इम्पोर्टरले एप्पलको लोगो टाँसेको नक्कली एयरबड लिएर आयो । हामीले त्यो एयरबडमा सक्कली एयरबर्डकै कर लगाइदियौं, त्यसपछि त्यो प्रकारले एयरबड ल्याएको देखिएन । बजारमा प्रभावकारी रुपमा अनुगमन गर्नका लागि सबै सम्बन्धित पक्षसँग पनि सहकार्य गरेर सँयुक्त रुपमा अगाडि बढ्नुपर्छ । त्यसो गर्दाखेरी मात्रै हामीले अपेक्षित नतिजा हासिल गर्नसक्छौं । ‘जागरुक उपभोक्ता जिम्मेवार उपभोक्ता’ भन्ने नारामा विभागले शुरु गर्ने भनेको उपभोक्ता हित संरक्षण अभियान अहिले कहाँ पुगेको छ ? बजारलाई व्यवस्थित बनाउनको लागि एउटा पक्ष मात्रै नभएर उपभोक्ता र बिक्री गर्ने निकाय जिम्मेवार हुनुपर्ने, नियामक निकायले सहि ढंगले नियमन गर्नुपर्ने, मिडियाहरुले वाचडगको रुपमा पनि काम गर्नुपर्ने र असल व्यवसायीहरुलाई प्रवद्र्धन गर्नुपर्ने लगायत सबै पक्षका आ–आफ्ना भूमिकाहरु रहेका हुन्छन् । सबै उपभोक्ताहरु व्यवसायी होइनन् तर सबै व्यवसायीहरु उपभोक्ता हुन् । बजारमा सचेतना ल्याउनका लागि प्रयोग गरिने विभिन्न उपायहरुमध्ये अगाडि बढाइएको यो एकप्रकारको सचेतना क्याम्पिङ हो । यस अन्तर्गत विभागको तर्फबाट डिजिटल पर्चा निर्माण गरेर ७७ वटा जिल्ला प्रशासन कार्यालय, ७५३ वटा पालिका र विभागको क्षेत्रीय कार्यालयमा पठाएका छौं । साथै मिडियामा पनि पठाएका छौं । विभागको दैनिक अनुगमनले बजार तथा व्यवसाय धेरै नै अपारदर्शी रुपमा रहेको छ भन्ने देखाएको छ । बजार तथा व्यवसायलाई अपडेट गर्नको लागि विभागको जनशक्ति कमि भएको हो ? यो सन्दर्भमा पहिलो विषय, विभागले आँफै फिल्डमा उत्रिएर अनुगमन गर्ने काम गर्नु हुँदैन । विभागले उदाहरणको रुपमा केही अनुगमन तथा परीक्षण गर्ने बाहेक अनुगमन गर्ने परम्परालाई रिभिजन गर्नैपर्छ । दोस्रो विषय भनेको अहिले सबैभन्दा फ्रन्टमा बसेर अनुगमन गर्ने भनेको स्थानीय तहले हो । ७५३ वटै स्थानीय तहलाई ‘स्थानीय सरकार सञ्चालन ऐन्, २०७४’ ले बजार अनुगमन गर्ने म्यान्डेड दिएको छ । अब स्थानीय तहहरुले आफ्नो संवैधानिक अधिकारलाई लिएर हामी बजार अनुगमन गर्नको लागि तयार छौं भनेर भन्नुपर्यो । त्यसको लागि जनप्रतिनिधिहरु खरो रुपमा उत्रिन आवश्यक छ । स्थानीय तहहरुले बजार अनुगमनको विषयलाई अगाडि बढाइसकेपछि विभागले राष्ट्रिय स्तरको नीति निर्माण गर्ने, निर्देशन गर्ने, राष्ट्रिय रुपमा एकरुपता कायम गर्ने र समन्वय गर्ने काममा केन्द्रीत हुन्छ । त्यो सेक्टरमा आगामी दिनमा हामी केन्द्रीत हुन्छौं । त्यसैले ७५३ वटा पालिका र ७७ वटा जिल्ला प्रशासन कार्यालय फ्रन्टलाइनमा बसेर अनुगमन गर्ने निकाय हुन् । अहिले विभागले उदाहरणको रुपमा केन्द्रमा अनुगमन गर्छ । यसको प्रभाव जिल्लासम्म पर्न जान्छ ।

भारी मतान्तरले विजयी हुन्छु, अबको राजनीति उद्यमशिलतासहितको हुनु पर्छ : हरि ढकाल

नेपाली सेयर बजारमा परिचित नाम हो हरि ढकाल । सेयर लगानीकर्ताका रुपले परिचित ढकाल आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको चुनावका लागि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरिरहेका छन् । उनले चितवन क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । अहिले उनी चुनावी तयारीमै व्यस्त छन् । देशभर स्वतन्त्र उम्मेदवारको लहर चलिरहेको बेला ढकाल पनि चुनावी क्षेत्र नं. १ बाट विजयी हुने उद्धेश्यका साथ तयारी गरिरहेका छन् । नेपाली पुँजी बजारको सुधारका लागि पनि लामो समयदेखि संघर्ष गर्दै आएका ढकाल अर्थतन्त्रका केही महत्वपूर्ण एजेण्डाहरु लिएर चुनावमा भाग लिँदैछन् । उनै ढकालसँग उनको उम्मेदवारी, नेपाली राजनीतिमा स्वतन्त्र उम्मेवारको महत्व र उनको चुनावी तयारीको विषयमा कुराकानी गरेका छौं । तपाई व्यावसायीक पृष्ठभूमिको मान्छे राजनीतिक उन्मुख हुनुहुँदैछ, अब नयाँ मान्छेसँग आफ्नो परिचय दिँदा कसरी दिनुहुन्छ ? मेरो सामान्य परिचय चितवन रत्ननगर-१५ को ज्योतिषी ढकालको नाती, दुर्गानाथ ढकालको छोरा हुँ । तर, मैले नयाँ साथीहरुलाई मेरा एजेण्डाहरुबाट चिनाउने गरेको छु । किनभने मैले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएको छु । चितवन क्षेत्र नम्बर १ मा निर्वाचित हुनका लागि मेरो योजना र भिजनहरु देखाएर चिनाउँछु । किनकी मेरा एजेण्डाका मार्फत् राजनीतिमा आएको हुँ । पछिल्लो समय ४० दिन चितवनमा बस्दा नयाँ साथीहरुलाई जसले मलाई चिन्नु हुन्थेन, मैले मेरो एजेण्डाका मार्फत उहाँहरुलाई चिनाएँ । तपाईंले स्तवत्तबाट उम्मेदवारी दिने तयारी गर्नु भएको छ, अखिल र एमालेसँग नजिक भएर गरेको राजनीति किन त्याग्नु भयो ? मैले ४÷५ वर्षदेखि पार्टीको सदस्यता नवीकरण गरेको छैन । मैले आस्था राखेको पार्टीमा यो बीचमा विभिन्न घटनाक्रमहरु भएका छन् । जुन समयमा मैले पार्टीमा आस्था राख्थे ठीकठाक भएको छैन । राजनीतिक पार्टीहरु सैद्धान्तिक रुपमा बहस गर्न, घोषणा पत्र र एजेण्डा दिन अब्बल छन् । पार्टीका नेताहरुको अभिव्यक्तिहरु पनि अब्बल छन् । तर, सिद्धान्त अनुसार पार्टी चल्न सकेका छैनन् । सबै राजनीतिक पार्टीहरु जनताको तहमा पुग्न सकेनन् । जनतामा पुग्नु पर्ने भएपनि त्यो लेभलमा नेपालका पार्टीहरु कहिले पुग्छन् ? थाहाँ छैन । आम पब्लिकले पनि राजनीति गर्नेहरु कमाउने उद्देश्य राखेर अबको राजनीति गर्दैछ भनिरहेका हुन्छन् । सांसद, मन्त्री लगायतको पदको दुरुपयोग गर्नका लागि राजनीति गरिरहेका छन् । आफ्नो परिवारको फाइदाका लागि काम गर्न राजनीति गरिरहेका छन् । स्वार्थ बाझिने, नीतिगत भ्रष्ट्राचार अहिलेका नेतृत्वले गरिरहेका छन् । म पूर्ण रुपमा व्यावसायमा लागेको ब्यक्ति हो । मैले व्यवसाय गरिरहँदा पारदर्शी छ । बिक्री गर्याे भने क्यापिटल गेनबाट साढे ७ प्रतिशत राज्यले कर काटेर लैजान्छ । खरिद गर्याे भने सिस्टमबाट नै सबै काम हुन्छ । अबको राजनीति उद्यमशिलता सहितको राजनीति हुनुपर्छ । उद्यमशिलता सहितको राजनीतिले एउटा युवालाई एउटा घेरामा राख्दैन । उद्यमशिलताबाट आएको राजनीतिज्ञले विवेक प्रयोग गर्छ तर स्पोन्सरसिपबाट आएको राजनीतिज्ञले अरुको इन्ट्रेस्टमा काम गर्छ । उसले विवेक प्रयोग गर्न सक्दैन । उसको आफ्नो विवेकले काम गर्न समाथ्र्य पुग्दैन । राजनीतिलाई विशुद्ध समाज सेवाका रुपमा लैजानु पर्छ भन्ने विचारधारा राख्नेलाई ब्यापारी राजनीति गर्न आयो भनेर आलोचना पनि गर्छन् नी ? वि.स २०४६ सालदेखि राजनीति विशुद्धसमाज सेवा हो भनेर राजनीति गर्नेहरुको ब्यवहार पनि देखिरहेका छौं । सबैलाई थाहा नै छ, विगतको राजीतिज्ञले केकस्ता गतिविधि गरेर भनेर । सबै पार्टीभित्र राजनीति विशुद्ध समाज सेवा हो भनेर राजनीति गर्नेहरु हजारौंको संख्यामा हुनुहुन्छ । सबैले अवसर पाएका छैनन् । अवसर पाएको बेला उनीहरुले गलत रुपमा प्रयोग गरे । तर, सबैलाई एउटै फेबर बाट हेर्नु हुन्न । २०४६ सालदेखि २०७९ सालसम्मको राजनीति समाजले हेरेको छ । हिजोको समाज र आजको समाज फरक छ । व्यावसायिक क्षेत्रबाट नेतृत्व गरेर सांसद वा मन्त्रीमा पुगेका ब्यक्तिले राम्रो सन्देश दिन सकेनन्, उहाँहरुले ब्यवहारिक रुपान्तरणमा विकासको एउटा नयाँ ट्र्याक खोल्न भूमिका खेलेको देखिएन नी, यसलाई तपाईंले कसरी लिनुहुन्छ ? यो विषयमा म मात्रै होइन हाम्रो समूहले नै घनिभूत रुपमा बहस गरेका छौं । विनोद चौधरी, राजेन्द्र खेतान, मोतीलाल दुगड जस्ता ठूलो ब्यापारी होइन । सानो भुँईबाट आएको ब्यक्ति हो । भुँईबाट आउदाखेरि मसँग एउटा कुरा थियो, यहाँ भित्रको विसंगतिका विरुद्धमा काम गरे । विनोद चौधरी, राजेन्द्र खेतान, मोतीलाल दुगडको व्यावसायीक पृष्ठभूमि वा आर्थिक नेटवर्कसँग मेरो तुलना नै गर्न मिल्दैन । त्यो पृष्ठभूमिको म होइन । मेरो सामान्य कपडाको ब्यापार, सामान्य क्याफे सञ्चालन, सामान्य रुपमा आईपीओ भरेको, सामान्य पैतृक सम्पत्तिलाई सेयर बजारमा जोडेको मात्रै हो । उहाँहरु राजनीतिक दलमा आवद्ध भएर आउनु भएको हो । त्यो राजनीतिक दलहरु भित्रको गोलचक्करमा पर्नु भयो की, उहाँहरुले राजनीतिक दलमा राम्रो प्रस्तुति दिन सक्नु भएन की ? राजनीतिक दलहरु भित्र गुट, उपगुट लगायत अनेक हुन्छन् । त्यो गोलचक्करमा परेर उहाँहरुले प्रस्तुती दिन नसक्नु भएको हो की ? उहाँहरु सबै अग्रज हुनुहुन्छ । उहाँहरुले यो अन्तर्वार्ता हेर्ने हो भने मेरो विश्लेषण ठिकै पो होकी भन्नुहुन्छ । तर, आजका राजनीतिक दलहरु युवाहरुले नेतृत्व गरेका छन् । नयाँ दलहरु बन्दैछन् । त्यहाँ यस्तो प्रकारको राजनीति भइरहेको छैन । तपाईं प्रतिनिधिसभाको लागि निर्वाचनमा भाग लिँदै हुनुहुन्छ, किन ? नीतिगत भ्रष्ट्राचारको अन्त्य गर्न । जतिपनि कानुनहरु बनेका छन्, ती कानुनहरु फितलो भएका छन् । यी कानुनहरु संशोधन हुनुपर्छ भनेर घनिभूत रुपमा बहस भएको छ । कानुन संशोधन गरेर कडा कानुन ल्याउनपर्छ । भ्रष्ट्राचारको अन्त्य गर्न धेरै बहस भएतर आम जनसमुदायले कसरी भ्रष्ट्राचार हुन्छ भनेरै बुझेका छैनन् । उहाँहरुले भ्रष्टाचार भयो भन्ने मात्रै सुन्नु भएको छ । यहाँ ठूलो मात्रामा नीतिगत भ्रष्ट्राचार हुने गरेको छ । ‘र’ मा भ्रष्टाचार, ‘तर’ मा भ्रष्टाचार, ‘क’ मा भ्रष्टाचार, ‘पनि’ मा भ्रष्टाचार हुने गरेको छ । यसको लाभ लिने ठूलो समूह छ । यसलाई अभियानको रुपमा संसदामा सञ्चालन गर्नु पर्ने हुन्छ । नीति तथा कार्यक्रम तय हुँदाखेरि विकास पनि सँगै जोडिन्छ । तर, हामी कति धेरै पछाडि परेका छौं भन्ने सबै कुरा छर्लङ्ग नै छ । हामी दीगो विकास र पर्यावरणसहितको विकासका नीतिहरु प्रस्तुत गर्नका लागि उपस्थित हुँदैछौं । जस्तै, एउटा राम्रो पिपलको रुख छ । पिपलले शितल दिइरहेको छ । तर, त्यहि पिपलको रुखमा डोजर चलेर ढाल्दै गर्दा हेर्ने जनता पनि छन् । त्यो पिपलको रुख ढाल्नु हुँदैन भनेर आवाज उठाउने पनि छन् । बाटोलाई अलिकति अन्तबाट लगेर पिपलको रुख जोगाउनुपर्छ भन्ने खालको विकास हामी गर्नेछौं । अलिकति इन्जिनियरिङ्ग र क्रस गरेर लैजाँदा दुइवटा रुख बच्छन् । यो खालको विकास आजको दिनमा आवश्यक छ । तर, यस्तो अवस्था यहाँ छैन । पहाडि राजमार्गहरु बन्दाखेरि डोजरले बनाएको क्षति, डोजरले कोतरेका भित्ताहरु धेरै छन् । प्लेनबाट तल जमिनमा हेर्दा के चलिरहेको छ भनेर सोच्न गर्छु । यो धर्ती, नेपाल, मेरो क्षेत्र नम्बर १ चितवन मेरो जीवन कालका लागि मात्रै हो ? सन्ततीका लागि होइन ? सन्ततिका लागि होला नी त । सन्ततिका लागि हो भने त सबैभन्दा पहिला धर्ती जोगाउन पर्छ होला नी । यसका लागि मैले हरित चितवन, सुन्दर पूर्वी चितवनको नारा लिएको छु । सार्वजनिक जग्गामा जतिपनि खाली ठाउँहरु छ, त्यसमा फलफूलका रुख रोप्ने योजना छ । हामीले फलफूलका रुखहरु रोप्ने अभियान नीतिगत रुपमा नै बनाउँछौं । हामीसँग चितवनमा धेरै जग्गा छ ।त्यसमा फलफूलका रुखहरु विपत्तै रोप्यौं भने ४ वर्ष पछि फल दिन थाल्छ । रुख पनि भयो फल पनि भयो । यो खालको अवधारणा अहिले आएको छैन । हामी यसप्रकारको विकासका मोडल लिएर आएका छौं । आर्थिक समुन्नतिका पाटो, युवा रोजगारी, बैदेशिक रोजगार र रेमिट्यान्समाभएको मनोभाव तल्लो तहमा चिर्नुपर्ने छ । विदेश केही पनि होइन । त्यहाँ दुख पनि हुन सक्छ है भनेर त्यहाँको आकर्षणलाई छेक्नु पर्नेछ । उहाँहरुलाई विदेश जानबाट रोक्ने मात्रै नभएर यहाँ अवसर पनि दिलाउनु पर्नेछ । अहिलेको राजनीतिक पार्टीहरुले अवसर दिलाउनका लागि अहिले केही पनि गरेका छैनन् । मेरो क्षेत्रमा ४२ वटा वडाहरु छन् । प्रत्येक वडामा कृषि प्रवद्र्धन केन्द्र बनाउने योजना अघि सारेको छु । पहिलो चरणमा कृषकलाई मेशिनरी औजार मात्रै दिए हुन्छ ।दुईंवटा ट्याक्टर, थ्रेसर लगायतका प्राविधिक मेशिन खरिद गर्न धेरै बजेट पनि आवश्यक पर्दैन । जनताले इन्धन भरेको आधारमा त्यो प्रविधि प्रयोग गर्न पायो भने लागत घट्छ । तब कृषिमा आकर्षण बढ्छ । अनि विदेश जाने युवाहरुको संख्या पनि घट्छ । यस विषयमा मैले पूर्वी चितवनका कृषकहरुसँग छलफल पनि गरेको छु । यस्तै, पूर्वी चितवनका माछा व्यवसायहरुका समस्या छन् । अनुदान कहाँबाट कसलाई जान्छ त्यो थाहा छैन । तर अनुदान पनि सरकारले दिइरहेको हुन्छ । कृषको नाममा आएको अनुदान खाने नीति पनि अन्त्य गर्नुपर्ने छ । संसदमा बजेटको बहस हुन्छ, कोरम पुग्दैन । संसदमा नीति तथा कार्यक्रमको बहस हुन्छ, कोरम पुग्दैन । बिल बजेटका कुरा हुन्छन् बल्लबल्ल कोरम पुग्यो भनेर संसद चलिरहेको हुन्छ तर संसद भवन खाली हुन्छ । संसदिय मर्यादा, संसदीय गरिमा, लोकतन्त्र, प्रजातन्त्र संसदको परिभाषा उहाँहरुले दिनु हुन्छ । तर, यदि म भोलिका दिनमा संसदमा उपस्थित हुन सकिन भने कारण सहित सर्वसाधारणलाई जानकारी दिन्छु । के कारण उपस्थित हुन सकिन सबै जानकारी दिन्छु । पाँच बर्षको कार्यकालमा सधैं संसदमा उपस्थित हुन नसकेपनि अघिल्लो दिन कारण लेख्ने छु ।सबै भन्दा बढी जोड नीति निर्माण गर्ने तह संसदमा भने कहिल्यै छुटाउने छैन । भवितव्यमा छुट्ला तर यो भवितब्य यो परेको छ भनेर जानकारी गराउने छु ।२०४६ सालदेखि अहिलेसम्मको संसदमा के चलिरहेको छ भनेर कसैलाई पनि जानकारी हुँदैन । तपाईंले निर्वाचन क्षेत्र नम्बर १ नै किन रोज्नु भयो ? मेरो पुस्ता चितवनमा हुनुहुन्छ । मेरो हजुरबुबा र बुबाले चितवनको माटो बसायो । उहाँहरुलाई जस्तै मलाई पनि चितवनको माटोको बास्ना थाहा छ । मेरो बच्चाबच्चीलाई पनि चितवनको माटो थाहा छ । मैले हिजो केही अवसर पाउँदा वा कुनै संगठनमा हुँदासामाजिक रुपमा राम्रो प्रस्तुती गरेको थिए । मेरा विद्यार्थी लगायतका साथीहरुलाई यी कुरा सबै थाहा छ । त्यो क्षेत्रमा साथीभाइहरुले अवसर दिँदा मैले राम्रोसँग निभाउँथे ।सामाजिक रुपमा जोडिँदा आस्तिक भएर हिजोका दिन च्यारिटी कमाएको दाइने हातले दिएको देब्रे हातले थाहा नहास भन्ने मेरो धारणाले गर्दा होइन । मैले अलिअलि कमाएको बेलामा च्यारिटीका कुराहरु अन्त पनि गरेको थिए । तर मेरो समुदायमा थोरै च्यारिटी गर्नुपर्छ भन्ने अवधारणा मात्रै हो । तपाईं ब्यक्तिगत रुपमा स्वतन्त्र उम्मेदवार हो वा स्वतन्त्र पार्टीको प्रतिनिधित्व गर्ने उम्मेदवार हो ? म कुनै पनि पार्टीमा संलग्न छैन । अहिलेसम्म स्वतन्त्र रुपमा प्रस्तुत हुँदै आएको छु । तर, कसरी जाने भनेर यो बीचमा रबी लामिछाने जीसँग टचमा बसेको छु । भूगोल भनेको जस्तै उपयुक्त छ । रबी जीहरुले पनि स्वतन्त्र रुपमा समर्थन गर्नुभएको छ । तर, स्वतन्त्र रुपमा प्रस्तुत हुँदा निर्वाचन आयोगले छोटो समयअवधिमा निर्वाचन चिन्ह प्रदान गर्छ । फेरि यो स्थानीय तहको निर्वाचन जस्तो पनि होइन । मेरो निर्वाचन क्षेत्रमा ३ वटा नगरपालिका र ४२ वटा वडा छन् । यसले तपाईलाई ठूलो समस्या बन्दा तपाईको सपना पुरा होला र ?भनेर भन्नु भयो । आफूलाई पनि रियलाइज भयो, स्थानीय निकायको चुनावमा स्वतन्त्र उम्मेदवारको चुनावचिन्ह बुझाउन पनि गाह्रो हुन्छ भनेर । आम मतदातासबैलाई गाह्रो पनि हुन्छ । स्वतन्त्र चिन्हको सन्दर्भमा मैले महानगरपालिकाको चुनाव नजिकबाट नियालेको थिए । बालेन जीको अभियानमा सँगै थिए । बालेन जीको भोट धेरै बदर पनि भयो । यो चुनौती मसँग छ । राष्ट्रिय स्वतन्त्र पार्टीमा गोलबद्ध युवा साथीहरु हुनुहुन्छ । उहाँहरुले एठाएका एजेण्डा र मैले उठाएका एजेण्डासमान रहेका छन् । मैले क्षेत्रगत सांसदकोपार्टी अफिस हुनु पर्छ भनेर रबी जीहरुसँग बहस गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको एजेण्डा यो पनि छ भन्नु भयो । म वडा स्तरमा कृषि केन्द्र स्थापना गर्छु भन्दा उहाँहरुले पनि त्यहि एजेण्डा बोक्नु भएको छ । सर्वसाधारणमा राजनीतिक दलहरुप्रति असन्तुष्टि छ, पछिल्लो समय बालेन्द्र शाह, हर्क साम्पाङ जस्ता ब्यक्तिप्रति सर्वसाधारणको विश्वास बढ्दो छ, स्वतन्त्र उम्मेदवारलाई राजनीतिक दलको विकल्पको रुपमा मतदान गर्ने मतदाताहरु छन्, त्यस आधारमातपाई पनि एउटा पार्टीमा आवद्ध हुनु भयो, त्यो दलिय असन्तुष्टिले कति प्रभाव पार्छ ? भारतमा वैकल्पिक शक्तिका रुपमा दिल्लीबाट जन्मेको हो । दिल्लीबाट शुरु भएको आमआद्मी पार्टीले पञ्जाबमा सरकार बनाइ सकेको छ । बैकल्पिक शक्ति भनेर घनिभूत रुपमा खोजेका छन् । बैकल्पिक शक्ति जुन युवाहरुको शक्ति होस् । जोसँगकाम गर्न सक्ने शक्ति होस् । काठमाडौं महानगरमा पनि यो उदाहरण देखिसकेका छौं । अघिल्लो राजनीतिक दलहरुले काम गर्न नसकेर बैकल्पिक शक्ति समाजले खोज्छ भन्ने । म राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भइसकेपछि मलाई त्यो छुट छैन । बाबुराम भट्टराई, रबिन्द्र मिश्र लगायतका थुप्रै पार्टी बैकल्पिक शक्ति भनेर संसदमा छिरे । अर्काेतर्फ देशमा २ वटा पार्टी मात्रै चाहिन्छ भनेर आवाज छ, यी विषयलाई तपार्इंले किन अवज्ञा गर्नु भयो ? युवाहरुको जुन टीम बनिरहेको छ, उहाँहरु उत्साहित हुनुहुन्छ । उहाँहरुको स्वतन्त्र रुपमा प्रस्तुती दिइरहेका छन् र भइरहेका छन् । यसले केही न केही नयाँ युवा शक्तिको रुपमा आउँछ भन्ने पुर्वानुमान पनि गर्न सकिन्छ । हर्क साम्पाङ र बालेन शाहले ल्याएको ह्वीम मात्रै होकी दीर्घकालसम्म रहन्छ ? के युवाहरुले हतियार बोकेर हिडेका छन् ? चुनावमा कुनै ब्यक्ति स्वतन्त्र रुपमा उम्मेदवारी दिएका मात्रै हुन् । यस्तै, कुनै पार्टीले स्वतन्त्र युवाहरुलाई समेटेको पनि छ । युवाले कुनै ठाउँमा आतंक श्रृजना गरेको, कहीँ कतै चक्का जाम गरेको, आन्दोलनका नाममा बेथिती मच्चाएको छ र ? यो मुभमेन्टलाई राजनीतिक पार्टीहरुले सकारात्मक रुपमा किन लिन सकिरहेको छैनन् । मलाइ त अचम्म लाग्छ । हर्क साम्पाङ र बालेन शाहले स्वतन्त्र रुपमा जितेर आएको उत्साह होला त्यसमा के बिग्रिएको छ त ? अहिलेका नेतृत्वलाई आजिवन भोट हाल्नु पर्ने होर ? होइन होलानी त । अहिले एउटा मतदाताउम्मेदवार बनेको मात्रै हो । नयाँ केही पनि भएको छैन । यहाँ त सधैं नेता उम्मेदवार भइरहेका छन् । भिजन, इच्छाशक्ति, योजना र अवधारणासहित युवा आउँछन् भने राजनीतिक पार्टीले हामीलाई युवाहरुले रिटायरमेन्ट दिने भए, हामी २० औं वर्षसम्म सांसद भएका छौं । पार्टीको गुटमा हिड्नु परेको दिक्दारी वा पार्टीको पछि दौडिनु परेको छ ।दिनरात पार्टी राजनीति भनेको छ । अहिलेका नेतृत्वहरुले अब हामी थाक्यौ यसपल्टबाट हामीले भारि बिसाउन पायौं, गर युवाहरु भन्न सक्नुपर्छ । सबैभन्दा ठूलो विजनेश त राजनीति रैछ भन्ने भावबाट आइरहनु भएको छ की राजनीतिज्ञहरुले गलत काम गरे, त्यसलाई सच्याउँछौं, विकासको नाममा व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन, हामी चाहि जनजीविका परिवर्तन गर्छाै भन्ने उद्देश्य सहित तपाइहरुले मूभमेन्ट बढाउनु भएको हो ? सामान्यरुपमा मान्छेलाई सबैभन्दा राम्रो शब्द ‘म’ हो । सबैले म स्वार्थी छैन, म इमानको छु, म समाजलाई केही गर्छु । यो चिजको प्रस्तुतीकरण एउटा मान्छेले कसरी गर्न सक्छ ? जति पनि युवा साथीहरु जोडिनु भएको छ, सबैभन्दा पहिला म रहित भएर आउनुपर्छ । तपाईंको चुनावी रणनीति के हुन ? मैले आजसम्म तय गरेका रणनीति सफल छन् । बाँकी केही रणनीतिहरु मैले एक शब्दमा भन्ने गरेको छु । चितवन क्षेत्र नम्बर १ मा स्ट्याण्डिङ् परिणाम आउँछ । चुनाव जित्नका लागि आधार के के छन् ? मैले जित्छु । एउटा युवाले युथ मूभमेन्ट भनेको छ । यसलाई युवा जागरण अभियान भनेको छ । यस अभियानमा सामेल हुन क्षेत्र नम्बर एकका हजारौं युवाहरु मसँग गोलबन्द हुनु भएको छ । दोस्रोमा मेरा एजेण्डाहरु सामान्य छन् । ठूला सपनाको गोलचक्करमा भुलाएर भ्रमित बनाउने एजेण्डा मेरा छैनन् । हरित चितवन, सुन्दर पूर्वी चितवन मेरो नारा हो ।सारा विश्वले नै हरितको कल्पना गरिरहेको हुँदा अब देश हरित हुन्छ । पूर्वी चितवनबासी आम जनताको काखमा हुर्किएको मान्छे हुँ । बुवा पनि त्यहि ठाउँमा हुर्किनु भएको हो । सबै उम्मेदवार स्थानीय नै हुन्छन् ? यसपटक हेर्ने हो भने राजनीतिक दलका नेतृत्वहरुले कहाँ जाने, के गर्ने, कुन ठाउँ ठिक होला, कहिले कता, कहिले कता सोचिरहेका छन् । तर मैले ठ्याक्कै क्षेत्र नम्बर एक नै रोजेको हो ।साथीहरुले मलाई काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । किनभने बालेनको क्याम्पेनमा हिड्दा क्षेत्र नम्बर २ को वडा नम्बर ३२ बाट राम्रो मत आएको थियो । स्टक मार्केट वा सेयर बजारमा धेरै जना साथीहरुले हार्दिकताका साथ काठमाडौंबाट उम्मेदवार बन्न जोड गरेका थिए । केही साथीहरुले चितवनमा सामाजिक सञ्जालको पहुँच कम होला भन्नु भएको थियो । धेरै साथीहरुले काठमाडौंबाट प्रस्ताव गर्दा पनि चितवन जानु भनेको मेरो जित शुनिश्चित बढी भएर हो । यस्तै, मेरा दाजुभाई, इष्टमित्र, साथीभाइ लगायत चितवनका युवा जमातले चितवनबाट नै उम्मेदवारी दिन जोड गरेका हुन् । कति भोटले जित्ने अपेक्षा गर्नु भएको छ ? मेरो बिचारमा एक लाख वरीपरि मत खस्छ । यसमा ५ हजार कमबढी पनि खस्न सक्छ । यी मतदाताले पक्कै पनि मलाई माया गर्नुहन्छ । म विजयी हुँदा मेरा प्रतिद्धन्दीहरुसँग झिनो मतले भने विजयी हुँदैन । मेरो मतान्तर ठूलो रहने अपेक्षा छ । तपाईंको क्याम्पेनमा कति मान्छेहरु आवद्ध भएका छन् ? मैले ४० दिन चितवन बिताउँदा हजारौंको संख्यामा युवाहरुले यसपल्ट भोट चेन्ज र चेन ब्रेक गर्ने भनेका छन् । राजनीतिमा लामो समयदेखि एउटा चेन चलिआएको छ । सधैं एउटै ब्यक्ति र पार्टीलाई दोहोर्याउँदै आएका छौं । तर, यसपटक पहिलादेखि चलिआएको यो चेनलाईब्रेक गर्नुपर्छ । तपाईंको बालेन शाह र रबी लामिछानेसँगको सम्वन्ध के हो ? उहाँहरुसँग एकदम हार्दिक सम्बन्ध हो । बालेनजीसँग उम्मेदवार बनेपछि कन्भिन्स भएँ । उहाँको क्याम्पेनमा संलग्न भएँ । उहाँलाई साथ दिनु पर्छ भनेर अघि सरेको हुँ । त्योभन्दा अगाडि सम्बन्ध छैन । स्टक मार्केटका शिवचन्द्र सहित हामीले बालेनलाई साथ दिएका हौं । रबी दाइसँग भने पहिलादेखि नै ब्यक्तिगत चिनजान हो । उहाँले स्टक मार्केटको हरी ढकाल भनेर पहिलादेखि नै चिन्नु हुन्थ्यो । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी निर्माण पछि ३ वटा बैठकहरु भएका छन् ।

माथिल्लो तहमा अर्बौंको भ्रष्टाचार हुन्छ, तल्लो तहका कर्मचारीमा तलबमै विभेद भयो : भोलानाथ पोख्रेल

