स्कूलको चिठ्ठी पढेर महान् वैज्ञानिक थोमस किन रोए ?
काठमाडौं । विजुलीको बल्वका आविष्कारक तथा महान् वैज्ञानिक थोमस अल्वा एडिसनले भनेका छन् “हाम्रो सबैभन्दा ठूलो कमजोरी हो हार मान्नु । उनका अनुसार सफल हुने एकमात्र तरिका छ, त्यो हो ”एक पल्ट फेरि प्रयास गर्नु ।” यिनै महान् वैज्ञानिकको स्कूल जीवन, स्कूलले लेखेको चिठ्ठी र त्यसले थोमस र उनकी आमालाई रुवाएको विषय संसारभर निकै चर्चा हुने गरेको छ । थोमस अल्वा एडिसनको जन्म सन् १८४७ मा अमेरिकाको ओहायो शहरमा भएको थियो । उनलाई सानोमा सबैले मन्दबुद्धि भन्ने गर्दथे । शिक्षकले कक्षामा पढाउँदा उनी ध्यान दिँदैनथे र आप्mनै संसारमा हराइरहन्थे । एकदिनको कुरा हो उनी स्कुलबाट घर आए र आमालाई एउटा चिट्ठी दिँदै भने – ‘आमा, यो चिट्ठी टिचरले हजुरका लागि पठाउनुभएको हो । आमाले तुरुन्तै चिट्ठी पढिन् । चिट्ठी पढिसकेर उनी रुन थालिन् । आमा रोएको देखेर एडिसनले सोधे –‘आमा, चिट्ठीमा त्यस्तो के लेखेको छ ? हजुर त रुन पो थाल्नुभयो ।’ आमाले आँशु पुछ्दै भनिन्, ‘चिट्ठीमा लेखेको छ “तपाईंको छोरा अत्यन्तै बुद्धिमान् र प्रतिभाशाली छ । हाम्रो स्कुल तल्लो लेवलको हो र टिचरहरु पनि त्यति राम्रा छैनन् । त्यसैले हामी तपाईंको छोरालाई पढाउन सक्तैनौं । अब आफ्नो छोरालाई तपाईं आफैं पढाउनुस् ।” आफ्नो बयान सुनेर एडिसन धेरै खुशी भए । उनलाई आमाले घरमै पढाउन थालिन् । भनिन्छ नि, ‘हरेक सफल व्यक्तिको पछाडि एउटी महिलाको हात हुन्छ । एडिसनका लागि ती महिला अरु कोही होइन, उनैकी आमा थिइन् । धेरै वर्षपछि उनकी आमाको निधन भयो । त्यसवेला सम्ममा विभिन्न किसिमका आविष्कारहरु गरेर एडिसन प्रख्यात वैज्ञानिक बनिसकेका थिए । एकपल्ट उनले केही खोज्ने क्रममा घरमा भएको दराजको एउटा कुनामा त्यो पुरानो चिट्ठी भेटे र उत्साहित हुँदै पढ्न थाले । चिट्ठी पढिसकेपछि उनी धेरै वेर रोइरहे । शिक्षकले उनकी आमालाई लेखेको त्यो चिट्ठीमा त्यस्तो के लेखेको रहेछ र उनी रोएका रैछन् त ? त्यो चिट्ठीमा लेखिएको थियो –‘तपाईंको बच्चा मन्दबुद्धिको छ । उसलाई अबदेखि स्कुल नपठाउनुस् । ऊ हाम्रो स्कुलमा पढ्ने लायकको छैन । एडिसनले रुँदै आफ्नो डायरी निकाले र लेखे–‘एक महान् आमाले मन्दबुद्धि बच्चालाई शताब्दीकै महान् बैज्ञानिक बनाइ दिइन् ।’ त साथी, आमाले आफ्नो मनमा भरिदिएको आत्मविश्वासका कारण एडिसनलाई केही गरेर देखाउन सक्छु भन्ने अठोट जाग्यो । फलस्वरुप, हजारौं असफल प्रयोग पश्चात पनि हरेश नखाइकन बल्वको आविष्कार गरेर यो संसारलाई उज्यालो पार्ने काम गरे । त्यस बाहेक उनले टेलिग्राम, चलचित्र, माइक्रोफोन लगायत एकहजार भन्दा बढि आविष्कार गरे । सन् १९३१ म जब उनको मृत्यु भयो, सो दिन पूरै अमेरिका भरी उनको सम्मानमा बत्ती निभाइएको थियो ।
