श्रममन्त्री भन्छन्ः प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमाजर्न गछौँ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने बताएका छन् । शुक्रवार वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारको प्रतिवद्धता विषयक कार्यक्रममा मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गरेर मर्यादित र व्यवस्थित बनाउने बताएका हुन । ‘फ्रि भिसा र फ्रि टिकट’ भन्ने नारालाई लागू नगर्नेहरुलाई कानूनी कारबाहिको दायरामा ल्याउने भन्दै मन्त्री श्रेष्ठले श्रमीकहरुलाई एजेन्टमार्फत् नभइ सिधा म्यानपावरसम्म पु¥याउनका लागि पहल गर्ने बताए । सरकारले श्रमीकहरुको हकहीतमा केन्द्रित रहेर केहि विशेष निर्णय गर्न लागेको उनको भनाई थियो । उनले आफ्नो पहिलो प्राथमिकता श्रमीकहरुको हकहीत हुने बताउँदै श्रमीकहरुको हकहीत खोस्नेहरुलाई कानूनअनुसार कारबाही गर्ने दाबी गरे । ठगिएका श्रमीकहरुको कुरा नसुनी कुनै मुद्धा नछिन्ने बताउँदै उनले जतिसुकै दबाव आए पनि श्रमीकको सुरक्षा र हकहीतमा लागिरहने प्रतिवद्धता व्यक्त गरे । उनले पीडितलाई न्याय दिलाउन र पिडकलाई कारबाही गर्न मन्त्रालय कटिवद्ध रहेको जानकारी गराए । यस्तै, मन्त्री श्रेष्ठले मलेसियामा वैदेशिक रोजगारका गएका नेपालीहरुको धेरै मृत्यु भएको बताउँदै यसको अनुसन्धान गरेर अघि बढ्ने त्यसतर्फ श्रमीकलाई सचेत गराउने बताए । उनले सबैभन्दा ठूलो समस्या भारतमा जाने नेपाली कामदारहरुको भएको भन्दै कामदाहरुले न्यूनतम पारिश्रमीक पाउने व्यवस्थाका लागि समेत पहल गरिरहेको जनाएका थिए ।

इन्भेष्टमेन्ट बैंकले कर्मचारीमा १ रुपैयाँ लगानी गरेर कमाउँछ २ रुपैयाँ १६ पैसा, कुन बैंकले कति ?

काठमाडौं । नेपालका वाणिज्य बैंकहरुले कर्मचारीलाई १ रुपैयाँ लगानी गर्दा उनीहरुले औसतमा १ रुपैयाँ २१ पैसा नाफा कमाइदिने गरेको देखिएको छ । अहिले संचालनमा रहेका २७ वटै वाणिज्य बैंकमा कार्यरत कर्मचारीको लागि बैंकहरुले गरेको लगानी र ती बैंकहरुले गरेको खुद नाफाको आधारमा १ रुपैयाँ लगानी गर्दा औसतमा १ रुपैयाँ २१ पैसा खुद नाफा भएको देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणका अनुसार कर्मचारीको उत्पादकत्व १ रुपैयाँ २१ रुपैयाँ देखिएको हो । बैंकहरुले सार्वजनिक गरेका पहिलो त्रैमासको वित्तीय विवरणका अनुसार २७ वटै वाणिज्य बैंकहरुको कुल नाफा १८ अर्ब १८ करोड ८४ लाख १८ हजार रुपैयाँ छ । पहिलो त्रैमासमा २७ वटै वाणिज्य बैंकहरुले कर्मचारीका लागि कुल १४ अर्ब ९४ करोड ६६ लाख ६७ हजार रुपैयाँ खर्च गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा २७ वटै वाणिज्य बैंकहरुले कर्मचरीका लागि २ अर्ब ७४ करोड ९३ लाख ९८ हजार रुपैयाँ बढी खर्च गरेका छन् । जुन २२.५४ प्रतिशतले बढी हो । उपलब्ध तथ्यांकका अनुसार कर्मचारीको सबैभन्दा बढी उत्पादकत्व नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारी देखिएको छन् । २७ वटै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धरै उत्पादकत्व भएका कर्मचारी नेपाल इन्भेष्टमेन्ट बैंकसँग छन् । बैंकले आफ्ना कर्मचारीहका लागि १ रुपैंयाँ खर्च गरेर बैंकले २ रुपैयाँ १६ पैसा कमाउने गरेको छ । सो बैंकको खुद नाफा ९२ करोड ३७ लाख रुपैयाँ ९५ हजार रुपैयाँ रहेकोमा कर्मचारीमाथि कुल ४२ करोड ८१ लाख २८ हजार रुपैयाँ खर्च गरेको देखिएको छ । तथ्यांकले सबैभन्दा कम उत्पादकत्व भएका कर्मचारी भने कृषि विकास बैंकको देखाएको छ । जुन सरकारको पनि लगानी रहेको बैंक हो । कृषि विकास बैंकले आफ्ना कर्मचारीमाथि १ रुपैयाँ लगानी गर्दा ६० पैसा मात्रै कमाउने गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४८ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको कृषि विकास बैकले कर्मचारीका लागि ७९ करोड ९६ लाख रुपैयाँ खर्च गरेको छ । यद्यपि कर्मचारीमा सबैभन्दा बढी खर्च बढाउने बैंक भने नबिल बैंक बनेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आवको पहिलो त्रैमासमा नबिल बैंकले कर्मचारी माथि ५३ प्रतिशतले खर्च बढाएको हो । नबिल बैंकले कर्मचारीमाथि कुल ८८ करोड १७ लाख ५ हजार रुपैयाँ खर्च गरेको छ । नबिल बैंकको प्रतिकर्मचारी आम्दानी १ रुपैयाँ २६ पैसा छ । अर्थात प्रतिकर्मचरी १ रुपैयाँ खर्च गर्दा नबिल बैंकले १ रुपैयाँ २६ पैसा खुद नाफा गरेको छ । यस्तै, नेपाल एसबीआई बैंकको खर्च भने ०.५१ प्रतिशतले घटेको छ । नेपाल एसविआई बैंकले १ रुपैयाँ खर्च गर्दा प्रतिकर्मचरी ९४ पैसा कमाउँछ । राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी खर्च गत आवको पहिलो त्रैमासको तुलनामा ०.९६ प्रतिशतले मात्र बढेको छ । सो बैंकको प्रतिकर्मचारी उत्पादकत्व भने १ रुपैयाँ ३६ पैसा देखिएको छ । कुमारी बैंकले पनि चालु आवको पहिलो त्रैमासमा कर्मचारीमाथि खर्च बढाएको छ । बैंकले कर्मचारीमाथि ४८.४१ प्रतिशतले खर्च बढाएर ६८ करोड ७७ लाख रुपैयाँ पुर्याएको छ । तर, बैंकका कर्मचारीको उत्पादकत्व भने ७८ पैसा छ । बैंकले प्रतिकर्मचारी १ रुपैयाँ लगानी गर्दा ७८ पैसा खुद नाफा गरेको तथ्यांकले देखाएको छ । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा उल्लेखित खुद नाफालाई सोही अवधिको कर्मचारी खर्चले भाग गरेर कर्मचारीको उत्पादकत्व निकालिएको हो । बैंकले प्रतिकर्मचारी १ रुपैयाँ खर्च गर्दा कति आम्दानी हुन्छ अर्थात सो कर्मचारीको उत्पादकत्व कति हुन्छ भन्ने विषय स्पष्ट पार्न खोजिएको हो । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पोखरेल नेपाली बैंकिङ क्षेत्रका कर्मचारीहरुको उत्पादकत्व राम्रै भएको बताउँछन् । ‘बैंकहरुले विभिन्न विधिहरु प्रयोग गरेर कर्मचारीको उत्पादकत्व हेरिरहेका हुन्छन्, नगदमा काम गर्ने कर्मचारीले प्रत्येक दिन कसरी र कति कारोबार गरिरहेको छ, उसको लेभल के हुनु पर्छ भनेर हामीले हेरिरहेका हुन्छौं, यसरी उसको उत्पादकत्व के कति छ भन्ने थाहा हुन्छ, हामीले प्रत्येक कर्मचारीले के गर्यो भन्ने रेकर्ड नै राखेका हुन्छौं, माेनिटरिङबाट नै सबै थाहा पाउन सकिन्छ,’ उनले भने । पोखरेलका अनुसार बैंकले कर्मचारीमाथि गर्ने लगानीले पनि कर्मचारीको उत्पादकत्व बढ्नमा सहयोग गर्छ । अहिले बैंकहरुको सबैभन्दा बढी खर्च कर्मचारीमै हुने गरेको उनको भनाई छ । उनले कम्पनीले बढी नाफा गर्नुमा कर्मचारीको भूमीका महत्वपूर्ण हुने भएकोले अहिले बैंकहरुले पनि कर्मचारीको माथि गरिने खर्चलाई नै बढी प्राथमिकता दिन थालेको बताए ।

विदेशबाट नेपाली कामदारको माग धमाधम आउन थाल्यो, एक महिनामै ४० हजारले छोडे देश

