वैदेशिक रोजगार व्यवसायी संघले सरकारी र विपद् व्यवस्थापन काेषमा २ करोड सहयोग गर्ने

काठमाडौं । कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि दुई भिन्नाभिन्नै कोषमा वैदेशिक रोजगार व्यवसायी संघले २ करोड सहयोग गर्ने निर्णय गरेको छ । सरकारले स्थापना गरेको कोषमा १ करोड र भैपरी आउने समस्यालाई ध्यानमा राख्दै केहि दिन अगाडी विभागका महानिर्देशक कुमार दाहालको संयोजकत्वमा निर्माण भएको विपद् व्यवस्थापन समितिमा १ करोड दिने निर्णय संघले गरेको जानकारी दिए । सिएसआर अन्तर्गत वैदेशिक रोजगार व्यवसायीले राखेको नगद धरौटीको २५ प्रतिशतबाट उठ्ने व्याजमध्येको १ करोड रुपैयाँ कोरोना व्यवस्थापनका लागि सरकारी स्थापना गरेको कोषमा दिने निर्णय गरेको छ । ८ सय ५४ व्यवसायीबाट उठेको ४ अर्ब ३३ करोड रुपैयाँ बराबारको नगद धरौटी रहेको संघले जनाएको छ । उक्त धरौटी रकम बराबरको व्याजको माग राष्ट्र बैंकसँग गरेपछि सो रकमको १० प्रतिशत बैंकले राखेको बाँकी रहेको ९० प्रतिशत रकमको २५ प्रतिशत (करिब ९५ करोड)को व्याज संघले पाउछ । पछिल्लो सात महिनामा ९५ करोडको ७ महिनाको व्याज ६ करोड ७७ लाख जम्मा भएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी लिए । ‘सो व्याज ‘व्यवसायिक कल्याणकारी कोष’ का विशुद्ध व्यवसायको हित तथा प्रर्वद्धनका लागि कोष परिचालन हुन्छ तर विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोनाले अछुत रहन नसकेको नेपालमा विपद् व्यवस्थापन गर्न सरकारले निर्माण गरेको कोषलाई सहयोग स्वरुप उक्त रकम दिने निर्णय गरेको हौं’ महासचिव श्रेष्ठ भने । आगामी दिन आउने समस्यालाई मध्यनजर गर्दै वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि वैदेशिक रोजगार बोर्डले मात्र उद्धार गर्न गाह्रो पर्ने हुँदा आगाकी दिन वैदेशिक रोजगार व्यवसायी संघको पुन रुपमा सहयोग रहने संघले जानकारी दिएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीको साहारा बन्न राजदूतावासलाई आग्रह

काठमाडौं । कोरोनाको संक्रमण बढेसँगै विदेशमा रहेका नेपालीको सुरक्षाबारे सरकारले सो देशको दूतावासलाई व्यवस्थापन गर्न निर्देशन दिएको छ । परराष्ट्र मन्त्रालयले विभिन्न देशका कूटनीतिक नियोगका प्रमुखहरुसँग भिडियो कन्फ्रेन्समा नेपालीको अवस्थाबारे जानकारी लिएको हो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवको उपस्थितिमा इजराइल, दक्षिण अफ्रिका, मलेसिया, जापान, दक्षिण कोरियामा रहेका नेपालीको अवस्थाबारे उक्त भिडियो कन्फ्रेन्स गरेका हुन् । उक्त छलफलमा भिसा सकिएर नेपाल आउने क्रममा रहेका नेपालीले काम गर्ने कम्पनीसँग समन्वय गरि गाँस, बास र अति आवश्यक सेवा सुविधा व्यवस्थापन गर्न सम्बन्धित दूतावासलाई पहल गर्न सरकारले दिएको छ । नेपालीको उच्च मनोबल खस्किन नदिनको आग्रह गरेको छ । त्यस्तै, सोमबार मध्यपूर्व, अफ्रिकास्थित नेपाली राजदूतसँग त्यहाँको अवस्थाबारे छलफल गरेका थिए ।

नेपाली कामदार फिर्ता गर्न थाले विदेशी कम्पनी, दुई देशका ३ सय ३६ जना फिर्ता गर्न पत्राचार