चालु आर्थिक वर्षको बजेटमा गरिएको व्यवस्था विपरित उच्च तहका कर्मचारीको तलब वृद्धि गरिएपछि तल्लो तहका कर्मचारीहरुले बिदा बस्ने सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । कर्मचारीहरुको मागलाई सम्बोधन गर्ने र सार्वजनिक भएको नयाँ तलबमानलाई कार्यान्वयन नगर्ने विषय अर्थमन्त्री जनार्दन शर्माले बताइसकेका छन् । तर, सिंहदरबारमा तल्लाे तहका कर्मचारीहरु भने आन्दाेलित नै बनेका छन् । कर्मचारीकाे नयाँ तलबमान, आन्दाेलन गर्नुकाे कारण,  तल्लो तहका कर्मचारी माग लगायतका विषयमा विकासन्युजका नारायण अर्यालले निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कार्यबाहक अध्यक्ष भोलानाथ पोख्रेलसँग गरेको कुराकानीको सम्पादित अंश : उच्च तहका कर्मचारीको तलब वृद्धि गरिएपछि नायब सुब्बाहरु पनि आन्दोलनमा उत्रिए, यसलाई ट्रेड युनियनले कसरी लिएको छ ? नायब सुब्बाहरुको आन्दोलनमा हाम्रो समर्थन छ । उहाँहरुले आफ्ना जायज माग अगाडि बढाउनुभएको छ । प्रकृया गलत भएकाले ठिक ढंगले मुद्दा उठेको छ । युनियनले उहाँहरुको कुरालाई बुझेको छ । आधिकारिक ट्रेड युनियनले अर्थमन्त्रीसँग गएर छलफल गरेको गरिसकेको छ । हामीले सरकारसँग कुरा पनि गरेका छौं । अहिलेलाई बजेटभन्दा बाहिरबाट आएको तलबमान कार्यान्वयन नगर्ने कुरा भइसकेको छ । अहिले जारी गरिएको ऐन कार्यान्वयन नगर्ने भैसकेको अवस्था छ । तलबमानमा केही नमिलेको कुराहरुलाई मिलाउनु पर्नेछ । तल्लो तहबाट माथिल्लो तहमा जाने तलबमानको फरक मिलेको छैन । खरदार र सुब्बाको तलबको फरक १ सय रुपैयाँ पनि छैन । शाखा अधिकृत र सुब्बाको तलबमा १३/१४ हजारको फरक छ । यो विषयलाई रेसियो मिलाउँदा अलिकति ध्यान पुर्याउनु पर्ने हो । यो मिलाउनु पर्ने  हाे । मिलेको छैन । यसलाई मिलाएर लैजानुको विकल्प पनि छैन । रेसियो क्याल्कुलेसन गर्ने कुरामा बैज्ञानिक, सामयिक र न्यायोचित हुनु पर्यो । बजेटमा समावेश नै नगरिएको विषयलाई मन्त्रालयस्तरबाट निर्णय गरेर तलबको वृद्धि गर्न मिल्छ ? यो काम कानूनी हिसाबले भन्दापनि पूर्वाग्रही हिसाबले ल्याइएको हो । यो अवस्थामा निजामती प्रशासनलाई विभेद गर्ने, अराजकता सिर्जना गर्ने हिसाबले ल्याइएको थियो । विभेदकारी कुराहरु कसरी कानूनसम्मत हुन्छन ? हुँदैनन नी ? बजेटले हरेक श्रेणीका कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने भनेपछि सबैको १५ प्रतिशत हुनुपर्यो नी । कसैको २४ प्रतिशत कसैको १५ प्रतिशत र कसैको अझै तल हुन मिल्छ र ? अर्को अझ गम्भ‍ीर र अपराधिक काम के भएको छ भने समायोजन ऐन विपरित प्रदेशमा समायोजन भएर गएका सातौं तहका कर्मचारीहरुको तलब नै घटाउने काम भएको छ । यहाँ शाखा अधिकृत भन्दा समायोजन भएर गएका सातौं तहका अधिकृतको तलब अझ माथि हुन्छ । समायोजन भएर गएकाको एउटा तह वृद्धि भएको छ, अर्को तलब र ग्रेड वृद्धि भएको छ । हिजो यहाँ ३० हजार तलब खाने शाखा अधिकृतको तलब उहाँ ३३ हजार भएको थियो । अनि २ ग्रेड थपिएको थियो । अर्थमन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्रीको कार्यालय वा सिंहदरबारमा बस्ने कर्मचारीहरुले हामी सबै राजा हौं भन्ने मान्यताका साथ त्यो तलब बढाउने हो ? त्यो अर्थमन्त्रालयमा बस्ने मान्छेहरु पूर्वाग्राही छन् । त्यहाँ निर्णय प्रकृयामा सामेल भएका मान्छेहरु अयोग्य छन्, असक्षम छन् । परिस्थिति र कानून केही पनि नबुझिकन निजामती प्रशासनलाई भद्रगोल बनाउने दिशामा अगाडि बढाउनेगरी काम गरेका छन् । अर्थमन्त्रीलाई नै विवादमा ल्याइदिएनन ? त्यहाँको कर्मचारीहरुलाई के गर्ने भन्ने विषयमा एउटा निर्णय गर्नु पर्ने अवस्था छ । निजामती कर्मचारीहरुको समस्या तलबमा छ की सेवा सुविधाहरुसँग जोडिएको छ ? तलब रेसियो क्याल्कुलेसनमा विभेद छ । समस्या त्यहीँ छ । सेवा सुविधामा पनि विभेद छ । खाइपाई आएका सेवा सुविधा पनि कटौती गर्ने काम गरेका छन् । यो विषयको अन्त्य हुनु पर्यो नि । धेरै तलब बुझ्ने कर्मचारीहरुलाई पनि विभिन्न प्रकृतिका भ्रष्टाचारको आरोप तथा मुद्दा लगाइरहेको देखिन्छ । तलब वृद्धि गरेर नै कर्मचारीको प्रवृत्तिमा सुधार हुने त देखिँदैन नी । भ्रष्टाचार भनेको माथिबाट हुने हो, तलबाट हुँदैन । प्रधानमन्त्रीले भ्रष्टाचार नगरे कार्यालय सहयोगीले गर्दैन । त्यसले गर्दा नीतिगत भ्रष्टाचार गरेकाहरुलाई कारवाही नगरेसम्म हुँदैन । १० रुपैयाँ घुस खाएकालाई कुरा गर्नुहुन्छ तपाईं ? यहाँ अरबौं अरब खानेहरुको मतलब छैन । त्यसकारणले गर्दाखेरी भ्रष्टाचार नियन्त्रण भनेको माथिबाट गर्ने हो, तलबाट कहिल्यै हुँदैन । कर्मचारीहरुको पारिवारिक शिक्षा, स्वास्थ्य र आवास जस्ता विषयहरु सम्बोधन गर्ने कुराले बरु समस्याको दिगो समाधान गर्छ होला नी । तर, तपाईंहरुको यसतर्फ ध्यान गएको देखिँदैन । किन माग नगर्नु । म तपाईंलाई एउटा प्रतिवेदन हेर्न भन्छु । २०६६ सालमा एउटा कार्यदल बनेको थियो । हामीले ८४ बुँदा माग राखेका थियौं । निजामती कर्मचारीलाई छात्रवृत्ति, उपचार खर्च, अस्पताल बनाउनुपर्छ, आवास सुविधा, यातायात भत्ता, लगायतका कुरामा सहमति भएको थियो । सोही सहमतिका आधारमा निजामती अस्पताल बन्यो । कर्मचारीलाई छात्रवृत्ति दिने कुरा भयो । त्यसकै आधारमा कर्मचारीलाई अध्ययन विदा र पोशाक, लगायत लगायतका कुराहरु प्राप्त गरेका छौं । तलब वृद्धि भन्दापनि यस्तै खालका सुविधा दिनुपर्छ भन्ने कुरा नै हाम्रो माग हो । तर, सबैले तलबमात्रै माग गरेको देख्छन् । संघीयता कार्यान्वयनको ५ वर्ष हुन लाग्दा पनि संघीय निजामती ऐन आउन सकेन, आखिर मुल समस्या कहाँनेर अल्झिरहेको छ ? पहिलो कुरा लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री हुनुहुन्थ्यो, सायद उहाँ सब–ओभरसियर फेल गर्नुभएको हो की जस्तो लाग्छ । कर्मचारीहरुप्रति उहाँ पूर्वाग्रही हुनुले समायोजनमा समस्या उत्पन्न भएको हो । कर्मचारीको समायोजन अपूर्ण छ, अबैज्ञानिक छ र पूर्वाग्रही छ । कानून ल्याउने कुरामा पनि स्टेकहोल्डरहरुसँग छलफल नै छैन । संघीय निजामती ऐनको समयमा नै निर्माण गर्ने विषयमा तपाईंहरुको पनि सिर्जनात्मक भूमिका देखिएन नी, बरु आन्दोलन समयमा नै ऐन ल्याउने कुरामा गर्नुपर्ने होइन र ? त्यसले समस्याको दिगो समाधान गर्न सक्थ्यो नी ? ऐन कर्मचारीमैत्री बनाउन पर्छ भन्ने हाम्राे भनाइ हाे । ट्रेड युनियन अधिकारलाई सुनिश्चित गर्नुपर्छ । खाइपाई आएका सेवासुविधाहरु कटौती गर्न पार्ईंदैन । कर्मचारीका वृत्ति विकासका सवालहरुलाई समुचित न्यायोचित र वितरण प्रणालीलाई न्यायोचित बनाउन पर्यो । समायोजन भएर गएका कर्मचारीहरुलाई पनि वृत्ति विकास र सेवासुविधाको ग्यारेन्टी हुनुपर्यो । कसैकसैका लागि मात्रै ऐन बनाउन भएन । बसेर छलफल गरौं । टेबुलमा बसेर निकास दिन सकिन्छ ।

‘द ब्रिटिश कलेजले विद्यार्थीको भविष्यलाई एउटा आकार दिन्छ’-अरुणलाल जोशी

नेपाली विद्यार्थी र शिक्षकसमेतले रुचाएको कलेज हो द ब्रिटिश कलेज । पढाउने तथा सिप सिकाएर बजारमा दक्ष जनशक्ति पठाउने एउटा प्रतिष्ठित कलेजका रुपमा परिचित द ब्रिटिश कलेजलेले हालै मात्र साइबर सेक्युरिटी एण्ड डिजिटल फोरेन्सिक पनि पढाउन सुरु गरेको छ । सन् २०१२ बाट सुरु भएको यो कलेजले पढाउने र सिप सिकाउने मात्र होइन, विद्यार्थीलाई बजारमा बिकाउनेसम्मको काम पनि गर्दै आएको छ । बिजनेश र आइटी प्रोग्रामबाट नेपालको शैक्षिक क्षेत्रमा प्रवेश गरेको कलेजले युनिभर्सिटी अफ वेस्ट अफ इंगल्याण्ड र लिडस्बेकेट युनिभरसिटीबाट सम्बन्ध प्राप्त गरेको छ । करिब १७ जना विद्यार्थीबाट सुरु गरेको यस कलेजबाट १ हजार बढी पास भएर गइसकेका छन् । कलेजको पठनपाठन, कलेजको आगामी योजना लगायतका विषयमा विकासन्युज लागि डोमी शेर्पाले कलेजका एसोसिएट डिन ऐकेडेमिक अरुणलाल जोशीसँग कुरा गरेकी छन्ः द ब्रिटिश कलेजमा कुन कुन कोर्सहरुको पढाइ हुन्छ ? कलेजमा सुरुवाती चरणमा एमएससी इन्टरनेशनल बिजनेश म्यानेजमेन्ट र बिबिए प्रोग्राम रहेको थियो । त्यसपछि कलेजले विस्तारै नयाँ कोर्सहरु थप्दै गएको हो । हामीसँग एमबिए एक्जिक्युटिभ, एमबिए ग्रयाजुऐट, बिबिए, बिएस्सी होन्स हस्पिटालिटी बिजनेश म्यानेजमेन्ट, एमएससी इन्फरमेसन एण्ड टेक्नोलोजी र बिएएससी कम्प्युटिङ्ग रहेको छ । र, भर्खरै मात्र हामीले बिएससी होन्स साइबर सेक्युरिटी एण्ड डिजिटल फोरेन्सिक भनेर युनिभरसिटी अफ वेस्ट अफ इंगल्यान्डबाट लन्च गरेका छौं । यसको मतलब अहिले हामीसँग करिब ८ वटा कोर्सहरु संचालन भइरहेका छन् । कुनै पनि विद्यार्थीले ब्रिटिश कलेजलाई नै किन छान्ने ? ब्रिटिश कलेजलाई छान्नु पर्ने कारणहरु धेरै छन् । पहिलो कारण भनेको हाम्रो पाठ्यक्रम प्रयाक्टिकल केन्दि«त छ । अहिले पनि सबै युनिभर्सिटीको आफ्नै उदेश्य छ । अहिले नेपालमा जति पनि युनिर्भसिटीको कोर्सहरु छन्, त्यो धेरै थ्योरी र परीक्षा केन्दि«त छ । परीक्षा पास गर्यो सर्टिफिकेट लियो अनि काम त्यही समाप्त भयो । विद्यार्थीले पढेको कुरा परीक्षाले मात्र निर्धारण गरिहरहेको छ । ३ देखि ४ घण्टाको परीक्षामा उनीहरुले पढेको कुरा आयो भने राम्रो सटिफिकेट पाउने र नआए फेल हुने व्यवस्था छ । तर, हाम्रो युनिभर्सिटीमा फरक छ । यहाँ थ्योरीभन्दा पनि प्रयाक्टिकलमा आधारित शैक्षिक प्रणाली छ । युके इजुकेसन भनेको इकदमै इन्टेन्स हुन्छ । युके एजुकेसनमा यदि तपाईंले बिजनेशमा भर्ना गर्नु भएको छ भने त्यहाँ बिजनेशसँग सम्बन्धित कुराहरु मात्र फोकस गरिएको हुन्छ । यस्तै, विद्यार्थीको मुल्यांकन पनि समग्र रुपमा उसको पे्रजेन्टेसन, परीक्षा, कोर्स वर्क, वर्कसपमा उसको सहभागिताहरुलाई लिएर हुन्छ । विद्यार्थीको मूल्यांकन पुरा वर्ष यही गतिविधिहरुलाई लिएर हुन्छ । यसरी विद्यार्थीहरुको मूल्यांकन हुँदै जाँदा यदि विद्यार्थीहरुले पहिलो वर्ष राम्रो गर्न सकेनन् भने उनीहरुलाई कसरी माथि उकास्ने भन्ने विषयमा हामी केन्द्रीत रहेर विद्यार्थीलाई सहयोग गर्छौं । व्रिटिश कलेजको फोकस के हो ? विद्यार्थीलाई सफल कसरी बनाउने विषयमा हामी केन्द्रीत छौं । हाम्रो पार्टनर युनिभर्सिटीहरुको रिर्सच डेटाहरु हामीसँग भएकाले हामीलाई यसबारे राम्रो ज्ञान छ । हामीसँग एकदमै अनुभवी शिक्षकहरु छन्, जो हालको ग्लोबल मार्केटबारे निकै जानकार छन् । हामी नेपालको मात्र नभएर ग्लोबल मार्केटलाई हेर्छाैं । ग्लोबल मार्केटमा कस्तो खालको ग्रयाजुऐटलाई अहिले मार्केटले खोजिरहेको छ भन्ने हामीलाई थाहा छ । अर्को, हामीले ब्रिटिश कलेजमा फोकश गर्ने भनेको इनोभेटिभ अन्टरप्रेनर हो । हामीले काम खोज्ने मात्रै भन्दापनि अबको जेनेरेसन उद्यमी पनि बन्नुपर्छ भन्ने हो । हामी एउटा कम्पनी संचालन गर्नको लागि आवश्यक जानकारी सबै यहाँ प्रदान गरिरहेका छौं । एउटा विद्यार्थीले भर्ना गरेपछि ४ वर्षभित्रमा उनीहरुको भविष्यलाई एउटा आकार दिन हामी मद्दत गर्छाैं । तपाईंहरुसँग आवद्ध भएका दुई युनिभर्सिटी बेलायतमा कुन स्थानमा रहेका छन् ? हाम्रो पार्टनर युनिभर्सिटीहरु एउटा द लिड्स बेकेट युनिभर्सिटी रहेको छ र अर्को युनिर्भसिटी अफ वेस्ट इंगल्याण्ड रहेको छ । विभिन्न प्यारामिटरको आधारमा उनीहरुको स्थान मापन निर्धारण गरिन्छ । उनीहरुको रिर्सच, टिचङ, सर्पोट बाहिरबाट आएको फिडब्याकहरुलाई लिएर बेलायतमा हरेक वर्ष युनिभर्सिटीको मापन हुन्छ । अहिलेको भखर्रै गरिएको टाइम्स हाइयर एजुकेसनको मापनमा द लिड्स बेकेट युनिभर्सिटी यो विश्वको ८ सयौं स्थानमा पर्दछ । र, टिचिङ्ग एक्सिलेन्स फ्रेमवर्क यसको सिलभर स्टयाण्डर्ड रहेको छ । यस्तै, हाम्रो अर्को ब्रिस्टलमा रहेको युनिभर्सिटी अफ वेस्ट इंगल्यान्ड टाइम्स हाइयर एजुकेसनको मापनमा ४०० औं स्थानमा पर्दछ र र टिचिङ्ग एक्सिलेन्स फ्रेमवर्क यसको गोल्ड स्टयाण्डर्ड रहेको छ । उनीहरुको क्विालिटी मापनहरु हाम्रो यहाँ कलेजको गतिविधिले पनि निर्धारण गरिरहेका हुन्छ, जसकारण त्यहाँबाट हरेक वर्ष हाम्रो क्विालिटी रिभ्यु हुन्छ । ब्रिटिश कलेजबाट उत्पादिन जनशक्तिहरु बजारमा कसरी प्रयोग भइरहेका छन् ? निकै राम्रो प्रश्न गर्नुभयो । सबैभन्दा महत्वपूर्ण कुरा नै यही हो । हामी सबैभन्दा पहिला यहाँ विद्यार्थीहरु आउँदा अभिभावक पनि लिएर आउन आग्रह गर्छौं । हामी अभिभावकलाई पनि ४ वर्षपछि र ४ वर्षमा विद्यार्थीको विकासको लागि के के हुन्छ त भन्ने ब्रिफिङ्ग गर्छौं । विद्यार्थी भर्ना हुने समयदेखि पास भएर जाने समयसम्ममा हामीले कलेजमा धेरै इभेन्टहरु गर्छौं । उनीहरुको व्यक्तित्व विकास, काम गर्ने शैलीको विकासको लागि हरेक समरमा हामीले प्रोग्रामहरु गरिरहेका हुन्छौं । विद्यार्थीलाई अन्तराष्ट्रिय बजारमा के भइरहेको छ भन्ने जानकारी दिन हामीले इन्टरनेशल मोबिलिटी प्रोग्राम संचालन गर्छौं । यही बीचमा हामी जब फेयर पनि गर्छाैं । जब फेयरको मुख्य उदेश्य भनेको मुख्य विद्यार्थीको प्लेसमेन्ट रहेको छ । यसमा कोही विद्यार्थी इच्छुक रहेको अवस्थामा उनीहरुलाई इन्टर्नसिपको पनि व्यवस्था छ । हामी हरेक वर्ष जब फेयर गर्छौं । एक महिनाअघि मात्र हामीले जब फेयर गरेका थियौं, जसमा ४० कम्पनीको सहभागिता थियो । त्यहाँ टे«डिङ्ग हाउसदेखि इन्स्योरेन्स कम्पनी सहभागी थिए । यस्ता विभिन्न खाले प्लेटफर्म हामी विद्यार्थीलाई दिइरहेका हुन्छौं । यस्तै यदि हाम्रो यहाँबाट ग्रयाजुऐट भएर गएका विद्यार्थी काम खोजिरहेको छ भने उनीहरुलाई सधैं हामीसँगै आउन हामी भन्छौं । यहाँबाट पास भएर गएका विद्यार्थीहरुमा अधिकांश विदेशमा थप अध्ययन र काम गरिरहेका छन् । त्यस्तैे, हाम्रा अरु विद्यार्थीले आाफ्नै कम्पनी सुरु गरेका छन् भने बाँकी विद्यार्थी नेपालकै राम्रो कम्पनीमा काम गरिरहेका छन् । विद्यार्थीलाई बजारमा आवश्यक सिपको बारेमा सिकाउछौं जसले गर्दा हाम्रा विद्यार्थी बजारमा सजिलो रुपमा टिक्न सकिरहेका छन् । नेपालमा यस्तै धेरै बहुराष्ट्रिय कम्पनीहरु छन् जसमा हाम्रा विद्यार्थीहरु काम गरिरहेका छन् । र, ती कम्पनीहरुबाट हामीलाई उनीहरुको कामलाई लिएर निकै राम्रो प्रतिकृयाहरु आइरहेका छन् । यति मात्र होइन हामी यदि विद्याथीहरुले काम बदल्न चाहेका अवस्थामा पनि सहयोग गर्दछौं । यहाँ कुन कुन सिफ्टमा अध्ययन गर्न सकिन्छ ? विद्यार्थीले पढेर मात्र सर्टिफिकेट नलियोस् भन्ने हाम्रो कलेजको एउटा उदेश्य हो । उसले पढाइको साथसाथै सामाजिक सिप, जस्तै मानिससँग कुरा गर्न सक्ने, वार्ता गर्न सिपहरु सिकुन भन्ने हाम्रो उदेश्य हो । त्यही कारण हामी विद्यार्थीलाई पढाई सँगसँगै काम गर्न प्रोत्साहन गर्छौं । यहाँ अध्ययन गरिरहेका विद्यार्थीलाई इन्टर्नसिपमा लाग्न हामी प्रोत्साहन गर्छौं । ब्याचलर्समा हामी पहिलो र दोस्रो वर्ष विद्यार्थीलाई पढाईमा ध्यान दिएर मुख्यतः आफू को हो, आफनो क्षमता केमा छ भन्ने थाहा पाउन सुझाव दिन्छौं । त्यसपछि तेस्रो वर्षमा सबैलाई काम गर्न सुझाव दिन्छौं । पहिलो र दोस्रो वर्ष हाम्रो कक्षाहरु दिउँसो संचालन हुन्छन् र त्यसपछि अन्तिम वर्षका विद्यार्थीको लागि बिहानको कक्षा मिलाएका छौं ताकि विद्यार्थीहरुले दिउँसो काम गर्न पाउन् । त्यस्तै, मास्टर्समा हाम्रो यहाँ पढिरेहका ९० प्रतिशत विद्यार्थीहरु काम गरिरहेका छन् जसको लागि पनि बिहानको कक्षा समय मिलाएका छौं । ब्रिटिश कलेजमा एउटा कोर्स अध्यन गर्नु र युकेमा त्यही कोर्स अध्यन गर्नुको फरक के छ ? हाम्रो खर्च बाहेक विदेश र नेपालमा पढ्नुको फरक केही छैन । बेलायतमा १ वर्ष पढ्दा लाग्ने खर्चले यहाँको ४ वर्षको पढाइ पुरा हुन्छ । त्यसबाहेक त्यहाँ र यहाँ पढाइ हुने पाठ्यक्रम, सर्टिफिकेट र उनीहरुले र हामीले प्रदान गर्ने प्लेटफर्म उही रहेको छ । यसको मतलव नेपालको ब्रिटिश कलेजमा र युकेमा अध्ययन गर्नुको अनुभव उस्तै रहन्छ । हामी हरेक तरिकाबाट उनीहरुलाई विदेशमै पढेको अनुभव गराउन प्रयाशरत छौं । भखरै मात्र तपाईंहरुले नयाँ विषय बिएससी होन्स साइबर सेक्युरिटी एण्ड फोरेन्सिक स्टडिज ल्याउनुभएको छ । यो कस्तो कोर्स हो ? यो नेपालको लागि किन आवश्यक छ ? मार्केटको रिसर्चले अहिले के भनिरहेको छ भने अबको समय भनेको स्पेशललाइजेशनको हो । हामीले यो कोर्स भखरै लन्च गरेको हो र अहिले त्यसको भर्ना दर हेर्दा विद्यार्थीहरु निकै यो विषयप्रति आर्कषित भएको देखिन्छ । हाम्रो डिग्रीको हिसाबले यो कोर्स ल्याउने सबैभन्दा पहिलो हौं । अरु कलेजहरुले पनि नेटवर्क सेक्युरिटी, साइबर सेक्युरिटी भनेर कोर्सहरु ल्याइसके तर हामीले यसमा डिजिटल फोरेन्सिक जोडेका छौं । यसमा हामीले दुईवटा विषय मर्ज गरेर युनिभर्सिटी अफ वेस्ट इंगल्याण्ड मार्फत ल्याएका हौं । यसको फरक के छ भन्दा नेपालमा कुनै पनि सेक्युरिटी ब्रिच भएको अवस्थामा एउटाले हुनबाट बच्न मद्दत गर्छ भने अर्कोले भएको अवस्थामा त्यसमा कारवाही कसरी अगाडी बढाउने गर्ने भन्ने कुरा सिकाउँछ । कोर्टमा केस गएको अवस्थामा यसमा दक्ष व्यक्तिले प्रमाणहरु संकलन गरी कोर्टमा पेश गर्न सकुन् भनेर हाम्रो यस कोर्सको दोस्रो र तेस्रो वर्षमा कानुन पनि राखिएको छ । यस विषयलाई पढाउन हामीलाई अलिक स्पेशलाइज्ड शिक्षकहरु नै चाहिन्छ । यस सिलसिलामा हामीले नेपाल सरकार र प्रहरीहरुसँग सहकार्य गर्न खोजिरहेका छौं । हामीले यसको लागि उहाँहरुसँग धेरै बैठक तथा छलफल गरेका छौं । र, हाम्रो क्लासमा विद्यार्थीलाई पढाउन पनि एक्सपर्ट नै आउनुहुन्छ । यो कति वर्षको कोर्स हो ? कस्ता विद्यार्थीले पढ्न सक्छन् ? यो चार वर्षको कोर्स हो । यो कोर्स हामी जनवरीबाट चलाउँदैछौं । यसमा भर्ना हुने विद्यार्थीहरु नेटवर्कसँग र टेक्नोलोजिमा हुनुपर्छ । हाम्रो यहाँको लोकल युनिर्भसिटीमा कुनै पनि कोर्स पढ्दा तिमी साइन्स नै पढेको हुनुपर्छ, म्यानेजमेन्ट नै पढेको हुनुपर्छ भन्ने छ । तर हाम्रो यहाँ फरक छ जुन हाम्रो कलेजको ब्युटी हो । कुनै पनि विद्यार्थीलाई १८/१९ वर्षसम्म आफ्नो रुची के हो भन्ने थाहा हुन्न र उसले थाहा नपाई केही विषय पढेको हुन्छ । विस्तारै अगाडी बढ्दै जाँदा उसको रुची अर्कैतर्फ गयो भने के गर्ने ? नेपाली युनिभर्सिटीहरुले त्यसको लागि कुनै व्यवस्था गरेको छैन । तर हामी यसमा खुला छौं । हाम्रोमा म्यानेजमेन्ट पढेका विद्यार्थीले पनि यो कोर्स पढ्न पाउनेछन् तर उनीहरुलाई यसमा सफल हुने थप केही होमवर्क गर्न दिन्छौं । पर्सेन्टेजको हिसाबले हामीले ६० प्रतिशत माथि ल्याएका विद्यार्थीलाई प्राथमिकता दिन्छौं । नेपालमा र विश्वबजारमा यस विषयका जनशक्तिको माग कति रहेको छ ? विश्व बजारको त कुरै नगरौं । एकपटक गुगल गरे यसको मागबारे मज्जाले थाहा पाउन सकिन्छ । नेपालको कुरा गर्नुपर्दा हामीले २०१२ मा जसरी ब्रिटिश एजुकेसनको बारेमा मानिसहरुलाई जानकारी गरायौं, त्यसरी नै यसबारे हामीले १०० भन्दा बढी विभिन्न कम्पनीहरुसँग सम्झौता गर्दै यसबारे जानकारी दिइरहेका छौं । अहिले कम्पनीहरु नेटवर्क सेक्युरिटी बारे जानकार हुन थालेका छन् । बैंकिङ्ग तथा इन्स्योरेन्स कम्पनीहरु यसबारे अगाडिबाट नै जानकार छन् । नेपालमा २८ वटा कर्मशियल बैंकहरु छन् जहाँ यो नभइ नहुने विषय हो । हरेक सरकारी कार्यालयहरुमा उनीहरुको वेबसाइट ह्याक हुने तथा डाटाहरु चोरी हुने हुँदा यो निकै महत्वपूर्ण छ । नेपाल टेलिकमले यसको ‘बाइ ल’ ल्याइसक्यो र अब नेपाल सरकारले पनि यसबारे कानुन ल्याइसकेपछि हरेक कम्पनीमा आइटी डिपार्टमेन्ट हुनुपर्छ, जहाँ साइबर सेक्युरिटी र डिजिटल फोरेन्सिक सम्बन्धि स्पेशलाइज्ड मानिसहरु हुनुपर्छ । यसको अर्थ अबको ४ वर्षमा हाम्रो जनशक्ति तयार हुँदा बजारमा यसको माग पनि निकै राम्रो रहनेछ । ब्रिटिश कलेजको अबको योजना के छ ? हाम्रो लक्ष्य भनेको नेपालमा वल्र्ड क्लास इनटरनेशनल शिक्षा प्रदान गर्नु हो । ब्रिटिश एजुकेसन इन्टरनेशनल डिग्रीको लागि यस्तो खालको संस्था होस्, जहाँबाट उत्पादित जनशक्ति ग्लोबल मार्केटको लागि फिट होस् र साथसाथै उद्यमी पनि होस् । त्यसैमा हामी अगाडि बढिरहेका छौं । हाम्रो एक्सपान्सन भइरहेको छ । प्राइमेरी र सेकेन्डरी एजुकेसनमा पनि हामी एक्सपान्ड हुँदैछौं । इन्टरनेशनल एजुकेसनमा आफ्नै क्याम्पसमा करिब ३ हजारदेखि ४ हजार विद्यार्थी भर्ना गर्न सक्ने इन्फास्ट्रकचर प्लान गर्दैछौं । अरु कुरा भनेको हामी शिक्षामा लिडिङ्ग हुन चाहन्छौं र हामी देशभर फैलिएर लोकल कस्टमा हाम्रो शिक्षालाई मानिसहरुकहाँ पुराउन चाहन्छौं ।

