धरौटीको रकम फिर्ता लैजान १७ जनालाई १५ दिनको ताकेता

काठमाडौं । कोष तथा लेखा नियन्त्रक कार्यालय डोटीले विभिन्न व्यक्ति, फर्म तथा सरकारी कार्यालयका नाममा रहेको धरौटी तथा विविध खाताको रकम फिर्ता लैजान आग्रह गरेको छ । कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व नियमावली, २०७७ अनुसार लामो समयदेखि फिर्ता लिन नआएको प्रयोजन विहीन धरौटी रकम सदरस्याहा गरी राजस्वमा दाखिला गर्ने तयारी गरेको जनाएको छ ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ सम्मको विवरणअनुसार विभिन्न व्यक्ति तथा संस्थाका नाममा धरौटी रकम बाँकी रहेको छ । तीमध्ये जिल्ला स्वास्थ्य कार्यालयको नाममा १२ लाख ४१ हजार ५६७ रुपैयाँ, शिक्षा तालिम केन्द्रको नाममा ११ हजार ५५७ रुपैयाँ, जिल्ला पशु सेवा कार्यालयको ४ लाख २३ हजार ८२७ रुपैयाँ, सूर्योदय ऊर्जा प्रालिको ४५ हजार ७०० रुपैयाँ, गोपाल बहादुर बोहराको ५० हजार रुपैयाँ, पदम बहादुर साउदको १२ हजार रुपैयाँ, महेन्द्र विकको ३८ हजार रुपैयाँ, मन्धिरे झाक्रीको ५ हजार रुपैयाँ रहेको छ । 

यस्तै, यदु भण्डारीको ३० हजार रुपैयाँ, क्षेत्रीय प्रशासन कार्यालयको २ लाख २० हजार ३३९ रुपैयाँ, महराको १२ हजार रुपैयाँ, दल बहादुर साउँदको ५ हजार रुपैयाँ, गजराज निर्माण सेवाको ६ हजार ३१९ रुपैयाँ, लोकेन्द्र बमको १० हजार रुपैयाँ, क्षेत्रीय शसस्त्र प्रहरी गण न. १ को १ लाख ५१ हजार १२९ रुपैयाँ, कोलेनिका डोटीको १ लाख ९५५ रुपैयाँ र कोलेनिका डोटीको विभिन्न खातामा रहेको १८ लाख ९७ हजार २५५ रुपैयाँ रहेको छ । 

उक्त रकम फिर्ता पाउनुपर्ने कुनै आधार वा प्रमाण भए १५ दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा निवेदन दिन आग्रह गरिएको छ । तोकिएको अवधिभित्र दाबी नआएमा उक्त रकम नियमअनुसार सदरस्याहा गरी सरकारी खातामा दाखिला गरिने कार्यालयले जनाएको छ

Share News