विकासन्युज

नेपाली बजारमा सुजुकी एक्सेस १२५ भित्रियो, मूल्य १ लाख ८९ हजार

काठमाडौं, १५ भदौ । विशाल गु्रप अन्तर्गत भी.जी. अटोमोबाइल्सले भृकुटीमण्डपमा भइरहेको नाडा अटो शोबाट सुजुकी एक्सेस १२५ स्कूटर नेपाली बजारमा ल्याएको छ । भी.जी. अटोमोबाइल्सका मार्केटिङ्ग प्रबन्धक समित सिंहले भने, “सुजुकी एक्सेस १२५ ग्राहकको उत्कृष्ट छनोट हुनेछ । उत्कृष्ट बनावट, प्रविधि र अनुभवले सुजुकी एक्सेस १२५ नेपालको उत्कृष्ट बन्नेछ ।” सुजुकी एक्सेस १२५ संशोधित भई नयाँ बनावटमा आएको छ । हेड ल्याम्पमा थ्रिडी लोगो रहेको सुजुकी एक्सेस को अगाडि १२ इन्चको टायर, एलइडी टेल ल्याम्प जस्ता विशेषताहरु थप गरिएको छ । नयाँ सुजुकी एक्सेस १२५ १८७० मिलिमिटर लम्बाई, ६५५ मिलिमिटर चौडाई, ११६० मिलिमिटर उचाईको छ भने यसको तौल १०२ के.जी. रहेको कम्पनीले जनाएको छ । थप एक्सेसमा फराकिलो सिट र इजी स्टार्ट सिस्टमजस्ता अन्य विशेषताहरु पनि रहेका छन् । सुजुकी एक्सेसले कम इन्धन खपत गर्नुका साथै यसको ६४ कि.लि माइलेज रहेको छ । हाल स्कूटर ४ विभिन्न रङ्गहरुमा उपलब्ध छन् । कम्पनीका अनुसार बजारमा यसको मूल्य एक लाख ९ सय रुपैयाँ रहेको छ ।

महिन्द्रा टू व्हीलर्सद्धारा महिन्द्रा मोजो नेपाली बजारमा सार्वजनिक

काठमाडौं, १५ भदौ । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा टू व्हीलर्सले नयाँ बाइक महिन्द्रा मोजो नेपाली बजारमा सार्वजनिक गरेको छ । काठमाडौंमा जारी नाडा अटो सोमा उक्त मोटर साईकल सार्वजनिक गरेको हो । उक्त बाईक सार्वजनिक गर्न महिन्द्रा टू व्हीलर्सका सिनियर भाइस–प्रेसिडेन्ट (आर एण्ड डी) पी.एस. अशोक र एमटिडब्लुएलका प्रमुख कार्यकारी अध्यक्ष सहायल भारतको पुणेबाट बाईकमा नै आएका थिए । मोजोको दमदार पावर प्रमाणित गर्न उनीहरु पुणेदेखि काठमाडौंसम्म करिब २ हजार ८८ किलोमिटर लामो दूरी बाइकमा यात्रा गरेका हुन् । एमटिडब्लुएलका प्रमुख कार्यकारी अध्यक्ष सहायलका अनुसार मोजो महिन्द्रको फ्ल्याग्शिप मोडल हो । यो बाईक भारतमा लोकप्रिय हुँदै आएको छ । अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले महिन्द्रा टू व्हीलर्सको तर्फबाट आएको सबैभन्दा उत्साहजनक प्रोडक्टहरु मध्ये एक मोजो मोटर साइकललाई नेपालमा ल्याउन पाएकोमा खुशी व्यक्त गरे । मोजोेमा लो–फ्रिक्सन पिस्टन तथा रिङ्ग भएको स्टेट–अफ–आर्ट डिओएचस इन्जिनछ । एडभान्स्ड् इएफआइ, इरिडियम स्पार्क प्लग, रेजोनेटर–फिटेड इन्टेक सिस्टम तथा ट्वीन एक्जहस्ट् यसका विशेषता हुन् । मोजोमा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको कम्पनीले जनाएको छ । ३२० एमएमको रेडियल्ली–माउन्टेड फ्रन्ट डिस्क ब्रेक तथा पिरेली डिएब्लो रोस्सो टू टायर पनि रहेको छ । बाइकमा २१ लिटरको इन्धन क्षमता भएको फ्युल ट्यांक छ । सबैभन्दा बढी इन्धन क्षमताको ट्याङ्की भएकोले लामो दूरी तय गर्नको लागि सजिलो हुने कम्पनीले जनाएको छ ।

