अपांगता भएकाहरुको सेवा गर्न पाउँदा आत्मा सन्तुष्ठि मिल्छ

चोयाल रिन्पुचे काठमाडौको बौद्धमा १९८५ मा मार्च ४ मा जन्मेका हुन् । सानैदेखि सहयोग गर्ने भावना भएका उनले नेपाल, भारत, र अन्य देशहरुमा अनाथालय र अपांगहरुको क्षेत्रमा काम गर्दै आएका छन् । अपांगहरुको क्षेत्रमा कार्यरत संस्था बिआइएका चोयाल रिन्पुचेसँगको कुराकानी । बिआइए भनेको के हो ? बिआइए भनेको एक सामाजिक गैह्र सरकारी संस्था हो । यसले अपागंता भएका मानिसहरु वा हक अधिकारबाट बञ्चित भएका मानिसहरुको क्षेत्रमा काम गर्दै आएको छ । किन अपागंता भएका मानिसहरुको क्षेत्रमा काम गर्ने सोँच आयो ? हुन त नेपालमा जता पनि जसलाई पनि सहयोग चाहिएको छ । तर विशेषगरी केमा सहयोगको खाँचो छ भनेर रिसर्च गर्दा अन्य मानिस भन्दा अपागंता भएका मानिसहरुले रोजगारी नपाउने , घरपरिवारको सहयोग नपाएको थु्रपै उदारणहरु भेटेँ । अपाँगहरुले केहि गर्न सक्दैनन् भन्ने समाजको विद्यमान धारणाहरु पनि भेटेँ । विभिन्न ठाउँमा तालिमहरु लिएर दर्जनौ सर्टिफिकेट बोकेर बस्नेहरु पनि देखेँ तर उनीहरुले दिर्घकालीन रुपमा रोजगारी नपाएको समस्या देखेँ । कसैले सामानहरु बनाए पनि बजारसम्म लगेर बेच्न सक्ने स्थिति रहेनछ । त्यसैले मलाई अपाँगहरुको क्षेत्रमा सहयोग गर्न मन लाग्यो । चोग्याल रिन्पोचे- सञ्चालक, बिआइए कसरी सहयोग गरिरहनु भएको छ ? बिआइए भनेको उनीहरुको हक हितको लागि स्थापना भएको संगठन हो । जसले अपागँता भएका मानिसहरुलाई एउटै छातामुनि सिप सिकाउने र दिर्घकालिन रुपमा रोजगारी समेत दिने गर्छ । उनीहरुले बनाएको सामानहरुलाइ बजार ब्यवस्थापन गरिदिने र त्यो पैसा उनीहरुकै हक हितको लागि प्रयोग गर्ने गछौ । बजार व्यवस्थापन कसरी गरीरहनु भएको छ ? यहाँ विभिन्न किसिमका सामानहरु बनीरहेको प्रत्यक्ष देख्न सकिन्छ । थान्का, व्याग, अगरबत्ती देखि लिएर ह्याण्डिक्र्याफ्ट्टका विभिन्न आइटमहरु बनाउने सिकाउने र बनाउदै गरेको देख्न सकिन्छ । कहिले मानिसहरु संस्थामा हेर्ने आउँछन् । त्यहि क्रममा कति मानिसहरुले उनीहरुले बनाएको सामानहरु किनेर लैजान्छन् । कहिलैकाहि हामीले बजारमा अर्डर आएपछि त्यहाँ लैजाने काम पनि गर्छाै । अनि विदेशमा मैले पढाएका विद्यार्थीहरु नेपालमा घुम्न आउँदा उनीहरु पनि यहाँ हेर्न आउने र सामानहरु पनि किनेर लैजाने गर्छन । यसरी उनीहरुले बनाएको सामानहरुको बजार व्यवस्थापन गरेको छौ । यो सस्था कुन कुन जिल्लामा सञ्चालनमा छ ? अहिले काठमाडौमा केन्द्रित छ । जहाँ ११० जनाले सिपका साथै रोजगारी पाइरहनुभएको छ । तर यहाँ आएका मानिसहरु सुदरपश्चिमदेखि पुर्व सम्मका छन् । विभिन्न मानिसहरुले सम्पर्क गरेपछि हामीहरुले उनीहरुलाइ यहाँ ल्याएको हो । विकट जिल्लाका मानिसहरुलाई यस्तो सस्थामा आउन त गाह्रो होला नी ? त्यसैलाई मध्यनजर राख्दै हामी अब चाँडै नै यसलाई सबै अञ्चलमा पुर्याउने योजना बनाइरहेका छौ । जसले गर्दा अपागंता भएका मानिसहरुले आफ्नै ठाउँमा बसेर रोजगारी पाउन सकुन र खुसी साथ बाच्न सकुन । संस्था चलाउन लगानी कसरी व्यवस्थापन गरिहनुभएको छ ? मैले अहिलेसम्म कोही कसैबाट केहि रकम लिएको छैन । सहयोगी मन भएपछि जे पनि सकिँदो रहेछ । सुरुमा मैले आफ्नै घरमा संस्था चलाएँ । अहिले त धेरै जना हुनुभयो । त्यसैले छुट्टै घरको आवश्यकता पर्यो । विशेषगरी म विदेशमा टिचिङ गर्छु । टिचिङको क्रममा अमेरिका, चाइना, भुटान लगायतका देशमा गइरहन्छु । मैले टिचिङ गर्दा उनीहरु मेरो टिचिङ सिक्न टिकट किनेर आउँछन् । कसैले १० डलर , कसैले २० डलर दिन्छन् । त्यस्तै हाल अपांगहरुले बनाएका सामानहरुबाट आएको पैसाले २० प्रतिशत कभर गरीरहेको छ । के सधैभरी यसरी चलाउन सकिन्छ त ? मेरो इच्छा भनेको विस्तारै अपांगहरुलाई नै यो संस्था चलाउन लगाउने छ । भर्खर उनीहरु काम गर्दै छन् । सिक्दै छन् । विस्तारै उनीहरुले नै यसलाई सेल्फ सस्टेनेबल बनाउन भन्ने छ । मलाइ विश्वास छ भविष्यमा उनीहरुले नै यो संस्था चलाउने छन् । अपांगता भएकाहरुलाइ बस्ने पनि सुविधा छ कि ? बस्ने पनि सुविधा छ । जसको आधा शरीर चल्दैन । यहाँ कोही आफन्त छैन । त्यस्ता मानिसहरुको लागि हामीले खाने बस्ने लगायतका सुविधा पनि दिएका छौ । उनीहरुको सरसफाइ देखि लिएर सबै हेर्ने मान्छे रोखेका छौ । त्यस्तो भए त महिनामा लाखौ खर्च लाग्छ होला नी ? पक्कै लाग्छ । प्रत्येक महिनामा सबै खर्च गरेर १५ लाख हुन्छ । कहिले काहि खर्च व्यवस्थापन गर्न गाह्रो हुन्छ । तर मलाई आशा छ एकदिन मेरो मेहेनत खेर जाने छैन । मैले जसको लागि यो सब गरिरहेको छु उनीहरुले नै संस्थालाई नेपालभरी सञ्चालन गर्नेछन् ।

