पर्यटकीय सिजनमै टिम्सकार्ड विक्री बन्द गर्ने चेतावनी, टानका कम्तिमा २५ जनाको रोजगारी संकटमा
काठमाडौं । पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)ले तीन वर्षदेखि नेपाल पर्यटन बोर्डसँगको संयुक्त कोष तथा मजदुरको हकहितमा खर्च गर्ने रकम नपाएको भन्दै टिम्स कार्डको विक्री वितरण नै बन्द गर्ने चेतावनी दिएको छ । टानले विगत तीन वर्षदेखि पदयात्रा सूचना व्यवस्थापना प्रणाली (टिम्स) विक्री गरेवापतको कर्मचारी खर्चदेखि मजदुरको हकहितको क्षेत्रमा खर्चने रकमसमेत नपाएको बताएको छ । टानले टिम्स कार्डको वितरण र तथ्यांक अध्यावधिसहितको पर्यटकीय सेवामा क्रियाशील कर्मचारीलाई तलव भत्ता खुवाउन तथा कार्यालय संचालनका लगि ९६ लाख रुपैयाँ टानको आन्तरिक स्रोतबाट ऋण प्रदान गरेको पनि बताएको छ । विदेशी पर्यटक पदयात्रामा जादाँ पर्यटकीय सुरक्षाका लागि अनिवार्य रुपमा लागू गरिएको टिम्स विक्री गर्ने अधिकार नेपाल पर्यटन बोर्ड र टानलाई मात्रै रहेको छ । टानले समूहगत रुपमा जाने पर्यटको र बोर्डले एकल पत्रायादीको लागि टिम्सकार्ड विक्री तथा वितरण गर्ने गरेको छ । टानका महासचिव कर्ण लामाका अनुसार आगामी पर्यटकीय सिजन अक्टोवरको पहिलो साताबाट नै टिम्सको विक्री वितरण बन्द हुन सक्ने भएको छ । पर्यटन बोर्डल विगत तीन वर्षदेखि टिम्सको रकम थुप्राएर राखेको छ । टिम्स विक्रीबाट प्राप्त रकमध्ये बोर्डले ३०, टानले ३० बोर्ड र टानको संयुक्त कोषमा ३० प्रतिशत र मदुर कल्याणकारी कोषमा १० प्रतिशत रकम जम्मा गर्ने र तोकिएको मापदण्डभित्र रहेर खर्च गर्ने व्यवस्था छ । तर, टिम्सको कुल रकम सबै बोर्डमा नै रहेको र आवश्यक बाडाफाडा पनि नभएकोले टानले टिम्स विक्री नै बन्द गर्ने चेतावनी दिएको हो लामाका अनुसार टानले मात्रै विगत तीन वर्षको ३० प्रतिशतको खर्च गर्न पाउने रकम मात्रै करीब १२ करोड रुपैयाँ रहेको छ । टानले पाउनुपर्ने रकम औपचारीक रुपमा पाँच ६ पटक र अनौपचारिक रुपमा दर्जनौपटक आग्रह गर्न पनि बोर्डबाट रकम निकासा नभएको टानको भनाइ छ । टानका अनुसार बोर्डमा प्रतिनिधित्व गर्ने निजी क्षेत्रका पर्यटन व्यवसायीको पनि कुनै पहल नै नभएको देखिएको छ । आफैं व्यवसायी भएका र बोर्डमा प्रतिनिधत्वि गर्ने व्यत्तिले हालसम्म औपचारिक रुपमा समस्या समाधानको पहल नगरेको आरोप लगाएका छन् । बोर्डबाट पटक पटक पाएको आश्वासानले अब काम नगर्ने पनि लामाको बुझाई छ ।
कैदी बन्दीको दसैं खर्च तीन सय रूपैयाँ, तीन सय रूपैयाँले एक छाक पनि पेटभरी खान नपुग्ने भनाइ