कोरोनाकालमा नागरिकलाई नगदमै राहत दिने काम बैंकले मात्र गरेः मनोज ज्ञवाली

चार्टर्ड एकाउन्टेन्ट मनोज ज्ञवाली नबिल बैंक लिमिटेडका नायव महाप्रवन्धक (डीजीएम)  हुन् । विगत लामो समयदेखि विभिन्न बैंक तथा वित्तीय क्षेत्रमा काम गरेर अनुभव हासिल गरिसकेका ज्ञवाली समसामयिक गतिविधि  र घटनाक्रममाथि टिप्पणी गर्न पनि निकै रुचाउँछन् । विशेष गरेर बैंक तथा वित्तीय क्षेत्रमा राम्रो दख्खलता भएका उनीसँग वर्तमान नेपाली बैंक तथा वित्तीय क्षेत्र, पुँजी बजार लगायतका विषयमा विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् । कोरोना भाइरसले देशको अर्थतन्त्रलाई ठूलो असर गर्यो । अहिले त्यसको असर कम हुँदै जाँदा नेपालको बैंकिङ क्षेत्र कुन गतिमा अगाडि बढिरहेको छ ?  कोरोना भाइरसले असर गरेको एक वर्ष पुगिसकेको छ । एउटा महत्वपूर्ण कुरा त के भने कोरोना भाइरसले अर्थतन्त्रलाई जुन किसिमको असर गर्छ भन्ने हाम्रो अनुमान थियो त्यति भने भएन । स्थिती बिग्रन्छ भनेर हामीले परिकल्पना गरेभन्दा कम असर देखिएको छ ।  जति त्रास हामीलाई थियो त्योभन्दा धेरै कम भयो । बैंकिङ क्षेत्रमा के असर छ भन्दा पहिले अर्थतन्त्रमा के असर छ भन्ने विषयतर्फ जाऔं । वित्तीय क्षेत्र भनेको अर्थतन्त्रको ऐना हो । वित्तीय क्षेत्र हाँस्यो भने अर्थतन्त्र हाँस्छ र रोयो भने रुन्छ । कोरोनाकाे सबैभन्दा बढी असर होटल तथा पर्यटनमा पर्यो । विदेशी ट्राभल एजेन्सी त बन्द नै भए । त्यसपछि व्यापार विजनेस र विद्यालयहरुलाई यसले असर गर्यो । त्यससँगै अन्य ट्रेडिङमा पनि कोरोनाले असर पारेको देखिन्छ । यो सँ-सँगै बैंकिङ क्षेत्रमा पनि हामीले अनुमान गरे जस्तो असर परेन । केही मात्रामा प्रोफिटमा हिट त भएको छ । त्यो हिट हुनुको मुख्य कारण भनेको राहत हो । कोरोनाको समयमा नागरिक अर्थात ग्राहकलाई राहत दिने क्षेत्र भनेकै बैंकिङ क्षेत्रले नै हो । हामी दावी गर्छौं कि कोरोना प्रभावितहरुलाई वित्तीय राहत दिने क्षेत्र भनेको बैंकहरु मात्रै हो । नेपाल राष्ट्र बैंकले छुट दिनु भने अनुसारको हामीले छुट दियौं र त्यसको प्रत्यक्ष असर बैंकहरुको मुनाफामा परेको छ । अहिले राष्ट्र बैंकले पुनर्कर्जा र पुनरतालिकीकरणमा ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नु पर्ने व्यवस्था गरेको छ । नविल बैंककै पनि २४/२५ करोड रुपैयाँ पुनरसंरचना र पुनरतालिकीकरणमा थप कर्जा नोक्सानी व्यवस्था गर्नु पर्यो । ॠणीहरुले समयमा व्याज पैसा चुक्ता गर्न सक्नु भएन । त्यसले पनि बैंकहरुको एनपीएल बढेको देखिन्छ । त्यो वाहेक ओभरअल विजनेस पनि त्यति बढी भएको देखिँदैन । अहिले विदेश जाने मानिसहरु पनि कम भएको देखिएको छ । विदेशी मुद्रा पनि कम हुन्छ सोचेका थियौं तर त्यति धेरै कम भएन ।रेमिट्यान्समा पनि त्यति धेरै असर परेको देखिँदैन । निक्षेप संकलन पनि राम्रै देखिएको छ । तर, कोरोनाको बिचमा कर्जाको माग त्यति नदेखिँदा तरलता धेरै देखियो । तरलता धेरै हुँदा व्याजदर तल झर्यो । गत वर्षसँग तुलना गर्ने हो भने बैंकहरुको कष्ट अफ फण्ड धेरै तल झरिसकेको छ ।  बैकहरुको ब्याजदर ३ प्रतिशतदेखि ४ प्रतिशतभन्दा तल झरेको छ।  तरलता अत्याधिक हुँदा पनि व्याजदर तल आयो । यस्तै, बैंकहरुको व्यालेन्स सिटमा पनि त्यति धेरै परिवर्तन देखिएको छैन । व्यालेन्ससिटको ग्रोथ पनि रोकिएको छैन । यो आर्थिक वर्ष को छ महिनामा  रेमिट्यान्स ११‍‍.१ प्रतिशतले बढेको छ । आयात ४.८ प्रतिशतले घटेको छ भने निर्यात ६.१ प्रतिशतले बढेको छ । अन्य थुप्रै इण्डिकेटरहरु पनि सकारात्मक देखिएको छन। समग्रमा स्थिती हेर्ने हो भने जति हामीले कोरोनाको कारणले असर हुन्छ भन्ने अनुमान गरेका थियौं त्यस्तो  खालको असर हामीले भोग्नु परेन । कोरोना भाइरसकै कारण बैंकिङ क्षेत्रलाई कतिसम्म नोक्सान भयो होला, केही अनुमान गर्न सक्छौं ? बैंकिङ विजनेसमा ठ्याक्कै यति नै घाटा भयो भन्न सकिने अवस्था हुँदैन ।  बैंक बन्द भएपनि ब्याजको मिटर चलिरहन्छ । व्याजको मिटर बन्द हुँदैन । तर, ऋणीहरुले समयमै सावा व्याज भुक्तानी गर्न सकेनन् भने नन पर्फमिङ लोन (एनपीएल) बढ्छ । खराव कर्जा बढ्यो भने प्रोभिजिनिङ बढ्ने जसले गर्दा अलि गाह्रो हुन्छ कि भन्ने हुन्छ । हाम्रो अनुमान यस्तै अवस्था रह्यो भने सबै बैंकहरुको वितरणयोग्य नाफा नेगेटिभ हुन्छ कि भन्ने थियो । तर, त्यो अनुमान उल्टो भएर गयो । गत वर्षको तुलनामा केही बैंकहरुको नाफा घटेको त छ । कोरोनाको कारणले भन्दा पनि राष्ट्र बैंकले स्प्रेड ४.४ मा ल्याएर आयो । त्यसले एक किसिमको प्रतिस्पर्धाको वातावरण सिर्जना गर्यो । त्यस कारणले पनि बैंकहरुको खुद व्याज आम्दानीमा पनि कमि आयो । बैंकहरुले लिने विभिन्न शुल्कहरु पनि लिन पाएनन् । यसले केही समस्या त भयो तर कोरोनाकै कारणले भने बैंकहरुलाई खासै असर परिसकेको देखिएन। असर नै नभएको त होइन तर अनुमान गरेको जति भएन । त्यो असर राष्ट्र बैंकले प्रकाशित सुचकांकमा देखियन र बैंकहरुको वित्तीय विवरणमा समेत देखिएन। कोरोना भाइरसभन्दा पनि राष्ट्र बैंकको नीतिका कारण बैंकहरुको नाफामा असर पुग्यो भन्न खोज्नु भएको  ? हो, बढी त्यसको असर छ । तरलताको कारणले मार्केटमा प्रतिस्पर्धा भएर गयो । बैंकहरुले राष्ट्र बैंकले तोकेको ४.४ को स्प्रेड पनि मेन्टेन गर्न सकेको अवस्था छैन । अलिकति ब्राञ्च तथा नेटवर्किङ बढेको कारणले पनि बैंकहरुको सञ्चालन खर्च बढेको देखिन्छ । फि र कमिसन आय घटेको छ । कोरोना भाइरसपछि बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो नेटवर्क तथा शाखा विस्तारमा कत्तिको चाँसो देखाए ? कोरोना भाइरसपछि कुनै पनि बैंकहरुले शाखा विस्तारमा ध्यान दिने अवस्था रहेन। अहिले भएको शाखालाई पनि व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा बढि ध्यान दिनुपर्ने अवस्था रह्ये । राष्ट्र बैंकबाट अनुमति लिइसकेका शाखाहरुका लागि हामीले काम गर्यौं तर नयाँ शाखाका लागि त्यति खासै चाँसो कुनै पनि बैंकले राखिएन। सम्पूर्ण स्थानीय तहमा शाखा जानु पर्ने कारणले पनि कतिपय ठाउँमा खोलेका छन् । अब तीन वटा गाउँपालिका वाहेक सबै गाउँपाालिकामा समेत बैंकका शाखा पुगिसकेका छन् ।  त्यस कारणले शाखा विस्तारमा विगत ४ वर्षमा बैंकहरु जति आक्रामक भए यो एक वर्षमा त्यस्तो देखिएन । अहिले बैंकहरु भएका शाखा व्यवस्थापन गर्नमै व्यस्त छन् । कोरोनापछि बैंकहरुले शाखा विस्तारमा ध्यान दिनएन भन्नुभयो, विकट र दुर्गम ठाउँमा प्रविधिको पनि खासै प्रयोग हुँदैन, भनेपछि दुरदराजका नागरिक त बैंकिङ पहुँचभन्दा बाहिर हुने भएनी ? त्यस्तो होइन । विगत ४ वर्षमा शाखा विस्तार अत्याधिक भयो । बैंकहरु शाखा विस्तारमा एकदमै आक्रामक भए । सबै वाणिज्य बैंकहरुले आफ्ना शाखा विभिन्न ठाउँमा विस्तार गरिसकेका छन् । अहिले सबै विकास बैंकहरुका पनि डेढ सयभन्दा बढी शाखा विस्तार गरिसकेका छन् । अब गाउँमा मानिसहरुले बैंकिङ पहुँच पाएनन् भन्ने त ठाउँ नै छैन । अब तीन वटा गाउँपालिकामा मात्रै बैंक पुग्न बाँकी छ । त्यहाँ पनि भौतिक पूर्वाधारको कमिले रोकिएको हो । बैंक पनि व्यापार हेर्छन् । अलिकति बढी विजनेस भएको ठाउँमा त बैंकहरु अवश्य नै जान्छन् । जहाँ व्यापार हुन्छ त्यहाँ बैंक पनि जान्छन् । शाखा भएको कतिपय ठाउँहरुमा व्यापार भएको पनि छैन । त्यस कारण विजनेसले बैंकलाई आकर्षण गर्ने हो । त्यो आवश्यकता निडवेस्ड  हुन्छ ।  त्यति हुँदा हुँदै पनि बैंक नभएपनि त्यहाँ अन्य माइक्रोफाइनान्स र सहकारीहरु पनि छन् । पहिलेको जस्तो वित्तीय पहुँच नागरिकहरुमा पुगेन भन्ने अवस्था अहिले छैन । बैंकिङ क्षेत्रका लागि कोरोना भाइरसले सिकाएको पाठ के हो ? बैंकिङ क्षेत्र मात्र होइन सबै क्षेत्रका लागि कोरोनाले सिकाएको पाठ भनेको हामीले कष्टमा इफिसियन्ट हुनु पर्यो भन्ने हो । डिजिटलाइजेसनमा जानु पर्यो । पहिले ४० जना कर्मचारीलाई तालिम दिनु पर्यो भने पुरै टिम त्यो ठाउँ गएर धेरै खर्च गर्नु पर्थ्याे । तर अहिले भर्चुअल माध्यममार्फत जति जनालाई पनि तालिम दिन सकिने अवस्था छ । त्यो पनि न्यूनतम खर्चमै । समयको पनि बचत भयो । कोरोनाले डिजिटलाइजेसनलाई बढायो । काम पनि छिटो गर्न मद्दत गर्यो । कष्ट इफिसिएन्सीमा पनि बैंकहरुले सोच्यो । सबैभन्दा ठूलो कूरा कोरोनाले डिजिटलाइजेसनलाई बढायो । कोरोनाकालले डिजिटल बैंकिङलाई बढाउनको लागि कत्तिको सहयोग गर्यो ? डिजिटल बैंकिङमा म सन्तुष्ट छैन । हामीसँग जति प्रडक्ट छ त्यसँग कतिपय अवस्थामा बैंकरहरु नै जानकार छैनन् । डिजिटल माध्यमलाई प्रवद्र्धन गर्नको लागि राष्ट्र बैंकले नै प्राथमिकताका साथ काम गरिरहेको छ ।  डिजिटल माध्यमको प्रयोगले खर्च घटाउँछ, समयको बचत गर्छ भन्ने कुरामा हामी सबैको एक मत रह्याे । तर, त्यसमा अभ्यस्तता कस्तो छ भन्ने कुरा महत्वपूर्ण रह्यो ।  यसलाई कति मानिसले सदुपयोग र प्रयोग गरिरहेका छन् भन्ने कुरा महत्वपूर्णका साथ सोच्नु पर्ने अवस्था पनि हो । बैंकले अघिल्लो दिन क्यूआर कोड सुभारम्भ गर्ने, तर पछिल्लो दिन त्यहाँ क्यूआर कोड नहुने, पहिलेको जस्तै नगद कारोबार हुने अवस्था धेरै ठाउँहरुमा देखिएको छ, यस्तो अवस्था किन आयो ? त्यसको नियमन तथा अनुगमन कत्तिको देख्नु भएको छ ? अघिल्लो दिन सञ्चालन गर्ने पछिल्लो दिन क्यूआर कोड नहुने त हुन्न । तर, सञ्चालनमा भने कमै आएको मान्न सकिन्छ । यसको बारेमा आम नागरिकमा सचेतना र त्यस सम्बन्धि जानकारी कस्तो छ भन्ने कूरा मुख्य हो । जस्तो हाम्रो प्रडक्ट, स्ट्रक्चर , परिकल्पना र लागत छ त्यो अनुसारको ग्राहकले प्रयोग र कारोबार गरिरहेका छन् कि छैनन् भन्ने विषय मुख्य हो । सञ्चालनमा ल्याइसकेपछि त्यसपछि हामीले गर्नु पर्ने काम कारवाही भने आवश्यक छ । त्यसमा हामी सबैले ध्यान दिन आवश्यक छ ।  यसको बारेमा नागरिकलाई जानकारी दिनु पर्ने, सचेतनाका कूराहरु दियो भने यसको प्रयोग झन बढाउन सकिन्छ र नागरिकलाई डिजिटल रुपमा अभ्यस्त बनाउन सकिन्छ । हामी सबैले डिजिटललाई प्रयोग गर्नु पर्छ भन्छौं तर हामी आफै बैंकमा काम गर्ने, बैंकका सीईओ, ब्रान्च म्यानेजरले समेत त्यो प्रयोग गरेका छन् कि छैनन् भन्ने बुझ्न जरुरी छ । हामी आफै क्यूआर कोड प्रयोग गर्दैनौं, हामी आफै खल्तिमा पैसा बोकेर सामान खरिद गर्न हिड्छौं भनेपछि सर्वसाधारण नागरिकले कसरी प्रयोग गर्छ ? डिजिटल प्रविधिको प्रयोग कसरी बढ्छ ? हामीसँग प्रडक्ट छ, स्रोत साधन छ, सबै छ । तर, यो प्रयाप्त छत भन्दा छैन । शहरमा पनि डिजिटाइजेसनको प्रयोग जति मात्रामा हुनु पर्ने हो त्यो अवस्था अहिले छैन । अहिले बजारमा तरलता धेरै घटेको छ, बैंकहरु फेरि कर्जा लगानीमा आक्रामक भएका हुन् ? हो, अहिले कर्जाको विस्तार बढी नै भइरहेको छ । यो बिचमा कर्जाको विस्तार व्यापारको थप आवश्यकताले भएन । पहिलो क्वाटरसम्म कसैसँग पैसा थियो भने उ न व्यापार गर्न गयो नत बैंकमा डिपोजिट गर्न । लगानी गरौं भनेपनि कोरोनाले के गर्छ भन्ने त्रास थियो । धेरैले भएको पैसा स्टक मार्केटमा लगानी गरे । त्यो सबै पैसा सेयर बजारमा गयो । जसको कारणले त्यो समयमा सेयर बजार उकालो लाग्यो । बिचमा राष्ट्र बैंकले पनि लोयल्टी फाइनान्सिङको विषय लिएर आयो । त्यसले पनि केही फाइनान्सिङ बढेर गयो । त्यससँगै अन्य वित्तीय क्षेत्र पनि सुधार हुँदै गयो । सेयर बजार बढेपछि कर्जाको माग पनि बढ्यो । कर्जाको ग्रोथ पनि मार्जिङ लेण्डिङतर्फको बढेको छ । पछिल्लो ६ महिनामा मार्जिङलेण्डिङमा ६० प्रतिशत कर्जा बढेको छ । त्यो सबैभन्दा बढी ग्रोथ हो । सेयरबजार बढेपछि सबैको आकर्षण त्यतैतिर भयो । त्यससँगै होम लोन रिटेल लोनतर्फ पनि कर्जा बढेको छ । तर पर्यटनतर्फ भने ग्रोथ भएन ।  जता इकोनोमीको ग्रोथ भयो त्यतैतिर मार्केट ग्रोथ दौडिरहेको छ । समग्रमा गत वर्षको ६ महिनाको तुलना गर्ने हो भने यो वर्षको ग्रोथ राम्रो देखिन्छ ।  निक्षेप संकलन, कर्जा प्रवाह लगायत परिसुचकमा गत वर्षको ६ महिनाभन्दा यो वर्षको ६ महिनामा ग्रोथ राम्रो देखिएको छ ।  रेमिट्यान्स पनि आइरह्यो । जसको कारणले बैंकिङ क्षेत्रले धेरै असर भोग्नु परेन ।कोरोको कारण समस्या परेको भन्दै अझै पनि धेरै उद्योगी व्ययवसायीहरू राहतको माग गरिरहेका छन्, राष्ट्र बैंकले पनि उनीहरुका लागि केही राहत ल्यायो  र बैकहरुले अनुपालना गरे । राष्ट्र बैंकले बैंकहरुलाई राहत दिनु भनेर निर्देशन समेत दियो । तर, पछिल्लो समय विभिन्न बैंकहरुले ती व्यवसायी तथा ऋणीको धित्तो धमाधम लिलाम गर्न सुरु गरे, सूचना निकाल्न थाले । यो प्रक्रियालाई तपाइँले कसरी बुझ्नुभएको छ ? हामीले आधारभुत कुरा बझ्न आवश्यक छ । कोरोना सुरु भएको अहिले एक वर्ष भयो । गत वर्ष पुसमा तिर्नु पर्ने पैसा जसले तिरेको छैन । त्यो त ठिकै हो । तर, विगत तीन वर्षदेखि नतिरेकाहरुलाई पनि छुट हो त ? अनि  बैंकहरुको विजनेस होइन त ? बैकहरुले चलाउने सर्वसाधारणहरुको पैसा होइन र ? हामीले चलाउने पैसा नागरिकको नै हो ।  ऋणीले कर्जाको पैसा तिरेन भने बैंक डुब्ने होइन, जनता नै डुब्छन् । उनीहरुले जम्मा गरेको पैसा डुब्छ । नागरिकले हामीलाई विश्वास गरेर पैसा जम्मा गरेका छन् ।  राष्ट्र बैंकले गत एक वर्षदेखि कोरोनाको कारण समस्यामा परेकाहरुलाई सहयोग गर भनेको हो । विगत ३/४ वर्षदेखि सावा व्याज, किस्ता नतिर्नेहरुलाई सहयोग गर भनेको होइन ।  हामी डिफल्टरलाई दुई प्रकारले हेर्छौं । एउटा ‘विल फिल डिफल्टर’ अर्को ‘नन विलफुुल डिफल्टर’ । नन विलफुल डिफलटर भनेको जसको नतिर्ने नियत थिएन  तर परिस्थितिजन्य कारणले त्यो डिफल्टर भयो । तर विलफुुल  डिफल्टरहरु एक प्रयोजनका लागि पैसा लिने तर अर्कै काममा पैसा प्रयोग गर्ने । समयमै सावा, व्याज नतिर्ने, बदमासी गर्ने । हामीले जनताको पैसा लिएर बसेका छौं, हामीप्रति जनताको विश्वास छ । क्यापिटल त ५ खर्ब पनि छैन । अरु बाँकी पैसा त नागरिको नै हो । बैंकले डुबाउँदैन भनेर नै मानिसले बैंकमा पैसा राख्छन् । जनतालाई नबुडाउनको लागि त हामीले खराव ऋणीलाई कारवाही गर्नु परेन ? त्यसैले म हाम्रो बुझाईलाई परिवर्तन गर्नु पर्यो भन्छु । बैंक तथा वित्तीय संस्थाले कर्जाको व्याजदर कम गरेसँगै निक्षेपकर्तालाई पनि निकै पेले भन्ने विषय पनि छनि यसलाई कसरी लिनुहुन्छ ? होइन, निक्षेपकर्तालाई पेल्नु किन पर्यो ? यो हाम्रो बुझाईको कुरा हो । निक्षेपकतालाई पेल्यो, उनीहरुलाई कम व्याज दियो भन्दै गर्दा जब बैंकसँग डिपोजिट नै छैन भने ऋण कहाँबाट दिन्छन् ? बैंकहरुको लागि कर्जा र निक्षेपका दुवै समान ग्राहक हुन् । यो सबै डिमाण्ड र सप्लाईको खेल हो । हिजो अस्ती प्रतिकेजी ८० रुपैयाँ पाइने सुन्तलाको मुल्य  आजभोलि २ सय रुपैयाँभन्दा बढी छ । वस्तु कम हुँदै गएपछि मूल्य अवश्य पनि बढ्छ । यसै गरि बैंकमा पनि तरलता अत्याधिक भयो । कर्जा गएन ।  निक्षेप जम्मा भइरह्यो । रेमिट्यान्स पनि आइरह्यो । तर, कर्जा डिमाण्ड बढेन र बैंकसँग अत्याधिक रुपमा तरलता भयो । बढी तरलता भएपछि बैंकहरुले तरलता घटाउन खोज्यो । तरलता घटाउनु भनेको निक्षेपको लागत घटाउँदै लैजानु हो ।  भोलि कर्जाको डिमाण्ड बढी भयो भने निक्षेपको व्याजदर त बढी नै हाल्छ । त्यसैले यो एउटा सिम्पल गेम हो । हिजो निक्षेपकर्ताले  फिक्स डिपोजिटमा १४ प्रतिशत पनि त पाएकै हुन् नी । यो एउटा चक्र हो । यसलाई सामान्य अर्थशास्त्र को  सिद्धान्त लागू भएको मान्नुपर्दछ । नेपाली बैंकिङ क्षेत्रलाई सही ट्रयाकमा अगाडि बढाउनको लागि नियामक निकायको नीति सही छ ? अहिलेको अवस्थामा अर्थात कोरोना भाइरसपछि राष्ट्र बैंकले ल्याएको नीतिमा प्रश्न गर्नु पर्ने ठाउँ नै छैन ।  हामी हाम्रो हिसावबाट हेर्दा राष्ट्र बैंकले स्प्रेडमा कडा गर्यो । अन्य शुल्क लिन दिएन । जसले गर्दा बैंकहरुको नाफामा घाटा लाग्यो भन्छौं । तर, ग्राहकहरुले राष्ट्र बैंकमाथि प्रश्न गर्नु पर्ने ठाउँ नै दिएको छैन । पहिले व्याज छुट दिने विषय, त्यसपछिको समायावधि थप्ने विषय, पुनर्तालिकीकरण, पुनर्कर्जा, सहुलियतपूर्ण कर्जाको व्यवस्था लगायत यी विभिन्न व्यवस्थाहरु ग्राहकहरुकै लागि छन् । राष्ट्र बैंकले कोरोना महामारीमा गरेका व्यवस्थालाई हेर्ने हो भने धेरै राम्रो काम गरेको छ । यसले पनि ग्राहकलाई मर्का परेन । कोरोनाको समयमा नागरिकलाई नगद मै राहत बैंक बाहेक कसैले पनि दिएन । राष्ट्र बैंकले ल्याएका नीतिको कार्यान्वयन भने कत्तिको भएको छ त्यो मूख्य विषय हो । त्यसतर्फ हामी सबैले ध्यान दिनु पर्छ । कोरोना भाइरसको असर व्यवस्थापनमा राष्ट्र बैंक सफल भएको छ भनेर म दावी नै गर्छु । तपाइँले बैंकहरु बाहेक अरु कसैले पनि राहत दिएनन् भन्नुभयो । यसको मतलब बैंकहरुले आफ्नो खल्तिबाटै नागरिकलाई राहत दिएका हुन् ? खल्तिबाटै दिएको त  हो नी । बैंकहरुले खुरुखुरु व्याज पाइरहेका थिए । तर, लिनुस् तपाइँलाई २ प्रतिशत छुट भनेर दिए । त्यो २ प्रतिशत नदिएको भए त बैंकको नाफा बढ्थ्यो । जस्तै, मैले तपाइँलाई १ करोड रुपैयाँ १२ प्रतिशत व्याजमा ऋण दिएको छु । तपाइँले १२ लाख रुपैयाँ व्याज दिनु पर्ने थियो । तर तपाइँलाई समस्या भयो । ल तपाइँलाई २ प्रतिशत छुट भन्दा १० लाख मात्रै दिनु भनेपछि त २ लाख त मेरो खल्तिबाट दिएँ नी ।  हो, बैंकहरुले पनि आफ्नो नाफा कटौती गरेर आफ्ना ग्राहकहरुलाई छुट दिएका हुन् । अलि फरक प्रसंग र प्रश्न गरेँ, नागरिकलाई सहज रुपमा सेवा दिने नाममा वित्तीय क्षेत्रमा पनि धेरै लेयरहरु छन्, यो होलसेल बैंकिङ कहिलेसम्म रहने ? यसले त नागरिकलाई झन ठूलो आर्थिक भार परेन र ? हरेक चिजलाई हेर्ने कोण फरक किसिमको हुन्छ । नजर र बुझाई पनि फरक हुन्छ ।  हिजोको दिनमा नेरु ( नेपाली रुपैयाँ) मा ऋण लिएर   भारु भारतीय रुपैयाँ दिनु पर्थ्यो  ब्य्याज मानेेर। तर, अहिले त्यस्तो अवस्था छैन । यदि ती माइक्रोफाइनान्स ती सहकारीहरु ती ग्रामिण ठाउँमा नभइदिएको भए ६० प्रतिशत व्याजमा पैसा लिनु पर्थयो । हिजो यस्तै अवस्था थियो । कतिको त घरखेत गएका छन् । त्योबाट अहिले १७/१८ प्रतिशतमा आउँदा के फरक पर्यो ? हरेकको आ–आफ्नै स्पेसिअलाइजेेेसन हुन्छ । एउटा ठूलो विजनेस गर्ने बैंक सानो २०/३० हजारको व्यवसाय गर्नेमा फोकस हुन्छ त ? हुँदै हुँदैन । त्यसमा फोकस त्यही माइक्रो फाइनान्सको हुन्छ । हामीमा ‘फाइनान्सियल लिट्रेसी’को समस्या छ । जनताहरु वाणिज्य बैंकमा पनि त आउन सक्छन् । किन आउँदैनन् ? राष्ट्र बैंकले विभिन्न सेवा सुविधा र सहुलियत दिएको छ । किन आउँदैनन् ? आफुले केही नबुझने तर बिचमा बिचौलिया आए ।चर्को व्याज लियो भनेर हुन्छ त? त्यसकारणले माइक्रोफाइनान्सहरु त्यो ठाउँमा पुगेर हिजोका साहुबाहरुले लिने ६० प्रतिशत व्याजलाई अन्त्य गरेर १६/१७ प्रतिशत व्याज दिइरहेका छन्  र ठगेका छैनन् । हिजो कयौंका घर खेत जान्थे । तर, आज त्यस्तो अवस्था छैन । मेरो भनाई त १६/१७ प्रतिशतबाट अझै पनि सस्तो भए त हुन्थ्यो नी  तर सबै हिसाबले बुझ्नुपर्छ । फरकै प्रशंग, तपाइँले समसामयिक घटनाक्रमलाई पनि नजिकबाट नियाल्नु हुन्छ, अहिले नेपाली सेयरबजार उथलपुथल छ, अप–डाउनको सिलसिला बढेको छ । यसलाई कसरी नियाल्नु भएको छ ? मार्चको मध्यसम्म संसारैभरका सबै सेयर बजार ओरालो यात्रामा थिए । त्यसपछि रिकभर हुँदै संसारभरकै परिसुचक उच्च विन्दुमा पुग्यो । न्युओर्क, भारत र नेपालमै कोभिडको बीचमा परिसूचकले उच्च विन्दु पार गरेर नयाँ रेकर्ड राख्यो । सेयर बजार बढ्दा हौसिने र घट्दा निराश हुने लगानीकर्ताको प्रवृति छ । नेपालकै सन्दर्भमा कुरा गर्दा १२ सयमा रहेको नेप्से परिसुचक बढेर २६ सयमा पुग्दा लगानीकर्तालाई वास्तै छैन । तर, २६ सयबाट २०/२५ अंकले घट्यो भने आत्तिएर बेच्न दौडिने प्रवृति लगानीकर्ताको छ । जुन सेयर बजारका लगानीकर्ताहरुका लागि उपयुक्त हुन सक्दैन । सर्वप्रथम यो प्रवृतिलाई सुधार्न आवश्यक छ । नेपाली सेयर बजारका लगानीकर्ताहरु बजार बढ्यो भने किन्ने तर बजार घट्न लाग्यो भने बेच्न दौडिहाल्छन् । हामी कहाँ आधारभुत ज्ञानको अभाव छ । हाम्रा लगानीकर्ताहरुमा वित्तीय चेतनाको अभाव छ । लगानीकर्ताले ‘डिभिडेण्ड इल्ड’ हेर्नुपर्छ । कम्पनीको प्रोफाइल हेर्नु पर्ने हो । कम्पनीको व्यवस्थापन कस्तो छ भनेर हेर्नु पर्ने हुन्छ । कम्पनीको इपीएस ९प्रतिसेयर आम्दानी० लगायतका पक्षहरु अध्ययन गरेर लगानी गर्नु पर्ने हुन्छ । तर, हामी फलानोसँग मर्ज हुने भयो, फलानो कम्पनीको राइट सेयर आउने भयो भन्ने लगायतका हल्लाहरु सुनेर लगानी गर्न दौडिन्छौं । त्यही भएर हल्लाको भरमा बढेको सेयर बजार हल्लाकै भरमा घट्छ । यो सामान्य विषय नै हो । त्यसैले ‘फण्डामेन्टल्स’को आधारमा गरेको लगानी सुरक्षित हुन्छ । राम्रो हुन्छ । अगाडि बढ्छ । आजको दिनमा सेयर बजारको प्रबृत्ति बढी जसो ‘पर्फरमेन्सबेस्ड मार्केट प्राइस’भन्दा पनि ‘हल्लाबेस्ड मार्केट प्राइस’ छ । यसैले विनाकारण घटबढ हुने, आन्तरिक सूचना चुहावटको कारणले पनि मार्केट तलमाथि हुने अवस्था देखिएको छ । अहिले बजार विश्वास गर्न लायक भइसकेको अवस्था छैन । त्यसैले बजारको इण्डिकेटरले सही संकेत गर्छ त भन्दा ‘आई कान्ट सिरियस’ । तर, यो विस्तारै सुधार हुँदै जाने प्रक्रिया हो । हिजोभन्दा आज धेरै परिवर्तन भएको छ । हिजो दुई चार जनाले चाहे भने परिसुचक जता पनि लान सक्थे । सेयर मूल्य जता पनि लान्थे । तर, आज हेर्नुभयो भने बजारमा दैनिक १०, ११ अर्ब रुपैयाँको हाराहारीमा कारोबार हुन थालेको छ । धेरै विषयहरु सकारात्मक छन् । तर, प्रयाप्त छैन । सुधारका कामहरु गर्नुपर्ने धेरै छन् । पुँजी बजारमा भएको ‘फरमेन्स’ र ुविकासु भने सन्तोषजनक छ भन्नुपर्छ, सकारात्मक कुुुराहरु पनी हाईलाईट गन्र्नुपर्छ । अन्तिममा, सेयर बजारमा लगानी गर्न चाहने लगानीकर्ताले के कस्ता विषयमा ध्यान दिन आवश्यक छ ? सेयर बजारमा लगानी गर्न चाहने व्यक्ति वा लगानीकर्ताले मुख्य ध्यान दिनु पर्ने विषय भनेको मैले कति समयमा लागि लगानी गर्दैछु भनेर बुझ्नु पर्छ । समय फिक्स गर्नु पर्छ ।  छोटै समयमा लगानी गरेर नाफा कमाउने हो वा लामो समयसम्म लगानी गरेर नाफा गर्ने हो । यी दुई कुरामा लगानीकर्ताले आफुलाई फिक्स गर्नुपर्छ ।  लामो समयका लगानी गर्ने हो भने कम्पनीको प्रोफाइल राम्रो भएको, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) र डिभिडेन्ट पर सेयर (डीपीएस) राम्रो दिन सक्ने कम्पनी, कम्पनीको म्यानेज्मेन्ट राम्रो भएको र कम्पनीको प्रोस्पेक्टस राम्रो भएको लगायतका आधारभुत विषयहरु अध्ययन गरेर लगानी गर्नु पर्छ । यस्तो कुराहरु अध्ययन गरेर लगानी गर्यो भने कुनै न कुनै समयमा यस्ता कम्पनीले राम्रो प्रतिफल दिन्छन् । अब तत्कालिन रुपमा अर्थात सर्टटर्ममै नाफा चाहिएको हो भने मार्केटको इन्फरमेसन अनुसार नै चल्नु पर्ने हुन्छ । ट्रेड पनि त्यही अनुसारको गर्नु पर्छ । अर्को महत्वपूर्ण कुरा भनेको लगानीकर्ताले रियलाइजेसनको लिमिट राख्न आवश्यक छ । बजारमा ठूला लगानीकर्ता र म्युच्युअल फण्डहरुको पनि भूमिका रहन्छ । उनीहरुले बजार तल माथि गयो भने अलि होल्ड गर्ने भन्दा पनि उनीहरु बजार घट्न थाल्यो भने साना लगानीकर्ता भन्दा पनि पहिला  आँतिन्छन् । म्युच्युअल फण्डको पनि बजारमा धेरै भूमिका र योगदान गर्न सक्छन् । तर,  यहाँ सबैलाई नाफा नै चाहिएको छ । त्यस कारणले यी विविध विषयहरुमा सुधार हुन आवश्यक छ ।  कम्पनीको सम्पूर्ण विषयवस्तु अध्ययन गरेर गरेको लगानीले कुनै पनि समयमा राम्रो प्रतिफल त पक्कै दिन्छ । हल्लाहल्लैको भरमा लगानी गरेको हो भने त सेयरबजार जुवाघर जस्तै हुन्छ ।  बुझेर गरेको लगानी हो भने हाम्रो जस्तो क्यापिटल मार्केटमा लगानीकर्ता पछुताउनु पर्ने अवस्था आउँदैन । बजार तल माथि भइरहन्छ नी हरेक दिन लगानीको मार्क टु मार्कट गर्दै कहिले उफ्रिने त अर्को दिन हतासिने लगानीकर्ताले बजारमा गुमाउछन अनि बजारलाई झन तलमाथि हुन मद्दत गर्छन । विश्ववास आफ्नो लगानीमा हुनुपर्छ ।

