सरकारको नालायकीपना, भत्काएर आधुनिक बनाउनुपर्ने सिंहदरबारलाई प्लास्टिकले छोपियो
काठमाडौं । भत्काएर नयाँ र आधुनिक बनाउनुपर्ने सिंहदरलाई प्लाष्टिकले छोपेर राखिएको छ । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई बर्षाको पानीबाट बचाउन प्लास्टिकले ढाकिएको छ । प्लास्टिकले छोपेपछि मूल भवनलाई फलामको आड (स्ट्याफ फोल्डिङ) दिइने काम पनि शुरु भएको बताइएको छ । फलामको आड दिएपछि भवनलाई प्रबलीकरण गर्न भित्र जान सकिने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । २०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त सिंहदरबारलाई पुरै भत्काएर पुननिर्माण गर्ने कि प्रवलीकरण गर्ने भन्नेमा प्राधिकरण र सहरी विकास मन्त्रालयबीच लामो समय विवाद चलेको थियो । नागरिक दैनिकबाट ।
अनियमितताको मेलोमा असारे विकास, हतारमा कामले बजेटको सदुपयोग
सिरहा । सरकारी अड्डाका लागि असरा महिना भ्यानभ्याई हुन्छ । असारको मिससिमे पानीमा कालोपत्रे, मुसलधारे बर्षमा नाली निर्माण काम हुन्छ, भईरहेको छ । बजेट फ्रिज हुनबाट जोगाउन हतारमा गरिने यस्ता काम न दिगो हुन्छ न बजेटको सदुपयोग नै हुन्छ । असारे विकास आर्थिक अनियमितता गर्ने सजिलो माध्यम बनेको छ । असारे अनियमिताको नुमना काम अहिले सिरहा बजारमा हुँदैनछ । बजारको हेमनारायण चोकदेखि पुर्व २ सय १४ मिटर र त्यसपछि जिल्ला प्रहरी कायाृल्यसम्म २५० मिटर पक्की नाला निर्माणका लागि जिल्ला समन्वयसमितिले कमला निर्माण सेवा गोद्धारसँग ठेक्का सम्झौता गरेको छ । ७५ लाखको उत्त नाला सम्पन्न भैसक्नुपर्ने बेलासम्म पनि काम नै सुरु भएको छैन । यो विकास होईन बरु सरकारी रकमको चरणम दूरुपयोग हो । यहाँ खर्च भएको रकम बर्खामा हुने खर्च बर्षासंगै बग्छ । नागरिक दैनिकबाट ।
काठमाडौंमा चार वटा नयाँ शहर बनाउन एक खर्ब ३० अर्ब सरकारी लगानी(फोटोसहित)
काठमाडौं । उपत्यकाका चार क्षेत्रमा निर्माण गर्न लागिएका चार वटा नयाँ शहरमा एक खर्ब ३० अर्ब सरकारी लगानी आवश्यक पर्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका इञ्जिनियर भागवत भक्त खोखालीका अनुसार एक लाख रोपनी जमिनमा निर्माण हुने शहरमा सरकारले एक खर्बको लगानी गर्नेछ भने अन्य १०/१० हजार रोपनी क्षेत्रफलमा निर्माण हुने शहरमा प्रति शहर १० अर्बका दरले सरकारी लगानी हुनेछ । ती शहरमा सरकारले एक रुपैंयाँ लगानी गर्दा नागरिकले १० रुपैंयाँ लगानी गर्ने पनि उनले बताए । ‘सरकारले पुर्वाधार विकासमा लगानी गर्छ, नागरिकको लगानी जमिनमा हुने हो, नागरिकले सरकारको भन्दा १० गुणा बढि लगानी गर्नेछन्’, इञ्जिनियर खोखालीले भने । नयाँ शहरमा कुल जमिनको ३५ प्रतिशत सडकमै लाग्नेछ । ती शहरमा मुल सडक ५० मिटर र सहायक सडकहरु क्रमशः २२, ११, ८ र ६ मिटरका हुनेछन् । अहिले ८ आना भन्दा साना जमिनका प्लट बेचबिखनमा रोक लगाइएको छ । त्यस बाहेक नयाँ भवन निर्माणमा पनि रोक लगाईको छ । सडक निर्माण तथा विस्तार, ढलको निर्माण तथा विस्तारमा पनि रोक लगाइएको खोखालीले बताए । ‘घर निर्माण, खानेपानीको पाइप विस्तार, सडक निर्माण, ढल लगायतका सबै काममा रोक लगाएका छौं’, खोखालीले भने । भूकम्प पीडितलाई घर निर्माणमा भने रोक नलगाउनेबारे छलफल भैरहेको उनले