वायुसेवा निगमको बोइङ विकेन, बजारमा नयाँ किन्दा ५ अर्ब पर्ने जहाज १७ करोडमा किन्न कोही आएनन्

काठमाडौं । नेपाल वायुसेवा निगले तीन दशक पुरानो एकथान १९० सिट क्षमताको बोइङ जहाज विक्रीमा राखेको भएपनि कोही किन्न आएनन् । निमगले पहिलोपटक आवेदन गरेको ग्लोवल टेण्डरमा एउटापनि आवेदन नपरेपछि पुनः आवेदन गरेको वायसेवा निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार जहाजको न्युनतम मुल्य १७ करोड रुपैयाँ राखिएको थियो । जेठ १० सम्मको समय दिएर मागेको प्रस्तावमा कोही नआएपछि फेरि जेठ २९ सम्मको लागि प्रस्तावमा मागिएको छ । निगमको यही क्षमताको जहाज खरिद गर्नुपर्दा अहिले ५ अर्ब रुपैयाँभन्दा बढी खर्च हुन्छ । नागरिक दैनिकबाट ।

अब नेपाली विद्यार्थीलाई अष्ट्रेलिया जान सजिलो

काठमाडौं । नेपालबाट अष्ट्रेलिया पढ्न र करिअर बनाउन जान चाहने विद्यार्थीलाई पहिले भन्दा अलिक सजिलो हुने भएको छ। अष्ट्रेलियाबाटै त्यहाँको जिवन, विश्वविद्यालय, कोर्ष, आम्दानीको अवस्था साथै कसरी अष्ट्रेलिया प्रोसेस गर्ने आदी विषयमा जानकारी दिन सिड्नीमा रहेका केही युवाले पोर्टल नै सुरू गरे पछी अब अष्ट्रेलिया जान चाहनेका लागी सुसूचित हुन सजिलो हुने भएको हो। नेपालबाट अष्ट्रेलिया जान चाहने तथा अष्ट्रेलिया पुगिसकेका नेपालीहरूलाई त्यहाँको जीवन शैली तथा पढाई र भविष्यको बसाईंका बारेमा जानकारी दिने हिसाबले नेपालीपेजडटकम www.nepalipage.com वेब पोर्टल सुरू गरिएको छ। वेब पोर्टलले नेपाली तथा अंग्रेजी भाषामा नेपालबाट अष्ट्रेलिया जान चाहने तथा अष्ट्रेलियामा रहेका नेपालीहरूलाई अष्ट्रेलिया र त्यहाँको अवसर बारे सूचित गर्ने वेब पोर्टल संचालक तथा प्रोग्रामर मदनमणि अधिकारीले बताए। ‘हामीले एक वर्ष देखी अष्ट्रेलियाको नेपाली उपस्थिती, विद्यार्थीका समस्या अध्ययन गरेर यसको प्राविधिक तथा सामग्री योजनाबद्ध ढंगले विकास गरेका छौं’ अधिकारीले बताए। उनले नेपालमा पत्रकारिता गरेको अनुभव र अष्ट्रेलियाको सफ्टवेयर ईन्जिनियरिङको सिप प्रयोग गरेर आफू जस्तै अष्ट्रेलिया आउन चाहने विद्यार्थीलाई अष्ट्रेलिया अध्ययनका तिता मिठा भोगाई र संभावनाका बाटा पहिल्याउन सहयोग गर्ने हिसाबले यसलाई अघि बढाएको बताए। ‘नेपालबाट अष्ट्रेलिया जाने भनेपछी स्वर्गै हो कि जस्तो मान्ने गरिन्छ, यहाँका समस्या र प्रतिस्पर्धा अनि जोगिनुपर्ने धेरै विषय छन् जसको