क्रसहोल्डिङ राख्नेको विवरण खोज्दैछौं, प्रमाण जुट्ने बित्तिकै कारबाही गर्छौंः अध्यक्ष सिलवाल

पूर्व सचिव सूर्यप्रसाद सिलवाल बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्ष भएर आएका छन् । उनको नियुक्ति भएको २ साता हुन लागेको छ । नेपाल सरकारको सचिव पदबाट अवकाश पाएका सिलवाल लामो समय गृह प्रशासन चलाएका व्यक्ति हुन् । गृहसचिव भइसकेका सिलवाल उद्योग, वाणिज्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, शान्ति मन्त्रालय जस्ता मन्त्रालयको सचिव पनि भइसकेका व्यक्ति हुन् । तत्कालिन माओवादी विद्रोहीको लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने कार्यमा पनि उनी संलग्न थिए । कडा मिजासका भनेर पहिचान भएका सिलवाल समितिको अध्यक्ष भएर आएपछि यो क्षेत्रमा अब के कस्तो काम हुन्छ भन्ने जिज्ञाशा पनि बढेको छ । नेपाल सरकारको सचिव पदबाट अवकाश पाएको व्यक्ति समितिको अध्यक्ष बनेको यो नै पहिलो पटक हो । यही पृष्ठभूमिमा नेपाली बीमा क्षेत्रको अहिलेको अवस्था, उनले अब चाल्ने कदम लगायतका विषयमा विकासन्युजका लागि मञ्जरी पौडेल  र शिव सत्यालले नवनियुक्त अध्यक्ष सिलवालसँग कुराकानी गरेका छन्ः बीमा समितिको अध्यक्षको रुपमा भर्खर आउनु भएको छ । यहाँ आईसकेपछि समितिलाई कस्तो देख्नुभयो ? मैले कार्यभार सम्हालेका दुई हप्ता भयो । मेरो आफ्नो व्यक्तिगत समस्याको कारण पनि राम्रोसँग काम गर्न पाइरहेको छैन । सरसर्ती हेर्दा अर्थतन्त्रमा सबैभन्दा बढी प्रभाव पार्न सक्ने क्षेत्रको रुपमा बीमालाई लिएँ । अहिलेसम्म नेपालको बीमा क्षेत्रबाट हाम्रो अर्थतन्त्रमा भएको योगदान, बीमाको पहुँच हिसाव गर्ने हो भने २५ प्रतिशतमा बीमाको पहुँच पुगेको छ । जीडीपीमा ३ प्रतिशतको हाराहारीमा योगदान यो क्षेत्रको छ । एकातिर २५ प्रतिशतमा पहुँच छ, जीडीपीमा २ प्रतिशतमा योगदान छ भनियो । तर, हामीसँग शतप्रतिशतको ठाउँ बाँकी नै छ । हामी एग्रेसिभली जनता माझ पुग्न सक्यौं भने जनताले यो सेवा पाउन सके भने यसको असाध्यै राम्रो योगदान नेपालको अर्थतन्त्रमा रहन्छ भन्नेमा मैले सम्भावना देखेको छु । र, यसको दिर्घायु प्रभाव पनि हुन्छ । किनभने सुरक्षित भविष्य छ भन्ने भइसकेपछि मान्छेले ढुक्क भएर अरुअरु काम गर्न पाउँछन् । आर्थिक सुरक्षाको प्रतिभूति दिने एउटा निकाय भनेको बीमा हो । र, संसारभरिको ट्रेन्ड हेर्दा पनि हामीले के पाएका छौं भने कुनैपनि यस्तो क्षेत्र छैन, जहाँ बीमाको व्यवसाय पुग्दैन । तर, हामीकहाँ भने त्यसको अभाव देखिएको छ । हामी सीमित घेरामा, सहर केन्द्रित मात्रै भयौं । यसको प्रभाव दुरदराजका मान्छेहरु, जसले थोरै थोरै पैसाको प्रिमियम तिरेर एउटा निश्चित अवधिभित्र राम्रै पैसा पाउँछन् । त्यसले उनीहरुको जीवनस्तरको राम्रै प्रभाव पर्छ भन्ने देख्न थालेपछि मलाई के लाग्छ भने यसले व्यापकता र विश्वास दुबै पाउने छ । बीमाका राम्रा र नराम्रा दुबै पाटाहरु छन् । बीमा क्षेत्रले कम्तिमा पनि २५ प्रतिशत मान्छेलाई सेवा सुविधा दिँदै आएको छ, जुन राम्रा पाटो हो । नराम्रो पाटो के हो भने यो क्षेत्र केही मान्छेको चंगुलमा छ । केही व्यक्ति विशेषले यसलाई होल्ड गरेर बसेका छन् । यसमा क्रसहोल्डिङ्गहरु भएको पनि देखिन्छ । त्यस्तै, केही मान्छेको स्वार्थको लागि उसको मुनाफाको लागि सञ्चालन भएको जस्तो पनि देखिन्छ । यहि खराब पक्षलाई क्रमशः हामीले हटाउनु पर्छ नै । यसको राम्रा पक्षलाई आम मानिसले फाइदा पुग्ने गरी लैजानु पर्छ भन्ने विषयमा मेरो कार्यकाल केन्द्रित हुन्छ । यहाँले क्रसहोल्डिङ्ग लगायत केही निश्चित मान्छेहरुको सीमाभित्रको तथा उनीहरुको नियन्त्रणमा रहेको कुरा गर्नुभयो । यसमा तपाईंले केही एक्सन लिँदै हुनुहुन्छ ? पक्कै लिन्छु । पहिले प्रमाण जुटाऊँ । सबै प्रमाण जुटाएपछि एक्सन लिइन्छ । यत्तिकै एक्सन लिने कुरा पनि आएन । र, एक्सन लिइसकेपछि फर्कने कुरा पनि आउँदैन । त्यसैले अहिले प्रमाण जुटाउने काम हुँदैछ । प्रमाण जुटेपछि पक्कै कारबाही हुन्छ । फेरि यो मेरो इन्ट्रेस्टको विषय पनि होइन । किनभने यो गर, यो नगर भनेर मैले भन्ने होइन, सबै कानुनले नै भन्ने हो । कानुनले गर भनेको गर्नुपर्यो, हुन्न भनेको गर्नुभएन । त्यसको लागि समय चाहिन्छ र दिइन्छ पनि । ढिलो या चाँडो एक्सन त हुन्छ नै । कानुनले बन्देज गरेका काम गरे त हामी जत्तिको मान्छे आएर के फरक भयो र ? त्यो कामलाई फलोअप नगर्ने हो भने काम भएन । त्यसैले कानुनको बर्खिलाप हुने गरी, कानुनलाई डिष्टोल्ड गर्ने गरी, कानुनका छिद्रहरुमा छिरेर आफ्नो निज स्वार्थको लागि व्यापकता भएको पोलिसी होल्डरलाई बिगार्दिने किसिमका बजार बनाउने, भोलि बीमाको बजार नै अविश्वसनीय बनाउने, यस्ता क्रियाकलाप त मान्य हुने विषय नै भएन । अब मैले लगानी गरेको छु भने मैले उचित प्रतिफल पाउनुपर्छ भन्नेसम्म सेयरहोल्डरको केसमा मान्य हुन्छ । तर पोलिसी होल्डरको पैसा पनि मैले नै सबै पाउनुपर्थ्यो, उसले केहि पनि पाउनुहुँदैन, सरकारले पैसा मात्रै प्रिमियमको रुपमा तिर्नुपर्छ भन्ने त मान्य हुन सक्दैन नि । त्यसैले संसदले पास गरेको कानुनलाई सरकारले कार्यान्वयन गर्ने हो । सरकारको प्रतिनिधि भएको हुनाले अथवा सरकारी निकाय हुनाले त्यो पालना गराउने मेरो कर्तव्य नै हुन आउँछ । कानुन पालना गर्ने नै कुरा गर्नुभयो । जस्तो कि बीमा कम्पनीहरुले तोकिएको समयभित्र वार्षिक साधारणसभा पनि गरिराखेका छैनन् । त्यस्तो अवस्थालाई अब कसरी हेर्नुहुन्छ ? तपाईंले भन्नुभएको जस्तो केस एकाध दुकाध मात्र देखिन्छ । सबैमा त्यो केस छैन । मैले भने नि, बीमा समिति पनि नियन्त्रकको रुपमा मात्रै बस्ने होइन । हाम्रो काम कम्पनीहरुलाई सहजीकरण गरिदिने पनि हो । उनीहरुले भनेका कुरा हामीले पनि समयमै यहाँबाट प्रेषण (डिस्प्याच) गरिदिनु पर्यो । उनीहरुसँग सोध्ने बुझ्ने काम एउटा टाइमफ्रेम भित्र रहेर गुर्नपर्यो । कानुनले ७ दिन भन्छ भने हामीले ७ दिनभित्रमा टुङ्याइदिनु पर्यो, एउटा । दोश्रो, अहिलेसम्मको बीमा व्यवसायमा बैंक जस्तो प्रविधिको प्रयोग भएको देखिदैन । त्यसकारणले सबै कम्पनीले प्रविधिको प्रयोग गर्नुपर्यो । र, समितिले पनि प्रविधिको प्रयोग गर्नुपर्यो । बीमा व्यवसाय भनेको आफैमा एउटा विशेषिकृत व्यवसाय हो । स्पेसिफिक बिजनेस हो । यो स्पेसिफिक बिजेनसमा स्फेसिफिक मान्छे चाहियो । यो चार्टड एकाउन्टेन्टले हेर्ने एरिया हो । यो एक्चुरीले हेर्ने एरिया हो । र, टेक्निसियनले हेर्ने एरिया हो । त्यसकारणले सबै कम्पनीहरुले त्यस्ता म्यानपावरलाई इन गर्नुपर्यो । कम्पनीले मात्रै नभई समितिले पनि त्यसमा ध्यान दिई आफुलाई क्षमतावान बनाउँदै जानुपर्छ । ४० वटा कम्पनीको नियामक निकायको रुपमा बसेको छु भने मैले आफ्नो पनि त्यो क्षमता त बढाउनु पर्यो नि । त्यसैले त्यो दुबै पाटोमा कामहरु गर्नुपर्छ । एउटा त हाम्रो समितिको पाटो रह्यो । यसमा हामीले शुरु नै गरिसकेका छौं । यसलाई कसरी अटोमाइज गर्ने, हामीले कसरी यस्ता जनशक्ति इन गर्ने, कसरी हाम्रो चार्टर्ड एकाउन्टको सेवा लिने, एक्चुरीको सेवा लिने । र, हाम्रो सेवा आवश्यकताको बेलामा कम्पनीलाई पनि दिने । किनभने ऊ पनि कमजोर छ । कतिपय कम्पनी त नयाँ आएका छन् । त्यसैले दुबैतर्फ सशक्तिकरणको पाटोमा जानुपर्छ । पछिल्लो समय बीमा गर्ने बेलामा अलिकति बदमासी भएको कुरा बाहिर आइराखेका हुन्छन् । आज पनि अभिकर्ताहरुको नेटवर्किङ्ग जस्तो गरेर कमिशन लिने पद्धतिहरु आएका छन् भन्ने सुनिन्छ । त्यस्तो विषयलाई कसरी हेर्नुहुन्छ ? अनेक कुरा छन् । अनेक विकृति छन् । सबैलाई एउटै डालोमा राखेर हेर्नुभएन । यहाँ इमान्दार मान्छे पनि छन् । इफिसियन्ट पनि छन् र बैमान मान्छे पनि छन् । त्यसैले इमान्दारहरुको बीचबाट बैमानलाई हामीले सेग्रिगेट गर्नुपर्यो र यिनलाई कारवाहिको दायरामा ल्याउनुपर्यो । यिनीहरुको गल्ती के हो भन्ने बीमा समितिको निरीक्षण टोलिले गएर हेर्नु पर्यो । क–कसले गल्ती गर्दै छ । आज एकल बीमा गराउने, भोलि सरेन्डर गराएर बैंकबाट ऋण लिने । यो सबै बन्द गर्नु पर्यो । यो व्यापार होइन । यो बिजेनस होइन । यो इथिकल्ली गर्न नहुने हो, यसले मुलुकलाई ढाट्दै छ र देशलाई धोका दिँदै छ । एउटा कुनै कम्पनीको र बीमा कम्पनीको अभिकर्ता मिलेर सबै द्वन्द्व गर्न पाइँदैन । हामीले हिजै राष्ट्र बैंकलाई अनुरोध गरेर पत्र पठाएका छौं कि बैंकले पोलिसीमा धितो दिने होइन । यो त कम्पनीले दिने हो नि । इन्योरेन्सका सीईओ बैंकमा सिफारिस गरेर ऋण देउ भन्ने हो र ? होइन नि । त्यसैले यसलाई बन्द गराउनु पर्यो भनेर पत्र पठाएका हौं । मलाई लाग्छ यसले बीमा बजारमा प्रभाव पार्छ । र, समितिले हेर्दै छ है भन्ने सबै बीमा कम्पनीलाई पर्छ । ऐन अनुसार तोकिएको मितिमै साधारणसभा नगर्ने, वित्तीय विवरण तथा लेखापरिक्षण प्ररिक्षण प्रतिवेदन नबुझाउनेलाई के कस्तो गृहकार्य गर्नुहुन्छ ? जसमा सरकारको लगानी भएका नै २ वटा कम्पनी छन्, तिनीहरुमाथि कस्तो व्यवहार हुन्छ ? छन् । यसमा बीमा समितिको निगरानी नपुगेकै हो, त्यो बेलामा । २०६२/६३ देखिको समस्यालाई २०७७ को अन्त्यतिर आएर समस्या देख्दै छौं । त्यो बेलादेखि स्थापना भएका कम्पनीको अहिले हामीकहाँ डकुमेन्ट पनि छैन । हामीले विषय त कानुन बमोजिमको उठाउनु नै पर्छ । तर, कम्पनीले हामीलाई अलिकति समय दिनुस् । हामीले त्यो विवरण बुझाउन सकेनौं भने पनि यसपछिको प्रकृया मिलाएरै पेश गर्छौ भनेर आग्रह गरेका छन् । हाम्रो एक्चुरी र चार्टर्ड एकाउन्टेन्टसँग छलफल गरेपछि हामीले त्यसमा सहजीकरण गरिदिन्छौं । यसको मतलब ढाँटेको सम्पत्ति, ढाँटेको दायित्वको कुरा गरेको होइन । यसमा तत्कालै धेरै गर्यौं भने पनि पछिल्लो १२ वर्ष पछाडिकैमा अड्क्यौं भने त्यसपछिको पनि अड्किन्छ । त्यसैले जतिसम्मको आउँछ, त्यसलाई हेरौं । पछिल्लो आवको आर्थिक विवरणहरु प्रकृया मिलाएर नै पेश गर्नुपर्छ नै भनेर सर्त राखौं भनेपछि कम्पनीले सञ्चालक समितिबाट निर्णय गरी प्रतिवद्धता व्यक्त गरेर पठाउँछौं, त्यसपछि तपाईहरुले हामीलाई दिनुस् भनेको छ । र, हामीले पनि निज कम्पनीलाई सहजीकरण गरेर आफ्नो एकाउन्ट अपडेट गर्नुस् र पछि नबिग्रने बाटो खोज्नुस् भनेका छौं । सरकारी लगानी भएका सरकारी कम्पनीलाई केही सहुलियत सुविधा दिन रेगुलेटर तयार हुने । तर निजी क्षेत्रका कम्पनीहरुमाथि भने अलिकति निर्मम् हुने भन्ने सुनिन्छ नि ? त्यस्तो हैन । र, छैन पनि । समितिले हेर्ने भनेको त ऐन हो । तर बिडम्बना के छ भने त्यो संस्थान जुन हामीले सन्दर्भ उठाएका छौं, त्यो आफ्नै ऐन अन्तर्गत स्थापना भएको हो । बीमा समितिको ऐन अन्तर्गत होइन । उसको ऐन र हाम्रो ऐन बाझ्छ । यो बाझिने हुनाले नै उसलाई कम्पनीमा लैजानु पर्छ भनेर नयाँ ऐन बनाउन लागेका थियौं । अहिले संसद विघटन भएर त्यो आउन सकेन । त्यो आएपछि हुन्छ यो । हामीले सबै कम्पनीलाई २ अर्ब रुपैयाँको पुँजी भन्यौं । उसको ऐनले ५० करोड रुपैयाँ पनि माग्दैन । त्यस्ता खालका प्राविधिक समस्या छन् । अब आउने जुन नयाँ ऐन छ, त्यसमा बीमा संस्थान पनि पर्छ । यसमा प्रोटेक्सनको कुरा भन्दा पनि इजिनेसको कुरा हुन्छ । र, निजीलाई पनि उसको नमिलेको डकुमेन्ट हामीले सर्त राखेर निश्चित अवधि ३ महिना वा ५ महिनापछि यो मिलाउ भनिरहेका छौं । यसरी हेर्ने हो भने कसैको पनि योग्यता पुगेन । अब के बिजनेस नै बन्द गरिदिने ? यसमा त हामीले निगरानी गरिदिनु पर्यो । तर, तपाईंले भन्नुभएको जस्तो निजीलाई च्याप्ने, सकाइदिने र सरकारीलाई सहजिकरण गरिदिने भन्ने बिलकुल होइन । तपाईं आउनुभन्दा अघि सबैभन्दा धेरै चर्चा भएको कोरोना बीमा गर्नेले दावी भुक्तानी कहिले पाउँछन् ? दुई दिन अगाडि नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब रुपैयाँ पुलमा रकम हालिसक्यो । लोन लिएर भएपनि तपाईंहरुले रकम जम्मा गरिदिनुस् भने पछि उहाँले जम्मा गर्नुभयो । अब हाम्रो पालो छ । हामीले पनि दुई तीनदिन भित्रमा एक अर्ब रुपैयाँ पठाउँछौं । मलाई के लाग्छ भने यो रकम गइसकेपछि धेरै नै सहज हुन्छ ।