२७ वर्षदेखि सुरक्षित यात्रा प्रदान गर्दै पर्यटक सवारी, करिब १२ सय पर्यटक सवारी

काठमाडौं १५, भदौ । नेपालम पर्यटक सवारी (हरिया प्लेट)को सुरुवात भएको २७ वर्ष भैसकेको छ । सन् १९९० बाट सुरु भएको पर्यटक सवारीले हालसम्म सुरक्षित यात्रा प्रदान गर्न सफल भएको पर्यटक वस व्यवसायी संघले जानकारी दिएको छ । संघका अध्यक्ष श्रीकान्त आचार्यका अनुसार नेपालमा छिटफूट सवारी दुर्घटनामा पर्यटक सवारी पनि पर्नु सामान्य विषय हो तर, कुनै ठूलो मानवीय क्षति हुनेगरी पर्यटक सवारी दुर्घटना भएका छैनन् । पछिल्लो समय नेपालमा सडक जति धेरै बढ्दै गएको छ सवारी साधानको जोखिम पनि त्यति नै बढिरहेको देखिएको छ । विगत एक दशकको तथ्यांक हेर्ने हो भने पनि नेपालमा ४३ हजार सात सय वटा सवारी दुर्घटना भैसकेका छन् । नेपालमा हालसम्म २४ लाख सवारीसाधान भित्रिएका छन् । यस मध्ये दैनिक ६ लाख सवारीसाधान काठमाडौं उपत्यकामा नै दौडने गरेका छन् । सवारी साधान धेरै र सडकमा चाप बढी हुन थालेका कारण दुर्घटनाको दर पनि बढ्दै गएको छ । पछिल्ला समय सडक र सवारीको नियम पालना नगर्ने र चालकको लापर्वाहिका कारण पनि सवारी दुर्घटना आकासिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । सवारी साधान असुरक्षित भएको होइन, चालककै कारण असुरक्षित हुने गरेको पनि प्रहरीको भनाइ छ । नेपालमा संख्यामा थोरै भएपनि लामो छोटो दुरी सबैक्षेत्र दैडने गरेको सडकमै दौडने पर्यटक सवारी भने निकै सुरक्षित देखिएको छ । सार्वजनिक सवारी साधानको तुलनामा कम दुर्घटना भएको, यात्रुको विश्वसनियताको साधन बन्दै गएको र पर्यटक सवारी साधनले पनि यात्रु सेवालाई विषेश ध्यान दिएको व्यवसायीको भनाइ छ । ‘पर्यटक सवारीको निश्चित मापदण्ड हुने, गति सिमित राख्नुपर्ने, सवारीमा हुनसक्न कमी कमजोरीको मूल्यांकन गरेर सुधारको उपाय अबलम्बन गरिहाल्ने कारण पनि हामीले विश्वसनिय सेवा दिन सकिरहेका छौं’ आचार्यले भने । यात्रुको अधिकारलाई ध्यानमा दिने बानी सबैभन्दा राम्रो पक्ष हो । सुरक्षित यात्रा गर्न पाउने सबै यात्रुको अधिकार हो । हामीले समय समयमा दिने तालिम र हरेक सवारी साधनको कम्पनीसँग हुने टिमवर्क नै पर्यटक सवारीको सफलताको पाटो भएको दाबी आचार्यको छ । कति छन् पर्यटक सवारी नेपालमा हरियो नम्वर प्लेटका सवारी साधान संचालन गर्न रूटमा चल्ने ठूला र रूटमा नचल्ने साना हलुका सवारी गरी दुई प्रकारमा वर्गीकरण गरिएको छ । ट्राभल तथा टुर कम्पनीले प्रयोग गर्ने ठूला सवारी सडकको