मजदुरी गर्न दशैंविदामा विद्यार्थी भारततर्फ, तिहारपछि मात्रै फर्कने
बझाङ ८, असोज , दसैं तिहारको छुट्टीमा अधिकांश विद्यार्थी, साथीभाइ र आफन्तसँग रमाइलो गर्न मन पराउँछन्। तर, बझाङ चिरबुंगल क्षेत्रका विद्यार्थी भने दशैं विदा सुरु भएपनि मजदुरीका लागि भारत पस्ने गरेका छन् । दसैं तिहारमा हुने लामो विदालाई उनीहरूले केही रकम कमाउने अवसरका रूपमा लिन्छन् र एक महिना भारतको उत्तराञ्चलमा मजदुरी गरेर लुगाफाटो र मरमसला जोडेर फर्कने गरेको समाचार शनिबारको अन्नपूर्ण पोष्टमा छापिएको छ । अर्धवार्षिक परीक्षापछि असोज १३ गते दसैं विदा भएर विद्यालय एकैपटक कात्तिक १७ गते खुल्ने जानकारी पाएपछि देवेश्वरी उच्च मावि, देउखेलमा पढ्ने सात विद्यार्थी भारत हिँडे। बझाङबाट रात्री बस चढेका उनीहरू श्रीभारको डोले होटलमा बुधबार नास्ता खाँदै थिए। त्यसबेला एउटा टोली गइसकेको र आफूहरू दोस्रो टोली भएको कक्षा नौ मा पढ्ने ललित महराले जानकारी दिए। ललितले गतवर्ष पनि दसैं तिहार विदामा भारत गएर ६ हजार रूपैयाँ कमाएका थिए। दशैं र तिहार एकैपटक विदा भएकोले पनि लामो समय छुट्टि मिलेकोले कमाउनु जानुपरेको उल्लेख छ ।
अघिल्लो सरकारले गरेको सम्झौतामा चीनको चासो, सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड
काठमाडौं ८, असोज । चीन सरकारले नेपालको विकासका लागि पूर्ववर्ती सरकारले गरेका सम्झौता कार्यान्वयन हुनुपर्ने विषयमा जोड दिएको पाइएको छ । नेपालका सरकारी टोलीले विभिन्न समयमा गरेको चीन भ्रमणमा गरेका दर्जनौ सम्झौताबारे नेपालले चासो नदेखाएकोमा चीनले दुःख व्यक्त गरेको छ । चीनका कार्यबाहक राजदूत हरिश्चनद्र घिमिरेले सरकारका प्रधानमन्त्रीदेखि विभिन्न उच्च तहका नेताको भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयन नभएकोमा चीनले चीन्ता व्यक्त गरेको जानकारी दिए । ‘हरेक पटकको चीन भ्रमणका क्रममा उच्च टोलीसँग भेटघाट गर्दा पुरानो सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन् । त्यस विषयमा सरकारलाई जानकारी गरिएको छ,’ उनले भने । हरेक उच्च तहको भ्रमणका क्रममा चीन सरकारले सोध्ने गरेको छ( पहिला गरेको सम्झौताको निरन्तरता केही भयो त रु तातोपानी नाका खुलाउने सम्बन्धमा नेपाल सरकारले चीन सरकारलाई पटकपटक आग्रह गर्ने गरेको जानकारी उनले भने, ‘नेपालको राजश्व संकलन हुने तेस्रो ठूलो नाका बन्द हुँदा नेपाल र चीन दुबैलाई ठूलो घाटा भइरहेको दुबैले बुझेका छन् । तर समस्य जस्ताको तस्तै देखिएको छ । समाचार नेपाल समाचारपत्रबाट ।
चामल भन्दा ढुवानी महंगो, ३६ हजार क्विन्टल खाद्यान्न दुवानीका लागि ४२ करोड ५० लाख
काठमाडौं ७, भदौ । सरकारले यस आर्थिक वर्षमा करीब ३६ हजार पाँच सय क्विन्टल खाद्यान्न खाद्य संकट भएका तथा स्थानमा पठाउने भएको छ । खाद्य उत्पादन कम हुने विभिन्न २३ वटा दुर्गम जिललामा दुवानी गर्ने यो खाद्यान्नको मूल्य भन्दा यसको दुवानी नै बढी हुने गरेको छ । कम खाद्यान्न उत्पादन हुने जिल्लाहरुमा आर्थिक वर्ष २०७३र०७४ को भदौ मसान्तसम्म ३६ हजार ३ सय ४७ क्विन्टल खाद्यान्न ढुवानी गरिसकेको जानकारीसहितको समाचार शुक्रबारको नेपाल समाचार पत्रले छापेको छ । यस वर्ष १ लाख ५५ हजार ८ सय १० क्विन्टल खाद्यान्न ढुवानी हुने भएको छ । यो खाद्यान्न ढुवानी गर्न सरकारले ४२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको उल्लेख छ । यो रकम चाम भन्दा ढुवानी महंगो भएको उल्लेख छ । सरकारले हरेक वर्ष दुर्गम जिल्ला र कर्णालीमा खाद्यान्न पठाउन गरेको छ । यातायातको सहज व्यवस्था नहुँदा र कतिपय स्थानमा अझै जहाजबाट चामल लैजानुपर्ने वाध्यतका कारण ढुवानी महंगो हुने गरेको उल्लेख छ ।