एउटा ब्रोकर डुब्यो भने नेपालको पुँजी बजार नै डुब्ने अवस्था छः सन्तोष मैनाली

धितोपत्र बोर्डले गत आइबारदेखि लागु हुनेगरी सेयर ब्रोकरमा लाग्ने कमिसन ३३ प्रतिशतले घटाएको छ । कमिसन घटाउने बोर्डको निर्णयप्रति धितोपत्र ब्रोकर असन्तुष्ट देखिएका छन् । अहिले तय गरिएको कमिसनले आफूहरुको व्यवसाय नै चल्न नसक्ने अवस्था आएको ब्रोकरहरुको भनाई छ । सँगै ब्रोकरले प्रदान गर्ने सेवाप्रति लगानीकर्ताले गुनासो पनि गरिरहेका छन् । यही परिवेशमा अहिले घटाइएको कमिसनप्रति ब्रोकरको असन्तुष्टी किन, लगानीकर्तालाई सेवा प्रवाह प्रभावकारी बनाउन ब्रोकरले किन सकिरहेका छैनन् भन्ने लगायतका विषयमा केन्द्रीत रहेर स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीसँग कुराकानी गरिएको छः धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्ने कमिसनको दर घटाएपछि तपाईंहरु असन्तुष्ट हुनुभएको छ, किन ? कमिसन घट्ने भन्ने सन्दर्भ पहिलादेखिकै हो । योभन्दा अघि बजार घटेर अन्दोलन पनि भएपछि अर्थमन्त्रालयले एउटा समिति नै बनाएको थियो । त्यो समितिले तयार पारेको ५८ बुँदे प्रतिबेदनमा ब्रोकर कमिसनका बारेमा अध्ययन गर्ने र घटाउन सकिने अवस्था रहेछ भने घटाउने भन्ने विषय समावेश थियो । जतिबेला कमिसन घटाउने विषय उठ्यो, त्यो बेला हामी ब्रोकरहरु घाटामै संचालन भइरहेका थियौं । त्यसैले त्यो बेला सम्भव थिएन । भविष्यलाई हेरेर कमिसन घटाउन सम्भव छ कि भन्ने ठानेर अर्थमन्त्रालयले निर्देशन दियो । मन्त्रालयको निर्देशन अनुसार धितोपत्र बोर्डले एउटा अध्ययन समिति नै बनायो । त्यो समिति बनेपछि पनि बोर्डमा गएर हामीहरु घाटामै संचालन भइरहेका छौं, भोलि कारोबार बढेर आम्दानी बढ्ला । तर, कमिसन घटाएपछि ब्रोकरको आर्थिक अवस्थामा कस्तो असर पर्छ भन्ने कुरा पनि हेरौं भनिरहेका थियौं । अर्काे कुरा, ब्रोकरहरुले जुन किसिमको परिकल्पना गरेर नयाँ कारोबार प्रणाली ल्याउनदेखि सेवाको गुणस्तर बृद्धि गर्नेसम्मको विषय थियो, त्यसमा कस्तो असर पर्छ भनेर पनि अध्ययन गरियोस् । कमिसन घट्नै हुन्दैन भन्ने होइन । कारोबार धेरै बढ्यो भने कमिसन घटाउँनु ठिक होला । तर, कमिसन घटाउँदा दीर्घकालिन रुपमा ब्रोकरको आर्थिक अवस्थामा कस्तो असर पार्छ, ब्रोकरहरु सस्टेन गर्न सक्छन् कि सक्दैनन् भनेर विशेष ध्यान दिनुपर्छ भन्ने हाम्रो कुरा थियो । कमिसन भनेको कारोबारसँग प्रत्यक्ष सम्बन्ध भएको विषय थियो । मार्केट साइकल अनुसार कारोबार कहिले बढ्ने र कहिले घट्ने अवस्था भइरहेको छ । अर्काे कुरा भनेको दीगो आम्दानीको स्रोतहरु जस्तै, मार्जिन ट्रेडिङ, पोर्टफोलियो म्यानेजमेन्ट, एडभाइजरी जस्ता ब्रोकरले अन्तराष्ट्रिय रुपमा गरिरहेका कामहरुतिर पनि ढोका खोलौं । त्यो काम भएपछि ब्रोकरको आम्दानीको स्रोत बढ्छ, कमिसन घटाएपछि बजारलाई पनि राम्रो असर गर्छ भन्ने हाम्रो कुरा थियो । त्यो बेला पनि हाम्रो कुरा सुनुवाई भएन । परिणाम के भयो भने त्यो कमिसन घटाएपछिका ४ वर्षमा २ वर्षसम्म धेरै ब्रोकरहरु घाटामा गए । त्यो अनुभवबाट अहिले पनि हामीले यही कुरामा चासो राखेका थियौं । यो कुरा २०७३ सालमा ४० प्रतिशत कमिसन एकैपटक घट्दा पनि हामीले भनेका थियौं । त्यो बेला पनि हाम्रो कुरा सुनुवाई भएन । परिणाम के भयो भने त्यो कमिसन घटाएपछिका ४ वर्षमा २ वर्षसम्म धेरै ब्रोकरहरु घाटामा गए । त्यो अनुभवबाट अहिले पनि हामीले यही कुरामा चासो राखेका थियौं । अहिले पनि अन्य कुराहरुमा कुनै सम्बोधन नगरी खाली नयाँ लगानीकर्ता प्रवेश गराउन प्रोत्साहन हुने र बजारलाई गतिशील बनाउने भन्ने नाममा हाम्रो कमिसन घटाउने मात्रै काम भयो । जबकि नयाँ लगानीकर्तालाई प्रवेश गराउन प्रोत्साहन गर्ने र बजारलाई गतिशील बनाउन गर्नुपर्ने काममा ब्रोकर कमिसन अन्तिमतिर पर्छ । त्यो बाहेकका अरु धेरै विषयहरु छन्, ती विषयमा किन ध्यान नदिएर ब्रोकरहरुले पहिलादेखि नै उठाउँदै आएका एजेण्डाको सम्बोधन नगरी ब्रोकर कमिसन मात्रै किन घटाएको भनेर हामीहरु धितोपत्र बोर्ड पुगेका हौं । २०७३ सालमा ४० प्रतिशतले र अहिले ३३ प्रतिशतले कमिसन घटाइएको छ, यसरी हेर्दा कमिसन बढी नै रहेछ भन्ने पुष्टी हुँदैन र ? यसलाई कसरी हेर्ने भन्ने प्रमुख कुरा हो । जस्तो कि २०७३ सालमा कमिसन घटाए पनि राम्रो त गरेन । २०७३ को साउनमा कमिसन ४० प्रतिशतले घटाइएको थियो । त्यसपछिका ४ आर्थिक वर्षमा ब्रोकर इन्डष्ट्रीले राम्रो गर्न सकेको छैन । राम्रो भन्नाले वित्तीय रुपमा पनि राम्रो भएन । आफूहरु घाटामा भएको कारण केही ब्रोकरहरुले आफ्नो सुविधा अनुसार बैंकबाट लिएको कर्जाको उच्च व्याज तिरिरहेका छन् । बाहिरबाट हेर्दा ब्रोकरहरु कोही पनि छोडेर हिडेका छैनन्, त्यहाँ राम्रो भइरहेको छ भन्ने देखिन्छ होला । तर, भित्र पसेर राम्ररी हेर्ने हो भने ब्रोकर इन्डष्ट्रीलाई राम्रो भएको छैन । ब्रोकरहरु घाटामै हुँदाहुँदै पनि पुँजी बजारको विकासका लागि हामीहरु लागिरहनु पर्छ है भनेर काम गरिरहेका छन् । लगानी थपिरहेका छन् । राम्रा कर्मचारी राखिरहेका छन् । कमिसन घटाउने मात्रै हो भने त २०७३ सालमा ४० प्रतिशतले घटाइयो, अहिले ३३ प्रतिशतले घटाइयो, फेरि पनि घटाउँदा पनि फरक परेन । तर, त्यसले कहाँनेर राम्रो गरेको छ, त्यसको नतिजा के आइरहेको छ भन्ने पनि हेर्नुपर्छ । त्यतिबेला ४० प्रतिशत घटाएर अहिले पनि ३३ प्रतिशत घटाउने ठाउँ रहेछ भनेर मात्रै हुँदैन । तथ्यांकमै हेर्ने हो भने पनि २०७३ यता ब्रोकरको खर्च मात्रै ३५ देखि ४० प्रतिशतले बृद्धि भएको छ । लगानीमा पनि १०३ प्रतिशतले बढेको छ । तत्कालिन अवस्थामा हामीले तिर्ने करको दर २५ प्रतिशत थियो, अहिले ३० प्रतिशत भएको छ । बढ्दाखेरी यी सबै कुराहरु बढेका छन् । यी कुराहरु नहेरी कारोबार मात्रै बढ्यो भनेर हुँदैन । कारोबार भनेको पनि आज बढी हुन सक्छ, भोलि त्यति नहुन सक्छ । तर, हाम्रो बढेको कर, खर्च र लगानी त दीर्घकालिन प्रकृतिको हुन्छ । धितोपत्र बोर्डको अध्ययनले पनि ब्रोकरको खर्चमध्ये ९५ प्रतिशत स्थीर प्रकृतिको छ भन्ने देखाउँछ । यस्तो खर्चले कारोबारसँग सम्बन्ध राख्दैन । कारोबार बढेपनि वा घटेपनि यो खर्च स्थीर नै रहन्छ भन्ने अध्ययनको निक्र्योल छ । कमिसन घटाउने मात्रै हो भने त २०७३ सालमा ४० प्रतिशतले घटाइयो, अहिले ३३ प्रतिशतले घटाइयो, फेरि पनि घटाउँदा पनि फरक परेन । तर, त्यसले कहाँनेर राम्रो गरेको छ, त्यसको नतिजा के आइरहेको छ भन्ने पनि हेर्नुपर्छ । त्यतिबेला ४० प्रतिशत घटाएर अहिले पनि ३३ प्रतिशत घटाउने ठाउँ रहेछ भनेर मात्रै हुँदैन । अर्काे कुरा, महंगो सस्तो भनेर दरलाई मात्रै हेर्ने हो कि अन्य कुराहरुलाई पनि तुलना गर्ने हो भन्ने पनि आउँछ । हाम्रो कमिसन दक्षिण एसियाकै महंगो छ भनेर पनि आवाज उठिरहेको थियो । यो कसरी महंगो भयो भन्ने कुरा नै अनौठो छ । दक्षिण एसियाली देशका कुनै पनि नियामकले तोकेको कमिसन दरभन्दा हाम्रो नियामकले तोकेको कमिसन दर कम छ । माथिल्लो सिलिङ तोकेर छोडेका कारण हाम्रोभन्दा कम देखिएको होला । कहीँ माथिल्लो र तल्लो तह तोकेर बीचमा खुल्ला छोडिएको होला । पहिला ०.६ भनिए पनि धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को भाग कटाउँदा ०.४८ प्रतिशत थियो । आजसम्म कुनै पनि देशले ०.४८ सिलिङ तोकेर छोडेको भेटिन्न । हाम्रो बजारको साइकल भनेको एउटा पिकबाट अर्काे पिक वा एउटा बटमबाट अर्काे बटममा पुग्न ८ देखि ९ वर्षको हुन्छ । त्यो चक्रमा ब्रोकरको औसत लगानी कति र औसत प्रतिफल कति भनेर हेर्ने हो भने आजको दिनमा पनि बैंकिङ क्षेत्रको भन्दा उच्च प्रतिफल छैन । औसतमा १८ देखि २० प्रतिशतको हाराहारीमा छ । अन्यत्रको उदाहरण हेर्ने हो भने बजारको आकारलाई पनि हेरौं । ब्रोकरले गर्ने कारोबारलाई पनि हेरौं । ब्रोकरले प्राप्त गर्ने आम्दानीका स्रोतहरुलाई पनि हेरौं । बाहिरबाट हेर्दा हाम्रोमा ब्रोकरले धेरै कमाइरहेका जस्तो देखिन्छ । त्यसलाई हेर्दा सम्पूर्ण चक्रमा ब्रोकरले औसतमा कति कमाइरहेका छन् भनेर हेर्नुपर्छ । हाम्रो बजारको साइकल भनेको एउटा पिकबाट अर्काे पिक वा एउटा बटमबाट अर्काे बटममा पुग्न ८ देखि ९ वर्षको हुन्छ । त्यो चक्रमा ब्रोकरको औसत लगानी कति र औसत प्रतिफल कति भनेर हेर्ने हो भने आजको दिनमा पनि बैंकिङ क्षेत्रको भन्दा उच्च प्रतिफल छैन । औसतमा १८ देखि २० प्रतिशतको हाराहारीमा छ । अर्काे कुरा, उद्योगको प्रकृति पनि हेर्नुपर्छ । कुनै क्षेत्रले धेरै नाफा गर्छ । कुनै क्षेत्रले कम कमाउँछ । यसरी हेर्दा विश्वव्यापी रुपमा ब्रोकर क्षेत्र भनेको असाध्यै आकर्षक क्षेत्र मानिन्छ । त्यसमा पनि हामीले वित्तीय क्षेत्रले दिने औसत प्रतिफल जति ब्रोकर क्षेत्रले पनि पाउँनु पर्छ है भनेर हामीहरु भनिरहेका छौं । अहिले अल्पकालिन कारोबार जुन रुपमा बढिरहेको छ, यसको कारण भनेको बजारमा प्राप्त अधिक तरलता नै हो जस्तो हामीलाई लाग्छ । अहिलेको जस्तो अवस्था तरलता बाहेका २ वर्षअघि पनि यस्तै थिए । तरलताको अवस्था कति दीर्घकालिन हो, यसमा कति विश्वस्त हुन सकिन्छ भन्ने कुरा नहेरी गरिएको निर्णय अल्पकालिन नै हुन्छ । कमिसनकै विषयमा हामी ब्रोकरहरुले नै पनि एउटा अध्ययन गरेका थियौं । अध्ययन गर्दा कमिसनलाई मात्रै हेरेर हुँदैन । सबै कुरा हेर्नुपर्छ । कतै ब्रोकरले शुन्य कमिसनमा काम गरेका पनि होलान् । शुन्य कमिसनमा काम गर्ने ब्रोकरले कहाँबाट कमाउँछन् भनेर हेर्न पनि जरुरी छ । भारतमा शुन्य कमिसन दरमा काम गर्ने ब्रोकरको कमाई बढी कमाउने ५ ब्रोकरभित्र पर्छ । उसको आम्दानीको स्रोत पक्कै पनि लगानीकर्ता नै होला । उसले लगानीकर्तासँग कुन रुटबाट लिइरहेको छ र त्यो रुटबाट हामीले कमिसन लिने अवस्था छ कि छैन भनेर पनि हेर्नुपर्ने हुन्छ । यी सबै कुराहरु हेरेर हामीले गरेको अध्ययनले दक्षिण एसियाली देशहरु मात्रै होइन, पश्चिमा धेरै देशहरुमा पनि हामीले लिएको कमिसन निकै कम देखिन्छ । अहिले ८५ प्रतिशत कारोबार अनलाइन मार्फत हुन्छ, अनलाइन मार्फत कारोबार हुँदा ब्रोकरको काम त्यसै घट्यो, कमिसन घटाएपछि कारोबार बढ्छ, कारोबार बढेपछि ब्रोकरको आम्दानी स्वतः बढ्छ भन्ने तर्क धितोपत्र बोर्डको छ नि ? अहिले ८५ प्रतिशत कारोबार अनलाइन मार्फत हुँदा पनि ब्रोकरको कुनै खर्च घटेको छैन । अनलाइन हुनुभन्दा अघि हाम्रोमा एउटा ट्रेडिङ रुम हुन्थ्यो । त्यहाँ रहेका निश्चित कर्मचारीले काम गर्थे । आज तीमध्ये एक जना कर्मचारी पनि कटौति गर्न पाएको छैन । पछिल्लो समय आइपीमा धेरै नयाँ लगानीकर्ता प्रवेश गर्नुभएको छ, जो अनलाइन चलाउनु हुन्न । हामीले सेवा दिने भनेको कसले कति लगानी गर्छ भन्ने भन्दा पनि कति जनालाई सेवा दिनुपर्छ भन्ने विषय प्रमुख हुन्छ । एउटा मान्छेले १० करोड रुपैयाँको कारोबार गर्नु र १० हजार रुपैयाँको कारोबार गर्नुमा उसलाई दिने समय उत्ति नै हो । अनलाइन आएपछि हामीहरुको खर्च उल्टै बढेर गएको छ । प्रविधिमा खर्च बढेर गएको छ । डेटा सेन्टरको कुरा गर्ने हो भने सुरुमा हामीले होस्टिङ जति खर्चको अनुमान गरेका थियौं, त्योभन्दा ४ गुणाले बृद्धि भइसकेको छ । अनलाइन आएपछि हामीहरुको खर्च उल्टै बढेर गएको छ । प्रविधिमा खर्च बढेर गएको छ । डेटा सेन्टरको कुरा गर्ने हो भने सुरुमा हामीले होस्टिङ जति खर्चको अनुमान गरेका थियौं, त्योभन्दा ४ गुणाले बृद्धि भइसकेको छ । प्रविधिको प्रयोगसँगै हामीलाई त्यही अनुसारको जनशक्ति पनि चाहिन्छ । हिजोको दिनमा सामान्य कर्मचारी भए हुन्थ्यो भने अब दक्ष कर्मचारी चाहिएको छ । उसलाई गर्ने खर्च पनि बढी हुन्छ । प्रणालीसँगै जोखिम पनि बृद्धि भएर जान्छ । जोखिम व्यवस्थापनको लागि पनि खर्च बढाउनु पर्छ । जोखिमको लागि निश्चित प्रकारको प्रोभिजनिङ पनि गर्नुपर्ने हुन्छ । यो पनि लागत बृद्धि नै हो । नेप्सेले संचालन गरेको टीएमएस आजसम्म हामीले निःशुल्क रुपमा चलाउन पाएका छौं । यसमा पनि नेप्सेले अव निश्चित शुल्क लिनको लागि कार्यविधि बनाउने भनेर छलफलको चरणमा छ । ब्रोकर आफै मिलेर योभन्दा उच्चस्तरको र अन्तराष्ट्रिय बजारमा टेस्टेड टीएमएस ल्याउँछौं भनेर लागिरहेका छौं । यसले पनि खर्च बढाउँछ । बाहिरबाट हेर्दा खर्च कम भए जस्तो देखिए पनि अनलाइन कारोबारले ब्रोकरको खर्च उल्टै बढाएको छ, घटाएको छैन । यो कुरा बजार संयन्त्र, नियामक निकाय र लगानीकर्ताले बुझ्न आवश्यक छ । कमिसन दरले अल्कालिन कारोबारीलाई असर पार्छ । कमिसन घटाएको फाइदा हामीले पनि लिन सक्ने भनेको इन्ट्रा–डे कारोबारबाट हो । एउटा मान्छे विहान आउँछ, दिनभरीमा ४/५ चोटी कारोबार गरिरहन्छ र बजार बन्द भएपछि जान्छ । यसो गर्दा ब्रोकरलाई पनि फाइदा हुन्छ । विश्वव्यापी रुपमा लागू भएको कारोबार धेरै भएपछि आम्दानी धेरै हुन्छ भन्ने ‘इकोनोमी अफ स्केल’को मान्यता छ । इकोनोमी अफ स्केलले पनि लागतलाई निश्चित विन्दुसम्म मात्रै कम गर्छ भन्ने मान्यतालाई हामीले विर्सनु भएन । कारोबार धेरै भएको कारण ब्रोकरले बढी लाभ पाउने अवस्था गइसकेको जस्तो मलाई लाग्छ । किनभने पहिला १ प्रतिशतबाट कमिसन घटाएर ०.६ प्रतिशत बनाउँदा पनि जम्मा ३ दिन कारोबार बढेको हो । त्यसपछि निरन्तर ४ वर्षसम्म कारोबार घट्यो । कमिसन घटाएपछि ९३ प्रतिशतसम्म कारोबार घटेको छ । कमिसन मात्रै कारण भएको भए कारोबार घट्नु नपर्ने हो । दैनिक झण्डै ३ अर्बमा पुगेको कारोबार रकम घटेर २२ करोड रुपैयाँसम्म झरेकै हो । कमिसन दरले अल्कालिन कारोबारीलाई असर पार्छ । कमिसन घटाएको फाइदा हामीले पनि लिन सक्ने भनेको इन्ट्रा–डे कारोबारबाट हो । एउटा मान्छे विहान आउँछ, दिनभरीमा ४/५ चोटी कारोबार गरिरहन्छ र बजार बन्द भएपछि जान्छ । यसो गर्दा ब्रोकरलाई पनि फाइदा हुन्छ । इन्ट्रा–डे कारोबारको बाटो खोल्ने हो भने हामी अहिलेको भन्दा कम दरमा र त्यसमा पनि अझ एकतर्फी कमिसन मात्रै लिएर पनि काम गर्न तयार छौं । किनभने त्यसमा विहान किनेर बेलुकासम्म सल्टाइसक्ने भएकोले जोखिम पनि खासै छैन । त्यसलाई सेटलमेन्टमा लैजादा हामीलाई थप आर्थिक भार वा जोखिम बहन गर्नुपर्ने हुँदैन । कमिसन भनेको प्रतिफलसँग पनि सम्बन्धित हुन्छ । प्रतिफल जोखिमसँग सम्बन्धित हुन्छ । बढी जोखिम लियो भने बढी प्रतिफल प्राप्त हुन्छ । सेयर विक्री गर्नेले सेयर दिन्छ, किन्नेले पैसा दिन्छ, यसमा ब्रोकरलाई के कस्तो खालको जोखिम छ ? अन्तराष्ट्रिय रुपमा हेर्ने हो भने दुईटा प्रकारको खाता लगानीकर्ताले चलाउन पाउँछ । एउटा खाता भनेको ब्रोकरसँग मार्जिन कर्जा लिने, अर्काे भनेको क्यास एकाउन्ट प्रयोग गर्ने हो । कसैले क्यास एकाउन्ट प्रयोग गरेर सेयर किन्ने हो भने उसले ब्रोकरलाई शतप्रतिशत रकम दिएर किन्नुपर्छ । त्यसो हुँदा ब्रोकरलाई कुनै पनि प्रकारको जोखिम भएन । मार्जिन कर्जामा कारोबार गर्ने हो भने लगानीकर्ताले आफ्नो भागको रकम पहिला नै दिनुपर्छ, बाँकी रकम ब्रोकरले कर्जा दिन्छ । हाम्रोमा कानुनले २५ प्रतिशत रकम पहिला नै लिएर कारोबार गर्ने भनेको छ । यो २५ प्रतिशत रकम लिन पनि हामीले सकेका छैनौं । कानुनमै भएको कुरा पालना गर्न गराउन किन नसक्नु भएको त ? किन नसकेको भने हाम्रोमा ब्रोकरलाई पहिला नै किन पैसा दिने भन्ने पब्लिक सेन्टिमेन्ट छ । सेन्टिमेन्ट भन्दा पनि लगानीकर्ताको दबाब नै छ भन्छु म । पहिला त यो कुरा अभ्यासमै थिएन । अनलाइन आएपछि नेप्सेले नै २५ प्रतिशत अग्रिम रुपमा लिएर कारोबार गर्नु गराउनु भनेर सर्कुलर जस्तो जारी गर्यो । यो २५ प्रतिशत अग्रिम रुपमा दिएको पैसाको व्याज कसले लिने ? ब्रोकरलाई पहिला नै पैसा किन दिने भन्ने जस्ता प्रश्नलाई हामीले चिर्न सकेका छैनौं । जोखिम व्यवस्थापनको लागि यो आवश्यक छ भनेर ब्रोकर, नियामक वा बजार संयन्त्र संचालकले बुझाउन सकिरहेका छैनौं । अहिले नियममै भएको कुरा (२५ प्रतिशत रकम अग्रिम रुपमा लिने व्यवस्था अनुसार) गर्ने हो भने पनि १८ देखि २७ पैसा कमिसन पाएको आधारमा ७५ रुपैयाँको जोखिम लिइरहनु परेको छ । तर, २५ प्रतिशत रकम अग्रिम रुपमा लिने व्यवस्था पनि कार्यान्वयनमा छैन । यसरी हेर्दा १८ पैसादेखि २७ पैसा लिएर सय रुपैयाँको जोखिम लिइरहनु परेको छ । अहिले लिन पाउँने भनिएको ०.२७ देखि ०.४ प्रतिशतको कमिसनबाट नेप्से र धितोपत्र बोर्डले लिने रकम कटाएर हेर्ने हो भने हामीले पाउने भनेको ०.१८ प्रतिशतदेखि ०.२७ प्रतिशतसम्म मात्रै हो । त्यसमा पनि हामीले लिने १५ प्रतिशत टीडीएस पनि हाम्रो खातामा आउँदैन । हामीले त्यो रकम प्रयोग गर्नै पाउँदैनौं । अहिले नियममै भएको कुरा (२५ प्रतिशत रकम अग्रिम रुपमा लिने व्यवस्था अनुसार) गर्ने हो भने पनि १८ देखि २७ पैसा कमिसन पाएको आधारमा ७५ रुपैयाँको जोखिम लिइरहनु परेको छ । तर, २५ प्रतिशत रकम अग्रिम रुपमा लिने व्यवस्था पनि कार्यान्वयनमा छैन । यसरी हेर्दा १८ पैसादेखि २७ पैसा लिएर सय रुपैयाँको जोखिम लिइरहनु परेको छ । विभिन्न विषयमा धितोपत्र बोर्ड घेराउ गर्न जान सक्नुहुन्छ, नेप्सेअघि नारा जुलुस गर्न सक्नुहुन्छ तर, नियममै भएको व्यवस्था कार्यान्वयन गर्न गराउन किन सक्नुहुन्न ? यो कुरा भन्न हामी नगएको, नभनेको कहिल्यै छैन । सधै भनिरहेका छौं, धाइरहेका छौं । फेरि यो जोखिम भनेको ब्रोकरको टाउको दुखाई मात्रै होइन । भोलि एउटा ब्रोकर डुब्यो भने बजार डुब्छ । जस्तो कि कुनै लगानीकर्ताले मेरोमा आएर ठूलो रकमको सेयर किन्यो, उसले ३ दिनसम्म रकम भुक्तानी गरेन, मैले पनि रकम व्यवस्था गर्न सकिनँ भने बजारको राफसाफ के हुन्छ ? हाम्रो राफसाफ प्रणाली कस्तो छ ? दैनिक अर्बाैंको कारोबार छ । त्यसको व्यवस्था गर्नको लागि हामीसँग कतिको फण्ड छ ? कतिको बीमा छ ? अन्य देशमा हेर्ने हो भने कुनै देशमा कारोबार रकम बारबरको र कुनैमा कारोबार रकमको ३/४ गुणासम्मको सेटलमेन्ट ग्यारेन्टी फण्ड हुन्छ । त्यो फण्डभन्दा माथि गएर उनीहरुले बीमा गराएका हुन्छन्, सकेसम्म त्यो फण्ड पनि चलाउनु नपरोस भनेर । यो जोखिम भनेको ब्रोकरको टाउको दुखाई मात्रै होइन । भोलि एउटा ब्रोकर डुब्यो भने बजार डुब्छ । हाम्रोमा त्यस्तो खासै छैन । कुनै ब्रोकरले सकेन, नसकेकै कारण उ बरु जेल जान तयार भयो भने के गर्ने ? त्यस्तो अवस्थामा बजारलाई कसरी उद्धार गर्ने भन्ने संरचना हाम्रोमा छैन । हामीले बारम्बार यो कुरा उठाइरहेका छौं । आजसम्म ब्रोकरको इमान्दारिताले गर्दा बजार चलेको छ । एउटा लगानीकर्ताले किनेको सेयर नपाएको वा बेचेको पैसा नपाएको रेकर्ड छैन । वित्तीय क्षेत्रको सबैभन्दा प्रभावकारी नियामक भनिएको नेपाल राष्ट्र बैंकले नियमन गरेका कति संस्था डुबेर गए । सर्वसाधारणको धेरै निक्षेप डुवेर गयो । तर, सेयर बजारमा यस्तो भएको छैन । किनेको सेयर नपाउने वा बेचेको पैसा नपाउने अवस्था नआएको प्रभावकारी संयन्त्र बनेकोले होइन, ब्रोकरको इमान्दारिताले मात्रै हो । यसमा ब्रोकरलाई कदर पनि गर्नुपर्छ भन्ने मलाई लाग्छ । कदर भन्नाले हामीलाई बोलाएर माला लगाइदिनुपर्छ भनेको होइन, हामीले उठाएका जायज विषय सम्बोधन हुनुपर्छ भनेका हौं । जस्तो कि विदेशका कुनै पनि बजारमा मेरो यो सेयर बेचिदिनुस् भनेका भरमा कुनै पनि ब्रोकरले सेयर बेचिदिदैन । ब्रोकरले पहिलो त्यो सेयर मेरो कन्ट्रोलमा हुन्छ कि हुँदैन भनेर खोज्छ । हाम्रो मा त लगानीकर्ता ढोकामा आएर अर्डर फर्म भरेर दिएको भरमा अन्दाजमा बेचिरहेका छौं । बेच्दैनौं भनेर भन्न पनि सक्दैनौं । हामीले बेचेको सेयर हाम्रोमा आउँछ कि आउँदैन भन्ने थाहा हुँदैन । मैले सेयर बेचें, म तिमीलाई नेप्से मार्फत ३ दिनभित्रमा सेयर दिन्छु भनेर अर्काे ब्रोकरसँग कानुनी सम्झौतमा छिरेको हो । तर, हामीलाई यस्तो कानुनी सम्झौतामा छिर्न कानुनले वाध्य पारेको छ कि जुन सेयरसँग हाम्रो पहुँच नै छैन । भोलि आउने हो कि होइन भन्ने थाहा छैन । अरु देशले यस्तो समस्याको समाधान कसरी गरेका छन् भने आफ्नो डिपीमा भएको सेयरको मात्रै कारोबार गर्छु भन्ने अधिकार ब्रोकरलाई हुन्छ । नियामकले पनि त्यो कुरा मान्छ । सेयर बजारमा किन्ने मान्छेले सेयर पाउने ग्यारेन्टी त गराउनु पर्यो । बेच्ने ठाउँमै ग्यारेन्टी गर्न सकिदैन भने किन्ने मान्छेले पाउँछ भन्ने कसरी ग्यारेन्टी गर्ने भन्ने समस्या छ । त्यसो भए त किन्नेले सेयर नपाउने र बेच्नेले पैसा नपाउने खतरा पनि छ ? प्राविधिक रुपमा हेर्दा त्यस्तो देखिन्छ । तर, अहिलेसम्म ब्रोकरको इमान्दारिताको कारण किन्नेले सेयर नपाएको र बेच्नेले पैसा नपाएको उदाहरण भने छैन । हाम्रो बजारको आकार बढ्दै गएको छ । अहिलेको बजारको आकार अनुसार कुनै दिन ब्रोकरले हात उठाउने अवस्था आयो भने सेयर वा पैसा नपाउने सम्भावना पनि रहन्छ । अहिले हामी विदेशी लगानीकर्ता, संस्थागत लगानीकर्ता भित्र्याउने कुरा गरिरहेका छौं । अहिलेको संरचना हेरेर कुनै पनि संस्थागत वा विदेशी लगानीकर्ता हाम्रो बजारमा आउने सम्भावना म देख्दिनँ । सेयर बेच्दा पैसा र किन्दा सेयर पाउने ग्यारेन्टी गर्नको लागि के के काम गर्न बाँकी छ ? एउटा कुरा त ठूलो आकारको सेटलमेन्ट ग्यारेन्टी फण्ड बनाउनु पर्छ । कुनै ब्रोकरले राफसाफ गर्न सकेन भने पनि क्लियरिङ हाउसले त्यो फण्ड चलाएर राफसाफ गर्न सक्ने बनाउनु पर्छ । आजसम्म क्लियरिङ हाउससँग त्यस्तो फण्ड छैन । अहिले भर्खर सेटलमेन्ट ग्यारेन्टी फण्डको सुरुआत त भएको छ, तर एकदमै सानो आकारको छ । आजको दिनसम्म बेचेको सेयरको पैसा ब्रोकरले जसरी पनि ३ दिनको १२ बजेभित्रमा बुझाइसक्नु पर्छ । त्यो ३ दिनको १२ बजेभित्रमा बुझाएन भने के त ? यसमा केही व्यवस्था नै छैन । यस्तो समस्या आउँदा आजसम्म १२ बजेको साटो अलिकति समय पर्खने गरिएको छ । ब्रोकरले जे जसरी भएपनि ऋणसिन गरेर पैसा बुझाउँछ । हाम्रो प्रणालीमा एउटा ब्रोकरको राफसाफ भएन भने बाँकी ४९ वटै ब्रोकरको राफसाफ रोकिन्छ । कि सबै ब्रोकरको राफसाफ हुन्छ, कि सबै ब्रोकरको हुँदैन । तर, विदेशका ब्रोकरसँग यस्तो समस्या छैन । ब्रोकरले लिने कमिसनको कुरा गर्दा यो समस्या पनि जोडेर हेर्नुपर्छ । कमिसन दरलगायतका नयाँ विषयमा ब्रोकरको आम्दानी वा सुविधामा केही कमी आउने गरी नयाँ नीतिगत व्यवस्था भएको जुनसुकै समयमा पनि दोस्रो बजारमा संकुचन आउने गरेका विगतका उदाहरण छन्, बजारलाई यसरी प्रभावित पार्न सक्ने कस्तो ताला छ तपाईंहरुसँग ? गत आइतबारदेखि नयाँ कमिसन दर लागू भयो । त्यसपछिका २ दिनमा एक दिन बजार घट्यो, अर्काे दिन कारोबार रकम घट्यो । यसलाई संयोगका रुपमा मात्रै लिदा हुन्छ । यसअघिका ब्रोकरसँग सम्बन्धित हरेक विषय आएको बेलामा बजारमा संकुचन आएको छैन । यहाँ मात्रै होइन, विश्वभरी बजार बढेपनि ब्रोकर, घटेपनि ब्रोकर भन्ने आरोप लाग्ने गर्छ । यसैले यस्ता आरोपलाई स्वभाविक रुपमा लिनुपर्छ । अहिलेको कुरा गर्ने हो भने एउटा ब्रोकरको ५ देखि ६ जनाले कारोबार प्रणालीमा अर्डर राख्छन् । एउटा ब्रोकरको ६ जनाको दरले हिसाव गर्ने हो भने ब्रोकरको आन्तरिक प्रयोकर्ता भनेको ३ सय जना हो । अहिले ८५ प्रतिशत लगानीकर्ताले अनलाइन मार्फत आफै कारोबार गर्ने गरेको तथ्यांकले पनि देखाएको छ । अनलाइन प्रयोगकर्ताको संख्या सबा २ लाख पुगिसकेको छ । यत्रो ठूलो बजारमा ३ सय जना प्रयोगकर्ताले असर पार्न सक्छ कि ८५ प्रतिशत कारोबार गर्ने सबा २ लाख प्रयोगकर्ताले असर पार्न सक्छ भन्ने प्रमुख कुरा हो । बजार घट्नु ब्रोकरका कारणले मात्रै होइन होला । अघिल्लो साता मात्रै नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा सम्बन्धी गरेको नयाँ व्यवस्था अनुसारको सर्कुलर पनि कारक होला । ब्रोकरलाई आरोप लाग्नु स्वभाविक हो । बजारको प्रवेश विन्दु भनेको नै ब्रोकर हो । लगानीकर्ताले चिन्ने पनि ब्रोकर नै हो । त्यहाँभन्दा माथिका अरुलाई लगानीकर्ताले चिनेको पनि हुन्दैन, मतलब पनि हुदैन । ब्रोकरले भनेको बेलामा फोन उठाउँदैनन्, भनेको बेलामा किन्ने बेच्ने गर्दैनन्, यिनीहरुले दिने सेवाको स्तर एकदमै कमजोर छ तर, कमिसन भने धेरै छ भनेर लगानीकर्ताले गुनासो गरिरहेका छन् नि ? यो आरोप हामीले पनि सुनिरहेका छौं । हामी कुन क्षमताको परिकल्पना गरेर बसिरहेका थियौं र अहिले कुन क्षमता आवश्यक पर्यो भन्ने पनि हामीले बिचार गर्नुपर्छ । जस्तो कि लकडाउन अघि ९/१० लाखको संख्यामा रहेका डिम्याट खाता अहिले बढेर २३ लाख पुगिसकेको छ । छ महिनाको बीचमा १३० प्रतिशतको बृद्धि धान्ने भनेको जोकको कुरा होइन । नेप्से, सिडिएस र ब्रोकरले एउटा अनुमान गरेको हुन्छ । छोटो अवधिमा हुने यस्तो बृद्धिले प्रभाव पर्छ नै । कोभिड आउनु अघि १२/१३ हजार अनलाइन प्रयोगकर्ता थिए । अहिले बढेर सबा २ लाख पुगेको छ । ती अनलाइन फर्म भर्नेहरुलाई हामीले पनि फर्म भराएका हौंला । अफिसमा ल्याएर त्यसलाई प्रोसेसिङ गरेका हौला । प्रयोगकर्तालाई लिंक पठाएका हौला । लिमिट म्यानेजमेन्टको कुराहरु होलान् । त्यसैले सधैभरी नराम्रो मात्रै देख्ने हो भने केही पनि भन्नु छैन, होइन भने यो तीव्र बृद्धिलाई व्यवस्थापन गर्नु भनेको सफलता नै हो भन्ने मलाई लाग्छ । पछिल्लो समय फोन नउठ्ने भन्ने जस्ता गुनासा कम हुँदै गएका छन् । लगानीकर्ताको गुनासो सम्बोधन गर्न हामीले प्रयास पनि गरिरहेका छौं । लकडाउन अघि ९/१० लाखको संख्यामा रहेका डिम्याट खाता अहिले बढेर २३ लाख पुगिसकेको छ । छ महिनाको बीचमा १३० प्रतिशतको बृद्धि धान्ने भनेको जोकको कुरा होइन । अर्काे कुरा, हामी ब्रोकरले ४ वटा प्रणाली व्यवस्थापन गरिरहेका हुन्छौं । कारोबार प्रणाली, राफसाफ प्रणाली, डिपी र हाम्रो व्याकअफिस प्रणाली । यी ४ वटै प्रणाली कहीपनि अन्तरआवद्ध छैनन् । हाम्रा ४ वटै प्रणालीले क्लाइन्टलाई एकपटक चिन्दैन । बेग्लाबेग्दै चिनाउनु पर्छ । अहिलेसम्मको अनुभव हेर्ने हो भने जति प्रणाली थपिदै गएको छ, हामीलाई कामको बोझ पनि त्यति नै थपिदै गएको छ । यो समस्या समाधान गर्न हामीले एपीआई (एप्लिकेसन पोग्रामिङ इन्टरफेस) अवधारणमा जाऔं भनेर हामीले नेप्से र सिडिएसलाई अनुरोध गरिरहेका पनि छौं । यो भयो भने अहिले भएका ६० देखि ७० प्रतिशतसम्म समस्या हटेर जान्छन् भन्ने मलाई लाग्छ । अब बोर्डले के गरिदेओस् भन्ने तपाईंहरुको भनाई हो ? यसमा मैले अगाडि पनि भनेको छु कि वित्तीय क्षेत्रले प्रदान गर्ने औसत प्रतिफल जति हो, ब्रोकरले पनि त्यति प्रतिफल पाउने अवस्था हुनुपर्छ । त्यो प्रतिफल हामीलाई कमिसनको रुपमा आएपनि हुन्छ, पोर्टफोलियो म्यानेजमेन्ट गर्न दिएर फिको रुपमा आएपनि भयो । अथवा इन्भेष्टमेन्ट एड्भाइज दिएको आधारमा आएपनि भयो । हामीलाई जहाँबाट आएपनि वित्तीय क्षेत्रको औसत प्रतिफल जति आओस् । नत्र व्यवसायी पलायन हुनुपर्ने अवस्था आउँछ । नियामक निकायलाई मेरो लगानीको यति प्रतिशत प्रतिफल ग्यारेन्टी गरिदेउ भनेर भन्न मिल्छ र ? मैले ग्यारेन्टी भनेको छैन । मैले वित्तीय क्षेत्रको औसत बराबरको प्रतिफल भए हामी चित्त बुझाउँछौं भनेको हूँ । मैले भने पनि उहाँहरुले ग्यारेन्टी गर्न सक्नुहुन्न । इक्वीटी मार्केटमा कसैले पनि केही कुराको ग्यारेन्टी गर्न सक्दैन । यो कही पनि सकिदैन । तर, हामीले त्यो माहोल बनाइदिनु पर्यो, हामीले महसुस गर्न सक्नुपर्यो भनेका हौं । अहिले तय गरिएको कमिसनको दरमा फेरबदल भएन, बजारमा आम्दानीका अन्य स्रोत पनि प्राप्त भएनन् भने अब तपाईंहरु के गर्नुहुन्छ ? त्यति नकारात्मक पनि नबनौं । अस्ति हामीले धितोपत्र बोर्डका अध्यक्षसँग भेट गर्दा पनि उहाँले एउटा सर्वपक्षीय (बोर्ड, नेप्से, सिडिएस) बैठक बस्ने भन्नुभएको छ । त्यसले पनि केही विकल्प देला । केही नयाँ प्रडक्ट थपिएलान् । प्रडक्ट थपिने वित्तिकै नाफा पाइहालिन्छ भन्ने पनि होइन । त्यसमा बजारका सबै सरोकारवाला पक्ष अभ्यस्त हुनुपर्यो । त्यसो पनि नहुने हो भने त सबै व्यवसायीले आफ्नो आफ्नो हिसावले बिचार गर्नुहुन्छ होला । पुँजी त जहाँ बढी प्रतिफल पाइन्छ, त्यतै जाने हो । कसैले कही रोकेर रोकिदैन ।

विरामीको निधन भएको कारण क्षतिपूर्ति तिर्नुपर्यो भने त्यही दिन म यो अस्पतालमा ताला लगाइदिन्छुः भण्डारी

