राष्ट्रिय बीमा कम्पनीले माग्यो ३४ जना कर्मचारी, कहिलेसम्म फारम भर्ने हेर्नुहोस्
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले ३४ जना कर्मचारी माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा रिक्त रहेका पदमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न लागिएको कम्पनीद्वारा प्रकाशित सूचनामा उल्लेख छ । कम्पनीले नायब व्यवस्थापक(तह ७) २ जना, सहायक व्यवस्थापक(तह ६) ९ जना, सूचना प्रविधि अधिकृत(तह ६) १ जना, सूचना प्रविधि सहायक(तह ५) १ जना, स्वास्थ्य सहायक(तह ५) १ जना, सहायक क(तह ५) ३ जना, सहायक ख(तह ५) १४ जना, सहायक ख(तह ४) कृषि प्राविधिक २ जना र सहायक ख(तह ४) पशु प्राविधिक १ जना गरी ३४ जना कर्मचारी माग गरेको हो । विभिन्न पदमा योग्यता पुगेका इच्छुक व्यक्तिहरुले कात्तिक २२ गतेदेखि २१ दिन भित्र कम्पनीको प्रधान कार्यालय, जनशक्ति व्यवस्थापन विभाग रामशाह पथ काठमाडौँमा दरखास्त बुझाउन सक्नेछन् ।
नागरिक लगानी कोषमा अधिकृतदेखि सहायक सम्मका कर्मचारी माग
काठमाडौँ । नागरिक लगानी कोषले अधिकृत देखि सहायक सम्मका पदमा कर्मचारी माग गरेको छ । अधिकृत(प्रशासन) पदमा ५ जना, सहायक कम्प्युटर अधिकृत १ जना, वरिष्ठ सहायक २ जना, वरिष्ठ कम्प्युरटर अपरेटर १ जना, सहायक २ जना र सहायक कम्प्युटर अपरेटर १ जना माग गरेको हो । कात्तिक २२ गतेदेखि २१ दिन भित्र सम्बन्धित पदमा योग्यता पुगेको इच्छुक व्यक्तिहरुले आवेदन दिन सक्ने कोषले जनाएको छ । लोक सेवा आयोगको सहमतिमा रिक्त पदहरुमा खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा स्याथी पदपूर्ति गर्न लागिएको कोषद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।
सामाजिक सुरक्षा कोषमा आबद्ध हुने बैंकरहरुको प्रतिबद्धता
काठमाडौं । सामाजिक सुरक्षाकोषमा सहभागिताको विषयमा विहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र नेपाल बैंकर्स संघका पदाधिकारीबीच छलफल भएको छ । उक्त छलफलमा पछिल्लो समय सामाजिक सुरक्षा कोषको मिति थप गरेसँगै सबै बैंक तथा वित्तीय संस्थाहरुलाई कोषमा आवद्ध हुन मन्त्री विष्टले आग्रह गरे । छलफलमा सहभागी बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना सहितकोे पदाधिकारी टोलीले कोषमा सहभागी हुने प्रतिवद्धता व्यक्त गरेको छ । कोषले लागु गरेको नीति नियमप्रति बैंकरहरुका असहमति समेत व्यक्त गरिएको थियो । अध्यक्ष ढुंगानाको नेतृत्वमा रहेको टोलीले कोषमा व्यवस्था गरिएको दोहोरो कर खारेज गर्न माग गरेको छ । अध्यक्ष ढुंगानाले शुरुमा कोषमा योगदान रकम जम्मा गर्दापनि कर र पछि पेन्सन लिँदा पनि कर तिर्नुपर्ने कोषको प्रवधान श्रममैत्री नभएको बताए । छलफलमा कोषका प्रमुख कार्यकारी अधिकृत कपिल ज्ञवाली तथा सल्लाहकार रमेश वडालले बैंकरहरुको जिज्ञासाको जवाफ दिए । सो बैठकमा सामाजिक सुरक्षा कोषको दर्ता नभएका अन्य ठूला प्रतिष्ठानहरुको पनि उपस्थिति रहेको थियो । मंसिर १३ गतेसम्म कोषमा आवद्ध हुने मिति रहेको छ, भने हाल करिब ९ हजार रोजगारदाता र एक लाख एक हजार श्रमिक रहेका आवद्ध भएको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ । थप जानकारीका लागि सम्बन्धित समाचारहरू : सामाजिक सुरक्षा कोषले मुख्य तीन शीर्षकमा कर्जा दिने तयारी सामाजिक सुरक्षा कोषमा सूचिकृत हुने समय एक महिना थपियो