विश्वका ५ उत्कृष्ठ गन्तब्यहरु
इस्तानबुल, टर्की ट्रिप एडभाईजरले गरेको सर्वेक्षणमा ‘ट्राभलर्स च्वाईस’ अन्तर्गत विश्वकै उत्कृष्ठ गन्तव्यहरुका रुपमा टर्किको स्तानबुल शहर पहिलो रोजाईमा परेको छ । युरोप र एसियाको संगमस्थल हो टर्कि जहाँ हृदय छुने ऐतिहासिक कला कौशलसहित आधुनिक रेष्टुरेन्ट र रात्री जीवनको आनन्द लिन सकिन्छ । ऐतिहासिक मस्जिद, बजार, सुल्तान अहमेत कमाईको निलो मस्जिद, गलाटा ब्रिज, मिनियाटुर्क पार्क स्तानबुलका आकर्षक गन्तब्यहरु हुन् । इस्तानबुलको दश उत्कृष्ठ हेर्ने पर्ने ठाउँहरुमा क्रमशः ऐतिहासिक क्षेत्र, सुलमनिया मस्जिद, सुल्तान अहमेटको जिल्ला, रुस्टेम पासा मस्जिद, राहमी एम.कोक म्युजियम, हागिया सोफिया म्युजियम÷चर्च आयोसोफ्या, केरिया म्युजियम/चोरा चर्च, बासिलिका सिस्टर्न, साकिप साबाइन्की म्युजिमय र बोस्फोरस स्ट्रेट हुन् । यीनै मनोरम दृश्यहरुकै कारण इस्तानबुल विश्वकै एक नम्बरको उत्कृष्ठ गन्तब्यमा दर्ज भएको हो । रोम, इटाली ट्रिप एडभाईजरले गरेको सर्वेक्षण अनुसार विश्वकै दोश्रो आकर्षक गन्तब्यका रुपमा इटालीको ऐतिहासिक नगरी रोम दोश्रो नम्बरमा परेको छ । रोमन सभ्यतासँगको ऐतिहासिक पक्ष र आधुनिकता मिसिएको जीवन शैलीका कारण रोम उत्कृष्ठ ठहरिएको हो । यहाँको जायन्ट आउटडोर म्युजियम, खुल्ला बजार, ऐतिहासिक साईटस्, ट्रेभी फाउण्टेनको टसक्वाईन जस्ता मनै छुने दृश्य र गतिविधिले जो कोहीलाई लोभ्याउँछ । रोमका दश उत्कृष्ठ स्थलहरुमा क्रमशः अब्बाजिया डि सान पाउलो फुओरी ली मुरा, एर्सिबासिलिया डि सान जिओभानी इन लेटरानो, लि डोमुस रोमान डि पालाजो भ्यालेन्टिनी, चर्च अफ सान्टल्गनाजियो डि रोयोला, चर्च अफ सान लुइजी फोरम, कोलोजम, प्यालेटाईन हिल, रोमन फोरम, बासिलिका डि सान क्लिमेन्ट अल लेटरानो, बासिलिका डि सान्टा प्रसेड, इस्टाजी आफ सेन्ट टेरेसा, बासिलिका डि शान्टा मारिया म्यागिओर हुन् । लण्डन, बेलायत कुनै समयको कहिल्यै घाम नअस्ताउने बेलायत आज पनि शान, शक्ति र सौन्दर्यतामा अब्बल नै छ । बेलायतको लण्डन शहरमा बर्षेनी दशौं लाख मानिसले भ्रमण गर्छन् । लण्डनका द क्राउन ज्वेल्र्स, बकिङघम प्यालेस, कामडने मार्केट सहित ब्रिटिस कला र संस्कृतिले लण्डनलाई लोभ्याउँदो बनाएको छ । लण्डनलाई उत्कृष्ठ १० गन्तब्यका रुपमा स्थापित गराउने स्थलहरुमा ब्रिक लेन म्युजिक हल, वालेस कलेक्सन, बम्बर कमाण्ड मेमोरियल, रोयल ओपेरा हाउस, नेशनल ग्यालरी, द कोर्टाउल्ड ग्यालरी, हाउस अफ पार्लियामेण्ट, चर्चिल वार रुम, घोस्टसाईन र सेन्ट जेम्स पार्क पर्दछन् । बेईजिङ, चीन समाजवादी व्यवस्था भएको चिनमा दुई सय वर्ष पुरानो कुब्ला खाँले तयार पारेको कला कौशलदेखि आधुनिक चीनका निर्माता माओत्सेतुङका निर्माणहरु देख्न सकिन्छ । इतिहासको सम्पत्तिका रुपमा हल अफ प्रिजर्भिङ हार्माेनी, समर प्यालेस, फरबिडन सिटी हेर्न पाईन्छ । त्यस्तै, आधुनिक चीनका अभियन्ता माओत्सेतुङको सम्झानामा माओ मेमोरियल हल, तियामेन स्क्वायर, डर्ट मार्केट र सिल्क मार्केट पनि उत्कृष्ठ नमूना हुन् । छुटाउनै नहुने १० गन्तब्यहरुमा क्रमशः ग्रेट वाल एट द म्युटिन्यु, ग्रेट वाल एट द हुयङहुचेङ, द ग्रेट वाल अफ जियन्कोउ–द ग्रेट वाल अल्टरनेटिभ, समर प्यालेस, जिङसान पार्क, गोल्डेन मास्क डाईनास्टी शो, हल अफ ग्रेट हार्माेनी, टेम्फ अफ हेभन, चाओयाङ थियटर शो र जुयोङ पास अफ ग्रेट वाल हुन् । प्राग्यु, चेक रिपब्लिक समुद्रको किनारलाई समेटेर रचिएका पौराणिक कथाहरुकै कारण पनि चेकरिपब्लीकको प्राग्यु शहर प्रसिद्ध छ । त्यसमा पनि आधुनिकता मिसिएको जिवन शैलीमा ऐतिहासिकताको रंग थपेर समुद्री किनाराको बसाईले जो कोहीलाई स्वर्गको अनुभुति दिलाउँछ । त्यसैले पनि यो शहर उत्कृष्ठ गन्तब्यहरुको पाँचौ नम्बरमा अटाउन सफल भएको हो । यहाँको भ्रमण गर्नेहरुले छुटाउने नहुने १० स्थानहरुमा वल्र्ड टाउन अर्थात स्टेर मेस्टो, द स्ल्याभ इपिक, प्राग्यु जु, वल्र्ड टाउन स्क्वायर, सेन्ट भिटस क्याथेड्रल, लेजर क्वाटर, सेन्ट साईरिल एण्ड सेन्ट मेथोडियुस क्यउाथेड्रल, भिसेराड नेशनल कल्चरल मोन्युमेन्ट, चाल्र्स ब्रिज र क्यास्टल डिस्ट्रक रहेका छन् ।
अझ कमजोर बन्दै सार्क
विकास न्युज/काठमाडौं ११ मंसिर । क्षेत्रीय विकास, सद्भाव र सम्बृद्धि लागि सामुहिक प्रयास गर्ने उद्देश्यले स्थापना भएको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) गतिहिन अवस्थामा पुगेको छ । सार्कका दुई ठुला सदस्य राष्ट्र भारत र पाकिस्तानविचको तिक्ततापूर्ण सम्बन्धले सार्कको औचित्यमाथि नै प्रश्न उठाएको छ । काठमाडौंमा जारी १८ औं सार्क शिखर सम्मेलनमा रेलमार्ग, मोटरमार्ग र उर्जा ब्यापार सम्बन्धि सम्झौता गर्ने तयारी गरिएको थियो । तर उर्जा ब्यापार बाहेकका प्रश्तावमा पाकिस्तानले असहमति जनाएपछि तीन ओटै विषयमा सहमति हुने सम्भावना लगभग टरेको अधिकारीहरुले बताएका छन् । १८ औं सार्क शिखर सम्मेलनको घोषणापत्रको मस्यौदालाई विहिवार अपरान्ह धुलिखेल रिट्रिटमा अन्तिम रुप दिने भनिएको छ । आज धुलिखेलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफविच कुराकानी हुन सक्यो भने थाती रहन लागेका तीनवटै विषयमा केहि प्रगति हुन सक्नेछ । काभ्रेको धुलिखेलमा पनि मोदी र सरिफविच कुराकानी हुन सकेन भने १८ औं सार्क शिखर सम्मेलन उनीहरुको एकआपसमा तिक्ततापूर्ण प्रतिक्रिया वाहेक सम्झन लायक अन्य कुनै विषय हुने छैन । भारत–पाकिस्तान सम्बन्धकै कारण सार्क केहि पनि गर्न नसक्ने गरी थला परेको अर्थशास्त्री प्रा.डा. मदन कुमार दाहालको भनाइ छ । श्रीलंका सरकारको आर्थिक सल्लाहकार तथा संयुक्त राष्ट्र संघको विभिन्न अनुसन्धान कार्यमा संलग्न दाहाल सार्क अहिले सास फेर्न सक्ने तर हलचल गर्न नसक्ने अवस्थामा पुगेको बताउछन् । ‘सार्क मरिसकेको छैन, तर हलचल गर्न सक्ने अवस्थामा पनि छैन,’ दाहालले भने–भारत– पाकिस्तान चिसो झन बढेको सार्क सम्मेलन स्थलमै प्रष्ट देखियो । यी दुई देशविचको तनावपूर्ण सम्बन्धले १८ औं सार्क सम्मेलन ‘रमाइलो गर्ने ठाउ’ जस्तै भएको उनको भनाइ छ । सार्कमा निकै राम्रा र अत्यावश्यक प्रश्तावहरु पारित भएपनि कार्यान्वयन हुनै नसकेको उनको भनाइ छ । ‘यो सम्मेलन मात्रै होइन, यसअघिका सवै सम्मेलनमा निकै कर्णप्रिय प्रश्ताव पास भएका छन्’– दाहालले भने– कार्यान्वयनको अवस्था हेर्ने हो भने निकै दयनीय छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसचिव पुरुषोत्तम ओझा सार्क मुलकभित्र क्षेत्रीयभन्दा पनि द्धीपक्षीय सम्बन्धलाई बढी जोड दिएका कारण सार्क प्रभावकारी हुन नसकेको बताउछन् । ‘हामीले भारतसँग जुन सुविधा पाइरहेका छौं त्यो सार्क अन्तरगत नभै