‘दशैंको बेला सस्तो मेला ’ नाराका साथ भृकुटीमण्डपमा असोज २ गतेबाट स्टक क्लियरेन्स मेला

काठमाडौं । दशैंको अवसर पारेर असोजको पहिलो साता राजधानीको भृकुटीमण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुने भएको छ । असोज २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने मेलाको तयारी पुरा भएको आयोजक संस्था इभेण्ट सोलुसन प्रा.लिले जनाएको छ । चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना हुन लागेको हो । अधिक रुचाइएको यो मेला वर्षेनी आयोजना हुँदै आएको छ । यस पटक पनि मेलालाई निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ स्टक क्लियरेन्स मेला ५ दिनसम्म चल्नेछ । एक्स्पोमा दशैंका लागि आबश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए । एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ । यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ । ‘अफरै अफरको ब्यापारिक मेला शपिगं गर्ने यहि हो बेला भन्ने अर्को नारासहित सञ्चालन हुने मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ । जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने छन् ।’ इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले भने । दशैंका लागि आवश्यक सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु सञ्चालन गरिनेछ । छाला जुत्ता तथा वस्तुहरुको मेलामा विशेष सहभागिता रहनेछ । एक्सपोको प्रवद्र्धन नेपाल नेपाल चेम्बर अफ कमर्शले गर्नेछ । स्टक क्लियरेन्स मेलासँगै अलग्गै प्रदर्शनीस्थलमा नेपालमा उत्पादित धागो तथा कपडाको एक्स्पो पनि सञ्चालन हुनेछ । नेपाल यार्न एण्ड टेक्सटायल एक्स्पो २०१९ लाई नेपाल धागो उत्पादक संघले आयोजना गरेको हो । यो मेलाको व्यवस्थापन पनि इभेण्ट सोलुसन प्रालिले गर्नेछ । मेलाको सबै तयारी पुरा भएको छ । मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने र बिक्रेताहरुको पनि राम्रो जमघट हुने विश्वास इभेण्ट सोलुसनले लिएको छ । ‘दशैंको सपिंग गर्न उपभोक्ताहरु बजारमा धेरै भौतारिनु पर्ने अवस्था नहोस् भन्न एउटै छानामूनी क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं ।’ इभेण्ट सोलुसन प्रालिका अध्यक्ष सुनिल भण्डारीले बताए । ६० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफुलाई आवश्यक वस्तु खरिद गर्ने आँकलन इभेण्ट सोलुसनको छ । वर्षेनी आयोजना हुँदै आएको एक्स्पोको यो संस्करणबाट व्यवसायी तथा उपभोक्ता दुवै लाभान्वित हुने विश्वास लिइएको छ । एक्सपोको प्रवद्र्धन नेपाल नेपाल चेम्बर अफ कमर्शले गर्नेछ । त्यस्तै ललिपुर चेम्बर अफ कर्मश र भक्तपुर चेम्बर अफ कमर्शले पनि एक्स्पोको प्रवद्धन गर्नेछन् ।

गोदरेजले ल्यायाे “फ्रि कपल ट्रिप टु बाली” अफर

काठमाडौं । गोदरेज अप्लाएन्सेस्ले चाडपर्वहरुको अवसरमा ग्राहकहरु माझ “फ्रि कपल ट्रिप टु बाली” अफर ल्याएको छ । यो योजना अन्र्तगत गोदरेजले ग्राहकवर्गहरुमा आश्चर्य र खुशीको बहार ल्याएको हो । यस याेजना अन्तर्गत गोदरेजका उत्पादनहरु खरिद गर्दा ग्राहकहरुले नगद छुटका साथै लक्की ड्र मार्फत इन्डोनेसियाको बाली जाने अवसर प्राप्त गर्न सक्नेछन् । लक्की ड्रमा भाग लिनको लागि सामान खरिद गरेपछि गोदरेज(स्पेस) कस्टुमर नेम (स्पेस) मोडेल नम्बर (स्पेस) सिरियल नम्बर (स्पेस) एड्रेस टाइप गरी पठाउन सकिनेछ । यस योजना अन्तर्गत रेफ्रिजिरेटर, चेष्ट फ्रिजर, वासिङ्ग मेसिन र माइक्रोवेभ ओभनको खरिद गरी लक्की ड्र मार्फत बाली जाने अवशर प्राप्त गर्न सकिने साथै ए.सी.को खरिदमा फ्रि जडान गरिनेछ । यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र २० गते देखि सिमित अवधिको लागि मात्र लागू हुनेछ । यो योजना नेपाल अधिराज्यभरमा रहेको सि.जी. डिजिटल आउट्लेटहरुमा उपलव्ध छ ।

टिसिएलले ल्यायाे “बडा अफर थाइल्यान्डको सफर” योजना

काठमाडौं । विश्वको टप २ टिभि ब्राण्ड टिसिएलले चाडपर्वलाई लक्षित गरी “बडा अफर थाइल्यान्डको सफर” योजना ल्याएको छ । यस योजनामा टिसिएल ब्राण्डका उत्पादनहरु जस्तै एलइडि टिभि, चेष्ट फ्रिजर, एअर कन्डिस्नर, वाटर डिस्पेन्सर र वासिङ्ग मेसिनको खरिदमा नगद छुटका साथ भाग्यशाली ग्राहकहरुले लक्की ड्र मार्फत थाइल्याण्ड प्याकेज जित्ने सुर्वण अवसर प्राप्त गर्नेछन् । यो ग्राहक योजना नेपाल अधिराज्यभर भाद्र १९ देखि सिमित अवधिको लागि मात्र लागु हुनेछ । यो योजना नेपाल अधिराज्यभरमा रहेको टिसिएल. आउट्लेटहरुमा उपलव्ध छ । चाडपर्वलाई अझ भव्य रुपमा मनाउनको लागि टिसिएलले यो योजना बजारमा ल्याएको हो ।