बताए । तर अन्यत्र जमिन नभएका भूकम्प पीडितले मात्रै त्यहाँ घर बनाउन पाउनेछन् । त्यस्तै, भूमि सुधार मन्त्रालयले १० बर्षपछि मोहियानी छुट्याउने प्रक्रिया अघि बढाएकाले मोहियानी हक अन्तर्गत जग्गा काँटछाट फुकुवा गर्ने तयारी भैरहेकोछ । यी हुन प्रस्तावित नयाँ शहर काठमाडौं ईशानः प्राधिकरले उपत्यकामा निर्माण हुने पहिलो नयाँ शहरको नाम ईशान काठमाडौं राखेको छ । शहर काठमाडौंको पुर्व उत्तर क्षेत्रमा पर्छ । यो शहर पुर्वमा भक्तपुरको नगरकोट जाने बाटो, तेलकोट सडक, पश्चिममा जोरपाटी क्रिकेट मैदान, मुलपानी गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ । त्यस्तै, उत्तर तर्फ साँखु बजार र साँखु जाने मुल सडकसम्म फैलिनेछ । दक्षिणमा भने भक्तपुर पुरानो बाटो सैनिक प्रतिष्ठान, इतापाके जग्गा एकिकरण आयोजना लगायतको क्षेत्रमा फैलिएको हुनेछ । यो नयाँ शहर एक लाख रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । काठमाडौं आग्नेयः उपत्यमा निर्माण हुने दोश्रो शहर १० हजार रोपनी क्षेत्रफलमा फैलिएको हुनेछ । यसको नाम काठमाडौं आग्नेय अर्थात पुर्व दक्षिण राखिएको छ । यो शहर भक्तपुर क्षेत्रमा मात्रै पर्छ । पुर्वमा अरनिको राजमार्गको सुर्य विनायक चोकबाट सुर्य विनायक मन्दिर अगाडीको वनलाई बाहिर पार्दै अघि बढ्नेछ । पश्चिम तर्फ खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्यांकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्गसम्म आइपुग्नेछ । उत्तरमा भने अरनिको राजमार्गलाई छुनेछ । दक्षिणमा भने यो शहरले सिलामखाल, रानीकोट जंगल छेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार विरुवा हुँदै खहरेसम्म पुग्नेछ । तेश्रो शहरस् काठमाडौं नैऋत्य काठमाडौं उपत्यकाको दक्षिण पश्चि क्षेत्रमा फैलिने यो शहर पनि १० हजार रोपनी क्षेत्रफलको हुनेछ । यसले ललितपुरको बिभिन्न भुभागलाई समेट्नेछ । नैऋत्यः काठमाडौंको पुर्वी भाग साबिकको खोकना १ देखि ८ नम्बर वडासम्म पुगेर बुङमति वडा नम्बर १ भएर छम्पी जाने बाटो बाटोबाट वडा नम्बर २ देखि ६ नम्बरसम्म पुग्नेछ । पश्चिममा बागमति नदि छेउम्म यो शहर निर्माण हुनेछ । उत्तरमा भने साविकको सैँबु गाबिसको सिमानासम्म शहरले छुनेछ । दक्षिणमा भने काठमाडौं नैऋत्यले बागमति नदि किनारनै छुनेछ । यो शहर पनि १० हजार रोपनी क्षेत्रमा फैलिएको हुनेछ । चौथोः काठमाडौं उत्तर यो शहरले काठमाडौं जिल्लाको १० हजार रोपनी जमिन ओगट्नेछ । यसमा पुर्वतिर तर सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म आउनेछ । त्यस्तै, पश्चिममा काभ्रेस्थली देखि बाइपास आउने मुल सडक पर्नेछ । उत्तरतर्फ भने सपनतिर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म पुग्नेछ । दक्षिणमा भने यो शहरले ग्रीनल्याण् चौक देखि महादेवखोला काभ्रेस्थली मुल सडक छुनेछ । नयाँ शहरमा भूकम्प प्रतिरोधी भवन, फराकिला सडक, ढल निकास, खुल्ला मैदान, मनोरञ्जन पार्क, स्वास्थ्य केन्द्र, खेल मैदान, एकिकृत सरकारी सेवा केन्द्र, शिक्षाको उपयुक्त प्रबन्ध लगायतका संरचना निर्माण गरिनेछ । यी शहरहरुलाई आइटीसँग जोडेर स्मार्ट सिटी बनाउन पनि सकिने काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताए ।