कांग्रेसलाई ११ र माओवादीलाई ९ मन्त्रालय, बाँकी मन्त्रालय अरु दललाई
काठमाडौं । सत्ता गठबन्धन नेपाली कांग्रेले ११ र माओवादी केन्द्रले ९ वटा मन्त्रालय लिएर बाँकी मन्त्रालय अन्य दललाई भागबण्डा आधारमा दिने भएका छन् । गठबन्धनमा सहभागि लोकतान्त्रिक फोरम, राप्रपा नेपाल, नेकपमा संयुक्त लगायतका साना दललाई भने बाँकी मन्त्रालय दिने सहमति दुई दलबीच भएको छ । कुल ३० मन्त्रालयमध्ये २४ मन्त्रालयके भागबन्डा टुंगो लगाउन बाँकी छ ।मन्त्रालयको भागबन्डा टुंगो लगाउन कांग्रेसबाट विमलेन्द्र निधी, रमेश लेखक, र माओवादी केन्द्रबाट कृष्णबहादुर महरा, वर्षामान पुन, र जनार्दन शर्माले गृहकार्य गरिरहेका छन् । पाटीले मन्त्री छान्दा सल्लाह नगरेको भन्दै असन्तुष्ट पौडेले समूहले भने मन्त्रालयको किटान गरेपछि मात्रै मन्त्री छान्ने भएको छ । नयाँ पत्रिका दैनिकबाट । देउवाका ५ प्राथमिकता नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबार पुगी कार्यभार सम्हाल्नुभएको छ । ‘राष्ट्रिय सदाचार नीति’ बनाउने प्रस्तावमा हस्ताक्षर गरी उहाँले पदभार सम्हाल्नुभएको हो । देउवाले अन्तरप्रदेश समन्वयका लागि ‘समन्वय परिषद्को सचिवालय गठन गर्ने’ निर्णयमा पनि हस्ताक्षर गर्नुभएको छ । निर्णयपछि अब प्रधानमन्त्री कार्यालयमा महाशाखा स्थापना भई उक्त परिषद्को सचिवालय गठन हुनेछ । देउवाले पदभार लिएलगत्तै बसेको मन्त्रिपरिषद् बैठकबाट सरकारका सात प्राथमिकता तय गरिएको छ । देउवा नेतृत्वको नयाँ सरकारले ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । साथै, स्थानीय तहको दोस्रो चरणको चुनाव पूर्वघोषित मिति १४ असारमा सम्पन्न हुने प्रतिबद्धता पनि मन्त्रिपरिषद् बैठकले जनाएको छ । नवनियुक्त अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार संविधान कार्यान्वयन र संक्रमणकालीन व्यवस्थापन सरकारको पहिलो प्राथमिकतामा परेको छ । साथै, भूकम्पपछिको पुनर्निर्माणलाई पनि सरकारले प्राथमिकतामा राखेको छ । सरकारले आर्थिक समृद्धिलाई महत्व दिने गरी लगानीको वातावरण बनाउने र शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेको छ । शान्ति, सुरक्षा र सुशासन जनताले अनुभूत गरी गराउने पनि सरकारको प्राथमिकतामा परेको छ । पाँच प्राथमिकता: संविधान कार्यान्वयन र संक्रमणकालीन व्यवस्थापन माघ ७ गतेभित्र तीनै तहको चुनाव भूकम्पपछिको पुनर्निर्माणमा तीव्रता आर्थिक समृद्धिलाई महत्वव दिने गरी लगानीको वातावरण शान्ति प्रक्रियाका बाँकी काम र शान्तिसुरक्षा राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा तीन उपप्रधानमन्त्रीसहित चार मन्त्रीले पनि शपथ लिए । उपप्रधानमन्त्रीसहित संघीय मामिला तथा स्थानीय विकासमन्त्रीमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले शपथ लिनुभएको छ । उहाँ १३ आौंपटक सरकारमा सहभागी हुनुभएको हो । त्यस्तै, माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्रीको शपथ लिनुभएको छ । महरा निवर्तमान सरकारमा पनि उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारीमा हुनुहुन्थ्यो । कांग्रेस नेता गोपालमान श्रेष्ठले उपप्रधानसहित शिक्षामन्त्रीको शपथ लिनुभएको छ । अर्थमन्त्रीमा कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की नियुक्त हुनुभएको छ । राजनीतिशास्त्रमा स्नातकोत्तर उहाँ ०६३ को जनआन्दोलनपछि गठन भएको सरकारमा