श्रममन्त्री यादवले जलविद्युत तथा पर्यटन क्षेत्रमा लगानी गर्न मौरिससलाई गरे अनुरोध

काठमाडौं । श्रम¸रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव तथा संयुक्त कार्य समूहको प्रतिनिधिमण्डल मौरिसस भ्रमण गरेका थिए । मौरिसस भ्रमणका क्रममा मन्त्री यादवले नेपालको प्राथमिकता प्राप्त पूर्वाधार क्षेत्र, जलविद्युत तथा पर्यटन लगायतका क्षेत्रमा मौरिससवाट लगानीको लागि अनुराेध गरेका हुन् । मौरिससका प्रधानमन्त्री महामहिम जुगनाउथदले नेपालले अन्तराष्ट्रिय स्तरको सम्वाद आयोजना गर्न लागेकोमा खुशी व्यक्त गर्दै मौरिससको तर्फबाट सहभागिता रहने आश्वासन दिए । मौरिससका प्रधानमन्त्री महामहिम प्रविन्दकुमार जुगनाउथसंग पोर्टलुइस स्थित प्रधानमन्त्री कार्यालयमा शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा गत जुन २०१९ मा सम्पन्न श्रम समझदारीको कार्यान्वयन लगायत दुई देश वीच आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । सो अवसरमा आगामी अप्रीलमा नेपालले आयोजना गर्ने सगरमाथा सम्वादमा प्रधानमन्त्री केपी शर्मा ‍ओलीले महामहिम प्रधानमन्त्री जुगनाउथलाई गरेको निमन्त्रणा स्मरण गराउदै यस बर्ष ‘जलवायु परिवर्तन शीर्षकमा सम्वाद हुने जानकारी दिएको छ । मन्त्री राय यादव र मौरिससका कृषि, उद्योग तथा खाद्य सुरक्षा मन्त्री महामहिम महेन् कुमार सिरुतनसँग भएको कुराकानीमा मौरिससको कृषि क्षेत्रमा नेपाली कामदारहरुको लागि रोजगारीको सम्भावनाका बारेमा बताए । नेपाली प्रतिनिधिमण्डललाई मौरिसस पक्षले त्यहाँ स्थापिकानेसनल एसेम्वलीको सभा सत्र्चालनको प्रत्यक्ष अवलोकन गराएको थियो । मानव श्रोत विकास तथा तालीम मन्त्री महामहिम सुदेश सत्कम कालिचरनसंग गत जुनमा सम्पन्न भएको श्रम समझदारीको प्रभावकारी कार्यान्वयका लागि दुवै पक्षवाट निरन्तर सहकार्य गर्दै जाने वषियमा छलफल भयो । उक्त अवसरमा सम्झौता अनुरुपको मर्यादित कामदार भर्नासंग सम्वन्धित सबै प्रकियाहरुका बिषयमा तथा सोसंग सम्वन्धित लागतहरुको बिषयमा समेत विस्तृत छलफल भयो । मौरिससस्थित रोजगारदाताहरुको संगठनका प्रमुख तथा प्रतिनिधिहरुसंग विदेशी कामदारको माग रहेका पूर्वाधार, होटल¸ उत्पादन¸ सुरक्षा¸ सेवा लगायतका क्षेत्रहरुका बारेमा विस्तृत छलफल भयो । सो अवसरमा मौरिसस पक्षले नेपाली कामदार पठाउँदा मर्यादित कामदार भर्ना प्रकृया अपनाउन जोड दिएको थियो । मन्त्री शयादव मौरिशसका श्रम¸ मानव श्रोत विकास तथा तालीम मन्त्री महामहिम सुदेश सत्कम कालिचरनको निमन्त्रणामा मौरिशसको औपचारिक भ्रमण रहेके थयार र मन्त्री यादवसंगै मन्त्रालयका सचिव विनोद के सी नेत्तृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल संयुक्त कार्य समूहको वैठकमा सहभागि रहेको छ ।  

