नागरिक लगानी कोषले ल्यायो सबै नेपालीलाई पेन्सन दिने कार्यक्रम, सामाजिक सुरक्षा कोषकोभन्दा फाइदा धेरै
काठमाडौं । नागरिक लगानी कोषले सबै नेपालीलाई पेन्सन दिनेगरी नागरिक पेन्सन योजना सुरु गरेको छ । कुनै पेशा व्यवसाय वा क्षेत्रमा आवद्ध भएका र नियमित आम्दानी गर्ने नेपालीलाई लक्षित गरी नागरिक पेन्सन योजना ल्याइएको हो । कोषले ल्याएको पेन्सन योजनामा आफ्नै बन्द व्यापार गर्नेहरु पनि सहभागी हुन सक्नेछन् । जागिर गर्नेहरुलाई पनि यो योजनाले समेट्ने कोषका उपकार्यकारी निर्देशक डा. इन्द्रकुमार कट्टेलले जानकारी दिए । नागरिक पेन्सन योजनामा सहभागी भएकाहरुले पेन्सन योजनाबाट बाहिरिन पनि पाउने सुविधा राखिएको छ । कट्टेलका अनुसार पेन्सन योजनामा सहभागी भएका नागरिकको मृत्यू भएमा उसको श्रीमान वा श्रीमतीले पूरै पेन्सन पाउने व्यवस्था गरिएको छ । यस्तै, कोषमा जम्मा भएको रकमको ८० प्रतिशतसम्म ऋण लिन पाइने, मासिक ५ सय रुपैयाँदेखि आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सकिने, बैदेशिक रोजगारीमा हुनेले पनि यो योजनामा सहभागी हुन पाइने लगायतका सुविधा छन् । यस्ता छन् योजनाका विशेषताहरु सहभागिता यस योजना अन्र्तगत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवंम प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासिय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् । बचत गर्न सकिने सीमा यस कार्यक्रममा सहभागी हुने बचतकर्ताहरुले न्यूनतम मासिक ५ सय रूपैयाँदेखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक, वा वार्षिक रुपमा रकम जम्मा गर्न सकिने विशेषता समेत रहेको छ । यस्तो किस्ता बुझाउँदा मासिक ५ सय रुपैयाँभन्दा कम नहुने गरी बुझाउनु पर्नेछ । किस्ता रकम नियमित बुझाउनु पर्ने सहभागीले आफूले छनौट गरेको किस्ता अनुसारको रकम नियमित रुपमा बुझाउनु पर्नेछ । यसरी निर्धारण गरिएको किस्ता रकम समयमा दाखिला नगरेमा कोषले निर्धारण गरेको विलम्ब शुल्क तिरी किस्ता नियमित गर्न सकिने छ । योजनाबाट अलग हुने अवस्था बचतकर्ताको आय स्रोत गुमेमा वा असक्तताको कारणले आय आर्जन गर्न असक्षम भएमा वा वसाई सरी अन्य मुलुकमा गएको खण्डमा यस योजनाबाट अलग हुन सकिने छ । यसरी योजनाबाट अलग हुदा बचतकर्ताहरुले शर्त बमोजिम नियमित रुपमा बचत गरेको कम्तीमा २ वर्ष पुरा भएको हुनु पर्नेछ । यस्तो अवस्थामा बचतकर्ताको नाममा जम्मा रहेको साँवा रकम एकमुष्ठ भुक्तानी गरिनेछ । पेन्सन पाउन योग्य हुने अवस्था –पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठी वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । –बचतकर्र्ताले १५ वर्षको बचत नगर्दै त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ भूक्तानी लिन वा पेन्सनको रुपमा भूक्तानी लिन सक्नेछन् । –कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्ताले हुने जम्मा गर्ने सहभागीले समेत यस योजनामा सहभागी हुन