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा रहेका नेपालीलाई रोजगारदाता कम्पनीले फिर्ता गर्न थालेका छन् । विश्वभर फैलिएको कोरोना सन्त्रासको कारण कम्पनी बन्द भएकोले कामदार फिर्ता प्रक्रियामा त्यस्ता कम्पनी लागेका हुन् । यसै क्रममा दुबई र बहराईनका कम्पनीहरुले ३ सय ३६ नेपाली स्वदेश फिर्ता पठाउने प्रक्रिया सुरु गरेका छन् । ती दुई देशका कम्पनीहरुले नेपालका वैदेशिक रोजगार व्यवसायीलाई पत्र पठाउँदै कामदार फिर्ता लैजान आग्रह गरेका छन् । दुबइ र बहराइनका कम्पनीले नेपाली कामदार फिर्ता लिन आग्रह गर्दै वैदेशिक रोजगार व्यवसायी संघ तथा सम्बन्धित म्यानपावरलाई पत्र पठाएका हुन् । वैदेशिक रोजगार रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले पछिल्लो समय वैदेशिक रोजगारीमा विभिन्न मुलुुकका रोजगारदाता कम्पनी बन्द भएसँगै नेपालीलाई फिर्ता पठाउने पत्र आउन थालेको बताए । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले वैदेशिक रोजगारीमा तथा अध्ययन एवंम भ्रमणका लागि विदेशीयका नागरिकको अवस्थाप्रति संसारभरका सरकार केन्द्रित भएका छन् । ‘हालसम्म बहराईन र दुबईका ८ कम्पनीमा कार्यरत ३ सय ३६ नेपाली कामदारलाई फिर्ता पठाउन कम्पनीले सन्देश संप्रेषण गरेका छन्’ महासचिव श्रेष्ठले भने । बहराईनको राजधानीमा रहेको फोर सीजन होटलमा कार्यरत ४८ नेपालीलाई नेपाल फिर्ता गर्ने तयारी भएको भन्दै उक्त होटलले सूचना पठाएको छ । कोरोना भाइरसको संक्रमण फैलिए र होटल बन्द भएसँगै त्यहाँ कार्यरत सबै विदेशी नागरिकलाई आफ्नो देश फर्काइरहेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघलाई पत्राचार गरेको छ । मिलेनियम् एयरपोर्ट होटेल दुबई बन्द भएसँगै त्यस होटलमा कार्यरत ४ नेपालीलाई नेपाल फर्काउने तयारी गर्दै कम्पनीले पत्रचार गरेको थियो । ग्रान्ड कोज्मोपलिटन् होटल, दुबईमा कार्यरत १९ नेपाली कार्यरत छन् । कोरोना भाइरसको संक्रमणकै कारण होटल बन्द भएसँगै नेपाल फिर्ता पठाउन पत्रचार गरेको छ । दुबईमा रहेको ५ तारे रेडिसन होटल बन्द भएसँगै त्यहाँ कार्यरत ४७ जना नेपाली देश फर्काउनका सन्देश प्राप्त भएको छ । त्यस्तै दुर्बइमा रहेको अर्काे ५ तारे होटल इन्टरकन्टिनेंटल पनि बन्द भएको भन्दै त्यहाँ काम गरिरहेका १ सय २० जना नेपालीलाई नेपाल फर्काउन पत्र आएको छ । क्राउन प्लाजा दुबई पनि बन्द भएको छ । त्यहाँ रहेका ७८ जना नेपालीलाई नेपाल फर्काउन पत्र आएको छ । उक्त प्लाजाभित्र रहेका १२ वाटै रेष्टुरेन्ट बन्द भइसकेको जानकारी आएको छ । नियमित रुपमा देशभरिका धेरै कार्यक्रम हुने तथा खेलाडीको आकर्षित गर्न अब्बल रहेको अबूधाबी गल्फ क्लब बन्द भएको छ । त्यहाँ रहेका १३ जना नेपाली फर्काउन उक्त क्लबले पनि सन्देश पठाएको छ । दुबईमा रहेको अरबियन होटल ग्रुप पनि बन्द भएको र त्यहाँ रहेका ७ जना नेपालीलाई नेपाल फर्काउन उक्त कम्पनीबाट सन्देश प्राप्त भएको श्रेष्ठले जानकारी दिए । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वको जुनसुकै मुलुकमा रहेका नागरिकलाई रोग संक्रमण भएमा दुवै देशको सहमतिविना पठाउन नपाउने घोषणा गरेको छ ।