जलस्रोतमन्त्री हुनुहुन्थ्यो । उहाँकै पहलमा माथिल्लो तामाकोसी जलविद्युत् आयोजना नेपाल सरकारले बनाएको हो । कांग्रेसबाटै फरमुल्ला मन्सुरले श्रम तथा रोजगारमन्त्रीको शपथ लिनुभएको छ । बाराबाट प्रत्यक्ष निर्वाचित मन्सुर मधेसका पुराना नेता हुनुहुन्छ । उहाँ सरकारमा दोस्रो पटक प्रवेश गर्नुभएको हो । माओवादी नेता जनार्दन शर्माले गृहमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । उहाँ यसअघिको दाहाल सरकारमा ऊर्जामन्त्री हुनुहुन्थ्यो । देशभर लोडसेडिङ हटाउन सफल शर्मा पछिल्लो समय लोकप्रिय मन्त्रीका रूपमा परिचित हुनुहुन्छ । माओवादीका अर्का नेता प्रभु साहलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरिएको छ । साह यसअघि कानुनमन्त्री हुनुहुन्थ्यो । देउवाले आफ्नो मन्त्रिमण्डलमा एक जना महिला सदस्य समावेश गर्नुभएको छैन । यस्तो छ मन्त्रिमण्डल: शेरबहादुर देउवा, प्रधानमन्त्री विजयकुमार गच्छदार, उपप्रधान तथा स्थानीय कृष्णबहादुर महरा, उपप्रधान तथा परराष्ट्र गोपालमान श्रेष्ठ, उपप्रधान तथा शिक्षा ज्ञानेन्द्रबहादुर कार्की, अर्थ फरमुल्लाह मन्सुर, श्रम तथा रोजगार जनार्दन शर्मा, गृह प्रभु साह, विनाविभागीय असार १४ अघि फेरि विस्तार हुने सरकारले असार १४ अघि केही मन्त्री थप गर्ने तयारी गरेको छ । सरकारलाई समर्थन गरेका दललाई सहभागी गराउने र कांग्रेस, माओवादी र फोरम लोकतान्त्रिकबाट पनि केही मन्त्री थप गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ । तर, मन्त्रिमण्डलले पूर्णता भने असार १४ को स्थानीय तह चुनावपछि मात्रै पाउने भएको छ । दलबीच मन्त्रालयको भागबन्डा अझै मिलिसकेको छैन । कुन दलले कति र कुन मन्त्रालय पाउने भन्ने टुंग्याउन बाँकी भएकाले अर्को साता केही मन्त्री थप हुने बताइएको छ । अन्नपूर्ण पाेस्टबाट ।
१२ वर्षपछि प्रधानमन्त्री भएका देउवाका चुनौती के के छन् त ? मोदीले दिए फोनमै बधाई
काठमाडौं । तत्कालिन समयमा प्रतिनिधिसभाबाट निर्वाचन गराउन नसक्दा राजाबाट अपदस्थ कांग्रेस सभापति शेर बहादुर देउवा प्रदेश र केन्द्रीय संसद (संघ)को निर्वाचन गराउने जिम्मेवारीसहित चौथोपटक मुलुकको प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । प्रधानमन्त्री देउवालाई बधाई दिदै विपक्षी दलका नेता केपी शर्मा ओली पधानमन्त्री बाट अपदस्त भएको १२ बर्ष ४ महिना ४ दिनपछि ‘खोलो’ फर्किएको छ । तर जिम्मेवारी भने, उही छ – निर्वाचन गराउने । प्रधानमन्त्रीका प्रमुख कार्यभार -माघ ७ भित्र तीनै तहको चुनाव – संविधान संशोधन र कार्यन्वयन – भूकम्पपछिको पुननिर्माण – शान्तिप्रक्रियामा बाँकी काम – गठबन्धनलाई निरन्तरता -छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध नागरिक दैनिकबाट । देउवाका ५ चुनाैती १. लगातार तीन तहको चुनाव सम्पन्न गर्नु । २. बलियो प्रतिपक्षको सामना गर्नु । ३. संविधान संशोधनमा असन्तुष्ट पक्षलाई लिएर अघि बढ्नु । ४. संविधानको पूर्ण कार्यान्वयन र कार्यान्वयनका चरणमा आउने समस्याको समाधान गर्नु । ५. संविधान संशोधन गरेर सर्वस्वीकार्य बनाउनु । थोरै बोल्ने र धेरे काम गर्ने देउवाको भनाइ माओवादी केन्द्रसँग एक वर्षदेखि जारी रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको प्रधानमन्त्री चुनिनुभएको छ । कांग्रेस र माओवादीबीच एक वर्षअघि पुष्पकमल दाहालको सत्तारोहणकै बेला आलोपालो रूपमा सत्ताको नेतृत्व