रूटमा पर्यटक बोकेर हुँइकिने गरेका छन् । साना सावारी भने विमानस्थलबाट पर्यटक ल्याउने, पुर्याउने र आवश्यक पर्दा रिजर्भमा जाने गरेका छन् । यस्ता सवारीमा कार, जिप र भ्यान छन् । साना सवारीका साधन नेपाल टुरिष्ट भेइकल एसोसिएशन (एनटीभीए) अन्र्तगत रहेका छन् । यी सवारी नेपालमा हाल एक हजारको संख्यामा रहेका छन् । काठमाडौंबाट चितवन, पोखरासहितका सडक रुपटमा गुड्ने ठूला पर्यटक सवारी करीब एक सय ५० वटा जति छन् । यी सवारी हरिया नम्बर प्लेटका हुन । विभिन्न ट्राभल एजेन्सीले पर्यटक बोक्न भित्र्याएका यस्ता सवारी साधन काठमाडौं भित्रबाट सेवा दिने र बाहिरबाटगरी एक सय ५० भन्दा बढी नभएको टुरिष्ट बस एसोसिएशनको भनाइ छ । सबै गरी पर्यटक सवारी करिब १२ सय वटा जति छन् । कहाँ दोडन्छ पर्यटक सवारी उपत्यकामा पर्यटकलाई विमानस्थल जाने ल्याउनेदेखि विभिन्न पर्यटकीय गन्तव्यमा जाने सवारी साधान कार, जिप र भ्यान हुन । यी सवारी साधार सडक रूटमा गुड्दैनन । सम्बन्धित कम्पनीले आफ्ना पर्यटकलाई विभिन्न आन्तरिक पर्यटकीय गन्तव्यमा लैजाने र ल्याउनेदेखि उपत्यकाभित्रै संचालन हुने गरेका छन् । अन्य ठूला पर्यटकीय सवारी साधान भने काठमाडौंबाट पोखरा, चितवन, विराटनगरहितका गन्तव्यमा संचलन हुने गरेका छन् । पोखराबाट पनि चितवन, काठमाडौं, लुम्बिनीसहितका गन्तव्यमा जाने गरेका छन् । व्यवसायीले पर्यटक सवारीलाई काठमाडौं दिल्ली र पोखरा दिल्ली पनि संचालन गरिरहेका छन् । यी ठूला यात्रुबाहक पर्यटक सवारीले आन्तरिक तथा वाह्य पर्यटकलाई सेवा दिने गरेका छन् । आधुनिक सेवा सुविधामा पर्यटक सवारी पर्यटक सवारी साधन संचालन गर्ने व्यवसायीको अनुसार नेपालमा पछिल्लो समय विभिन्न सेवा र सुविधामा पर्यटक सवारी नेपाल भित्रन थालेका छन् । अन्तर्राष्ट्रिय स्तरमा पर्यटक सवारीले दिने सेवा तथा सुविधालाई पर्यटक सवारीले नेपालमा पनि सुविधा दिन थालेका हुन । यस्ता पर्यटक सवारी एसी, वाईफाई, आरामदायी सिट, सवारी साधानभित्रै चिया कफिको सुविधासहतिका सेवामा संचालन हुन थालिसकेको व्यवसायीको भनाइ छ । नेपाल भित्रिएकै सवारी साधानले हरियो नंम्बर प्लेट लिएर सडकमा गुड्ने गरेका कारण पहिल्यै पर्यटक सवारी भनेर कुनै चर्चा हुने गरेको छैन । नेपालमा आएकै सवारी व्यवसायीले खरिद गर्ने र पर्यटन मन्त्रालयबाट आवश्यक मापदण्ड पु¥याएर हरियो नम्बर प्लेटको सुविधा लिने गरेका छन् । के छ पर्यटक सवारीमा सुविधा नेपालमा व्यवसायीक प्रवद्र्धन गर्न सरकारले हरियो नम्बर प्लेटको सवारी दर्ता गर्ने सुविधा दिएको हो । कुनै पनि ट्राभल कम्पनीले आफूले गर्ने वार्षिक कारोबार, व्यवसायको प्रकृति, पर्यटकीय सेवासहितको विवरण खुलाएर पर्यटन मन्त्रालय अन्तर्गनको पर्यटन विभागमा आवदेन दिएर मात्रै हरियो नम्बर प्लेट लिन सक्छन् । पर्यटन मन्त्रालयले सिफारिश गरेको आधारमा मात्रै व्यवसायीले निजी नम्बर प्लेटलाई हरियोमा परिवर्तन गर्न पाउने व्यवस्था छ । यस्ता सवारी उपत्यकाकै पर्यटकीय सेवा र सुविधामा प्रयोग हुने गरेका छन् । हरियो नम्बरको सवारी साधानलाई आयात गर्दा भन्सार छुट, सडकमा गुड्न पर्यटक बोक्ने भएकै कारण प्राथमितासहितको सेवा र सुविधा हुने गरेको छ ।

एलआईसी नेपालको ‘जीवन श्री’ योजना बजारमा

काठमाडौं, १५ भदौ । एलआईसी नेपालले ‘जीवन श्री’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । “तपाई… खुसीको खाता खोल्नुहोस्” भन्ने सन्देशका साथ कम्पनीले न्युनतम् ७ वर्षदेखि ५० वर्ष उमेरसम्मका ग्राहकहरुलाई लक्षित गरी सो योजना ल्याएको हो । बीमा अवधि १५ वर्ष र न्युनतम बीमाङ्क रकम ५ लाख रुपैयाँ रहने यस बीमा योजनामा विमितलाई पहिलो ५ वर्षका लागि ६५ हजार प्रति वर्ष सुनिश्चित लाभ बोनसको रुपमा प्रदान गर्ने कम्पनीले जनाएको छ । यस योजनामा विमितले वीमाशुल्क ५ वर्षमा तिरेर १५ वर्षसम्म दुर्घटना लाभसहितको जीवन बीमा सुविधा लिन सक्नेछन् । सो योजनामा बीमाशुल्क अत्यन्त न्युन तर प्रतिफल उच्च रहेको छ । २ वर्षको बीमाशुल्क भुक्तानीपश्चात् विमितले कम्पनीबाट कर्जा तथा बीमा सुविधासमेत लिन सक्नेछन् । कम्पनीका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले विमितले वित्तीय अनिश्चितताको समयमा आफ्नो लगानीबाट जीवन बीमासहित सुनिश्चित प्रतिफल ‘जीवन श्री’ योजनाले मानसिक शान्ति प्रदान गर्ने बताएका छन् ।

युनाइटेडको २० प्रतिशत बोनस सेयर

काठमाडौं, १५ भदौ । युनाइटेड फाइनान्स कम्पनीले २० प्रतिशत बोनस सेयर प्रदान गर्ने भएको छ । कम्पनीको १४ भदौमा बसेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । संचालक समितिले गरेको यस्तो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र बार्षिक साधारणसभा पारित गरेपछि कार्यान्वयन हुनेछ । कम्पनीले २० प्रतिशत बोनस सेयर दिन लागेको जानकारी नेपाल स्टक एक्सचेन्जलाई दिइसकेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंकले ११ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, १५ भदौ । सप्तकोशी डेभलपमेन्ट बैंकले ११ प्रतिशत बोनस सेयर दिने भएको छ । गत १३ भदौमा बसेको बैंक संचालक समितिले यस्तो निर्णय गरेको हो । बैंकले गरेको सो निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ । बैंकले ११ प्रतिशत बोनस सेयर प्रदान गर्न लागेको जानकारी नेपाल स्टक एक्सचेन्जलाई दिइसकेको छ ।

गत वर्ष मात्रै २१०५ करोड रुपैयाँ फेस भ्यालूको बोनस सेयर, यस वर्ष कति आउला ?

काठमाडौं, १५ भदौ । गत आर्थिक बर्षमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत १३४ कम्पनीले २१ अर्ब रुपैयाँभन्दा बढी फेस भ्यालूको बोनस सेयर प्रदान गरेका छन् । कम्पनीहरुले आफूसँग भएको बाढ्न योग्य रिजर्भ र नाफावाट बोनस सेयर प्रदान गरेका हुन् । नेपाल राष्ट्र बैंकले गत आर्थिक बर्षको मौद्रिक नीति मार्फत बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पूजी कम्तिमा पनि ४ गुणाले बढाउने नीति अख्तियार गरेको छ । यस्तै प्रस्तावित बीमा ऐनले पनि जीबन र निर्जिबन दुबै प्रकारका बीमा कम्पनीहरुको चुक्ता पूजी अहिलेको भन्दा ठूलो परिमाणमा बढाउन प्रस्ताव गरेको छ । सोही कारण बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले बोनस सेयर प्रदान गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेका हुन् । पूजी बजारको नियामक निकाय धितोपत्र वोर्डले दिएको जानकारी अनुसार गत आर्थिक बर्षमा १३४ कम्पनीको २१ अर्ब ५ करोड ६१ लाख २ हजार रुपैयाँ बराबरका बोनस सेयर प्रदान गर्न अनुमति दिएको छ । यसमध्ये सेन्चुर कमर्शिलय बैंकको १२ करोड रुपैयाँको, समिट माइक्रो फाइनान्सको ७२ लाख ८० हजार रुपैयाँको, ओरियन्टल होटलको ५ करोड रुपैयाँको, जेविल्स फाइनान्सको २ करोड रुपैयाँको, साल्ट ट्रेडिङ्ग कर्पाेरेसनको ६५ लाखको र टुरिजम डेभलपमेन्ट बैंकको ३ करोड ८४ लाख रुपैयाँको बोनस सेयरले स्वीकृति पाएको छ । बोर्डले दिएको जानकारी अनुसार प्रोफेसनल दियालो विकास बैंकको २ करोड रुपैयाँको, पाथिभरा विकास बैंकको २ करोड ६४ लाख ५० हजार रुपैयाँको, सहयोगी विकास बैंकको ३ करोड ७१ लाख ४९ हजार रुपैयाँको र कृषि विकास बैंकको २३ करोड १० लाख रुपैयाँ बराबरको बोनस सेयर पनि स्वीकृत भएको छ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोड ५१ लाख ८२ हजार, काबेली विकास बैंकको ६८ लाख ८० हजार, मल्टिपर्पाे फाइनान्सको ३७ लाख ५० हजार, एशियन लाइफ इन्स्योरेन्सको १४ करोड ८५ लाख ६९ हजार, एनसीसी बैंकको ५५ करोड ८६ लाख र ज्योति विकास बैंकको ५ करोड ५४ लाख २६ हजार रुपैयाँ बराबरको बोनस सेयर स्वीकृत भएको छ । यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ६५ करोड २ लाख ५० हजारको, निर्धन उत्थान बैंकको ९ करोड ५९ लाख ८८ हजारको, एस डेभलपमेन्ट बैंकको ५ करोड ७९ लाख १७ हजार रुपैयाँको, अरनिको डेभलमपेन्ट बैंकको १ करोड ११ लाख ६१ हजारको, सिद्धार्थ इन्स्योरेन्सको २ करोड ५० लाख ८० हजारको, कन्ट्री डेभलपमेन्ट बैंकको १ करोड २८ लाखको, झिम्रुक विकास बैंकको ८५ लाखको र हाम्रो विकास बैंकको ४२ लाख ७ हजार रुपैयाँ बराबरको बोनस स्वीकृत भएको हो । यस्तै तिनाहू विकास बैंकको ३ करोड ३३ लाख २७ हजारको, इन्टरनेसनल डेभलमेन्ट बैंकको ६ करोड ४० लाखको, प्रिमियर इन्स्योरेन्स कम्पनीको ३ करोड ५३ लाख ७ हजारको, वेस्टर्न डेभलमपेन्ट बैंकको २ करोड १८ लाखको, पूर्णिमा विकास बैंकको २ करोड ६१ लाख २५ हजारको, काक्रेविहार विकास बैंकको ३४ लाख ५० हजारको र सगरमाथा इन्स्योरेन्सको ४ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको बोनस स्वीकृति भएको वोर्डले जानकारी दिएको छ । यस्तै फस्ट माइक्रोफाइनान्सको ३ करोडको, सिटिजन्स बैंकको ५१ करोड ८ लाख ७२ हजारको, कास्की फाइनान्सको ४ करोड ८९ लाख ४७ हजारको, सिन्धु विकास बैंकको १ करोड ३४ लाख ३७ हजारको, नेको इन्स्योरेन्स कम्पनीको ३ करोड १७ लाख ७७ हजारको, नारायणी नेसनल फाइनान्सको १२ करोड २३ लाख ७४ हजारको, कसमस डेभलपमेन्ट बैंकको ६५ लाख ६२ हजारको, नेपाल इन्भेष्टमेन्ट बैंकको १ अर्ब ५७ करोड ७३ लाख ६७ हजारको र नविल बैंकको १ अर्ब ९ करोड ८९ लाख १५ हजार रुपैयाँको बोनस सेयर स्वीकृत भएको छ । निर्धन उत्थान बैंकको १६ करोड ३९ लाख ४० हजारको, कैलाश विकास बैंकको २१ करोड ४८ लाख ७७ हजारको, छिमेक लघुवित्त विकास बैंकको १७ करोड २ लाख १३ हजारको, युनिक फाइनान्सको १ करोड ५६ लाख १० हजारको, विजनेस युनिभर्सल डेभलपमेन्ट बैंकको १२ करोड १५ लाख ९ हजारको, प्यासिफिक डेभलपमेन्ट बैंकको २ करोड १० लाख ८१ हजारको, सानिमा बैंकको ५१ करोड ६ लाख २९ हजारको, एभरेष्ट फाइनान्सको १ करोड ६८ लाख ८८ हजारको र नेपाल बंगलादेश बैंकको ६० करोड ७८ लाख ४२ हजार रुपैयाँको बोनस बोर्डले स्वीकृत गरिसकेको छ । यस्तै स्वरोजगार लघुवित्त विकास बैंकको १ करोड ३६ लाख ८० हजारको, गुडविल फाइनान्सको ३ करोड ३० लाख ६५ हजारको, जानकी फाइनान्सको ६ करोड २१ लाख ५६ हजारको, ग्लोबल आइएमइ बैंकको १ अर्ब १५ करोड २६ लाख ६७ हजारको, कन्चन डेभलपमेन्ट बैंकको ३ करोड ३० लाख, एभरेष्ट बैंकको ६० करोड ५२ लाख १६ हजार, नेपाल एक्सप्रेस फाइनान्सको ३ करोड ४२ लाख ५३ हजारको, एनएलजी इन्स्योरेन्स कम्पनीको ६ करोड ८३ लाख १० हजारको, हिमालयन बैंकको १ अर्ब १६ करोड ६४ लाख ४५ हजारको र सहयोगी विकास बैंकको ५ करोड ६४ लाख १० हजार रुपैयाँको बोनस स्वीकृत भएको छ । गरिमा विकास बैंकको १४ करोड २२ लाख, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको ३ करोड ८३ लाख ४० हजारको, स्वाभलम्बन लघुवित्त विकास बैंकको ९ करोड २५ लाख ६७ हजारको, चिलिमे जलविद्युत कम्पनीको ४० करोड ८८ लाख ४४ हजारको, प्राइम कमर्शियल बैंकको ५६ करोड ५२ लाख ९ हजारको, एनआइसी एशिया बैंकको १ अर्ब ३ करोड ६७ लाख ३१ हजारको, मनास्लु विकास बैंकको २ करोड १८ लाख २९ हजारको, मन्जुश्री फाइनान्सको २ करोड ५६ लाख ५० हजारको, बागमति डेभलपमेन्ट बैंकको ७५ लाखको र महालक्ष्मी फाइनान्सको ६ करोड ३० लाख रुपैयाँको बोनस स्वीकृत भइसकेको हो । कामना विकास बैंकको ११ करोड ११ लाख ९५ हजारको, टुरिजम डेभलपमेन्ट बैंकको १० करोड ८५ लाख ४४ हजारको, सहारा विकास बैंकको ३६ लाखको, एस डेभलपमेन्ट बैंकको ११ करोड ५० लाख ९० हजारको, सिभिल बैंकको १९ करोड ४९ लाख २९ हजारको, माउन्ट मकालु डेभलपमेन्ट बैंकको ६० लाखको, पश्चिमान्चल डेभलपमेन्ट बैंकको ३ करोड ३६ लाख ७३ हजारको, डिप्रोक्स लघुवित्त विकास बैंकको ८ करोड ५९ लाख ७४ हजारको, सेवा विकास बैंकको ६ करोड ४९ लाख १५ हजारको र ओमी माइक्रोफाइनान्सको ६० लाखको वोनस स्वीकृत भएको छ । यस्तै सिद्धार्थ बैंकको ४० करोड ६२ लाख ३६ हजारको, प्रभु इन्स्योरेन्सको ३ करोड ५२ लाख ६२ हजारको, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २ करोड २८ लाख ८० हजारको, एनएमबी बैंकको ३३ करोड २३ लाख ६४ हजारको, पोखरा फाइनान्सको १६ करोड ३ लाख ९९ हजारको, इन्टरनेसनल डेभलपमेन्ट बैंकको ६ करोड ६८ लाख ८० हजारको, मिथिला लघुवित्त विकास बैंकको ५६ लाख ५८ हजारको, सोल्टी होटलको १० करोड ५३ लाख ८ हजारको, जेविल्स फाइनान्सको ३ करोेड ६८ लाख ५० हजारको र मितेरी डेभलपमेन्ट बैंकको ४ करोड ८७ लाख ५५ हजार रुपैयाँको बोनस स्वीकृत भएको छ । जेविल्स माइक्रो फाइनान्सको ६५ लाखको, नेको इन्स्योरेन्सको ४ करोड २२ लाख ६६ हजारको, मेगा बैंकको २६ करोड ९ लाख ६० हजारको, नेपाल एसविआइ बैंकको ८२ करोड ५५ लाख ४५ हजारको, युनाइटेड फाइनान्सको ६ करोड ४ लाख ३५ हजारको, समिट माइक्रो फाइनान्सको १ करोड ४७ लाख २० हजारको, सेन्चुरी कमर्शियल बैंकको १९ करोड ८ लाखको, एनसीसी बैंकको ३२ करोड ४५ लाख ७६ हजारको, नेरुडे लघुवित्त विकास बैंकको ५ करोड ५० लाखको र सनराइज बैंकको ५२ करोड ८९ लाख ६७ हजार रुपैयाँ बराबरको बोनस सेयर स्वीकृत भएको छ । यस्तै मेट्रो डेभलपमेन्ट बैंकको ३ करोड ५२ लाख ७७ हजारको, सानाकिसान विकास बैंकको ५ करोड ७६ लाख ७० हजारको, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको १ करोडको, एकता विकास बैंकको २ करोड ७७ लाख ४० हजारको, त्रिवेणी विकास बैंकको ७ करोड ९९ लाख २९ हजारको, ओरियन्टल होटलको १० करोड ९९ लाख ६२ हजारको, हामा मर्चेन्ट बैंकको २ करोड १० लाखको, सिद्धार्थ डेभलपमेन्ट बैंकको ७ करोड ९ लाख ५० हजारको, इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको ११ करोड ३३ लाख ७२ हजारको र कन्काइ विकास बैंकको २ करोड ५० लाखको बोनस स्वीकृत भएको बोर्डले जानकारी दिएको छ । मुक्तिनाथ विकास बैंकको १९ करोड ८४ लाख ७ हजारको, एनएमबी माइक्रो फाइनान्सको ६० लाखको, लुम्बिनी जनरल इन्स्योरेन्सको ३ करोड ८१ लाख २५ हजारको, शिखर इन्स्योरेन्स कम्पनीको १० करोड ११ लाख ७ हजारको, सिद्धार्थ इन्स्योरेन्सको ६ करोड ८९ लाख ७० हजारको, ज्योति विकास बैंकको ७ करोड ६२ लाख ५० हजारको, आरएमडिसीको ५ करोड ७२ लाखको, कुमारी बैंकको २६ करोड ७२ लाख ५ हजारको, वेस्टर्न डेभलपमेन्ट बैंकको २ करोड ६१ लाख ६० हजारको र प्रिमियर इन्स्योरेन्सको ८ करोड ६२ लाख ५० हजारको बोनस पनि स्वीकृत भइसकेको छ । नेपाल इन्स्योरेन्सको २ करोड ३८ लाख ५ हजारको, अरनिको डेभलपमेन्ट बैंकको २ करोड ३४ लाख ३९ हजारको, सेन्ट्रल फाइनान्सको ६ करोड १३ लाख ८० हजारको, देब विकास बैंकको ६ करोड २९ लाख ९३ हजारको, गण्डकी विकास बैंकको ८ करोड ९ लाख ६० हजारको, बैंक अफ काठमाण्डूको ५५ करोड १२ लाख ५५ हजारको, लुम्बिनी बैंकको ३० करोड १ लाख २५ हजारको, फेवा विकास बैंकको १७ करोड ८७ लाख ८४ हजारको, पूर्णिमा विकास