सक्नेछन् । पेन्सन गणना विधि सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडी हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना निजको जीवनकालभर पेन्सन पाउनेछन् । पति वा पत्नीले पेन्सन पाउने – पेन्सन पाउन योग्य सहभागीले पेन्सन प्राप्त गर्न शुरु गरेपछि निजको मृत्यु भएमा मृतकको पति वा पत्नीलाई निजले पाइरहेको रकम वराबर नै पारिवारिक पेन्सन प्रदान गरिनेछ । तर, सहभागीसँग निजको अंशबण्डा भएको भए वा वैवाहिक सम्बन्ध कायम नरहेको अवस्थामा यो सुविधा प्रदान गरिने छैन । –बचतकर्ताको निबृतिभरण शुरु भएपछि निज र निजको श्रीमान वा श्रीमति दुबैको मृत्यु भएमा कोषमा सम्बन्धित ब्यक्तिको नाममा बॉकी रहेको बचत रकम निजहरुको कानुनी हकदारलाई प्रदान गरिनेछ । – कुनै बचतकर्ताको निबृतिभरण प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको नजिकको हकवालालाई निजले जम्मा गरेको रकम, त्यसको ब्याज र प्रतिफल समेत एकमुष्ठ रुपमा प्रदान गरिने छ । – नेपाल सरकार वा अन्यत्रबाट पेन्सन पाइरहेको व्यक्तिले कोषमा योगदान गरी निवृत्तिभरणको लागि योग्य भएमा कोषबाट पेन्सन लिन बाधा पर्ने छैन । योजनामा रकम जम्मा गर्ने विधि – सहभागी बचतकर्ताले जम्मा गर्नु पर्ने रकम कोषले तोकेको बैंक खातामा भौचर मार्फत वा बिद्युतीय भूक्तानीमार्फत जम्मा गर्न सक्ने छन् । बचतकर्ताले बैंकमा रकम दाखिला गरेपछि सोको जानकारी कोषलाई दिनु पर्नेछ । कोषद्वारा तोकिएको खातामा रकम जम्मा नभएमा उक्त रकमप्रति कोषको कुनै दायित्व रहने छैन । –कोषमा रकम जम्मा गर्दा सम्बन्धित सहभागी बचतकर्ताको नाम र कोषले प्रदान गरेको परिचय नम्बर अनिवार्य रुपले उल्लेख गर्नु पर्ने छ । –रकम जम्मा गर्दा आफ्नो सही नाम र कोषले प्रदान गरेको परिचय नम्बर उल्लेख गर्नु पर्ने दायित्व सम्बन्धित बचतकर्ताको हुनेछ । गलत नाम वा परिचय नम्बर उल्लेख भई रकम जम्मा भएमा त्यसको जिम्मेवारी कोषले लिने छैन । कोषमा जम्मा भएको रकममा ब्याज तथा प्रतिफल दिइने – योजना अन्तर्गत कोषमा जम्मा भएको रकममा समितिले समय समयमा निर्धारण गरे अनुसार दैनिक मौज्दातको आधारमा ब्याज गणना गरी त्रैमासिक रुपमा ब्याज प्रतिफल प्रदान गरिने छ । सहभागीहरुलाई सापटी तथा अन्य सुबिधा – कोषले योजनाका सहभागी बचतकर्तालाई निजको नाममा जम्मा रहेको रकममा बढीमा ८० (असी) प्रतिशतसम्म सापटी प्रदान गर्न सकिनेछ । – जुनसुकै कारणले बचतकर्ताको मुत्यु भएमा निजको अन्तिम संस्कारको लागि निजको नजिकको आश्रित परिवार सदस्य वा हकवालालाई दश हजार रुपैयाँ एकमुष्ठ उपलब्ध गराइनेछ । – बचतकर्ताले कोषद्वारा तोकिएका प्राइभेट अस्पतालमा औषधी उपचार गर्दा लाग्ने खर्चमा छुट सुविधा प्रदान गर्न सकिने छ । – दुर्घटनामा परीे बचतकर्ता मृत्यु हुन गएमा निजको नजिकको हकवालालाई दुर्घटना वीमा बापत एक लाख रुपैयाँ प्रदान गरिने छ । सम्बन्धित सामग्री सबै नेपालीलाई पेन्सन दिने महत्त्वाकांक्षी कार्यक्रम संचालनको अन्तिम तयारीमा सीआईटी
