माछापुच्छ्रे बैंकको हिले शाखाद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार धनकुटाको हिलेमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाईटी धनकुटासँगको सहकार्यमा सञ्चालित उक्त कार्यक्रमको उद्घाटन धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले गरेका छन् । माछापुच्छ्रे बैंक हिले शाखाका शाखा प्रबन्धक रमेश अधिकारीले उक्त कार्यक्रममा संकलन गरीएको ५२ पिन्ट रगत नेपाल रेडक्रस सोसाईटीको धरान स्थित बल्ड बैंकलाई हस्तान्तरण गरेका छन् । ६ अर्व ५९ करोड ८७ लाख रुपैयाँ चुक्ता पुंजी रहेको यस बैकले २०७३ साल चैत्र मसान्तसम्म ५८ अर्व ४ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५३ अर्व ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले सो अबधिमा१ अर्व ५१ लाख खुद मुनाफा आर्जन गरेको बैंकले बताएको छ । बैकले नेपालभर आफ्ना शाखाहरु स्थापना गरी ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।
कतार एयरवेजद्वारा ईफ्टर डिनर आयोजित
काठमाडौं । रमादानको अवसरमा कतार एयरवेज नेपालले नेपाल सरकारका विशिष्ट पाहुना, नेपाल हाजी कमिटी, तथा विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तिहरु तथा विभिन्न दूतावासका प्रतिनिधिहरुका लागि ईफ्टर डिनर आयोजना गरेको छ । सूर्य अस्ताएपछि दिनभरको उपवास तोड्न मुस्लिम समूदायले साँझपख खाइने परम्परागत खानालाई इफ्टर भनिन्छ । सेक्यूलर नेपालको सहकार्यमा आयोजित उक्त कार्यक्रममा विभिन्न धार्मिक समुदायका प्रतिस्थित ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
‘लेट मी डान्स नेपाल’को उपाधि म्याग्दीकी बिष्णुलाई
काठमाडौं । ‘लेट मी डान्स नेपाल’ ‘सिजन-२’को उपाधि म्याग्दीकी बिष्णु मगरले हात पारेकी छन् । राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित फाईनल कार्यक्रममा ८ प्रतिस्पर्धीहरुलाई पछि पार्दै उनले तीन लाखसहित अवार्ड, प्रमाण पत्र हात पारेकी हुन् । त्रिकाल आर्ट एकेडेमी र मिटिङ प्वईन्ट नेपालको संयुक्त आयोजनामा संचालन भएको ‘लेट मी डान्स नेपाल सिजन–२’को फस्ट रनरअप दाङकी खिमा काउचा मगर हुन सफल भईन् । त्यस्तै, सेकेण्ड रनरअपको उपाधि धादीङका योगेश श्रेष्ठले ५० हजारसहित अन्य पुरस्कार जिते । त्यस्तै, थड रनरअपको उपाधि ललितपुरका अभिषेक महर्जनले जित्न सफल भए । देशका विभिन्न स्थानमा छरिएर रहेका अनि लुकेर बसेका प्रतिभहरुलाई एकै ठाउँमा समेटि ती प्रतिभाहरुलाई निखारि बाहिर ल्याउने र राष्ट्रियस्तरमा उनीहरुको प्रतिभा पुर्याउने उद्देश्यले संचलनका ल्याईएको ‘लेट मी डान्स नेपाल’ ‘सिजन-२’को फाईनल कार्यक्रम संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । त्यस्तै, अतिथिमा कलाकार बिएस राणा, मिथिला शर्मा, नायक शुशिल क्षेत्रीलगायतको उपस्थिती रहेको थियो । भोड्काले प्रयोजन गरेको ‘भोड्का लेट मी डान्स नेपाल’को दोस्रो संस्करणका विजेताहरुलाई ५ लाख दिईएको आयोजक तथा संस्थाका अध्यक्ष क्षेडुुप लामाले बताए । ‘लेट मी डान्स नेपाल’को ‘सिजन-२’ मा उत्कृष्ट ५० बाट उत्कृष्ट २५, उत्कृष्ट १५, उत्कृष्ट ११ हुँदै उत्कृष्ट ८ मा फाईनल भएको हो । ‘लेट मी डान्स नेपाल’ प्रतियोगीता ‘सिजान-२’ का जर्जहरु नृत्य निर्देशक जोगेन्द्र केसी, नायिका मेलिना मानन्धर र नृत्य निर्देशक तथा गायक प्रेम लामा रहेका थिए । प्रतियोगीताको फाईनलमा ७० प्रतिशत भोटको आधारमा र बाँकि ३० प्रतिशत जर्जको निर्णयमा भएको थियो ।