तीन वटा जहाज थन्किँदा श्री एयरलाइन्सलाई करोडौ घाटा, प्रक्रिया पूरा नगरे एक वर्षसम्म अनुमति दिँदैनौः उड्डयन प्राधिकरण
काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले पहिलोपटक नियमित उडानमा जाने गरी फिक्स विंग्स (पंखा जडित) तीन वटा जहाज ल्याएको छ । यसले पहिलो जहाज चैत ३० दोस्रो बैशाख १६ र तेस्रो जहाज गत शुक्रबार काठमाडौं ल्याइसकेको छ । जहाज ल्याएको २ महिनासम्म पनि उडान अनुमति नपाउँदा र जहाजलाई विमानस्थलमा थन्काउनुपर्दा कम्पनीले करोडौ घाटा खानुपरेको छ । यो वायुसेवाले २ महिनादेखि विमानस्थलमा गरेको जहाज ल्याण्डिङ पार्किङमै करोडौ रुपैयाँ खर्च गर्नुपरेको छ । जहाज उडान आफैंमा महंगो र खर्चालु हुने भएकोले एक दिन नउड्दा पनि करोडौ घाटा लाग्छ । महिनौसम्म उड्डन नपाउनु भनेको त निकै ठूलो घाटा हो, कति लाग्यो भनेर हामीले हिसाव नै निकालेका छैनौ, श्री एयरलाइन्स स्रोतले भन्यो । यो वायुसेवा दिनरात जहाज कसरी छिटो उडाउन सकिन्छ भनेर लागि परेको छ । तर, हवाइ उडान क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले भने आवश्यक प्रक्रिया र मापदण्ड पूरा नभएको भन्दै जहाजलाई अझै उडान अनुमति दिएको छैन । चार वर्ष अगाडि नेपाली वायुसेवा युरोपेली युनियनले उड्डयन सुरक्षा सूची अर्थात कालोसूचिमा राखेको छ । यसबाट अझै बाहिर आउँन नसेकाले आवश्यक नियमनका लागि भन्दै प्राधिकरणले आन्तरिक वायुसेवालाई कडाइ गरिरहेको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्ठयन संगठन (आइकाओको) आइसीभिएम टोलीले निरिक्षण गरिरहेको भन्दै उडान अनुमतिमा कडाई गरिरहेको छ । प्राधिकरयणले अहिले पनि मिसेल नामका फ्रान्सेली नागरिकलाई फ्लाइट अपरेशन एक्पर्टका रुपमा राखिरहेको छ । यसलाई ६ महिनाको लागि ल्याएको र यसले काम गरिरहेको ४ महिना भएको प्राधिकरणका उपमहानिर्देशक राजनराज पोखरेलले जानकारी दिए । उनका अनुसार एक्पर्टले दिएको सुझाव र मागेको आवश्यक कागजात नपुगेसम्म श्रीलाई अनुमति दिन सकिदैन । उनका अनुसार आवश्यक प्रक्रिया जुनसुकै वायुसेवाले पनि पूरा गर्ने पर्छ । यस अघि हेलिकोप्टर कम्पनीले पनि पाँच छ महिनासम्म अनुमति पाएका थिएनन् । जहाज ल्याएरै आवश्यक प्रक्रिया अगाडि बढाउनुपर्ने भएकोले छ महिना एक वर्षको व्याकअप राखेर र सोही अनुसार तयारी गरेर मात्रै आउनुपर्ने पोखरेलको भनाइ छ । उनका अनुसार आवश्यक प्रक्रिया पूरा गर्न जति समय लाग्यो उति नै छिटो अनुमति पाउने हो । एक वर्ष लगायो भने त्यतिबेला सम्म जहाज उड्न पाउँदैन, उनले भने । तर, श्री एयरलाइन्सले आवश्यक प्रक्रिया अगाडि बढाइरहेको छ । यसले अनुमति पाउने अन्तिम तयारीमा रहेको छ । प्राधिकरणले तोकेको मापदनण्ड अनुसार चौथो चरणको प्रक्रिया पूरा गरेर पाँचौमा गएको छ । पाँचौ पार गरेपछि अनुमति पाउने दाबी पनि प्राधिकरणको छ । प्राधिकरणले भने निर्णय नगर्ने र विदेशीले जे जे भन्यो त्यही गर्न लगाएर वायुसेवा कम्पनीलाई अनुमतिमा ढिलाइ गरिरेको छ । अर्बको लगानीलाई वेवास्था आन्तरिक वायुसेवामा एकैपटक तीन वटा जहाज ल्याएर उडान सुरु गर्न लागेको यो वायुसेवाको योजना अन्तर्राष्ट्रिय उडानमा पनि जाने छ । यो वायुसेवाले एक अर्ब लगानी गरेको जानकारी दिएको छ । हाल यसले २५० जनालाई रोजगारी नै दिँदै छ । यसले जहाज उडान, कर्मचारी व्यवस्थापन, पाइलट इन्जिनियर तथा क्याविन क्रुको तयारीसहितको अब्बल कम्पनी बनाउन उक्त लगानी गरिरहेको उल्लेख छ । यो वायुसेवालाई नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई उडयन सुरक्षा विभागले उडान संचालन अनुमति (एओसी) नदिदाँ श्री ले तयारी अवस्थामा राखिसकेको ३ वटा जहाज विमानस्थलमै थन्किरहेको हो । यो वायुसेवासँग बम्वार्डियर सिआरजे—२०० मोडेलका ५० सिट क्षमताको दुई र अर्को एनआरले नामकाके ७० सिट क्षमतको एक जहाज भएको छ । १७ वर्षदेखि हेलिकोप्टरवाट सेवा दिइरहको यो कम्पनीले नियमित उडानका जहाज पनि संचालन गर्न ३ वटा जहाज ल्याइसकेको छ । नेपाली आकासमा थप सेवा र सुविधा दिने तथा आन्तरिक हवाई यात्रुको लागि थप विकल्प दिन लागेको यो कम्पनीले भने आफ्नो तर्फबाट सबै प्रक्रिया अगाडि बढाइसकेको छ । प्राधिकरणले यसको डकुमेन्ट मूल्यांकन ढिलो गरेका कारण उडान अनुमति पाउन ढिलो भएको पनि उल्लेख छ । किन पाएन श्रीले उडान अनुमति ? नेपालका वायुसेवालाई युरोपेली युनियन (इयू) अन्र्तगको यूरोपेली आयोगले झन्डै चार वर्षअगाडि सूरक्षा सूची अर्थात कालोसूचिमा राखेको छ । यो सूचीका कारण नेपाली वायुसेवा युरोपेली आकाशमा उडान गर्न पाउँदेन भने युरोपेली नागरिकलाई पनि नेपाली वायुसेवामा चढ्न सम्बिन्धित मुलुकले सचेतना अनपनाउन आग्रह गरेका छन् । यही कारण सो तीन वर्षदेखि नै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली वायुसेवाको उडान अनुमति (एओसी)मै कडाई गरिरहेको छ । जसका कारण नयाँ वायुसेवालाई एओसी पाउनै हम्मेहम्मे पर्ने गरेको छ । सोही अनुसार श्रीले पनि अनुमति नपाएको प्राधिकरणको भनाइ छ । आन्तरिक उडानका वायुसेवा कम्पनीका अनुसार मन्त्रालयबाट इजाजतपत्र पाएको एक वर्षसम्म हवाई क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिन दौडधूप गर्नुपर्ने बाध्यता रहेको छ भने जहाज आएको ६ महिनासम्म उडान अनुमति लिनमै लाग्ने भएको छ । नेपालका वायुसेवामाथि पछिल्लो समय कडा निगरानी हुन थालेको छ । कालोसूचिमा परेदेखि नेपालमा दर्ता हुने नयाँ वायुसेवाले अनुमति पाउन झन्झटिलो प्रकृया पूरा गर्नुपर्ने र लामो समय लाग्ने गरेको पनि छ । नेपालमा दर्ता हुने नयाँ वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिकरणले तयार पारेको नियम अनुसार पूर्व आवेदन, औपचारिक आवेदन, कागजपत्र मूल्यांकन, जहाजको परिक्षण उडान तथा निरीक्षण र उडान अनुमति पत्र गरेर विभिन्न पाँच चरण पार गर्नुपर्ने पनि प्राधिकरणको भनाइ छ । यो पाँचवटै चरण पार गरेको अवस्थामा मात्रै नयाँ वायुसेवाले एओसी पाउने प्राधिरणको हवाई उड्डयन सुरक्षा विभागको भनाइ छ । वायुसेवाको उडान योग्यताको लागि आवश्यक सबै प्रकृया पूरा गरेपछि मात्रै अनुमति दिने गरिएको छ । प्राधिकरणले पछिल्लो समय हवाई क्षेत्रको नियमनका लागि आफ्ना कजोरी लुकाउन वायुसेवा कम्पनीलाई निकै कडाइ गरेको निजी क्षेत्रका वायुसेवा कम्पनीको भनाइ छ । एक निजी वायुसेवा कम्पनीका अनुसार पछिल्लो समय प्राधिकरणले वायुसेवाको उडान संचालन एओसीमा निकै कडाइ गरेको पनि उल्लेख छ । एक निजी वायुसेवा कम्पनीका अनुसार प्राधिकरणले आइकाओको विशेषज्ञ टोली राखेर आवेदन मूल्यांकन गर्ने र उसैले भनेअनुसार मात्रै काम गर्ने गरेको छ । प्राधिकरणको आफैंले गर्ने निर्णय क्षमता कमजोर रहेकोले पनि अर्काको भर पर्दा कडाइ हुने र समयमा नै अनुमति पाउन नसकिने उल्लेख छ । प्राधिकराले गरेको कडाइ अनुसार हवाई क्षेत्रको सुधार भने हुन सकेको छैन ।
मतदाता नामावलीमा शेरबहादुर देउवाको नाम लहरै ९ वटा, असली देउवा छुट्याउँने कसरी ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गर्ने डडेल्धुरा गाविस १ असिग्राम मावि रुवाखोला केन्द्रमा उनको नाम भएका ९ जना मतदाता पाइएका छन् । निर्वाचन आयोगको मतदाता नामावलीमा प्रधानमन्त्रीको नामसँग मिल्ने यति धेरै देउवा देखिएका हुन् । असली प्रधानमन्त्री देउवाका पिताको नाम प्रसादसिंह देउवा हो । अन्य देउवा भने उहाँको नामसँग मिल्ने देउवा मात्रै हुन् । असली देउवा अर्थात प्रधानमन्त्रीको नाम छुट्याउन भने उनको नागरिकता नम्बर ३५५३४६१ र उनको बाबु प्रसादसिंह देउवा नै हेर्नुपर्छ । नेपाल समाचारपत्र दैनिकबाट ।
लुम्बिनी जनरल इन्स्योरेन्सको शत् प्रतिशत हकप्रद निष्कासन, ३९ लाख कित्ता हकप्रदको आवेदन असार ३० देखि
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले शत् प्रतिशत हकप्रद सेयरको निष्कासन गरेको छ । यो बीमा कम्पनीले ३९ लाख कित्ता सेयरको हकप्रद निष्कासन गरेको छ । प्रति कित्ता एक सय रुपैयाँ अंकित यो सेयर को लागि यही असार १२ गतेभित्र कारोबार गरेको शेयरधनीले मात्रै खरिद गर्न पाउने छन् । यो बीमा कम्पनीले आफ्नो ३९ करोड रुपैयाँको चुक्ता पुँजीमा सोही अनुपतामा पुँजी बृद्धि गर्न १ः१ अर्थात एक सेयर बराबार नयाँ एक सेयर नै खरिद गर्नपाउने गरी हकप्रद निष्कासन गरेको हो । यसको सेयर आवेदनका लागि यही असार ३० देखि भदौ १ गतेभित्र दिनुपर्ने भएको छ । यसको हकप्रदको आवेदन सीबीआईएल क्यापिटल डिल्लीबजार, सिटिजन इन्टरनेशनल बैंक उपत्य र बाहिरका शाखा र एस क्यापिटल लालदरबारबाट आवेदन दिन सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक सीबीआईएल क्यापिटल लिमिटेड हो ।
तिनाउ विकास बैंकको ३१ हजार साधारण सेयर नै विकेन, असार २७ भित्रै आवेदन दिनुपर्ने गरी लिलामीमा
काठमाडौं । तिनाउ विकास बैंकले गत बैशाख १९ देखि जेठ २२ गतेसम्म खुला गरेको हकप्रद सेयरको आवेदनमा सर्वसारणतर्फको ३१ हजार ४९७ कित्ता सेयर विकेको छैन । उक्त सेयर विक्री गर्न बैंकले लिलामीमा राखेको छ । यो सेयर विक्री गर्न बैंकले यही असार २० देखि २७ भित्र न्युनतम १ सय रुपैयाँ कबोल गरेर गोप्य शिलबन्दी पेश गर्न आग्रह गरेको छ । बैैंकले हकप्रद सेयरको विक्रीका लागि सिद्धार्थ क्यापिटल लिमिटेडको लागि धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक तोकेको छ ।
हिमालयन जनरल इन्स्योरेन्सको ६४ लाख कित्ता हकप्रद निष्कासन, असार २८ देखि आवेदन खुला
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले शत्प्रतिशतको हकप्रद सेयरको निष्कासन गरेको छ । यो वीमा कम्पनीले १ः१.६६ को अनुपात अर्थाता एउटा सेयर बजारबार नयाँ १.६६ कित्ता सेयर पाउने गरी हकप्रद निष्कासन गरेको हो । यसले एक रुपैयाँ दरका ६४ लाख २० हजार कित्ता हकप्रद निष्कासन गरेको छ । यो बीमा कम्पनीको सेयरमा आवेदन दिन यही असार १६ गतेसम्म कारोबार भएका सेयरधनीले मात्रै हकप्रद पाउने भएका छ । यसको हकप्रदको लागि यही असार २८ देखि साउन ३१ भित्र आवेदन दिइसक्नुपर्ने छ । यसको आवेदन एनएमबी क्यापिटल लिमिटेड र एनएमबी बैंकबाट दिन सकिने छ । यसको धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक एनएमबी क्यापिटल लिमिटेड हो ।
विरामीलाई पीडा, आफन्तलाई आर्थिक सकस, रोग पत्ता लगाउदै सकियो ८ लाख
काठमाडौं । परिवारले मर्न लागे भनेर दशदान वैतरणी गरिसकेका थिए । बाँच्ने आश भने उनमा अझै जीवितै थियो । भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रको डायलोसिस गर्ने बेडमा सुतिरहेकी ओखलढुंगाकी ५२ वर्षीया पोकलकुमारी दाहालको अझै पनि बाँच्ने रहर छ । नाति नातिना खेलाउने पनि रहर छ । अस्पतालले सम्पूर्ण उपचार खर्च बेहोरे पनि काठमाडौंमा दाल भात तरकारी खाएर बस्न र दुईछाक टार्नकै लागि र आफूसँग हातमा सिप नभएका कारण अस्प्तालभित्रकै क्यान्टिनमा श्रीमान् ग्याँस पानी बोक्ने काम गर्न थालेका छन् । दाहाल परिवार कृषिलाई व्यवसाय मानेर जीवन चलाइरहेका थिए । हात मुख जोड्न कुनै समस्या थिएन । चार वर्ष अगाडि दाहालको शरीरमा अनौठो लक्षण देखा प¥यो । खाना नरुच्ने, वाकवाकी लाग्ने । अचानक यस्तो लक्षण देखा परेपछि उपचार गर्न ओखलढुंगाको मिसन अस्पताल लगियो । ‘त्यहाँ रोग नै पत्ता लागेन त्यसपछि उहाँ (श्रीमानले) धरान लैजानुभयो,’ मलिन स्वरमा उनले भनिन्, ‘धरानको औषधि ६ महिनासम्म खाँदा पनि व्यथा बिसको उन्नाइस भएन ।’ अस्पतालको औषधिले नछोएपछि दमकका स्थानीयकै सल्लाहमा २० हजारसम्मको जडिबुटी खाएर व्यथासँग लड्ने प्रयास गरिन् दाहालाई त्यसले पनि निको भएन । कहीं कतै उपचार गराउँदा पनि सञ्चो नभएपछि श्रीमान्ले उपचारका लागि काठमाडौं ल्याइपु¥याए उनलाई । त्रिवि शिक्षण अस्पतालका चिकित्सकले दुवै मिर्गौलाले काम गर्न छाडेको बताए । अब उपचारका लागि कहाँ पु¥याउने पैसा पनि साथमा धेरै थिएन । श्रीमान्ले उनलाई भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा पु¥याए । अस्पतालकै तथ्यांक हेर्ने हो भने पनि यहाँ दिनमा करिब ३ सय बिरामी आउने गर्छन् । अस्पतालमा एक सातामा तीनदेखि आठजनासम्मको मिगौला प्रत्यारोपण गरिन्छ । स्थापना कालदेखि २०७४ जेठ सम्मको तथ्यांक हेर्ने हो भने ३ सय ८ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ । मिर्गौला प्रत्यारोपणको लाइनमा रहेका मानिसहरू १००औं छन् । अमेरिकामा पीआर पाएर बसेका र उतै डायलोसिस गरेका मिर्गौलापीडित दीपक शर्मा अस्पतालको उपचार पद्धतिप्रति प्रभावित भएर नेपाल आएको बताउँछन् सोही लाइनमा छिन् दाहाल पनि । कलेजो र मिर्गौला प्रत्यारोपण विशेषज्ञ तथा कार्यकारी निर्देशक डां पुस्करचन्द्र श्रेष्ठका अनुसार एउटा मिर्गौला प्रत्यारोपणका लागि ४ लाख ५० हजार रुपैयाँ लाग्छ । प्रत्यारोपणपश्चात् १ लाख औषधि खर्च लाग्छ । अस्पतालमा दिनमा १०० देखि १ सय २० जनासम्मको डायलोसिस हुँदै आएको । सरकारले डायलोसिस सित्तैमा गर्ने व्यवस्था गरेको छ । राजधानी दैनिकबाट ।
मतदाता नामावलीमा ५५ जना मात्रै, सिंगो गाउँबाट खस्दैछ जम्मा १७ भोट
काठमाडौं । निर्वाचन आयोगको तथ्यांकअनुसार फक्तालुङ गाउँपालिका–७ याङमामा ५५ मतदाताको नामावली सूचीकृत छ। बुधबार हुने स्थानीय तह चुनावमा भने यहाँ १७ मत मात्रै खस्नेछन्। वडाका उम्मेदवारहरूका अनुसार नामावलीमा नाम भएकामध्ये कसैको मृत्यु भइसकेको छ भने कोही विदेशमा छन्। काठमाडौंमा भएका कतिपय नआउने निश्चित भइसकेको छ। चुनावका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई नासु वा खरिदारस्तरका सहायक कर्मचारी र एक सहयोगीसहितको टोली पुगिसकेको छ। पाँच सयभन्दा कम मतदाता भएकोमा पाँच कर्मचारी पठाउने नियमानुसार उनीहरूलाई खटाइएको हो। दुई स्थानीय सहयोगी कार्यकर्ता राख्नुपर्ने प्रावधान छ। उनीहरूसँग प्रहरी र सशस्त्रको टोली छ भने सेनाले समेत यो क्षेत्रमा गस्ती गरिरहेको छ। मतदानपछि भने मतपेटिकालाई हेलिकप्टरबाट ओसारिनेछ, विगतमा जस्तै। ‘यो क्षेत्रमा एक बस्तीबाट अर्को बस्ती पुग्न एक दिन लाग्ने भएकाले थोरै मतदाता भए पनि बस्तीपिच्छे केन्द्र राखेका छौं,’ मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले भने, ‘सबै मतदाताको अधिकार सुरक्षित गर्न र मतदाताको सुविधालाई ध्यानमा राखेर बस्तीमै मतदान केन्द्र राखिएको हो।’ मात्रै १७ मत भए पनि मताधिकारको कदर गर्दै राज्यले कर्मचारी र सुरक्षाकर्मी मात्रै खटाएको छैन, आवश्यक रकम पनि खर्चिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार याङमामा सुरक्षाकर्मीका लागि बाहेक १ लाख ३९ हजार ४ सय रुपैयाँ खर्च हुनेछ। कर्मचारीको १ लाख २ हजार २ सय, मतदान केन्द्र खर्च १३ हजार ९ सय, परिचयपत्र वितरणका लागि ७ हजार ३ सय र अतिरिक्त ३ हजार रुपैयाँ खर्च हुन्छ। मतपत्र र मतपेटिका बाँध्न प्रयोग गरिने सामग्री, प्लास्टिकलगायत वस्तुमा पनि थप खर्च हुनेछ। सदरमुकाम फुङलिङबाट लगातार हिँडदा तीन दिनमा मात्रै पुगिने याङमामा जस्तै ओलाङचुङगोला, घुन्सा र ग्याब्लामा पनि मतदाता थोरै भए पनि कर्मचारी र सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन्। ४० मतदाता रहेको ग्याब्लामा १ लाख २९ हजार ६ सय रुपैयाँ खर्च हुने निर्वाचन कार्यालयले जनाएको छ। घुन्सामा १ लाख २६ हजार ४ सय खर्च हुन्छ। यहाँ १ सय २६ मतदाता छन्। ओलाङचुङगोलामा १ लाख ३० हजार खर्च हुन्छ। यहाँ २ सय ७ मतदाता छन्। निर्वाचन बहिष्कार घोषणा गरेको नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले यो क्षेत्रलाई ‘रेड एरिया’ घोषणा गरेकाले धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। यी क्षेत्रमा खर्च कम गराउन नियमले मिल्ने गरी त्यही क्षेत्रका कर्मचारी खटाएको मुख्य निर्वाचन अधिकृत बस्नेतले बताए। यो क्षेत्रको मतपेटिका हेलिकप्टरबाट ल्याउने तयारी भएकाले खर्च अझ धेरै बढ्ने छ। विगतका चुनावमा पनि हेलिकप्टरबाटै ल्याइएको थियो। कान्तिपुर दैनिकबाट ।