कोरोनाको आशंका वैदेशिक रोजगारबाट फर्किएका युवक अस्पतालमा भर्ना
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको आशंकामा वैदेशिक रोजगारीबाट फर्किएका एक युवालाई अस्पताल भर्ना गरिएको छ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका रमदैयाका एक युवालाई जानकी मेडिकल शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ । वैदेशिक रोजगारीको क्रममा मलेसियाबाट फर्किएका युवकमा अत्याधिक ज्वरो तथा रुघाखोकी लागेसँगै कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएको हो । नाम नखुलाइएका ति युवक केही समयअघि त्रिभुवन विमानस्थल हुँदै आएको थिए ।
बैंकका कर्मचारीले दलको सदस्यता लिन नपाउने, महिलाले गर्भवती भएको जानकारी दिनुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको कर्मचारी विनियमावलीको नयाँ मस्यौदा तयार पारेको छ । नयाँ मस्यौदामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले पाउने सेवा सुविधा, कर्मचारी भर्ना प्रक्रिया र व्यवस्था, पालना गर्नुपर्ने आचरण जस्ता विषय उल्लेख गरिएको छ । कर्मचारीले राजनीतिक दलको सदस्यता लिन नहुने व्यवस्था गरिएको छ । तर पेशागत संघ संगठनको सदस्यता लिन भने छुट दिइएको छ । ‘कर्मचारीले राजनीतिक दलको सदस्य वन्न वा राजनैतिक पदको लागि हुने निर्वाचनमा उम्मेदवार हुन वा कसैको निमित्त मत माग्न वा कुनै प्रकारले प्रभाव पार्न हुँदैन । तर, प्रचलित कानून बमोजिम आफुले पाएको संगठन दर्ता गर्न तथा मतदान गर्ने अधिकार प्रयोग गर्न तथा पेशागत संगठन (जस्तै नेपाल वार एसोशियन, नेपाल मेडिकल एसोशियन, नेपाल चार्टर्ड एकाउण्टेण्ट सस्था, नेपाल व्यवस्थापन संघ, नेपाल प्राध्यापक संघ आदि) मा प्रतिनिधित्व गर्न यस विनियमले बाधा पुर्याएको मानिने छैन,’ विनियमावलीमा भनिएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थामा कार्यरत महिला कर्मचारीले आफू गर्भवती भएको जानकारी सम्बन्धित बैंक वा वित्तीय संस्थालाई दिनुपर्ने भनिएको छ । यस्तो जानकारी भने गर्भवती महिलालाई के कस्तो सुरक्षा प्रदान गर्ने भन्नका लागि हो । ‘महिला कर्मचारीले आफू गर्भवती भएको जानकारी बैंक/वित्तीय संस्थालाई दिनु पर्नेछ । यसरी जानकारी प्राप्त भएमा निजलाई रातको समयमा वा लगातार उभिनु पर्ने काममा वा चिकित्सकले निजको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भनी उल्लेख गरिदिएको काममा लगाईने छैन,’ विनियमावलीमा भनिएको छ । कर्मचारीले पाउने बिदाको किसिम मातृत्व संरक्षण बिदा (१) गर्भवती महिला कर्मचारीलाई प्रसुति हुनु भन्दा अघि वा पछि सेवा अवधिमा दुई पटक सबै सुविधा सहितको मातृत्व संरक्षण बिदा दिइनेछ । (२) बैंक/वित्तीय संस्थाको सेवामा रहेका महिला कर्मचारीले प्रसुति हुनुभन्दा अगाडि र पछाडि गरी १४ हप्ताको मातृत्व संरक्षण बिदा पाउनेछ । यस्तो विदामा बस्ने कर्मचारीले ६० दिन सम्म पुरा तलव भत्ता पाउनेछ र ६० दिन भन्दा बढी निजले उपभोग गरेको