कोभिड महामारीमा प्रभावकारी सेवा प्रवाह गरिरहेका निजी क्षेत्रका अस्पतालमध्येमा अग्रणी अस्पतालको रुपमा ह्याम्स अस्पताल आउँछ । ह्याम्सले अहिलेसम्म ३५ सयभन्दा बढी कोभिड संक्रमितको उपचार गरिसकेको छ । नेपालका सबैभन्दा राम्रामध्येमा पर्ने र सर्वसाधारणले पनि विश्वास गरेका विशेषज्ञ डाक्टरहरुको टीम ह्याम्स अस्पतालमा आवद्ध छ । नेपालको स्वास्थ्य सेवा निकै महंगो छ भन्ने जनगुनासो पनि व्यापक छ । यही सन्दर्भमा ह्याम्सले प्रवाह गर्ने सेवा, कर्पाेरेट अस्पतालको रुपमा ह्याम्सको सेवाको स्तर तथा शुल्क र स्वास्थ्य सेवाका अन्य विविध विषयमा ह्याम्स अस्पताल संचालक समिति अध्यक्ष आरएस भण्डारीसँग गरिएको कुराकानीः कोभिड महामारीको बेलामा निजी क्षेत्रबाट प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्ने अग्रणी अस्पतालमध्येमा ह्याम्स अस्पताल पनि पर्छ । यो सेवा प्रवाहप्रति तपाईंकै मूल्यांकन कस्तो छ ? यसमा धेरै विषयहरु छन् । म तपाईंलाई यो अस्पताल तथा मैले व्यक्तिगत रुपमा गरेका पहलको अनुभव सुनाउँछु । यो बीचमा कोभिड १९ जस्ता संक्रमण रोगबाट स्वास्थ्यकर्मी संक्रमित नभई वा कमभन्दा कम नोक्सानीमा कसरी प्रभावकारी र स्तरीय सेवा प्रवाह गर्न सकिन्छ भन्ने चुनौति नै प्रमुख थियो । ह्याम्स अस्पतालले कोभिडका विरामीलाई जुन प्रकारको सेवा दियो, त्यस्तो सेवा सरकारी तथा अन्य निजी अस्पतालले पनि प्रवाह गरेका थिए । उनीहरु धेरै समस्यामा परे । कुनै समयमा अस्पताल नै सिल गर्नुपर्ने अवस्था आयो । सयौंको संख्यामा स्वास्थ्यकर्मीहरु क्वारेन्टिनामा बस्नुपर्ने वाध्यात्मक अवस्था आयो । सुरुको समयमा सरकारले कोभिडका विरामी निजी अस्पतालले नलिनु भनेको थियो । त्यसैअनुसारको गाइडलाइनहरु बनेका थिए । हामीसँग भएको विशेषज्ञ डाक्टरसहितको स्वास्थ्यकर्मीको टीम र व्यवस्थापन कोभिडबाट भागेर साध्य लाग्दैन भन्ने निष्कर्षमा थियो । अस्पताल हो भनेर घोषणा गरेर स्वास्थ्य सेवा दिन आइसकेपछि म यो रोगको विरामी लिन्छु, यस्तो रोग लागेकाको उपचार गर्दिन भन्न मिल्दैन भन्ने हाम्रो निक्र्योल थियो । यही निष्कर्षका साथ कोभिडका विरामीको पनि उपचार गर्नुपर्छ भन्ने तयारीमा हामी थियौं । कोभिड आउनुभन्दा अघिदेखि नै संक्रमण रोग नियन्त्रण सम्बन्धी प्रोटोकल बनाएर कार्यान्वयनमा ल्याइरहेका थियौं । कोभिड संक्रमितको उपचार गर्नको लागि विश्व स्वास्थ्य संगठनदेखि नेपाल सरकारले तोकेका स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गरे गराएका थियौं । कुनै पनि विरामी आउँदा यो विरामीसँग कोभिड हुन सक्छ है भन्ने महसुस गरेर सोही प्रकारको स्वास्थ्य सावधानी अपनाइरहेका थियौं । पीसीआर रिपोर्ट आएपछि सरकारको गाइडलाइन अनुसार उपचार गर्न मिल्दैन भन्दै हामीले विरामीलाई सरकारले तोकेको अस्पताल लान आफन्तलाई भन्यौं । हामीले त्यो भन्दा ‘मरेको हाम्रो विरामीलाई तपाईंहरुले बाँच्ने अवस्थामा पुर्याइदिनु भएको छ, तपाईंहरुले भनेका यी ३ वटै अस्पतालमा हामीले विरामी लिएर जानु भनेको उहाँलाई मार्नु हो, हामी हाम्रो विरामी मार्न चाहदैनौं, त्यसैले अन्यत्र लादैनौं, जति पैसा लाग्छ यही तिर्छाैं’ भन्नुभयो । गत बैशाखतिरकै कुरा हुनुपर्छ, पोखरामा एक जना विरामी हेलिकोप्टरबाट रेक्स्कु गरेर ह्याम्समा ल्याउनु पर्ने भयो । उहाँ अधिवक्ता हुनुहुदो रहेछ । उहाँ घरमै बेहोस भएपछि पोखराकै एउटा निजी अस्पताल लगिएछ । त्यो अस्पतालले गण्डकी मेडिकल कलेजमा रिफर गरेछ । त्यहाँबाट बेहोस अवस्थामै हेलिकोप्टरबाट रेस्क्यु गरेर ह्याम्स अस्पताल ल्याइयो । अस्पतालमै हेलिप्याड भएकोले यो अस्पताल ल्याइएको थियो । हामीले आइसीयुमा राखेर उपचार सुरु गर्यौं । त्यो बेलामा कोभिड परीक्षणको पीसीआर रिपोर्ट आउन ६ दिन जति लाग्थ्यो । ती विरामीको हिस्ट्री र लक्षण हेर्दा कोभिड संक्रमण हो कि भन्ने भयो । हामीले स्वाव लिएर परीक्षणको लागि टिचिङ अस्पताल पठायौं । पाँच दिनपछि आएको रिपोर्टमा कोभिड संक्रमण देखियो । त्यो बेलासम्म सरकारले निजी अस्पताललाई कोभिडका विरामीको उपचार नगर्नु भन्ने थियो । सरकारले टेकू, पाटन र बलम्बुको अस्पतालमा कोभिड विरामीको उपचार हुने भनिएको थियो । पीसीआर रिपोर्ट आएपछि सरकारको गाइडलाइन अनुसार उपचार गर्न मिल्दैन भन्दै हामीले विरामीलाई सरकारले तोकेको अस्पताल लान आफन्तलाई भन्यौं । हामीले त्यो भन्दा ‘मरेको हाम्रो विरामीलाई तपाईंहरुले बाँच्ने अवस्थामा पुर्याइदिनु भएको छ, तपाईंहरुले भनेका यी ३ वटै अस्पतालमा हामीले विरामी लिएर जानु भनेको उहाँलाई मार्नु हो, हामी हाम्रो विरामी मार्न चाहदैनौं, त्यसैले अन्यत्र लादैनौं, जति पैसा लाग्छ यही तिर्छाैं’ भन्नुभयो । हाम्रो अस्पतालले कोभिडका विरामीको उपचार त्यो बेलामा सुरु गरेको थियो, जुनबेला कोभिड संक्रमित यहाँ छ भन्ने सुन्यो भने ३ किलोमिटर टाढाबाट पनि मान्छे हिड्दैनथे । सामाजिक वरिस्करणमा परिन्थ्यो । विरामीका आफन्तबाट यस्तो अडान आएपछि हामीले सोही विषय उल्लेख गरेर सरकारका निकायहरुमा पत्राचार गर्यौं । हामीले यस्तो पत्राचार शुक्रबार गरेका थियौं । सरकारी निकायले मौखिम रुपमा हुन्छ, उपचार गराउनु न त भने । शनिवार सरकारी अधिकारीसहितको टोली अस्पतालमै आएर विरामीका आफन्तसँग भेट्नुभयो । विरामीको उपचार पद्धतिबारे पनि जानकारी लिनुभयो । विरामीका आफन्तले आफ्नो विरामी अन्यत्र नलाने अडान लिएपछि सरकारी अधिकारीले हाम्रो अस्पतालमा उपचार गराउन सहमत हुनुभयो । हामीले त्यस्तो अवस्थाबाट कोभिडका विरामी उपचार गराउन सुरु गरेका थियौं । हाम्रो अस्पतालले कोभिडका विरामीको उपचार त्यो बेलामा सुरु गरेको थियो, जुनबेला कोभिड संक्रमित यहाँ छ भन्ने सुन्यो भने ३ किलोमिटर टाढाबाट पनि मान्छे हिड्दैनथे । सामाजिक वरिस्करणमा परिन्थ्यो । यसबीचमा सरकारको माथिल्लो तहमा बस्नेहरु यही अस्पतालमा आएर उपचार गराएर जानुभयो । कर्पाेरेट क्षेत्रका गन्यमान्ने व्यक्तित्वहरुले पनि यही अस्पतालमा कोभिडको उपचार गराउनु भयो । स्वास्थ्य क्षेत्रमै काम गरिरहेका, स्वास्थ्य क्षेत्रलाई नेतृत्व प्रदान गरिरनुभएका व्यक्तिहरु पनि यही अस्पतालमा उपचार गराएर जानुभयो । पूर्वप्रधानमन्त्रीको पनि कोभिडको उपचार यही भयो । मुख्यसचिवले पनि पनि यो अस्पतालबाट एउटा सेवा लिएर जानुभयो । यो अस्पताल पछिल्लो समय बनेको अस्पताल हो । यसका पूर्वाधार नयाँ छन् । अत्याधुनिक प्रविधि प्रयोग गरिएकोले संक्रमण रोगको उपचार गर्न यो अस्पताल उपयुक्त भयो । विरामीबाट अर्काे व्यक्तिमा संक्रमण नफैलनको लागि जति पनि प्रविधि र सुरक्षा उपायहरु छन्, ती सबै हामीसँग उपलब्ध छन् । यो अस्पताल पछिल्लो समय बनेको अस्पताल हो । यसका पूर्वाधार नयाँ छन् । अत्याधुनिक प्रविधि प्रयोग गरिएकोले संक्रमण रोगको उपचार गर्न यो अस्पताल उपयुक्त भयो । विरामीबाट अर्काे व्यक्तिमा संक्रमण नफैलनको लागि जति पनि प्रविधि र सुरक्षा उपायहरु छन्, ती सबै हामीसँग उपलब्ध छन् । यो अस्पतालको यो भवन बनिसकेको २ वर्ष मात्रै भएको छ । हामीसँग भएका एकदमै राम्रा विषय विशेषज्ञ डाक्टर तथा हामीसँग भएको अत्याधुनिक प्रविधिले कोभिड संक्रमणको उपचारका लागि प्रभावकारी भएको हो । स्वास्थ्य क्षेत्रलाई नै नेतृत्व गर्ने व्यक्तिहरुको पनि पहिलो रोजाइमा ह्याम्स पर्नुको कारण हाम्रो व्यवसायिक धर्म, विषय विशेषज्ञ स्वास्थ्यकर्मी र अत्याधुनिक प्रविधिको संयोजन नै हो । अत्याधुनिक प्रविधि प्रयोग गरिएको भन्नुभयो, कस्तो प्रकारको अत्याधुनिक प्रविधि प्रयोग गर्नुभएको छ ? यसमा धेरै कुराहरु पर्छन् । जस्तो कि हामीसँग भएको आइसीयु सिंगल सिंगल क्युविकल आइसीयु छ । आइसीयुको क्युविकलभित्र राखिएको विरामीले फेरेको सास त्यही रुममा मात्रै हुन्छ । उसलाई फेर्नको लागि फ्रेस हावा आउँछ । उसले फालेको सासलाई रुमभित्रबाटै फिल्टर गरेर बाहिर फालिन्छ । विरामीलाई चाहिने सास वाहिरबाट चार तहमा फिल्टर भएर आउँछ । हाम्रो आइसीयुमा भएको यो प्रविधिको कारण एउटा क्युविकल बेडमा कोभिड संक्रमित विरामी र अर्काे क्युविकल बेडमा कोभिड संक्रमण नभएको विरामी राखेर उपचार गर्न मिल्छ । सर्दैन । कोभिड आउनुअघि पनि संक्रमण रोग लागेका विरामी आउँथे । संसारमा अहिले प्रयोगमा रहेको लेटेस्ट सरुवा रोग नसर्ने प्रविधि प्रयोग गरेर हामीले यो अस्पताल बनाएका छौं । त्यसले पनि कोभिडको महामारीमा उपचार गर्न हामीलाई सहज भयो । बहुतहमा बसेर काम गर्नको लागि विषय विशेषज्ञ डाक्टरसहितको बेग्लाबेग्लै टीम छ, जसले कोभिड जस्ता संक्रामक रोगको उपचारको लागि प्रभावकारी काम गरिरहेका छन् । यस्तो व्यवस्थापनको परिणम स्वरुप एउटा विरामीको ज्यान जोगाउनको लागि जे जस्तो सहयोग र स्वास्थ्यसेवा आवश्यक पर्छ, विरामीले त्यो सहजै प्राप्त गर्छ । अर्थात ह्याम्स अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा विश्वस्तरकै छ । गम्भीर अवस्थाका विरामीको लागि आवश्यक पर्ने सबै प्रकारका उपचार पद्धती यो अस्पतालमा छ । जस्तो कि अहिलेको समयमा सबैभन्दा बढी आवश्यक देखिएको प्लाज्मा थेरापी, रेम्डिसिभिर चलाउने, विरामीको लागि नर्सिङ केयर जस्ता सेवा प्रभावकारी रुपमा प्रवाह गरिरहेका छौं । हामीसँग भएको डाक्टरहरुको टीम असाध्यै राम्रो छ । आइसीयुभित्र क्रिटिकल केयरको लागि डाक्टरहरुको एउटा टीम छ । त्यहाँभित्र रजिस्टार भनेर एनेस्थेसिया एमडी गरेको डाक्टरहरुको अर्काे टीम छ । त्यसभन्दा माथि संक्रमण रोगमै फेलोसिप गरेको डाक्टरहरुको अर्काे टीम छ । फोक्सो सम्बन्धी पल्मोनोलोजी क्रिटिकल केयरको लागि अर्काे टीम छ । अर्थात बहुतहमा बसेर काम गर्नको लागि विषय विशेषज्ञ डाक्टरसहितको बेग्लाबेग्लै टीम छ, जसले कोभिड जस्ता संक्रामक रोगको उपचारको लागि प्रभावकारी काम गरिरहेका छन् । यस्तो व्यवस्थापनको परिणम स्वरुप एउटा विरामीको ज्यान जोगाउनको लागि जे जस्तो सहयोग र स्वास्थ्यसेवा आवश्यक पर्छ, विरामीले त्यो सहजै प्राप्त गर्छ । अर्थात ह्याम्स अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा विश्वस्तरकै छ । जस्तो अर्काे पनि उदाहरण दिऊ । आइसीयुमा बस्ने एक जना विरामीको लागि हामीले २ जना नर्स उपलब्ध गराउँछौं । किनभने हामीले जुन गाइडलाइन फलो गरेका छौं, त्यसले २ जना नर्स माग्छ । एक जना नर्स पीपीई लगाएर आइसीयुभित्र बसेर विरामीको केयर गरिरहेको हुन्छ । त्यो क्युविकल बेड बाहिर औषधी तयार पार्नेदेखि डकुमेन्ट, मेसिन जस्ता अन्य प्रोसिड्युरको काम बाहिर बस्ने नर्सले सहयोग गरिरहेको हुन्छ । अमेरिकाको न्यूयोर्कमा कोभिडका कारण भेन्टिलेटरमा गएका १० जनामध्ये ८ जना विरामीको मृत्यू भएको छ । हाम्रो अस्पतालमा कोभिडको कारण भेन्टिलेटरमा गएका १० जना विरामीमध्ये ७ जना निको भएर फर्केका छन् । यो एक्सिलेन्ट नतिजा हो । यो तथ्यांक हामीले सबै सरकारी निकायहरुमा पठाएका पनि छौं । कोभिड महामारीको बेलामा यस्तो राम्रो सेवा दिन सकेकोमा मलाई गर्व पनि लागेको छ । यो बीचमा कोभिडका कति विरामीको उपचार गर्नुभयो ? हामीले ६ सय जनाजतिलाई रेम्डिसिभिर नै चलाइसक्यौं । करिब ३५ जनालाई प्लाज्मा थेरापी गर्यौं । करिब २० जनाले कोभिडका कारण ज्यान गुमाउनु पर्यो । यहाँ कोभिड संक्रमण भएर भर्ना भई निको भएर जानेहरुको संख्या ३ हजारको हाराहारीमा छ । हामी ह्याम्स अस्पतालको १०औं तलामा बसेर तपाईंसँग अन्तर्वार्ता गरिरहेका छौं । यो अस्पताल भवनको छतमा हेलिप्याड पनि छ । आइसीयुमा एक जना क्युविकल बेडको विरामीका लागि २ जना नर्सको व्यवस्था गरेका छौं भन्नुभयो । अहिले प्रचलनमा रहेका अत्याधुनिक प्रविधि प्रयोग गरेका छौं भन्नुभयो । यहाँ भएका डाक्टरहरुको टीम पनि नेपालका सबैभन्दा राम्रा विशेषज्ञ डाक्टरमध्येमै पर्नुहुन्छ । यो प्रकारको पूर्वाधार बनाउन लगानी निकै आवश्यक पर्छ । यसमा लगानीको व्यवस्थापन कसरी गर्नुभएको छ ? यो विषयमा मैले लाज नमानिकन, नढाँटिकन भन्नुपर्ने हुन्छ । ह्याम्स अस्पताल भनेको निजी अस्पताल हो । यो अस्पतालमा बैंकहरुले अर्बाैंको लगानी गरेका छन् । हामीसँग लगानीकर्ताको २०/२२ जनाको टीम छ । यो अस्पतालमा आजको दिनसम्मको लगानी करिब २ अर्ब रुपैयाँ छ । त्यो २ अर्ब रुपैयाँ लगानीमध्ये ८० प्रतिशत लगानीको मालिक बैंकहरु नै हुन् । बैंकको लगानी अर्थात ऋण भनेको हामीले कमाएर तिर्नुपर्छ । हामीमाथि दायित्व छ । करिब २३ वर्ष अगाडि नै यो अस्पतालको स्थापना भएको थियो । हामीले व्यवस्थापन जिम्मा लिएर संचालनमा ल्याएको करिब २ वर्ष भयो । यो अस्पतालको भवनदेखि अन्य पूर्वाधार बनाउन हामीलाई ३ वर्ष लाग्यो । समाजले विश्वास गरेका, स्वास्थ्य सेवा क्षेत्रमा राम्रो अनुभवन हासिल गरिसकेका विषय विशेषज्ञ डाक्टरहरुको टीम कसरी जुटाउन सक्नुभयो ? अहिलेको कुरा गर्ने हो भने डाक्टर पढ्नेहरु धेरै छन् । मैले बारम्बार भन्ने गर्छु कि सबैभन्दा पहिला मान्छे बन्नुपर्ने रहेछ । यहाँ भएका डाक्टरहरु लामो समय सरकारी अस्पताल चलाएर, आफ्नो सीप र क्षमता देखाएर, सरकारले दिएको जिम्मेवारी पूरा गर्दै आमसर्वसाधारणको अघि शिर ठाडो गरेर हिड्न सक्ने विषय विशेषज्ञ डाक्टरहरु हुनुहुन्छ । सरकारी जिम्मेवारी पूरा गरेर पनि सर्वसाधारणको अघि शिर ठाडो गरेर हिड्न सक्नु पनि गर्वकै विषय रहेछ । मलाई उहाँहरुले जसरी चिन्नुभएको थियो, मेरो क्रेडिविलिटी जे जस्तो थियो, त्यसको आधारमा उहाँहरुले विश्वास गर्नुभयो । आफूले राम्रोसँग काम गर्दा, इमानको बाटोमा हिडिरहदा यस्ता सारथीहरु पाइन्छ भन्ने अर्थमा पनि मैले लिएको छु । म सिन्धुपाल्चोकको मान्छे । गाउँको किसानको छोरो हूँ । काठमाडौं आएपछि मेरो भाग्य वा परिस्थिति जे भनौं म व्यवसायी भएँ । मेडिकल इक्वुपमेन्टको सप्लाई गर्ने काम गर्थैं । अझै पनि गर्छु । कोभिडको बेलामा राज्यलाई ४०/४५ करोड रुपैयाँ बराबरको सामान राज्यलाई सप्लाई पनि गरेँ । मेडिकल उपकरणको व्यवसाय गर्ने सन्दर्भमा म व्यवसायी र उहाँहरु डाक्टर (मेडिकल उपकरणको प्रयोगकर्ता) को हिसावमा चिनजान र उठबस थियो । यो अस्पताल आउँदै गर्दा, यस्तो अस्पताल आउँदैछ, के छ डाक्टरसाव भनेर मैले सोधें । मलाई उहाँहरुले जसरी चिन्नुभएको थियो, मेरो क्रेडिविलिटी जे जस्तो थियो, त्यसको आधारमा उहाँहरुले विश्वास गर्नुभयो । आफूले राम्रोसँग काम गर्दा, इमानको बाटोमा हिडिरहदा यस्ता सारथीहरु पाइन्छ भन्ने अर्थमा पनि मैले लिएको छु । विभिन्न क्षेत्रका राम्रा डाक्टरहरु यो अस्पतालमा हुनुहुन्छ । व्यवस्थापकीय हिसावले क्षमतावान विषय विशेषज्ञलाई व्यवस्थापन गर्न कत्तिको सहज हुने रहेछ ? यो अस्पतालमा जति पनि डाक्टरहरु आउनुभएको छ, उहाँहरुको विषय र विशेषज्ञता फरक फरक विषयमा छ । कोही इएनटी (नाक, कान, घाटी) मा हुनहुन्छ, कोही कार्डियोलोजी (मुटुरोग) मा हुनुहुन्छ, कोही सर्जरी (अप्रेसन) मा हुनुहुन्छ, कोही पल्मोनोलोजी फिजिसियनमा हुनुहुन्छ, कोही गाइनोलोजी (स्त्री रोग) मा हुनुहुन्छ, कोही सरुवा रोगमा हुनुहुन्छ । उहाँहरुको विषय नै फरक फरक छ । जुध्न पर्ने कारण नै छैन । जस्तो कि कार्डियोलोजीमा ५/७ जना डाक्टर हुनुहुन्छ भने उहाँहरुबीच धेरै लामो समयदेखि मित्रता र समन्वय छ । उहाँबीच कुनै द्वन्द नै छैन । उहाँहरु यहाँ आएर चिनजान हुनुभएको नै होइन । हामीले यहाँ कस्तो प्रणाली बनाएका छौं भने जुन व्यक्ति यो अस्पतालको जुनसुकै विभागको प्रमुख हुनुभयो, उहाँको अनुमति वा सिफारिसबिना दोस्रो पदमा कुनै पनि व्यक्ति छिर्न नै सक्दैन । हामीले बढीमा रेफरेन्स दिने मात्रै हो । हामीले यहाँ कस्तो प्रणाली बनाएका छौं भने जुन व्यक्ति यो अस्पतालको जुनसुकै विभागको प्रमुख हुनुभयो, उहाँको अनुमति वा सिफारिसबिना दोस्रो पदमा कुनै पनि व्यक्ति छिर्न नै सक्दैन । हामीले बढीमा रेफरेन्स दिने मात्रै हो । एउटा रमाइलो प्रसंग सुनाउँछु । केही समयअघि काठमाडौंकै नाम चलेको निजी अस्पतालको इमरजेन्सीको इन्चार्ज डाक्टरले यहाँ आएर उपचार गराउनु भयो । आफैले काम गरेको अस्पतालमा किन उपचार गराउनु भएन भनेर मैले सोध्दा उहाँले ‘यहाँ राम्रो टीमवर्क छ, म काम गर्न अस्पतालमा छैन, टीमवर्कले उपचारमै फरक पार्छ’ भन्नुभयो । यस्ता विषय मिलाउन जरुरी छ । ह्याम्स अस्पतालले विश्वस्तरीय सेवा दिन्छ त भन्नुभयो । तर, भारत, सिंगापुर वा थाइल्याण्ड गरेर उपाचार गरासकेका व्यक्तिहरु नेपालको स्वास्थ्य सेवाबारे नाक खुम्च्याउँछन् । यस्तो किन हुन्छ ? सरकारी क्षेत्रबाट प्रवाह हुने स्वास्थ्य सेवाबारे म कुनै टिप्पणी गर्दिनँ । सबैले महसुस गर्नुभएकै छ । निजी क्षेत्रबाट प्रवाह हुने स्वास्थ्य सेवाको बारेमा कुरा गर्दा ५/६ वर्षअघिसम्म नर्भिक अस्पतालमा उपचार गराउन राजा महाराजा, मन्त्री प्रधानमन्त्री, उद्योगी व्यवसायी सबै जान्थे । त्यो बेलासम्म पनि नेपालको स्वास्थ्य सेवाप्रति नाक खुम्च्याउनेहरु विदेश नै जान्थे । तर, आपतकालिन उपचार गराउनु पर्यो भने नर्भिक जान्थे । यो बीचमा ग्राण्डी, मेडिसिटी र ह्याम्स अस्पताल आए । ह्याम्स बनिसकेको थिएन, एक महिनादेखि पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी मेडिसिटीमा उपचार गराइरहनु भएको थियो । अधिकारीको थप उपचारको लागि ह्याम्स अस्पताल ल्याइयो । किनभने अब विकल्प उपलब्ध भयो । ह्याम्स अस्पतालबाट पनि कति मेडिसिटी गए होलान् । यो ३/४ वर्षको बीचमा निजी क्षेत्रबाट स्वास्थ्य सेवामा पूर्वाधार र प्रविधि भित्रियो । चाहे त्यो ह्याम्सले बनाओस्, ग्राण्डी, मेडिसिटी वा नर्भिक अस्पतालले नै किन नबनाओस् । हिजो एउटा मात्रै ठाउँ थियो भने आज ४/५ वटा ठाउँ बने । अहिले हाम्रोमा पल्मोनोलोजीमा हुनुभएका डा. रक्षा पाण्डे सिंगापुरकै अस्पतालमा प्राक्टिस गरेर ६ वर्षदेखि त्यही काम गरिरहनु भएको थियो । हामीसँगै हुनुभएका डा. अनुप सुवेदी जो संक्रमण रोगको विषयमा डिग्री र अनुभवका हिसावले नेपालकै क्लालिफाइड डाक्टर पनि हुनुहुन्छ, अमेरिकामा पढेर त्यही फेलोसिप गरेर ३ वर्षदेखि अमेरिकामा नै काम गरिरहनु भएको थियो । अर्काे एउटा फाइदा पनि भयो । जस्तो कि अहिले हाम्रोमा पल्मोनोलोजीमा हुनुभएका डा. रक्षा पाण्डे सिंगापुरकै अस्पतालमा प्राक्टिस गरेर ६ वर्षदेखि त्यही काम गरिरहनु भएको थियो । हामीसँगै हुनुभएका डा. अनुप सुवेदी जो संक्रमण रोगको विषयमा डिग्री र अनुभवका हिसावले नेपालकै क्लालिफाइड डाक्टर पनि हुनुहुन्छ, अमेरिकामा पढेर त्यही फेलोसिप गरेर ३ वर्षदेखि अमेरिकामा नै काम गरिरहनु भएको थियो । अलइन्डिया इन्स्टिच्युट (एम्स) बाट डिएम गर्नुभएका राजु पंगेनी डाक्टरसाव पनि यहाँ कार्यरत हुनुहुन्छ । यी उदाहरण मात्रै हुन् । मैले के भन्न खोजेको भने यस्ता विशेषज्ञ डाक्टर पनि हामीले नेपालमा ल्याउन सक्यौं । प्रविधि पनि ल्याउन सक्यौं । अर्थात यो बीचमा राम्रा अस्पताल आए । अत्याधुनिक प्रविधि आयो । विशेषज्ञ डाक्टर ल्याउन सकियो । यसले सेवाग्राहीलाई छनोटको विकल्प प्राप्त भयो । प्रभावकारी सेवा पाइने अवस्था बन्यो । कोभिड महामारीले विश्वको राम्रो भनिने स्वास्थ्य सेवाको हालत पनि देखाइदियो । बरु नेपालमा त्यस्तो ठूलो संकट हामीले भोग्नु परेको छैन । नपरोस् पनि । त्यसैले हाम्रो स्वास्थ्य सेवा त्यस्तो नाकै खुम्च्याउनु पर्ने हैसियतको रहेनछ भनेर अहिले प्रमाणित भयो जस्तो मलाई लाग्छ । तर, यो उपलब्धी विगत ४/५ वर्षयता मात्रै प्राप्त भएको कुरा भने सत्य हो । केही समयअघि व्यवसायी दिवाकर गोल्छाको निधन विदेशमै भयो । किनभने उहाँ विदेशमा उपचाररत हुनुहुन्थ्यो । त्योभन्दा अघि व्यवसायी रमेश गुप्ताको निधन पनि विदेशमै उपचाररतकै अवस्थामा भयो । यी उदाहरणले पैसा तिर्न सक्नेहरुलाई पनि भरपर्दाे स्वास्थ्य सेवा नेपालमा उपलब्ध छैन भन्ने संकेत गर्छ । भरपर्दाे स्वास्थ्य सेवा नेपालमै पाउनको लागि हामीले अब कति समय कुर्नुपर्ला ? एकथरी मान्छेहरुको सोँच पनि फरक खालको हुने रहेछ । हाम्रो देशका पैसा तिरेर गुणस्तरीय स्वास्थ्य सेवा लिन चाहनेहरु भारत जान्छन् भन्नुभयो । भारतको दिल्लीका केही मानिसहरु त्यहाँको स्वास्थ्य सेवाप्रति नाक खुम्च्याउँदै अमेरिका जान्छन् । थाइल्याण्ड सिंगापुरको अवस्था पनि यस्तै हो । विगत ४÷५ वर्षअघि नेपालको स्वास्थ्य सेवा निकै पछि थियो । अहिले व्यापक सुधार भएको छ । तर, केही मानिसहरु अन्य देशमा गएर सेवा लिनुलाई नै अन्यथा मान्न भने सकिदैन । नेपालको स्वास्थ्यसेवा प्रभावकारी छैन भन्ने तर्कसँग भने म सहमत छैन । विक्ली म्यागेजिनले सार्वजनिक गरेको तथ्य अनुसार विश्वका राम्रा अस्पतालमध्ये भारतको मेदान्त पनि पर्छ, नेपालका कुनै पनि अस्पताल पर्दैनन् । यसरी नेपालका अस्पताल पनि विश्वका राम्रा अस्पतालमध्येमा कहिले पर्लान् ? तपाईंको सदासयतासँग म सहमत छु । तर, हामीले हाम्रो यथार्थ धरातल पनि विर्सन हुदैन । हाम्रो देशको सेवाको शुल्क तिर्न सक्ने क्षमता र बजार आकारप्रति पनि हामी अनविज्ञ बन्न मिल्दैन । यो कुरा विर्सन मिल्दैन । संसारका देशमध्ये भुगोल र जनसंख्याको हिसावले पनि नेपाल ठूला ४५ देशभित्रै पर्छ । साहित्यिक कल्पनामा मात्रै नेपाललाई ठूलो देश भनिएको हो भने पन्छिन मिल्छ र ? कर्पाेरेट क्षेत्र चल्ने भनेकै बजारको मागका आधारमा हो । भारतको कुनै प्रदेशभन्दा नेपालको जनसंख्या कम छ । क्षेत्रफल पनि कम छ । यो कुरा त सत्य हो । दिल्लीको जनसंख्या मात्रै ३ करोड छ । हाम्रो देशको जनसंख्या ३ करोड, त्यसमा पनि १ करोड त विदेशमै छ । पछिल्लो समय संचालनमा आएको मेडिसिटी अस्पताललाई गाह्रो भइरहेको छ भन्ने सुन्छु । उहाँहरुले जुन तहको लगानी गर्नुभयो, सो मात्रामा विजनेस छैन । त्यसैले गाह्रो भएको होला । अर्थात नेपालमा माग कम छ । अहिले त एयर एम्बुलेन्सको अवधारणा आएको छ । संसारको एक कुनाको मान्छे सहजै अर्काे कुनामा पुग्न सक्छ । यस्तो बेलामा हामीले स्थानीय बजारलाई मात्र हेरेर नेपालमा बजार सानो छ भनेर स्वास्थ्य सेवा खुम्चनु पर्ने अवस्था हो र ? ग्लोबल मार्केटिङ गर्न सकिदैन भन्ने कुरा त होइन । तर, म सधै रियालिष्टिक हुनुपर्छ भन्छु । ह्याम्स अस्पतालकै केही दिनअघिको एउटा घटना मेरो दिमागमा अहिले पनि घुमिरहेको छ । घटना के थियो भने एउटा विरामी कोभिड लागेर १४/१५ दिनदेखि पाटल अस्पतालको आइसीयुमा उपचार भइरहेको थियो । ह्याम्स अस्पतालमा ल्याउन पाए केही हुन्थ्यो कि भनेर विभिन्न साथीभाइको सहयोग मागेर यहाँ ल्याउनु भयो । यहाँ ल्याएको १२/१३ दिनपछि ती विरामीको निधन भयो । उहाँलाई बचाउन हामीले हरसम्भव प्रयत्न गर्यौं, सकेनौं । तर, उपचारको क्रममा ५/६ लाखको औषधी लाग्यो, ५/६ लाख रुपैयाँ आइसीयुको विल उठ्यो । विरामीका आफन्तले ६ लाख रुपैयाँ दिनुभएको थियो, विरामीको निधन भयो । हामीले पनि कोसिस गर्ने न हो, ज्यानको जिम्मा कसैले पनि लिन सक्दैन । बाँकी रहेको ६ लाख रुपैयाँ नतिर्नको लागि विरामीका आफन्तले गरेको हर्कत सम्झदा आज पनि मलाई तनाव हुन्छ । त्यो पैसा कसरी उठाउने भनेर म कानुनी परामर्शमा छु । हामीले असल नियतले उपचार गर्दा लागेको खर्च तिर्न पनि यो प्रकारको हर्कत गर्ने सामाजिक मनोविज्ञान हावी भएको समाजमा धेरै ठूलो सपना बुनेर मात्रै हुँदैन । बाँकी रहेको ६ लाख रुपैयाँ नतिर्नको लागि विरामीका आफन्तले गरेको हर्कत सम्झदा आज पनि मलाई तनाव हुन्छ । त्यो पैसा कसरी उठाउने भनेर म कानुनी परामर्शमा छु । हामीले असल नियतले उपचार गर्दा लागेको खर्च तिर्न पनि यो प्रकारको हर्कत गर्ने सामाजिक मनोविज्ञान हावी भएको समाजमा धेरै ठूलो सपना बुनेर मात्रै हुँदैन । यो महामारीको बेलामा पनि स्वास्थ्य सेवा प्रभावकारी ढंगले प्रवाह गर्नुपर्छ भनेर हाम्रो ६ सय जनाकै टीम खटिरहेको छ । पहिला, जति पैसा लागे पनि खर्च गर्छु, तपाईंहरुले अन्तिम अवस्थासम्म कोसिस गरिदिनु पर्यो भनेर अर्काे अस्पतालको आइसीयुमा १५ दिन राखेको विरामी यहाँ ल्याउने अनि विरामीको निको हुन नसकि निधन भएपछि लागेको खर्च नतिर्न भिड जम्मा पारेर नाराबाजी गर्ने व्यवहारले प्राथमिकता पाइरहेको अवस्थामा हामीले विश्व बजारलाई हेरेर सोही अनुसारका पूर्वाधार तयार पार्ने आँट आउदो रहेनछ । साच्चै भन्नुपर्दा त राम्रो पूर्वाधार तयार पारेर विश्वस्तरीय सेवा प्रदान गर्न समाजले पनि दिदो रहेनछ र सरकारी नीति नियमले पनि सघाउँदो रहेनछ । यसो भन्दै गर्दा म थाकेको अर्थमा नबुझिदिनु होला । हामी अगाडि बढ्ने नै हो । मैले नगरे पनि अर्काे कसैले गर्छ नै । तर, अहिले नै परिवेश अनुकुल छैन भनेको मात्रै हुँ । स्वास्थ्य सेवा क्षेत्रका लगानीकर्तालाई आममानिसले माफिया भन्ने गरेको सुन्छौं, तपाईंले पनि सुन्नुभएकै होला । आफूलाई माफिया भनेको सुन्दा तपाईंलाई कस्तो अनुभूति हुन्छ ? किन त्यसो भनेका होलान् ? माइनसेट भनेकै यही हो । यहाँसम्म आइपुग्दा मैले के गरें, म को हूँ भन्ने कुरा मलाई जति अरु कसैलाई पनि थाहा छैन । मेरा श्रीमती, छोराछोरी वा बाबुआमा कसैलाई पनि थाहा छैन । म जुन खुट्किलो चढेर यहाँसम्म आइपुगें, त्यो बेलामा मैले मेरो देशप्रति, समाजप्रति वा अन्य कोहीप्रति पनि कुनै पनि प्रकारको बेइमानी गरेको छैन । म नितान्त मेहेनतको कारणले यहाँसम्म आइपुगेको हूँ । त्यसैले मलाई कसले के भन्छ भन्नेमा कुनै मतलब नै हुँदैन । कुनै बेहोसीमा कुनै बेला मान्छे चिप्लिन्छ भनिन्छ, त्यसरी चिप्लिएको बाहेक, होसमा मैले कुनै गल्ती गरेको छैन । म नितान्त मेहेनतको कारणले यहाँसम्म आइपुगेको हूँ । त्यसैले मलाई कसले के भन्छ भन्नेमा कुनै मतलब नै हुँदैन । कुनै बेहोसीमा कुनै बेला मान्छे चिप्लिन्छ भनिन्छ, त्यसरी चिप्लिएको बाहेक, होसमा मैले कुनै गल्ती गरेको छैन । देशको स्वास्थ्य नीति संचालन गरिसकेका डाक्टरसावहरु मेरो नेतृत्वमा संचालित अस्पतालमा आएर अहिले काम गरिरहनु भएको छ । समाजले राम्रा भनेर सम्मान गरेका डाक्टरहरु म संचालक समिति अध्यक्ष भएको अस्पतालमा जोडिनु भनेको मेरो इमान र विगतप्रतिको उहाँहरुको दृष्टिकोण पनि हो भन्ने अर्थमा मैले बुझेको छु । म एउटा व्यवसायी मात्रै हो । मभन्दा ठूला व्यवसायी यहाँ धेरै जना छन् । मेरो निष्ठाप्रति उहाँहरुले देखाउनु भएको सम्मानका कारण आज यो अवस्था आएको हो । तपाईं आफूलाई आफूले गल्ती गरेको लाग्दैन, तपाईं संचालक समिति अध्यक्ष भएको अस्पतालले इमानदारीपूर्वक स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ भन्ने तपाईं लागिरहेको हुन्छ, तर आम बोलिचालीमै स्वास्थ्य सेवा क्षेत्रका लगानीकर्तालाई माफिया भनेर सम्बोधन गरिदाँ कस्तो महसुस हुँदो रहेछ ? डाक्टर गोविन्द केसीको विषय अगाडि आएपछि मेडिकल क्षेत्रका लगानीकर्तालाई माफिया भन्न थालियो । डा. केसीले ३०/३२ वर्ष आइओएममा जागिर खाएर विताउनु भयो । उहाँले ३२ वर्ष काम गरेको आइओएमको हालत के छ ? म दाबीको साथ भन्छु– कोभिड विरामीका लागि ह्याम्स अस्पतालले १९ बेड संचालन गरिरहेको छ । तर, टिचिङ अस्पतालले केही समयअघिसम्म ५ बेड र अहिले बढाएर ८/९ बेड कति बनाउनु भएको छ । सात सय बेडको सरकारी अस्पताल, जुन अस्पतालमा कार्यरत डा. केसी स्वास्थ्य क्षेत्र माफियाको हातमा गयो भनेर चिन्ता गरिरहनु हुन्छ, पटक पटक अनसन बसेर सुधार गरिरहनु हुन्छ, त्यस्तो अस्पतालले कोभिड जस्तो विश्वव्यापी महामारीको बेलामा ५ बेड चलाएर बसेको छ । सात सय बेडको सरकारी अस्पताल, जुन अस्पतालमा कार्यरत डा. केसी स्वास्थ्य क्षेत्र माफियाको हातमा गयो भनेर चिन्ता गरिरहनु हुन्छ, पटक पटक अनसन बसेर सुधार गरिरहनु हुन्छ, त्यस्तो अस्पतालले कोभिड जस्तो विश्वव्यापी महामारीको बेलामा ५ बेड चलाएर बसेको छ । मैले व्यक्तिगत आलोचना गर्न खोजेको होइन । निष्ठापूर्वक काम गर्नेहरुलाई पनि आक्षेप लगाउनको लागि हाम्रो संस्कार, मान्यता र मानसिकता नै दोषी छ । गरिखाने मानिसलाई काम गर्नै दिइदैन । यो देशमा कानुन छ । कानुनभन्दा माथि कोही पनि छैन । कसैले गलत गरेको छ भने प्रमाणसहित प्रस्तुत भएर कारबाही गराउन सकिन्छ । किन माफिया र साफिया भनेर अरुको निष्ठामा आक्रमण गर्नुपर्यो ? भिड जम्मा गर्ने, मिडियामा यो माफिया र त्यो माफिया भन्ने परिपाटीले नकारात्मक कुरा छिटै विक्ने हाम्रो जस्तो समाजमा कोही व्यक्ति चाढै लोकप्रिय त होला तर, त्यसले हामीलाई केही सकारात्मक परिणाम दिदैन । नेपालको स्वास्थ्य सेवा असाध्यै महंगो छ भन्ने आम गुनासो सुनिन्छ, एउटा साधारण नेपालीले यो अस्पतालमा आएर उपचार गराउने कल्पना गर्न सक्छ ? संसारमा निःशुल्क भन्ने केही कुरा नै हुँदैन । विकसित देशहरुमा स्वास्थ्य बीमा गराइएको हुन्छ । उपचार गराउँदा बीमा कम्पनीहरुले पैसा तिरेका हुन्छन् । अस्पतालले निःशुल्क उपचार गरेका हुँदैन । दिल्लीका कर्पाेरेट अस्पतालहरुले ५ लाख आइसी जम्मा नगरी कोभिडका विरामी भर्ना लिएनन् । हामीले त्यसको एक तिहाई पनि डिपोजिट मागेका छैनौं । नेपालकै कर्पाेरेट अस्पतालमध्येमा अरु अस्पतालको शुल्क जति छ, त्यसको १० देखि ३५ प्रतिशतसम्म सस्तो शुल्कमा ह्याम्सले उपचार गरिरहेको छ । किनभने अरु कर्पाेरेट अस्पतालको तुलनामा हाम्रो लगानी अलि कम छ । बैंकलाई कम व्याज तिर्नुपर्छ । त्यसैले सस्तो छ । हामीले यो अस्पतालको शुल्क तय गर्दा नेपालका अरु कर्पाेरेट अस्पतालहरुको शुल्क अघि राखेर तय गरिएको हो । आज पनि त्यही शुल्कमा हामीले सेवा दिइरहेका छौं । दिल्लीका कर्पाेरेट अस्पतालहरुले ५ लाख आइसी जम्मा नगरी कोभिडका विरामी भर्ना लिएनन् । हामीले त्यसको एक तिहाई पनि डिपोजिट मागेका छैनौं । नेपालकै कर्पाेरेट अस्पतालमध्येमा अरु अस्पतालको शुल्क जति छ, त्यसको १० देखि ३५ प्रतिशतसम्म सस्तो शुल्कमा ह्याम्सले उपचार गरिरहेको छ । ह्याम्सले दिने सेवा महंगो छ भनेर भन्नुभन्दा पहिला यसको सेवाको गुणस्तर, पूर्वाधार जस्ता विषयको पनि अध्ययन गरिदिनु पर्यो । भवनको छतमा हेलिप्याड छ । त्यसको लागि जगदेखि नै थप खर्च गरेर संरचना बनाउनु पर्यो । अत्याधुनिक पूर्वाधार तयार पारेका छौं, त्यसको पनि खर्च हुन्छ । प्रविधिको लागत छ । राम्रा डाक्टरहरु हुनुहुन्छ, डाक्टरको खर्च पनि छ । अर्थात सेवाको मूल्य हुन्छ । नेपालका अरु कर्पाेरेट अस्पतालले दिनेभन्दा कम सेवा यो अस्पतालमा छैन । तर शुल्क भने १० देखि ३५ प्रतिशतसम्म सस्तो छ । हाम्रो मुल ध्यय भनेको कम खर्चमा स्तरीय सेवा दिने भन्ने नै हो । शुल्क बढी राखेर लगानी अलि चाढै उठाउन खोज्नु भएको त होइन ? यो कुरा कसरी भन्न सक्नुहुन्छ ? कि तपाईंले देखाइदिनु पर्यो कि हाम्रो स्तरको सेवा दिन अस्पतालले हाम्रोभन्दा सस्तोमा सेवा दिइरहेका छन् भनेर । काठमाडौंका अरु कर्पाेरेट अस्पलातको भन्दा महंगो शुल्क रहेछ भने त्यसमा सुधार गर्न म तयार छु । तपाईंले ह्याम्सको सेवा महंगो छैन त भन्नुभयो तर, एक दिन आइसीयुमा राखेकै ८० हजार रुपैयाँ तिर्नुपर्छ भन्ने गुनासो पनि सुनिरहेको छ ? तपाईंलाई त्यस्तो शंका लागिरहेको छ भने म सबै शुल्क यही भन्न सक्छु । जस्तो कि आइसीयुमा एक दिन राखेको चार्ज ११ हजार रुपैयाँ हो । भेन्टिलेटरमा पनि राख्नुपर्ने भयो भने १४ हजार रुपैयाँ तिर्नुपर्छ । जनरल बेडको चार्ज प्रतिदिन २५ सय रुपैयाँ हो । सिंगल रुममा बस्दाको चार्ज ९ हजार ८ सय रुपैयाँ हो । स्वीट रुममा बस्दाको चार्ज ३५ हजार रुपैयाँ हो । डिलक्स बेडको चार्ज १५ हजार रुपैयाँ हो । ओपीडीमा जुन डाक्टरले जाचेपनि लाग्ने शुल्क भनेको ५ सय रुपैयाँ हो । औषधीको कुरा गर्नुहुन्छ भने जति एमआरपी हुन्छ, त्यति नै लिने हो । आइसीयुमा एक दिन राखेको चार्ज ११ हजार रुपैयाँ हो । भेन्टिलेटरमा पनि राख्नुपर्ने भयो भने १४ हजार रुपैयाँ तिर्नुपर्छ । जनरल बेडको चार्ज प्रतिदिन २५ सय रुपैयाँ हो । सिंगल रुममा बस्दाको चार्ज ९ हजार ८ सय रुपैयाँ हो । स्वीट रुममा बस्दाको चार्ज ३५ हजार रुपैयाँ हो । डिलक्स बेडको चार्ज १५ हजार रुपैयाँ हो । ओपीडीमा जुन डाक्टरले जाचेपनि लाग्ने शुल्क भनेको ५ सय रुपैयाँ हो । आइसीयुमा राखेको विरामीलाई एउटै इन्जेक्सनको ३५ हजार रुपैया पर्ने पनि चलाउनु पर्ने हुन सक्छ । कुनै विरामीलाई रेम्डिसिभिर चलाउनु पर्यो भने ११ डोजसम्म चलाउनु पर्ने हुन्छ । विरामी कठिन स्वस्थ्य अवस्थामा पुग्यो भने अनेकन प्रकारका औषधी र प्रविधि प्रयोग गर्नुपर्ने हुन्छ । औषधीको खर्च बेड चार्जमा हुदैन । त्यसैले एक दिनको ८० हजार मात्रै होइन, १ लाख ५० हजार रुपैयाँ पनि हुन सक्छ । तर, खासमा आइसीयुमा राख्दा प्रतिदिन ११ हजार, भेन्टिलेटरसहित आइसीयुमा राख्दा प्रतिदिन १४ हजार र जनरल बेडमा बस्दा प्रतिदिन २५ सय रुपैयाँ शुल्क लाग्ने हो । हामीले २ वर्ष अघि तय गरिएको चार्जमा अहिले कुनै परिवर्तन गरेका छैनौं । संक्रमण रोग नियन्त्रणको लागि नयाँ शिर्षकमा चार्ज भने थपिएको हो । नयाँ सेवा दिए वापत नयाँ चार्ज लिएका हौं । सेवा विस्तारको लागि कुनै योजना बनाउनु भएको छ ? अहिले ह्याम्सले सय बेडको अस्पताल संचालन गरेर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । अब २ सय बेडको सेवा थप गरेर काठमाडौंभित्र नै ३ सय बेडको सेवा प्रदान गर्ने योजनामा छौं । सातवटै प्रदेशमा स्ट्रङ इमरजेन्सी व्याकअपसहितको ह्याम्सकै आउटलेट स्थापना गर्ने योजनामा छौं । यो योजना सुरुकै हो । हामीले अहिलेसम्म सोचेको र चाहेको थप काम यही नै हो । गरिब र कम आय भएका नेपालीले ह्याम्स जस्तो कर्पाेरेट अस्पतालमा पैसा तिरेर उपचार गराउने सपना देख्न सक्ने अवस्था छैन । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत केही प्रतिशत बेड छुट्टयाएर गरिब र कम आय भएका नेपालीलाई उपचार गराउने कुनै योजना बनाउनु भएको छ ? तपाईंले मेरो मनको कुरा सोधिदिनुभयो । तर, मलाई के लाग्छ भने मैले कसैलाई कुनै प्रकारको सहयोग गर्नको लागि म त्यसको लागि काविल हुनुपर्छ । सक्षम हुनुपर्यो । हामी ह्याम्स फाउन्डेसन स्थापना गर्छाैं । हामीले दैनिक रुपमा संकलन गरेको रकम छुट्टयाएर त्यो फाउन्डेसनमा राख्छौं । त्यही फाउन्डेसनबाट गरिब तथा कम आन्दानी भएका नागरिकलाई उपचार गराउँने व्यवस्था मिलाउँछौं । तर, यसको लागि हामीलाई केही समय लाग्छ । पहिला हामी आफै काविल हुनुपर्छ । उपचारका क्रममा कुनै विरामीको निधन भयो र त्यसैकारण विरामीका आफन्तलाई क्षतिपूर्ति तिर्नुपर्ने अवस्था आयो भने त्यही दिन म यो अस्पतालमा ताला लगाइदिन्छु । यो अस्पताल बन्द हुन्छ । हामी फेयरबेस्डमा व्यवसाय गर्न चाहन्छौं । म यो अस्पतालको संचालक समिति अध्यक्ष भएसम्म वा म यो अस्पतालमा भएसम्म कुनै ह्याङ्कीफ्याङ्की गरेर, विरामीसँग नचाहिने व्यवहार गरेर शुल्क असुल हुने छैन । हामी निष्ठापूर्वक स्वास्थ्य सेवा प्रवाह गर्छाैं । यहाँ उपचार गराएको विरामीको उपचार नभइ निधन भएमा अस्पतालले क्षतिपूर्ति तिर्नुपर्ने अवस्था आयो भने त्यो मलाई सह्य हुनेछैन । उपचारका क्रममा कुनै विरामीको निधन भयो र त्यसैकारण विरामीका आफन्तलाई क्षतिपूर्ति तिर्नुपर्ने अवस्था आयो भने त्यही दिन म यो अस्पतालमा ताला लगाइदिन्छु । यो अस्पताल बन्द हुन्छ । हामी फेयरबेस्डमा व्यवसाय गर्न चाहन्छौं । देश र जनताप्रति उत्तरदायी भएर सेवा प्रदान गर्छाैं । शिर ठाडो राखेर काम गर्ने मेरो अठोट छ ।

अरु प्रदेशको तुलनामा सुदूरपश्चिम सरकारले अब्बल काम गरेको छः झपटबहादुर बोहरा (भिडियाेसहित)

सुदूरपश्चिम प्रदेश सरकार कोरोनाको महामारीसँगै विभिन्न औद्योगिक क्षेत्र निर्माण तथा सम्भाव्यता अध्ययनमा जुटेको छ । कोरोना महामारीमा प्रदेश सरकारले उल्लेख्य काम गर्न नसकेको जनगुनासो पनि व्याप्त छ । प्रदेश सरकारले कोरोना महामारीमा के कस्ता काम गर्यो ? आद्योगिक क्षेत्र निर्माण तथा विकासका लागि के कस्ता प्रक्रिया तथा काम भइरहेका छन् ? समस्यामा परेका नागरिकलाई सुविधा तथा राहत प्रदान गर्ने काम के कति गर्यो भन्ने विषयमा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरासँग विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् । गत आर्थिक वर्षमा सुदूरपश्चिम सरकारले अपेक्षित आर्थिक वृद्धिदर गर्न नसके पनि अन्य प्रदेशकोभन्दा राम्रै आर्थिक वृद्धिदर हाँसिल गर्यो । यसलाई कसरी बताउनुहुन्छ ? विशेष गरेर यस प्रदेशका मुख्यमन्त्रीज्यू, विषयगत मन्त्रालयका मन्त्रीज्यूहरु, कर्मचारीहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, संघीय सरकारमा रहेका सासंदहरु सबैको सहयोग र सहकार्यबाट यो सम्भव भएको हो । त्यसैले उहाँहरुलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु । हामीले गत आर्थिक वर्षमा ४.८ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल गर्न सफल भएका थियौं । संघीय सरकारको तुलनामा यो झण्डै दोब्बर बढीको आर्थिक बृद्धिदर हो । यसमा सबै तह र तप्काका साथीहरुको साथ सहयोग रहेको छ । त्यसले पनि यो आर्थिक बृद्धिदर हाँसिल गर्न हामी सफल भएका हौं । प्रदेश सरकारले गर्नुपर्ने खर्च पनि राम्रै भएको छ । हामीले ३ पटक बजेट ल्याइसकेका छौं । तीनै वर्षमा खर्चको कूरा गर्ने हो भने पहिलो, दोस्रो, दोस्रो र तेस्रो वर्ष राम्रै खर्च भएको छ । यो वर्ष पनि राम्रै खर्च गरेर देखाउँछौं । त्यही अनुरुप विषयगत मन्त्रालयका मन्त्रीज्यूहरुले कार्यक्रम अगाडि बढाइरहनु भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा कति आर्थिक वृद्धिदर हाँसिल गर्ने भन्ने लक्ष्य छ ? कोरोना भाइरसको असर नभएको भए सवा ७ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल गर्ने गत वर्ष सोचेका थियौं । अहिले पनि त्यो लक्ष्य भेटाउने दौरानमा हामी छौं । कतिपय अवस्थामा लकडाउन नभएको कतिपय अवस्थामा आर्थिक गतिविधि ठप्प भएको र आगामी दिनमा राजश्व उठ्ने कि नउठ्ने भन्ने कूराले निक्र्यौल गर्छ । यो केही समयपछि नै यकिन पिक्चर देखाउला । तर, अहिलेको कुरा गर्ने हो भने प्रदेश सरकारले साढे ७ प्रतिशतको आर्थिक वृद्धिदर हाँसिल गर्ने प्रक्ष्येपण गरेको छ । त्यो लक्ष्य हाँसिल गर्नको लागि हामी युद्धस्तरमा काम गरिरहेका छौं । आजभन्दा २ वर्ष अगाडिदेखि तपाई विभिन्न कार्यक्रम अर्थात कुराकानीमै पनि सुदूरपश्चिममा सरकारी लगानीका ठूला कम्पनीहरु खुल्दैछन् भन्दै आइरहुनु भएको छ । त्यसको काम के कति भयो ? प्रक्रिया के भइरहेको छ ? विशेष गरेर ठूला योजना तथा ठूला लगानीका परियोजनाहरु सुदूरपश्चिममा भित्र्याउनका लागि प्रदेशले करका दरहरु समायोजन गर्न तयार रहेको छ । विशेष गरेर यो प्रदेशमा नेपाल सरकारको मातहतमा केही औद्योगिक क्षेत्रहरु रहेका छन् । कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ । कञ्चनपूरको बेदकोटमै पनि छेला औद्योगिक विकास क्षेत्र निर्माणका प्रक्रिया अगाडि बढिसकेको छ । यस्तै, कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्रका लागि काम अगाडि बढिरहेको छ । कैलालीकै डुडझडीमा पनि औद्योगिक क्षेत्रका लागि काम अगाडि बढिरहेको छ । सुख्खा बन्दरगाह र औद्योगिक क्षेत्रहरु बनेपछि ठूला लगानीका कम्पनीहरु आउँछन् । हामीसँग दक्षिणतर्फ भारतको ठूलो भूभाग रहेको छ । त्यो भूभागमा पनि उत्तराञ्चल, दिल्ली, उत्तराखण्ड नजिकै पर्छन् । त्यस्तै, उत्तरमा चीन पनि हामी नजिकै छ । हाम्रो सीमानासँग चीन जोडिएको छ । बझाङबाट ताक्लाकोटको सडक दु्रत गतिमा अगाडि बढिरहेको छ । भोलि सार्कमै सुदूरपश्चिम प्रदेश विकासको हबका रुपमा अगाडि आउन सक्छ । अहिले हामी संघीयताको कार्यान्वयको दौरानमा छौं । कानुन बनाउने, त्यसको कार्यान्वयन गर्ने दौरानमा हामी छौं । लगानी ल्याउनका लागि अहिले कोरोनाले केही असर गरेको छ । आगामी दिनमा यो समस्या रहिँरहदैन । यसको अन्त्य हुन्छ । यो समस्याको समाधान भइसकेपछि लगानी ल्याउने कुरामा र त्यसको वातावरण सिर्जना गर्ने मामिलामा प्रदेश सरकार लागिपरेको छ । संघीय सरकार र स्थानीय तहहरुसँग आवश्यक समन्वय गरेर हामी अगाडि बढ्छौं । तपाईँले उल्लेख गरेका औद्योगिक क्षेत्रको निर्माणले सुदूरपश्चिमका नागरिकको जीवनस्तर उकासिन्छ ? यसमा तपाई विश्वस्त हुनुहुन्छ ? म विश्वस्त छु, पक्कै पनि उकासिन्छ । अहिले शुख्खा बन्दरगाह र औद्योगिक क्षेत्र मात्र निर्माण हुने भए पनि १ लाख जनाले रोजगारी पाउन सक्छन् । त्यसको लागि समय लाग्न सक्छ । अहिले प्रतिकुल समय भएको कारणले केही समस्या तथा गाह्रो भएको छ । तर, अवस्था अनुकुल भइसकेपछि स्वेदेशी पुँजीपतिलाई लगानी गराउनको लागि, विदेशी कम्पनीलाई भित्र्याउनका लागि सहज वातवारण सिर्जना गर्ने र ऐन कानुन संशाधन गरेर भए पनि हामी काम गर्छौं । जग्गा भाडामा लिनको लागि हामी सहजिकरण गरिदिन्छौं । निर्यातमा पनि हामी अगाडि बढ्न सक्छौं । प्राकृतिक स्रोतहरुले पनि सुदूरपश्चिममा धेरै सम्भावनारु छन् । त्यसको सदुपयोग गरेर हामी अगाडि बढ्न सक्यो भने त्यसको उत्पादन गरेर निर्यात गर्न सक्यो भने सम्बृद्धि हाम्रो नजिकै छ । तर, त्यसको लागि समय लाग्छ । एक दशक अवश्य नै लाग्छ । अहिले हामीसँग वित्तीय अभाव भएकै कारण कुनै काम हुन सकेका छैनन् । पूँजी निर्माण भइसकेपछि हामी हाम्रा लक्ष्यहरु पछ्याउँदै अगाडि बढ्छौं । हामी सुदूरपश्चिम प्रदेश विविध सम्भावनाले भरिपूर्ण छ भन्छौं, हाइड्रोपावर, जडिबुको प्रचुर सम्भावना छ तर त्यसको विकासका लागि प्रदेश सरकारले पहल गर्न नसकेको हो ? काम भइरहेको छ । विकास रातारात हुने कुरा हो र ? विकास भन्ने कुरा जादुको छडी हो र ? विकासका लागि कानुन चाहिन्छ । संरचना चाहिन्छ । पूर्वाधार चाहिन्छ । वित्तीय स्रोत चाहिन्छ । त्यसमा अरु सम्भावनाको अध्ययन गर्नु पर्ने हुन्छ । हामी सरकारमा आएको ३ वर्ष भयो । ३ वर्षमा कायापलट हुन्छ र ? योभन्दा अगाडि ७० वर्ष सरकार चलाउनेले के गर्यो । त्यसैले विकासमा हत्तारिनु हुन्न । साँच्चिकै हामी दिगो विकास र रणनीतिक कार्यक्रममा सामाजिक, आर्थिक रुपान्तरणमा अगाडि बढ्ने हो भने क्रमशः अगाडि बढ्नु पर्ने हुन्छ । त्यो विकास दिर्घकालिन पनि हुन्छ । त्यसैले अहिले नै विकास भएन भनेर उकुसमुकुस हुने र संघीयतालाई नै प्रश्न गर्ने समय यो होइन । संघीयता कार्यान्वयनका लागि सबैको सहयोग र सहकार्य आवश्यक छ । प्रदेश सरकार बनेको ३ वर्ष भइसकेको छ । तपाईँहरुले जहिले पनि समय लाग्छ मात्र भन्नुहुन्छ । तपाईँहरुले देखाएका सपना देख्न र आफ्नो जीवनस्तर माथि उकास्न नागरिकले अझै कति वर्ष पर्खिनु पर्छ होला ? सयम भनेर दिन, बार, घण्टा महिना वर्ष भन्न सकिँदैन । म त्यस्तो भविश्यवाणी गर्ने व्यक्ति पनि होइन । तर, यो ५ वर्षको समयमा विकास निर्माणका आधारस्तम्भहरु निर्माण हुन्छ । र, ती आधारस्तम्भबाट विकास निर्माणको सिलसिला अगाडि बढ्छ । यसका लागि प्रदेश सरकार लागि परेको कुरा यहाँहरुलाई जानकारी गराउँछु । प्रदेश सरकार बनेर तपाई आर्थिक मामिला तथा योजना मन्त्री भइसकेपछि तपाई माथि जनताको धेरै अपेक्षा थियो । तर, जनताले अपेक्षा गरेका काम तपाईँले गर्न सक्नु भएन भन्ने गुनासो पनि छ नि ? म विश्वस्त छु । ममाथि आम जनमानसले गर्नुभएको विश्वास मैले टुट्न दिएको छैन । जुन किसिमले बजेट आउँछ । बजेटका कार्यक्रमहरु प्रक्ष्येपण गरिन्छ । बजेटमा दुरगामी लक्ष्य र रणनीतिक कार्यक्रमहरु सुदूरपश्चिम प्रदेशले ल्याएका छन् । त्यो आफैमा अनुपम रहेका छन् । ती कार्यक्रम र योजना कार्यान्वयनको चरणमा जाँदैछन् । त्यसपछि आम नागरिकले अनुभूति गर्नेछन् । उनीहरुको प्रदेश सरकार छ र प्रदेश सरकार हाम्रो अभिभावक हो भन्ने बुझाई अहिले पनि रहेको छ । ती हाम्रा कार्यक्रम र योजना बनिसकेपछि हामीले चाहेको समाजबादन्मुख अर्थतन्त्रको परिकल्पना साकार हुन्छ । र, यो प्रदेश आर्थिक सम्वृद्धीको गोरेटोमा अगाडि बढ्छ भन्ने कुरामा विश्वास दिलाउन चाहन्छौं । सुदूरपश्चिम प्रदेश सरकार बनेर तपाई अर्थमन्त्री भइसकेपछि ल्याएका मेघा प्रोजेक्टहरु के के छन् ? हामीले स्वरोजगार विकास कोष अगाडि बढाएका छौं । यहाँका वेरोजगार युवाहरुलाई रोजगारी दिन हामी अगाडि बढिरहेका छौं । कोरोना महामारीको समयमा पर्यटन, कृषि र उद्योगलाई प्रोहत्सान गर्नको लागि हामीले १ करोड रुपैयाँ बजेट सहुलियत दरमा कर्जा उपलब्धका लागि छुट्याएका छौं । त्यस्तै हामीले प्रदेशमा जडिबुटी प्रशोधन तथा संशोधन केन्द्र खोलिरहेका छौं । त्यस्तै प्रदेश र संघको मातहतमा रहेका जलविद्युत आयोजनाहरुलाई कसरी अगाडि बढाउने भन्ने कुराहरुमा तयारी गरिरहेका छौं । पश्चिम सेतीको लागि आवश्यक परामर्श हामी संघीय सरकारसँग गरिरहेका छौं । कर्णालीमै १० हजारभन्दा बढी मेघावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्न सकिने अनुमान छ । यस्तै, प्रदेश सकारले बस सञ्चालन गर्ने योजना बनाएको छ । हाम्रो पालामा होला नहोला तर एउटा राम्रो वातावरण सिर्जना गर्ने दौरानमा हामी छौं । अहिले कोरोना भाइरसको कारण समय प्रतिकुल भएकोले काम अगाडि बढाउन सकिएको अवस्था छैन । तर, अवस्था सामान्य भइसकेपछि काम युद्धस्तरमै अगाडि बढ्छ । त्यसपछि नागरिकले सम्वृद्धिको अनुभुति गर्छन् भन्ने हामीलाई लाग्छ । चालु आर्थिक वर्षमा सुदूरपश्चिम सरकारले ३३ अर्ब ३८ करोडको बजेट विनियोजन गरेको छ । बजेटमा उल्लेख्य रकम विनियोजन हुने तर त्यसको कार्यान्वयन र खर्च भने नहुने पुरानै प्रवृति अझै कायम छ । यो वर्ष पनि त्यस्तै त होला, हैन ? हुँदैन, हामीले जति पटक बजेट ल्याएका छौं, त्यति पटक अन्य प्रदेशको दाँजोमा दोस्रो र तेस्रो पोजिसन हामीले ल्याएका छौं । जुन हाम्रो क्षमता छ, त्यही अनुरुप हामीले बजेट ल्याएका छौं । हामीले कहिले पनि महत्वाकांक्षी बजेट ल्याएका छैनौं । वित्तीय स्रोत र बजेटको आकार आँकलन पनि प्रदेश सरकारले शतप्रतिशत कायम गर्न सफल भएको छ । त्यसैले महत्वाकांंक्षी र सपना बाँड्ने काम गरेका छैनौं । खर्च पनि अन्य प्रदेशको भन्दा बढी नै गरिरहेका छौं । यो वर्षमा पनि प्रदेश सरकारले बढी नै खर्च गर्छ । विकास खर्च बढाएर रोजगारी सिर्जना गर्ने, विकास निर्माणका काम अगाडि बढाउने र कुल ग्राहस्थ उत्पादन पनि अझै बढाउने योजना छ । त्यही अनुरुप हामी अगाडि बढ्छौं । कोरोना भाइरसले जुन संकट उत्पन्न भएको छ, यो संकट व्यवस्थापनका लागि प्रदेश सरकार उदाशिन देखियो भन्ने जनगुनासो छ नि ? होइन, प्रतिपक्ष र मिडियाले बोलेका कुराहरु कति धरातलमा टेकेर गरेको छ, कति सत्यको नजिकको छ भन्ने कुरा हामी सबैलाई थाहा छ । जति खर्च र व्यवस्थापन सुदूरपश्चि सरकारले गरेको छ, त्यति कुनै पनि प्रदेशले गरेको छ । सुदूरपश्चिम प्रदेशको दार्चुला, कञ्चनपूर डडेल्धुरा र कैलाली भारतसँग जोडिएका छन् । सबैभन्दा समस्या त सुदूरपश्चिम सरकारलाई भएको छ । त्यसको बाबजुत पनि हामीले एकदमै उत्कृष्ट काम गरेका छौं । सुदूरपश्चिम सरकारले कुनै पनि स्रोतको कमि हुन दिएको छैन । काम गर्ने सिलसिलामा अलिकति समस्या अवश्य नै हुन्छ । तर, सुदूरपश्चिम सरकार आफ्नो जिम्मेवारीबाट भागेको छैन । कोरोनालाई परास्त गर्नको लागि दीर्घकालिन योजनाहरु बनाइरहेका छौं । कोरोना महामारीको असर न्युनिकरण गरी नागरिकलाई राहत तथा समस्या समाधानको लागि प्रदेश सरकारले कति रकम खर्च गर्यो ? केके काम गर्यो ? लगभग ७० करोडको हाराहारीमा हामीले खर्च गरिसकेका छौं । अझैं पनि खर्च गर्नको लागि आवश्यक बजेटको व्यवस्था गरेका छौं । जनतालाई रोगको त्रास र डरबाट अन्त्य गर्नको लागि कुनै पनि कसर बाँकी राख्दैनौं । त्यसका लागि स्रोत परिचालन गरिसकेका छौं । हामीले नागरिकलाई सरकार भएको अनुभुति पनि दिलाइसकेका छौं भन्ने हामीलाई आत्मगौरव भएको छ । अहिले रस्साकस्सीका रुपमा रहेको नेपाल कम्यनिष्ट पार्टी (नेकपा) भित्रको अन्र्तविरोध अर्थात शक्ति संर्घषले सुदूरपश्चि प्रदेशलाई कतिको असर गरेको छ ? यसले सरकारलाई असर गर्न सक्छ जस्तो मलाई लाग्दैन । यसले सरकारलाई भन्दा पनि पार्टीलाई असर गर्न सक्छ । यसको असर सुदूरपश्चि प्रदेशमा कुनै छैन । मलाई लाग्छ, यो मन्थन भइरहेको छ । केन्द्रिय नेताहरुमा आवश्यक गृहकार्य भइरहेको छ । नेकपा सचिवालयमा सबै वरिष्ठ व्यक्तित्वहरु हुनुहुन्छ । उहाँहरुले यसलाई हल गरेर जानुहुन्छ भन्ने मलाई आशा छ । अन्तिममा, तपाईँ आम नागरिक र तपाईँका समकक्षीहरुसँग क्षमतावान व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । आफ्नो राजनीतिक करियर कसरी अगाडि बढाउँदै हुनुहुन्छ ? मैले व्यक्तिगत रुपमा मात्र सोचेर हुँदैन । पार्टीले मेरो मुल्याकंन गरेर कुन जिम्मेवारी र कुन भूमिकामा राखेर अगाडि बढाउँछ भन्ने कुरा पनि हो । आगामी दिनमा अझै कसरी जनताको अगाडि जान सकिन्छ । अझै कसरी जनमैत्री बजेट बनाउन सकिन्छ भन्नेतर्फ मेरो ध्यान जान्छ । अझै कसरी जनताका आशा र आकांक्षा पूरा गर्न सकिन्छ भन्नेतर्फ मेरो ध्यान जान्छ ।

