ओलीविरुद्ध प्रचण्डका आरोपै अारोप: हेर्नुहोस् के के अारोप लागाए प्रचण्डले अोलीलाई ?
काठमाडौँ, साउन ७। नेकपा माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफैँले प्रस्ताव गरेर गत वर्षको असोज २४ गते प्रधानमन्त्री निर्वाचित गराएका केपी शर्मा ओलीविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव राख्दै उनले गम्भीर आरोपहरु लगाए। व्यवस्थापिका संसदमा एक घण्टा आफ्ना धारणा राखेका प्रचण्डले भद्र सहमतिबाटै गडबड सुरु भएको बताए। माअावादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी वलीलाई सबैलाई प्रोभोक गर्ने, इरिटेट गर्ने खालको काम गरेको भन्दो वारम्वार दाेष लागिरहे। उनले माअाेवादीलाई एमालेले सिँडि चढ्ने भर्याङ बनाएको र अाफू सत्तामा पुगिसकेपछि सहयात्री दललाई वास्ता नगरी अगाडि बढेको अारोप लगाइरहे। प्रचण्डले वलीलाई वारम्वार इगो सेन्ट्रिक, सेल्फ सेन्ट्रिक काम गर्न नसक्ने नेता भएको भनि वारम्वार निन्दा गरिरहे। उहाँमा कहीँ न कहीँ इगो सेन्ट्रिक, सेल्फ सेन्ट्रिक कार्यशैली रहेछ भन्ने बढी महसुस गरेँ। त्यो कार्यशैलीका कारणले उहाँले कहीँ न कहीँ आफूलाई सबैको सामूहिक सहयोगको परिणाममा मैले यो अवसर प्राप्त गरेको हो भन्ने कुराको अनुभूति छाड्दै र बिर्सदैँ जाँदै गरेको जस्तो र आफैँ पूर्ण छु भन्ने स्थितिबाट चल्न खोजेको जस्तो। यो संयुक्त सरकार हो, यो केही प्रतिबद्धतासहितको सरकार भन्दा यो एकल सरकार हो र आफूले इच्छाएको ढंगले चलाउन सक्छु भन्ने ढंगले प्रस्तुत भएको महसुस भयो। प्रचण्डले प्रधानमन्त्रीजीलाई संघीयता र गणतन्त्र पनि त्यति रुचि छैन भनेर समेत वारम्वार अारोप लगाइरहे। उनले अझ वली राजसंस्थाप्रति उत्तरदायी रहेको समेत भनिरहँदा संसदमा हाँसो भएको थियो भने संगै रहेका कमल थापाले मन्द मुस्कान दिएका थिए। वलीले प्रचण्ड र नेकपा माअाेवादी केन्द्रलाई सरकारमा बसे पनि सिद्धिन्छ, सरकार बाहिर गए पनि सिद्धिन्छ भन्ने मनोविज्ञानले ग्रसित बनाएको बारम्वार अारोप लागएका थिए। या त तपाईँ एक्सन लिनुस् या त म एक्सन लिन्छु भनेर नाकावन्दीका बेला समझदारी भएर नै अाफूले वलीलाई प्रधामन्त्रीमा सहयोग गरेको वारम्वार भनिरहेका थिए। उनले वलीलाई समझदारी तोडेको र एक अर्कालाई निषेध गर्ने प्रतिष्पर्धा देखिएर नै अाफूले यस्तो निर्णय लिन बाध्य भएको बताए। अझ उनले ओलीजी नजिक भएका थुप्रै कानुनविद माओवादीलाई कुनै न कुनै मुद्दामा फसाउनै पर्छ भन्ने मान्यताले ग्रसित भएको र अाफूले बाध्य भएर सरकारको समर्थन छोडि नेपाली कंग्रेसलाई समर्थन गर्ने निर्णय गरेको बताए।
एमाले मध्यमार्गी नेता नेम्वाङले भने : ‘सकिन्छ भने यसलाई सच्याऔं’