मातृत्व संरक्षण बिदा निजले पाउने अन्य बिदाबाट कट्टी हुने गरी हिसाव मिलान गर्न सकिनेछ । (३) गर्भवती महिला कर्मचारीले प्रसुति हुने संभावित मितिभन्दा कम्तिमा एक हप्ता अगाडिदेखि अनिवार्य बिदामा वस्नु पर्नेछ । सम्वन्धित कर्मचारीले माग गरेमा यस्तो विदा लगातार ६ हप्तासम्म पनि थप गर्न सकिनेछ । यस्तो बिदा अन्य संचित विदाबाट कट्टी हुने गरी हिसाव मिलान गरिनेछ । (४) मातृत्व संरक्षण बिदा कुल सेवा अवधिमा दुई पटक सम्म प्रदान गरिनेछ । (५) सात महिना वा सोभन्दा बढी गर्भ रहेको महिला कर्मचारीको शिशु मृत जन्मिएमा वा गर्भपतन भएमा समेत यस विनियम बमोजिम बिदा दिईनेछ । (६) निसन्तान कर्मचारीले छ महिना उमेर सम्मको शिशुलाई कानून बमोजिम धर्मपुत्र/धर्मपुत्री राखेमा निजलाई समेत यस विनियम बमोजिमको बिदा सुविधा प्रदान गर्न सकिनेछ । (७) महिला कर्मचारीले आफु गर्भवति भएको जानकारी बैंक/वित्तीय संस्थालाई दिनु पर्नेछ । यसरी जानकारी प्राप्त भएमा निजलाई रातको समयमा वा लगातार उभिनु पर्ने काममा वा चिकित्सकले नीजको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भनी उल्लेख गरिदिएको काममा लगाईने छैन । (८) मातृत्व संरक्षण र प्रसुती स्याहार बिदा लिन चाहने कर्मचारीले संभावित मिति उल्लेख गरी एक महिना अगावै बैक/वित्तीय संस्थालाई लिखित जानकारी दिनु पर्नेछ । (९) मातृत्व संरक्षण बिदामा रहेको महिला कर्मचारीले त्यस्तो बिदा समाप्त भएको मितिले तीन महिनाभित्र बैंक/वित्तीय संस्थामा जन्म दर्ता प्रमाणपत्र पेश गर्नु पर्नेछ । कुनै कारणले त्यस्तो प्रमाणपत्र पेश गर्न नसक्ने भएमा शिशु जन्मेको अस्पताल वा स्वास्थ्य चौकीले दिएको शिशु जन्मेको प्रमाणपत्र (बर्थ सर्टिफिकेट) पेश गरी बिदा स्वीकृत गराउन सकिनेछ । (१०) कुनै महिला कर्मचारी वा बैंक/वित्तीय संस्थाको कर्मचारीको पत्नीको गर्भ पतन भएको वा मृत शिशु जन्मेको रहेछ भने त्यस्तो कर्मचारीले सम्बन्धित अस्पताल वा स्वास्थ्यचौकीले दिएको सोव्यहोरा पुष्टि हुने प्रमाण/प्रतिवेदन (मेडिकल रिपोर्ट) पेश गरेको अवस्थामा पनि यस विनियम बमोजिमकोसुविधा प्रदान गर्न सकिनेछ । प्रसुती स्याहार बिदा (१) पुरुष कर्मचारीलाई निजको श्रीमती प्रसुती भएको अवस्थामा कुल सेवा अवधिमा दुई पटकसम्म प्रत्येक पटक पन्ध्र दिनका दरले पूरा तलबभत्ता सहितको प्रसुती स्याहार बिदा दिइनेछ । (२) बच्चा जन्मेको चौधहप्ता नपुग्दै शिशुको आमाको मृत्यु भएमा त्यस्तो शिशुको स्याहारको लागि पुरुष कर्मचारीलाई समेत खण्ड (घ) मा उल्लेख भए बमोजिम बाँकी विदा औचित्यताको आधारमा दिन सकिनेछ । घर बिदा (१) प्रत्येक कर्मचारीले बैंक/वित्तीय संस्थामा काम गरेको अवधिको अठार दिनको एक दिनका दरले घर बिदा पाउने छ र यस्तो घर विदा वर्षकोबीस दिनभन्दा बढी हुने छैन । आर्जित गरेको घर विदा नव्वे दिनसम्म संचित गर्न पाउनेछ र सोभन्दा बढी संचित विदाको निजले पाउने तलबभत्ता बराबरको रकम भुक्तानी दिन वा अनिवार्य रुपमा विदामा