विकासन्युज

उज्यालोबाट वञ्चित ६८० बालबालिकालाई सौर्य टुकी वितरण

कञ्चनपुर । उज्यालोबाट वञ्चित भई पढ्न नपाउने अवस्थाका कञ्चनपुरका ३६ विद्यालयका ६८० बालबालिकालाई निःशुल्करुपमा सौर्य टुकी वितरण गरिएको छ । जिल्ला शिक्षा कार्यालय र जिल्ला समन्वय समिति, कञ्चनपुरको समन्वयमा शिक्षाका लागि उज्यालो कार्यक्रमअन्तर्गत कक्षा ९ र १० मा पढ्दै आएका सीमान्तकृत, दलित, आर्थिक विपन्नता भएका बालबालिकालाई सौर्य टुकी वितरण गरिएको हो । “विद्यालयले छनोट गरी पठाएको विवरणका आधारमा सौर्य टुकी वितरण गरेका छौँ” – जिल्ला समन्वय समिति कञ्चनपुरका वातावरण ऊर्जा तथा जलवायु परिवर्तन अधिकृत दिनेश लम्सालले भने । उनका अनुसार बेलौरी नगरपालिका क्षेत्रका छ विद्यालयका १२६, भीमदत्त नगरपालिका तीन विद्यालयका ७८, पुनर्वास नगरपालिका दुई विद्यालयका ८४, महाकाली नगरपालिका दुई विद्यालयका १८१, लालझाडी गाउँपालिका तीन विद्यालयका पाँच, बेदकोट नगरपालिका तीन विद्यालयका ३८, कृष्णपुर नगरपालिका छ विद्यालयका ११८, बेलडाँडी गाउँपालिका तीन विद्यालयका ६९ र शुक्लाफाँटा नगरपालिका दुई विद्यालयका २८ गरी ६८० बालबालिकालाई सौर्य टुकी वितरण गरिएको हो । विद्युत्भार कटौतीको असर शिक्षामा नपरोस् र उज्यालोबाट वञ्चित बालबालिकाले धुँवाबाट मुक्ति पाई पठनपाठनमा सघाउ पु¥याउने उद्देश्यले सौर्य टुकी वितरण गरिएको अधिकृत लम्सालको भनाइ छ । रासस

डिआइजी ११ र एसएसपी १५ जनाको बढुवा सिफारिस, किन छुटे सिलवाल र खरेल ?

काठमाडौँ ।  एघारजना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।  गृह मन्त्रालयको शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टलाई सिफारिस गरेको हो । त्यसैगरी, नेपाल प्रहरीका १५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा गर्नसमेत सिफारिस गरिएको छ । बढुवा सिफारिस समितिले एसएसपी सर्वेन्द्र खनाल, रमेशप्रसाद खरेल, पुष्कर कार्की, उत्तम कार्की, भोगबहादुर थापा, पुष्कलराज रेग्मी, पवनप्रसाद खरेल, छविलाल जोशी, मनोज न्यौपाने, ज्ञानविक्रम शाह, ठूले राई, शरद चन्द, धीरु बस्नेत, पुष्पचन्द्र रञ्जीत र सुरेशविक्रम शाहलाई बढुवाका लागि सिफारिस गरेको छ । बढुवा सिफारिसमा नवराज शिलवाल र रमेश खरेल भने परेनन् । रासस

मोनो रेल र फ्लाई ओभर बनाउने ललितपुर महानगरको योजना, बार्षिक बजेट ३ अर्ब २३ करोड

ललितपुर महानगरपालिकाले आव २०७४/७५ का लागि तीन अर्ब २२ करोड ९१ लाख १० हजार बजेट प्रस्ताव गरेको छ । ‘आर्थिक वर्ष २०७४/७५ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रम’ मा नगर प्रमुख चिरीबाबु महर्जनले आन्तरिक स्रोत र राजस्व बाँडफाँडबाट उक्त रकमको आय अनुमान गरेको बताए । चालूतर्फ ४३ करोड १२ लाख ८७ करोड (१३.३५ प्रतिशत) र पूँजीगततर्फ दुई अर्ब ७९ करोड ७८ लाख २३ हजार (८६.६५ प्रतिशत) खर्चको अनुमान गरिएको छ । परिषद्ले आन्तरिक आय एक अर्ब २२ करोड ४४ लाख प्रस्ताव गरेको छ । आन्तरिक स्रोतबाट एक अर्ब १६ करोड ४४ लाख र राजस्व बाँडफाँडबाट छ करोड आय हुने अनुमान गरिएको छ । गत आवमा स्थानीय कर, सेवा शुल्क, दस्तुर, बिक्री, विभिन्न स्रोतलगायत राजस्व बाँडफाँडबाट २७ करोड ९४ हजार ६२२ आम्दानी भएको थियो । आलू आवको असार २५ गतेसम्म ४७ करोड ५३ लाख ४४ हजार ६३१ राजस्व संकलन भएको छ । राजस्व संकलन अनुमानभन्दा ११९.८० प्रतिशत बढी हो । सार्वजनिक सेवा प्रवाहमा सुधारलाई प्राथमिकता दिएर कार्यक्रम बनाइएको प्रमुख महर्जनले बताए । उनाँले भने–“दिगो शहरी पूर्वाधार विकास र वैकल्पिक ऊर्जा प्रवद्र्धनलाई बजेटमा जोड दिइएको छ ।” बालबालिका, महिला, वातावरण, संस्कृतिको विकासलाई प्राथमिकता दिइएको उनले बताए । महानगरले फ्लाई ओभर र मोनोरेल निर्माण प्रक्रिया अघि बढाउने योजना तयारी थालेको छ ।