बैंकको ३ करोड ८० लाख ८३ हजारको र सेती फाइनान्सको ७७ लाख ९२ हजार रुपैयाँको बोनस पनि स्वीकृत भएको छ । यस्तै विराटलक्ष्मी विकास बैंकको ८ करोड ५० लाख ७१ हजारको, सुभेक्षा विकास बैंकको २ करोड ६९ लाख ७० हजारको, एक्सल डेभलपमेन्ट बैंकको ५ करोड २६ लाख ५० हजारको, इन्नोभेटिभ डेभलपमेन्ट बैंकको ४ करोड ५ लाखको र लाइफ इन्स्योरेन्स कर्पाेरेसन नेपालको २१ करोड ३८ लाख ९० हजार रुपैया बराबरको बोनस सेयर स्वीकृत भएको बोर्डले जानकारी दिएको छ । सुचिकृत कम्पनीहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणले कम्पनीहरुको नाफा अघिल्लो बर्षभन्दा बढेको देखाएको छ । बैंक तथा वित्तीय संस्थाहरु र बीमा कम्पनीहरुलाई अझै पनि चुक्ता पूजी बृद्धिको दबाब छ । यसकारण यस बर्ष सुचिकृत कम्पनीहरुले प्रदान गर्ने बोनस सेयर अझ बढ्न सक्ने देखिएको छ ।

जलविद्युत, उद्योग, व्यापार, होटल र अन्य समूहका कम्पनीको हकप्रद र एफपीओ निश्काशनमा रोक, नयाँ नियम बन्दै

काठमडौं, १५ । जलविद्युत, होटल, उद्योग, व्यापार लगायत प्रत्यक्ष नियमनकारी निकाय नभएको कम्पनीहरुको हकप्रद तथा फरदर पब्लिक अफरिङ (एफपिओ) निश्काशन गर्न तत्कालका लागि नेपाल धितोपत्र बोर्डले रोक लगाएको छ । बोर्डले ‘जलविद्युत लगायत प्रत्यक्ष नियमनकारी निकाय नभएको कम्पनीहरुको हकप्रद तथा फरदर पब्लिक अफरिङ व्यवस्थित गर्न नीतिगत व्यवस्था गर्न लागिएको भन्दै नयाँ व्यवस्था लागू नभएसम्म ती क्षेत्रका कम्पनीले हकप्रद तथा एफपीओ मार्फत पुँजी वृद्धि गर्न रोक लगाएको हो । अहिलेसम्म त्यस्ता कम्पनीहरुको प्राथमिक निश्कासनमा नीतिगत व्यवस्था भएपनि हकप्रद र एफपिओमा कुनै मापदण्ड छैन । बोर्डले सोमबार विज्ञ सहित रहने गरी जलविद्युत लगायतका कम्पनीको हकप्रद तथा एफपिओ मार्फत पूँजी बृद्धि गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु सिफारिश गर्न समिति गठन गरेको छ । समितिलाई एक महिनाभित्र सिफारिस पेश गर्न समय तोकिएको छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को नियम ७ को उपनियम ६ मा बैंक, वित्तीय संस्था वा बीमा कम्पनी बाहेकका अन्य सार्वजनिक निष्काशन गर्ने संगठित संस्थाहरुले सार्वजनिक निष्काशन गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु उल्लेख छ । तर हकप्रद शेयर निष्काशन तथा फर्दर पब्लिक इस्यू सम्बन्धमा आवश्यक मापदण्ड भने उल्लेख छैन । त्यस्ता सूचिकृत संगठित संस्थाहरुले हकप्रद शेयर निष्काशन तथा फर्दर पव्लिक इस्यू मार्फत पूँजी बृद्धि गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु तयार गरी हकप्रद शेयर निष्काशन कार्यलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन नीतिगत व्यवस्था गर्न लागिएको पनि बोर्डले जनाएको छ । समितिले प्रत्यक्ष नियमनकारी निकाय नभएको सूचिकृत संगठित संस्थाहरुले हकप्रद शेयर निष्काशन तथा फर्दर पव्लिक इस्यू मार्फत पूँजी बृद्धि गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था सिफारिश गर्नेछ ।