गर्ने सहमति भएको थियो । प्रधानमन्त्रीमा चयन भएपछि देउवाले चौथोपटकको आफ्नो यो कार्यकालमा कम बोलेर बढी काम गर्ने बताउनुभएको छ । आरोपरप्रत्यारोप र तिक्तताबीच सत्ता हस्तान्तरण हुने गरेको नेपाली राजनीतिमा मंगलबार कामचलाउ प्रधानमन्त्री दाहालकै प्रस्तावमा देउवा मुलुकको ४० औं प्रधानमन्त्री चुनिनुभएको हो । ‘जाने प्रधानमन्त्री नै आउने प्रधानमन्त्रीको प्रस्तावक बस्नु यो विश्वकै नयाँ घटना होला’, दाहालले संसद्मा यस्तो धारणा राख्दा संसद् भवन तालीले गुञ्जायमान बनेको थियो । माओवादीसँग यति नजिक बन्नुभएका देउवा कुनै समय भने उनीहरूको ‘कट्टर दुस्मन’ हुनुहुन्थ्यो । माओवादी युद्धमा देउवा मात्र एउटा त्यस्तो व्यक्ति हो जसको दुईपटक हत्या प्रयास भएको थियो । त्यस्तै, देउवाकै प्रधानमन्त्रीत्वकालमा माओवादीका शीर्ष नेताहरूको टाउकाको मोल तोकिएको थियो । अन्नपूर्ण पोस्टबाट । मोदीले दिए फोनमै बधाई नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मगलबार साँझ टेलिफोन गरेर बधाइ दिएका छन् । प्रधानमन्त्री भएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेर भारत नेपाललाई पूर्ण रुपमा सहयोग गर्न तयार भएको प्रतिवद्धता जनाएका थिए । देउवाका स्वकीय सचिव भानु देउवाले देउवाको भनाइ उद्धृत गर्दै भने, बधाइ दिनुभएकोमा धन्यवाद, विगतमा पनि भारतबाट सहयोग रहँदै आएको छ र दुई देशको आपसी हीत हुने गरी काम गर्नेछु ।
कतारसँग छिमेकीकाे सम्बन्ध विच्छेद, नेपालीको रोजगारी गुम्ने सक्ने, हवाइ उडान साेमबारबाटै रद्द
काठमाडौं । करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रूपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् । अरबी क्षेत्रमा अस्थिरता ल्याएको र इस्लामिक स्टेट, अलकायदा र मुस्लिम ब्रदरहुडलाई सहयोग गरेको भन्दै उनीहरू कतारसँग क्रूद्ध बनेका हुन् । नेपालीको रोजगारी गुम्ने खतरा कतारको अर्थतन्त्र कमजोर बन्दै जाँदा त्यहाँको निर्माण क्षेत्र कमजोर हुन्छ र उसले विदेशी कामदार फर्काउन सक्छ । अर्कोतर्फ कतारले विदेशी कामदार लैजान कम ग(यो भने पनि प्रभावित त नेपाली नै हुन्छन् । कतारका व्यवसायीले विदेशमा गरेको लगानी बन्द भयो भने पनि त्यस्ता कम्पनीमा कार्यरत नेपालीलाई फर्काउन सक्छ । गणेश गुरुङ, वैदेशिक रोजगारविज्ञ सूक्ष्म रूपमा हेरिरहेका छौँः परराष्ट्र मन्त्रालय खाडी क्षेत्रको पछिल्लो घटनाक्रमलाई सूक्ष्म रूपमा हेरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘यो घटनाक्रमलाई नेपाल सरकारले सूक्ष्म रूपमा हेरिरहेको छ, आज जुन घटना भएको छ, दोहा, अबुधावी, कायरो, रियादका दूतावासलाई अध्ययन गरी प्रतिवेदन दिन निर्देशन दिएका छौँ,’ परराष्ट्र प्रवक्ता भरतराज पौड्यालले भने । नयाँ पत्रिका दैनिकबाट । सोमबारबाटै उडान रद्दः सयौं यात्रु मर्कामा काठमाडौं । कतार जाने कुनै पनि यात्रुलाई साउदी अरेबीया र यूएईका एयरलाइन्सले यात्रु नबोक्ने घोषणा गरेपछि नेपालबाट कतारको दोहा ट्रान्जिट भएर जाने यात्रुहरु मर्कामा परेका छन् । आसपासका ६ राष्ट्रले कतारसँगको आफ्नो सबै कूटनीतिक सम्बन्ध र सबै सीमा, सामूहिक र हवाईमार्ग समेत विच्छेद गरेपछि यो समस्या उत्पन्न भएको हो । आजको नेपाल समाचारपत्रमा खबर छ । साउदी अरेबिया र यूएईका एयरलाइन्सले सोमबार नै काठमाडौंबाट दोहा जाने यात्रु नलाने घोषणा गरेपछि सयौं यात्रुहरु काठमाडौंमा नै अलपत्र परेका छन् ।