कमोडिटी एक्सचेन्ज यो बर्ष पनि ‘अबैध’ रुपमै चल्ने

३ पुस । कमोडिटी एक्सचेन्जहरु चालु आर्थिक वर्ष भित्रमा पनि कानुनी दायरमा आउन नपाउने भएका छन् । कमोडिटीको नियमन र अनुगमनको जिम्मेवारी धितोपत्र वोर्डलाई दिने भनिएपनि यससम्बन्धि कानुन नभएको कारण यस्ता एक्सचेन्जहरु कानुनी दायरामा आउन नपाउने भएका हुन् । कमोडिटी एक्सचेन्ज संचालन सम्बन्धि ऐनको मस्यौदालाई धितोपत्र वोर्डले भर्खरै मात्र अन्तिम रुप दिएको छ । बोर्ड संचालक समितिले ऐनको मस्यौदालाई अन्तिम रुप दिदै अर्थमन्त्रालय पठाउने तयारी भएको प्रवक्ता निरज गिरीले जानकारी दिए । ‘वोर्डले मस्यौदालाई अन्तिम रुप दिइसकेको छ’– प्रवक्ता गिरीले भने– चाढै नै अर्थमन्त्रालय पठाउछौं । अर्थमन्त्रालयले आवश्यक संसोधन गरेर कानुन मन्त्रालयमा पठाउने, कानुनले आवश्यक अध्ययन र संसोधन गरेर मन्त्रीपरिषदमा पठाउने र मन्त्री परिषदले पनि अध्ययन गरेर आवश्यक संसोधन गर्दै संसदमा पठाउने प्रक्रिया भएको कारण चालु आर्थिक वर्षमा ऐन आउन सक्ने सम्भावना कम भएको हो । कमोडिटीको नियमन र अनुगमन गर्ने निकाय नहुदा उनीहरुको कारोवारको बैधानिकतामा प्रश्न उठ्ने गरेको छ । कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएका कमोडिटी एक्सचेन्जहरुले कुनै पनि निकायवाट कारोवारको अनुमति नलिइ कारोवार संचालन गरिरहेका छन् । कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएका कम्पनीले कारोवार सुरु गर्नको लागि नियामक निकायवाट अनिवार्य रुपमा स्वीकृति लिनु पर्ने हुन्छ । तर कमोडिटी एक्सचेन्जले कारोवारको स्वीकृति प्रदान गर्ने नियामक निकाय नै पाएका छैनन् ।

आनमा तिब्र प्रतिष्पर्धा, अध्यक्षका प्रत्यासी काँग्रेस, महासचिवका प्रत्यासी एमाले

२ पुस । नेपाल विज्ञापन संघ(आन)मा रबिन्द्र कुमार रिजाल र सन्तोष श्रेष्ठबिच तिब्र प्रतिष्पर्धा हुने देखिएको छ । श्रेष्ठका पक्षमा वर्तमान कार्यसमिती देखिएको छ भने रिजाललाई आनको नेतृत्वसँग असन्तुष्ठ तथा साना व्यवसायीहरुले साथ दिएका छन् । १५ औं बार्षिक साधारण सभाबाट आगामी दुई बर्षे कार्यकालको नेतृत्वका लागि अघि सरेका अध्यक्ष पदका दुबै प्रत्यासी काँग्रेस निकट मानिन्छन् । उता, महासचिवका दुबैं प्रत्यासी भने एमाले निकट हुन् । महासचिवमा उम्मेदवार बनेका रिजाल समुहका किरण गैरे र श्रेष्ठ प्यानलका नारायण कुमार श्रेष्ठ दुबै एमाले समर्थक हुन् । आनमा एमालेको मत खासै धेरै नभएकाले दुबै समुहमा उम्मेदवार बनेर आफ्नो प्रतिनिधित्व सुरक्षित गर्ने एमाले निकट व्यवसायीहरुको रणनीति देखिन्छ । यद्यपी आनको नयाँ नेतृत्वका लागि एमाले समर्थकहरुको मत नै निर्णायक देखिएको छ । ‘हाम्रो विचार समुहको कुल मत एक सय हो, फस्टम्यान लिडरशिपका लागि यो पर्याप्त छैन तर पनि यसपाली हामी नै निर्णायक मत हौं ।’ एमाले समर्थक एक मतदाताले भने । एमाले समर्थकहरुका लागि रिजाल भन्दा श्रेष्ठको नेतृत्व सहज हुने आकलन उनीहरुको छ । रिजाल काँग्रेस नेता दिपकुमार उपाध्यायका आफन्त समेत रहेको र उनी कट्टर काँग्रेस भएकाले काम गर्न असहज हुने निष्कर्ष एमाले समर्थकहरुको छ । उनीहरुले अध्यक्षमा सन्तोष श्रेष्ठ प्रति झुकाव राख्न सक्ने पुर्वानुमान गरिएको छ । यद्यपी रिजालका उम्मेदवार किरण गैरेलाई एमाले समर्थकहरुले अलि बढि रुचाउँछन् । त्यसैले पनि गैरेकै कारण रिजालको पल्ला भारी हुने सम्भावनालाई पनि नकार्न सकिन्न । दुबैं समुहले आ–आफुले जित्ने दावी गरेपनि व्यवसायी भने कतैतिर पनि खुलेका छैनन् । मंगलबार रिजाल समुहले बानेश्वरको बानेश्वर ब्याङक्वेटमा ककटेल पार्टीको आयोजना गरेको थियो । कार्यक्रममा झण्डै एक सय पचास मतदाताले सहभागीता जनाएको दावी रिजाल समुहको छ । उता, बुधबार श्रेष्ठ समुहले बानेश्वरकै अल्फाबिटा कम्प्लेक्समा आयोजना गरेको पार्टीमा पनि त्यतिकै संख्यामा मतदाताहरुको उपस्थिति देखिएको थियो ।‘एउटै मतदाता दुबै समुहको कार्यक्रममा देखिएका छन्, त्यसैले कसको पल्ला भारी हुन्छ भन्न सकिन्न ।’ एक व्यवसायीले भने । आनको पुस ३ र ४ गते राजधानीमा हुने १५ औं बार्षिक साधारण सभाले आगामी दुई बर्षे कार्यकालका लागि १२ सदस्यिय नयाँ कार्यसमिती चयन गर्नेछ । आनमा कुल २६३ जना मतदाता रहेका छन् । नेपालको विज्ञापन व्यवसायमा पाँच अर्बको लगानी रहेको अनुमान गरिएको छ ।  

बीमा कम्पनीले १९ हजार भन्दा बढीको दाबी तिर्न बाँकी (सुचीसहित)

२ पुस । बीमा कम्पनीहरुले १९ हजारभन्दा बढी बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको छ । चालु आर्थिक बर्षको असोज महिनासम्ममा सो परिमाणको दाबी भुक्तानी बाँकी रहेको हो । बीमा समितिका अनुसार गत असोज मसान्तसम्ममा जीबन बीमा कम्पनीहरुको २ हजार २ सय ८४ वटा दाबीको भुक्तानी गर्न बाँकी रहेको छ । जीबन बीमा कम्पनीले सो संख्याको दाबीवाट १८ करोड ८२ लाख रुपैयाँ तिर्न बाँकी छ । जीबन बीमा ब्यवसाय गर्ने राष्ट्रिय बीमा संस्थानको तथ्यांक प्राप्त नभएको समितिको भनाइ छ । निर्जीबन बीमा कम्पनीहरुले १६ हजार ९ सय ४८ वटा दाबीको भुक्तानी गर्न बाँकी रहेको छ । निर्जीबन बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी दाबी रकम उल्लेख गरिएको छैन । निर्जीबन बीमा ब्यवसाय गर्ने राष्ट्रिय बीमा कम्पनी र एनबी इन्स्योरेन्सको तथ्यांक प्राप्त भएको समितिले जानकारी दिएको छ । बीमा गरिएकोमा दाबी लाग्ने क्षति भएपछि बीमाकर्ताले दाबी गरेको १५ दिन भित्रमा सर्भेयरले प्राथमिक प्रतिवेदन बुझाउनु पर्ने कानुनी ब्यवस्था छ । यसरी सर्भेयरले प्रतिवेदन बुझाएको १५ दिन भित्रमा दाबी भुक्तानी गरिसक्नु पर्ने भएपनि दाबी भुक्तानीमा ढिलाई गर्ने गरेको बीमाकर्ताको दाबी छ । कुन कम्पनीले कति दाबी भुक्तानी गर्न बाँकी छ ? निर्जीबन बीमा कम्पनी तर्फ तिर्न बाँकी दाबी संख्या १६९४८ मुद्दा परेको दाबी संख्या ४४ नेपाल इन्स्योरेन्स कम्पनी तिर्न बाँकी दाबी संख्या १६६९ मुद्दा परेको दाबी संख्या १० दि ओरेन्टल इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या ८१५ मुद्दा परेको दाबी संख्या ९ नेशनल इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या १०४३ हिमालयन जनरल तिर्न बाँकी दाबी संख्या १८८४ युनाइटेड इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या ९१० मुद्दा परेको दाबी संख्या ९ प्रिमियर इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या ८४८ नेको इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या ७३९ मुद्दा परेको दाबी संख्या ३ सगरमाथा इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या २१५५ मुद्दा परेको दाबी संख्या ७ एलाइन्स इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या ४७९ प्रुडेन्सियल इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या १०५९ शिखर इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या १८२२ लुम्बिनी जनरल इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या १६६३ एनएलजी इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या ९८८ मुद्दा परेको दाबी संख्या ६ सिद्धार्थ इन्स्योरेन्स तिर्न बाँकी दाबी संख्या ८७४ जीबन बीमा तर्फ कूल तिर्न बाँकी दाबी संख्या २२८४ नेसनल लाइफ तिर्न बाँकी दाबी संख्या १६३२ नेपाल लाइफ तिर्न बाँकी दाबी संख्या ६० मेट लाइफ (एलिको) तिर्न बाँकी दाबी संख्या ४३७ एशियन लाइफ तिर्न बाँकी दाबी संख्या ४६ सूर्या लाइफ तिर्न बाँकी दाबी संख्या १० गुराँस लाइफ तिर्न बाँकी दाबी संख्या ६५ प्राइम लाइफ तिर्न बाँकी दाबी संख्या ३४