नेपाल एसबिआई बैंकको ४ लाख ६९ हजार कित्ता हकप्रद सेयर लिलामीमा

काठमाडौं । नेपाल एसबिआई बैंकले बिक्रि नभएको हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकल आइतबार सार्वजनिक सूचना प्रकाशित गर्दै सर्व साधारण समुहको ४ लाख ६९ हजार ५२ कित्ता सेयर खरिदका लागि शिलबन्दी बोलपत्र आव्हान गरेको हो । बैंकले न्युनतम एक सय रुपैंयाँ मुल्यमा साउन ९ गतेदेखि १६ गतेसम्म शिलबन्दी गरेर आवेदन दिन भनेको छ । न्युनतम १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । नेपाल एसबिआई बैंकले एनएमबी क्यापिटलाई बिक्रि प्रबन्धक तोकेको छ ।

माथिल्लो कर्णाली जलविद्युत आयोजना बनाउन १७ कम्पनीको आवेदन

काठमाडौं । ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण्का लागि १७ वटा कम्पनीले आवेदन दिएका छन् । आयोजना निर्माणको जिम्मेवारी लिएको भारतीय कम्पनी जिएमआरले आव्हान गरेको ग्लोबल टेण्डर(ईओआइ)मा १७ कम्पनीले आवेदन भरेका हुन् । एक खर्ब ६० अर्ब लागत अनुमान गरिएको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनी जिएमआरलाई दिने निर्णयकै बिरोध भैरहेको छ । नागरिक दैनिकबाट

असारे विकासः तीन दिनमै ४६ अर्ब खर्च

काठमाडौं । बर्षदिन भरी काम नगर्ने तर आर्थिक बर्षको अन्तिम समयमा रातारात काम गर्ने प्रवृत्तिले गत आवमा पनि निरन्तरता पाएको छ । गत आवको अन्तिम तीन दिनमा मात्रै ४६ अर्ब रुपैंयाँ र्खा गरिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार २९ गतेदेखि ३१ गते साँझसम्ममा पुँजीगत खर्च ३६ अर्ब र चालु खर्च ११ अर्ब मासिएको छ । आर्थिक बर्ष २०७२÷७३ को अन्तिम सात दिनमा पनि ३५ अर्ब खर्च भएकोे थियो । गत आवको अन्तिम सात दिनमा भने ६२ अर्ब खर्च भएको छ । आर्थिक बर्षको अन्तिम समयमा सडक कालोपत्रे गर्नदेखि डोजर चलाउने जस्ता काम गरेर रातारात भुक्तानी दिने प्रचलन पछिल्लो समय झनै वृद्धि भएको छ । नागरिक दैनिकबाट

आजबाट १० लाख भन्दा बढि नगद कारोबार गरे जफत हुने

काठमाडौं । आजबाट १० लाख भन्दा बढि रकम नगद कारोबार गरेमा जफत हुने भएको छ । नेपाल राष्ट्र बैंकले १० लाख भन्दा बढि रकम नगदमा कारोबार गरे सम्पति सुद्धिकरण विभाग मार्फत जफत गराउने भएको हो । रकम जफत मात्रै नभएर सोही बराबर जरिवाना पनि तिर्नुपर्नेछ । अब बैंक तथा वित्तिय संस्थामा १० लाख भन्दा बढि रकम जम्मा गराउँदा पनि आम्दानीको श्रोत खुलाउनुपर्नेछ । सम्पति सुद्धिकरणमा कडाईका लागि नेपाल राष्ट्र बैंकले नगद कारोबारलाई खुम्च्याएको हो । अब उच्च पदस्थ अधिकारीहरुको बैंक खातामा पनि उच्च निगरानी बढाउने केन्द्रिय बैंकले बताएको छ । कान्तिपुर दैनिकबाट

पुँजीगत खर्च ६५ प्रतिशत मात्रै

काठमाडौं । गत आर्थिक बर्ष २०७३/७४ मा ६५ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । ८४ प्रतिशत पुँजीगत खर्च गर्ने लक्ष्य राखेको सरकारले आर्थिक बर्ष सकिँदा जम्मा ६५ दशमलब ३२ प्रतिशत मात्रै खर्च गर्न सकेको हो । शनिबार साँझसम्ममा जम्मा २ खर्ब ३ अर्ब ३७ करोड मात्रै पुँजीगत खर्च भएको छ । सरकारले गत आवमा ३ खर्ब ११ अर्ब ९४ करोड पुँजीगत बजेट विनियोजन गरेको थियो । नयाँ पत्रिका दैनिकबाट