हुलास स्टिल, परिसंघ र उद्योग प्रवर्द्धन केन्द्रबीच सम्झौता : तालिमपछि युवालाई रोजगारी

काठमाडाैं । नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उधोग परिसंघ र हुलास स्टिलबीच त्रिपक्षिय सम्झौता भएको छ । लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले आफ्नो कार्यस्थलमा १८ वर्ष नाघेका नेपालीहरूलाई रोजगारीमुलक तालिम दिने प्रतिवद्धता सहित त्रिपक्षिय सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा उधोग प्रवर्द्धन केन्द्रका तर्फबाट उप–सचिव ऋृषिराम पंगेनी, नेपाल उद्योग परिसंघको तर्फबाट महानिर्देशक दिपक राज जोशी र हुलास स्टिलको तर्फबाट ब्राण्ड एण्ड कर्पोरेट कम्युनिकेसन म्यानेजर रबि केसीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार ३ महिनाको तालिम पश्चात् हुलास स्टिलले २ वर्षको लागि रोजगारमुलक प्रशिक्षण कार्यक्रममा छनौटमा परेका व्यक्तिलाई निति नियम अनुसार रोजगारीको अवसर प्रदान गर्नेछ । त्यस्तै, प्रशिक्षण तालिम अवधिको न्यन्तम खर्च भने नेपाल सरकारले व्यहोर्नेछ । कार्यस्थलमा आधारित रोजगारमुलक प्रशिक्षण कार्यक्रम सञ्चालन कार्यविधि,२०७९ मा रहेको प्रावधान अनुसार यो सम्झौता गरिएको हो ।

नबिल बैंकले माग्यो कृषि सल्लाहकार

काठमाडौं । नबिल बैंकले कृषि सल्लाकार मागेको छ । बैंकले बिहिबार एक सूचना प्रकाशन गर्दै पहिलो तहको कृषि सल्लाकारको लागि १ जना कर्मचारी मागेको हो । बैंकका अनुसार पहिलो तहको सल्लाकारका लागि कृषि क्षेत्रमा ब्याचलर पास भएको र बैंक तथा वित्तिय संस्थामा ५ वर्षको काम गरेको हुनुपर्नेछ । साथै, सो व्यक्तिको प्रोज्जेक्ट प्लानिङ, डेलिभरी मोनिटरिङ र रिर्पोट गर्न सक्ने हनुपर्नेछ । इच्छुकले आवेदकले आफ्नो बायोडाटा सहितको प्रमाणपत्र बैंकको वेवसाइटमा गएर साउन २५ गतेभित्र आवेदन दिनसक्ने बैंकले जनाएको छ ।

एनआईसी एशिया बैंकले १६ वटा पदको लागि माग्यो कर्मचारी

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदको लागि कर्मचारी मागेको छ । बैंकले बुधबार एक सुचना जारी गर्दै १६ विभिन्न पदको लागि कर्मचारी मागेको हो । बैंकले १६ विभिन्न विभिन्न पदमा अफिसर, असिसटेन्ट म्यानेजरदेखि म्यानेजरको तहसम्मका व्यक्तिको माग गरेको छ । बैकको अनुसार अफिसर तहको लागि कम्तीमा पनि स्नातक उतिर्ण भई ५ वर्षको अनुभवसहित ४० वर्ष ननाघेको हुनुपर्ने छ भने असिसटेन्ट म्यानेजरभन्दा माथिल्लो तहको लागि स्नातककोत्तर तह पुरा गरेको, सम्बन्धित क्षेत्रमा दश वर्षको अनुभव र ५० वर्ष ननाघेको हुनुपर्ने छ । बैंकले यि विभिन्न पदको लागि अनलाइनमार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ ।