काेराेनाकाे कारण नेपालमा थप ३ जनाकाे मृत्‍यु

काठमाडाैं । नेपालमा काेराेनाकाे कारण थप ३ जनाकाे मृत्‍यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३ जनाकाे काेराेनाका कारण मृत्‍यु भएकाे भएकाे जनाएकाे छ । मृत्यु हुनेमा मोरङको सुनवसी—८ का ४५ वर्षिय पुरुष रहेका छन । उनी निरन्तर भारत आवतजावत गरिरहने र उनमा ज्वराे र स्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको र अवस्था गम्भिर बन्दै गएपछि धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा‌‍‍. जागेश्वर गाैतमले बताए । अस्पतालको आइसियु भेन्टिलेटरम उपचारकै क्रममा उनको निधन भएको हो । यस्तै पर्साको विरगञ्ज—७ का ७० वर्षिय वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ । मुटु र मधुमेह रोगका विरामी उनी एक नीजि अस्पतालमा निमोनियाको उपचार गराइरहेका थिए । साथसाथै पर्सा वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षिय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ । साउन ७ गते कोरोना पुष्टि भएका ती पुरुष मृगौला सम्बन्धि समस्याबाट पीडित थिए । झाडापाखालाको उपचारका लागि विभिन्न नीजि अस्पतालमा गएपनि निको नभएपछि उनी नारायणी अस्पताल भर्ना भएका थिए । त्यहाँ आइसियुमा राखेर उपचार सम्भव नभएपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा निधन भएको प्रवक्ता डा. गौतमले बताए । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । बिहीबार नेपालमा २ सय ७४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । योसँगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ ।

नेपालमा थप २ सय ७४ जनामा कोरोना पुष्टि, २२७ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा २ सय ७४ जनामा कोराेना भाइरस देखिएको बताए । हाल क्वारेन्टिनमा १३ हजार २ सय १ जना रहेका छन् भने आजसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । मंगलबार विभिन्न अस्पतालबाट २२७ जना निको भएर घर फर्किएका छन् । आजसम्म कोरोना मुक्त हुनेको संख्या १४ हजार २ सय ४८ पुगेको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

काठमाडाैं उपत्यकामा ४५ जनामा देखियाे कोरोना, हालसम्म ५ सय ३२ मा पुष्टि

काठमाडाैं । काठमाडौं उपत्यकामा ४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ४५ जनामा कोरोना पुष्टि भएकाे बताएका हुन् । संक्रमितहरु काठमाडाैंकाे ४१, ललितपुरकाे २ र भक्तपुरकाे २ जना रहेकाे गाैतमले बताए । याेसँगै उपत्यकामा काेराेना संक्रमण पुष्टि भएकाे स‌ंख्या ५ सय ३२ पुगेकाे छ जसमा काठमाडाैंकाे ३ सय ९०, ललितपुरकाे ९१ र भक्तपुरकाे ५३ जना रहकाे छन् । काेराेनाकाे कारण हालसम्म काठमाडाैंमा ३ जना र ललितपुरका १ जनाकाे मृत्‍यु पुष्टि भएकाे छ ।