साउन महिनामा हरियो चुरा किन लाउने र माछामासु/मदिरा किन नखाने ?

काठमाडौं । साउन महिनामा धेरै युवती(महिला)हरुले हरियो चुरा, पोते र हरियो पहिरन लगाउने गरेका छन् । चुरा र लत्ता कपडाका पसलहरुमा जाने युवतीहरु रोजाई हरियो रंग कै सामाग्रीमा हुने गरेको छ । एकातिर हरिया चुरा, पोते र हरिया पहिरनको ब्यापार बढेको छ भने युवा(पुरुष)हरुले भने साउन १ गतेदेखि माछामासु र मदिरा सेवा १ महिनाका लागि छाडेका छन् । यसरी हेर्दा साउन महिनामा माछामासु र मदिराको ब्यापार भने केही खस्किएको ब्यापारीहरु बताउँछन् । साउन महिनामा हरिया चुरा र पहिरन लगाउने अनि मदिरा र माछामासु नखाने नेपाली संस्कृति हो कि नक्कल ? कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष धर्मसंस्कृतिका जानकार चैतन्य कृष्ण भन्छन्–‘साउन महिनामा हरियो रंगका कपडा, चुरा तथा पोते लगाउनु पर्छ भन्ने कुरा कुनै पनि धर्मशास्त्रमा समावेश छैन ।’ उनका अनुसार भारतबाट आएको संस्कृतिलाई नेपालीले पछ्याएका हुन् । धर्मसंस्कृतिका जानकार चैतन्य कृष्णका अनुसार करिब ३५ हजार वर्ष पुरानो जंगली युगबाट हाल आधुनिक सभ्यता आइपुगेका हौँ । धर्म, संस्कृति, रितिरिवाज, परम्परा आदीको विकास तथा विस्तार करिब ७ हजार वर्षदेखि शुरु भएको हो । धातु, सुनचाँदीका गरगहना लगाउने चलन प्राचीन कालदेखि चल्दै आएको हो । तर, चुरा, पोते र हरियो कपडाको चर्चा त्यो समयमा थिएन्–चैतन्य कृष्णले भने । यस्तो छ चुराको इतिहास चुरा लगाउने प्रचलन इजिप्टबाट सुरु भएपनि नेपालमा भने भारतीय संस्कृति र बजारबाट प्रवेश गरेको पाइन्छ । धार्मिक ग्रन्थ अनुसार हरियो चुरा लगाउनु पर्ने र यसको महत्व खासै बर्णन भएको देखिदैन । साउन महिनामा भगवान शिवको व्रत प्रारम्भ गरेमा पारिवारिक सुख, समृद्धि, शान्ती, धन, विद्या आर्जन हुने विश्वास वैदिक शास्त्रमा वर्णन गरिएको छ । शिवको आरधना गर्दा साउनको सोमबार जल, दूध, भाङ्, धतुरो चढाउने वैदिक परम्परा रहेकामा हाल हरियो जुरा र हरियो वस्त्र लगाएर शिवजीको ध्यान गरे विवाहित महिलाहरुले आफ्नो पतिको आयु बढ्ने र अविवाहित महिला आफुले खोजेजस्तो पति पाइने भन्ने जनविश्वास रहेको छ । हिन्दु संस्कृतिमा हरियो चुराको यर्थाथ महत्व नबुझी टोल, छिमेकीको वातावरणको प्रभावले गर्दा देखासिकीलाई अंगालेको धर्मसंस्कृतिका जानकारहरुको भनाई छ । युवा पुस्ताले हरियो रंगलाई प्रेम र वातावरणको प्रतीक मानेका छन् । त्यसैकारण हरियो लुगा लगाएसँगै प्रकृतिको सम्मान गरेको भन्ने भनाई पनि रहेको छ । हरियो रंग भित्र प्रकृतिको सम्मानका साथै प्रेम झल्कन्छ भन्ने बुझाई छ । मासु र मदिरा किन नखाने ? बैशाख, साउन, माघ महिनालाई विशेष गरी धार्मिक महिनाको रुपमा लिइन्छ । पशुपन्छीको हत्या गर्नु पर्छ कुनै पनि धर्मशास्त्रमा छैन् । जसका कारण माछामासु खाने कुरालाई हिन्दु धर्म अनुसार राम्रो मानिदैन । साउन महिनामा धेरै महिला पुरुषहरुले मासु नखाने र मदिरापनि नपिउने गरेको भेटिएको छ । युवा उद्यमी प्रतापजंग पाण्डेले आफु साउन महिना भर मादक पदार्थ सेवन नगर्ने बताए । त्यस्तै आइएमई ग्रुपका राजु पौडेलले पनि आफुले साउन महिना माछामासु तथा मादक पदार्थ नखाने बताए ।

फेस अफ मारवाडीको उपाधि राहुल र निशालाई

काठमाडौं । फेस अफ मारवाडीको विजेता घोषणा भएको छ । फेस अफ मारवाडीको उपाधि पुरुष तर्फ मिस्टर मारवाडी २०१९ मा धरानका राहुल अग्रवालले जितेका छन्, भने महिला तर्फ काठमाडौंकी निशा अग्रवालले जितेकी छिन् । त्यसगरी पुरुषतर्फ शिवम् अग्रवाल फस्ट रनर अप रहे भने अजय खण्डेलवाल सेकेन्ड रनर अप रहेको थिए । त्यसै महिला तर्फ सिम्रन सबू फस्ट रनर अप र विराटनगरकी सुनिता वरमा सेकेन्ड रनर अप रहेका थिए । उक्त फेस अफ मारवाडी विजेतालाई नगद ५० हजार रुपैयाँ साथै अन्तराष्ट्रिय पल्टीमा भाग लिने मौका प्राप्त गरेका छन् भने फस्ट रनर अप र सेकेन्ड रनर अपले क्रमश ३० हजार र २० हजार प्राप्त गरेका छन् । उक्त प्रतियोगिताका निर्णायकका रुपमा कारण कुन्द्रा र नायिका रेखा थापा रहेका थिए । सो कार्यक्रम नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरीको प्रमुख आतिथ्य सम्पन्न भएको थियो ।

सिप्रदीयन सहायता संस्थाद्वारा बाढी पीडितलाई राहत वितरण

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा हालैमात्र सप्तरी जिल्ला, सप्तकोशी नगरपालिका, फत्तेपुर स्थित बाढी प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ । सिप्रदीयन सहायता संस्थाको १० जनाको स्वयंसेवक टोलीले सप्तकोशी नगरपालिका वडा नं ६ का २६० घरधनीलाई प्रति घर २५ केजी चामल, १.५ केजी दाल, १ केजी नुन र १ लिटर खाना पकाउने तेल लगायतका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको हो । साथै उक्त नगरपालिका वडा नं ७ का ५० घरधनीलाई सोहि बमोजिमको राहत सामाग्रीहरु वितरण गरेको छ । उक्त राहत सामाग्रीहरु स्थानिय निकायका जनप्रतिनिधिहरु, राजनीतिक व्यक्तित्वहरु साथै सिप्रदीसँग आबद्ध व्यवसायीहरुको उपस्थितिमा वितरण गरिएको हो ।