द्धिपक्षीय सम्बन्धले पाएको हो’– ओझाले भने– त्यहि सुविधा सार्क सदस्य राष्ट्रमा सवैले पाउने घोषणा भएको दशक वितिसकेको छ । उनले पनि भारत– पाकिस्तानविचको असहज सम्बन्धको कारण नै सार्क गतिशिल हुन नसकेको बताए । दक्षिण एशियाली क्षेत्रको सवैभन्दा ठूलो समस्या नै गरिबी, बेरोजगारी, पूर्वाधारको अभाव र आतंकवाद नै हो । यी विषयमा सार्क सदस्य राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सामुहिक प्रयासको प्रतिवद्धता पनि जनाएका छन् । तर कार्यान्वयनको लागि प्रभावकारी एकता देखिएको छैन । कस्तो छ त दक्षिण एशियाको अवस्था ? संयुक्त राष्ट्र संघले सन् २०१३ सम्मको तथ्यांकलाई आधार मानेर सार्वजनिक गरेको गरिबीको बहुआयामिक मापन अनुसार दक्षिण एशियाली देशका नागरिक गरिबी, अभाव र समस्याको चपेटामा भएको देखाएको छ । गरिबीको बहुआयामिक मापनमा स्वास्थको पहुच, विद्यालय जान लाग्ने समय र पठन पाठन गराउने भौतिक सुविधा र वातावरण, वासस्थानको अवस्था, आम्दानीको असमानताकोस्तर, जातिय, धार्मिक र लैैगिक आधारमा हुने विभेद, काम गर्नुपर्ने क्षेत्र र स्थानको सुरक्षाको अवस्था, शान्ति सुब्यवस्था जस्ता विषयलाई आधार मान्ने गरिन्छ ।
कार्यविधि नबन्दा दुई रंगको सिलिन्डर कार्यान्वयन अन्योलमा
१० मंसिर । नेपाल आयल निगमले कार्यविधिको टुंगो लगाउन नसक्दा दुई रंगको सिलिन्डर कार्यान्वयन अन्योलमा परेको छ । निगमले दुई रंगको सिलिन्डर प्रयोग र मूल्य समायोजनको विधि टुंग्याउन नसक्दा खाना पकाउने एलपी ग्यासमा भइरहेको भारी नोक्सानी घटाउने दीर्घकालीन योजनाका रूपमा अघि सारिएको कार्यक्रम अन्योलमा परेको हो । निगमले तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री शंकरप्रसाद कोइरालाको उपयस्थितिमा २०७० असार १ गते दुई रंगको सिलिन्डर सार्वजनिक गरेको थियो । निगमले घरायसी प्रयोजनका ग्यासमा उपभोक्ता कार्डमार्फत सिधै सहुलियत मूल्यमा ग्यास उपलब्ध गराउने र व्यावसायिक प्रयोजनका ग्यासमा भने परल मूल्य कायम गराउने कार्यबिधी तयार गरेको जनाएको छ । उता, बाणिज्य मन्त्रालयका प्रवक्ता दिपक सुवेदीले भने कार्यविधिको अन्तिम टुंगो लाग्न बाँकी नै रहेको बताए । ‘निगमले कार्यविधि टुंगो लगाएको छैन, त्यसैले यसको कार्यान्वयनमा केहि ढिलो हुने देखिन्छ,’ प्रवक्ता सुवेदीले भने । तर, निगम प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले भने कार्यविधि तयार भइसकेको दाबी गरे । ‘निगमले कार्यविधि तयार पारिसकेको छ, बोर्ड बैठकबाट पास गरे मन्त्रालयमा पठाउन मात्रै बाँकी छ ।’ उपभोक्ता कार्डमार्फत साविककै मूल्यमा सहुलियतको ग्यास उपभोक्तालाई उपलब्ध गराउने र व्यावसायिक प्रयोजनका ग्यासमा भने परल मूल्य कायम गर्ने तयारी निगमले थालेको थियो । दुई रंगको सिलिन्डर कार्यान्वयनमा आएपछि घरायसी उपभोक्ताले १४ सय ७० रुपैयाँमा ग्यास प्राप्त गर्नेछन् भने व्यावसायिक प्रयोजनका ग्यासमा भने परल मूल्य कायम हुनेछ । निगमले करिब चार लाख ग्यास कार्ड प्रमाणीकरण गरिसकेको जनाएको छ । नेपालमा ६० प्रतिशत ग्यास घरायसी प्रयोजन र ४० प्रतिशत व्यावसायिक प्रयोजनमा खपत हुँदै आएको छ । निगमले मासिक १४ झन्डै १४ लाख सिलिन्डर ग्यास खपत हुने गरेको बताउँदै आएको छ । ती मध्ये झन्डै पाँच लाख सिलिन्डर व्यावसायिक प्रयोजनमा रहेका छन् ।