बस्न लगाउन सकिनेछ । कर्मचारीले घर बिदा लिंदा त्यस्तो विदाको अवधिभित्र अरु कुनै बिदा पर्न गएमा त्यस्तो विदा घर बिदामा समावेश गरिनेछैन । कुनै कर्मचारीले राजिनामा दिएमा वा स्वास्थ्यको कारणबाट अवकाश पाएमा वा सेवा निवृत्त भएमा वा मृत्यु भएमा वा उपदान पाएमा वा कुनै कारण सेवाबाट अलग भएमा निजको सञ्चित घर बिदा वापत निजले खाईपाई आएको तलबभत्ता बराबरको रकम भुक्तानी दिइनेछ । (२) घर बिदा बसेको कर्मचारीले पुरा तलव भत्ता पाउनेछ । बिरामी बिदा कर्मचारीले वर्षमा १२ दिन तलबभत्ता सहितको बिरामी बिदा पाउनेछ । बिरामी विदा संचित गर्न पाइनेछ । यस्तो संचित बिरामी बिदा वापत कर्मचारीले खाईपाई आएको तलवभत्ताको आधारमा हिसाव गरी कर्मचारी सेवाबाट अलग भएका बखत वा ४५ दिन भन्दा बढी बिदा संचित भएपछि कर्मचारीले रकम लिन चाहेमा ४५ दिन बिदा संचित राखी बढी दिनको बिदाको रकम एकमुष्ठरुपमा प्रदान गरिनेछ । भैपरी आउने बिदा (१) कर्मचारीले वर्षमा बाहृ कार्य दिन पूरा तलबभत्ता सहितको ज्ञड भैपरी आउने बिदा पाउनेछ । (२) यो बिदा अर्को आर्थिक वर्षको लागि संचित हुने छैन । (३) यो बिदा आधा दिन पनि लिन सकिनेछ । (४) यो बिदा एक पटकमा बढीमा लगातार तीन दिनभन्दा बढी लिन पाईने छैन । (५) यो बिदा अन्य बिदामा गाभिने छैन । भैपरी आउने बिदा गणना गर्दा यस्तो बिदाको बीचमा परेको सार्वजनिक बिदाका दिनलाई गणना गरिने छैन । किरिया बिदा कुनै कर्मचारीको आमा, बुबा, श्रीमान्, श्रीमती र छोरा छोरीको मृत्यु भई आफैकिरिया बस्नु पर्ने भएमा पन्ध्र दिनसम्म किरिया बिदा पाउनेछ । महिला कर्मचारीको हकमा सासु, ससुराको मृत्यु भएमा वा कुल धर्म अनुसार निजको श्रीमान आफै किरीया बसेको अवधिमा श्रीमतीलाई समेत किरिया बिदा प्रदान गरिनेछ । यो बिदामा बसेको कर्मचारीले पूरा तलब भत्ता पाउनेछ । विशेष बिदा कम्तिमा पाँच वर्षसम्म बैंक/वित्तीय संस्थामा सेवा गरेको कुनै पनि स्थायी कर्मचारीले आफ्नो संचित बिदा लिई सकेपछि पनि आफ्नो घरायसी व्यवहार वा बिरामीका कारणले बिदा नबसी नहुने परिस्थिति परेमा एक आर्थिक वर्षमा बढीमा पन्ध्र दिनसम्म र नोकरी अवधि भरमा साठी दिनसम्म विशेष बिदा दिन सकिनेछ । यस्तो बिदा बेतलबी हुनेछ । विवाह बिदा कर्मचारीलाई निजको बिवाहको लागि सम्पूर्ण सेवा अवधि भरमा एक पटक तीन दिनको विवाह बिदा प्रदान गरिनेछ । विवाह बिदामा बस्दा बिदाको तलब भत्ता प्रदान गरिनेछ । बार्षिक विदा/अनिवार्य विदा कर्मचारीलाई वर्षमा न्यूनतम सात दिन कर्मचारी सेवा समितिको सिफारिसमा समितिले तोके बमोजिम पूर्ण सुविधा सहितको अनिवार्य बिदा दिइनेछ । यो बिदा लगातार लिएको हुनु पर्नेछ । अनिवार्य बिदा सात दिन भन्दा बढी भएको खण्डमा बढीमा दुई पटक गरी दामासाहीले टुक्रा गरेर लिन सकिनेछ । यो बिदामा सार्वजनिक बिदा परे पनि गणना गरिनेछ । यो बिदा संचित गर्न पाइने छैन । असाधारण बिदा सामान्य अवस्थामा कुनै पनि कर्मचारीले असाधारण बिदा पाउने छैन । तर मनासिव कारण सहित अनुरोध