बारेमा नेपालमा धेरै कमलाई थाहा छ’ अधिकारीले भने ‘त्यस्ता विषय जसले अष्ट्रेलिया जाने निर्णयलाई सही र सफल बनाउन मदत गर्छन् ती कुराहरू हामीले समेट्छौं’। अधिकारी वेबसाइटका डेभेलोपर, प्रोग्रामर हुन्। उनले वेब पोर्टलको एण्ड्रोईड एप समेत सुरू हुन लागेको जानकारी दिए। वेब पोर्टलकी म्यानेजिङ एडिटर संगिता घिमीरेले आफूहरूले विशेष गरेर अष्ट्रेलियामा कस्तो कलेज एवम् कोर्ष पढ्ने, कसरी सस्तो शुल्क भएको कोर्ष तथा कलेज, युनिभर्सिटी छान्ने, कुन शहरमा बस्दा सस्तो सजिलो हुन्छ, कसरी पीआरको प्रक्रिया अपनाउने देखी अष्ट्रेलियामा घर किन्ने सम्मको जानकारी प्रकृयागत रूपमा प्रस्तुत गर्दै जाने बताईन। उनका अनुसार यसले नेपालबाट पीआर लिएर तथा विद्यार्थी भिषामा अष्ट्रेलिया जान चाहनेहरूका लागी अष्ट्रेलियाको रोजगारको बजार, सामयिक कोर्ष तथा अष्ट्रेलिया पुगेपछी काम तथा बसोबासको अवस्था बारे जानकारी लिन मदत गर्नेछ। पोर्टलका डिजीटल पब्लिसिङ म्यानेजर प्रमेश श्रेष्ठले नेपालीपेजले अष्ट्रेलिया र नेपालमा रहेका नेपालीलाई गुणस्तरिय डिजिटल कन्टेन्ट नेपाली र अंग्रेजी भाषामा उपलब्ध गराउने र त्यसबाट दुवै देशमा रहेका नेपाली साथै विश्वभरका नेपाली लाभान्वित हुने बताए। ‘हामीले दिने सूचना र जानकारीले नेपालीहरूलाई आफ्नो करिअर, शैक्षिक तथा आर्थिक अवस्था र अष्ट्रेलिया सपनालाई जोड्न सजिलो बनाउँछ’ श्रेष्ठले भने ‘यसका सामग्री मनन गर्ने हो भने नेपालीलाई अष्ट्रेलियामा जाने, बस्ने र निर्णय गर्ने विषय सजिलो हुन्छ, हाम्रो चाहना पनि नेपालीलाई अष्ट्रेलिया सजिलो बनाउने नै हो’। पछील्लो समय अष्ट्रेलियामा नेपाली विद्यार्थी विभिन्न सामुन्द्री दुर्घटना, झगडा तथा आत्महत्या जस्ता घटनाहरूमा जोडिएको धेरै समाचार आउने गरेका छन्। त्यसो त अष्ट्रेलियामा नेपाली विद्यार्थीहरू लामो समय सम्म काम नपाउने, श्रम शोषणमा पर्ने, कलेज तथा विश्वविद्यालयको फि जम्मा गर्न नै गाह्रो हुने जस्ता समस्यामा पर्दै आएका छन्। अष्ट्रेलिया पुगेपछी कलेज, कोर्ष परिवर्तन गर्ने देखी भिजा क्यान्सिलमा पर्ने विद्यार्थीको संख्या पनि बढ्दो छ। नेपालमा धेरै कन्सल्टेन्सीले सही सूचना र जानकारी नदिँदा अष्ट्रेलिया पुगेपछी विद्यार्थीले भोग्नुपर्ने समस्याहरू ठूलो हुने भएकाले सबैलाई सुसूचित हुने अवसर बढाउनका लागि पोर्टलको सुरूवात भएको वेब पोर्टल टीमले बताएको छ।