सुन प्रकरणमा मुछिएका राहुल महरा पक्राउ
काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महाराका छोरा राहुल महरा पक्राउ परेका छन् । इलेक्ट्रिक चुरोट (भेप)मा नौ किलो सुन लुकाएर ल्याएको प्रकरणमा महरा बाबु–छोरा मुछिएका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट सुन छुटाउनको लागि उनीहरुले भुमिका निर्वाह गरेको आरोप महरा बाबु–छोरालाई लागेको छ । प्रहरीले सुन प्रकरणमा उनीहरुको संलग्नता रहेको भने पनि पक्राउ गरेर अनुसन्धान भने गरेको थिएन । सुन प्रकरणमा मुछिएका राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार दिउँसो पक्राउ गरेको हो । उनीहरुले चिनियाँ व्यापारीले ल्याएको सुन भन्सारबाट छुटाउन भूमिका निर्वाह गरेको र टेलिफोनबाट कैयौ पटक संवाद गरेको खुलेको छ ।
लिवर्टी माइक्रो इन्स्योरेन्सका अध्यक्ष पाण्डेले लिए शपथ
काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष निकोलस पाण्डेले पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले अध्यक्ष पाण्डेलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । सो अवसरमा अध्यक्ष सिलवालले कम्पनीलाई तोकिएको प्रदेशमा उपस्थिति देखिने गरी काम गर्न बीमकका पदाधिकारीहरुलाई निर्देशन दिए । शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा निर्देशक दिनेश कुमार लाल र लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम कुमार यादव उपस्थित थिए ।
नेपालको आक्रामक सुरुवात, पाकिस्तानको दोस्रो विकेट चैट
काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध दुई विकेट लिएको छ । सुरुमा नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमानलाई आउट गरेका हुन् । कप्तान रोहित पौडेलले ओपनर इमाम उलहकलाई रनआउट गर्दै दाेस्रराे विकेट लिएका हुन् । पाकिस्तानले एसिया कप क्रिकेटमा नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ । कप्तान बाबार आजमले टस जितेपछि घरेलु टोली पाकिस्तानले मुल्तान क्रिकेट रंगशालामा नेपाललाई फिल्डिङका लागि बोलाएको हो ।