भई व्यवस्थापनले उचित ठानेमा कर्मचारी सेवा सुविधा समितिको सिफारिशमा समितिले कम्तिमा १० वर्ष स्थायी सेवा पूरा गरेका कर्मचारीहरुलाई बढीमा १ वर्षसम्म असाधारण बिदा प्रदान गर्न सक्नेछ । उक्त बिदामा बसेको कर्मचारीलाई तलब भत्ता तथा सुविधा दिइने छैन । यो अवधिलाई सेवा अवधिमा द्दण् गणना गरिने छैन । विशेष बिदा लगायत अन्य संचित बिदा बाँकी नरहेको स्थितिमा मात्र असाधारण बिदा प्रदान गर्न सकिनेछ । अध्ययन/तालीम बिदा बैंक/वित्तीय संस्थामा तीन वर्ष स्थायी सेवा गरेका कर्मचारीले समितिले तोकेको शर्त वन्देजको अधीनमा रहने गरी संस्थागत वा आफ्नै प्रयासमा स्वदेश वा विदेशमा अध्ययन गर्न चाहेमा नोकरी अवधिभरमा एक पटक वा पटक पटक गरी बढीमा पाँच वर्ष सम्मको आधा तलब पाउने गरी अध्ययन विदा पाउन सक्नेछ । बैंक/वित्तीय संस्थाले आफ्नो आवश्यकता अनुसार कर्मचारीलाई तलव भत्ता, सुविधा समेत प्रदान गर्ने गरी तालिममा पठाउन सक्नेछ । संक्रामक रोग लागेमा बिदा बस्न आदेश दिन सकिने (१) कुनै कर्मचारीलाई संक्रामक रोग लागी उपचार गराउनु परेमा उपचार अवधिभर काममा नआउन र बिदामा वस्नको लागि बिदा स्वीकृत गर्ने अधिकारीले निर्देशन दिन सक्नेछ । (२) उपविनियम (१) वमोजिमको निर्देशन पालना गर्नु सम्वन्धित कर्मचारीको कर्तव्य हुनेछ । (३) कुनै कारणले त्यस्तो कर्मचारीको बिरामी बिदा बाँकी नभएमा अन्य विदा स्वीकृत गर्न वा बेतलबी बिदामा पठाउन सकिनेछ । बिदामा वसेको कर्मचारीलाई काममा लगाउन सकिने किरिया बिदा, मातृत्व तथा प्रसुती स्याहार बिदा, अनिवार्य घर बिदा र बिरामी बिदामा बसेको कर्मचारीलाई बाहेक अन्य बिदा स्वीकृत गराई बसेका कर्मचारीलाई बैंक/वित्तीय संस्थाले आवश्यकता अनुसार बोलाई काममा लगाउन सक्नेछ । यसरी विदाको अवधिको बीचमै बोलाई काममा लगाएको अवस्थामा बाँकी दिनको बिदा संचित गर्न सकिनेछ । यसरी काम गरेवापत निजलाई सटृा बिदा वा तलव भत्ता बरावरको रकम दिनु पर्नेछ । राजनीति वा चुनावमा भाग कर्मचारीले राजनीतिक दलको सदस्य वन्न वा राजनैतिक पदको लागि हुने निर्वाचनमा उम्मेदवार हुन वा कसैको निमित्त मत माग्न वा कुनै प्रकारले प्रभाव पार्न हुँदैन । तर, प्रचलित कानून बमोजिम आफुले पाएको संगठन दर्ता गर्न तथा मतदान गर्ने अधिकार प्रयोग गर्न तथा पेशागत संगठन (जस्तै नेपाल वार एसोशियन, नेपाल मेडिकल एसोशियन, नेपाल चार्टर्ड एकाउण्टेण्ट सस्था, नेपाल व्यवस्थापन संघ, नेपाल प्राध्यापक संघ आदि) मा प्रतिनिधित्व गर्न यस विनियमले बाधा पुर्याएको मानिने छैन । प्रतिनिधित्व गर्नमा प्रतिबन्ध कर्मचारीले आफूलाई मर्का परेको विषयमा प्रचलित कानून बमोजिम आफै वा वारिस मार्फत सम्बन्धित निकाय वा पदाधिकारी समक्ष निवेदन दिन वाहेक अन्य कर्मचारी वा समुहको प्रतिनिधित्व गर्न पाउने छैन । तर प्रचलित कानून बमोजिम दर्ता भएको कर्मचारी युनियनको तर्फबाट प्रतिनिधित्व गर्दा यस विनियमले वाधा पुर्याएको मानिने छैन । यस्तो छ विनियमावली [pdf id=201014]