सिडीएस क्लियरिङ लिमिटेडमा आठौं तहको सहायक प्रबन्ध सहित २९ जनालाई रोजगारी
काठमाडौं । सिडीएस एण्ड क्लियरिङ लिमिटेडले कर्मचारी माग गरेको छ । सिडिएसले आठौं तहको २ जना सहायक निर्देशक सहित २९ जना कर्मचारीको माग गरेको हो । लोक सेवा आयोगले लिखित र अन्तर्वाताबाट लिने पदको लागि फागुन २३ गतेसम्म आवेदन दिन सकिनेछ । सिडीएसले आठौं तहको लागि ७, सातौं तहमा ५, छैटौं तहमा १२, पाचौं तहको लागि ५ जनाको लागि विज्ञापन खुलाएको छ । आवेदनमा सहभागी हुनका लागि २१ वर्ष पुरा भएर ३५ वर्ष ननागेको हुनुपर्नेछ ।
राष्ट्रिय बीमा कम्पनीको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तरवार्ता कहिले ?
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आवश्यक कर्मचारीका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । लिखित उत्तीर्ण गर्नेमा ५४ जना रहेका छन् । सबैभन्दा कम नबौँ तहमा पाँच जनाको नाम निस्केको छ भने सबैभन्दा बढी चौथो तहमा १६ जनाको नामा निस्केको छ। लिखितमा नाम निकाल्नेहरूको लागि प्रयोगगात्मक परीक्षा र अन्तर्वार्ताको समयपनि प्रकाशित सूचनामा तय गरिएको छ ।
उदयपुर सिमेन्टको महाप्रबन्धकमा आवेदन दिने म्याद फागुन २ सम्म, के चाहिन्छ योग्यता ?
काठमाडौँ । उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि आवेदन दिने म्याद फागुन २ गतेसम्म तोकिएको छ । महाप्रबन्धक नियुक्तिका लागि गठित छनौट तथा सिफारिश समितिले पदपूर्ति सम्बन्धी सूचना प्रकाशित गर्दै फागुन २ गतेसम्म उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा सिंहदरबार काठमाडौँमा शिलबन्दी आवेदन दिनु पर्ने उल्लेख गरेको छ । महाप्रबन्धकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रको व्यवस्थापकीय वा अधिकृत स्तरमा कम्तिमा ३ वर्षको कार्यानुभव हासिल गरेको हुनु पर्ने योग्यता निर्धारण गरिएको छ । साथै उमेरको हकमा ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदन दस्तुर ५ हजार लाग्ने समितिद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।