युरोपेली मुलुक जाने घरेलु कामदारले तालिम लिनुपर्ने

काठमाडौं । सरकारले घरेलु कामदारका रुपमा युरोपेली मुलुकमा जाने नेपाली श्रमिकले अनिवार्यरुपमा तालिम लिनुपर्ने व्यवस्था गरेको छ । हाल घरेलु कामदारका रुपमा साइप्रस, रोमानियालगायत मुलुकमा पठाउँदा केही मेनपावर कम्पनीले अभिमुखीकरण तालिम नदिइ पठाउने गरेको पाइएपछि वैदेशिक रोजगार विभागले त्यस्ता श्रमिकका लागि तालिम अनिवार्य गरेको हो । वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ ले घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा जानुपूर्व कम्तीमा ३० कार्यदिनको तालिम लिनुपर्ने व्यवस्था छ । विभागले घरेलु कामदार अभिमुखीकरण तालिमसम्बन्धी कार्यविधि, २०७० अनुसार अनिवार्यरुपमा तालिम प्रदान गरेर मात्र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने व्यवस्था गर्न सूचीकृत मेनपावर कम्पनीलाई निर्देशन पनि दिएको छ ।

नेपाल विद्युत प्राधिकरणले माग्यो विभिन्न पदमा कर्मचारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी मागेको छ । प्रधिकरणले शुक्रबार एक सुचना जारी गर्दै ३ देखि १० औ पदसम्म कर्मचारी मागेको हो । यी विभिन्न पदका लागि खुला प्रतिस्पर्धामार्फत पदपुर्तिका लागि आह्वान गरिएको प्रधिकरणले जनाएको छ । इच्छुक आवेदकले आफ्नो बायोडाटा र प्रमाणपत्रसहित असोज २० गतेभित्र प्रधिकरणको वेवसाइटमा आवेदन दिइसक्नुपर्नेछ । दोब्बर दस्तर तिरेर असोज २७ गतेसम्म दिन सकिने प्रधिकरणले जनाएको छ । [pdf id=352395]

गृह मन्त्रालयले माग्याे १ लाख १५ हजार म्यादी प्रहरी

काठमाडौं । गृह मन्त्रालयले  आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि  १ लाख १५ हजार म्यादी प्रहरी मागेको छ । आइतबार सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले भदौ ३० देखि असोज ६ गतेभित्र १८ वर्ष पूरा भई ५४ वर्ष उमेर ननाघेका व्यक्ति म्यादी प्रहरीको लागि मागेको हो । म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ । आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ । यसको लागि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरसँगै सबै जिल्ला प्ररही कार्यालयमा आवेदन दिनुपर्ने छ ।