काठमाडौं १५, असोज । नेपालीको महान पर्व बडादसैं नजिकिएसँगै बजारमा चहलपहल बढ्न थालेको छ। सर्वसाधारण क्षमताअनुसारको किनमेलमा व्यस्त छन्। परिवारसँगै मिठो मसिनो खाएर दसैं मनाउने तयारीमा छन्। तर जिल्ला कारागार सिन्धुलीका कैदी बन्दी भने कसैले दया देखाए दसैं मान्ने आसमा हुने गरेको समाचार शनिबारको नयाँ पत्रिका दैनिकमा छापिएको छ । दसैं मान्न सरकारले दिएको प्रतिकैदी तीन सय रूपैयाँले एक छाक पनि पेटभरी खान नपुग्ने भएपछि उनीहरू कसैले सहयोग गरे मिठो खाने र आपसमा दसैं मान्ने तरखरमा छन्।
दशैंमा इन्धन अभाव हुन नदिने, थप ६ हजार किलोलिटर आयात
काठमाडौं १५, असोज । नेपाल अयाल निगमले दशैंमा इन्धन अभाव हनु नदिन थप ६ हजार किलोलिटर इन्धन आयात गरेको छ । चाडपर्वको समयममा बजारमा इन्धन अभाग हुन सक्ने भन्दै निगमले आपूर्ति व्यवस्था सहज बनाउन नियमितभन्दा थप ६ हजार किलोलिटर पेट्रोलियम पदार्थ भित्राएको हो । निगमका प्रवक्ताा भानुभक्त खनालले चाडपर्वमा आपूर्ति व्यवस्था सहज पार्नका लागि भैरहवाको मुगलसरायनबाट मासिक ६ हजार किलोलिटर पेट्रोलियम पदार्थ आयत गरिरहेको बताए । त्यस्तै निगमले गोरखपुरबाट हवाई इन्धनसमेत ल्याउने तयारी गरिरहेको समाचार शनिबारको नागरिक दैनिकमा छापिएको छ ।
फेसबुकबाटै विवाहको प्रलोभन दिइ लाखौ ठगी, विदेशी युवकद्वारा नेपाली युवती ठगिए
काठमाडौं १५, असोज । फेसबुकमा चिनजान भएका विदेशी युवकसँग लाग्दा दर्जनौ नेपाली युवती ठगिएका छन्। एक अफ्रिकी युवकले विवाह गर्ने प्रलोभन देखाएर थुप्रै नेपाली युवती ठगी गरेको समाचार शनिबारको नयाँ पत्रिकामा छापिएको छ। फेसबुक पेजमा केन जोनसोन नाम गरेका युवकले ठगी गरेका हुन्। उनले विवाह गरेर युरोप लैजाने प्रलोभन देखाउँदै नेपाली युवतीसँग सम्बन्ध अघि बढाएका थिए। उनले सुरूमा नेपाली महिलालाई फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाउने, बिस्तारै प्रेमको नाटक गर्ने, विवाहको प्रस्ताव गर्ने र उपहार पठाउने प्रलोभन दिने गरेको पाइएको छ। उपहार पठाउने क्रममा भने त्यसवापतको कर शुल्क युवतीसँग मागेर उनले ठगी गर्दै आएका थिए।
चरिकोट अस्पतालमा बालकको मृत्युले घटना चर्कायो ,सहायक सिडिओ र डिएसपीलाई गृहमा हाजिर हुन निर्देशन
काठमाडौं १५, असोज । चरिकोट अस्पतालमा अढाई वर्षीय बालकको मृत्यूपछि स्वास्थ्यकर्मीहरुले माफी मागाएको घटनाले चर्को रुप लिएपछि दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरिक्षकलाई केन्द्रमा तानिएको छ । असोज ७ गते अस्पतालमा महादेव रिजालको मृत्यू भएपछि चिकित्सकले क्षेमायाचना गरेका थिए । उक्त दृश्य फेसबुकमा भाइरल भएपछि चिकित्सा क्षेत्रको आन्दोलनको दबाबमा सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेलाई गृह मन्त्रालय हाजिर हुन बोलाइएको छ । प्रहरी नायव उपरिक्षक रवीन कार्कीलाई पनि प्रधान कार्यालय हाजिर हुन भनिएको छ । स्वास्थ्यकर्मीहरुको