मलबिउ बिजन र वैदेशिक रोजगारीको बिषयमा माग राख्दै घिमिरे बसे अनसनमा

 काठमाडौं । युवा अभियन्ता श्रीराम घिमिरे मलबिउ बिजन र वैदेशिक रोजगारीको बिषयका माग राख्दै आमरण अनसनमा बसेका छन् । दुई बुँदे माग अघि सार्दै उनी शनिवार फाल्गुण १७ देखी शान्ति वाटिकामा आमरण अनसनमा बसेका हुन । उनले राज्यले २० रोपनी भन्दा कम जग्गा जमिन भएका नेपाली किसानलाई मलबिउ विजन निशुल्क ब्यवस्था र वैदेशिक रोजगारीमा गएर मृत्‍यु भएका मृतकका परिवारलाई २० लाख क्षतिपुर्ति, वैदेशिक रोजगारीका क्रममा दुर्घटनामा घाईते हुन पुगेका नेपालीहरुलाई निशुल्क स्वास्थ्य उपचारको ब्यवस्थाका साथै पीडित परिवारको शिक्षा, स्वास्थ र रोजगारीको पूर्ण ग्यारेण्टि गर्नुपर्ने माग राखेका छन् । यो उनको तेस्रो आमरण अनसन हो । यस अघि उनी २०७४ साल कार्तिक ११ देखी १८ गते सम्म शान्ती वाटिकामा पहिलो पटक आमरण अनसन बसेका थिए । देशमा चुनावको माहौल र स्वास्थ अवस्थाका कारण उनले अनसन तोडेका थिए । त्यस्तै, दोस्रो पटक उनी माइतिघर मण्डलामा २०७५ साल फाल्गुण २५ गते आमरण अनसन बसेका थिए । तर प्रहरी हस्तक्षेपका कारण उक्त अनसन सोही दिन स्थगन भएको थियो । तेस्रो पटक अनसनमा बसेका घिमिरेले यो लडाईं समानताका लागि भएको बताउदै कुनै पनि हालतमा आफूले अघि सारेका माग पुरा गर्न आग्रह गरेका छन् ।

जागिर खाने थलो मात्रै बन्यो सिटीइभिटी : मन्त्री पोखरेल

भक्तपुर  । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) जागिर खाने थलो मात्रै बनेको बताएका छन् । सिटीइभिटीको ३२औँ वार्षिकोत्सव कार्यक्रमका अवसरमा सोमबार सानोठिमीमा उनले सिटीइभिटीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सिटीइभिटी जागिर खाने थलोमा मात्रै परिणत भएको बताएका हुन् । नामअनुसारले सिटीइभिटीले काम गर्न नसकेको भन्दै उनले करारमा कर्मचारी भर्ना गर्ने, जागिर खाने र बस्ने मात्रै सिटीइभिटीको काम हो भनी प्रश्नसमेत गरे । सिटीइभिटीका अध्यक्षसमेत रहेका मन्त्री पोखरेलले सिटीइभिटीले पर्याप्त जनशक्ति उत्पादन गर्न नसकेकामा चिन्ता व्यक्त गर्दै भने, “सिटीइभिटीले गुणस्तरीय जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता गरे पनि पर्याप्त जनशक्ति उत्पादन गर्न सकेको छैन, के सिटीइभिटी जागिर खाने थलोमात्रै हो ?” सिटीइभिटीले अहिलेसम्म निजी क्षेत्रलाई अस्थायी सम्बन्धन दिँदै आए पनि त्यो सम्बन्धन स्थायी बनाउनेतर्फ चासो नदिएको उनको भनाइ थियो । उहाँले निजी क्षेत्रसँगको सम्बन्धन स्थायी नभएकाले सिटीइभिटीले गुणस्तरीय र आवश्यकतानुसार जनशक्ति उत्पादन गर्न नसकेको बताए । सिटीइभिटीमाथि जहिले पनि मन्त्रालयले हस्तक्षेप गर्यो, काम गर्न दिएन भनेर अनावश्यक आरोप लगाउने गरिएको भन्दै मन्त्री पोखरेलले भने, “जहिले पनि सिटीइभिटीलाई मन्त्रालयले हस्तक्षेप गर्यो भन्ने ? तपाइहरू भन्न सक्नुहुन्छ, मेरो सचिवालयले कुन–कुन घटनाक्रममा कहिले–कहिले हस्ताक्षेप गरेको छ ? मैले अहिलेसम्म एउटा पनि निजी संस्थालाई सम्बन्धन दिएको छैन ।” सिटीइभिटी आफू काम गर्न नसक्ने तर दोष मन्त्रालयलाई लगाउने गरेकामा रोष व्यक्त गर्दै मन्त्री पोखरेलले भने, “तपाइले एउटै कर्मचारीलाई जिम्मेवारीमा राख्नुभयो ? सक्रिय प्रणाली लागू भएन, पटक–पटक कर्मचारी फेरबदलको सल्लाह दिएँ, कार्यका आधारमा कार्यदिशा तय गरी काम गर्न निर्देशन दिएँ तर लागू भएन ।” सिटीइभिटी सीप, शिक्षा, चरित्र सिकाउने थलो हो भन्दै मन्त्री पोखरेलले आफ्नो जिम्मेवारीप्रति ध्यान दिन निर्देशन दिए । कार्यक्रममा लामो समय काम गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो । रासस