पुरक बजेट ल्याउँदा ढिलो हुन्छ, बजेटका कार्यक्रम छिटो कार्यान्वयन गरे आर्थिक राहत पुग्छः डा. प्रकाश श्रेष्ठ

कोभिड १९ संक्रमणका कारण देशको अर्थतन्त्रमा गम्भिर असर परेको छ । गत आर्थिक वर्षको आर्थिक वृद्धिदरमा आएको संकुचन यस वर्षपनि देखिने निश्चित छ । कोभिडबाट असर परेको अर्थतन्त्रलाई चलायमान बनाउनु सरकारका लागि चुनौतिपूर्ण छ । यस्तो अवस्थामा नयाँ अर्थमन्त्रीका चुनौतिहरु के के हुन् ? के अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन सकिन्छ ? कस्तो आर्थिक वृद्धिको अपेक्षा गर्न सकिन्छ ? यसै सन्दर्भमा केन्द्रीत रहेर अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाहकार डा. प्रकाश श्रेष्ठसँग गरिएको कुराकानीः अहिले कोभिड–१९ संक्रमणका कारण अर्थतन्त्रमा गम्भिर असर परेको छ । यस्तो परिस्थितिमा अर्थमन्त्रीका प्राथमिकताका विषयहरु के के हुन ? अहिले हामी कोभिड–१९ को प्रभावमा छौं । यसको संक्रमण अझै बढ्दैछ । कहिले सकिन्छ अझै निक्र्यौल भएको छैन । यो अवस्थामा अर्थमन्त्रीको रुपमा आउनुभएको छ । उहाँको प्राथमिकता सर्वप्रथम त अहिलेको बजेट आइसकेको स्थिति छ । पहिलो त्रैमास वितेको छ । यो बजेटको कार्यान्वयन सँगसँगै मौद्रिक नीतिको कार्यान्वयनको सन्दर्भमा जोड दिने छ । किनभने हामीकोमा कार्यान्वयनको पाटो कमजोर रहने गरेको अनुभव छ । कार्यान्वयन नै पहिलो प्राथमिकता हो । त्यससँगसँगै कोभिड–१९ को कोर्ष कसरी जान्छ, कहिलेसम्म जान्छ अझै निक्र्यौल भएको छैन । र, अहिले लकडाउनको स्थिति छैन । असो देखि धेरै सहज भएको अवस्था छ । कोभिड–१९ ले पारेको प्रभावको सम्बन्धमा विभिन्न तप्काको लागि विभिन्न ढंगले प्रभाव पारेको स्थिति छ । फरकफरक ढंगले प्रभाव पारेको छ । धेरै थोरै सबैलाई प्रभाव पारेको छ । त्यो अवस्थामा अलि बढी प्रभावित वर्ग÷तप्कालाई कसरी राहत दिने र अर्थतन्त्रको पुनरउत्थान कसरी गर्ने भन्ने सम्बन्धमा पनि अर्को फोकस हुनुपर्छ जस्तो लाग्छ । सँगसँगै पूँजीगत बजेट खर्च कम हुने गरेको छ त्यसलाई बढाउन सक्यौं भनेपनि एक किसिमले राहत पुग्ने देखिन्छ । किनभने सरकारको खर्च हुँदावित्तीकै एउटा फण्ड अर्थतन्त्रमा प्रवाहित हुन्छ । त्यसले रोजगारीपनि सिर्जना गर्ने र धेरैजसो रोजगारी पाउँदा वित्तीकै मान्छेहरुलाई राहत पनि पाउने स्थिति हुन्छ । यिनै कुराहरुमा नै बढी जोड दिने हो । हामी अहिले अर्कोपनि के प्रयास गरिरहेका छौं भने विभिन्न तप्काका व्यक्तित्वहरुसँग राय सुझावहरुपनि संकलन गर्ने, त्यसलाई विश्लेषण गर्ने र अरु तथ्याङ्कहरुलाई पनि नजिकबाट हेरिरहेका छौं । दैनिक रुपमै तथ्याङ्कलाई हेरिरहेका छौं । कसरी अर्थतन्त्र अगाडी बढीरहेको छ भनेर । त्यो आधारमा आउने दिनहरुमा थप निर्णयहरु लिनुपर्ने पनि हुनसक्छ । अघिल्लो वर्षको अन्तिम त्रैमास र यो वर्षको पहिलो त्रैमास कोभिडको बिचमा गुजा¥यौं । योबीचमा कतिपय सरोकारवालाहरुले योजना र बजेटलाई पुनरतालिकिकरण गर्ने अथवा पुनरमुल्याङ्कन गरेर मात्रै अगाडी बढ्नुपर्ने बताउँदै आएका छन् । कोरोनाको परिस्थितिका कारण पनि नियमित बजेटका प्रक्रियालाई सुधार गर्नुपर्ने अवस्था आएको हो ? चालु आर्थिक वर्षको बजेट जेठ १५ गते आएको थियो । त्यतिबेला पनि कोरोनाको अवस्था थियो । त्यसलाई धेरै हदसम्म आकलन गरेको छ । बजेटमा मोटो हिसाबले हेर्दापनि राहत पुनरउत्थानको लागि झण्डै २ सय ९१ अर्ब छुट्याएको स्थिति छ । त्यो मौद्रिक नीतिको पुनरकर्जालाई समेत जोडदा खेरी । अहिलेपनि कति परसम्म कोभिड १९ जानसक्छ भनेर भन्न सक्ने अवस्था छैन । अव फेरि नयाँ ढंगले जादाखेरी नयाँ चरणबाट सुरु गर्नुप¥यो । त्यसका लागि अर्को लामो समय लाग्न सक्छ । अहिले जुन किसिमको सेटअप भइसकेको छ, त्यसलाई प्रभावकारी कार्यान्वयन गर्दाखेरी तुरुन्तै राहत पाउने अथवा तुरुन्तै पुनरउत्थान हुनसक्छ । जस्तै अहिलेको बजेटमा भएका कार्यक्रमहरु प्रधानमन्त्री रोजगार कार्यक्रममा झण्डै ११ अर्ब ६० करोड रुपैयाँ छ । त्यो कार्यान्वयन ग¥यो भने धेरै राहत दिन्छ । हिजोको राहत कार्यक्रम स्थानीय तहलाई गर्न लगाएको स्थिति पनि छ । अरु सिपमुलक तालिमका कुराहरु पनि त्यहाँ छन् । केही गरिबी परिचयपत्र तयार पारेर छिट्टै नै दिने भन्ने कुराहरु पनि छन् । त्यसले पनि हामीले सबैभन्दा विपन्न गरिब परिवार को रहेछ त भन्ने थाहा हुने थियो । त्यसबाट पनि हामीलाई टार्गेट गर्न सजिलो हुने थियो । अहिले हामीले फेरि नयाँ ढंगबाट सोच्यौं भनेपनि विभिन्न तथ्याङ्कको अभावले गर्दाखेरी को चाहिं सबैभन्दा बढी प्रभावित हो त कोभिड १९ ले गर्दाखेरी भन्ने अझैपनि हामीलाई निक्र्यौल नहुन सक्छ । प्रभाव सबैलाई परेको छ तर, त्यसको डिग्री फरक छ । सबैभन्दा तल्लो वर्ग, विपन्न वर्ग ज्यालादारीमा काम गर्ने वर्गलाई बढी गाह्रो छ । दैनिक जीविका चलाउन पनि गाह्रो भएको स्थिति छ । त्यसलाई नै तत्कालै राहत गर्नुपर्ने अवस्था हो । हामी फेरि नयाँ ढंगले गर्दाखेरी अर्को लामो समय लाग्न सक्छ । त्यसका पनि प्रक्रिया हुन्छन् । किनभने पुरक बजेटको कुराहरु पनि आउने गरेका छन् । त्यसलाई फेरि पुनः सम्पुर्ण प्रक्रियाहरु पुरा गर्नुपर्ने हुन्छ । त्यसकारण वित्त नीतिको स्वीकृति प्रक्रिया लामो छ । संसदमा गएर स्वीकृति गर्नुपर्ने प्रक्रियाहरु पनि छन् । त्यसले गर्दा तत्काललाई हामीले प्रभावकारी रुपमा भएको व्यवस्थालाई कार्यान्वयन गर्ने र थप के गर्नुपर्छ त्यसमा हामी विभिन्न चरणको छलफलहरु गरेर, विभिन्न सुझावहरु लिएर आवश्यक प¥यो भने थप कुराहरु पनि नआउलान भन्न सकिदैन । कसरी जान्छ, कहिलेसम्म जान्छ भन्ने कुराहरुले नै र कति प्रभाव पार्छ भन्ने कुराले नै अवको कदमहरु निर्धारण गर्छ । त्यसो हो भने देशको अर्थतन्त्रलाई अहिले कसरी लिन सकिन्छ ? अहिले त कोभिड–१९ छ । विगतमा हे¥यौं भनेपनि हाम्रो अवस्था केही सकारात्मक केही नकारात्मक हुने गरेको पाइन्छ । विकासशील देशको अर्थ व्यवस्था एकैचोटी सबैकुरा राम्रो हुन अलि गाह्रो हुने रहेछ । अहिले कोभिड–१९ को बाबजुद पनि केही सकारात्मक छन् । र, केही नकारात्मक छन् । सकारात्मक रुपमा हेर्दाखेरी केही बाह्य क्षेत्रको सूचकहरु सकारात्मक छन् । निर्यात बढेको, आयात घटेको, व्यापार सन्तुलन बचतमा रहेको, सोधानान्तर बचत रहेको, विप्रेषण आप्रवाह घट्छ भनेका थियौं । त्यो अनुसार नघटेर उल्टै चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ८ प्रतिशतले बढेको, विदेशी विनिमय सञ्चिति राम्रो रहेको ती सकारात्मक पक्षहरु छन् । त्यसभित्रका हाम्रो निर्यातको आधार साघुरो छ । कमजोर खालको छ । आयातमा चामल तरकारीको आयात हुने तर मेसिनरी गुड्सको आयात घटेको स्थिति छ । त्यसले राम्रो संकेत गर्दैन । अर्को मूल्य स्थिति पनि नियन्त्रित अवस्थामा छ । बैंकिङ क्षेत्र हेर्दाखेरी पनि अहिलेसम्मको क्राइसिसलाई धानिरहेको स्थिति छ । तरलता प्रयाप्त मात्रामा छ । व्याजदर घटेको स्थिति छ । यी केही सकारात्मक पक्षहरु हुन । तर कोभिड–१९ ले गर्दाखेरी आर्थिक वृद्धिदरमा धक्का लागेको छ । हाम्रो आर्थिक वृद्धिदरमा जुन अपेक्षा गरेका थियौं, जुन गतिमा आइराखेका थियौं अघिल्लो तीन वर्ष हाम्रो आर्थिक वृद्धिदर अलिकति माथि थियो । अब अहिले गएको आर्थिक वर्षमा केन्द्रीय तथ्याङ्क विभागले प्रकाशित गरेको तथ्याङ्क अनुसार २.३ प्रतिशत छ । केन्द्रीय तथ्याङ्क विभागले उक्त तथ्याङ्कलाई परिमार्जन गर्न गइरहेको छ भन्ने सुन्नमा पनि आइरहेको छ । राष्ट्रिय योजना आयोगले प्रकाशित गर्न लागेको प्रतिवेदनले पनि ०.६ प्रतिशतको आर्थिक वृद्धिदर हुने भनेको छ । आइएमएफले निकालेकोमा झण्डै शुन्य प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण छ । पक्कैपनि आर्थिक वृद्धिदर शुन्यदेखि एकको नजिकको आसपासमा हुने सम्भावनालाई नकार्न सकिदैन । त्यसले गर्दाखेरी चालु वर्षमा पनि ७ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष बजेटमा छ । त्यो हासील गर्न कठिन हुन्छ कि भन्ने देखिन्छ । आर्थिक वृद्धिदर कम हुँदैगर्दा रोजगारी सिर्जनामा असर पारेको छ । हामीलाई रोजगारीको डेटा, बेरोजगारीको डेटा गहकिलो ढंगले, नियमित ढंगले प्राप्त हुने गरेको छैन । अहिले प्रधानमन्त्री रोजगार कार्यक्रममा पनि झण्डै ५÷६ लाखको आसपासको मानिसहरुले दर्ता गरेको भन्ने आएको छ । तर त्यसको औपचारिक डाटा बाहिर आइसकेको छैन । असोज २० गतेसम्म त्यसको दर्ताको म्याद थियो । यो बेरोजगारी बढ्ने, आर्थिक वृद्धिदरमा संकुचन आउने, राजश्व संकलनमा दवाव पर्ने अवस्था नकारात्मक अवस्थाहरु हुन् । त्यसकारणले केही सकारात्मक छन् । केही नकरात्मक छन् । यसको बीचमा छौं । त्यसकारणले हाम्रो अर्थतन्त्रमा केही जटिलता छ । केही सहजता पनि छ । सहजतालाई टेकेर भएका जटिलतालाई समाधान गर्र्दै जानु नै अवको बाटो हो । मुलभुत आधारहरु सन्तोषजनक नदेखिदा पनि बजेट कार्यान्वनमा जानुपर्ने छ । अव बजेटको समीक्षा गर्ने बेला पनि हुन लागेको छ । बजेटलाई थप प्रभावकारी बनाउन पुरक बजेट आवश्यक हो ? अघिपनि मैले त्यो कुरा छोएको थिए । धेरैको बाहिरतिर पुरक बजेटको माग पनि छ ,ल्याउनुपर्छ भन्ने । त्यो आफैमा नराम्रो तर्क त होइन । यो एउटा विकल्प हो । तर, त्यसमा एउटा लामो प्रक्रिया जानुपर्ने हुन्छ । अहिले यही सरकारले नै ल्याएको बजेट पनि हो । यही अहिलेकै अवस्थामा ल्याएको बजेट पनि हो । कोभिडकै बीचमा ल्याएको बजेट पनि हो । धेरै कुराहरु बजेटले आकलन गरेको छ । हामीलाई अलिकति भ्रम के छ भने धेरै देशहरुले स्टिमुलस प्याकेज भनेर ल्याए । हामीले त्यो नाम दिएको स्थिति छैन । बजेट भित्र खोज्नु भयो भने तीन चारवटा शिर्षकमै र लिस्टिङ गर्दापनि एक दर्जन भन्दा बढी नै स्टिमुलस खालका कार्यक्रमहरु छन् । त्यसमा नभएका होइनन् । अव परिमार्जनका लागि परिमार्जन मात्रै नभएर मुख्यकुरा कार्यान्वयन हो । अहिले भएकै कुराहरु कार्यान्वयनमा कति ल्याउन सकिन्छ, हाम्रो कार्यान्वयन क्षमता केही वर्षदेखि कमजोर रहेको पनि यथार्थ हो । त्यसले गर्दा कार्यान्वयनको पाटोलाई नै बढी प्राथमिकता दिनुपर्छ कि भन्ने अहिलेको सोच हो । आउँदा दिनहरुमा हामी कसरी जान्छौं । हामीले डाटाहरुलाई नजिकबाट हेरिरहेका छौं । हाम्रो राजश्व संकलनको स्थिति कस्तो हुन्छ । बजेट कार्यान्वयनको स्थिति कस्तो हुन्छ । बजेट कहाँ अभाव हुन्छ । जस्तै, अहिले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई छुट्याएको बजेटले नपुग्ने स्थिति आयो कार्यान्वयनमा भने त्यतिखेर बजेटको व्यवस्था गर्नुपर्ने अवस्था आउन सक्छ । त्यसलाई नजिकबाट हेरिरहेका छौं । अहिले पहिलो त्रैमास सकिएर चौथो महिना सुरु भएको स्थिति छ । हाम्रो प्यार्टन अनुसार बल्ल बजेट कार्यान्वयनको प्रक्रिया सुरु हुने गर्छ । किनभने पहिलो त्रैमास तयारी कै चरणमा जाने गरेको देखिन्छ । त्यसकारणले बजेट कार्यान्वयनमा नजाँदै कहाँ के कस्तो कमजोरी छ, कहाँ बजेट पुगिराखेको छैन भन्ने आकलन गर्नलाई पनि गाह्रो होला । अर्कोतिर प्रक्रियागत रुपमा पनि समय लाग्ने र हामीलाई अहिले तुरुन्तै एक्सनमा जानुपर्ने अवस्था पनि छ । त्यसले गर्दा तत्काललाई त्यसको सम्भावना अलि कम नै देख्छु । तपाईले अर्थमन्त्रालयमा बसेर बजेटको कार्यान्वयन गर्न अथवा अर्थतन्त्रलाई चलायमान बनाउन चुनौतिहरु के देख्नु भएको छ ? अब हाम्रो बजेट कार्यान्वयनमा सबैभन्दा चुनौति भनेको पूँजीगत खर्च बढ्न नसक्नु नै हो । आयोजनाहरुको जुन कार्यान्वयनको पक्ष हो, त्यो कमजोर रहने गरेको नै सबैभन्दा चुनौतिको विषय छ । हामीले समीक्षा सुरु गरेको पनि त्यसैको लागि हो । कहाँ के समस्याहरु छन्, कसरी सल्टाउन सकिन्छ भन्ने हो । धेरै समस्याहरुमा जेलिएको स्थिति चाहिं छ । पूँजीगत खर्च बढ्ने वित्तिकै पनि धेरै राहत हुन्छ । त्यसले अर्थतन्त्रलाई धेरै चलायमान बनाउँछ । त्यसमा दुविधा नै छैन । अहिले नै तीन तहको सरकारहरुको नै झण्डै २ खर्ब भन्दा बढी पैसा बैंकमा रहेको स्थिति छ । त्यो रिलिज हुँदा वित्तिकै सर्वसाधारणले कुनै न कुनै रुपमा हातपार्ने स्थिति हो । त्यो नै सबैभन्दा बढी चुनौतिपूर्ण छ । त्यसको गाँठो फुकाउन र त्यो समस्याको पहिचान गर्न नै अहिले अर्थमन्त्रीले समीक्षा सुरु गर्नुभएको छ । अहिलेसम्म ६/७ वटा मन्त्रालयहरुसँग गरिसकेको स्थिति छ । र, आगामी हप्ता पनि निरन्तर समीक्षा जाँदै छ । त्यो नै प्रमुख चुनौति पनि हो र समाधान गर्नुपर्ने कुरा पनि हो । अहिलेको परिस्थितिमा अर्थमन्त्रालयले कस्तो भूमिका खेल्नुपर्ने हुन्छ ? कुन कुन निकायको सहयोगको आवश्यकता पर्छ ? त्यसमा चाहिं अव उहाँहरुले यो अवस्थामा कसरी अगाडि बढ्ने हो, केही नयाँ उपाय, नयाँ सुझावहरु छन् भने उहाँहरुले दिन सक्नुहुन्छ । हामी खुला रुपमा लिन चाहन्छौं । उहाँहरुको सुझावहरु विश्लेषण गर्न चाहन्छौं । सुझावहरुको कार्यान्वयन पक्ष हेरेर हामी त्यसलाई लागू गर्नपनि सक्छौं । अर्को पाटो, हामीले कोभिड–१९ को सन्दर्भमा अहिले जति समस्या ल्याएको छ, त्यो कोभिड १९ ले ल्याएको समस्या हो । त्यसकारण कोभिड–१९ को झण्डै ७÷८ महिना गुजारी सक्दा कोभिड १९ को प्रकृतिको बारेमा हामीले जानकारी हासिल गरिसकेको अवस्था छ । यो अव केही लामो समय रहने स्थिति देखिन्छ । यसको कसरी संक्रमण हुन्छ भन्ने कुरा पनि हामीलाई धेरैहदसम्म थाहा भइसकेको अवस्था छ । भनेपछि हामीले कोभिडको संक्रमणलाई व्यवस्थित गर्दै स्वास्थ्य मापदण्ड अपनाउँदै आर्थिक गतिविधिमा सक्रिय हुनैपर्छ । आर्थिक गतिविधिमा हामी सक्रिय हुन सक्यौं भने, आर्थिक क्रियाकलाप गर्न सक्यौं भने धेरै समस्याहरु जुन देखिराखेका छौं, ती समस्याहरु आफै समाधान हुन पुग्छन् । त्यसकारण हामीले कोभिड छ भनेर हात बाँधेर बसेर हाम्रो जिविका, हाम्रो उन्नति प्रगति नहुने स्थिति छ । त्यसैले गर्दा स्वास्थ्य मापदण्ड अपनाऔं र आर्थिक गतिविधिमा संलग्न होऔं । आ आफ्नो क्षेत्रबाट आआफ्नो जिम्मेवारी निर्वाह गरौं । जस्तै सरकारी संयन्त्रहरु, विभिन्न मन्त्रालयहरु, विभागहरु, कार्यालयहरु उहाँहरुले पनि आफ्नो जुन बजेट छ, सरकारले विनियोजन मार्फत जुन बजेट दिएको छ, त्यो बजेटलाई खर्च गरौं । पूँजीगत खर्च बढाऔं । त्यो कसैले गरिदिने होइन, हामी आफैले गर्ने हो । हामीले अलिकति सक्रियता लिऔं, सक्रियतापूर्वक हामी लागौं कसरी खर्च गर्न सकिन्छ केही समस्याहरु छन भने समाधान गरौं । अहिले जुन समीक्षा गरिरहेका छौं, अर्थमन्त्री त्यो समस्या समाधान गर्न खुला पनि हुनुहुन्छ । त्यस्तो कुनै समस्याहरु छन् भने अर्थमन्त्रालयलाई जानकारी गराउनुभयो भने बजेट कार्यान्वयनका समस्याहरुलाई सल्टाउन पनि हामी तयार छौं । त्यसकारणले हामी अन्तरक्रियात्मक ढंगले हामी जान चाहन्छौं । उहाँहरुले अर्थमन्त्रालयमा सम्पर्क राख्ने, गुनासो गर्ने गर्नचाहिं खुला छ ।

काेराेना महामारीले बीमा बजार खुम्चिन थालेकाे छ -कुमार खत्री

कोरोना महामारीले विश्व अर्थतन्त्रमा नै असर पारिरहेको छ । ठीक यही बेलामा नेपालको आर्थिक क्षेत्र पनि महामारीको प्रत्यक्ष असर भोग्न बाध्य छ । नेपाली बीमा क्षेत्र पनि कोरोना महामारीको प्रभावबाट अछुतो छैन । पछिल्लो समय कोरोना महामारीकै कारण अनलाईन बीमा पोलिसीको महत्व पनि बढेको छ । यस्तै, बीमा समितिको विशेष पहलमा आएको कोरोना बीमाको विषयमा पनि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । यस्तै सन्दर्भमा अजोड इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीसँग विकासन्युजका लागि नविन पोखरेलले कुराकानी गरेका छन्ः कोरोना महामारीपछि बीमा क्षेत्रमा के–कस्तो प्रभाव परेको महसुस गर्नुभएको छ ? कोरोना महामारीबाट सबै क्षेत्र प्रभावित भएको अवस्थामा यसको प्रभाव बीमा क्षेत्रमा पनि परिरहेको छ । अहिले व्यापारिक क्रियाकलापहरु नै निकै कम मात्रामा भएका छन् । समग्रमा भन्नुपर्दा अहिले आर्थतन्त्र नै शिथिल अवस्थामा रहेको महसुस गरेको छु । सार्वजनिक सवारी साधनहरु राम्रोसँग चल्न पाएका छैनन् । पर्यटन क्षेत्र पनि चुस्त दुरुस्त रुपमा चल्न सकेको छैन । यस्ता यावत कारणहरुले बीमा क्षेत्रमा असर परेको छ । बीमा क्षेत्रको सम्बन्ध अन्य क्षेत्रमासँग पनि गाँसिएको हुन्छ । अरु क्षेत्र शिथिल हुँदा त्यसको प्रत्यक्ष असर बीमा क्षेत्र पनि पर्छ । खासगरी पर्यटन क्षेत्र र सार्वजनिक यातायातको क्षेत्र निकै नै प्रभावित भएका छन् र त्यसकाे असर निर्जीवन बीमा व्यवसाय परेकाे छ । कोरोना महामारीकै प्रभावका कारण बीमा क्षेत्रका चालु योजना कार्यान्वन गर्न नसकेको अवस्था छ कि छैन ?   अहिले त्यस्तो ठूलो असर पर्ने गरी केही रोकिएकै त छैन । । नियामक निकाय बीमा समितिले दिएको निर्देशन अनुसार हामीले काम गर्ने हो । भोलिका दिनमा कोरोना महामारीबाट मुक्ति पाउदै थप सहज रुपमा काम गर्न पाइन्छ भन्ने हाम्रो अपेक्षा छ । महामारी कै बीचमा नयाँ योजना ल्याउन सोच बनाउनु भएको छ ? बीमा क्षेत्रमा हामीले आफैले मात्र छुट्टै त्यस्तो केही गर्ने भन्ने हुदैन । बीमितको माग तथा समितिको निर्देशन अनुसार बीमा कम्पनीहरुले काम गर्ने हो । अहिले हामीसँग भएको नर्मल पोलिसीहरु जे छ, त्यही बेचिरहेका छौं । सबै बीमा कम्पनीहरुले गर्ने त्यही नै हो । दाबी भुक्तानीकोे लागि प्रविधिमैत्री हुनुपर्ने बेला आएको छ । अहिले अनलाइन पोलिसीको महत्व ह्वात्तै बढेको छ । डिजिटल पेमेण्ट गर्ने कुराहरुले प्राथमिकता पाइरहेको अवस्था छ । डिजिटल भुक्तानीको लागि विभिन्न योजनाहरु बनाएर धेरै हदसम्म सफलता समेत मिलेको छ । अब कोभिडको कारण धेरै ध्यान पुर्याउनु पर्ने तथा नयाँ कुरा भनेको यही डिजिटल भुक्तानी नै हो । अन्य प्रोडक्टको बारेमा त स्टयाडर्ड पोलिसीहरु नै हुन्छन् । त्यही पोलिसी अनुसार काम गर्नु पर्छ । कोरोना महामारीकै कारण नेपालको बीमा क्षेत्रले के गुमायो र के कस्ता नयाँ कुरा हासिल गर्ने मौका पायो भन्ने लाग्छ ? कोरोना महामारीकै कारण नेपालको बीमा क्षेत्रको मार्केट साइज घटेको छ । यसको मतलब यो क्षेत्रको आफ्नो व्यवसायिक आकार घट्न पुगेको छ । यसबीचमा हामीले महामारीमा कसरी काम गर्नुपर्छ भन्ने शिक्षा भने पाएका छौं । सारमा भन्दा महामारीले प्राप्त गराउने भन्दा लग्ने नै बढि हुदोरहेछ । कोरोना महामारीकै कारण केही नयाँ लाभ भएका छैन । हामीलाई सोच्न बाध्य बनाएको भनेको त्यही प्रविधिमैत्री हुनुपर्छ भन्ने कुरा नै हो । यसको महत्व धेरै नै बढेको छ । हरेक ठाउँमा काम गर्न प्रविधि नै आवश्यक भइसकेको छ । आगामी दिनहरुमा महामारीसँगै पनि व्यवसाय गर्न प्रविधि नै आवश्यक रहेछ भन्ने कुरा कोरोना महामारीले हामी सबैलाई सिकायो । अब त्यसको थप व्यवस्थापनमा समेत हामीले ध्यान दिदै जानेछौं । हामीले कोरोना महामारीको समयमा पनि बीमा सेवा प्रवाहमा कुनै कन्जुस्याइ गरेनौं । सकेसम्मको व्यवस्था मिलाएर सेवा प्रवाहलाई अधिकतम बनाउने पहल गरिरह्यौं । यसमा नियामक निकाय बीमा समिति, कम्पनीका कर्मचारीहरु र बीमितको सहयोग र साथ पनि रह्यो, जुन नेपाली बीमा क्षेत्रकै लागि खुसीको कुरा पनि हो । आगामी दिनमा बीमा क्षेत्रको व्यवसाय कस्तो रहला ? आर्थिक क्रियाकलाप बढ्ने बित्तिकै बीमा क्षेत्रको बजार बढ्ने अवस्था आउँछ । कोरोना महामारी कम हुुने वित्तीकै अर्थतन्त्र सबल हुन्छ । अनि बीमा क्षेत्र पनि त्यही अर्थतन्त्रकै एउटा पाटो भएकोले सँगै अघि बढ्छ । मुख्य कुरा भनेको अर्थतन्त्रले फड्को मार्नु पर्छ । अर्थतन्त्र चलायमान हुदै गएको अवस्थामा बीमा क्षेत्र पनि स्वतः अघि बढिहाल्छ । कोरोना महामारीसँगै बीमा समितिले जारी गरेका नीति निर्देशनले कस्ताे प्रभाव पारेकाे छ ? नीतिगत प्रभाव भनेको कोरोना महामारी पछि जारी काेराना बीमाले केही प्रभाव पारेकै हो । त्यो विषय अब बीमक संघकै आधिकारिक धारणा अनुसार अघि बढिरहेकोले प्रभाव कम हुँदै गएको छ । कोरोना बीमाको सुरुवातमा आकर्षण राम्रो रह्यो । यो सबल पक्ष पनि हो । यसमा हामी खुशी पनि भयौं । फेरि दाबी भुक्तानीको विषयलाई लिएर कोरोना बीमा सही यो या गलत भन्नेसम्मका विश्लेषण समेत भए । तर पछिल्लो समय सबै विषय मिल्दै गएका छन् । महामारीले हामीलाई पनि केही कुरा सिकाइको अवसरको रुपमा दिएको छ । कोरोना महामारीले बीमा क्षेत्रका कर्मचारीहरुलाई पारेको प्रभाव कस्तो छ ? समग्र बीमा बजारमा नै केलाएर हेर्ने हो भने त कही कतै केही प्रभावहरु त होलान् तर हाम्रो कर्मचारीहरुलाई त्यस्तो केही प्रभाव परेको छैन । पुरानै कर्मचारीहरुले राम्रोसँग काम गरिरहनु भएको अवस्था छ । कोरोना महामारीले विश्वमा नै प्रभाव पारेको कुरा सत्य हो । यसबाट धेरथोर असर सबैतिर परिरहेको पनि छ । हामीले कोरोना महामारीको समयमा पनि बीमा सेवा प्रवाहमा कुनै कन्जुस्याइ गरेनौं । सकेसम्मको व्यवस्था मिलाएर सेवा प्रवाहलाई अधिकतम बनाउने पहल गरिरह्यौं । यसमा नियामक निकाय बीमा समिति, कम्पनीका कर्मचारीहरु र बीमितको सहयोग र साथ पनि रह्यो, जुन नेपाली बीमा क्षेत्रकै लागि खुसीको कुरा पनि हो । अजोड इन्स्योरेन्स कम्पनीका आगामी योजनाहरु के–के छन् ? आगामी दिनमा हाल संचालनमा रहेका शाखाहरुलाई थप सुदृढ तथा बिस्तार गर्नेछौं । डिजिटल पोलिसी जारी गर्ने विषयमा, डिजिटल पेमेन्ट जस्ता विषयमा प्रविधिमैत्री हुदै अझ परिष्कृत बनाउँदै लग्ने हाम्रो योजना छ ।यस्तै, बजार तथा बीमितको आवश्यकता अनुसार नयाँ किसिमका प्रोडक्टमा समेत हामीले जोड दिनेछौं ।