विज्ञप्तिअनुसार बालकको मृत्यूपछि प्रशासन र प्रहरीकै रोहबरमा अमानवीय शैलीमा जबरजस्ती माफी माग्न लगाएर लज्जित बनाएको आरोप छ । सहायक प्रजिआ आले र प्रनाउ रवीन कार्कीले स्वास्थ्यकर्मीहरुले माफी मागेको बारे कुनै जानकारी नभएको बताउँदै आएका छन् । घटनापछि अस्पतालमा सुरक्षाकर्मी परिचालन गरेको तर कतिखेर कसको अगाडी माफी मागिएको थाहा नभएको प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीले बताए । ‘सहायक प्रजिअ र डिएसपीलाई बोलाइएको हो,’ शाहीले भने, ‘माफी मागिएको घटनामा सुरक्षाकर्मीबाहेक अरु कोही थिएन ।’ मृतकका हजुरबुबा इन्द्रबहादुर रिजालले अस्पताल प्रशासनको तर्फबाट राजीखुसी माफी मागिएको दाबी गरेका छन् । आगामी दिनमा अस्पतालमा लापरबाहीबाट कसैको मृत्यू नहोस् भन्ने हेतुले गल्ती स्वीकार गर्दै स्वास्थ्यकर्मीहरुले माफी मागिएको विषयमा राजनीतिकण भएकोमा मृतकका काका घनश्याम रिजालले दुस्ख व्यक्त गरे । कान्तिपुर दैनिकबाट ।
मेलम्चीको पानीको पाइप घरघररमा लैजानै अझै एक वर्ष, पानी आउने टुंगो छैन
काठमाडौं १५, असोज । मेलम्चीको पानी काठमाडौँ उपत्यकावासीको घरघरमा वितरण गर्ने पाइप लाइन बनाउने काम अबका एक वर्षमा मात्रै पूरा हुने भएको छ । पाइप लाइन निर्माणको काम २०७४ असोज महिनाभित्रै सक्ने योजना रहेको र मेलम्चीको पानी काठमाडौं आउनुअगावै पाइपलाइनको काम सकिने आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । उपआयोजना–२ अन्तर्गतको पाइपलाइन विस्तारको काम हालसम्म पहिलो चरणको वितरण सञ्जाल सुधारमा पाँच सय किमि। पाइपलाइन बिछ्याएको छ भने तीन सय किमि बिछ्याउन बाँकी छ । मेलम्चीको पानी वितरणका लागि आठ सय किमि। पाइपलाइन विस्तार गरिने छ । आयोजना निर्देशनालयका प्रवक्ता लीला ढकालले भने– ‘७० प्रतिशत काम सम्पन्न भइसकेको छ, २०७४ असोजभित्रै काम सम्पन्न गर्छौ, लक्ष्य अनुसार काम भएको छ ।’ निर्देशनालयका अनुसार मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई सोही स्थानमा प्रशोधन गरी उपत्यकाका विभिन्न स्थानमा वितरण गरिने छ । सुन्दरीजलबाट प्रमुख वितरण लाइन हुँदै चक्रपथका विभिन्न स्थानमा पानी ट्याङ्की निर्माणको काम अन्तिम अवस्थामा पुगेको छ । प्रवक्ता ढकालका अनुसार महाङ्कालचौर, बाँसबारी, महाराजगञ्ज, बालाजु र खुमलटारको पानीट्याङ्की निर्माणको काम करिब सकिएको छ । यी पाँचवटा ट्याङ्कीमा चार करोड लिटर पानी सङ्कलन हुनेछ । अन्य तीनवटा आरुबारी, कीर्तिपुर, टिग्नीको पानीट्याङ्की निर्माण भइरहेको छ । भक्तपुरको कटुञ्जेमा जग्गाको मुआब्जाको विवादले गर्दा ढिला भएको प्रवक्ता ढकालले जानकारी दिए । दसैँलगत्तै २४र२५ समूह बनाएर पाइपलाइनको काम आगामी वर्ष सक्ने गरी तीव्र बनाइने प्रवक्ता ढकालले बताए। थोक वितरण प्रणालीतर्फ सुन्दरीजलदेखि महाङ्काल चौरसम्म एक हजार चार सय मिलिमिटर ब्यासको ९.५ किमि। बिछ्याइएको छ । आयोजनाले ८३ हजार ५४९ वटा धारा जडान गर्नुपर्नेछ । हालसम्म झण्डै २५ हजार धारा जडान गरिसकिएको निर्देशनालयले जनाएको छ । गोरखापत्र दैनिकबाट।
वन्यजन्तु चोरीसिकार नियन्त्रणमा नेपाल प्रहरी विश्वमै उत्कृष्ट, अन्तराष्ट्रिय पुरस्कार पाउने
काठमाडौं १५, असोज । वन्यजन्तु चोरीसिकार नियन्त्रणमा योगदान पुर्याएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अन्तराष्ट्रिय पुरस्कार पाउने भएको छ । सन् २०१० देखि राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु ऐनअन्तर्गत रहेर नेपाल प्रहरीले गरेको योदानको कदर गर्दै ‘क्लार्क आर वभिन बाइल्डलाइफ ल इन्फोर्समेन्ट अवार्ड’ प्राप्त गरेको हो । विश्वभरबाट प्रचलित कानुनको पालना गर्दै प्रभावकारी काम गरेको भन्दै आगामी ३ अक्टोबरमा व्युरोलाई अवार्ड वितरण गर्न लागिएको छ । विश्वभरका प्रभावकारी काम गर्ने निकायहरुबीच प्रतिस्पर्धामा नेपालले गरेको काममा सफता हासिल गरेको भन्दै अवार्ड दिने निर्णय भएको अमेरिकाको वासिंगटन डीसीस्थित एनिमल वेलफियर इन्स्टिच्युटका अध्यक्ष काथ्यी लिसले इमेलमार्फत जानकारी दिएको समाचार शनिबारको राजधानी दैनिकमा छापिएको छ ।
बिहीबार सम्ममा ४ लाख भुकम्पपीडितको बैंक खातामा ५० हजार रुपैयाँ जम्मा
काठमाडौं, १४ असोज । सरकारले भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि ४ लाख ६ हजार ३ सय ९९ घरधनीको बैंक खातामा ५० हजार रुपैयाँ जम्मा गरिदिएको छ । बिहीबार सम्ममा सो रकम भुकम्प पीडितकोे खातामा जम्मा भएको प्राधिकरणले जनाएको छ ।अनुदान रकम लिन विभिन्न जिल्लाहरुका बैंकहरुमा भूकम्प पीडित घरधनीहरुको भीड लाग्ने गरेको जानकारी प्राप्त भएकोप्रति प्राधिकरणको ध्यानाकर्षण भएको छ । बैंकमा रहेको रकम आवश्यकता अनुसार घर बनाउने समयमा निर्माण सामग्रीहरु खरिदका लागि निकाल्न सकिन्छ । अनुदान रकम बैंकमा मौज्दात रहेको अवधिको बैंक तथा वित्तीय संस्थाहरुले व्याज उपलब्ध गराउने व्यवस्था रहेकाले हतारमा अनुदान रकम ननिकाल्न र घर पुनर्निर्माणको तयारी गरेर घर निर्माण गर्ने समयमा मात्र रकम निकाल्न राष्ट्रिय पुननिर्माण प्राधिकरणले जानकारी दिएको छ । पुननिर्माण प्राधिकरणका अनुसार घर पुनर्निर्माणका लागि प्राप्त अनुदान रकम अन्य क्षेत्रमा प्रयोग गरे कानूनी कारवाही हुने छ । अनुदान रकम घर पुनर्निर्माणमा बाहेक अन्यमा खर्च नगर्न प्राधिकरणले सुझाव दिएको छ । साथै, अनुदान सम्झौताका बेला गरिएको १५ बुँदे सम्झौताको परिपालन गर्न प्राधिकरणले जानकारी दिएको छ ।