काठमाडौं । नेपालको वैदेशिक रोजगारी कोभिड–१९ अघिको अवस्थामा फर्किएको छ । पछिल्लो समय कोरोना संक्रमणदर ओरालो लागेसँगै वैदेशिक रोजगारी फेरि पुरानै अवस्थामा फर्किएको म्यानपावर व्यवसायीहरु बताउँछन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठका अनुसार वैदेशिक रोजगारी कोभिड अघिको अवस्थामा फर्किएको छ । ‘कोरोना कालमा वैदेशिक रोजगारी संकटमा नै परेको थियो, पछिल्लो समय रोजगारीको मागसँगै विदेशिनेको संख्यामा उल्लेख्य रुपमा वृद्धि भएको छ’, उनले भने, ‘हाल दैनिक रुपमा १२ सयभन्दा बढी नेपालीहरु बैदेशिक रोजगारीका लागि विदेशीने गरेका छन् ।’ कोभिड–१९ सुरु हुनुभन्दा अगाडि मासिक  ४० हजारभन्दा बढी नेपाली श्रमिक रोजगारीका लागि बाहिरिने गरेका थिए । उनका अनुसार कोभिडपछि मलेसिया बाहेक अन्य सबै खाडी देशबाट राम्रो माग आएको छ । हाल साउदी, कतार, दुबै लगायतका देशको रोजगारीका लागि नेपाली श्रमिकहरु बाहिरिएका छन् । असोजमा ४० हजार विदेशीए कोभिड संक्रमणको संख्यामा कमि भएपछि वैदेशिक रोजगारीका लागि नेपाल छोड्नेको संख्यामा वृद्धि भएको छ । असोज महिनामा मात्र रोजगारीका लागि ४० हजार श्रमिकले श्रम अनुमति लिएको बैदेशिक रोजगार विभागले जनाएको छ । गत वर्षको असोजमा ८ हजार ९७ जनाले श्रम स्वीकृति लिएका थिए । विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको साउन र भदौमा ४१ हजार ८२८ जनाले श्रम स्वीकृति लिएका थिए । श्रम स्वीकृति लिनेको संख्या बढ्न थालेसँगै वैदेशिक रोजगारी क्षेत्र पुरानै लयमा फर्किएको वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्ले बताउँछन् । उनका अनुसार कोरोना संक्रमण अघिको सामान्य अवस्थामा मासिक रुपमा ४० हजार युवा वैदेशिक रोजगारीमा जाने गरेका थिए । खोपको समस्या रोजगारदाता देशले तोकेको कोरोना विरुद्धको खोप नेपालमा उपलब्ध नहुँदा रोजगारीमा जाने यात्रु समस्यामा पर्ने गरेको म्यानपावर व्यवसायी रोहन गुरुङ बताउँछन् । ‘हाम्रो देशमा प्रयोग भएको खोप खाडीका देशमा प्रयोगमा छैनन् । तोकिएको खोप नहुँदा विदेशीने श्रमिक समस्यामा परेका छन्, नेपालमा रोजगारीको सम्भावना छैन, बाध्यताले विदेशिन्छु भन्ने श्रमिक पनि सरकारको वेवास्ताका कारण समस्यामा पर्ने गरेका छन्’, उनले भने, ‘अधिकांश देशले जोनसन एण्ड जोन्सन खोपलाई मान्यता दिएको छ, तर सो खोप नेपालमा उपलब्ध नहुँदा धेरै समस्या हुने गरेकोे छ ।’ उनका अनुसार कुवेत सरकारले जोनसन एण्ड जोनसन खोपलाई मात्र मान्यता दिएको छ । तर नेपालमा सो खोप उपलब्ध नहुँदा धेरै श्रमिक रोकिएका छन् । ‘तोकिएकोे खोप लगाउन नपाउँदा कुवेत सरकारले अन्य देशका नागरिकलाई क्यारेन्टाइन हटाएपछि नेपालीलाई १० दिन क्यारेन्टाइनको व्यवस्था कायम नै राखेको छ’, उनले भने, ‘भारत, पाकिस्तान लगायतका देशले पत्र पठाएर क्यारेन्टाइन अवधि हटाएको हो । तर नेपाल सरकार र सम्बन्धीत देशको दुतावासको वेवास्ताका कारण नेपालीलाई क्यारेन्टाइनले गर्दा आर्थिक भार थपिएको छ ।’ उनका अनुसार सरकार, दुतावास र सम्बन्धित निकायको वेवास्ताका कारण १० दिन क्यारेन्टाइन बस्दा ५० हजारबढी आर्थिक भार थपिएको छ । व्यवसायीका अनुसार रोजगारदाता देशले तोकेको खोप नेपालमा उपलब्ध नहुँदा एउटा खोप लगाएर अर्काे खोप लगाएको प्रमाणीकरण गर्दै नेपालीहरु रोजगारीका लागि विदेशीने गरेका छन् ।