काठमाडौं, ७ साउन। पूर्व सभामुख तथा नेकपा एमालेका मध्यमार्गी नेता सुवास नेम्वाङले यो विषम परिस्थितिमा सवै राजनीतिक दलहरु मिलेर संविधान कार्यान्वयनका लागि एकजुट भएर जानुपर्ने बताएका छन्। उनले अविश्वासको प्रस्ताव स्वाभाविक प्रक्रिया भएको बताए । तर, संविधान कार्यान्वयनका लागि एकजुट भएर अघि बढ्ने दलहरुको प्रतिवद्धतालाई अघि राखेर हेर्दा दुर्भाग्यपूर्ण भएको उनले बताए । उनले भने, ‘खुसी मानौ कि दुःखी हुँ थाहा छैन । नेताहरु हासिरहेकै देख्दा खुसी हुनु पर्ने हो कि ?’ अविश्वासको प्रस्तावकले यो राष्ट्रिय एकता र सहमतिका लागि भएको भनेको भन्दै उनले व्यंग्यात्मक रुपमा भने, ‘म त ढिलो बुझ्ने मान्छे । तर, यो एकता प्राप्त गर्ने कस्तो अभूतपूर्व प्रक्रिया हो ?’ संविधान जारी गर्ने बेलामा नै आफूले अर्को चुनौती सुरु भएको र जस्तोसुकै राम्रो संविधान आएपनि बुद्धि र विवेक दिँदैन भनेको स्मरण गर्दै उनले भने, ‘यो ठीक निर्णय भएन । सकिन्छ भने यसलाई सच्याऔं । होइन भने यसको परिणाम साह्रै नकारात्मक नहोस् भनेर सचेततापूर्वक लागौं ।’ उनले घुमाउरो भाषामा यो सवै हुनुको पछाडि एकजना हठि नेताको हात रहेको भन्दै प्रचण्डलाई घरिघरी यो घटनाको जिम्मा लिनुपर्ने धारणा राखे।
सुवास नेम्वाङले भने: नाकाबन्दी हटाएकाले अविश्वासको प्रस्ताव ल्याएको हो ?
काठमाडौं , ७ साउन। पूर्व सभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले नाकाबन्दी हटाएकाले अविश्वासको प्रस्ताव ल्याएको हो ? भनेर संसद र नेकपा माअाेवादी केन्द्रलाई प्रश्न गरेका छन्। प्रधानमन्त्री विरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेम्वाङले अविश्वासको प्रस्तावलाई दुर्भाग्यपूर्ण भनेका छन्। उनले यो निर्णयले देश र जनतालाई राम्रो नहुने बताएका छन्। वली प्रधानमन्त्री हुँदा देशमा नाकाबन्दी रहेको भन्दै उनले भने, ‘अहिले नाकाबन्दी हट्यो । नाकाबन्दीको देश केपी ओलीलाई सुम्पने स्वयम् त्यो नाकाबन्दीलाई भूमिका खेल्ने पक्षसँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गर्नु भएको छ । नाकाबन्दी हटाएकाले हो कि के हो अविश्वासको प्रस्ताव ?’ प्रचण्ड ओली सरकारको सञ्चालनसम्वन्धी राजनीतिक संयन्त्रको संयोजक रहेको भन्दै उनले माओवादी अध्यक्ष प्रचण्डले कतै आफ्नैविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको त होइनन् भनेर प्रश्न गरेका छन् । उनले भने, ‘अचम्मको कुरा त के छ भन्दा सरकार चलाउन निर्देशन ठीक ढंगले सञ्चालन गरेन । तर, राजनीतिक संयन्त्र बनेको थियो । संयोजकको नाम ठ्याक्कै अविश्वासको प्रस्ताव प्रस्तुतकर्तासँग मिल्छ । उहाँ नै हो कि के हो मलाई थाहा भएन । उहाँ नै हो भने अप्ठ्यारो पर्छ ।’ राजनीतिक संयन्त्रले सरकारले गलत काम गर्दा सच्याउन के-के निर्देशन दियो भन्दै उनले अघि भने, ‘आफ्नोविरुद्ध आफैंले अविश्वास राखेको जस्तो भो ।’ पूर्व सभामुख समेत रहेका एमाले नेता नेम्वाङले अघि भने, ‘कसको विरुद्धमा ल्याएको ? शान्ति सुरक्षा कायम भएन भनिएको छ । सरकारमा संयुक्तरुपमा काम गर्ने र भोलिपल्ट प्रश्न उठाएर सरकारमाथि विश्वास छैन भन्ने के यो ठीक हो ?’